Tag: पर्यटन व्यवसायी

  • पर्यटक बोलाउन देश दौडाहामा पोखराका पर्यटन व्यवसायी

    पर्यटक बोलाउन देश दौडाहामा पोखराका पर्यटन व्यवसायी

    रुपन्देही । नेपालको प्रमुख पर्यटकीयस्थलको रुपमा परिचित कास्कीको पोखरामा आन्तरिक पर्यटकको प्रवद्र्धन गर्न व्यवसायीले देशव्यापी प्रचार अभियान चलाएका छन् ।

    कोरोना संक्रमण मत्थर भएपछि पोखरेली पर्यटन व्यवसायी पर्यटक बोलाउँदै हिँड्न थालेका हुन् । पश्चिमाञ्चल होटल संघको अगुवाइमा उनीहरूले देशका प्रमुख सहरहरुमा पुगेर अन्तरक्रिया गर्ने र पर्यटकलाई आफ्ना प्याकेजबारे जानकारी दिएका छन् ।

    सोमबार बुटवलका व्यवसायीहरूसँग कुरा गर्दै पोखरेली व्यवसायीले दुई सहरबीच पर्यटक आवागमनमा सहजीकरण गर्न आग्रह गरे ।

    पश्चिमाञ्चल होटल संघ पोखराले दुई दशक देखि शुरु गरेको ‘जाउँ है पोखरा’ यो वर्ष पनि निरन्तरता दिएको छ ।

    ‘विशेषतः यातायातको कनेक्सनमै जोड छ । बुटवल पोखरा सडकमा अलि बढी सास्ती छ,’ होटल संघ पोखराका पूर्व अध्यक्ष विकल तुलाचनले भने, ‘हवाई सुविधा पनि खासै छैन । त्यसैले कनेक्सनमा बढी फोकस गरिएको छ ।’

    कोभिडका कारण सबै क्षेत्रको पर्यटन थलिएकोले तत्काल आशातित सुधार कठिन हुने उनले बताए । ‘पोखरा मात्र होइन, विश्वकै पर्यटन सुस्ताएको छ । केही विशेष इभेन्टहरू तय गरेर आन्तरिक पर्यटकमार्फत चहलपहल बढाउनुपर्छ,’ उनले थपे, ‘एउटा सहरका नागरिकलाई अर्को सहरमा लैजाने र उनीहरूको अपेक्षाअनुसारका इभेण्ट सन्चालन गर्ने कुरामा हामी सहमत छौं ।’

    टोलीले बुटवलबाट भैरहवाहुँदै हेटौंडा जाने र वीरगञ्ज, चितवनमा अन्तरक्रिया गरेपछि पोखरा फर्किने संघले जनाएको छ । संघले दुई दशकदेखि ‘जाउँ है पोखरा’ अभियान संचालन गर्दै आएको छ ।

    संघका अध्यक्ष लक्ष्मण सुवेदीले छिटै पर्यटन क्षेत्र सुधार हुने अपेक्षाले कोभिडकै बीचमा पनि कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

    कोभिड १९ को संक्रमणका कारण जटिल समस्यामा परेको पर्यटन क्षेत्र उकास्नका लागि अभियान महत्वपूर्ण हुने सहभागीहरुले बताए । पोखरामा भएका नयाँ नयाँ गन्तव्यहरुको खोजी भएको र त्यसबारे समेत जानकारी दिने काम अभियान सहयोगसिद्घ हुने दाबी उनले बताए । पछिल्लोसमय नेपालका अधिकांश मुख्य शहरसंग पोखरा हवाईमार्गबाट जोडिएको भन्दै उनले यसबाट पर्यटकहरुलाई फाइदा मिल्ने बताए ।

    बन्जी, प्याराग्लाईडिङ, हाईकिङ, साईक्लिङ, केबलकार लगायत साहसिक खेलहरुको कारण पनि पोखरा पर्यटकको आकर्षक बन्न सफल भएको उनले बताए । फेवा नववर्ष महोत्सवमा आमन्त्रण गर्ने रुपमा आफुहरु अभियान चलाएको उनले बताए ।

    लुम्बिनी प्रदेशका पर्यटन सचिव महेश न्यौपानेले ‘सेभ द कल्चर, सेल द कल्चर’ लाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको बताए । समुदायका मानिसहरुलाई अग्रसर गराएर यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने गरि कल्चरल भिलेज अवधारणा ल्याउदा सफलता मिल्ने भन्दै यो धेरै महत्वपूर्ण हुने बताए ।

    पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेचर, कल्चर र एडभन्चरका बारेमा जानकारी दिने काम २ दशकदेखि गर्दै आएको भन्दै प्रविधिमैत्री पर्यटन विकासमा अघि बढेको बताए । आन्तरिक पर्यटक नै दीगो पर्यटक भएको भन्दै अहिले ३ प्रतिशतबाट ५० प्रतिशत पुगेको उनले बताए । संस्थागत रुपमा होटल संघले ३० प्रतिशतसम्म छुटका साथै थप अन्य छुटको ब्यवस्था गरिरहेको उनले बताए । पर्यटक आदानप्रदान गर्ने रुपमा अभियान संचालन भएको उनले बताए ।

    नेपाल होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले पोखरा ब्यवसायीहरुबाट चलाइएको अभियान निक्कै उदाहरणीय भएको भन्दै देशका अन्य संघहरु अघि बढ्नुपर्ने सुझाव दिए । कोभिडबाट धरासायी भएको पर्यटन क्षेत्र उकास्न सरकारले पुर्नकर्जा १ वर्षको घोषणा भएपनि त्यो सान्दर्भिक नभएको दुखेसो गरे । कम्तिमा ५ वर्षको अवधि बढाउनुपर्ने उनले बताए । व्यवसायीहरुको पर्यटकप्रति गरिने व्यवहार, सत्कारका विषयमा समेत ध्यान दिनुपर्ने बताए ।

    सरकारले आन्तरिक पर्यटनको बढाउन नीतिगत रुपमा नै अघि बढाउनुपर्ने सुझाव दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पोखरा पर्यटन विकासमा अन्य क्षेत्रलाई सिक्ने र सिकाउने रुपमा रहेको बताए । लुम्बिनी क्षेत्रलाई समेटेर अघि बढ्न सकेमात्र समग्र पर्यटन क्षेत्र पूरा हुने उनले बताए ।

    नाटा लुम्बिनीका अध्यक्ष सागर अधिकारी, होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम, पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विप्लव पौडल, भरतराज पराजुली, हरि शर्मा गैरे, बच्चुराम तिवारी, संघका महासचिव राजेन्द्र ढकालले पोखरा, बुटवल र चितवनलाई एउटा गोल्डेन त्रिकोणका रुपमा विकास गर्नुपर्ने सुझाव दिए ।

  • राहतको प्याकेज ल्याउन पोखरा पर्यटन व्यवसायीको माग

    राहतको प्याकेज ल्याउन पोखरा पर्यटन व्यवसायीको माग

    पोखरा । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन व्यवसायीको समस्यालाई सरकारले बुझ्न नसकेको बताएका छन् ।

    रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)को २७औँ वार्षिक साधारणसभामा उनले कोरोना महामारीका कारण सङ्कटमा रहेको पर्यटन क्षेत्रलाई बुझेर सरकारले राहत प्याकेजका कार्यक्रम ल्याउन नसकेको बताए । उनले भने, ‘यतिबेला निकै कठिन अवस्थामा पर्यटन क्षेत्र छ, तर सरकारले मौद्रिक नीति र पुनरुत्थानका कार्यक्रम कार्यान्वयनमा ल्याएर राहत दिन सकेको छैन, कार्यक्रम ल्यायो भनेर हामीले स्वागत गर्न हतार गरेजस्तो भयो, नतिजा देखिएन ।’

