Tag: पत्रकार

  • चुनावी मैदानमा दुई दर्जन बढी पत्रकार, को कहाँबाट उम्मेदवार ?

    चुनावी मैदानमा दुई दर्जन बढी पत्रकार, को कहाँबाट उम्मेदवार ?

    काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् ।

    मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चामा आबद्ध दानीले पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

    नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शान्ता आङबुहाङले महासंघको केन्द्रीय सदस्यबाट राजीनामा दिएर ताप्लेजुङको आठराई त्रिवेशी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्। अर्घाखाँचीको सूर्योदय एफएममा कार्यरत पत्रकार अयान विकले अर्घाखाँचीको शीतगङ्गा–१० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिए ।

    सुदूरपश्चिमबाट कैलालीको जानकी गाउँपालिकाको उपाध्यक्षमा गीता चौधरीले उम्मेदवारी दिएकी छन् । रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दीपायलमा विगत लामो समयदेखि कार्यरत पत्रकार सुनिता रावलले डोटीको शिखर नगरपालिकाकाको उपप्रमुख पदमा उम्मेदवारी दिइन् । उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएकी हुन् ।

    प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईंले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिए। उनले महासंघको साधारण सदस्यता त्यागेर उम्मेदवार बनेका हुन्। चौतारीका पूर्वउपाध्यक्ष वीरबहादुर गिरीले जाजरकोटको बारेकोट गाउँपालिकाको अध्यक्ष पदमा, म्याग्दीका संस्थापक सुरत केसी, बेनी नगरपालिकाको प्रमुख, काभ्रे जिल्लाका पूर्वाध्यक्ष कञ्चन अधिकारी पाँचखाल नगरपालिकाको प्रमुख, बाजुराका संस्थापक सदस्य अमर खड्का बाजुराको बढीमालिका नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिए।

    त्यसैगरी बाजुराकी पत्रकार नन्दा थापा उपप्रमुखमा, मोरङका पत्रकार भक्त राई सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष, गायत्री आचार्य मेलुङ गाउँपालिकाको उपाध्यक्ष र सकिल खान डुडुवा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

    सप्तरी जिल्लाका चारजना पत्रकार पनि स्थानीय तहको निर्वाचनमा होमिएका छन् । पत्रकार महासङ्घ मधेस प्रदेशका सचिव भोला पासवान जनता समाजवादी पार्टी नेपालका तर्फबाट सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा उम्मेदवार छन् । महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासङ्घको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने महासंघले जनाएको छ ।

    तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा जनता प्रगतिशील पार्टीका तर्फबाट पत्रकार हेमशङ्कर सिंह, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजविराज–८ को वडाध्यक्षमा पत्रकार शतिश दत्त, पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादवले नेकपा (माओवादी केन्द्र) का तर्फबाट सोमवार उम्मेदवारी दिए । आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न महासंघका महासचिव रोशन पुरीले आह्वान गरेका थिए ।

    यसैगरी नेकपा (माओवादी केन्द्र)का तर्फबाट कमलेश मण्डल महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिए । त्यस्तै वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरिश गिरीले उम्मेदवारी दर्ता गराए। यीलगायत विभिन्न जिल्लामा थुप्रै पत्रकारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको बताइएको छ ।

    महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न सबै सदस्यहरूलाई निर्वाचन आचारसंहिता २०७८ को प्रतिकूल काम नगर्नसमेत आह्वान गरिसकेको छ ।

    महासंघले निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युब र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने जनाउँदै आएको छ ।

    प्रेस काउन्सिल नेपालले जारी सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पार्न नहुने, समाचारको गोप्य स्रोत खोल्न नहुने, निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने र विज्ञापनलाई समाचारका रुपमा प्रस्तुत गर्न नहुनेलगायत १५ बुँदा पत्रकारले गर्न नहुने भनिएको छ ।

  • मिडिया अवार्डका नाममा कमाउधन्दा ! पत्रकार महासंघ नै संलग्न

    मिडिया अवार्डका नाममा कमाउधन्दा ! पत्रकार महासंघ नै संलग्न

    काठमाडौं । नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको ‘मिडिया अवार्ड’ विवादित बनेको छ । अवार्डका लागि मनोनयनमा परेका पत्रकारहरुले नै विधि र प्रक्रियामाथि विभिन्न प्रश्न उठाउँदै धमाधम बहिष्कार घोषणा गरिरहेका छन् ।

    ‘ड्रिम हाइ नेपाल’ नामक इभेन्ट म्यानेजमेन्ट कम्पनीले भाेलि साेल्टी हाेटल अवार्ड कार्यक्रम गर्न लागेको हो । यस अवार्डमा नेपालका पत्रकारहरुको छाता संगठन पत्रकार महासंघले पनि हातेमालाे गरेकाे छ। आयोजकका अनुसार महासंघले तीन लाख रुपैयाँ पाउने गरी  आयाेजकसँग ‘सहकार्य’ गरेकाे हो ।

    कम्पनीले गत मंसिर १ गते सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै अवार्डको घोषणा गरेको थियो । ऋषि धमलाको ‘विशेष उपस्थिति’मा आयोजना गरिएको उक्त पत्रकार सम्मेलनमा पत्रकार महासंघको पनि सहभागिता थियो । त्यसबेला सबैजसो सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । तर, दुई दिनअघि मनोनयन सूची सार्वजनिक भएपछि चाहिँ विवाद उत्पन्न भएको हो ।

    पत्रकारिता क्षेत्रमा अनगिन्ती सम्मान तथा पुरस्कारहरु दिने गरिएको भए पनि ‘अवार्ड’ भनेर दिन लागिएको यो सम्भवत पहिलोपटक हो । तर पत्रकारहरूले नै विश्वास नगर्दा यो अवार्ड सन्देहमा परेको छ । आयोजकसँग पैसा लिएर अवार्डमा सहकार्य गरेको पत्रकार महासंघभित्र समेत असन्तुष्टि देखिएको छ ।

    अवार्ड वितरण कार्यक्रमका प्रमुख अतिथिलाई लिएरसमेत प्रश्न उठेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाललाई कार्यक्रमको प्रमुख अतिथिको रुपमा निम्त्याइएको छ । पोष्टरमा पनि उनको फोटो प्रयोग गरिएको छ । कुनै सरकारी ओहाेदामा रहेका एउटा दलका प्रमुखको हातबाट अवार्ड लिन कतिपय पत्रकार हिच्किचाइरहेका छन् ।

    बहिष्कारको होड

    अवार्डका लागि १९ विधामा ५-५ जनाको मनोनयन सूची बुधबार सार्वजनिक गरिएको थियो । मनोनयनमा परेका केही पत्रकारहरुले तत्काल सामाजिक सञ्जालमा असन्तुष्टि जनाउन सुरु गरेका थिए । उनीहरुले यस अवार्डको पारदर्शीतामा प्रश्न उठाएका छन् । आयोजक संस्था नै ‘संदिघ्ध’ रहेको, मनोनयनको स्पष्ट मापदण्ड नदेखिएको तथा आफूहरुको जानकारीबिना नै सूचीमा राखिएको बहिष्कारवादीको आरोप छ ।

    कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकका पत्रकारहरुले संगठितरुपमै अवार्ड बहिष्कार गरेका छन् । मनोनयनमा परेका कान्तिपुरका नौजना पत्रकारले हस्ताक्षरसहित विज्ञप्ति जारी गर्दै कुन-कुन समाचार, कस्तो निर्णायक समिति र के मापदण्डका आधारमा नोमिनेसन गरिएको हो भन्ने स्पष्ट नभएकाले आफूहरुको नाम हटाउन आग्रह गरेका छन् ।

    ‘यस्तो अपारदर्शी इभेन्टमा हाम्रो नाम समावेश भए सहमति नरहने स्पष्ट पार्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्ति जारी गर्नेमा मणि दाहाल, जनकराज सापकोटा, कृष्ण आचार्य, अर्जुन पौडेल, अविन श्रेष्ठ, प्रकाशचन्द्र तिमल्सिना, अंगद ढकाल, रिना मुक्तान र सुरज राजथला छन् ।

