Tag: पिएम कप

  • प्रधानमन्त्री कप फाइनल: उपाधिका लागि आर्मीले एपीएफलाई दियो २१२ रनको लक्ष्य

    प्रधानमन्त्री कप फाइनल: उपाधिका लागि आर्मीले एपीएफलाई दियो २१२ रनको लक्ष्य

    काठमाडौं । हरि चौहानको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २१२ रनको लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर २११ रनको योगफल तयार गरेको हो । आर्मीका कप्तान विनोद भण्डारीले नयाँ रणनीति अपनाएर टेल इन्डर सुशन भारीलाई अनिल मण्डलसँग ओपनिङका लागि पठाएका थिए ।

    एपिएफ पहिलो विकेटका लागि नवौं ओभरको अन्तिम बलसम्म असफल हुँदा आर्मीको रणनीति सफल देखिएको थियो । ओपनर सुशन ३४ बल खेलेर १ चौकासहित १३ रन बनाएर पेभेलियन फर्किँदा अनिल मण्डल ११ रन बनाएर आउट भए ।

    तेस्रो नम्बरमा क्रिजमा उत्रिएका हरि चौहानले १०२ बलमा ६ चौकासहित सर्वाधिक ५८ रन बनाए । त्यस्तै भीम सार्की ३६ बलमा ७ रन जोडेर पेभेलियन फर्किँदा रोहित पौडेल पनि १३ रन बनाएर आउट भए ।

    कप्तान विनोद ७ तथा राजेश पुलामी २८ रन बनाएर पेभेलियन फर्किँदा लोकेश बम ९ बलमा १५ रन बनाएर पेभेलियन फर्के । त्यस्तै, बिक्रम सोब ११ रन बनाएरु आउट हुँदा साहब आलम २५ तथा जितेन्द्र मुखिया शून्यमा अविजित रहे ।

    एपिएफका लागि अविनाश बोहराले १० ओभरमा २५ रन खर्चेर २ मेडनसहित ४ विकेट लिए । त्यस्तै, किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ तथा भुवन कार्कीले १० ओभरमा २६ रन खर्चेर १ विकेट लिए । त्यस्तै, कमलसिंह ऐरीले १० ओभरमा ३४ रन खर्चेर १ मेडनसहित १ विकेट लिएका थिए । कप्तान शरद भेसावकरले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।

    एपिएफ समूह ‘ए’को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा आइपुगेको हो ।

    समूह ‘ए’कै उपविजेताको रूपमा सेमिफाइनलमा आइपुगेको आर्मीले वाग्मतीलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।

  • प्रधानमन्त्री कप फाइनल: एपिएफले टस जितेर फिल्डिङ रोज्यो

    प्रधानमन्त्री कप फाइनल: एपिएफले टस जितेर फिल्डिङ रोज्यो

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

    त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने खेलमा एपिएफका कप्तान शदर भेसावकरले टस जितेर पहिले बलिङ गर्ने निर्णष गरेका हुन् । आज आर्मी एपिएफसँग २०१८ को फाइनलमा हारेको बदला लिन चाहन्छ । अर्कातिर समूह चरणदेखि अपराजित रहेको एपिएफ फाइनल जित्दै दोस्रो पटक उपाधि उचाल्ने तयारीमा छ ।

    पछिल्लो पटक २०१९ मा त्रिभुवन आर्मीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । त्यस्तै, २०१८ मा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

    २०१७ मा भएको पहिलो संस्करणको फाइनलमा वर्षाका कारण नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले उपाधि बाँडेका थिए ।

    जारी सिजनको विजेताले १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलबाट बाहिरिने दुई टोली( वाग्मती र नेपाल पुलिस क्लबले ५०÷५० हजार प्राप्त गर्नेछन् ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले २५/२५ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

    आर्मीको फाइनल यात्रा

    उद्घाटन खेलमा गण्डकीलाई ९८ रनले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको आर्मीले समूह ‘ए’को दोस्रो खेलमा कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको थियो ।