    महामारीको यो समयमा पनि बैंक तथा वित्तीय संस्थाहरुले हर्जाना, जरिवानासहित व्यवसायीलाई ताकेता गरेर मानसिक दबाब दिएको बताउँदै उनले निजी क्षेत्रको भूमिकालाई मूल्याङ्कन गरेर पर्यटनमैत्री नीति ल्याउन सरकारसँग आग्रह गरे । उनले भने, ‘आजसम्म पनि सरकारको पर्यटनसम्बन्धी स्पष्ट नीति र योजना छैनन्, केवल व्यक्तिका सम्बन्ध र विचारबाट पर्यटन क्षेत्र चलेको छ ।’ अध्यक्ष भट्टराईले पोष्ट कोभिडको अवस्थामा पर्यटन क्षेत्रलाई उठाउन सबैको साझा सोच र दृष्टिकोणको खाँचो रहेको बताए । उनले लामो समयदेखि अन्योलमा रहेको पोखराका रत्नमन्दिर र हिमागृह खुलाउन अब परिषद् निर्णायक रुपमा पहल गर्ने बताए ।

    नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशिराज भण्डारीले पर्यटकलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय रुपमा चिनाउन रेवानले गर्दै आएको स्ट्रिट फेष्टिभलको महत्वपूर्ण भूमिका रहेको बताए । उनले विश्वमै कोरोनाका कारण पर्यटन क्षेत्रमा ८० देखि ८५ प्रतिशत गिरावट आएको उल्लेख गर्दै अब खोपको सहजतासँगै यस क्षेत्रले गति लिँदै जाने विश्वास व्यक्त गरे ।

    पोखरा महानगरपालिका–६ का अध्यक्ष जगतबहादुर पहारीले लेकसाइडको सौन्दर्यकरणका लागि वडाले विभिन्न कार्य गरिरहेको जनाउँदै पूर्वाधार विकासका काम भएपनि अझै पर्याप्त हुन नसकेको बताए ।

    रेवानका अध्यक्ष लक्ष्मण बरालले कोरोना कहरको बीचमा पाँच महिना मात्र आंशिक र आन्तरिक पर्यटकलाई सेवा दिएको पर्यटन क्षेत्र अहिले सङ्कटमा परेको उल्लेख गर्दै पर्यटन चलायमान बनाउन अब सरोकारवाला सबै पक्षबाट पहल गर्नुपर्नेमा जोड दिए ।

    रेवानका उपाध्यक्ष नरेश भट्टराई र महासचिव विकास भट्टराईले पर्यटन क्षेत्रसँग आवद्ध सबैलाई खोपको सुनिश्चित गरेर यस क्षेत्रलाई लयमा फर्काउनुपर्नेमा जोड दिए ।

  • पोखराका पर्यटन व्यवसायीको अडान- खोप नपाएसम्म व्यवसाय चलाउँदैनौँ

    पोखराका पर्यटन व्यवसायीको अडान- खोप नपाएसम्म व्यवसाय चलाउँदैनौँ

    पोखरा । पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर, कर्मचारी एवं व्यवसायीलाई खोप उपलब्ध नगराएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले बिहीबार पत्रकार सम्मलेन गरी कोरोना कहर पर्यटन व्यवसायीका लागि जहर सावित भएको जनाउँदै खोपको सुनिश्चिता नभएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको हो ।

    परिषद्का अध्यक्ष गोपी भट्टराईले पर्यटन क्षेत्रमा आबद्ध मजदुर, कर्मचारी र व्यवसायीलाई ‘फ्रन्टलाइनर’का रूपमा लिएर यथाशीघ्र खोप उपलब्ध गराउनुपर्ने बताए । ‘अहिले पूर्णरूपमा व्यवसाय सञ्चालन हुनसकेको छैन, यदि सरकारले व्यवसाय सञ्चालको अनुमति दिए पनि हामी खोप नपाएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौँ’, भट्टराईले भने । उनले कतिपय अन्तर्राष्ट्रिय बुकिङ पनि पर्यटन क्षेत्रका मजदुर कर्मचारीले खोप लगाएका छन् कि छैनन् भनेर ‘इन्क्वायरी’ आउने गरेको जनाउँदै खोप नभएसम्म पर्यटन क्षेत्र सुरक्षित र चलायमान हुन नसक्ने बताए ।

    अध्यक्ष भट्टराईले गत वर्षको मौद्रिक नीति र यस वर्षको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गरिएका आर्थिक नीति तथा कार्यक्रम अविलम्ब सबै तहका सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रमा लगानीको किस्ता र ब्याज पर्यटन सहजरूपमा सञ्चालन नहुँदासम्म तिर्न नसकिने जनाउँदै सो अवधिको ब्याज सरकारले तिर्नुपर्ने माग पनि परिषद्को छ ।

    कोभिड–१९ को प्रभावसँगै व्यवसायको जिम्मेवारीमा पर्ने व्यवसाय नवीकरण, अद्यावधिक शुल्क, घरभाडा कर, यातायात कर साथै सम्पूर्ण पर्यटन व्यवसायका शीर्षकका शुल्क र दस्तुर पूर्णरूपमा मिनाहा हुनुपर्ने र पर्यटनमा आश्रित मजदुरको सुरक्षाका लागि विशेष राहत र रोजगार सिर्जनाका प्याकेजका कार्यक्रम ल्याउनुपर्नेमा पनि परिषद्ले जोड दिएको छ ।

    कार्यक्रमम परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले पर्यटकले सुरक्षित स्थानलाई मात्रै रोज्ने हुँदा त्यसका लागि खोपलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले राजधानीका पर्यटन व्यवसायीलाई सरकारले १० हजार खोपको व्यवस्था गरे पनि पर्यटकीय नगरी पोखराका व्यवसायीप्रति सरकारले ध्यान नदिएको गुनासो गरे । आन्तरिक पर्यटन पुनरुत्थान गण्डकीका संयोजक अग्नि कँडेलले पर्यटन व्यवसायीको हकमा स्पष्ट नीति निर्धारण गरी यस क्षेत्रलाई चलायमान गराउन भूमिका खेल्नुपर्ने धारणा राखे ।

    परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले परिषद्ले लामो समयदेखि ‘नो भ्याक्सिन, नो टुरिजम’को नारासहित सामाजिक सञ्जाललगायत विभिन्न सञ्चारमाध्यमबाट सरकारलाई दबाब दिइरहेको तर त्यसको सुनुवाइ नभएको बताए । उनले माग पूरा नभए सरकारलाई पर्यटन व्यवसायीले तालाचाबी बुझाउन बाध्य हुने चेतावनीसमेत दिए ।

    श्रेष्ठले गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा हालसम्म पाँच खर्ब १५ करोडको लगानी रहेको बताए । उनका अनुसार ७५ हजारभन्दा बढी मजदुरले रोजगारी पाएका छन् भने हाल कोरोना कहरले ३० प्रतिशतभन्दा बढी पर्यटन व्यवसायी पलायन भइसकेका छन् । रासस

  • सुनसान ठमेल, विस्थापित हुँदै व्यवसायी

    सुनसान ठमेल, विस्थापित हुँदै व्यवसायी

    काठमडौं । केही दिनअघि पर्यटन व्यवसायी ज्योति अधिकारीले ठमेलस्थित आफ्नो होटल ‘होली हिमालय’ भत्काउँदै गरेको फेसबुकमा पोस्ट गरे । क्याप्सन लेखे– हामी छाड्ने क्रममा छौं । हाम्रा छिमेकी बढ्ने ! राज्यले संरक्षण गर्ने नगर्नेको फरक होला यो !

