Tag: पुनःगणना

  • जुगलमा पुनःगणना गर्दा झन् धेरै मतले जिते एमालेका उम्मेदवारले

    जुगलमा पुनःगणना गर्दा झन् धेरै मतले जिते एमालेका उम्मेदवारले

    सिन्धुपाल्चोक । विवाद भएपछि दोस्रोपटक गरिएको मतगणनामा पनि जुगल– २ को वडा अध्यक्षमा एमालेका चन्द्रकाजी लामा विजयी भएका छन् ।

    पहिलोपटक गरिएको गणनामा एक मतले जितेका लामाले दोस्रोपटक गणना गर्दा ९ मत बढी पाएका छन् । पहिलो गणनामा धाँधली भएको भन्दै माओवादीले आपत्ति जनाएपछि दोस्रोपटक गणना गरिएको थियो ।

    सुरुमा गन्दा लामाले ६०९ र प्रतिस्पर्धी माओवादीका प्रताप लामाले ६०८ मत पाएका थिए । दोस्रोपटक गन्दा ६१२ र ६०३ मत आएको छ ।

    दोस्रोपटक गणना गर्दा फरक मतपरिणाम आउनुले गणनामाथि नै प्रश्न उठाएको छ ।