Tag: पिएनजीविरुद्ध नेपाल

  • १० ओभरमा पिएनजीले ३ विकेट गुमाएर ४० रन बनायो

    १० ओभरमा पिएनजीले ३ विकेट गुमाएर ४० रन बनायो

    काठमाडौं । नेपालविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा २३४ रनको लक्ष्य पछ्याइरहेको पपुवा न्युगिनीले १० ओभरमा ३ विकेट गुमाएर ४० रन बनाएको छ ।

    अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर २३३ रनको योगफल तयार गरेको थियो ।

    २३४ रनको जवाफी ब्याटिङमा उत्रिएको पिएनजीले भने राम्रो सुरुआत गर्न सकेको छैन । अहिलेको ताजा अवस्थामा पिएनजी १२.१ ओभरमा ४५/४ को अवस्थामा छ ।

    पिएनजीका ओपनरद्वय टोनी उरा १९ तथा लेगा सियाका ४ रनमा पेभेलियन फर्केका छन् । यस्तै कप्तान आसाद भाला १ तथा चार्ल्स अमिनी १६ रनमा पेभेलियन फर्किँदा अहिले क्रिजमा सेसे बाउ ३ तथा किप्लिन डोरिगा १ रन बनाएर खेलिरहेका छन् ।

    नेपालका लागि सोमपाल कामी, विक्रम शोब र सन्दीप लामिछानेले १/१ विकेट लिएका छन् ।

  • रोहितको अर्धशतकमा पिएनजीलाई २३४ रनको लक्ष्य

    रोहितको अर्धशतकमा पिएनजीलाई २३४ रनको लक्ष्य

    काठमाडौं । रोहित पौडेलको अर्धशतकप्रेरित नेपालले पपुवा न्युगिनीलाई दोस्रो ओडीआईमा २ सय ३४ रनको लक्ष्य दिएको छ ।

    मध्यक्रमका युवा ब्याटसम्यान रोहित कुमार पौडेलको उत्कृष्ट ब्याटिङसँगै नेपालले पिएनजीलाई २३४ रनको लक्ष्य दिएको छ । आठौं नम्बरमा आएका बलर करण केसीले आक्रामक पारी खेल्दै नेपालको स्कोर उकास्न मद्दत गरे ।

    खराब सुरुआत र खराब समापन गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रनको योगफल बनायो ।

    ओपनरद्वय १३/३ रन बनाएर पेभेलियन फर्किँदा कप्तान ज्ञानेन्द्र मल्लले ४५ रनको योगदान गरेका थिए । ओमानको अल अमेरत क्रिकेट मैदानमा ७० बलको सामना गरेका ज्ञानेन्द्रले ३ चौका र २ छक्कासहित महत्त्वपूर्ण ४५ रन जोडेका थिए ।

    त्सस्तै युवा ब्याट्सम्यान रोहितको शानदार अर्धशतकीय इनिङसँगै नेपालले सम्मानजनक योगफल तयार गर्‍यो । नेपालका लागि १२३ बलको सामना गरेका रोहितले २ चौका र ३ छक्कासहित ८६ रन जोडे ।

    त्यस्तै, करण केसी २६ बलमा ४२ रन जोडेर पेभेलियन फर्किँदा विनोद भण्डारीले १७ रन जोडे ।

    पिएनजीका लागि चाड सोपरले सर्वाधिक ३ विकेट लिँदा नोर्मन भानुवा र कबुआ मोरेयाले २/२ विकेट लिए । यस्तै, चार्ल्स अमिनीले पनि एक विकेट लिए ।

    त्रिदेशीस एकदिवसीय शृंखलाको तयारी स्वरुप खेलिएको पहिलो खेलमा मंगलबार नेपाल २ विकेटले विजयी भएको थियो भने यो दोस्रो खेल हो ।