    उनको उक्त पोस्टमा धेरै पर्यटन व्यवसायी र पर्यटकले कमेन्ट गरेका छन् । पर्यटन व्यवसायी ठाकुरराज पाण्डे लेख्छन्– प्रत्यक्ष र अप्रत्यक्ष लाखौको संख्यामा रोजगारी दिएको पर्यटन व्यवसायले कराडौंमा सरकारलाई राजश्व बुझाउँदै आएको थियो । अहिले व्यवसायी तड्पिरहेको अवस्थामा राज्यले सस्तो दरमा ऋण उपलब्ध नगराउँदा व्यवसाय छोडेर हिँड्नुको विकल्प छैन ।

    अर्का पर्यटनप्रेमी विदेशी शुभचिन्तकको प्रतिक्रिया छ- यो कठिन घडीमा तिमीहरु सबैलाई सम्झिरहेको छु । आशा छ हाम्रो नेपाली घरमा सम्भव भएसम्म छिटै आएर सबै कोठा भर्नेछौं ।

    हिजो आफैं डुबेकोभन्दा बढी दुःख अनुभूति भइरहेको छ । जे निर्णय गर्नु भयो सही गर्नुभयो- अर्का पर्यटन व्यवसायी अर्जुन छत्कुलीको कमेन्ट । त्यस्तै व्यवसायी तेज गुरुङ लेख्छन्- मैले ठमेल छाडी नै सकें ।

    व्यवसायी ज्योतिको स्टाटस र प्रतिक्रियाहरुले नै प्रष्ट पार्छ कि, अहिले ठमेलका होटल व्यवासायी निकै मारमा छन् । र उनीहरु क्रमशः विस्थापित हुँदैछन् । कोरोना कहर र त्यससँगै भएको लकडाउनले काठमाडौंको ‘पर्यटकीय हब’ ठमेलका अधिकांश पीडा उस्तै छ ।

    ४ वटा बिल्डिङ रहेको ‘होली हिमालय’मा १ सय १३ वटा कोठा थिए । दैनिक २ सयसम्म पर्यटक बस्थे । तर, कोरोनाका कारण पर्यटक नआएपछि तीन वटा बिल्डिङ घटाएर एउटा मात्रै सञ्चालनमा छ । जसमा ३५ वटा कोठा छन् ।

    ‘कर्मचारी पाल्न र घरभाडा तिर्नै मुस्किल भयो’, २५ वर्षको होटल संचालन गरेको अनुभव संगालेका अधिकारी भन्छन्’, एक-दुई महिना होइन, वर्षदिन पनि बढी भइसक्यो । होटल घटाउनुको विकल्प नै भएन ।’

    कोरोना कहर सुरु हुनुअघि उनको होटलमा ७० जनाले रोजगारी पाएका थिए । होटल नचलेसँगै कर्मचारीको धेरै कर्मचारीको रोजगारी गुमेको छ । ७ करोड लगानीमा सञ्चालित उक्त होटल राम्रोसँग चलेका बेला मासिक १५÷२० लाख रुपैयाँ कमाइ हुने गरेको बताउँछन् अधिकारी ।

    कुनै बेला होटलमा महंगो पैसा तिर्दा पनि नपाइने कोठा डेढ वर्षदेखि खाली छन् । ठमेल बजार नै सुनसानप्रायः छ । भाडामा लिएर होटल सञ्चालन गर्नेहरुले भाडा तिर्न सकेका छैनन् । होटलका सबै संरचना र सामान घरवालालाई नै जिम्मा लगाएर हिँड्न थालेका छन्, ठमेलका व्यवसायी ।

    धेरैजसो विदेशी पर्यटनको चहलपहल भइरहने ठमेलका होटल व्यवसायी मात्रै होइनन्, अरु जुनकुनै व्यवसाय सञ्चालन गरेकाहरुको स्थिति दयनीय छ । कतिले त व्यापार व्यवसायह छाडिसके भने कति छाड्ने मुडमा पुगेका छन् ।

    भाडा तिर्न र कर्मचारीलाई तलब खुवाउन मात्रै होइन, आफूले खान र परिवार पाल्न नै धौधौ भएपछि व्यवसायीहरु पलायन हुने स्थितिमा पुगेका हुन् ।

    ‘ठमेलको भाडा एकदम महंगो छ, पर्यटक नआए पनि घरधनीले भाडा छुट दिँदैनन्’ होटल एसोसिएसन संघका महासचिव साजन शाक्य भन्छन्, ‘भाडा तिर्न नसकेकै कारण धेरै होटल व्यवसायी विस्थापित भएका छन्, कतिपय विस्थापित हुने स्थितिमा पुगेका छन् ।’

    ठमेल विदेशी पर्यटकसँग सिधा सम्बन्ध राख्ने एतिहासिक ठाउँ भएकाले पनि यहाँका सरकारले व्यवसायीलाई संरक्षण गर्नुपर्ने उनी बताउँछन् । केही होटललाई क्वोन्टाइन बनाएपछि व्यवसायी हल्का राहत मिले पनि त्यसले व्यवसायी टिक्नसक्न स्थितिमा नभएको उनको भनाइ छ ।

    होटल व्यवसायीसँगै ठमेलका घरधनीलाई पनि समस्या परेको छ । टिम्बर हाउसका संचालक राजेन्द्र अमगाईंका अनुसार व्यवसायीले भाडा तिर्न नसकेपछि धरधनी पनि मर्कामा परेका छन् ।

    कोरोनाको तेस्रो भेरियन्टको चर्चा भइरहेप्रति चिन्ता गर्दै उनी भन्छन्- यस्तै स्थिति रहे ठमेलको पर्यटन व्यवसाय लयमा फर्कन अझै केही वर्ष लाग्छ । त्यसो हुँदा धेरै व्यवसायी विस्थापित हुने निश्चित छ ।

  • सरकारले दिएका सुविधा उपयोग गर्न पर्यटन व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

    सरकारले दिएका सुविधा उपयोग गर्न पर्यटन व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

    होटल संघ नेपालको सुझावपत्र बुझ्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै मागहरू सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन आग्रह गरेका छन् ।

    बजेटमा होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपल्बध गराइने उल्लेख गरिएको जानकारी गराउँदै उनले कोभिड-१९ का बेला यो भन्दा राम्रो अर्को बजेट आउन सम्भव नभएको बताए ।

    पौडेलले बजेटमा उल्लेख भएका कार्यक्रमहरू कार्यान्वयन हुनेमा ढुक्क हुन व्यवसायीलाई आग्रह गरेका छन् ।

    आर्थिक वर्ष २०७८/७९ को बजेटमा होटललाई निषेधाज्ञा अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट दिने, कोभिड -१९ बाट प्रभावित होटल, ट्रेकिङ लगायतका पर्यटन व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नु पर्ने इजाजत तथा नवीकरण दस्तुर छुट दिइ स्वत: नवीकरण हुने व्यवस्था उल्लेख गरिएको छ ।

    यस्तै होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराउने, कोभिड-१९ का सञ्चालनमा आउन नसकेका होटललाई आइसोलेसन सेन्टरका रूपमा सञ्चालन गरेमा सरकारले निर्धारण गरेको मापदण्ड अनुसार रकम उपलब्‍ध गराउने लगायत उल्लेख गरिएको छ ।

    होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले होटललाई सेवामूलक उद्योगमा राख्नु ठूलो कुरा भएको उल्लेख गर्दै बजेट निर्माणका बेला होटल संघ नेपालले दिएको सुझावहरु बजेटमा सम्बोधन भएकोमा धन्यवाद दिएकी छिन् ।

    होटल संघ नेपालले २०७८/७९ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थामार्फत उपभोग गरेका कर्जाको नेपाल राष्ट्र बैंकमार्फत पुनकर्जा भए नभएको अनुगमन गर्नु पर्ने, हाल कायम रहेका पुनर्कर्जाको रकम थप गरिनु पर्ने र सो कर्जाको अवधि एक वर्षसम्म कायम गरिनु पर्ने लगायतका सुझाव दिएको छ ।

  • बजेटले किन खुशी भए पर्यटन व्यवसायी ?

