Tag: पूँजी बजार

  • पूँजी बजारमा उत्साहजनक वृद्धि

    पूँजी बजारमा उत्साहजनक वृद्धि

    काठमाडौं । गत वर्षको फागुन महिनासम्म १३७७.२ विन्दुमा रहेको नेप्से सुचाङ्क आर्थिक वर्ष २०७७ फागुन मसान्तसम्म आइपुग्दा बढेर २४५८.५ विन्दुमा पुगेको अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले शुक्रबार सार्वजानिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा बताएका छन् ।

    गत फागुनसम्मको राष्ट्र बैंकको तथ्याङ्कमा सो कुरा उल्लेख भए पनि त्यसयता जेठ १३ गतेसम्म आईपुग्दा नेप्से परिसूचक २८१५.४० अंक पुगिसकेको छ । कारोबार रकममा पनि उत्साहजनक वृद्धि भएको छ ।

    सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा नेप्सेमा सूचिकृत शेयरको चुक्ता मूल्य ५ खर्ब ५१ अर्ब ६७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४ खर्ब ५८ अर्ब ४९ करोड रहेको थियो । साथै पूँजी बजारको प्राथमिक बजारमा पनि उल्लेखनीय वृद्धि भएको छ ।

    आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा प्राथमिक बजारमा ४६ अर्ब ९७ करोड रुपैयाँ बराबरको पूँजी परिचालन भएको छ । गत आर्थिक वर्ष २०७६/७७ को फागुन महिनासम्म प्राथमिक बजारको पूँजी ३० अर्ब ४१ करोड रुपैयाँ थियो ।

    यस अवधिमा साधारण शेयरको प्राथमिक निष्काशनमार्फत ११ अर्ब ५९ करोड र हकप्रद शेयर निष्काशनमार्फत २ अर्ब ४८ करोड , ऋणपत्रमार्फत २९ अर्ब ६० करोड र म्युचुअल फण्डमार्फत ३ अर्ब ३० करोड रुपैयाँ पूँजी परिचालन भएको छ ।

    गत आर्थिक वर्षमा २१२ वटा कम्पनी नेप्सेमा सूचिकृत भएकोमा चालु आवको फागुन मसान्तसम्ममा कम्पनीको संख्या बढेर २१७ पुगेको छ । साथै गत आवको फागुन महिनाभन्दा ९२.४ प्रतिशतले बजार पूँजीकरण बढेर चालु अर्थिक वर्ष २०७७ फागुनसम्ममा ३३ खर्ब ८७ अर्ब ३३ करोड पुगेको छ ।

    यस्तै सो अवधिमा नेप्सेको कारोबार ७ खर्ब १६ अर्ब ९३ करोड पुगेकोमा सो भन्दा अघि आर्थिक वर्ष २०७६ फागुनसम्ममा १ खर्ब ३० अर्ब ३६ करोड रुपैयाँ थियो ।

    साथै, अहिले डिम्याट खाता खोल्नेको संख्या तीब्र वृद्धि भएर आव २०७७/७८ मा फागुनसम्ममा ३१ लाख ९४ हजार पुगेको छ । एक वर्ष अघि डिम्याट खाता खोल्नेको संख्या १६ लाख ४६ हजार रहेको थियो ।

  • चार दिनदेखि आमरण अनसनमा रहेका कोइरालाले तोडे अनसन

    चार दिनदेखि आमरण अनसनमा रहेका कोइरालाले तोडे अनसन

    काठमाडौं । सरकारले पूँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले नगरेको भन्दै लगानीकर्ता तिलक कोइराला आमरण अनसनमा बसेका थिए ।

    फागुन २ गतेदेखि शुरु गरेको आमरण अनसन कोइरालाले बुधबार तोडेका छन् । सरकारले शेयर बजार सम्बन्धी १८ ओटा बुँदामा कुनै काम नगरेको भन्दै लगानीकर्ता कोइरालाले गत आइतबारदेखि  आमरण अनसन शुरु गरेका थिए ।

    नेप्सेको परिसरमा गरिएको आमरण अनसनमा कोइरालाको स्वास्थ्यमा समस्या आएपछि लगानीकर्ताका विभिन्न संघ संगठन र उद्योग बाणिज्य महासंघको पनि सहभागितामा धितोपत्र बोर्ड उनले राखेका माग सम्बन्धी छलफल भएको थियो ।

    सो छलफलपछि बोर्डका अध्यक्षले लगानीकर्ताले राखेको माग जायज भएको भन्दै त्यसको कार्यन्वयनमा आफू लाग्ने भनेपछि कोइरालाले आज अनसन तोडेका हुन् ।