    नेपालले ओमान र अमेरिकासँग सोमबारदेखि एकदिवसीय शृंखला खेल्ने छ ।

  • पिएनजीविरुद्ध नेपालको २ सय रन पूरा

    पिएनजीविरुद्ध नेपालको २ सय रन पूरा

    काठमाडौं । पपुवा न्युगिनीविरुद्ध ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले २ सय रन पूरा गरेको छ । रोहित पौडेलको शानदार इनिङप्रेरित नेपालले ४६.४ ओभर सकिँदा ६ विकेट गुमाएर २१३ रन बनाएको छ ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका रोहित पौडेल ८२ र करण केसी २७ रन बनाएर खेलिरहेका छन् ।

    १० रन नपुग्दै दुवै ओपनरलाई गुमाएको नेपालको इनिङ सम्हालेका रोहितले कप्तान ज्ञानेन्द्र मल्लसँग ८९ रनको साझेदारी गरेका थिए । त्यसपछि विनोद भण्डारीसँग ३७ रनको साझेदारी गर्दै अर्धशतक बनाएका थिए ।

    रोहित सन् २०१९ मा युएईविरुद्ध अर्धशतक बनाउँदा अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडी बनेका थिए ।

    अमेरिका र ओमानसँगको त्रिदेशीय एकदिवसीय शृंखलाका लागि ओमान पुगेको नेपालले पिएनजीसँग तयारी स्वरुप दुई एकदिवसीय खेलेको हो ।

    शृंखला १३ सेप्टेम्बरदेखि सुरु हुनेछ ।

  • नेपालका लागि रोहितको अर्धशतक!

    नेपालका लागि रोहितको अर्धशतक!

    काठमाडौं । पपुवा न्युगिनीविरुद्ध ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि रोहित पौडेलले अर्धशतक बनाएका छन् ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहितले १ चौका र दुई छटक्कासहित  ७९ बलमा ५० रन पूरा गरेका हुन् ।

    १० रन नपुग्दै दुवै ओपनरलाई गुमाएको नेपालको इनिङ सम्हालेका रोहितले कप्तान ज्ञानेन्द्र मल्लसँग ८९ रनको साझेदारी गरेका थिए । त्यसपछि विनोद भण्डारीसँग ३७ रनको साझेदारी गर्दै अर्धशतक बनाएका हुन् ।

    रोहित सन् २०१९ मा युएईविरुद्ध अर्धशतक बनाउँदा अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडी बनेका थिए ।

    नेपाल ३३ ओभरको खेल सकिँदा १३८/३ को अवस्थामा ब्याटिङ गरिरहेको छ । अहिले क्रिजमा रोहितसँगै विनोद भण्डारी १५ रन बनाएर खेलिरहेका छन् ।

  • नेपालको तेस्रो विकेट पतन, १०० रन पूरा

    नेपालको तेस्रो विकेट पतन, १०० रन पूरा

    काठमाडौं । पपुवा न्युगिनीविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको नेपालको तेस्रो विकेट झरेको छ । पहिलो पटक डे-नाइट ओडीआई खेलिरहेको नेपालले कप्तान ज्ञानेन्द्र मल्ललाई तेस्रो विकेटको रूपमा गुमाएको हो ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा १० रन नपुग्दै नेपालले दुवै ओपनरलाई गुमाएको थियो । ओपनरद्वय आशिफ शेख ६ बलमा तीन तथा कुशल भुर्तेल १० बलमा तीन रन बनाएर पेभेलियन फर्केका थिए । त्यसपछि केही बेर इनिङ सम्हालेका रोहित पौडेलसँग र कप्तान ज्ञानेन्द्रले ८९ रनको साझेदारी गर्दै ७० बलमा ४५ रन बनाएर पेभेलेयन फर्के ।

    तीन चौका र दुई छक्का प्रहार गरेका ज्ञानेन्द्र चाड सोपरको बलमा एलबी डब्लु आउट भएका हुन् ।

