Tag: पुँजीगत खर्च

  • आर्थिक वर्षको ५ महिना : भौतिक मन्त्रालयको पुँजीगत खर्च ११ प्रतिशतमात्रै

    आर्थिक वर्षको ५ महिना : भौतिक मन्त्रालयको पुँजीगत खर्च ११ प्रतिशतमात्रै

    काठमाडौ । आर्थिक वर्षको मध्य पुग्न लाग्दा भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयले ११ प्रतिशतमात्रै खर्च गरेको छ । केही दिन अघि अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र ३० प्रतिशत पुजीगत खर्च गर्न निर्देशन दिएका थिए ।

    तर, बजेट सुनिश्चित नभएको कारणले गर्दा ११ प्रतिशतमात्रै खर्च भएको भौतिक सचिव रविन्द्रनाथ श्रेष्ठले बताए । पूर्वाधारका कतिपय योजनामा वन क्षेत्रका कारण भौतिक प्रगतिमा ह्रास आएको उनले बताए ।

  • आर्थिक वर्षको ८ महिना : पुँजीगत खर्च १७ प्रतिशत घट्यो

    आर्थिक वर्षको ८ महिना : पुँजीगत खर्च १७ प्रतिशत घट्यो

    काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा ५ खर्ब ७१ अर्ब रूपैयाँमात्रै बजेट खर्च गरेको अर्थमन्त्रालयले जनाएको छ । जसमध्ये चालु खर्च ४ खर्ब ५५ अर्ब रूपैयाँ , पुँजीगततर्फ ७९ अर्ब ७० करोड र वित्तीय व्यवस्थातर्फ ३५ अर्ब ५१ करोड खर्च भएको छ ।

    गत बर्षको सोही अवधिको तुलनामा चालु खर्च १.१ प्रतिशतले बढेको छ भने पुँजीगत खर्च १७.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फको खर्च ४४.१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको ८ महिनामा कूल विनियोजित बजेटको ३८.७ प्रतिशतमात्रै बजेट खर्च भएको छ । जसमध्ये चालुतर्फ ४८ प्रतिशत , पँजीगततर्फ २२.६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २०.६ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ ।

    राजस्व संकलन भने फागुन महिनासम्ममा गत वर्षको हाराहारीमा नै संकलन भएको छ । कूल राजस्व संकलन गत वर्षको ८ महिनाको तुलनामा ४.५ प्रतिशतले वूद्धि भई ५ खर्ब ७१ अर्ब २० करोड रूपैयाँ संकलन भएको छ । जसमध्ये कर राजस्व ५ खर्ब २७ अर्ब , गैह्रकर राजस्व ४३ अर्ब ५३ करोड प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ । अन्य प्राप्तिसहित सरकारले कुल प्राप्ति ६ खर्ब ३ अर्ब रहेको छ ।

  • ७ महिनाको पुँजीगत खर्च १८.७ प्रतिशतले घट्यो

    ७ महिनाको पुँजीगत खर्च १८.७ प्रतिशतले घट्यो

    काठमाडौं । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ७ महिनाको बजेट खर्च तथा राजस्व संकलनबारे जानकारी दिएको छ ।

    सार्वजनिक विवरण अनुसार ७ महिनाको कुल खर्च ४ खर्ब ९९ अर्ब रूपैयाँ छ । जुन अघिल्लो बर्षको तुलनामा २.६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष ४ खर्ब ८७ अर्ब ९ करोड रूपैयाँ खर्च भएको थियो ।

    समीक्षा अवधिमा चालु खर्च ११.२ प्रतिशतले बढेर ४ खर्ब ६ अर्ब ६३ करोड पुगेको छ । पुँजीगत खर्च भने १८.७ प्रतिशतले घटेको छ ।

    ७ महिनाको अवधिमा ६२ अर्ब ८४ करोड रूपैंयाँमात्रै खर्च भएको अर्थमन्त्रालयले जनाएको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ पनि ३१.७ प्रतिशतले घट्दै ३० अर्ब ११ करोड रूपैयामात्रै खर्च भएको छ ।

