Tag: परराष्ट्रमन्त्री

  • परराष्ट्रमन्त्री खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

    परराष्ट्रमन्त्री खड्काको सपथ खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको सपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्चमा रिट परेको छ ।

    अधिवक्ता विशाल न्यौपानेले कुनै कानूनी व्यवस्थाबिनै सपथ गराइएको जिकिर गर्दै सपथ बदरको माग गरेका हुन् । रिटको पेसी बुधबारका लागि तोकिएको उनले जानकारी दिए ।

    कानून नबनाइ सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न/नगराउन रिटमा अन्तरिम आदेश मागिएको छ ।

    नेपालको संविधानको सपथसम्बन्धी व्यवस्था धारा ८० को कार्यान्वयनका लागि ‘सपथसमबन्धी अध्यादेश २०७८’ जारी भई २०७८ जेठ ६ गते प्रमाणित भई सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथसम्बन्धी कानून लागु भएकोमा संसद् अधिवेशन प्रारम्भ भएपश्चात सदनमा उक्त अध्यादेश पेस भए पनि पारित हुन नसकेको हुनाले उक्त अध्यादेश संविधानको धारा १४४ (२) (ग) अनुसार स्वत: निष्क्रिय भएको अवस्थामा कानूनको अभावमा सपथ लिनु कानुनी राज्यको प्रतिकूल हुने रिटमा दावी गरिएको छ ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरी भदौ ६ मा पद तथा गोपनीयताको सपथ गराएकी थिइन् ।

  • खड्काले लिए परराष्ट्रमन्त्रीको सपथ

    खड्काले लिए परराष्ट्रमन्त्रीको सपथ

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले सपथ लिएका छन् ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

    नवनियुक्त मन्त्री खड्काले केहीबेरमा सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगी पदभार ग्रहण गर्नेछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का आजै न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

  • परराष्ट्रमन्त्रीमा खड्का नियुक्त, १ बजे सपथ

    परराष्ट्रमन्त्रीमा खड्का नियुक्त, १ बजे सपथ

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयमा खड्काको पद तथा गोपनीयताको सपथ अपरान्ह १ बजे हुने बताइएको छ ।

    नेपाली कांग्रेसको विदेश विभाग प्रमुख रहेका खड्का उदयपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

  • खोप आपूर्तिमा कूटनीतिक सक्रियता तीव्र बनाउन राजदूतहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन

    खोप आपूर्तिमा कूटनीतिक सक्रियता तीव्र बनाउन राजदूतहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन

    काठमाडौं । परराष्ट्र मन्त्रालयले खोप सहजीकरणमा कूटनीतिक सक्रियता बढाउन विदेशस्थित नियोगहरुलाई निर्देशन दिएको छ ।

    परराष्ट्रमन्त्री रघुवीर महासेठले शुक्रबार आयोजित नेपाली राजदूतहरुसँगको भर्चुअल बैठकमा उक्त निर्देशन दिएका हुन् ।

    कोभिड-१९ को दोस्रो लहरसँग जुधिरहेको नेपाललाई तत्काल खोप र स्वास्थ्य सहायता जरुरी परेकाले सहजीकरणमा खट्न मन्त्री महासेठले निर्देशन दिएका थिए ।

    १५ जुनमा पनि राजदूतहरुसँग छलफल गरेका मन्त्री महासेठले शुक्रबार दोस्रोपटक खोप आपूर्तिबारे छलफल चलाएका हुन् । राजदूतहरुले आफूहरुले खोप र स्वास्थ्य सामग्री आपूर्तिका लागि भैरहेको पहलबारे ब्रिफिङ गरेका थिए ।

    मन्त्री महासेठले सहायता जुटाउन कूटनीतिक पहल तीव्र पार्न समेत निर्देशन दिएका थिए । सरकारले खोप आयातको जिम्मा परराष्ट्र मन्त्रालयलाई दिएको छ ।

    सरकारले अमेरिका, चीन, भारत, रुस, इजरायल, बेलायतसँग खोप आयात गर्न लबिइङ गरिरहेको छ ।

  • परराष्ट्रमन्त्री भारत पुग्नुअघि राजदूत आचार्यले भेटे जनरल विपिन राउत

    परराष्ट्रमन्त्री भारत पुग्नुअघि राजदूत आचार्यले भेटे जनरल विपिन राउत

    काठमाडौं। भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका ‘चिफ अफ डिफेन्स स्टाप’ जनरल विपिन राउतसँग भेटवार्ता गरेका छन्।

    नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार राउतको कार्यक्षमा उनीहरुबीच शिष्टाचार भेटघाट भएको हो। भेटमा दुई देशको मित्रवत सम्बन्धबारे छलफल भएको बताइएको छ।

    यसैबीच नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँ दिल्ली प्रस्थान गरेका छन्। ज्ञवाली परराष्ट्र सचिव भरतराज पौडेलसहित विभिन्न बरिष्ठ सरकारी अधिकारीका साथमा केहीबेरअघि दिल्ली प्रस्थान गरेका छन्।

    दुई दिनसम्म चल्ने परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकमा सीमा विवादको विषयलाई उठाउने तयारी नेपालको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सार्वजनिक कार्यक्रममै लिम्पयाधुरा, लिपुलेक र कालापानी नेपालको जमिन भएकाले त्यसलाई फिर्ता ल्याउने बताएका थिए।

    मन्त्री ज्ञवालीले भारतसँग कोभिड १९ विरुद्धको भ्याक्सिन खरिदका विषयमा पनि कुरा हुने बताएका छन्। यसबारेमा सम्झौता हुने भनिए पनि त्यसको टुंगो लागि नसकेको स्रोतले बताएको छ।

    तर भारतमा निर्मित खोपको प्रभावकारिता पुष्टि भएमा नेपालले भारतकै खोपलाई प्राथमिकता दिने भएको छ।