    आशिफ तेस्रो ओभरको पहिलो बलमा पिएनजीका कौना भागीको बलम सेसे बाउको हातबाट क्याच आउट भएका थिए । त्यसको केही बेरमै अर्का ओपनर कुशल भुर्तेल नोर्मन भानुवाको बलमा विकेटकिपर किप्लिन डोरिगाको हातबाट क्याच आउट भए ।

    अहिले नेपालका लागि विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र रोहित पौडेल क्रिजमा छन् । २४.४ ओभर सकिँदा रोहितले ६० बलमा ३३ जोड्दा विनोदले खाता खोलेका छैनन् । नेपालले १०० रन पूरा गरेको छ ।

    अमेरिका र ओमानसँगको त्रिदेशीय एकदिवसीय शृंखलाका लागि ओमान पुगेको नेपालले पिएनजीसँग तयारी स्वरुप दुई एकदिवसीय खेलेको हो ।

    शृंखला १३ सेप्टेम्बरदेखि सुरु हुनेछ ।

  • पिएनजीविरुद्ध नेपाल: १० रन नपुग्दै दुवै ओपनर पेभेलियन फिर्ता

    पिएनजीविरुद्ध नेपाल: १० रन नपुग्दै दुवै ओपनर पेभेलियन फिर्ता

    काठमाडौं । पपुवा न्युगिनीविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले १० रन नजोड्दै दुवै ओपनरलाई गुमाएको छ ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा ब्याटिङ रोजेको नेपालका ओपनर आशिफ शेख ६ बलमा तीन तथा कुशल भुर्तेल १० बलमा तीन रन बनाएर पेभेलियन फर्केका छन् ।

    आशिफ तेस्रो ओभरको पहिलो बलमा पिएनजीका कौना भागीको बलम सेसे बाउको हातबाट क्याच आउट भएका थिए । त्यसको केही बेरमै अर्का ओपनर कुशल भुर्तेल नोर्मन भानुवाको बलमा विकेटकिपर किप्लिन डोरिगाको हातबाट क्याच आउट भए ।

    अहिले नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेल क्रिजमा छन् । ५ ज्ञानेन्द्रले १३ बलमा ५ रन जोड्दा रोहितले खाता खोलेका छैनन् ।

    अमेरिका र ओमानसँगको त्रिदेशीय एकदिवसीय शृंखलाका लागि ओमान पुगेको नेपालले पिएनजीसँग तयारी स्वरुप दुई एकदिवसीय खेलेको हो ।

    शृंखला १३ सेप्टेम्बरदेखि सुरु हुनेछ ।

  • नेपाललाई पहिलो झट्का, ३ रन बनाएर आशिफ आउट!

    नेपाललाई पहिलो झट्का, ३ रन बनाएर आशिफ आउट!

    काठमाडौं । पपुवा न्युगिनीविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट गुमाएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा ब्याटिङ रोजेको नेपालका ओपनर आशिफ शेख ६ बलमा तीन रन बनाएर पेभेलियन फर्केका छन् ।

    पहिलो खेलमा पनि नेपालका लागि ओपनिङमा आएका आशिफले ४६ बलमा ४ चौकासहित ३० रनको योगदान गरेका थिए ।

    तर, आजको खेलमा भने तेस्रो ओभरको पहिलो बलमा पिएनजीका कौना भागीको बलम सेसे बाउको हातबाट क्याच आउट भए । अमेरिका र ओमानसँगको त्रिदेशीय एकदिवसीय शृंखलाका लागि ओमान पुगेको नेपालले पिएनजीसँग तयारी स्वरुप दुई एकदिवसीय खेलेको हो ।

    शृंखला १३ सेप्टेम्बरदेखि सुरु हुनेछ ।

  • पिएनजीविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने

    पिएनजीविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने

    काठमाडौैं । पपुवा न्युगिनीविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ रोजेका छन् ।