    नयाँ पत्रिकाका चारजनाले पनि सामूहिक बहिष्कार गरेका छन् । जनार्दन बराल, शिल्पा कर्ण, यम वम र रवि मिश्रले विज्ञप्ति जारी गर्दै पत्रकार महासंघको नाम समेत जोडिएको अवार्ड आयोजना गर्दा छनोट मापदण्डबारे अग्रिम जानकारी नगराइएको गुनासो गरिएको छ ।

    फुटकररुपमा अरु पनि केही पत्रकारले सामाजिक सञ्जालमार्फत अवार्डमा भाग नलिने बताएका छन् । यसरी बहिष्कार गर्नेमा कृष्ण ज्ञवाली, सागर बुढाथोकी, शोभा शर्मा, श्वेच्छा राउतलगायत छन् । बहिष्कार घोषणा गरेका सागर बुढाथोकीले पुरस्कार दिने संस्था विवादित देखिएको र विश्वसनीय पनि नलागेको बताए ।

    ड्रिम हाइको पृष्ठभूमि

    ड्रिम हाइ नेपालले फेसबुक पेजमा आफूलाई एडभरटाइजिङ/मार्केटिङ कम्पनीका रुपमा चिनाएको छ । यो कम्पनीले खासगरी मनोरञ्जनका क्षेत्रमा काम गर्दै आएको थियो । हालसम्म दुई सयभन्दा बढी मनोरञ्जनात्मक कार्यक्रमको व्यवस्थापन गरिसकेको कम्पनीको दाबी छ ।

    तीन वर्षअघि स्थापना भएको यो कम्पनीले नेपथ्यको लाइभ कन्सर्ट सफल बनाएर आफूलाई चिनाएको थियो । त्यसपछि सुपरस्टार अनमोल केसीको कन्सर्ट तथा पछिल्लो समय नेपाली चलचित्र क्षेत्रको नेफ्टा अवार्डको म्यानेजमेन्ट यसले गर्यो । गएको दसै‌मा नेहा कक्कडलाई नेपाल ल्याएर कन्सर्ट आयोजना गर्ने तयारी पनि यस कम्पनीले गरेको थियो । तर कोरोनाका कारण भनेर कार्यक्रम स्थगित गरियो ।

    कक्करको कन्सर्टलगत्तै एक अमेरिकी डिजेलाई ल्याएर डीजेइङ कन्सर्ट आयोजना गर्ने कम्पनीले घोषणा गरेको थियो । त्यो पनि कम्पनीले गर्न सकेन । यस्तै, कम्पनीले घोषणा गरेको लोकदोहोरी अवार्ड पनि हुन सकेको छैन ।

    ड्रिम हाइले केही समयअघि ‘वृन्दावन’ नामक चलचित्रसमेत निर्माण गरेकाे थियाे । सो चलचित्र फ्लप भयो । अब आउँदो तीन वर्षभित्र अर्को चलचित्र निर्माण गर्ने कम्पनीका प्रबन्ध निर्देशक जिसीले बताएका छन् ।

    को–को छन् मनोनयनमा ?

    फिल्म र संगीत क्षेत्रमा वितरण गरिने अवार्डको सिको गरेर मिडिया अवार्ड आयोजना गरिएको हो । आयोजकले अवार्ड वितरणका लागि १९ विधामा ५–५ जनाका मनोनयन सूची बनाएको छ ।

    कतिपयले यो सूचीमा पर्नेहरुलाई नै पुरस्कृतका रुपमा बुझेका छन् । तर, उनीहरु पुरस्कारका दाबेदार मात्र हुन् । प्रत्येक विधामा परेका ५ जनामध्ये १ जनाले अवार्ड पाउने छन् । बाँकी ४ जना खाली हात फर्किनुपर्छ । बहिष्कारको एउटा कारण मनोनयनमा परे पनि पुरस्कार पाउने अनिश्चितता पनि हो ।

    अवार्ड विजेताहरुले नगद पुरस्कार पाउँदैनन् । लाइफ टाइम अचिभमेन्ट विधामा भने ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार राखिएको छ । यो अवार्ड नीर शाह, किशोर नेपाल र भैरव रिसालले पाउँदैछन् ।

    मनोनयनमा विशुद्ध पत्रकार मात्र छैनन् । केही कलाकार, समाचारवाचकदेखि युट्यूबरसम्म समेटिएका छन् । हाइ प्रोफाइलका व्यक्तिहरुले अहिलेसम्म अवार्डबारे केही बोलेका छैनन् ।

    हेर्नुस् मनोनयनमा परेकाहरूको सूची : 

    प्रायोजकको ताँती

    नेपाली सञ्चार क्षेत्रको प्रवर्द्धनको उद्देश्य भनिए आयोजकको मुख्य उद्देश्य आर्थिक मुनाफा हो भन्नेमा दुईमत छैन । आयोजक संस्था ड्रिम हाइ नेपालले अवार्ड कार्यक्रमको व्यवसाय गर्दै आएको छ ।

    कम्पनीले यसै वर्ष नेपाली चलचित्रको चर्चित नेफ्टा अवार्ड आयोजना गरेको थियो । उक्त अवार्डको खास आयोजक चलचित्र प्राविधिक संघ भए पनि संघले निश्चित रकम लिएर कम्पनीलाई अधिकार प्रत्यायोजन गरेको थियो । कम्पनीले स्पोन्सरहरु जुटाएर अवार्ड आयोजना गरेको हो । तर, नेफ्टामा ड्रिम हाई नेपाल घाटामा गयो ।

    मिडिया अवार्डमा भने कम्पनीले टन्नै प्रायोजकहरु भेला पारेको छ । अवार्डको पोष्टरमा नै दुई दर्जनजति प्रायोजकहरुको लोगो देखिन्छ । अवार्ड प्रायोजकमा सरकारीदेखि निजी कम्पनी छन् । अवार्डको मुख्य प्रायोजकमा लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपाल लिमिटेड र सहप्रायोजकमा दुबइ बेस्ड ब्लु चिप इन्भेस्टमेन्ट कम्पनी रहेको छ । नेपाल टेलिकम, नेपाल वायूसेवा निगमजस्ता सरकारी कम्पनीहरु प्रायोजकको सूचीमा छन् ।

    आयोजकले अवार्ड कार्यक्रमा ५० देखि ५५ लाख रूपैयाँ खर्च हुने अनुमान गरेको छ । अहिलेसम्म खर्च र आम्दानी बराबर रहेको तर विवादका कारण प्रायोजकहरू ब्याक हुनसक्ने चिन्ता रहेको ड्रिम हाई नेपालका प्रबन्ध निर्देशक कमल जीसीले बताए ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले केही संस्थाहरुलाई अवार्डमा सहयोग गर्न फोन गरेर कन्भिन्स गर्ने प्रयास गरिरहेको बुझिएको छ ।

    कसरी गरियो मनोनयन ?