    बजेटले किन खुशी भए पर्यटन व्यवसायी ?

    काठमाडौं । कोरोना महामारीले सबैभन्दा प्रताडित बनाएको क्षेत्र हो, पर्यटन । निषेधाज्ञाका कारण पर्यटकीय गतिविधिहरु ठप्प हुँदा यो क्षेत्र अभूतपुर्व संकटमा छ र धेरै व्यवसायीहरु पलायनको अवस्थामा छन् ।

    पर्यटन क्षेत्रको संकटमोचनका लागि व्यवसायीहरु सरकारले ल्याउने बजेटको आशा गरेर बसेका थिए । हिजो अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेट भाषण सुनिसकेपछि उनीहरुको अनुहारमा अलिकति मुस्कान आएको छ ।

    १६ अर्बभन्दा बढीको बजेट गर्दा अर्थमन्त्रीले पर्यटन व्यवसायको पुनरुत्थानमा केन्द्रित विभिन्न योजना अघि सारेका छन् । अहिलेसम्म सरकारको आँखामा नपरेका मध्यपहाडी क्षेत्रको पर्यटन र होटललाई उत्पादन क्षेत्रमा राख्ने विषयले बजेटमा उल्लेख छ । सरकारले बजेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    बजेटका बारेमा पर्यटन व्यवसायीको धारणा उनीहरुकै शब्दमा ।

    डा. धनन्जय रेग्मी (पर्यटन बोर्डका सीईओ)

    बजेट समग्रमा ठीक छ । कार्यान्वयन कति हुन्छ त्यो हेर्नुपर्छ । पर्यटन क्षेत्रका लागि सकारात्मक ढंगले बजेट आएको छ ।

    अहिले कोरोनाका कारण थलिएको पर्यटन व्यवसायलाई माथि उकास्नका लागि सरकारी कर्मचारीलाई पैसासमेत दिएर १० दिन ‘देश भ्रमण’ विदा दिने कुरा अत्यन्त राम्रो हो । यसले आन्तरिक पर्यटनमा ठूलो टेवा पु¥याउँछ । साथै पर्यटन बोर्डले भन्दै आएको मध्यपहाडी भागमा पर्यटन गतिविधिको विकास ‘हिल स्टेशन’ को कुरालाई पनि बजेटले छोएको छ ।

    होटललाई उत्पादनमूलक क्षेत्रमा समेट्नुपर्ने हाम्रो पहिलैदेखिको मागलाई यो बजेटले समेटेको छ । यो स्वागतयोग्य कुरा हो ।

    केही कुरा भने अहिले नगरिएको भए पनि हुन्थ्यो । जस्तो, अहिले ‘ग्रेट हिमालय’ कुरा बजेटमा समेटिएको छ । यो अहिले आवश्यक थिएन । पर्यटन क्षेत्रमा आवद्ध श्रमिकलाई यो बजेटले छोएको देखिदैन । सरकारले ‘प्रधानमन्त्री रोजगार’ कार्यक्रममा २ लाख श्रमिकलाई रोजगारी दिने भनेको छ, यसमा १ लाखचाहिँ पर्यटन क्षेत्रका लागि छुट्याइदिएको भए राम्रो हुने थियो । किनकी अहिले पर्यटन मजदुर सबैभन्दा धेरै पीडित भएको अवस्था छ ।

    पर्यटन क्षेत्रमा गत वर्षको बजेटले दिएको सहुलीयत ऋण तथा पुनरुत्थान प्याकेजका लागि जुन कार्यविधि बनाइएको छ, त्यसलाई निरन्तरता दिइयो भने त्यो काम लाग्ने हुँदैन ।

    समग्रमा अहिलेको बजेट हामीले भने जस्तै आएको छ । तर, कार्यान्वयन हुनु प¥यो ।

    सोचेभन्दा राम्रो बजेट आयो

    नेपाल होटल संघ (हान) महासचिव साजन शाक्य

    यो वर्षको बजेट होटल व्यवसायीका लागि अत्यन्त राम्रो छ । हामी होटल व्यवसायीले सोचेभन्दा बढी नै यो सरकारले बजेटमा कार्यक्रम ल्याएको छ ।

    होटल व्यवसायीले माग राखेका प्रायः सम्पूर्ण कुरा बजेटमा समेटिएका छन् । हामीले २५ वर्षदेखि लविङ गर्दै आएको होटललाई उत्पादन क्षेत्रमा राखेर उद्योग सहर सेवा–सुविधा दिनु पर्छ भन्ने थियो । त्यसलाई यो बजेटले संवोधन गरेको छ ।

    अब होटल उद्योगमा गएपछि होटल संचालनमा हामीलाई धेरै नै सहज हुनेछ । जस्तो, उद्योगले सरकारबाट पाउने सबै सेवा सुविधा होटलले पाउने छन् । साथै, ५० अर्बको पुर्नकर्जाको दायरा फराकिलो बनाउने भनिएको छ । साना होटललाई धितो नराखिकन ऋण प्रवाह गर्नु पर्ने कुरामा त्यसको पनि आकार र प्रक्रिया हेरेर विस्तार गरिने भनिएको छ । सायद राष्ट्र बैकले उनीहरुलाई ऋण प्रवाह गर्नेछ ।

    अहिले कोरोना माहामारीका कारण सबैभन्दा प्रभावित भएको क्षेत्र नै होटल भएकाले बजेटमा उल्लेखित भएका कुरा कार्यान्वयन भयो भने होटल क्षेत्रलाई पूर्ण सम्वोधन गरेको देखिनेछ । बजेटप्रति हान अत्यन्त खुसी छ ।

    पर्यटन व्यवसायीलाई राहत

    नारायण पराजुली (अध्यक्ष)

    ‘सोसाइटी अफ ट्राभल एण्ड टर अपरेट नेपाल’ (सोट्टो)

    बजेटले पर्यटन क्षेत्रलाई राहत दिएको देखिन्छ । तर, यो बजेट कति लागू हुन्छ, हुँदैन त्यो हेर्न बाँकी छ ।

    पर्यटन व्यवसायीलाई अलिकति महसुस हुने किसिमको बजेट आएको छ । सहुलीयत ऋण दिने भनिएको छ । यसैगरी, सरकारले १० दिन कर्मचारीलाई देश भ्रमणका लागि विदा दिने भन्ने कुरा छ । यसले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुका साथै हामी जस्ता पर्यटन व्यवासयीलाई पनि ठूलो भरथेग गर्छ । सरसर्ती हेर्दा बजेटले पर्यटन क्षेत्रलाई राहत नै दिएको छ ।

     

    सामाजिक सुरक्षा कोषमा भरथेगको आशा

    होटल व्यवसायी योगेन्द्र शाक्य

    बजेट ठीक छ । पर्यटन क्षेत्रलाई समेटेको पनि छ । अहिलेको माहमारीमा सरकारले सबैलाई पैसा दिएर पनि सक्ने अवस्था होइन ।

