Tag: परराष्ट्र मन्त्रालय

  • अमेरिकाले गर्‍यो नेपाललाई ३१ लाख डलर बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

    अमेरिकाले गर्‍यो नेपाललाई ३१ लाख डलर बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

    काठमाडौं । अमेरिकारको रक्षा विभागले नेपालको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई ३१ लाख डलर बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार विभागले अक्सिजनसम्बन्धी उपकरण, पीपीईलगायतका सामग्री बिहिबार हस्तान्तरण गरेको हो ।

    ईयूको सिविल प्रोटेक्सन मेकानिज्म अन्तरगत सहयोग घोषणा गर्ने मुलुक फिनल्याडबाट २२ लाख फेसमास्क, ३ लाख ५० हजार एफएफपीटु मास्क, ५२ हजार ५ सय जोर भिनाइल ग्लोभ र ३० हजार आइसोलेन गाउन प्राप्त हुने मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव सेवा लम्सालले नेपाल प्रेसलाई जानकारी दिइन् । उनका अनुसार यसै संयन्त्रमार्फत फ्रान्स र जर्मनीबाटसमेत स्वास्थ्य सामग्री र उपकरण आउने जानकारी मन्त्रालयले पाएको छ ।

  • अक्सिजन आपूर्तिमा लगाइएको रोक हटाउन आग्रह गर्दै नेपालद्वारा भारतलाई कूटनीतिक नोट

    अक्सिजन आपूर्तिमा लगाइएको रोक हटाउन आग्रह गर्दै नेपालद्वारा भारतलाई कूटनीतिक नोट

    काठमाडौं । लिक्विड अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको आपूर्तिमा लगाइएको रोक हटाउन आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

    परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा परराष्ट्र मन्त्रालयले भारतलाई उक्त आग्रहसहितको पत्र पठाएको हो । उनले कूटनीतिक च्यानलबाट स्वास्थ्य सामाग्री आपूर्तिको लागि नेपालले भारतसँग पहल गरिरहेको बताइन् ।

    भारतले स्वास्थ्य सामाग्री आपूर्ति गर्न सकारात्मक जवाफ दिएको र चाँडै आपूर्ति सुचारु हुने कुरामा आफू आशावादी रहेको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    अक्सिजन, सिलिन्डर लगायतका सामाग्रीको घरेलु खपत पछिल्लो समय बढिरहेको बताउँदै भारतले ती सामाग्री आपूर्तिमा अहिले रोक लगाएको छ । नेपालले भारतको झारखण्डस्थित लिन्ड इन्डिया अक्सिजन प्लान्टबाट अक्सिजन आपूर्ति गर्दै आइरहेको थियो ।

    बढ्दो कोरनाभाइरस संक्रमणले अक्सिजन लगायतका सामाग्री अपुग हुने आंकलन गर्दै नेपालले ती सामाग्रीको आपूर्ति सुचारु गर्न कूटनीतिक लबिइङ थालेको हो ।

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले साताअघि भारतीय समकक्षीहरुसँग खोपसहित अक्सिजन लगायतका सामाग्रीको आपूर्ति सुचारु गर्न आग्रह गरेका थिए ।

  • ११ देशमा नयाँ राजदूत नियुक्ति गर्ने तयारी, क-कसको कार्यकाल सकियो ?

    ११ देशमा नयाँ राजदूत नियुक्ति गर्ने तयारी, क-कसको कार्यकाल सकियो ?

    काठमाडौं । सरकारले रिक्त ११ विदेशस्थित मिसनमा कुटनीतिज्ञ नियुक्त गर्ने योजना बनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ५ देशमा लामो समयदेखि राजदूत पद रिक्त छ भने ६ मुलुकका दूतको कार्यकाल सकिँदैछ ।

    इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रिया र रुसमा राजदूत पद रिक्त छ । जापान (प्रतिभा राणा), म्यानमार (भीमकुमार उदास), बहराइन (पदम सुन्दास), ओमान (शर्मिला पराजुली ढकाल), साउदी अरेबिया (महेन्द्रसिंह राजपूत), डेनमार्क (युवनाथ लम्साल)का राजदूतको कार्यकाल सकिँदैछ । ब्राजिलका राजदूतलाई कार्यकाल सकिएपनि फिर्ता बोलाइएको छैन ।

    राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै परराष्ट्रले फिर्ता हुने मिति लगायतका विषय तोकेर पत्र पठाउने गर्छ । नयाँ राजदूत नियुक्तीका लागि परराष्ट्रले ‘राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तीसम्बन्धी निर्देशिका -२०७५ तयार पारेको थियो ।

    उक्त निर्देशिका अनुसार नयाँ नियुक्तिका लागि कार्यकाल सकिनु तीन महिनाअघि नै गृहकार्य थाल्नुपर्छ । राजदूत नियुक्तिमा ५० प्रतिशत परराष्ट्र सेवा र ५० प्रतिशत राजनीतिक कोटाबाट राजदूत नियुक्त गर्दै आइएको छ ।

  • बहराइनका राजकुमारले ल्याएको खोपबारे परराष्ट्रद्वारा राजदूतसँग सोधपुछ

    बहराइनका राजकुमारले ल्याएको खोपबारे परराष्ट्रद्वारा राजदूतसँग सोधपुछ

    काठमाडौं । सगरमाथा चढ्न नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीले ल्याएको कोरोनाविरुद्धको खोपलाई लिएर विवाद भएको छ । राजकुमारले उपहारस्वरुप दुइ लाख डोज खोप आफूसँगै ल्याएका थिए । बहराइनस्थित नेपाली दूतावासले राजकुमारले आफूसँग अस्ट्राजेनेकाको कोभिसिल्ड खोप ल्याएको चैत दुइ गते विज्ञप्तीमार्फत जनाएको थियो । तर, औषधी व्यवस्था विभागले गरेको परिक्षणमा चाहिँ उक्त खोप चीनको सिनोफार्म भएको खुलेको छ ।

    दूतावासले विज्ञप्तीमा तोकेबमोजिम खोप नपाइएपछि अहिले परराष्ट्र मन्त्रालयले राजदूत पदम सुन्दासमाथि छानविन सुरु गरेको छ । नेपाल प्रेससँग कुरा गर्दै परराष्ट्र प्रवक्ता सेवा लम्सालले यसबारे बुझ्ने काम भैरहेको बताइन् । ‘स्वास्थ्य मन्त्रालयसँग समन्वय हुनुपर्ने हो तर, एम्बेसीले त्यस्तो गरेको पाइएन । उहाँहरुले पनि सिफारिसको आधारमा उल्लेख गर्नुभयो होला । हामीले यसबारे बुझ्ने काम गरिरहेका छौं,’ लम्सालले भनिन् ।

    थाहै नभएको विषयमा हतार–हतार विज्ञप्ती निकालेको भन्दै राजदूत सुन्दासलाई परराष्ट्रले प्रश्न सोधेको हो । प्रवक्ता लम्सालले राजदूतावासले राजकुमारकै सिफारिसमा विज्ञप्तीमा अस्ट्राजेनेका खोप उल्लेख गरेको हुनसक्ने बताइन् । राजदूत सुन्दासको कार्यकाल सकिन जम्मा ४ महिना बाँकी छ र उनी कार्यकालको अन्त्यमा खोप विवादमा तानिएका हुन् ।

  • सरकारले भन्यो–राजदूत फिर्ता बोलाउने कुनै तयारी छैन

    सरकारले भन्यो–राजदूत फिर्ता बोलाउने कुनै तयारी छैन

    काठमाडौं । सरकारले विभिन्न देशमा पठाइएका नेपाली राजदूत फिर्ता बोलाउने कुनै तयारी नभएको बताएको छ। परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर यसमा कुनै सत्यता समेत नभएको बताएको छ।

    ‘राजदूतहरू फिर्ता बोलाउने गृहकार्य भन्ने विषयमा केही सञ्चार माध्यममा आएको समाचारबारे यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त समाचारमा कुनै सत्यता नभएको ब्यहोरा जानकारी गराइन्छ। यस्ता संवेदनशील विषयहरूमा समाचार सम्प्रेषण गर्नुपूर्व आधिकारिक निकायबाट सत्यतथ्य यकिन गरेर मात्र समाचार प्रकाशन गर्नुहुन समेत यस मन्त्रालय सम्बन्धित सबैमा आग्रह गर्दछ।’

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजन आएसँगै प्रचण्ड–माधव पक्षबाट राजदूत बनेर गएकाहरुलाई सरकारले फिर्ता बोलाउने आशंका कतिपयले गर्ने गरेका छन्।