    तेस्रो खेलमा प्रदेश १ लाई ४ विकेटले हराएको आर्मीले समूह चरणको अन्तिम खेलमा एपिएफसँग ६ रनको पराजय बेहोरेको थियो । सेमिफाइनलमा वाग्मतीलाई ९४ रनको फराकिलो अन्तरले पराजित गरेको आर्मी लगातार चौथो पटक प्रधानमन्त्री कपको फाइनलमा आइपुगेको हो ।

    पहिलो संस्करणको फाइनलमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी दोस्रो फाइनलमा एपिएफ र तेस्रो फाइनलमा पुलिससँग पराजित भएको थियो ।

    एपिएफको फाइनल यात्रा

    पहिलो खेलमा प्रदेश १ लाई १३५ रनको अन्तरले पराजित गरेको एपिएफले दोस्रो खेलमा गण्डकीलाई ६ विकेटले हराएको थियो । प्राय सबै खेलमा एकतर्फी नतिजा निकालेको एपिएफले समूह चरणको तेस्रो खेलमा कर्णालीलाई ७१ रन तथा अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी आर्मीविरुद्ध ६ रनको झिनो जित हासिल गरेको थियो ।

    सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी तथा साविक उपविजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गरेको एपिएफ दोस्रो पटक फाइनलमा पुगेको हो । यसअघि २०१८ को जुनमा भएको प्रधानमन्त्री कपको फाइनलमा आर्मीलाई ६ विकेटले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको थियो ।

  • प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपिएफ भिड्दै

    प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपिएफ भिड्दै

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा आज दुई विभागीय टोली– सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदैछन् ।

    त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने खेलमा आर्मी एपिएफसँग २०१८ को फाइनलमा हारेको बदला लिन चाहन्छ । अर्कातिर समूह चरणदेखि अपराजित रहेको एपिएफ फाइनल जित्दै दोस्रो पटक उपाधि उचाल्ने तयारीमा छ ।

    पछिल्लो पटक २०१९ मा त्रिभुवन आर्मीलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । त्यस्तै, २०१८ मा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

    २०१७ मा भएको पहिलो संस्करणको फाइनलमा वर्षाका कारण नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले उपाधि बाँडेका थिए ।

    जारी सिजनको विजेताले १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलबाट बाहिरिने दुई टोली( वाग्मती र नेपाल पुलिस क्लबले ५०÷५० हजार प्राप्त गर्नेछन् ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले २५/२५ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

    आर्मीको फाइनल यात्रा

    उद्घाटन खेलमा गण्डकीलाई ९८ रनले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको आर्मीले समूह ‘ए’को दोस्रो खेलमा कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको थियो ।

    तेस्रो खेलमा प्रदेश १ लाई ४ विकेटले हराएको आर्मीले समूह चरणको अन्तिम खेलमा एपिएफसँग ६ रनको पराजय बेहोरेको थियो । सेमिफाइनलमा वाग्मतीलाई ९४ रनको फराकिलो अन्तरले पराजित गरेको आर्मी लगातार चौथो पटक प्रधानमन्त्री कपको फाइनलमा आइपुगेको हो ।

    पहिलो संस्करणको फाइनलमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी दोस्रो फाइनलमा एपिएफ र तेस्रो फाइनलमा पुलिससँग पराजित भएको थियो ।

    एपिएफको फाइनल यात्रा

    पहिलो खेलमा प्रदेश १ लाई १३५ रनको अन्तरले पराजित गरेको एपिएफले दोस्रो खेलमा गण्डकीलाई ६ विकेटले हराएको थियो । प्राय सबै खेलमा एकतर्फी नतिजा निकालेको एपिएफले समूह चरणको तेस्रो खेलमा कर्णालीलाई ७१ रन तथा अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी आर्मीविरुद्ध ६ रनको झिनो जित हासिल गरेको थियो ।

    सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी तथा साविक उपविजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गरेको एपिएफ दोस्रो पटक फाइनलमा पुगेको हो । यसअघि २०१८ को जुनमा भएको प्रधानमन्त्री कपको फाइनलमा आर्मीलाई ६ विकेटले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको थियो ।