    तर, मेरो चासो के हो भने होटल क्षेत्र अहिले ठूलो संकटमा रहेको छ । होटल चले पनि नचले पनि यसका चारवटा खर्च भने सधै भइरहन्छन् । कर्मचारी खर्च, विजुली खर्च, बैंक लोन र घर भाडा ।

    अहिले कम्पनीले कर्मचारीलाई तलब दिन सक्ने अवस्था छैन र, कर्मचारी पनि जागिर नगरी बस्ने अवस्था छैन । त्यसैले होटल व्यवसाय जसले सामाजिक सुरक्षा कोषमा गएका छन्, तिनीहरुका कर्मचारीलाई दुई बर्ष सरकारले नै सामाजिक सुरक्षा कोषमा पैसा जम्मा गरिदिने हो भने कर्मचारी पनि बाँच्न पाउँथे र होटल व्यवसायी पनि बाच्थे । यसले सरकारलाई पनि फाइदा पुग्थ्यो जस्तो लाग्छ ।

    एउटा व्यवसायी अनुशासित भएर सामाजिक सुरक्षा कोषमा जान्छ भने उसलाई ‘रिवार्ड’ गरेजस्तो पनि देखिन्थ्यो । अन्य व्यवसायी पनि सामाजिक सुरक्षा कोषमा जान उत्साहित हुन्थे ।

    ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान)

    अध्यक्ष खुमबहादुर सुवेदी

    बजेटमा भनेका कुरा ठीक छन् । तर, यो बजेटले सबै कुरा भविष्यका लागि ल्याएको छ । जस्तो विदेशी पर्यटकलाई ३० दिन भिषा फ्री दिइएको छ । तर उनीहरु आउने कहिले हो कहिले, त्यसबेला कमाएको रकमबाट कर छुट दिनुको के अर्थ भयो र ?

    पहिला त पर्यटक आउने वातावरण चाहियो । व्यवसायी र श्रमिक बाँच्नुपर्‍यो पहिला । हामीले कर क्लियरेन्सका आधारमा न्यूनतम बिनाधितो २५ लाख रुपैयाँ ऋण देउ भनेका थियौं, त्यो भएन । अहिले हाम्रो पर्यटन व्यवसायीको समस्या नै नेपाल रेड जोनबाट हट्नु प¥यो । रेड जोनबाट हट्नका लागि नेपालले ‘भ्याक्सिन’ पहिले ल्याउनु पर्छ र सम्पूर्ण नेपालीलाई लगाउनु पर्छ । यसरी ‘भ्याक्सिन’ लाएको खंण्डमा नेपाल रेड जोनबाट हट्ने छ र विदेशी नेपाल आउने छन् ।

    त्यस वखतमा अहिले बजेटमार्फत सरकारले दिएका कुरा ठीक छन् । तर, अहिले व्यवसायी त टिक्नु पर्यो‍ नी । यसका लागि केन्द्र सरकार वा प्रदेश सरकार जसले भए पनि सहुलीयतपूर्ण कर्जा दिन आवश्यक छ । भविष्यका लागि सरकारले गरेको निर्णय ठीक छ । तर यो बजेट कार्यन्वयन हुनेमा शंका छ । भविष्यमा पर्यटन उद्योगलाई बचाउने हो भने पहिला भ्याक्सिन उपलव्ध गराउनु पर्‍यो ।

  • खोपसहित पर्यटनमैत्री नीति समेटेर कार्यक्रम ल्याउन पर्यटन व्यवसायीको माग

    खोपसहित पर्यटनमैत्री नीति समेटेर कार्यक्रम ल्याउन पर्यटन व्यवसायीको माग

    पोखरा । पर्यटन परिषद्ले आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रममा कोभिड-१९ विरुद्धको खोप सम्पूर्णलाई उपलब्ध गराउन र पर्यटन मैत्री नीतिलाई विशेष प्राथमिकता दिएर कार्यक्रम ल्याउन प्रदेश सरकारसमक्ष माग गरेको छ ।

    परिषद्का अध्यक्ष गोपी भट्टराईले एक विज्ञप्ति जारी गदै ‘नो भ्याक्सिन नो टुरिज्म’ भएकाले नेपाललाई अन्तरर्राष्ट्रिय जगतमा सुरक्षित गन्तव्यका रुपमा सकारात्मक सन्देश दिन पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर खोप व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् ।

    कोरोना महारमारीले लामो समयदेखि मानिसको स्वास्थ्य र दिनचर्या निकै प्रभावित भएको जनाउँदै सम्पूर्णलाई खोप लगाउने व्यवस्थाका साथै पर्यटन क्षेत्रका सम्पूर्ण व्यवसायी, कर्मचारी र आबद्ध मजदूरलाई तत्काल सम्बोधन हुने गरी राहत प्याकेज कार्यक्रमलाई समेट्न आग्रह गरिएको छ ।

    विज्ञप्तिमा पहिलो र दोस्रो चरणको कोरोना महामारीले पर्यटन क्षेत्रलाई तत्काल र दीर्घकालीन रुपमा असर गरेकाले तत्काल यस क्षेत्रका समस्यालाई सम्बोधन नगरे व्यवसायी पलायन हुँदै जाने बताइएको छ । हाल ३० प्रतिशतभन्दा बढी व्यवसायी यस क्षेत्रबाट पलायन भइरहेका स्मरण गराउँदै देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको पर्यटन क्षेत्रलाई जोगाउन सरकारले विशेष नीति ल्याएर लगानी संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

    पर्यटन क्षेत्र ठप्प हुँदा यस क्षेत्रसँग सम्बद्ध मजदूरको अवस्था समेत कष्टकर बन्दै गइरहेकाले सरकारको राहत प्याकेजमा मजदूरलाई पनि समेट्ने गरी कार्यक्रम ल्याउन आग्रह गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘पर्यटन व्यवसाय ठप्प भएको र यसको प्रभाव पर्यटनमा अझ बढी लामो समयसम्म रहने हुनाले सम्पूर्ण पर्यटन व्यवसायीलगायत विभिन्न क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता तथा ब्याज आगामी दुई वर्षसम्म तिर्न सक्ने कुनै सम्भावना नरहेकाले तसर्थ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई कर्जाको भुक्तानी तालिकालाई पुनर्तालिकीकरण गर्नुपर्छ ।’

    मौद्रिक नीतिमा आगामी आवमा पर्यटनलाई प्राथमिकता प्राप्त क्षेत्रका रुपमा सम्बोधन गरी हरेक बैंकले बढीमा पाँच प्रतिशत ऋण सहुलियत ब्याजदरमा पर्यटन उद्योगमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउनका लागिसमेत अनुरोध गरिएको छ ।
    -रासस

  • ८ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप (भिडियाे)

    ८ हजार बढी पर्यटन व्यवसायीलाई कोरोना खोप (भिडियाे)

    काठमाडौँ । काठमाडाैं  उपत्यकाका ८ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई कारोना खोप लगाएका छन् । ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म ८ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) प्रदान गरिएको हो ।

    परिषद्का उपाध्यक्ष एवं कोभिड-१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिका संयोजक भविश्वर शर्माले स्वास्थ्य सेवा विभागको सहकार्यमा ठमेल क्षेत्रमा कार्यरत पर्यटन व्यवसायीलाई उक्त खोप प्रदान गरिएको जानकारी दिए ।

    ‘स्वास्थ्य सेवा विभागले पर्यटन व्यवसायीका लागि १० हजार डोज खोप उपलब्ध गराए पनि हालसम्म ८ हजार ३०० को हाराहारीमा खोप प्रदान गरिसकेका छौँ’, उनले भने । खोप अभियानलाई प्रभावकारी र सफल बनाउनका लागि परिषद्ले ३० जना स्वयंसेवकसमेत परिचालन गरेको छ ।

