Tag: परीक्षा बोर्ड

  • परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

    परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी संघसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।

    गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्यालसमक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको संघका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए ।

    संघले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो । त्यो समयसम्ममा पनि माग पूरा नभएपछि कर्मचारी आन्दोलित भएका हुन् । सङ्घका कर्मचारीले बुधबारदेखि बोर्डको कार्यालयभित्रै धर्ना सुरू गरेका थिए ।

  • कक्षा १२ को परीक्षा साउन अन्तिम साताबाट गर्न प्रस्ताव, होम सेन्टरबाट परीक्षा गर्न सकिने सम्भावना

    कक्षा १२ को परीक्षा साउन अन्तिम साताबाट गर्न प्रस्ताव, होम सेन्टरबाट परीक्षा गर्न सकिने सम्भावना

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने सरकारसँग प्रस्ताव गरेको छ ।

    भौतिकरुपमा परीक्षा संचालन गर्नुपर्ने भन्दै अनुमति मागिएको हो । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

    उनले लाखौं परिक्षार्थी सहभागि हुनुपर्ने भएकाले अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने समेत बताए । केही समय ढिलाइ भएपनि भौतिकरुपमा परीक्षा संचालन गर्ने बोर्डको तयारी छ ।

    शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्डका प्रस्तावमा छलफल गरेर मात्रै निर्णय हुने बताए । परीक्षा सञ्चालनको अनुमतिसम्बन्धी निर्णय पनि सीसीएमसीबाट हुने उनले बताए ।

    यसअघि जेठ २६ गतेबाट हुने गरी तय गरिएको परीक्षा सीसीएमसीले रोक्ने निर्णय गरेको थियो । कक्षा १२ को परीक्षा होम सेन्टरबाट पनि गर्न सकिनेतर्फ बहस पनि चलेको छ ।

    भाइरस संक्रमण कम भए पनि पूरै नघटेकाले अर्को विद्यालयमा परीक्षा दिन जान सक्ने अवस्था भने नरहेको जनाइएको छ । परीक्षा कहिलेबाट सञ्चालन गर्ने भन्ने निधो भएसँगै होम सेन्टरका बारेमा समेत निर्णय हुने जनाइएको छ ।

    परीक्षा तीन घण्टा अवधिको हुने वा के हुने भन्ने निर्णय पनि एकैसाथ हुने जनाइएको छ ।

  • एसईई र कक्षा १२ को परीक्षा स्थगित

    एसईई र कक्षा १२ को परीक्षा स्थगित

    काठमाडौं । यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बसेकाे बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेकाे हाे ।

    यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए ।

    स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन गर्न सकिन्छ भनेर १५ दिनभित्र बोर्ड सदस्यहरूले आ-आफ्ना सुझाव लिएर आउने र त्यसपछि परीक्षाको नयाँ मिति तय हुने शिक्षामन्त्रीका प्रेस सल्लाहकार ईश्वरराज ढकालले नेपाल प्रेसलाई जानकारी दिए ।