  • प्रधानमन्त्री कप: चौथोपटक फाइनलमा पुगेको आर्मीलाई एपिएफको तगारो

    प्रधानमन्त्री कप: चौथोपटक फाइनलमा पुगेको आर्मीलाई एपिएफको तगारो

    काठमाडौं । गत माघ २ गतेबाट सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष प्रतियोगिता अन्तिम चरणमा आइपुगेको छ । प्रतियोगिताको फाइनलमा शनिबार दुई विभागीय टोली नेपाल आर्मी र सशस्त्र आमनेसामने हुँदैछन् ।

    हालसम्मका सबै फाइनलमा पुगेर पनि विजेता हुन असफल रहेको त्रिभुवन आर्मी क्लब पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेको हो । सशस्त्रसँग भने एकपटक उपाधि उचालेको अनुभव छ ।

    फाइनलअघि शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै आर्मीका कप्तान विनोद भण्डारीले विगतलाई बिर्सेर जित्नका लागि क्रिजमा उत्रिने बताए । पहिलो संस्करणमा फाइनल खेल वर्षाका कारण प्रभावित भएपछि नेपाल पुलिस क्लबसँग उपाधि बाँडेको आर्मीले एपिएफसँग दोस्रो संस्करणको फाइनलमा पराजित भएको थियो ।

    त्यसमाथि जारी सिजनमा लिग चरणको अन्तिम खेलमा सशस्त्रसँग आर्मी पराजित भएको थियो । तर, कप्तान विनोद त्यो सोचेर/दबाब लिएर नखेल्ने बताउँछन् ।

    “योभन्दा अगाडि हारेको कुरा कोही पनि खेलाडीको दिमागमा नै छैन होला । जित्नै सकिँदैन भनेर सोचेर त केहि हुँदैन । इतिहास सोचेर त केही पनि हुँदैन,” उनी भन्छन्, “यसअघि हारेका थियौं भनेर केही फरक पर्दैन । भोलि हामी जित्नका लागि नै खेल्ने हो ।”

    समूह चरण र सेमिफाइनलमा पनि अपराजित रहँदै फाइनल यात्रा तय गरेको एपिएफका कप्तान शरद भेसावकर फाइनलसम्म पुग्दा आफू खुशी भएको बताउँछन् ।

    “हामी कन्सिस्टेन्ट खेलिरहेका छौं । त्यसैले म धेरै खुशी छु । गाह्रो अवस्थालाई पनि फेस गरेर टीमले राम्रो स्कोर बनाइरहेको छ,” उनले भने, “चुनौतीपूर्ण अवस्थालाई पनि ओभरकम गरेर खेलहरू जितिरहेका छौं । त्यो सकारात्मक संकेत हो ।”

    ‘टिम इफोर्ट’ को जगमा नै एपिएफ फाइनलसम्म आइपुगेको कप्तान शरद बताउँछन् ।

    “टिम पफर्मेन्सले टोली राम्रो प्रदर्शन गर्न भोको छ भन्ने पनि देखाउँछ,” उनले भने, “त्यो भन्दा खुशीको कुरा व्यक्तिगत प्रदर्शन भन्दा पनि एक टोलीको रूपमा हामी राम्रो खेलिरहेका छौं । भोलि राम्रो रिजल्ट आउने कुरामा आशावादी छौं ।”

    प्रधानमन्त्री कपको फाइनलसम्म आइपुग्नु पनि ठूलो उपलब्धि भएको र फाइनलका लागि सबै खेलाडी उत्साहित रहेको शरदले बताए । “फाइनलका लागि सबै खेलाडीहरू उत्साहित छन् । प्रतियोगिताको फाइनल पुग्नु नै सबैभन्दा खुशीको कुरा हो,’ उनले भने, “अब एउटा फाइनल बाँकी छ र त्यसतर्फ हामीले ध्यान केन्द्रित गरेका छौं ।”

    सेमिफाइनलमा नेपाल पुलिस क्लबविरुद्ध चोटका कारण अनुपस्थित रहेका एपिएफका बसन्त रेग्मीको इन्जुरीमा सुधार भएको उनले जानकारी दिए । “सुधार भएको छ । भोलि एकपटक फिटनेस चेक गरेर मात्रै खेल्ने कि नखेल्ने थाहा हुन्छ,” उनी भन्छन्, “टोलीमा बसन्त रेग्मीको योगदान एकदमै महत्त्वपूर्ण हुन्छ । यतिका वर्षको अनुभव छ, नेपालको लागि पनि धेरै दबाबपूर्ण खेलहरू जिताउनु भएको छ ।”