    आयोजक संस्थाले जनाएअनुसार नाम छनोटका लागि एउटा प्रि सेलेक्सन कमिटी र अर्को मुख्य जुरी बनाइएको थियो । पत्रकारितामा सक्रिय सञ्चारकर्मी आवद्ध ९ सदस्यीय प्रि सेलेक्सन कमिटीले झण्डै एक महिना लगाएर अनुसन्धान गरी तयार गरेको नोमिनेसनलाई मुख्य जुरीले अन्तिम रुप दिएको हाइ ड्रिम नेपालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    केही पत्रकारलाई मनोनयनबारे जानकारी गराउन नसक्नुमा आयोजकले कमजोरी स्वीकार गरिएको छ । विज्ञप्तिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै प्रमुख अतिथि बनाउन प्रयास गरिएको भए पनि भारत भ्रमणका कारण नभ्याउने जवाफ पाएपछि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि बनाउने निर्णय गरिएको प्रष्ट पारिएको छ ।

    महासंघ अध्यक्ष भन्छन्ः गलत केही छैन

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले मिडिया अवार्डमा कुनै समस्या नरहेको बताएका छन् । पोख्रेलले भने, ‘अवार्ड लिन्न भन्न पनि पाइन्छ । राष्ट्रपति र प्रधानमन्त्रीले दिएको अवार्ड त म लिन्न भन्न मिल्छ । यो व्यक्तिगत स्वतन्त्रता हो ।’

    उत्कृष्ट काम गरेका पत्रकारहरुलाई अवार्ड दिनु नराम्रो कुरा नभएको उनले बताए । ‘राम्रो काम गर्ने पत्रकारलाई पनि सम्मान गरौं भनेर अवार्ड आयोजना गरिएको रहेछ । पत्रकारले आफ्नो सीमाभित्र बसेर अवार्ड लिन्छन् भनेर आयोजकलाई जानकारी गराएका छौं,’ उनले नेपाल प्रेससँग भने ।

    महासंघका महाचिव रोशन पुरीले भने यस अवार्डका विषयमा व्यक्तिगत असहमति जनाएका छन् ।

    नेपाल प्रेससँग उनले भने, ‘म एक महिनादेखि बिरामी भएर घरमै आराम गरिरहेको छु । तर, योबीचमा मेरो हस्ताक्षरको दुरुपयोग गरेर विज्ञप्ति जारी गरिएको रहेछ । त्यसमा मेरो सहमति छैन ।’

    दुई–चार पैसा हुन्छ कि भनेको, विवादित बनाइयोः कमल जिसी

    अवार्डको विवाद र पत्रकारहरुले लगाएका आरोपबारे आयोजक संस्थाका प्रमुख कमल जिसी नेपाल प्रेससँग यसो भन्छन्ः

    हामीले खासमा सञ्चारक्षेत्रमा दुख गरिराख्नु भएका मिडियाकर्मीलको काम, कार्यक्षेत्र, नाम र पब्लिसिटीलाई हेरेर अवार्ड दिन खोजेको हो । तर उहाँहरुबाटै ‘कन्ट्रोभर्सी’ कुरा पनि आइराखेको छ ।

    अवार्ड लिन्न भन्न पाउने उहाँहरुको अधिकारको कुरा हो । कस्ता–कस्ता अवार्डहरु त यहाँ अस्वीकार हुन्छन् । हामी त एउटा प्राइभेट कम्पनी हौं । धेरै कम्पनीहरुलाई हात जोडेर, मागेर अवार्ड गर्न लागेका छौं । दुई चार पैसा हामीलाई पनि कमाइ होला, पत्रकारिता क्षेत्रमा दुख गरेकोहरुले पनि केही राहत पाउलान् भनेर हो ।

    त्यत्रो सोल्टी होटलमा भव्य तरिकाले कार्यक्रम आयोजना गर्दैछौं । पत्रकारिता क्षेत्रमा मित्रकारिता पनि बढाउँ भनेर गर्न खोजेको तर यसलाई फरक रुपमा ल्याइयो । जुरीका ३ जनाको मुख्य र ९ जनाको कोर टिमले एक महिना लगाएर सूची बनाउनुभएको थियो । तर त्यो सदर भएन, बदर भयो । सबैजनाले त बदर गर्नुभएको छैन, दुई–चार जनाले हो । त्यसमा हाम्रो खासै आपत्ति छैन ।

    यो देशको संविधानमा अवार्ड–सम्मान गर्न पाइँदैन भनेर त लेखेको छैन । पहिलोचोटि सञ्चारजगतमा काम गर्न खोजेका छौं, तर धेरैले यसलाई कन्ट्रोभर्सी बनाउनुभएको छ । नोमिनेसनमा परेकाहरुले घरी के स्टाटस लेख्नुभएको छ, घरी के । मेरो नाम नसोधी किन हाल्नुभयो ? भनेर प्रश्न गर्नुभएको छ । ए बाबा, संसारको कुनै पनि अवार्डमा सोधेर मनोनयन गरिँदैन । यस्तो सामान्य कुरा हाम्रो सञ्चार जगतले बुझनुभएन वा हामीले बुझाउन सकिएन । जे होस् हाम्रो नि कमजोरी होलान् । आयोजकको नि कमजोरी हुन्छन् ।

    हामीले मनोनयन गर्ने आधार भनेको त हाम्रो जुरी टिमलाई उहाँहरु बेस्ट लाग्यो । आधार त व्यक्तिको काम गराइ, लेखाइ, इत्यादिलाई बनाउनुभएको होला । धेरै कुरा त कार्यक्रममा जुरीको मान्छे बोल्नुहोला । जो–जोले नाम झिक्नुस् भन्नुभएको छ, उहाँहरुको झिक्छौं । टिमको निर्णयअनुसार अगाडि बढ्छौं । जोजोले स्वीकार गर्नुभएको छ उहाँहरुलाई बोलाउँदै अवार्ड दिन्छौं ।

    मैले २ सयभन्दा बढी कार्यक्रम गरिसकेँ नेपालमा । मैले अवार्डका लागि फर्मसमेत खुलाइनँ । यहाँ फर्म नभरी अवार्ड दिइँदैन । मिडिया सेक्टरलाई दिने अवार्ड भनेको अलिक भिन्दै हो ।

    अहिले त मेरो स्पोन्सरलाई फोन गरेर भड्काएका कुराहरु पनि आइराखेका छन् । मसँग प्रमाण छ । हामीले नेपाल पत्रकार महासंघ सहकार्य गरेका हौं । महासंघलाई तीन लाख दिने सम्झौता छ । १ लाख रुपैयाँ उहाँहरुको खातामा हालिसकेका छौं । दुई लाख कार्यक्रम सकेको एक हप्ताभित्र दिने सम्झौतापत्रमा हस्ताक्षर गरेको छु । म कानूनीरुपमा बलियो छु । भोलि अवार्ड हुन्छ, भव्य हुन्छ ।

     

  • बलात्कृत राउटे युवतीको पहिचान खुलाएको आरोपमा जेल सजाय पाएका पत्रकार माफी मागेर उम्किए

    बलात्कृत राउटे युवतीको पहिचान खुलाएको आरोपमा जेल सजाय पाएका पत्रकार माफी मागेर उम्किए

    काठमाडौं । सुर्खेत जिल्ला अदालतले गत जेठमा बलात्कृत बनेकी युवतीको पहिचान खुलाएको समाचार प्रकाशित गरेको आरोमा एक पत्रकारलाई सजाय सुनाएको छ । राप्ती पहिचान डटकमका सञ्चालकसमेत रहेका पत्रकार एग्गेबहादुर बुढामगरलाई पाँच महिना कैद र पाँच हजार जरिवाना तोकिएको हो ।

    न्यायाधीश राजेन्द्रकुमार अर्यालको एकल इजलासले उनलाई २४ घन्टाभित्र क्षमायाचना गरेको खण्डमा जेल बस्नु नपर्ने विकल्प पनि दिएको थियो । त्यसअनुसार बुढामगरले आफ्नै अनलाइनमा क्षमायाचना गरेका छन् । आफ्नो फेसबुक पेज र राप्ती पहिचान डट कममा उनले क्षमायाचना गरेका हुन् । त्यसको स्क्रिनसट उनले अदालतमा बुझाएका छन् । २४ घन्टाभित्र क्षमायाचना गरेर त्यो सामग्री ६ महिनासम्म हटाउन नहुने अदालतको सर्त थियो ।

    क्षमायाचनापछि बुढामगरले कैदसजाय माफी पाएको अदालत स्रोतले जनाएको छ । जरीवाना भने उनले बुझाइसकेका छन् । अदालतमा पनि उनले माफी मागेका छन् ।

    बुढामगरले युवतीको नामथर र तस्बिरसहित समाचार प्रकाशित गरेका थिए । पिडितको तर्फबाट बहस गरेका वकिलहरुविरुद्ध फेसबुकमा समेत उनले स्टाटस लेखेका थिए ।

    पीडकका तर्फबाट वकालत गर्ने वकिलहरू मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले बलात्मकार पीडित युवतीको पहिचान खुल्नेगरी अनलाइनमा समाचार प्रकाशन गरेको तथा आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।

