Tag: पार्टी प्रवेश

  • धनकुटामा माओवादीबाट निर्वाचित दुई वडाध्यक्षसहित नेता कार्यकर्ता एमाले प्रवेश

    धनकुटामा माओवादीबाट निर्वाचित दुई वडाध्यक्षसहित नेता कार्यकर्ता एमाले प्रवेश

    धनकुटा । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका दुईजना वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    आज शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका- ९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिका-३ मा नेकपा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेता/कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

    नेपाली कांग्रेस, माओवादीलगायतका दलबाट एमाले रोजेका नेता-कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, शंकर पोखरेल, रामबहादुर थापालगायतका नेताहरूले स्वागत गरे ।

  • एमाले नेता जोशी नेकपा एसमा प्रवेश, १० बुँदे कार्यान्वयन नगरेको आरोप

    एमाले नेता जोशी नेकपा एसमा प्रवेश, १० बुँदे कार्यान्वयन नगरेको आरोप

    काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

    बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा जारी स्थायी कमिटी बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन् । जोशीलाई नेकपा एसका अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरे। आफू एकताका लागि लचिलो भएर एमालेमै बसे पनि १० बुँदेको कार्यान्वयन नभएको भन्दै उनले त्यहाँ बस्ने सक्ने वातावरण नबनेको बताए ।

    बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजीनामा दिएको पत्र उनले पढेर सुनाएका थिए । १० बुँदे कार्यान्वयन गर्न अपानी जारी गरे पनि त्यसको कार्यन्वयन नगरेको र पार्टीमा विचार शुन्यता आएको उनको टिप्पणी थिए ।

    हालसालै सकिएको विधान महाधिवेनमा बोल्न समेत नदिएको उनले आरोप लगाए ।

    नेकपा हुँदा सूदुरपश्चिम प्रदेशको सहइन्चार्ज रहेका जोशी एमाले समानन्तर कमिटीको प्रदेश अध्यक्ष पनि थिए । उनलाई स्थायी कमिटीमा जिम्मेवारी दिने अध्यक्ष नेपालको घोषणा थियो ।

  • राजकुमार लेखी ५५ जना नेता-कार्यकर्तासहित एमालेमा प्रवेश

    राजकुमार लेखी ५५ जना नेता-कार्यकर्तासहित एमालेमा प्रवेश

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजीनामा दिएका आदिवासी जनजाति नेता राजकुमार लेखी आजबाट औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    एमालेको विधान महाधिवेशन समापन समारोहअघि आयोजित कार्यक्रममा लेखीसहित ५५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । लेखी साविक जसपा र नवगठित लोसपाको केन्द्रीय कार्यकारिणी समितिमा थिए ।

    नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष रहिसकेका लेखी २०७४ सालको निर्वाचनमा सप्तरीबाट तत्कालीन राजपाको प्रदेशसभा सदस्य उम्मेदवार थिए । उनी २०६८ सालमा नेपाल नागरिक पार्टी गठन गरेर एमालेबाट बाहिरिएका थिए ।

    एमालेमा हुँदा उनी केन्द्रीय संघीय मामिला विभागको सदस्य थिए । लेखीले एक दशकपछि घर फर्किएको भन्दै एमालेबाहेक अन्यत्र रहेर समृद्धि र समावेशीताको नेतृत्व नहुने देखेर पार्टी प्रवेश गरेको बताएका छन् ।

  • काठमाडौं महानगरका माओवादीका वडाध्यक्ष उम्मेदवार अमगाईँसहितको टोली एमाले प्रवेश

    काठमाडौं महानगरका माओवादीका वडाध्यक्ष उम्मेदवार अमगाईँसहितको टोली एमाले प्रवेश

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद अमगाईँसहित काठमाडौं महानगरका खेलकुद विकास समिति अध्यक्ष अरुण बस्नेतलगायतको समूह विहीबार एमालेमा प्रवेश गरेको छ ।

    एमाले काठमाडौंले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजना गरेको कार्यक्रममा अमगाईँ र बस्नेतसहित काठमाडौंका ५५ जना माओवादी नेता कार्यकर्ता प्रवेश गरेको एमाले जिल्ला सचिव दीपक निरौलाले बताए ।

    नवप्रवेशीलाई एमालेका वागमती प्रदेश सहइन्चार्ज काशिनाथ अधिकारी, अरुण नेपाल, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल, सचिव खेम लोहनी, काठमाडौं महानगर कमिटी अध्यक्ष निर्मल देउलालगायतले स्वागत गरेका थिए ।

    अमगाईँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीबाट काठमाडौं महानगरपालिका वडा नम्बर १० को वडाध्यक्ष उम्मेदवार थिए । उनीसहित अन्य चारजना वडा सदस्यका उम्मेदवार पनि एमाले प्रवेश गरेका छन् ।

    अमगाईँले केपी ओलीको नेतृत्वमा मात्र मुलुक समृद्ध हुने देखेर आफूसहितको टोली एमालेमा लागेको बताए । उनीसहित महानगर सदस्य विमला थापा मगर, गोमा बराल, देवेन्द्र परियार, निर्मला परियार, विन्दा रखाललगायत ५५ जना एमाले प्रवेश गरेका हुन् ।

  • नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक जारी, १०९ जनाले गरे पार्टी प्रवेश (सूचीसहित)

    नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक जारी, १०९ जनाले गरे पार्टी प्रवेश (सूचीसहित)

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय कमिटी बैठक बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी छ ।

    दुई दिनसम्म चल्ने बैठकको उद्घाटन अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।

