Tag: पम्फा भुसाल

  • ऊर्जामन्त्री भुसालद्वारा ‘भोर्ले कुलो’को शिलान्यास

    ऊर्जामन्त्री भुसालद्वारा ‘भोर्ले कुलो’को शिलान्यास

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गोदावरी नगरपालिकास्थित ‘भोर्ले कुलो मुहान निर्माण’को शिलान्यास गरेकी छन् । ललितपुरका खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सो कुलोको मुहान निर्माण गर्न शुरु गरिएको हो ।

    जिल्लाको उत्तर–पश्चिम गोदावरी–९ स्थित नख्खु खोला किनारमा आज आयोजित कार्यक्रममा उहाँले ललितपुरका खेतीयोग्य जमीनमा सिँचाइ उपलब्ध गराउने अभियानलाई पूरा गर्ने बताइन्। उनले पानीको स्रोत पहिचान गरी लिफ्ट, बोरिङ तथा सतहको पानी प्रयोग गरेर सिँचाइ पु¥याइने बताए।

    मन्त्री भुसालले भनिन्, ‘ललितपुरका सबै राजकुलोलाई मर्मत गर्छौँ । ललितपुरका खेतियोग्य जमीनमा सिँचाइ सुविधा पु¥याउँछौँ ।’ जनताको सहभागितामा विकासका कार्यक्रम अगाडि बढाइने विश्वास दिलाउँदै उनले भनिन्,‘जनताले शुरु गरेर राज्यले सहयोग गर्ने कार्यक्रम दीगो हुन्छ र सही तवरले कार्यान्वयनमा आउँछ ।’ उनले वर्षातभन्दा अगावै आयोजनाका काम सक्न निर्देशन दिँदै आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् ।

    कार्यक्रममा सिँचाइ तथा जलस्रोत सचिव सागरकुमार राईले कृषि कर्मलाई सहयोग पुग्नेगरी मन्त्रालयले कार्यक्रम बनाउने विश्वास दिलाउँदै स्थानीय जनताको सहयोगमा कार्यक्रम अगाडि बढाइने बताए । उनले भने, ‘जनताको सहकार्यमा निर्धारित समयमा काम सकिनुपर्छ ।’ सचिव राईले स्थानीय उपभोक्तालाई आयोजनाको नियमन गर्न आग्रह गरे ।

    भोर्ले राजकुलो सिँचाइ प्रणालीको मुख्य स्रोत नख्खु खोला हो । यस सिँचाइ प्रणालीको मूल नहरको लम्बाइ करिब सात किलोमिटर रहेको छ । बुङ्मतिदेखि छम्पीको टीकाभैरवसम्मका ४०० हेक्टर जमिन सिँचाइ हुनेछ । यस सिँचाइ प्रणालीबाट करिब एक हजार १५४ घरधुरी अर्थात् पाँच हजार २८४ जनसंख्या लाभान्वित हुनेछन् ।

     

  • विद्युत व्यापार कम्पनीलाई अन्तरदेशीय व्यापारको अनुमति

    विद्युत व्यापार कम्पनीलाई अन्तरदेशीय व्यापारको अनुमति

    काठमाडौं । सरकारले विद्युत व्यापार गर्न स्थापना गरेको कम्पनीलाई विद्युत व्यापारको अनुमित दिएको छ ।

    मन्त्रालय सम्हालेको पाँच महिना पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले हिजो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी गराइन् । कम्पनीमा नेपाल विद्युत प्राधिकरणको धेरै सेयर हुनेछ।

    मन्त्री भुसालले विद्युत व्यापार गर्न चाहने निजी कम्पनीलाई पनि अनुमति पत्र प्रदान गर्ने बताइन् । सिंचाईमा उपयोग हुने बिजुली महसुल ५० प्रतिशतले घटाएको जानकारी दिँदै उनले चाँडै नि:शुल्कसमेत गरिने बताइन् ।

    यस्ता छन्- मन्त्री भुसालले मन्त्रालय सम्हालेपछिका पाँच महिनामा गरेका काम र कार्ययोजनाः

     

  • एमाले दुराशययुक्त अभियान लिएर चितवन आयो : पम्फा भुसाल (भिडिओ)

    एमाले दुराशययुक्त अभियान लिएर चितवन आयो : पम्फा भुसाल (भिडिओ)

    चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एमालेको महाधिवेशन दुराशययुक्त अभियानका रूपमा चितवनमा गर्न लागिएको आरोप लगाएकी छन् ।

    भरतपुर महानगरको कार्यक्रममा बोल्दै मन्त्री भुसालले कम्युनिष्ट आन्दोलनको नेतृत्वकर्तालाई समाप्त गर्न महाधिवेशन भरतपुरकेन्द्रित गरिएको जिकिर गरिन् । ‘हिजो आन्दोलन दमन गर्न सकेनन्, प्रतिगमन र प्रतिक्रान्तिबाट समाप्त गर्न नसकेपछि अहिले नेतृत्वलाई पराजित गर्न सकिन्छ कि भनेर एउटा दुराशययुक्त अभियानद्वारा हिँडेका छन्’, उनले भनिन्, ‘यही भरतपुरलाई थलो बनाउन खोजेको देखिरहेका छौँ, केही दिनमै नारायणी किनारमा कुम्भ मेलाका रूपमा हुँदैछ भन्ने सुनेको छु ।’

    उनले परिवर्तनको आन्दोलनमा साथ दिएको चितवन त्यस्ता भ्रममा नपर्ने बताइन् । ‘म सक्रिय राजनीतिमा प्रवेश गर्दा चितवनलाई ७६ जिल्ला भनिन्थ्यो, अहिले ७८ औँ जिल्ला हो’, उनले भनिन्, ‘विगतको आन्दोलनका भूमिका र त्यसको जगमा पैदा भएका जनता परिवर्तनमा खेलेको भूमिका, समाजवादको दिशामा अगाडि बढ्ने चितवनले कुनै प्रतिगमनकारी, प्रतिक्रान्तिलाई साथ, सहयोग दिने छैन ।’

    मन्त्री भुसालले नारायणी नदी तटबन्धन गर्न ३ वर्षलाई ५ अर्बको बजेट सुनिश्चित भइसकेको बताइन् । उनका अनुसार चितवनतर्फ १७ किमि र नवलपुरतर्फ १८ किमि तटबन्धन हुनेछ । यस्तै माडीका खोलाहरूको तटबन्धन गर्न २० करोड बजेट स्वीकृति भएकाले छिट्टै काम सुरू हुने बताइन् ।

  • बीआरआई कार्यान्वयन गर्ने मन्त्री भुषालको प्रतिबद्धता, राजदूत यान्छीसँग आपसी हितबारे छलफल

    बीआरआई कार्यान्वयन गर्ने मन्त्री भुषालको प्रतिबद्धता, राजदूत यान्छीसँग आपसी हितबारे छलफल

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज भेट गरेकी छिन् । मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको छ ।

    मन्त्री भुसालले चिनियाँ लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा देखिएका समस्यालाई सहमतिमै सुल्झाउन प्रयास गर्ने बताइन् । ‘बेल्ट एण्ड रोड’ इनिसियटिभ (बीआरआइ)को विषयमा नेपालले पठाएको प्रस्तावलाई अध्ययन गरेर कार्यान्वयनमा लैजानुपर्नेमा मन्त्री भुसालले जोड दिइन् ।

    चीनमा उच्च अध्ययन गरिरहेका नेपाली विद्यार्थी कोभिड–१९ का कारण स्वदेश फर्कनु परेको उल्लेख गर्दै मन्त्री भुसालले ती विद्यार्थीलाई अध्ययन पूरा गर्ने व्यवस्था मिलाइदिन विशेष आग्रह गरिन् । चीन सरकारले नेपाललाई खोप उपलब्ध गराएर जनस्तरमै गुन लगाएको भन्दै मन्त्री भुसालले चीन सरकारप्रति आभार प्रकट गरिन् । उनले नेपालको विकासमा चीनले पुर्‍याएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरिन् ।

    भेटमा चिनियाँ राजदूत होउले विकासका लागि अत्यन्त महत्वपूर्ण विषय ऊर्जामा नेपाल सम्भावनायुक्त मुलुक भएको उल्लेख गर्दै दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । चिनियाँ कम्पनीले जलविद्युत्का क्षेत्रमा राम्रो अनुभव हासिल गरेको बताउँदै राजदूत होउले उनीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराइन् ।

    चिनियाँ पावर कन्स्ट्रक्सन कम्पनीले नेपालको माथिल्लो तामाकोशी, त्रिशुली थ्रि ‘ए’लगायत आयोजनामा काम गर्दै आएको उल्लेख गर्दै राजदूत होउले ती आयोजनामा देखिएका समस्यालाई सुल्झाएर अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