    नेपाल आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने भएकाले ठमेल क्षेत्रका व्यवसायीलाई सुरक्षित बनाउनका लागि कोरोना खोप अभियानलाई तीव्रता दिएको उनको भनाइ छ । परिषद्ले चार हप्तापछि दोस्रो चरणको भ्याक्सिन सोही ठाउँमा उपलब्ध गराउने जनाएको छ ।

  • पर्यटन व्यवसायीले पर्यटन मन्त्रीलाई बुझाए १७ बुँदे माग

    पर्यटन व्यवसायीले पर्यटन मन्त्रीलाई बुझाए १७ बुँदे माग

    काठमाडौं । पर्यटन क्षेत्रको पुर्नउत्थान र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल समक्ष १७ बुँदे मागपत्र बुझाएको छ ।

    मंगलबार नेपाल ट्रेकिङ ट्राभल्स, र्‍याफ्टिङ्ग, एयरलाइन्स, संस्कृती पुरातात्विक, कार्गो कुरियर श्रमिक युनियन (यूनिट्राभ)को एक प्रतिनिधिमण्डलले मंगलबार मन्त्री ढकाललाई भेटगरी मागपत्र बुझाएको हो ।

    कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रको उत्थान गर्नुपर्ने, समाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचिकृत गर्नुपर्ने, पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले बढाउनुपर्ने, नेचर गाइडको समस्या समाधान गरिनुपर्ने, पदमार्ग क्षेत्रका श्रमिकमाथि हुने विभेदको अन्त्य हुनुपर्ने ।

    माउन्टेन गाइडको तलब र बीमा निर्धारण गरिनुपर्ने, होलिकप्टर रेस्क्यूमा हुने विभेद अन्त्य गरिनुपर्ने, विमानस्थलका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट लिने व्यवस्थाको अन्त्य गर्नुपर्नेलगायतका मागहरु मागपत्रमा समावेस गरिएको यूनिट्राभलका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए ।
    यस्तै पदमार्ग क्षेत्रमा इजाजतपत्र परीक्षण गर्ने व्यवस्था गर्न समेत युनिट्राभको माग छ । विकासको नाउँमा महत्वपूर्ण पदमार्गमा डोजर चलाउने कार्य पनि तत्काल बन्द गर्न समेत युनिट्राभलले माग गरेको छ ।

    यसबाहेक महिला पथप्रदर्शकमाथि हुने विभेदपूर्ण व्यवहार अन्त्य गरिनुपर्ने, हरेक पदमार्गको प्रवेशद्धारमा अनिवार्यरुपमा प्राथमिक उपचारका सामग्रीहरुको निःशुल्क व्यवस्था गर्नुपर्ने ।

    विभिन्न पदमार्ग क्षेत्रमा लागेका सिण्डिकेट बन्दगर्न, पर्यटन विभागबाट इजाजतपत्र प्राप्त गरि पथप्रदर्शकमा काम गर्दै आएको सबै गाइडहरुलाई श्रमिकमैत्री रुपमा व्यक्तिगत प्यान उपलब्ध गराउनु पर्ने ।

    र, सगरमाथा पदमार्ग क्षेत्रमा सगरमाथा राष्ट्रिय निकुञ्जले गाइड श्रमिकहरुलाई अनावश्यक लिदैं आएको रकम तुरुन्त बन्द गर्नुपर्ने माग समेत गरेको छ । मागपत्रका विषयमा पर्यटनमन्त्री ढकालले आफू सकारात्मक रहेको भन्दै अध्ययन गरेर समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

  • पर्यटन व्यवसायीको गुनासोः हामी चुर्लुम्म डुब्दा सरकार मूकदर्शक बन्यो

    पर्यटन व्यवसायीको गुनासोः हामी चुर्लुम्म डुब्दा सरकार मूकदर्शक बन्यो

    काठमाडौं । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० मा धुमधामसँग ‘भिजिट नेपाल’ मनाउने निर्णय गर्‍यो। सरकारको निर्णयबाट उत्साहित पर्यटन व्यवसायीले धमाधम लगानी थप्न थाले । नयाँ लगानीकर्ता पनि यस क्षेत्रमा हेलिए ।

    तर, चीनबाट फैलिएको कोभिड–१९ का कारण ‘भिजिट नेपाल’ मात्र होइन पर्यटन व्यवसाय नै धरासायी बन्यो । धेरै वर्ष माथि उठ्न नसक्ने गरी यो क्षेत्र पछारिएको छ । सरकारले पर्यटन व्यवसायीको घाउमा मल्हम लगाउने कुनै राहतको प्याकेज दिन सकेन ।

    आफूहरुलाई अप्ठयारो पर्दा सरकार मूकदर्शक मात्र बनेको भनेर पर्यटन व्यवसायी आन्दोलनमा उत्रने निष्कर्षमा पुगेका छन् । सोमबार पर्यटन व्यवसायीका ३७ ओटा छाता संगठनले पत्रकार सम्मेलन गर्दै सरकारसँग १० बुँदे माग अघि सारे ।

    पर्यटन सिजनको मुखमा सरकारले विदेशी पर्यटकलाई सहजरुपमा नेपाल आउन दिनुपर्ने उनीहरुको माग छ । ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकलाई पाँच दिनसम्म अनिवार्य क्वारेण्टाइनमा बस्नुपर्ने प्रावधान हटाउन पनि उनीहरुले माग गरेका छन् । नेपालमा २०२ मुलुकबाट पर्यटक आउने भएकाले अनलाइन र अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगबाट भिसाको व्यवस्था गराउनुपर्ने पनि उनीहरुले माग राखेका छन् ।

    सरकारले एक वर्ष वित्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन नराखेको भन्दै त्यसकाे चाँडै व्यवस्थापन हुनुपर्ने उनीहरुको माग छ । यसैगरी हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्नुपर्ने, कोरोना विरुद्धको भ्याक्सिन पर्यटन व्यवसायीलाई उपलब्ध गराउनुपर्ने, नेपाल र चीनबीचको सीमा नाका खोल्नुपर्ने, नेपाल घुम्न आउने पर्यटकलाई कम्पनीबाट अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गराउनुपर्ने लगायत माग व्यवसायीले अघि सारेका छन् ।

    यसैगरी अहिले विदेशबाट आउने पर्यटकलाई ५ हजार अमेरिकी डलर बराबरको कोरोना बीमा हटाउनुपर्ने, कोरोना विरुद्धको भ्याक्सिन पूरा मात्रा लगाई आएका पर्यटकलाई सहज घुम्न दिनुपर्ने माग उनीहरुले सरकार समक्ष राखेका छन् ।

    कोरोनाले पर्यटन क्षेत्र एक वर्षदेखि कोमामा भएको भए पनि सरकारले कुनै किसिमको राहत नदिएको र राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सहुलियत ऋण पनि नपाएको व्यवसायीको गुनासो छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभलका अध्यक्ष अच्युत गुरागाइँका अनुसार केही हातमा गन्न सक्ने पहुँच भएकाले मात्र राष्ट्र बैंकले दिएको सहुलियत ऋण पाएका छन् । अधिकांश साना र मझौला पर्यटन व्यवसायीले सहुलियत ऋण नपाएको उनले बताए ।

    कार्यक्रमा बोल्दै उनले भने, ‘एक वर्ष भयो, अर्बौको लगानी रहेको पर्यटन व्यवसाय शून्यमा झर्दा पनि सरकार के हेरेर बसेको छ ? के व्यवसायीलाई मार्न खोजेको हो ? सडकमा कोभिड मापदण्डविना हजारौंको संख्यामा कार्यकर्ता ल्याएर आन्दोलन गर्न सक्छन् । तर, विदेशबाट आउने पर्यटकलाई सबै प्रोटोकल पूरा गरेर पर्यटन भित्र्याउँछौं भन्दा किन नदिने ?’