    बैठकमा पार्टीमा प्रवेश गर्नेहरूलाई अध्यक्ष माधव नेपालले स्वागत गरे। बैठकमा १०९ जना नेकपा एसमा प्रवेश गरेको जानकारी दिइयो । उनीहरूलाई स्वागतसहित सपथ गराइएको छ ।

     

  • संविधानसभा सदस्य फुर्वासहित मकवानपुरका माओवादी जिल्ला नेता एमालेमा प्रवेश

    संविधानसभा सदस्य फुर्वासहित मकवानपुरका माओवादी जिल्ला नेता एमालेमा प्रवेश

    काठमाडौं । नेकपा माओवादी नेता तथा मकवानपुरबाट २०६४ सालको पहिलो संविधानसभामा निर्वाचित सभासद दिलबहादुर घिसिङ (फुर्वा) नेकपा एमालेमा प्रवेश गरेका छन् । फुर्वा पछिल्लो समय मोहन वैद्य नेतृत्वको माओवादीमा थिए ।

    घिसिङसँगै मकवानपुरकी माओवादी नेता वरिना बल तामाङ, राजेश गहतराजलगायतका नेता मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेश गरेका हुन् ।वरिना माओवादी जनयुद्धमा लागेकी नेता हुन् । पछिल्लो सफल उद्यमीका रुपमा परिचित छिन् ।

    सो अवसरमा अध्यक्ष ओलीले नेकपाबाट प्रचण्ड माओवादीको एउटा हिस्सा लिएर अलग भए पनि अहिलेको एमाले नेकपाकै निरन्तरता रहेको भन्दै माओवादीमा रहेका कार्यकर्ता एमालेमै समाहित हुनुपर्ने बताए ।

    नवप्रवेशीलाई महासचिव ईश्वर पोखरेल, सांसद कृष्णप्रसाद दाहाल,मकवानपुरका एमाले नेताहरू हिदम लामा र महेश बर्तौलाले स्वागत गरेका थिए ।

  • जसपा सर्लाहीका अध्यक्ष र उपाध्यक्ष एमालेमा प्रवेश

    जसपा सर्लाहीका अध्यक्ष र उपाध्यक्ष एमालेमा प्रवेश

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का सर्लाही जिल्ला अध्यक्ष रामरिख राय यादव र उपाध्यक्ष चन्द्र यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    काठमाडौंस्थित नेकपा एमालेका पार्टी कार्यालयमै आयोजित कार्यक्रममा उनीहरुलाई एमाले नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डेलाई टिका लगाएर पार्टीमा भित्र्याए ।

    मन्त्री पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद नहुने उनीहरुलाई आश्वासन दिएका छन् । पार्टीमा समान व्यवहार गरिने र महत्वपूर्ण जिम्मेवारी समेत प्रदान गरिने प्रतिवद्धता पनि जनाए ।

  • अर्घाखाँची सिमेन्टका सञ्चालक अग्रवाल एमालेमा प्रवेश

    अर्घाखाँची सिमेन्टका सञ्चालक अग्रवाल एमालेमा प्रवेश

    काठमाडौं । उद्योगपति राजेशकुमार अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई स्वागत गरेका छन् । ओलीले अग्रवालबाट पार्टीमा राम्रो भूमिका निर्वाह हुने विश्वास पनि व्यक्त गरे ।

    उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धक हुन् ।

    ‘प्रधानमन्त्रीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व दिइरहनुएको छ । उहाँको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ’, अग्रवालले भने ।

  • जसपा स्थायी समिति सदस्य हवारी नेकपा ओली पक्षमा प्रवेश

    जसपा स्थायी समिति सदस्य हवारी नेकपा ओली पक्षमा प्रवेश

    काठमाडौं । जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं युवा इन्चार्ज इस्लाम हवारी नेकपा ओली पक्षमा प्रवेश गरेका छन् ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा शुक्रबार बिहान हवारीलाई नेकपामा स्वागत गरेका छन् । स्वागतका क्रममा ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्नका लागि शुभकामनासमेत दिए ।

    वीरगञ्ज निवासी हवारीले जसपाका अन्य नेता/कार्यकर्ताहरू पनि पार्टी प्रवेशको तयारीमा रहेको क्रममा रहेको जानकारी दिएका छन् ।

    यसअघि जसपाकै केन्द्रीय सदस्य तथा पूर्वसांसद डा. शिवजी यादव पनि ओली नेतृत्वको नेकपामा प्रवेश गरेका थिए ।

  • गाउँपालिका अध्यक्ष शुक्ला सीके राउतको पार्टीमा प्रवेश

    गाउँपालिका अध्यक्ष शुक्ला सीके राउतको पार्टीमा प्रवेश

    जनकपुरधाम । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष बब्लु भनिने जितेन्द्रनाथ शुक्ला जनमत पार्टीमा प्रवेश गरेका छन् । शनिवार पार्टी अध्यक्ष डा. सीके राउतले उनलाई स्वागत गरे ।

    शुक्ला तत्कालीन फोरम लोकतान्त्रिक पार्टीबाट निर्वाचित भएका थिए । फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा समाहित भएपछि उनी नेकपामा प्रवेश गरे । तर नेकपा केही दिनमै परित्यागको घोषणा गरेका थिए ।

    यस्तै रुपन्देहीका सद्भावना पार्टीका पूर्वअध्यक्ष एवं नमूना उच्च माविका अध्यक्ष आनन्द प्रसाद गुप्ता, मर्चवार सिँचाइ (लिफ्ट) विभागका सचिव जगरनाथ कुर्मी र सम्मरीमाई गाउँपालिकाका नेकपाका उम्मेवार सहाबुद्दिन देवान पनि जनमत पार्टीमा प्रवेश गरे ।