    बुढामगरले फेसबुकमा लेखेका थिए, ‘अदालतभित्र राउटे युवतीलाई बलात्कार गर्ने राक्षसबाट मोटो रकम लिएर ती राक्षसको पक्षमा बहस पैरवी गर्न पुगेका तीनजना कालो कोट लगाउने प्रमाणपत्रधारीबाट तीन घण्टा टर्चर भयो । निजहरूको जिरहलाई निरह पार्नेगरी सवालको जवाफ दिएको छु ।’

    अदालतको फैसलामा संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशन/प्रशारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको उल्लेख छ ।

    गत जेठ २१ गते राउटे समुदायका दुई युवती सामान किन्न गएका बेला केही युवाले होटलमा उनीहरुलाई मापसे गराएर यौनसम्वन्ध राखेका थिए । त्यसको भिडियोसमेत सामाजिक सञ्जालमा लिक भएको थियो । युवतीमाथि यस्तो हर्कत गर्ने गुर्भाकोटका चमन घर्ती, भुपेन्द्र बुढा र विनाद पुन अदालतको फैसलाबाट जेल चलान गरिएका छन् ।

  • अलपत्र चरिकोट-मुडे सडक निर्माणका लागि आन्दोलन गर्ने ७ पत्रकार पक्राउ

    अलपत्र चरिकोट-मुडे सडक निर्माणका लागि आन्दोलन गर्ने ७ पत्रकार पक्राउ

    दोलखा । लामो समयदेखि अलपत्र चरिकोट-मुडे सडक छिटो बनाउन दबाब दिँदै पत्रकारहरूले विरोध जनाएका छन् । समयमा निर्माण नगराउने सडक विभाग र बीचमै काम छाडेर भाग्ने ठेकेदारविरुद्ध पत्रकारहरूले विरोध गर्दै आएका छन् ।

    निर्माणलाई निरन्तरता दिएर अलपत्र सडक छिटो सम्पन्न गर्न दबाबस्वरूप लामो साँघु-जिरी सडक सुधार आयोजनको कार्यालयमा तालाबन्दी गर्न पुगेका केन्द्रीय सदस्य रमेश खतिवडा, पूर्व केन्द्रीय सदस्य चिरञ्जिवि मास्केसहित ७ पत्रकार पक्राउ परेका छन् ।

    पक्राउ पर्ने अन्यमा श्याम खतिवडा, गोकर्ण भण्डारी, सिर्जन घिमिरे, राजन बस्नेत र अर्जुन कार्की छन् ।

     

  • नेपाल बारमा पत्रकारलाई प्रवेश निषेध, अध्यक्ष श्रेष्ठको ठाडो आदेश

    नेपाल बारमा पत्रकारलाई प्रवेश निषेध, अध्यक्ष श्रेष्ठको ठाडो आदेश

    काठमाडौं । नेपाल बार परिसरमा समाचार संकलनका लागि गएका पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बारको आव्हानमा २ दिनदेखि आन्दोलन जारी छ ।

    बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको ठाडो आदेशमा भित्र पसिसकेका पत्रकारलाई पनि गेटबाहिर निकालिएको छ । त्यस्तै क्यामेरामेन, रिपोर्टिङमा गएका पत्रकारलाई भित्र पस्न दिइएको छैन ।

    गेटबाहिरैबाटै सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ । आन्दोलनमा घूसपैठ हुनसक्ने भन्दै प्रहरीले खानतलासी बढाएका छन् ।

  • दाङका दर्जन पत्रकार कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित (सूचीसहित)

    दाङका दर्जन पत्रकार कांग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित (सूचीसहित)

    दाङ । नेपाली कांग्रेसको आसन्न महाविधेशनका लागि जिल्लाका एक दर्जन पत्रकार क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।

    क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुने अधिकांश जिल्लामा स्थापित पत्रकारहरु हुन् । केही पत्रकार महासंघका जिल्ला अध्यक्ष समेत भइसकेका छन् । क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि पत्रकारहरुले खुसी साटासट गरेका छन् भने मतदातालाई धन्यवाद पनि दिएका छन् ।

    ‘मेरो चौथो चुनावी अपराजित यात्रामा सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तक तथा अग्रजहरुमा आभार प्रकट गर्दछु,’ पत्रकार देवीराम कुसारीले लेखेका छन्, ‘नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा क्षेत्रिय प्रतिनिधिमा चुनाव जित्दै गर्दा सहमतिको सौन्दर्यतालाई अझ नजिकबाट चिन्ने अवसर पाए र पनि आफैंलाई तौल गर्ने सुनौलो अवसर भने चुनावले नै दिएको हो । चुनाव जित्दै गर्दा चुनौती थपिएको महसुस गरेको छु जय नेपाल ।’

    अर्का पत्रकार भरतराज शर्माले मतदाताप्रति आभार प्रकट गर्दै लेखका छन्, ‘नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ बाट मलाई आफ्नो अमुल्य मत दिई भारी मतले क्षेत्रीय प्रतिनिधिमा निर्वाचित गराउनु हुने सम्पूर्ण क्रियाशील सदस्य ज्यूहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

    क्षेत्रीय प्रतिनिधि भएका पत्रकारहरु:

    १) सुदीप गौतम, घोराही उपमहानगर पालिका–१२

    २) हेमराज शर्मा, घोराही–१

    ३) देविराम कुसारी, दंगिशरण गाउँपालिका–२

    ४) शरद रेग्मी, तुलसीपुर उपमहानगर पालिका– ११

    ५) बालाराम खड्का, तुलसीपुर– ४

    ६) भरतराज शर्मा, तुलसीपुर– ३

    ७)आरके सितल, घोराही– १०

    ८) सपना बोहोरा, घोराही– १६

    ९) सुवास डिसी, तलुसीपुर– ११

    १०) सुरेस श्रेष्ठ, तुलसीपुर–५

    ११) प्रिया स्मृति गजमेर, लमही नगरपालिका–९

    १२) प्रेम तिवारी, तुलसीपुर–३

  • पत्रकार, कलाकार र चिकित्सकलगायत पेसाव्यवसायीको आयकरमा छुट

    पत्रकार, कलाकार र चिकित्सकलगायत पेसाव्यवसायीको आयकरमा छुट

    काठमाडौं । बजेट प्रतिस्थापन विधेयकमार्फत सरकारले केही पेसाव्यवसायीको आयकर र भ्याटमा मिनाहा गर्ने घोषणा गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानून व्यवसायी, लेखापरीक्षण, लेखापढी व्यवसायी, परामर्श, अभिकर्ता तथा मध्यस्थकर्ता सेवा प्रदायकलगायतका प्राकृतिक व्यक्तिले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को करयोग्य आयमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने कर २०७८ साल फागुन मसान्तभित्र बुझाइ स्थायी लेखा नम्बर लिएमा सोमा लाग्ने शुल्क तथा ब्याज छुट हुने व्यवस्था गरेको जानकारी गराएका हुन् ।

    कर बुझाएमा सोभन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा गरिने अर्थमन्त्री शर्माले बताएका छन् ।

  • मिडिया हाउसलाई प्रेस काउन्सिलको ध्यानाकर्षण- पत्रकारलाई कामबाट नहटाऊ

    मिडिया हाउसलाई प्रेस काउन्सिलको ध्यानाकर्षण- पत्रकारलाई कामबाट नहटाऊ

    काठमाडौं । प्रेस काउन्सिल नेपालले कुनै पत्रकारलाई सेवाबाट नहटाउन, कामबाट बञ्चित नगर्न, ऐन, नियमले तोकेबमोजिम तत्काल सेवा–सुविधा उपलव्ध गराउन मिडिया हाउसहरुलाई आग्रह गरेको छ ।

