Tag: परराष्ट्रमन्त्री डा. नारायण खड्का

  • परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

    परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज मंगलबार साँझ टर्की भ्रमणमा जाँदैछन् । टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुको निमन्त्रणामा खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साताव्यापी भ्रमणमा जान लागेका हुन् ।

    २७-२९ फागुनमा आयोजना हुने अन्ताल्याया कूटनीतिक मञ्चमा मन्त्रीखड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको सन्दर्भमा हुन परराष्ट्रमन्त्री खड्काको भ्रमण हुन लागेको हो । मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञको सहभागिता रहने छ । यस वर्षको वार्षिक फोरमको विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ ।

     

  • सर्बियाबाट फर्केर परराष्ट्रमन्त्रीले भने– असंलग्न राष्ट्रबीच सहकार्य र एकता आवश्यक

    सर्बियाबाट फर्केर परराष्ट्रमन्त्रीले भने– असंलग्न राष्ट्रबीच सहकार्य र एकता आवश्यक

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले सर्बियामा सम्पन्न असंलग्न राष्ट्रहरुको उच्चस्तरीय बैठक फलदायी भएको बताएका छन् ।
    सर्बियाको बेलग्रेडमा सम्पन्न बैठकमा भाग लिएर बुधबार स्वदेश फर्किएका परराष्ट्र मन्त्री खड्काले सम्मेलनमा असंलग्न सदस्य राष्ट्रहरुबीचको एकता, सहयोग र समन्वयलाई अढावा दिनुपर्नेमा नेपालले जोड दिएको बताए ।

    ‘सदस्य राष्ट्रहरुले उठाएका महत्वपूर्ण मुद्दालाई सफल बनाउन जरुरी छ र मतभेद अन्त्य गरी असंलग्न राष्ट्रहरुको आन्दोलनलाई भित्रैबाट बलियो र सबल हुन जरुरी रहेको छ’, खड्काले भनेका छन् ।

    नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का असोज २५ र २६ मा सम्पन्न बैठकमा सहभागि भएका थिए । बैठकमा नेपालले जातीय तथा अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतंकवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तीय जोखिम , हात हतियारको होडबाजी लगायतमा विषयमा धारणा राखेको थियो ।

    अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको बताए । उक्त बैठककै क्रममा महत्वपूर्ण द्विपक्षीय भेटघाट गरेको र ती भेटवार्ता नेपालका लागि महत्वपूर्ण रहेका पनि मन्त्री उनले बताए । भेटका क्रममा ती देश र नेपालबीचको व्यापार र आर्थिक लगानी, आर्थिक सहायता, सांस्कृतिक सम्वन्धका बारेमा छलफल भएको थियो ।