    नेपालले गत मंगलबार भएको पहिलो खेलमा पिएनजीविरुद्ध २ विकेटको जित निकालेको थियो । त्यो खेलबाट आज मुख्य प्रशिक्षक डेभ वाटमोरले तीन खेलाडी परिवर्तन गरेका छन् ।
    त्यो टोलीबाट शरद भेसावकर, आरिफ शेख र पवन सर्राफलाई बाहिर राख्दै विनोद भण्डारी, करण केसी र सुशन भारीलाई प्लेइङ-११ मा राखेका छन् ।
    ओमान-अमेरिका-नेपाल ट्राई नेसन वान् डे सिरिजका लागि ओमान पुगेको नेपालले तयारी स्वरुप पिएनजीसँग दुई एकदिवसीय खेलिरहेको हो ।
  • सोमपाल र रोहितको साझेदारी टिकेपछि पीएनजीमाथि नेपालको रोमाञ्च‍क जित

    सोमपाल र रोहितको साझेदारी टिकेपछि पीएनजीमाथि नेपालको रोमाञ्च‍क जित

    काठमाडौं । तल्लो क्रमका ब्याट्सम्यान रोहित पौडेल र सोमपाल कामीले उत्कृष्ट साझेदारी गरेपछि नेपालले पपुवा न्युगिनीमाथि २ विकेटको रोमाञ्जक जित हात पारेको छ । हारको संघारमा पुगेका नेपाललाई उनीहरूले धैर्यतापूर्वक ब्याटिङ गर्दै जिततर्फ डोहोर्‍याए ।

    डेब्युट्यान्ट ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुआत दिलाए पनि त्यसपछि सम्हालिन नसक्दा नेपाल कठिन अवस्थामा पुगेको थियो ।

    नेपालका लागि भुर्तेलले १५ तथा आशिफले ३० रनको योगदान गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ६, आरिफ शेख ९, सरद भेसावकर ६, कुशल मल्ल १ तथा पवन सर्राफ शून्यमा पेभेलियन फर्किँदा नेपाल हार नजिक पुगेको थियो ।

    तर, सोमपाल र रोहितले आठौं विकेटका लागि ५२ रनको साझेदारी गर्दै नेपाललाई रोमाञ्जक जित दिलाए । रोहित ६५ बलमा २ चौकासहित ४१ रन जोडेर आउट हुँदा सोमपाल ३२ बलमा १ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे ।

    पिएनजीका लागि गाउडी टोकाले ४.३ ओभरमा १८ रन खर्चेर १ मेडनसहित सर्वाधिक ३ विकेट लिए । त्यस्तै, चाड सोपर र डामिनियन राभुवले २/२ तथा नोसइना पोकनाले १ विकेट लिए ।

    टस जितेर ब्याटिङ रोजेको पिएनजीका लागि लेगा  सियाकाले ३०, गाउडी टोकाले २२ तथा चार्ल्स अमिनीले २३ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ तथा विक्रम शोब र कुशल मल्लले २/२ विकेट लिएका थिए ।

    ट्राई नेसन एकदिवसीय सिरिजका लागि ओमान पुगेको नेपालले तयारी स्वरुप पिएनजीसँग दुई एकदिवसीय खेल्ने तय गरेको हो ।

    दोस्रो एकदिवसीय शुक्रबार हुनेछ भने ट्राइ नेसन सिरिज सेप्टेम्बर १३ देखि सुरु हुनेछ ।

  • नेपालको १०० रन पूरा, जितका लागि ३५ रन आवश्यक

    नेपालको १०० रन पूरा, जितका लागि ३५ रन आवश्यक

    काठमाडौं । पपुवा न्युगिनीले एकदिवसीय अन्तर्राष्ट्रियमा दिएको  १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले १०० रन पूरा गरेको छ ।

    अल अमेरत क्रिकेट मैदानमा १३५ रनको लक्ष्य जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३३औं ओभरमा ७ विकेट गुमाएर १०० रन पूरा गरेको हो ।

