Tag: पूर्वमाओवादी नेता

  • तस्बिरमा हेर्नुस् एमाले जेठ २ मा फर्किए पनि नरोकिएका पूर्वमाओवादी पाइलाहरू

    तस्बिरमा हेर्नुस् एमाले जेठ २ मा फर्किए पनि नरोकिएका पूर्वमाओवादी पाइलाहरू

    काठमाडौं । विद्रोहमा माधव नेपाललाई साथ नदिएका नेताहरूसँग भएको सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ मा फर्काउन ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा स्थायी कमिटीको बैठक शुरू भएको छ ।

    सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीका निजी निवास बालकोटमा विभाजनतर्फ नलागेको नेताहरूसहितको बैठकमा १० बुँदे कार्यान्वयन गर्दै पार्टी संगठनलाई जेठ २ मा फर्काउने सहमति भएको थियो । मुलतः आजको बैठक १० बुँदे कार्यान्वनयको समय तालिका र मोडालिटी बनाउन बोलाइएको नेताहरूले बताएका छन् ।

    बैठकमा पूर्वमाओवादी नेताहरू पनि सहभागी छन् । रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा बैठकमा उपस्थित भएका छन् । जेठ २ मा फर्कन पूर्वमाओवादीसहितको बैठक बस्ने कि पूर्वमाओवादीबिनाको बस्ने भन्ने लामो गलफन्दी एमालेमा चलेको थियो ।

    १० बुँदेमा ‘पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरू नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्थाबमोजिम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुने’ उल्लेख छ ।

    माधव नेपालहरू पहिले २०७५ साल जेठ २ कै बेलाको एमाले स्थायी कमिटी बैठक बोलाउनु पर्ने र उक्त बैठकबाट पूर्वमाओवादी नेताहरूबारे निर्णय लिनुपर्ने अडानमा थिए । तर, उनी विद्रोह गरेर गएपछि उनकै समूहका एकता पक्षधर नेताहरू भने पूर्वमाओवादीसहितको स्थायी कमिटी बैठक बसेर जेठ २ को सांगठानिक प्रणालीमा फर्कन तयार भएका हुन् ।

  • माओवादीकै सांसद बहाल हुन पाउँ भन्ने निवेदनमा सर्वोच्चको रातो बत्ती

    माओवादीकै सांसद बहाल हुन पाउँ भन्ने निवेदनमा सर्वोच्चको रातो बत्ती

    काठमाडों । सर्वोच्च अदालतले माओवादी केन्द्रको कारवाहीका आधारमा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार नेताको मागबमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

    न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको रिटमाथि सुनुवाइ गर्दै सुविधा सन्तुलन समेतका दृष्टीले अन्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएको जनाएको छ ।

    चारैजनाले माओवादीको कारवाही अवैधानिक रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका थिए ।

  • सर्वोच्च गएका पूर्वमाओवादी नेताका वकिललाई एकसाथ ज्वरो

    सर्वोच्च गएका पूर्वमाओवादी नेताका वकिललाई एकसाथ ज्वरो

    काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीपछि पदमुक्त भएका ४ जना संघीय सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ ।

    प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार अन्तरिम आदेशको मागसहित रिट दायर गरेका थिए । यो भनेको रिट निवेदकको सर्वोच्चसँग आपतकालीन न्याय माग हो । तर, आजको सुनुवाइ रिट निवेदक पक्षकै कानून व्यवसायीका कारण स्थगित भएको छ ।

    न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा आज पूर्वमाओवादी नेताहरूको मुद्दाको पेसी राखिएको थियो । सर्वोच्च अदालत स्रोतका अनुसार रिट निवेदक पक्षका वकिलहरूले ‘ज्वरो, रुघाखोकीका कारणले आज बहस गर्न सकिएन, काबुबाहिरको परिस्थिति भएका कारणले सुनुवाइ स्थगित गरी पाउँ’भन्ने व्यहोराको निवदेन सर्वोच्चमा दिएका थिए ।