  • माओवादीबाट पहिलो चरणमा जनार्दन र पम्फा मन्त्री बन्दै

    माओवादीबाट पहिलो चरणमा जनार्दन र पम्फा मन्त्री बन्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो चरणमा जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलपछि माओवादी अध्यक्ष प्रचण्डले पहिलो चरणमा शर्मा र भुसाललाई आजै सपथग्रहण गर्ने गरी मन्त्रीमा सिफारिस गरेका हुन् ।

    जनार्दन अर्थ र पम्फालाई ऊर्जामन्त्री बनाइने माओवादी स्रोतले जनाएको छ । अन्य मन्त्रीहरूको टुंगो दोस्रो चरणको विस्तारअघि लगाइनेछ ।

  • पम्फा भुसालको दाबी- संसद पुन:स्थापनाको फैसलाले देश अग्रगमनमा आयो

    पम्फा भुसालको दाबी- संसद पुन:स्थापनाको फैसलाले देश अग्रगमनमा आयो

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसलापछि देश अग्रगमनमा आएको बताएको छ ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकलाई पार्टीको प्रतिनिधिका रूपमा सम्बोधन गर्दै नेतृ पम्फा भुसालले सर्वोच्चले संविधानको अक्षरस: व्याख्या गरेको समेत बताइन् ।

    ‘सर्वोच्च अदालतले संविधानको अक्षरस: व्याख्या गरेको छ,’ उनले भनिन्, ‘अब संविधानमाथि कू गर्ने दुराशय राख्ने बाटोसमेत बन्द गरिदिएको छ । अन्ततः देश अग्रगमनमा आएको छ। संविधानमाथि मात्रै होइन, लोकतन्त्र र गणतन्त्र नै समाप्त पार्ने हिसाबले प्रतिनिसिसभाको विघटन गरिएको थियो ।’

    भुसालले जनतको आन्दोलन र न्यायापालिकाको फैसलाले लोकतन्त्र धरापमा पार्ने कदम रोकिएको टिप्पणी गरिन्। ‘जनताको आन्दोलन र न्यायापालिकाको फैसलाले संविधान, लोकतन्त्र र व्यवस्था नै धरापमा पार्ने कदम रोकिएको छ,’ उनको भनाइ छ, ‘प्रधानन्यायाधीशले नै नेतृत्व गरेको बेन्चले संविधानको अक्षरश फैसला गरेकोमा हार्दिक स्वगत गर्न चहान्छौं ।’

    बोलेको र नैतिकताका आधारमा कानूनमन्त्रीले समेत राजीनामा दिएको स्मरण गर्दै भुसालले प्रधानमन्त्री ओलीबाट त्यस्तो नैतिकताको पालना नभएको आरोप लगाइन । उनको भनाइ छ, ‘मैले सोचको थिए, फागुन ११ पछि त्यो नैतिकताको पालना गरिने छ। अहिले पनि जिताहाजस्तो गरेर हिँड्ने कुराले जनतामा कस्तो सन्देश जान्छ होला ? राजनीति बदनाम भएको छ । राजनीति भनेको फट्याइ हो भन्ने परेको छ । सारा मिडियामा कस्ता कार्टन आउँछन् ? नैतिक जिम्मेवारी लिने संस्कार विकास गरौं ।’’

    भुसालले भनिन्, ‘फागुन २३ गतेको फैसलामा नमागेको कुरा दिइयो भन्नेमा हाम्रो असहमति छ। तर हामी सर्वोच्चको फैसला मान्छौं । हामी पुनरावलोकनमा पनि जान्छौं भनेका छौं ।’

    भारतले दिएको कोरोनाविरुद्धको खोप स्वीकार गरेको तर चीनले दिएको खोप ल्याउन ढिला गरेको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरिन्।

    भुसालको टिप्पणी थियो, ‘देशले दिएको उपहार पनि लिन नसक्ने ? मित्र राष्ट्र चीनले दिएको खोप किन ल्याएको ? सन्तुलिन विदेश नीति भनेको त्यही हो ?’