    उनी फिट भए भने टिमलाई फाइदा हुने कप्तान शरदले बताए । पुलिसविरुद्धको सेमिफाइनलमा समस्यामा देखिएका भुवन कार्की फिट भइसकेको र भोलि पनि खेल्ने उनले बताए ।

    आर्मी फाइनलसम्म आइपुग्दा ‘टिम इफोर्ट’ भन्दा पनि व्यक्तिगत प्रदर्शन महत्त्वपूर्ण रहेको कप्तान विनोद बताउँछन् । “हालसम्मका खेलमा आर्मीको सिंगै टोलीले राम्रो प्रदर्शन गर्न नसके पनि व्यक्तिगत प्रदर्शन राम्रो भइरहेको छ,” उनले भने, “तर, व्यक्तिमा भर परेर एक जनाले राम्रो खेल्ने अर्कोले नखेल्ने भनेर पनि हुँदैन । अन्तिममा आउने भनेको टिम गेम हो । गाह्रो अवस्थामा फरक–फरक खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसले गर्दा गाह्रो भइरहेको छ ।”

    टी–१० लिग खेल्न गएका तीन जना मुख्य खेलाडी (करण केसी, कुशल मल्ल र सोमपाल कामी) नभएकोले टोलीमा एकरूपता नभएको कप्तान विनोद बताउँछन् ।

    “त्यसले गर्दा सन्तुलन मिलाउन एकदम गाह्रो भइरहेको छ । हामीले लिग चरणका खेलहरू देखि नै खेलाडी ण्यता उता गर्नुपरिरहेको छ । तर पनि टोलीले राम्रो नै गरिरहेको छ । हेरौं फाइनलमा कस्तो हुन्छ,” उनले भने ।

    अहिलेसम्म प्रदर्शन गर्न नसकिरहेका खेलाडीहरूको पनि ‘कन्फिडेन्ट हाइ’ भएको र भोलि उनीहरूले पनि उत्कृष्ट प्रदर्शन दिने विश्वास व्यक्त गरे । “मलाई लाग्छ रोहित (पौडेल)ले पनि भोलि राम्रो खेल्छ । किनभने, ठूला खेलाडी भनेकै ठूला खेलका लागि हो,” उनले भने ।

    आर्मीको फाइनल यात्रा

    उद्घाटन खेलमा गण्डकीलाई ९८ रनले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको आर्मीले समूह ‘ए’को दोस्रो खेलमा कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको थियो ।

    तेस्रो खेलमा प्रदेश १ लाई ४ विकेटले हराएको आर्मीले समूह चरणको अन्तिम खेलमा एपिएफसँग ६ रनको पराजय बेहोरेको थियो । सेमिफाइनलमा वाग्मतीलाई ९४ रनको फराकिलो अन्तरले पराजित गरेको आर्मी लगातार चौथो पटक प्रधानमन्त्री कपको फाइनलमा आइपुगेको हो ।

    पहिलो संस्करणको फाइनलमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी दोस्रो फाइनलमा एपिएफ र तेस्रो फाइनलमा पुलिससँग पराजित भएको थियो ।

    एपिएफको फाइनल यात्रा

    पहिलो खेलमा प्रदेश १ लाई १३५ रनको अन्तरले पराजित गरेको एपिएफले दोस्रो खेलमा गण्डकीलाई ६ विकेटले हराएको थियो । प्राय सबै खेलमा एकतर्फी नतिजा निकालेको एपिएफले समूह चरणको तेस्रो खेलमा कर्णालीलाई ७१ रन तथा अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी आर्मीविरुद्ध ६ रनको झिनो जित हासिल गरेको थियो ।

