Tag: पत्रकारिता पुरस्कार

  • नेपाल प्रेसका प्रधान सम्पादक पौडेललाई राष्ट्रिय पत्रकारिता पुरस्कार (सूचीसहित)

    नेपाल प्रेसका प्रधान सम्पादक पौडेललाई राष्ट्रिय पत्रकारिता पुरस्कार (सूचीसहित)

    काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २ वर्षको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

    छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा घोषित पुरस्कार अनुसार नेपाल प्रेस डटकमका प्रधानसम्पादक मात्रिका पौडेलले राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ प्राप्त गरेका छन् । जनही एक लाख राशीको सो पुरस्कारबाट इन्द्र बुढा (उजीर मगर) , संगिता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर वि.क. र शीतल साहसमेत पुरस्कृत हुने भएका छन् ।

    वरिष्ठ पत्रकार सम्मान २०७६ मरणोप्रान्त स्व.सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बालाई प्रदान गरिएको छ । २ लाख पुरस्कार राशिको सो सम्मान वर्ष २०७७ का लागि रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ ।

    राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट भने दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत भएका हुन् ।

    पुरस्कार घोषणा कार्यक्रममा बोल्दै सञ्चारमन्त्री पार्वत गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई ज्ञापन गरे । कोरोनाको कहर सकिएपछि ती पुरस्कारहरु वितरण हुनेछन् ।

    कस-कसले पाउने भए पुरस्कार ?

    वरिष्ठ पत्रकार सम्मान २०७६ – स्व. सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बा

    वरिष्ठ पत्रकार सम्मान २०७७ – रघु मैनाली र शार्दूल भट्टराई

    राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६

    इन्द्र बुढा (उजीर मगर) – बागलुङ

    मात्रिका पौडेल – रामेछाप

    संगिता खड्का – काठमाडौं

    शेषराज दाहाल- सिन्धुली

    हेमन्तबहादुर विक- बाँके

    शीतल साह – धनुषा

    राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७

    दिलीपकुमार थापामगर- भक्तपुर

    दीपेन न्यौपाने- मोरङ

    दुर्गाप्रसाद शर्मा- पर्वत

    शुरोजंग पाण्डे- दोलखा

    नितु पण्डित – नुवाकोट

    पुनम पौडेल- ललितपुर