Tag: पम्फा भुषाल

  • चिनियाँपछि अमेरिकी राजदूतले भेटे ऊर्जामन्त्री भुषाल, आपसी चासोका विषयमा छलफल

    चिनियाँपछि अमेरिकी राजदूतले भेटे ऊर्जामन्त्री भुषाल, आपसी चासोका विषयमा छलफल

    काठमाडौं । पछिल्लो समय ऊर्जामन्त्री पम्फा भुषाललाई भेट्नको लागि राजदूतहरुको कूटनीतिक सक्रियता बढेको छ । साउन १५ गते चिनियाँ राजदूत होउ यान्छीले मन्त्री भुषाललाई भेटेकी थिइन् ।

    यान्छीले भेटेको १० दिनमै अमेरिकी राजदूत र्‍यान्डी जे बेरीले पनि ऊर्जामन्त्रीलाई भेट गर्दै द्धिपक्षीय सहकार्यबारे छलफल गरेका छन् । ऊर्जा मन्त्रालयले द्धिपक्षीय हित र चासोका विषयमा कुरा भएको जनाएको छ ।

    बहुचर्चित एमसीसी क्म्प्याक्टमा राष्ट्रिय सहमति नजुटिरहेको बेला एमसीसीको सम्बद्ध मन्त्रालयकी विभागीय मन्त्री र राजदूतको यो भेटलाई अर्थपूर्णरुपमा लिइएको छ ।

    चिनियाँ राजदूत यान्छीले मन्त्री भुषालसँगको भेटमा पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभबारे चासो जनाएकी थिइन् ।