    सेमिफाइनलमा विभागीय प्रतिद्वन्द्वी तथा साविक उपविजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गरेको एपिएफ दोस्रो पटक फाइनलमा पुगेको हो । यसअघि २०१८ को जुनमा भएको प्रधानमन्त्री कपको फाइनलमा आर्मीलाई ६ विकेटले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको थियो ।

  • प्रधानमन्त्री कपको पुरस्कार राशी सार्वजनिक, विजेताले १० लाख पाउने

    प्रधानमन्त्री कपको पुरस्कार राशी सार्वजनिक, विजेताले १० लाख पाउने

    काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवशीय क्रिकेट प्रतियोगिताको पुरस्कार राशी घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को मंगलबार बसेको बैठकले प्रतियोगिताको विजेताले १० लाख रूपैयाँ प्राप्त गर्ने निर्णय गरेको हो ।

    त्यस्तै, उपविजेताले ५ लाख र सेमिफाइनलमा पुग्ने चार टोलीले ५० हजार रूपैयाँ प्राप्त गर्ने भएका छन् । प्रतियोगिताको प्लेयर अफ द सिरिजले ५० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार रूपैयाँ प्राप्त गर्ने निर्णय भएको क्यानले जानकारी दिएको छ ।

    भोलिदेखि सुरु हुने सेमिफाइनलमा प्लेयर अफ द म्याचले पाँच हजार रूपैयाँ प्राप्त गर्ने भएका छन् । यसअघि २ हजार ५ सय मात्रै प्राप्त गर्दै आएका थिए ।

  • वाग्मतीले लुम्बिनीलाई दियो २२१ रनको लक्ष्य

    वाग्मतीले लुम्बिनीलाई दियो २२१ रनको लक्ष्य

    काठमाडौं । वाग्मती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई २२१ रनको विजय लक्ष्य दिएको छ ।

    मूलपनी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको वाग्मतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२० रनको योगफल तयार गरेको हो

    वाग्मतीका लागि ओपनरद्वय आकाश थापाले ३९ तथा अदिल खानले ५५ रन जोडे । त्यसतै इशान पाण्डेले ५१, पृथु बास्कोटाले २९ तथा कप्तान ज्ञानेन्द मल्लले १४ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    लुम्बिनीका लागि दिपेन्द्र रावतले ३ तथा कप्तान कृष्ण कार्की र सन्दीप सुनारले २÷२ विकेट लिए । बिक्रम भूसाल र अनिल खरेलले १/१ विकेट चट्काए ।

    समूह ‘बी’ मा अपराजित रहेको बाग्मती आजको खेलमा जित हासिल गरे सेमिफाइनलमा पुग्ने छ । लुम्बिनीले जित हासिल गरेको अवस्थामा उसको पनि सम्भावना बलियो बन्ने छ ।

  • प्रदेश २ ले सुदूरपश्चिमलाई दियो १९६ रनको लक्ष्य

    प्रदेश २ ले सुदूरपश्चिमलाई दियो १९६ रनको लक्ष्य

    काठमाडौं । हरिकृष्ण शाहको अर्धशतकप्रेरित प्रदेश नम्बर २ ले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई १९६ रनको विजय लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि क्रिजमा उत्रिएको प्रदेश २ ले ४२ ओभरमा सबै विकेट गुमाएर १९५ रनको योगफल तयार गर्‍यो । प्रदेश २ का लागि हरिकृष्णले ७३ बलमा ९ चौकासहित ६० तथा विवेक यादवले ४१ रनको योगदान गरे ।

    मेहबुब आलमले २३ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । सुदूरपश्चिमका लागि शेर मल्ल र नरेन्द्र साउदले ३÷३ तथा अरुण ऐरीले २ विकेट लिए ।

     

  • एपिएफले कर्णालीलाई दियो २१९ रनको लक्ष्य

    एपिएफले कर्णालीलाई दियो २१९ रनको लक्ष्य

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा एपिएफ क्लबले कर्णाली प्रदेशलाई २१९ रनको विजय लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एपिएफले ४९.५ ओभरमा सबै विकेट गुमाएर २१८ रनको योगफल तयार पार्‍यो ।