    सेवामा पुनःस्थापना नगरिएमा, काममा नलगाइएमा तथा सेवा–सुविधा नदिइएमा काउन्सिलले स्थलगत निरीक्षण गरिने विज्ञप्तिमार्फत जनाएको छ । पत्रकारको समस्या समाधान र अन्य कारबाहीका लागि सम्बन्धित पक्ष र उजुरीकर्तासँग त्रिपक्षीय छलफल गर्नसक्ने भन्दै काउन्सिलले विज्ञप्ति जारी गरेको छ ।

    शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ,‘महामारीलाई निहुँ बनाएर कतिपय सञ्चारमाध्यमका सञ्चालक÷लगानीकर्ताले कोरोनाको पहिलो लहरदेखि नै श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार पत्रकारलाई तलब नदिएको, कामबाट बञ्चित गराउने गरेको र सेवाबाटै हटाउने गरेको पाइएको छ । यी र यस्तै विषयमा प्रेस काउन्सिल नेपालमा बारम्बार लिखित तथा मौखिक उजुरीहरू आउने गरेका छन् भने कतिपय श्रमजीवी पत्रकारको समूहले प्रत्यक्ष भेटेर काउन्सिलमा यस्ता विषयबारे जानकारी गराएको छ ।’

    कोरोनाको दोस्रो लहरपछि अहिलेसम्म देशभरका १९ पत्रकारको निधन भएको छ । नौ सय पत्रकार संक्रमित भएकामा २ सय सक्रिय सङ्क्रमित छन् । ३० जना अस्पताल भर्ना भएका छन् भने ५ जनालाई आइसियू /भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

    सञ्चारक्षेत्रमा कोरोनाको बज्रः १९ पत्रकारको मृत्यु, सञ्चारगृहहरू अस्तव्यस्त

  • सञ्चारक्षेत्रमा कोरोनाको बज्रः १९ पत्रकारको मृत्यु, सञ्चारगृहहरू अस्तव्यस्त

    सञ्चारक्षेत्रमा कोरोनाको बज्रः १९ पत्रकारको मृत्यु, सञ्चारगृहहरू अस्तव्यस्त

    काठमाडौं । राज्यको चौंथो अंगका रूपमा मान्यता पाएको सञ्चार जगत कोरोनाको दोस्रो प्रहारले अस्तव्यस्त बनेको छ । फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरू कोरोनाको उच्च जोखिममा छन् भने धेरै संञ्चारगृहहरू आर्थिक संकटबाट गुज्रिरहेका छन् ।

    नेपालमा हालसम्म कोरोनाका कारण १९ पत्रकारको मृत्यु भइसकेको नेपाल पत्रकार महासंघले जनाएको छ । यसैगरि, ९ सयभन्दा बढी पत्रकार संक्रमित बनेको तथ्यांक पत्रकार महासंघसँग छ, यद्यपि वास्तविक संख्या योभन्दा धेरै ठूलो हुन सक्छ । २ सय सक्रिय संक्रमितमध्ये ४० जना अस्पतालमा रहेकोमा ५ जना आईसीयूमा उपचार गराइरहेका छन् ।

    कोरोनाले चुँडेकाहरु

    निजी रेडियोहरुको छाता संस्था ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष तथा इटहरीस्थित सप्तकोशी एफएमका सञ्चालक चन्द्रप्रसाद न्यौपानेले पनि कोरोना संक्रमणबाट ज्यान गुमाए । विराटनगरको बिराट मेडिकल कलेजमा उपचाररत न्यौपानेको ५० वर्षको उमेरमा गत जेठ १४ गते मृत्यु भएको हो । उनी सरकारद्वारा गठित विज्ञापन बोर्डका सदस्य समेत थिए ।

    अन्नपुर्ण दैनिकमा कार्यरत दोलखाका पत्रकार रविन्द्र गौतमको गत जेठ १६ गते मृत्यु भयो । स्वास्थ्य अवस्था बिग्रिएपछि दोलखाबाट हेलिकोप्टरमा काठमाडौं ल्याएर उपचार गरिए पनि उनको ज्यान जोगिन सकेन ।

    डेढ दशकदेखि स्वतन्त्र पत्रकारिता गर्दै आएका पाचँथरका एकराज भण्डारीको १५ गते मृत्यु भयो । उनी पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष समेत थिए । झापाको विर्तासिटी अस्प्तालमा उनको मृत्यू भएको थियो ।

    विभिन्न पत्रिकामा साहित्यिक पत्रकारिता गर्दै आएका धनुषाका पत्रकार माधव आर्चायको गत ८ गते कोरोना संक्रमणका कारण मृत्यु भयो ।

    रेडियो नेपालमा कार्यरत खोटाङका कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण जेठ ७गते ५४ वर्षको उमेरमा मृत्यु भएको थियो ।

    रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोना संक्रमणका कारण ६० वर्षको उमेरमा गत जेठ ५ गते निधन भयो । उनी रेडियो लुम्बिनीमा कार्यरत थिए ।

    पत्रकारहरुको श्रम समस्या समाधान गर्नुका साथै कोभिड १९ को सतर्कताका लागि विभिन्न सामग्री वितरण गरिरहेको महासंघका महासचिव रोशन पुरीले बताए । पुरीका अनुसार पत्रकारहरुलाई ४५ हजारभन्दा बढी मास्क, स्यानिटाइजर वितरण गरिएको छ भने केन्द्रिय कार्यालयमा ५ बेडको अक्सिजनसहितको बेडहरु तयार गरिएको छ ।

    दाङका ३२ वर्षीय पत्रकार लक्ष्मण बस्नेतको जेठ ५ गते निधन भयो । दाङको रेडियो हापुरेमा स्टेसन मेनेजरका रुपमा काम गरेका बस्नेत पछिल्लो समय सोही रेडियोको सञ्चालक समिति सदस्य थिए ।

    जनता टाइम्स अनलाइनका सम्पादक तथा सौर्य दैनिकका सहसम्पादक शान्तिराम कार्कीको गत जेठ २ गते मृत्यु भयो । उनी नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठानका अध्यक्षसमेत थिए । ३४ वर्षिय कार्कीको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

    कास्कीका पत्रकार गणेश पौडेलको बैशाख ३० गते कोरोना संक्रमणका कारण ज्यान गुमाए । उनी गण्डकी टेलिभिजनमा निर्देशकको रुपमा कार्यरत थिए ।

    रौतहटको रेड टेलिभजनकी अध्यक्ष रमादेवी यादबको २९ वर्षको उमेरमा कोरोना संक्रमणका कारण मृत्यु भयो । उनको जिल्ला अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो ।

    नागरिक दैनिकमा कार्यरत मुगुका सुमन मल्लको बैशाख ३० गते मृत्यु भयो । ४२ वर्षका उनी मधुमेह र उच्च रक्तचापका कारण दुई वर्षदेखि थलिएका थिए । आर्थिक अभावका कारण राम्रो उपचार नपाएर मृत्यू भएको परिवारले बताएका छन् ।

    रौटहटको मधेश एफएमका स्टेशन म्यानेजर तथा ‘जनकपूर टुडे’का सम्वाददाता मनोज चौधरीको उपचारको क्रममा बैशाख २९ गते मृत्यु भयो । उनको १२ दिनअघि कोरोना पुष्टि भएको थियो ।

    सि पोष्ट न्युज डट कमका सम्पादक तथा प्रकाशक दिनेश दाहालको वैशाख २५ गते कोरोना संक्रमणका कारण ज्यान गयो ।

    यसअघि पहिलो पनि ६ जना पत्रकार तथा पूर्वपत्रकारले ज्यान गुमाएका थिए । त्यसबेला कोरोना संक्रमणबाट मृत्यू हुनेहरुको नाम आधिकारिकरुपमा खुलाइएको थिएन । त्यसैले पहिलो लहरमा ज्यान गुमाउनेहरुको नाम अहिले पनि महासंघले सार्वजनिक गरेको छैन ।

    राहतबारे छलफलमा मन्त्रालय

    मृत्यू भएका पत्रकारका परिवारले केही संघ-संस्थाबाट सानोतिनो सहयोग पाए पनि अन्य उल्लेख्य राहत तथा क्षतिपूर्ति प्राप्त भएको छैन । प्रदेश २ सरकारले भने आफ्नो प्रदेशका दुई पत्रकार रमादेवी र मनोजका परिवारलाई ५१ हजार रुपैयाँका दरले राहत प्रदान गरेको छ ।

    सूचना तथा सञ्चार मन्त्रालयले संक्रमण संक्रमणबाट मृत्यु भएकाहरुको परिवारलाई क्षतिपूर्ति दिने सम्वन्धमा कुनै निर्णय नभएको जनाएको छ । यद्यपि यो विषय छलफलमा रहेको मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले नेपाल प्रेसलाई बताए ।

    उनले भने, ‘राहतदेखि उपचार र क्षतिपूर्ति दिने भनेर भनेको छौ, तर निर्णय भएको छैन । थप केही गर्नुपर्ने भएकाले छलफल गरिहेको छ । मन्त्रालय सम्वेदनशील छ यस विषयमा ।’

    कतिले गुमाए रोजगारी ?