    नेपालका लागि अहिले सोमपाल कामी ४ तथा रोहित पौडेल २९ रन बनाएर खेलिरहेका छन् ।

  • ६ रन बनाएर भेसावकर आउट, नेपालको पाँचौं विकेट झर्‍यो

    ६ रन बनाएर भेसावकर आउट, नेपालको पाँचौं विकेट झर्‍यो

    काठमाडौं । पपुवा न्युगिनीले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालको पाँचौं विकेट झरेको छ ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका भेसावकर २२ बलमा ६ रन जोडेर पेभेलियन फर्केका हुन् ।

    यसअघि नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल १४ र आशिफ शेख ३० रन बनाएर पेभेलियन फर्केका थिए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ६ तथा आरिफ शेख ९ रन बनाएर आउट भएका थिए ।

    नेपाल २७.३ ओभर सकिँदा ८०/५ मा ब्याटिङ गरिरहेको छ । नेपाललाई जितका लागि २२.२ ओभरमा ५५ रन आवश्यक छ ।

  • पिएनजीविरुद्ध १३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेट गुमायो

    पिएनजीविरुद्ध १३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेट गुमायो

    काठमाडौं । आरिफ शेख ९ रन बनाएर आउट भएसँगै पपुवा न्युगिनीविरुद्ध १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेट गुमाएको छ ।

    अल अमेरत क्रिकेट मैदानमा नेपालका लागि १९ बल सामना गरेका आरिफले १ छक्का प्रहार गरेका थिए । २० औं ओभरको चौथो बलमा आरिफ चाड सोपरको बलमा एलबी डब्लु आउट भए ।

    यसअघि कप्तान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर पेभेलियन फर्केका थिए ।

    नेपालका लागि २० बलको सामना गरेका कप्तान मल्ल मात्रै ६ रन बनाएर डामिनियन राभुको बलमा विकेटकिपर किप्लिन डोरिगाको हातबाट क्याच आउट भए ।

    यसअघि ओपनरद्वय कुशल भुर्तेल १५ तथा आशिफ शेख ३० रन बनाएर आउट भएका थिए । २२.१ ओभर सकिँदा नेपाल ६९/४ को अवस्थामा ब्याटिङ गरिरहेको छ ।

    कप्तान ज्ञानेन्द्र आउट भएसँगै शरद भेसावकर क्रिजमा उत्रिएका थिए । आरिफ आउट भएसँगै रोहित पौडेल क्रिजमा उत्रिएका छन् ।

    नेपाललाई अब जितका लागि २७ ओभरमा ६५ रन आवश्यक छ ।

  • नेपालले तेस्रो विकेट गुमायो, ६ रन बनाएर कप्तान मल्ल आउट

    नेपालले तेस्रो विकेट गुमायो, ६ रन बनाएर कप्तान मल्ल आउट

    काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर पेभेलियन फर्केसँगै पपुवा न्युगिनीविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १३५ रनको लक्ष्य पछ्याएको नेपालको तीन विकेट झरेको छ ।

    अल अमेरत क्रिकेट मैदानमा नेपालका लागि २० बलको सामना गरेका कप्तान मल्ल मात्रै ६ रन बनाएर डामिनियन राभुको बलमा विकेटकिपर किप्लिन डोरिगाको हातबाट क्याच आउट भए ।

    यसअघि ओपनरद्वय कुशल भुर्तेल १५ तथा आशिफ शेख ३० रन बनाएर आउट भएका थिए । १८.३ ओभर सकिँदा नेपाल ६१/३ को अवस्थामा ब्याटिङ गरिरहेको छ ।

    पछिल्लो १८ बलमा पिएनजीले ८ रन मात्र दिएर १ विकेट लिएको छ ।

    कप्तान ज्ञानेन्द्र आउट भएसँगै शरद भेसावकर क्रिजमा उत्रिएका छन् । उनीसँगै आरिफ शेख पनि नेपालको इनिङ सम्हाल्ने प्रयत्नमा छन् ।

  • नेपालको दोस्रो विकेट पतन, ३० रन बनाएर आशिफ आउट!