    विगत आठ महिनादेखि पर्यटन व्यवसायीले विभिन्न माग राखेर सरकारको ढोका ढक्ढकाए पनि सरकारले व्यवसायीको कुनै कुरा नसुनेको उनको भनाइ छ । ‘विभिन्न माग राखेर सरकारका कार्यालयमा थाकका थाक ज्ञापनपत्र बुझाए पनि ती मागहरुको खात मुसाले खाइसक्यो तर, माग सुनुवाइ हुँदैन । पर्यटन सिजनको मुखमा छौं । पर्यटक देशमा शून्य छन् । तर पनि सरकार मूकदर्शक मात्र बनेको छ’ उनले भने ।

    पर्यटक गन्तव्यका रुपमा रहेका देश श्रीलङ्का, माल्दिभ्स, दुबईले प्रोटोकल पूरा गरेर पर्यटक भित्र्याइरहेको बेला नेपालले किन रोकिरहेको छ भन्दै उनले प्रश्न गरे । साथै उनले विदेशी पर्यटक भित्र्याउनका लागि सरकारले यथाशक्य निर्णय गर्नुपर्ने बताए । भारतीय नाका खुला नगरिए पनि भारतबाट नेपाल आउने र जाने क्रम नरोकिएको अध्यक्ष गुरागाइँले बताए ।

    पर्यटन सिजन आउनै लाग्दा नेपाल आउने पर्यटकको ‘इन्क्वाइरी’ आइरहेको भए पनि आफूहरु अलमलमा परेको नेपाल होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाहले बताए । ‘सरकारले अराइभल भिसा दिने हो कि होइन, कसरी हामीले होटल बुक गर्नु ?’ उनले भने । ठूला तारे होटलहरु बन्द जस्तै भएको अवस्थामा कुनै वैकल्पिक उपाय र प्रोटोकल अपनाएर पर्यटक नभित्र्याएको उनको गुनासो थियो ।

    ‘अहिले चिनियाँ नयाँ वर्षमा धेरै चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन सकिन्थ्यो तर, नेपाल सरकारले उल्टै कडा पो गरेको छ । हाम्रोमा आउने पर्यटक मलेसिया, दुबई, माल्दिप्स, श्रीलङ्का गए’ उनले भने । पर्यटन व्यवसायीले केही समयअघि विभिन्न माग राखेर बालुवाटरमा प्रदर्शन गरेका थिए ।

  • माग मुसाले खाइसक्यो, सुनुवाइ भएन : पर्यटन व्यवसायी

    माग मुसाले खाइसक्यो, सुनुवाइ भएन : पर्यटन व्यवसायी

    काठमाडौं । सोमबार पर्यटन व्यवसायीका ३७ ओटा छाता संगठनले पत्रकार सम्मेलन गर्दै सरकार समक्ष १० बुँदे माग राखेका छन् ।

    पर्यटन सिजनको मुखमा पनि सरकारले कोभिड–१९ को सुरक्षामा अपनाउनु पर्ने मापदण्ड अपनाएर विदेशी पर्यटकलाई नेपाल आउन दिनु पर्ने मागसहित पत्रकार सम्मेलन गरेका हुन् ।

    नेपालमा आउने पर्यटकलाई ७२ घण्टाको पीसिआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकको हकमा पाँच दिनसम्म अनिवार्य क्वारेण्टाइनमा बस्नुपर्ने प्रावधान हटाउन पनि उनीहरुले माग गरेका छन् ।

    यसैगरी विश्वमा नेपालका ३७ ओटा देशमा दूतबास रहेको र नेपालमा २०२ मुलुकबाट पर्यटक आउने भएकाले अनलाइन र अराइभल भिषा तथा विदेशस्थित नेपाली दूताबास वा नियोगबाट भिषाको व्यवस्था गराउनु पर्ने उनीहरुले माग राखेका छन् ।

    यस्तै सरकारले एक वर्ष वित्दा पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन नराखेको भन्दै त्यस्को चाँढै व्यवस्थापन हुनुपर्ने उनीहरुको माग छ ।

    यसैगरी हालसम्म खुल्न बाँकी रहेका अन्तराष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्नु पर्ने, कोरोना विरुद्धको भ्याक्सिन पईटन व्यवसायीलाई उपलब्ध गराउनु पर्ने, नेपाल र चीनबीचको सीमा नाका खोल्नु पर्ने नेपाल घुम्न आउने पर्यटकलाई कम्पनीबाट अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न गराउनु पर्ने, नेपाल भारत र चीनबाट सडकबाट नेपाल आउने पर्यटकलाई आउन दिनुपर्ने र त्यसको अनुगमन पनि गर्नु पर्ने उनीहरुको माग छ ।

    यसैगरी अहिले विदेशबाट आउने पर्यटकलाई ५ हजार अमेरिकन डलर बराबरको कोरोना बीमा हटाउनु पर्ने कोरोना विरुद्धको भ्यास्सिन पूरा मात्रा लगाई आएका पर्यटकलाई सहज घुम्न दिनु पर्ने माग उनीहरुले सरकार समक्ष राखेका छन् ।

    कोरोनाले पर्यटन क्षेत्र एक वर्षदेखि कोमामा भएको भएपनि सरकारले कुनै किसिमको राहत पनि नदिएको र राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सौलियत ऋण पनि नपाएको व्यवसायीको गुनासो छ ।

    नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभलका अध्यक्ष अच्युत गुरागाँइका अनुसार केहीका हातमा पहुँच भएकाले मात्र राष्ट्र बैंकले दिएको सौलियत ऋण पाएको, अधिकांश साना र मझौला पर्यटन व्यवासयीले सौलियत ऋण पाएका छैनन् ।

    कार्यक्रमा बोल्दै उनले भने ‘एक वर्ष भयो अर्बौको लगानी रहेको पर्यटन व्यवसाय शून्यमा झर्दा पनि सरकार के हेरेर बसेको छ ? के व्यवायीलाई मार्न खोजेको हो ? सडकमा कोभिड मापदण्ड विना हजारौको संख्यामा कार्यकर्ता ल्याएर आन्दोलन गर्न सक्छन् । तर, विदेशबाट आउने पर्यटकलाई सबै प्रोटोकल पूरा गरेर पर्यटन भित्र्याउँछौ भन्दा किन नदिने सरकारले किन पहल नगर्ने ? ।’

    विगत आठ महिनादेखि पर्यटन व्यवसायीले विभिन्न माग राखेर सरकारको ढोका ढक्ढकाएपनि सरकारले व्यवसायीको कुनै कुरा नसुनेको उनको भनाइ छ ।

    ‘विभिन्न माग राखेर सरकारका कार्यलयमा थाकका थाक ज्ञापनपत्र बुझाए पनि ती मागहरुको खात मुसाले खाइसक्यो तर, माग सुनुवाइ हुदैन । पर्यटन सिजनको मुखमा छौ । पर्यटक देशमा शून्य छन् तर पनि सरकार मुखदर्शक मात्र बनेको छ,’ उनले भने ।