    सरकारले निषेधाज्ञाका बीच पनि सञ्चारगृह सञ्चालनको अनुमति दिएको छ । सूचना विभागको प्रेस पासका देखाएर पत्रकारहरुले सवारीसाधन प्रयोग गर्न पाउँछन् ।

    यद्यपि, धेरै सञ्चार गृहहरुले न्यून संख्यामा कर्मचारी कार्यालय राखेर अरुलाई ‘वर्क फ्रम होम’ को अभ्यास गरिरहेका छन् । अघिल्लो लकडाउनमा ठूलो संख्यामा पत्रकारलाई सम्वन्धित सञ्चारगृहले बेतलबी बिदामा राखेका थिए भने कतिपयलाई दीर्घकालीन रुपमै जागिरबाट निकालेका थिए । धेरै सञ्चारगृहले पत्रकार-कर्मचारीको तलब कटौति पनि गरेका थिए । यसपाली पनि निषेधाज्ञा लम्बिँदै गयो भने फेरि त्यही अवस्था आउने चिन्ता पत्रकारहरुमा छ ।

    महासंघले पछिल्लो एक वर्षमा कोरोनाले सञ्चार माध्यममा परेको प्रभावको बारेमा अध्ययन गरेको थियो । २०७७ वैशाख २२ देखि ०७८ वैसाख १४ सम्म अध्ययन गरेर तयार गरिएको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी वार्षिक प्रतिवेदन’ महासंघले सार्वजनिक गरिसकेको छ ।

    महासंघले गरेको सर्वेक्षणअनुसार कोरोनाको पहिलो छालमा ५ सय १७ जना पत्रकारले रोजगारी गुमाएका थिए । दोस्रो छाल आएसँगै अहिलेसम्म ५० जनाजति पत्रकारको रोजगारीमा समस्या आएको महासंघले जनाएको छ ।

    महामारीको प्रभावका कारण एक वर्षमा करिब ४% पत्रकारले आफ्नो जागिर गुमाएको तथा ६% पत्रकारहरु बेतलबी विदामा बस्न वाध्य हुनु परेको महासंघको पतिवेदनमा उल्लेख छ । यस्तै, ९% पत्रकारको तलब कटौती भएको, २०% पत्रकारहरुले नियमित तलब पाउन नसकेको अध्ययनले देखाएको छ ।

    महामारीका कारण ४०% भन्दा बढी पत्रकारहरुको आम्दानीमा प्रत्यक्ष प्रभाव परेको छ । यस्तै, ७०% भन्दा बढी पत्रकारले समाचार संकलन र सम्प्रेषणमा असहजता महसुस गरेका छन् । अघिल्लो लकडाउनमा आफ्नो रोजगारी गुमाएको र तलब नपाएको भनेर दर्जनौं पत्रकारले महासंघमा उजुरी गरेका थिए ।

    दुई सय सञ्चारमाध्यम बन्द

    महामारीका कारण धेरै सञ्चारमाध्यमले आर्थिक संकटको सामना गरिरहेका छन् । लकडाउन÷निषेधाज्ञामा व्यवसायीक गतिविधि ठप्प हुने भएकाले सञ्चारमाध्यममा विज्ञापन सुक्ने गर्छ । त्यसैले कतिपय सञ्चारमाध्यम पत्रकार–कर्मचारीलाई तलव खुवाउन पनि धौधौ पर्ने अवस्थामा छन् ।

    नाम चलेका सञ्चारमाध्यममा पनि विज्ञापन खडेरी लागेको महासंघको सर्वेक्षणले देखाएको छ । प्रतिवेदनअनुसार महामारी र लकडाउनका कारण एक वर्षमा देशभर करिब २०० सञ्चारमाध्यम बन्द भएका छन् । बन्द हुनेमा अधिकांश छापा माध्यम रहेको महासंघले जनाएको छ ।

    कोभिडको दोस्रो लहरले पनि सञ्चारगृह र सञ्चारमाध्यमहरु प्रभावित बनिरहेका छन् । यद्यपि, अघिल्लो वर्षको जस्तो समस्या देखिइसकेको छैन ।

    हालै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटले पत्रकार तथा सञ्चारगृहहरुका लागि विभिन्न छुट तथा सहुलियतको व्यवस्था गरेको छ । श्रमजिवी पत्रकारको लागि ७ लाखसम्मको दुर्घटना बीमा गरी बीमा प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइने भनिएको छ । साथै, आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महांघको सदस्य रहेका पत्रकारलाई पे्रस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था मिलाइने भनिएको छ ।

    कोभिड १९ बाट प्रभावित भई रोजगारी गुमाएका पत्रकारलाई लेखनवृत्ति र सञ्चार गृहलाई पुनःकर्जा तथा व्यवसायिक निरन्तरता कर्जा सुविधा दिइने बजेटमा उल्लेख छ । सरकारले सञ्चार प्रतिष्ठानलाई लोककल्याणकारी विज्ञापन वापत उपलब्ध गराउने रकमको १० प्रतिशत पत्रकार कल्याणकारी कोषमा जम्मा गर्ने व्यवस्थालाई शीघ्र कार्यान्वयन गरिने भनिएको छ ।

    यस वर्ष सञ्चारगृहहरु स्वत नविकरण हुनुपर्ने माग बजेटमा सम्वोधन भएको छ । २०७८÷७९ मा तिर्नुपर्ने इजाजत तथा नविकरण दस्तुर पुरै छुट दिइ स्वतः नवीकरण हुने व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ । यस्तै, सञ्चारगृहको करयोग्य आयमा १ प्रतिशत मात्रै आयकर लाग्ने तथा नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्याइएको छ ।

    मिडिया हाउस धरासायी छन् : मिडिया अलाइन्स

    कोभिडको कारण विज्ञापनमा ह्रास आएसँगै मिडिया हाउसहरु समस्यामा रहेको मिडिया एलाइन्सका अध्यक्ष भास्करराज राजकर्णिकारले बताए ।

    उनले भने, ‘सञ्चारका अधिकांश सञ्चारमाध्यमहरु विज्ञापनबाट चलेका छन् । अहिले विज्ञापनको कारोबार ५० प्रतिशतभन्दा तल छ । त्यसले गर्दा मिडिया हाउस नै धरापमा परिरहेको अवस्था छ ।’

    प्रकासन र प्रशारण भएका विज्ञापनबाट आउनुपर्ने रकम पनि बन्दको कारण उठाउन नसकिरहेकोले पत्रकार/कर्मचारीलाई तलव खुवाउन समेत कठिन अवस्था रहेको उनले बताए । आगामी आर्थिक वर्षको बजेटमा मिडिया हाउसहरुको केही माग सम्बोधन भए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ ।

    उनले भने, ‘बजेटमा माग सम्बोधन नभएको होइन । तर पुर्ण सन्तुष्ट हुने अवस्था पनि छैन । घोषणा भएका कुराहरु पनि व्यवहारिक रुपमालागू हुने सम्भावना न्यून छ ।’