    एपिएफका लागि सन्दीप जोराले ७६ बलमा ५ चौका र २ छक्कासहित ६० रनको अर्धशतकीय इनिङ खेले । एपिएफका अमर रौतेला ३१, सुवाष खकुरेल २३ तथा शंकर राना र भुवन कार्की १५/१५ रन बनाएर आउट हुँदा किशोर महो १३ रनमा अविजित रहे ।

    कर्णालीका लागि रबिन्द्र साही र अनुज चुनाराले ३/३ विकेट लिए । दिवान पुन र राज साहले पनि कर्णालीका लागि २/२ विकेट लिएका थिए ।

    यसअघिका दुई खेलबाट ४ अंक जोडेको एपिएफ जारी सिजन अपराजित छ । ३ खेल खेलेको कर्णालीले दुई हार र १ जितको नतिजा निकालेको छ ।

  • सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी दोस्रो स्थानमा उक्लियो

    सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी दोस्रो स्थानमा उक्लियो

    काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवशीय क्रिकेट प्रतियोगितामा शनिबार सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

    टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमलाई २७.४ ओभरमा अलआउट गरेसँगै ६३ रनको विजय लक्ष्य पाएको थियो । झिनो लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १४.४ ओभरमा ४ विकेट गुमाएर ६४ रन बनायो ।

    लुम्बिनीका लागि सौरभ खनाल र प्रकाश केसीले अविजित रहँदै क्रमश: १८ र १७ रन बनाए । त्यस्तै, कप्तान कृष्ण कार्की १५ रनमा आउट हुँदा देव खानालले ९ रनको योगदान गरे । सुदूरपश्चिमका लागि शेर मल्लले २ तथा विनोद लामाले १ विकेट लिए ।

    यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमलाई २७.४ ओभरमा अल आउट गरेको थियो । सशक्त बलिङ गरेको लुम्बिनीका लागि कप्तान कार्कीले १० ओभरमा १७ रन खर्चेर ३ मेडनसहित ४ विकेट लिएका थिए ।

    त्यस्तै, अनिल खरेल र विक्रम भूसालले २/२ तथा सन्दीप सुनार र दिपेन्द्र रावतले १/१ विकेट लिए ।

    लुम्बिनीको आक्रमक बलिङसामु सम्हालिन नसकेको सुदूरपश्चिमका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका चार ब्याट्सम्यानले खाता खोल्न सकेनन् भने नरेन्द्र साउद अविजित रहे ।

    यसअघिका दुई खेलमा एक जित र एक हार बेहोरेको लुम्बिनी जितसँगै समूह ‘बी’को दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ६ अंक जोडेको बाग्मती प्रदेश शीर्ष स्थानमा छ । लुम्बिनी समान नतिजा निकालेको साविक विजेता नेपाल पुलिस क्लब नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ ।

    समूह चरणका खेल पश्चात दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

  • टस जितेर एपिएफ ब्याटिङ र लुम्बिनी फिल्डिङ गर्दै

    टस जितेर एपिएफ ब्याटिङ र लुम्बिनी फिल्डिङ गर्दै

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । समूह ‘ए’ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णालीविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

    यस्तै, समूह ‘बी’अन्तर्गत मूलपानी क्रिकेट मैदानमा हुने खेलमा सुदूर पश्चिमविरुद्ध लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको छ ।

    समूह ‘ए’मा २ खेलबाट ४ अंक जोडेको एपिएफ दोस्रो स्थानमा छ । तीन खेलबाट २ अंक जोडेको  कर्णाली अन्तिम ४ को सम्भावना जिवितै राख्न आजको खेल जित्नै पर्ने दबाबमा छ ।

    त्यस्तै,  दुई खेलबाट १ अंक जोडेको लुम्बिनी आजको खेलमा जित हासिल गर्दै समूह ‘बी’मा दोस्रो स्थानको नेपाल पुलिस क्लबसँग बराबरी गर्न चाहन्छ ।