  • महिलाले अधिकार पाएपनि कार्यान्वयन गर्न अझै चुनौती छ: पम्फा भुसाल

    महिलाले अधिकार पाएपनि कार्यान्वयन गर्न अझै चुनौती छ: पम्फा भुसाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षकी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिको लागि आन्दोलन गर्नुपर्ने बताएकी छन् ।

    सोमबार १ सय ११ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशत भन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताएकी हुन् ।

    संविधानत्ः महिलाहरुले धेरै अधिकार पाएको भएपनि कार्यान्वयनको चुनौती रहेको भन्दै उनले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।

    उनले भनिन्,‘हामी ५० प्रतिशत बढी रहेका महिलाले ५० प्रतिशत भन्दा बढी सबै क्षेत्रमा अवसर अवसर पाउनुपर्दछ । त्यसैले एकातिर पाएका अधिकारको कार्यान्वयन हो भने नपाएका अधिकारको निम्ति यो आन्दोलनलाई निरन्तरता दिने कुरा पनि हो । र ३३ प्रतिशत महिलाको निम्ति सुनिश्चित गर्दा १७ प्रतिशत महिलाको अधिकार गरेर बराबरीको अधिकार पाउने कुरालाई हामीले अबको माग र आन्दोलनको रुपमा अगाडी बढाउनुपर्छ ।’

    नेतृ भुसालले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकारहरुको कार्यान्वयनको आधार आर्थिक समानता भएकोले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएकी छन् ।

    महिलालाई पैतृक सम्पति माथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलाहरुलाई भत्ता दिइ संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ ।

    उनले थपिन्,‘राजनीतिक अधिकार र संविधान र कानुनमा पाउने अधिकारले मात्रै पुग्दैन । त्यसको कार्यान्वयन र कार्यान्वयनको आधार आर्थिक समानता हो । त्यसैले आर्थिक हिसाबले सबै क्षेत्रमा समान र आत्मनिर्भर बन्न सक्ने महिलाको स्थितिलाई सुनिश्चित गरेर मात्रै राजनीतिक लगायतका अरु सामाजिक, आर्थिक अधिकारका हामीले उपभोग गर्न सक्छौँ ।’

    अनेरास्ववियूले टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ । यस्तैगरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।

    अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै अवसर पारेर ललितपुर महानगरपालिका, नेपाल साइकल सोसाइटी र रोटरी क्लव अफ पाटनले साइकल ¥याली गरेका छन् । विभिन्न जनचेतनामुलक पर्चा, पम्प्लेट टाँसेर कुदेका साइकलले पाटन नगर परिक्रमा गरेको थियो ।

  • राष्ट्रपतिलाई पम्फा भुसालको सुझाव: पशुपतिनाथसँग होइन, जनतासँग क्षमा माग्नुस्(भिडियो)

    राष्ट्रपतिलाई पम्फा भुसालको सुझाव: पशुपतिनाथसँग होइन, जनतासँग क्षमा माग्नुस्(भिडियो)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत राजीनामा दिन आग्रह गरेकी छन् ।

    नेकपा प्रचण्ड–माधव समूहले बुधबार राजधानीमा निकालेको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले राष्ट्रपति भण्डारी पशुपतिनाथ दर्शन गएको प्रसंगमा पशुपतिनाथसँग होइन, जनतासँग क्षमा माग्न आग्रह गरेकी हुन् ।

    उनले भनिन्, ‘बिहान पशुपतिनाथको जात्रा देखेकी थिएँ मैले । त्यहाँ क्षमायाचना गर्नुभन्दा अब जनताका बीचमा क्षमायाचना गरेर हामीले छोड्याैं भनेर फैसला गरे हुन्छ ।’

    प्रधानमन्त्री ओलीले संविधानको हत्या गर्ने र राष्ट्रपति निकायबाट त्यही रगतको टीका लगाउने काम भएको टिप्पणी समेत नेतृ भुसालले गरिन् । तर सर्वोच्च अदालतले निर्णय गरेपछि राजीनामा आउनुपर्नेमा प्रवक्तामार्फत राजीनामा नदिने भन्न लगाएको बताइन् । राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको समेत बताइन् ।