    एक वर्ष अगाडिको बजेटमा समेटिएका विषयहरु अहिलेसम्म सम्वोधन नभएको उनले गुनासो गरे । ‘योभन्दा अगाडि आएको व्यवसायिक ऋण पनि कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘अहिलेको पनि कार्यान्वयन हुन्छ भन्ने अवस्था छैन ।’

    महासंघ र काउन्सिलको पहल

    नेपाल पत्रकार महासंघले कोभिड १९ को प्रभावबाट सञ्चारगृहमा पत्रकारहरुले भोगिरहेका समस्या समाधानमा पहल गरिरहेको जनाएको छ । अहिलेसम्म ३० जना पत्रकारहरुका श्रम समस्या महासंघको नयाँ कार्यसमितिले समाधान गरेको छ ।

    पत्रकारहरुको श्रम समस्या समाधान गर्नुका साथै कोभिड १९ को सतर्कताका लागि विभिन्न सामग्री वितरण गरिरहेको महासंघका महासचिव रोशन पुरीले बताए । पुरीका अनुसार पत्रकारहरुलाई ४५ हजारभन्दा बढी मास्क, स्यानिटाइजर वितरण गरिएको छ भने केन्द्रिय कार्यालयमा ५ बेडको अक्सिजनसहितको बेडहरु तयार गरिएको छ ।

    उपचारको क्रममा आर्थिक संकट बेहोरेका झण्डै ३० जना पत्रकारहरूलाई सहयोग गरिएको पुरी बताउँछन् । उनले भने, ‘संक्रमित पत्रकारको उपचारको लागि आईसीयू, भेन्टिलेटर, अक्सिजन खोज्न पनि पहल गरिरहेका छौं ।’

    पत्रकारहरुको श्रम सम्झौतासँग जोडिएका कुरामा सरकारसँग पनि लिखित रूपमा आग्रह गरेको उनी बताउँछन् । त्यसकै परिणामस्वरुप सय जना पत्रकारहरुलाई लेखन वृत्तिको तालिम दिने विषय बजेटमा सम्बोधनभएको उनको दाबी छ । महासंघले कोभिडबाट मृत्यु भएका अािर्थक हिसाबले अत्यन्तै नाजुक अवस्था भएका पत्रकारहरुलाई थोरै आर्थिक सहयोग गर्न थालेको छ ।

    नेपाल प्रेस काउन्सिलले महामारीको बीचमा रोजगारी गुमाएका, कोरोना संक्रमण भएर उपचार गराइरहेका पत्रकार तथा मृत्यु भएका पत्रकारका परिवारलाई आर्थिक अवस्था हेरेर सहयोग गर्ने निर्णय गरेको छ । संक्रमित पत्रकारको स्थिति हेरी सहयोग उपलब्ध गराउन थालेको प्रेस काउन्सिलका प्रशासकीय अधिकृत झविन्द्र भुसालले नेपाल प्रेसलाई बताए ।

    उनले भने, ‘कसैलाई तत्कालै सानो भए पनि सहयोग गर्न सकिन्छ कि भनेर हामीले आर्थिक अवस्था कमजोर भएका, उपचार भइरहेका तथा मृत्यु भइसकेका परिवारलाई राहत दिन सुरु गरेका छौ ।’ यसअघि काउन्सिलले महामारीलक्षित गरी रकम नछुट्याएकाले अहिले समस्या भएको उनी बताउँछन् ।

    ‘आइसीयू र भेन्टिलेटरमा भएका ६ जनालाई र ३ जना मृत्यु भइसकेका पत्रकारहरुलाई प्रतिव्यक्ति २५ हजार दिएका छौ । धेरै पत्रकारहरु संक्रमित भएकाले ठूलो रकम आवश्यक पर्ने अवस्था छ । सहयोगका लागि सरकार र सम्बन्धित निकायमा पहल गरिरहेका छा्रैं,’ उनले भने ।

    पत्रकारको अनुभव

    पहिलोपटक नेपालमा कोरोना भाइरस देखिँदा आमजनतादेखि हरेक क्षेत्रमा कार्यरत व्यक्तिमा त्रास देखिएको थियो । त्यसबेला धेरै सञ्चारगृहहरुले केही समय कार्यालय बन्द गरेर वर्क फ्रम होमको अभ्यास गरे ।

    अहिले भने पहिलेको जस्तो त्राश छैन । कोरोना महामारी उत्कर्षमा पुग्दा पनि धेरै सञ्चारकर्मीहरु फिल्डमा खटिएका छन् । केही पत्रकार चाहिँ घरबाटै काम गरिरहेका छन् ।

    रातोपाटी अनलाइनका पत्रकार शम्भु दंगाल रातोपाटी निषेधाज्ञा जारी भएपछि आफूले स्थलगतरुपमा र घरमै बसेर रिर्पोटिङ गर्दै आईरहेको बताउँछन् । उनलाई स्थलगत रिपोर्टिङका क्रममा कोरोना संक्रमणसमेत भएको थियो ।

    ‘संक्रमण निको भएपछि कहिले फिल्डमा जाने त कहिले घरबाटै काम गरिरहेको छु,’ उनले भने ।

    नारी मासिककी उपसम्पादक प्रकृति दाहाल अहिले घरबाटै काम गरिरहेको बताउँछिन् । मासिक पत्रिकामा अनलाइनजस्तो तुरुन्तै समाचार अपडेट गर्नुपर्ने नभएकाले घरबाटै काम गर्न सम्भव भएको उनको भनाइ छ । यद्यपि, घरबाट सूचना संकलन गर्ने कार्य त्यति सहज भने नहुने अनुभव उनले सुनाइन् ।

    ‘गत वर्ष आफैंलाई संक्रमण भएकाले यसपाली बढी सतर्क छु,’ उनले भनिन्, ‘बाहिर निस्कन परेमा मास्क, सेनिटाइजरजस्ता सुरक्षाका मापदण्ड पालना गर्ने गर्दछु ।’

  • साउन १ गतेदेखि सरकारी स्वास्थ्य संस्थामा पत्रकारको नि:शुल्क उपचार हुने

    साउन १ गतेदेखि सरकारी स्वास्थ्य संस्थामा पत्रकारको नि:शुल्क उपचार हुने

    काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रको आधारमा नि:शुल्क उपचार सुविधा दिने भएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणमार्फत साउन १ गतेदेखि यो सुविधा उपलब्ध हुने जानकारी दिए ।

    ‘आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचय पत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा नि:शुल्क उपचार गर्ने व्यवस्था मिलाएको छु,’ मन्त्री पौडेलले भने, ‘सञ्चारकर्मीको पेसागत दक्षता अभिवृद्धि तथा व्यावसायिकता विकास गर्न आगामी आर्थिक वर्षभित्र आम सञ्चार प्रतिष्ठान स्थापना गरिनेछ ।’

  • मिडिया हेल्प फाउण्डेसनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    मिडिया हेल्प फाउण्डेसनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

    काठमाडौं । कोरोना कहरका बीच नियमित समाचार संप्रेषणमा खटिएका पत्रकारहरूलाई मिडिया हेल्प फाउण्डेसनले अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने भएको छ ।

    फाउण्डेसनले पहिलो चरणमा नियमित रिपोर्टिङमा खटिने पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागेको हो ।

    फाउण्डेसनलाई युवा उद्यमी एवं समाजसेवी मनोज आचार्यले अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका छन् । बुधबार आचार्यले १ हजार थान एन ९५ मास्क र २० लिटर स्यानिटाइजर फाउण्डेसनका संयोजक नकुल अर्याललाई हस्तान्तरण गरेका हुन् । कोरोनाको कहरका बावजुद जनतालाई सही सूचना संप्रेषण गर्न खटिएका पत्रकारहरुलाई प्रोत्साहन गर्न आफूले सहयोग गरेको आचार्यले बताए ।

    ‘फिल्डमा खटिने पत्रकारलाई मास्क र स्यानिटाइजरजस्ता अत्यावश्यक सामाग्री अभाव नहोस् र जनताले कोरोनाबारे सन्तुलित समाचार पाउन्’, सामाग्री हस्तान्तरण गर्दै आचार्यले भने । आचार्यको अगुवाइमा सर्लाहीको ईश्वरपुरमा आइसोलेशन सेन्टर सञ्चालनमा आएको छ भने फुड ब्यांक र स्वास्थ्य सामाग्री वितरण अभियान जारी छ ।