    शीर्ष स्थानको बाग्मतीको ३ खेलबाट ६ अंक छ ।

  • बाग्मतीसँग साविक विजेता पुलिस ७ विकेटले पराजित

    बाग्मतीसँग साविक विजेता पुलिस ७ विकेटले पराजित

    काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बाग्मती प्रदेशले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको बाग्मतीसामु पुलिसले १ सय ११ रनको योगफल तयार गरेको थियो । ११२ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बाग्मतीले ३४.४ ओभरमा मात्रै ३ विकेट गुमाएर भेट्टायो । बाग्मतीका लागि पृथु बाँस्कोटा सर्वाधिक ४८ रन बनाएर अविजित रहे । उनले ६६ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।

    बाग्मतीका ओपनरद्वय आकाश थापा १ तथा आदिल खान १२ रनमा पेभेलियन फर्किँदा पारस खड्काले ४४ बलमा १ चौकासहित १७ रन बनाए । त्यस्तै, इशान पाण्डले १७ रनमा अविजित रहे ।

    पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १/१ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले २१÷२१ तथा सुनील धमला र कुशल भूर्तेलले १७÷१७ रनको योगदान गरेका थिए । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा पुलिस २९.३ ओभर १११ रन बनाएर अल आउट भएको थियो ।

    बाग्मतीका नन्दन यादव र तिलक भण्डारीले ४/४ तथा रामनरेश गिरीले २ विकेट लिएका थिए ।

  • कर्णालीविरुद्ध टस जितेर ब्याटिङ गर्दै आर्मी

    कर्णालीविरुद्ध टस जितेर ब्याटिङ गर्दै आर्मी

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज मूलपानी क्रिकेट मैदानमा हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

    उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९८ रनले पराजित गरेको आर्मी आजको खेलमा जित हासिल गर्दै अपराजित यात्रा कायम राख्न चाहन्छ ।

    त्यस्तै प्रतियोगिताको दाबेदार मानिएको आर्मीलाई स्तब्ध पार्दै प्रतियोगिताको सुखद् सुरुआत गर्ने तयारीसहित कर्णाली क्रिजमा उत्रिँदै छ ।

  • एपिएफले प्रदेश १ लाई दियो २४४ रनको लक्ष्य, आशिफको अर्धशतक

    एपिएफले प्रदेश १ लाई दियो २४४ रनको लक्ष्य, आशिफको अर्धशतक

    काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रदेश नम्बर १ लाई २ सय ४४ रनको विजय लक्ष्य दिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ४८.४ ओभरमा सबै विकेट गुमाएर २ सय ४३ रनको योगफल तयार गर्‍यो ।

    एपिएफका लागि ओपनरद्वय आशिफ शेख र सुवाष खकुरेलले ७१ रनको साझेदारी गर्दै सुखद् सुरुआत दिलाएका थिए । सोही क्रममा आशिफले ५९ रनको अर्धशतकीय इनिङ खेल्दा आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए ।

    त्यस्तै सुवाष ४१ बलमा १९ रन जोडेर पेभेलियन फर्किँदा कप्तान शरद भेसावकरले ३९ बलमा २० रन जोडे । प्रदीप ऐरीले ७ रन बनाउन १४ खेल्दा एक चौका प्रहार गरेका थिए । सुमित महर्जन २० बलमा १ चौकासहित १४ रन बनाएर आउट हुँदा सन्दीप जोराले ३९ बलमा चार चौकासहित ३० रन बनाए ।

    त्यस्तै बसन्त रेग्मीले ५२ बलमा चार चौका र दुई छक्कासहित ४० तथा भुवन कार्की ७ रन बनाएर आउट हुँदा कमल ऐरी ५ रन बनाएर आउट भए । त्यस्तै किशोर महतो २३ बलमा २ चौकासहित १९ रन बनाएर आएट हुँदा अविनाश बोहरा ६ रनमा अविजित रहे ।

    प्रदेश नम्बर १ का लागि दिपेश कँडेलले १० ओभरमा १ मेडनसहित २९ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै हेमन्त राईले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चिएर दुई विकेट लिए । त्यस्तै  श्रावण यादवले ६ ओभरमा २६ रन दिएर २ विकेट लिएका थिए ।

    फिर्दोस अन्सारीले १० ओभरमा ४० रन खर्चिएर २ विकेट लिँदा जोशक खड्काको नाममा एक विकेट रह्यो ।