    माघ मसान्तसम्म कुल विनियोजित बजेटको ३३.९ प्रतिशत खर्च भएको छ । जसमध्ये चालु खर्च विनियोजित बजेटको ४२.९ प्रतिशत , पुँजीगत खर्च १७.८ प्रतिशत र बित्तीय व्यवस्थातर्फ १७.४ प्रतिशत खर्च भएको छ ।

    गत आर्थिक बर्षको सोही अवधिमा कुल बजेट खर्च ३१.८ प्रतिशत भएकोमा चालूतर्फ ३८.२ प्रतिशत , पुँजीगत तर्फ १८.९ प्रतिशत र वित्तीय ब्यवस्थातर्फ २६.२ प्रतिशत खर्च भएको थियो ।

    राजस्व संकलन

    राजस्व संललनतर्फ ७ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२५ प्रतिशतले वृद्धि भई ४ खर्ब ९८ अर्ब ६२ करोड रूपैयाँ संकलन भएको छ ।

    जसमध्ये कुल राजस्व ४ खर्ब ५८ अर्ब १० करोड गैरकर ४० अर्ब ४२ करोड रूपैयाँ रहेको छ । यस अवधिमा अन्य प्राप्तिसहित कुल प्राप्ति ५ खर्ब ३० अर्ब ७२ करोड रूपैयाँ रहेको छ ।

    भन्सार राजस्व

    सरकारले चालु आर्थिक बर्ष भन्सारमार्फत १ खर्ब ९३ अर्ब ५५ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । सरकारले माघ महिनासम्मा १ खर्ब १२ अर्ब रूपैयाँ भन्सारमार्फत राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा लक्ष्य नजिक ९६.५२ प्रतिशत अर्थात १ खर्ब ८ अर्ब रूपैयाँ संकलन गरेको छ । गत आर्थिक बर्षको तुलनामा भन्सार मार्फत संकलन हुने राजस्व २१.०८ प्रतिशतले बढी हो ।

    मूल्य अभिवृद्धि कर

    सरकारले चालु आर्थिक वर्ष मुल्यअभिवृद्धि करमार्फत ३ खर्ब २ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो भने माघ महिनासम्ममा १ खर्ब ६९ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य थियो । जसमध्ये सात महिनाको अवधिमा १ खर्ब ५० अर्ब अर्थात लक्ष्यको ८८.७५ प्रतिशत संकलन भएको मन्त्रालयले जानकारी दिएको छ ।

    अन्तशुल्क

    चालु आर्थिक वर्षका लागि सरकारले अन्तशुल्कमार्फत १ खर्ब ५५ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । जसमध्ये ७ महिनाको अवधिका लागि ८५ अर्ब ६२ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य तय भएको थियो । जसमध्ये माघ महिनासम्ममा लक्ष्यको ८४.६८ प्रतिशत अर्थात कुल ७२ अर्ब ५० करोड रूपैयाँ संकलन भएको छ ।

    आय कर

    सरकारले चालु आर्थिक वर्षका लागि आयकरमार्फत २ खर्ब ३८ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा पहिलो सात महिनाका लागि १ खर्ब २० अर्ब ५९ करोड रूपैयाँको संकलन गर्ने लक्ष्य तय भएको थियो । उक्त अवधिमा आयकर कुल १ खर्ब १५ अर्ब अर्थात ९५.७४ प्रतिशत संकलन भएको छ ।

    त्यस्तै यसबाहेक ब्याजतर्फको कर सरकारले यो आर्थिक बर्षका लागि २३ अर्ब संकलन गर्ने लक्ष्य लिएको थियो । पहिलो ७ महिनामा ब्याजबाट प्राप्त हुने करको १६ अर्ब २१ करोड रूपैयाँ लक्ष्य लिएकोमा ९८.८९ प्रतिशत अर्थात १६ अर्ब १ करोड रूपैयाँ संकलन भएको छ ।

    गैरकरमार्फत सरकारले चालु आर्थिक वर्षका लागि ९८ अर्ब ८० करोड रूपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो सात महिनामा ४० अर्ब ४२ करोड रूपैयाँ संकलन भएको छ ।

    सरकारले यस्तो कर ७ महिनामा ४९ अर्ब ६ करोड रूपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यको ८२.३९ प्रतिशतमात्रै संकलन भएको छ ।