    पर्यटक गन्तव्यका रुपमा रहेका देश श्रीलङ्का, माल्दिप्स, दुवईले प्रोटोकल पूरा गरेर पर्यटक भित्र्याइरहेको वेला नेपालले किन रोकिरहेको छ भन्दै उनले प्रश्न गरे । साथै उनले विदेशी पर्यटक भित्र्याउनका लागि सरकारले यथासक्य निर्णय गर्नु पर्ने बताए ।

    भारतीय नाका खुला नगरिएपनि भारतबाट नेपाल आउने र जाने क्रम नरोकिएको अध्यक्ष गुरागाँले बताए । यसरी केही रकम घुस खुवाएर भारतीय नागरिक खुलेआम नेपाल आउँदा केही नहुने नाका खुला गरेर पर्यटक आउनु नहुने उनले आरोप लगाए ।

    पर्यटन सिजन आउनै लाग्दा नेपाल आउने पर्यटकको ‘इन्क्वाइरी’ आइरहेका छ । तर, आफूहरु अलमल परेको नेपाल होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाहले बताए । ‘सरकारले अराइभल भिषा दिने हो कि होइन ।

    कसरी हामीले होटल बुक गर्नु,’ उनले भने । ठूला तारे होटलहरु बन्द जस्तै भएको अवस्थामा सरकार मुखदर्शक बनेर हेरिहेको तर कुनै वैकल्पिक उपाय र प्रोटोकल अपनाएर पर्यटक नभित्र्याएको उनको गुनासो थियो ।

    ‘अहिले चिनियाँ नयाँ वर्षमा धेरै चिनीयाँ पर्यटकलाई नेपाल भित्र्याउन सकिन्थ्यो तर, नेपाल सरकारले उल्टै कडा पो गरेको छ । हाम्रोमा आउने पर्यटक मलेसिया, दुवई, माल्दिप्स, श्रीलङ्का गए,’ उनले भने ।

    पर्यटन व्यवसायीले केही समय अघि पनि विभिन्न माग राखेर वालवाटरमा प्रदर्शन गरेका थिए तर, सरकारले चलाखीपूण रुपमा उनीहरुको प्रदर्शनलाई मथ्थर पार्ने काम गर्‍यो ।

    व्यवसायीले पनि प्रदर्शन रोके तर, अहिले सरकारले आश्वसन र कागजमा मात्र आफ्ना माग संवोदन गरेको पर्यटन व्यवसायीको आरोप छ ।

    खर्बौको क्षति हुँदा सरकार मुखदर्शक मात्र भएको भन्दै व्यवसायीले आन्दोलन घोषणा गरेर सडकमा आउनु नपरोस भन्दै सरकारलाई चुनौती पनि दिएका छन् ।

  • पर्यटन क्षेत्रलाई सहज हुने गरी मापदण्ड बनाउन व्यवसायीको माग

    पर्यटन क्षेत्रलाई सहज हुने गरी मापदण्ड बनाउन व्यवसायीको माग

    काठमाडौं । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई सहज बनाउने गरी मापदण्ड तयार गर्न सरकारसँग माग गरेका छन् ।

    कोभिड–१९ का कारण करिब एक वर्षसम्म बन्द रहेको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्कन कोभिड सम्बन्धी मापदण्ड निर्माण गरी सूचारु गर्ने व्यवस्था गर्न व्यवसायीहरुले सरकारसँग आग्रह गरेका हुन ।

    बाह्य पर्यटकहरु तत्काल आउन सक्ने अवस्था नरहेकाले आन्तरिक पर्यटनको प्रवद्र्धन हुनेगरी काम गर्न पनि माग गरेका छन् ।

    आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई भेट्न सिंहदरबार स्थित मन्त्रालयमा पुगेका पर्यटन व्यवसायीहरुले यस्तो आग्रह गरेका हुन् ।

    होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय पर्यटकहरु तत्काल आउन सक्ने अवस्था नभएकोले आन्तरिक पर्यटनको प्रवद्र्धनमा जोड दिन माग गरे । आन्तरिक पर्यटकहरुलाई पनि स्थानीय तहहरुले पीसीआर रिपोर्ट मागेका कारण आन्तरिक पर्यटन प्रवद्र्धनमा समस्या भएको बताए । आन्तरिक पर्यटनका लागि पनि छुट्टै मापदण्ड निर्माण गर्न माग गरे ।

    ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदीले कोरोना खोप लगाएर आएका विदेशी पर्यटकलाई कसरी भ्रमण गराउने भन्ने सम्बन्धमा छुट्टै मापदण्ड बनाउनुपर्ने बताए । यस्तै पर्यटकहरुको प्रयाप्त रेकर्ड राख्ने व्यवस्था गर्न समेत सुझाव दिए ।

    नेपालबाट फर्किदा कोभिड लिएर फर्किनु पर्छकी भन्ने आशंका भएकाले पनि पर्यटकहरु आउन नसेको बताए । आरोही संघकी अध्यक्ष लाक्पा फुटी शेर्पाले लामो समय पर्यटन क्षेत्र बन्द हुँदा काम विहिन बनेका आरोहीहरु समस्यामा परेकोले राहत उपलब्ध गराउन माग गरे ।

    नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले प्रदेशमा रहेका पर्यटन कार्यालयमा कोभिडलाई कारण बनाई कर्मचारी नबस्दा समस्या हुने गरेको बताए । कर्मचारी नै नभएपछि नविकरणका कामहरु प्रभावित हुने गरेको छ ।

    यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयबीच आवश्यक समन्वय नहुँदा नेपाल आउन चाहने विदेशी पर्यटकहरुले भिसा पाउन समस्या भएको बताए । स्वास्थ्य मापदण्ड पालना गरी नेपाल आउने पर्यटकलाई क्वारेन्टाइनमा राख्न कुनै आवश्यकता नरहेको पनि बताए ।

    रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान)का अध्यक्ष अरनिको राजभण्डारीले रेस्टुरेन्ट व्यवसायीहरुलाई घरबहाल र श्रमिकहरुको तलब भुक्तानी गर्न अप्ठेरो परेको बताए । रेस्टुरेन्ट र बार पर्यटन क्षेत्र भित्र पनि नपर्ने भएकोले नेपाल राष्ट्र बैंकले दिएको राहत पाउन समेत नसकिएको बताए । पुनरकर्जाका लागि बैंकमा आवेदन दिदा समेत बैंकहरुले प्रक्रियामा नलगिदिएको गुनासो गरे ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीका समस्या समाधान गर्न राज्यको स्रोत र साधनले भ्याएसम्म आफूले सकारात्मक भूमिकामा काम गर्ने बताए ।

    मन्त्रालयको तर्फबाट ध्यान नपुगेर पर्यटन व्यवसायमा समस्या भएको छ भने त्यसको समाधानका लागि आफू तयार रहेको पनि मन्त्री ढकालले बताए । यस्तै आन्तरिक पर्यटनलाई जोड दिने र भारत तथा चीनबाट धार्मिक पर्यटक ल्याउन प्रचार प्रसारमा लाग्ने समेत बताए ।

    गत वर्ष चैत ११ गते बाट लकडाउन शुरु भएपछि नेपालको पर्यटन क्षेत्र ठप्प छ । लकडाउन खुलेपछि पनि स्वास्थ्य मापदण्डका कारण अन्तर्राष्ट्रिय पर्यटक आउन सकेका छैनन् ।

    आन्तरिक पर्यटन खुल्ला गरिएको छ । तरपनि निश्चित स्वास्थ्य मापदण्ड अनुसार पर्यटन क्षेत्रलाई अगाडि बढाउन नसक्दा अझै लामो समयसम्म पर्यटन क्षेत्र प्रभावित भइराख्ने देखिन्छ ।