Tag: पेस्तोल सहित पक्राउ

  • सामाखुसीबाट पेस्तोल सहित पक्राउ

    सामाखुसीबाट पेस्तोल सहित पक्राउ

    काठमाडौं । काठमाडौंको सामाखुसीबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ परेका छन् ।

    सामाखुसी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका -१ घर भएका २८ वर्षीय कृष्ण चौलागाईलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंकास्पदरुपमा हिँडिरहेका अवस्थामा फेला पारी जाँच गर्ने क्रममा उनको साथबाट उक्त पेस्तोल फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।