    नेपालको दोस्रो विकेट पतन, ३० रन बनाएर आशिफ आउट!

    काठमाडौं । पिएनजीले एकदिवसीय अन्तर्राष्ट्रियमा दिएको १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले दुवै ओपनर गुमाएको छ ।

    अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि डेब्यूट्यान्ट कुशल भुर्तेल र आशिफ शेखले ओपनिङ गरेका थिए ।

    १३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि २८ बलमा २ चौकासहित १५ रन बनाएर ओपनर कुशल भुर्तेल पेभेलियन फर्केका थिए ।

    उनलाई पिएनजीका चाड सोपरले एलबी डब्लु धरापमा पारेर आउट गरेका थिए । त्यस्तै, १३औं ओभरको पाँचौं बलमा नेपालले अर्का ओपनर आशिफलाई पनि ३० रनमा गुमाएको छ ।

    ४६ बलमा ४ चौकासहित ३० रन बनाएर आशिफ आउट भएसँगै अहिले १४.१ ओभरको खेल जारी रहँदा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल ५ र आरिफ शेख शून्यसहित क्रिजमा छन् ।

    ओमान-अमेरिका र नेपालबीच हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाल ओमान पुगेको हो । तयारी स्वरुप आयोजित एकदिवसीयको दोस्रो खेलमा नेपाल र पिएनजी शुक्रबार पनि भिड्नेछन् ।

  • नेपाललाई पहिलो झट्का

    नेपाललाई पहिलो झट्का

    काठमाडौं । पपुवा न्युगिनीविरुद्ध १ सय ३५ रनको लक्ष्य पछ्याइरहेको नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट गुमाएको छ ।

    अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको पिएनजीलाई १३४ रनमा अल आउट गरेको थियो ।

    १३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि २८ बलमा २ चौकासहित १५ रन बनाएर ओपनर कुशल भुर्तेल पेभेलियन फर्केका छन् ।

    उनलाई पिएनजीका चाड सोपरले एलबी डब्लु धरापमा पारेर आउट गरे । अहिले १‍२.३ ओभरको खेल जारी रहँदा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल २ र डेब्यूट्यान्ट आशिफ शेख ३० रन बनाएर खेलिरहेका छन् ।

    ओमान-अमेरिका र नेपालबीच हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाल ओमान पुगेको हो । तयारी स्वरुप आयोजित एकदिवसीयको दोस्रो खेलमा नेपाल र पिएनजी शुक्रबार पनि भिड्नेछन् ।

  • पिएनजीविरुद्ध सन्दीपको चार विकेट

    पिएनजीविरुद्ध सन्दीपको चार विकेट

    काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्टार स्पीनर सन्दीप लामिछानेले पपुवा न्युगिनीविरुद्ध ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा चार विकेट लिएका छन् ।
    ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले पिएनजीलाई ३३ ओभरको समाप्तिमा १३४ रनमा अल आउट गरेको थियो । नेपालको शानदार फिल्डिङमा उत्कृष्ट बलिङ गरेका सन्दीपले १० ओभरमा ३५ रन खर्चेर चार विकेट लिए  ।
    सन्दीपले पिएनजीका लागि २३ रन बनाएका चार्ल्स अमिनीलाई आशिफ शेखको हातबाट क्याच आउट गराएका थिए । यस्तै, सेसे बाउलाई पनि कुशल मल्लको हातबाट क्याच आउट गराएका थिए । जसवन किला र नोसेइना पोकनालाई एलबी डब्लू धरापमा पारेका सन्दीपले सर्वाधिक चार विकेट लिन सफल भएका थिए ।
    अमेरिका-ओमान- नेपालको तयारी स्वरुप तय भएका दुई ओडीआईमध्ये अहिले जारी पहिलो खेल हो । पिएनजीसँगै शुक्रबार दोस्रो एकदिवसीय हुनेछ ।