    हिजो भने यो मुद्दा न्यायाधीश दीपक कार्कीको इजलासमा परेको थियो । हिजो सर्वोच्च अदालतमा विसंगतिविहीन न्यायपालिका सम्बन्धमा अध्ययनन प्रतिवेदन बुझाउने कार्यक्रम भएकाले उक्त मुद्दा ‘हेर्दा हेर्दै’ मा परेको थियो ।

    तर, आज उक्त मुद्दामा सुनुवाइ हुने स्थिति भए पनि रिट निवेदक पक्षकै वकिलहरू हच्किएका हुन् ।

    स्रोतका अनुसार उनीहरूमा खास ज्वरो आएको नभइ इजलासमा रहेका न्यायाधीशका कारण ज्वरो आएको हो । डा. आनन्दमोहन भट्टराईको इजलासले मुद्दा हेर्ने भएपछि रिट निवेदक पक्षका वकिलहरूले नै सुनुवाइ स्थगनको माग गरेका हुन् ।

    भट्टराई दोस्रो पटक प्रतिनिधिसभा विघटन बदर गर्ने संवैधानिक इजलासमा पनि थिए । उनी बोल्ड न्यायाधीशहरू मध्येमा पर्छन् । प्रतिनिधिसभाको विघटन बदर गरेका र निकै बोल्ड स्वभावका न्यायाधीश परेका कारण आफूहरूले चाहे अनुसारै फैसला आउने अवस्था नभएपछि उनीहरुले ज्वरो आएको बहानामा सुनुवाइ स्थगनको माग गरेका हुन् ।

  • पूर्वमाओवादी नेताहरूको रिटमा आज पनि सुनुवाइ भएन

    पूर्वमाओवादी नेताहरूको रिटमा आज पनि सुनुवाइ भएन

    काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीका आधारमा पदमुक्त भएका ४ जना संघीय सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ ।

    न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको पेसी राखिएको भए पनि आज पनि सुनुवाइ स्थगित भएको हो ।

    हिजो न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको सो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । सर्वोच्च अदालत स्रोतका अनुसार रिट निवेदक पक्षका कानून व्यवसयीकै आग्रहमा सुनुवाइ स्थगित गरिएको हो ।

    प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार रिट दायर गरेका थिए ।

  • माओवादीले सांसदबाट पदमुक्त गराएका पाँच नेताको मुद्दा हेर्न नभ्याइनेमा

    माओवादीले सांसदबाट पदमुक्त गराएका पाँच नेताको मुद्दा हेर्न नभ्याइनेमा

    काठमाडौं । माओवादी केन्द्रका कारवाहीका आधारमा पदमुक्त भएका ४ जना संघीय सांसद र एकजना प्रदेश सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।

    प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार रिट दायर गरेका थिए । त्यस्तै लुम्बिनीका प्रदेश सभा सदस्य दधिराम न्यौपानेले साउन ४ गते रिट दर्ता गराएका थिए ।

    पाँचैजनाको रिटमाथिको सुनुवाइका लागि वरिष्ठतम न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको थियो । तर, आज हेर्न नभ्याइनेमा परेको सर्वोच्च स्रोतले जनाएको छ ।

    उनीहरू पाँचैजनाले आफूहरूलाई माओवादीले गरेको कारवाही गैरकानूनी भएको भन्दै उत्प्रेषणको आदेशबाट सांसद पदमा वहाली माग गरेका छन् । आफूहरूले दल त्याग नगरेको दावीसमेत उनीहरूको छ ।

  • माओवादीले पदमुक्त गराएका चार नेताको रिटमाथि कार्कीको इजलासमा सुनुवाइ हुँदै

    माओवादीले पदमुक्त गराएका चार नेताको रिटमाथि कार्कीको इजलासमा सुनुवाइ हुँदै

    काठमाडौं । नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसदबाट पदमुक्त भएका चारजना नेताको रिटमाथि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुने भएको छ ।

    टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दर्ता गरेको रिटमाथिको सुनुवाइका लागि कार्कीको इजलासमा पेसी तोकिएको छ ।

    चारैजनाले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन् ।