    भुसालले भनिन् ‘केपी ओलीले संविधानको हत्या गर्ने, राष्ट्रपति निकायले त्यही रगतको टीका लगाउने । यो प्रतिगमनका मतियारहरुले मैले सोचेकी थिएँ हिजो बेलुका सर्वोच्च अदालतबाट निर्णय आउँदै थियो । मैले पनि मिडियाबाट थाहा पाएकी थिएँ । मैले सोचेकी थिएँ अब तत्कालै यो गैरसंवैधानिक काम, यो संविधानको रक्षा गर्न नसक्ने असक्षम प्रतिगामीहरुले कमसेकम अलिकति पनि नैतिकता छ भने, अलिकति मानवीय स्वाभिमान छ भने हिजै राजीनामा देलान् भनेकी थिएँ तर एकदुई घण्टापछि उनैका प्रवक्ताद्वारा सुनें नदिने रे ।’

    नेतृ भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट निकाल्ने चेतावनी दिएकी छन् । भुसालले नैतिकता र मानवीय स्वाभिमान छ भने तत्काल राजीनामा दिनुपर्ने बताइन् ।

    सर्वोच्च अदालतले निर्णय गर्ने वित्तिकै राजीनामा आउनुपर्नेमा अहिलेसम्म राजीनामा नआएको भन्दै नैतिकताको आधारमा राजीनामा नदिए १३ दिनभित्र बस्ने प्रतिनिधि सभाबाट गलहत्याएर निकाल्ने चेतावनी दिएकी हुन् ।

    उनले भनिन्, ‘हारेको प्रतिगामीले उठ्छु भन्ने परिकल्पना गरेको छ भने त्यो दुश्वप्ना हुनेछ । तेह्र दिन भित्र प्रतिनिधि सभाको बैठक बस्ने छ र त्यहाँबाट गलहत्याएर फालिनेछ । म अहिले पनि अपील गर्छु यो संविधानको हत्या गर्ने र संविधानको संरक्षण गर्न नसक्नेहरुले छिटो भन्दा छिटो ठाउँ खाली गरिदिएर आफूले गरेको अपराधप्रति पश्चाताप गरेर कतै बसिदिए हुन्छ ।’

     

  • राधिका शाक्यलाई प्रथम महिला भनिएकोमा पम्फा भुसालको आपत्ति

    राधिका शाक्यलाई प्रथम महिला भनिएकोमा पम्फा भुसालको आपत्ति

    काठमाडौं । विभाजित नेकपाकी नेतृ पम्फा भुसालले नेपालको संविधानले कसैकी श्रीमतीलाई प्रथम महिला नबनाएको भन्दै प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई प्रथम महिला भनिएकोमा आपत्ति जनाएकी छन् ।

    फेसबुकमा स्टाटस लेखेर भुसालले लोकतान्त्रिक गणतन्त्रमा सबै नागरिकको हैसियत समान हुने र संविधानले कसैका श्रीमतीलाई प्रथम र बाँकी महिलाहरु दोस्रो नबनाएको बताएकी हुन् ।

    शनिवार नेपाल प्रहरी अस्पताल र घुन्सा फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा शाक्यलाई ‘प्रथम महिला’को रुपमा बोलाइएको थियो । त्यसैप्रति कटाक्ष गर्दै भुसालले लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिकले आफ्नो हैसियत आफैं निर्माण गर्ने भन्दै महिलालाई दास बनाउने सामन्ती पितृसत्ता मूर्दावाद भनेकी छन् ।

    संसारभर राजतन्त्र नभएका मुलुकका राष्ट्र प्रमुख र कार्यकारी प्रमुखका पत्नीलाई प्रथम महिला भन्ने गरिन्छ । यसको प्रयोग पश्चिमा मुलुकहरुबाट शुरु भएको हो ।

    एकपटक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा सँगै गएकी छोरी सुजातालाई समेत प्रथम महिलाको सम्बोधन गरिएको थियो ।

    विकीपिडियाका अनुसार प्रथम महिला एउटा अनौपचारिक टाइटल हो जुन राष्ट्रप्रमुख र सरकारका प्रमुखका पत्नी तथा कहिलेकाहिँ छोरी वा अरु नजिकका महिला नातेदारलाई दिइन्छ । राजतन्त्र भएका मुलुकमा भने महारानी, युवराज्ञी, राजकुमारी जस्ता पदावली हुने भएकाले प्रथम महिला भनिन्न ।

    कतिपय देशमा प्रथम महिलाको पद भए पनि यो औपचारिक होइन । नेपालमा पनि संविधान र कानुनमा प्रथम महिला कसैलाई भनिँदैन तर विदेश भ्रमणमा प्रथम महिलाको लागि विशिष्ठ सम्मान हुन्छ ।