    मिडिया हेल्प फाउडेसनका संयोजक अर्यालले पहिलो चरणमा समाचार संकलनमा खटिने २ सय ५० पत्रकारलाई मास्क, स्यानिटाइजर, फेस शिल्ड र ग्लोभ्स वितरण गर्ने जनाए ।

    यसैबीच, अमेरिकामा बस्दै आएका युवा अभियन्ता नवराज सुवेदीले मिडिया हेल्प फाउण्डेसनलाई १५ हजार रूपैयाँ सहयोग गरेका छन् । पत्रकारहरूलाई अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद र वितरणका लागि सुवेदीले सो रकम उपलब्ध गराएका हुन् । सुवेदी एनआरएन अमेरिकाको महासचिव पदको प्रत्याशी छन् ।

  • रुपन्देहीका अग्रज पत्रकार चौधरीको कोरोना संक्रमणबाट निधन

    रुपन्देहीका अग्रज पत्रकार चौधरीको कोरोना संक्रमणबाट निधन

    रूपन्देही । कोरोना संक्रमणबाट रूपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ ।

    दुई साताअघि संक्रमणमा परेका चौधरीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान ३ बजे मृत्यु भएको हो । पत्रकार महासंघको निवर्तमान कार्यसमितिको सदस्य रहेका उनी रेडियो लुम्बिनीमा कार्यरत रहेका थिए ।

    तिलोतमा ५ मणिग्राम निवासी ६१ वर्षीय चौधरी दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए । चौधरीका ४ छोरी, २ छोरा र श्रीमती छन् ।

  • कोरोना संक्रमित पत्रकारको मृत्यु

    कोरोना संक्रमित पत्रकारको मृत्यु

    दाङ । दाङमा एकजना कोरोना संक्रमित पत्रकारको मृत्यु भएको छ ।

    रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेतको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेलले बताए ।

    ६ दिनअघि संक्रमण पुष्टि भएका बस्नेतको निमोनिया भएपछि स्वास्थ्य जटिल बनेको थियो ।

  • महामारीको बहाना बनाएर पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी

    महामारीको बहाना बनाएर पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी

    काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न नीजि सञ्चार गृहहरुलाई चेतावनी दिएको छ ।कोरोना महामारीको दोस्रो लहरमा पनि नीजि सञ्चार गृहहरुले श्रमजिवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि बहानामा पत्रकारलाई रोजगारी नखोस्न चेतावनी दिएको हो ।

    नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गरे । उनले कोभिड १९ को पहिलो लहरमा जस्तौ दोश्रो लहरमा पनि पत्रकारहरुलाई निष्कासन गर्न सुरु गरिएको र निष्कासित भएका पत्रकारहरुको निम्ति महासंघले कानुनी लडाइँ लड्नुको साथै दबाबमुलक काम गरिरहेको बताए ।

    उनले भने,‘सञ्चार माध्यमबाट पत्रकार निकालिन थालेका छन् । हामीले ९ जनाको पुर्ननियुक्ति गरी समस्या समाधान गरेको दोस्रो लहर शुरु भइसकेपछि । कानुनी लडाइँ र अन्य हिसाबले दबाबमुलक कामपनि पत्रकार महासंघले गरिरहेको छ । अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, विभिन्न विभागहरुलाई भेटेर विस्थापित भएकालाई पुर्नस्थापित गर्ने, पेशामा रहेकालाई पेशामा सुनिश्चितता गर्न मन्त्रालयमार्फत दबाब दिएका छौँ ।’

    महासचिव पुरीले ऐन बनाउने र कार्यान्वयन नगर्ने बिडम्बनाबाट सरकार माथि उठ्नुपर्ने आवश्यकता औल्याए । महासंघले महामारीको समयमा पत्रकारहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्टलाइनरको परिभाषाभित्र पत्रकारहरुलाई पनि समेटेर त्यही प्रकारको सेवा सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

    महासचिव पुरीले भने, ‘सरकारलाई बारम्बार आग्रह गरेका छौँ । फ्रन्टलाइनरको जुनखालको परिभाषा छ । त्यसभित्र स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र पत्रकार लगायत सरसफाईकर्मीहरुलाई एकै ठाउँमा राखेर सेवा सुविधाको व्यवस्थापन र त्यही खालको समतामुलक व्यवहार गर्नुपर्छ भन्ने आग्रह गरेका छौँ ।’

    महासंघका अनुसार, जेठ २ गते सम्म मुलुकभर गरि करिब ८ सय जना पत्रकार कोरोना संक्रमित भएका छन् । २५० भन्दा बढी सक्रिय संक्रमित छन् । ४० जना अस्पतालमा उपचार गराईरहेका छन् । ६ जनाको आइसियु र भेन्टीलेटरमा उपचार भईरहेको छ भने संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाएका छन् ।

  • पोखराका पत्रकार गणेश पौडेलको कोरोना संक्रमणबाट निधन

    पोखराका पत्रकार गणेश पौडेलको कोरोना संक्रमणबाट निधन

    पोखरा । पोखराका पत्रकार गणेश पौडेलको कोरोनाका कारण निधन भएको छ ।

    गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको पोखरा ३३ का कार्यवाहक वडाध्यक्ष दीपक लामिछानेले पुष्टि गरे ।

    ४२ वर्षीय पौडेलमा २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिडका कारण स्वास्थ्यमा समस्या आएपछि उनी ९ दिनदेखि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए ।

  • पत्रकारका लागि अक्सिजनसहित नौ शय्याको कोभिड होल्डिङ सेन्टर

    पत्रकारका लागि अक्सिजनसहित नौ शय्याको कोभिड होल्डिङ सेन्टर

    काठमाडौं । नेपाल पत्रकार महासंघले कोभिड १९ को जोखिममा रहेका पत्रकारहरुका लागि होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ ।

    महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा रहेको अतिथिगृहलाई अक्सिजनसहितको होल्डिङ सेन्टरमा रुपान्तरण गरिएको अध्यक्ष विपुल पोखरेलले जानकारी दिए ।

    कोभिड संक्रमण पुष्टी भएर अस्पतालमा बेड नपाएका वा जोखिममा रहेका पत्रकारहरुलाई होल्डिङ सेन्टरको सुविधा उपलब्ध गराइने अध्यक्ष पोखरेलले बताए ।

    ‘फ्रन्टलाइनमा खटिएका पत्रकारलाई कोरोना संक्रमण भएमा वा जोखिममा रहेमा उपचारका लागि विशेष व्यवस्था नहुँदासम्मको लागि नौ शैयाको होल्डिङ सेन्टर सञ्चालनमा ल्याएका छौं’, पोखरेलले भने ।

    महासंघले होल्डिङ सेन्टरमा ज्वरो र अक्सिजन मापन गर्नेसहितको प्रबन्ध रहेको छ । होल्डिङ सेन्टरमा रहने पत्रकारका लागि स्वस्थ खानेपानी र खानाको समेत व्यवस्था गरिएको छ ।

    होल्डिङ सेन्टर स्थापनाका लागि महासंघलाई म्याक्सिम इन्टरनेशनल ट्रेडिङ, हाम्रो टिम लगायतका संस्थाले सहयोग गरेका हुन् ।

  • कोरोना संक्रमित पत्रकारका लागि अक्सिजनसहितको आइसोलेसन

    कोरोना संक्रमित पत्रकारका लागि अक्सिजनसहितको आइसोलेसन

    दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले कोरोना संक्रमित पत्रकारका लागि ६ बेडको आइसोलेसन स्थापना गरेको छ ।

    संक्रमितको संख्या बढ्दै जादाँ अस्पतालमा बेडको अभाव भएपछि महासंघले अक्सिजन सहितका ६ वटा बेड आफ्नै भवनमा राखेको छ ।

    कोरोना संक्रमित पत्रकारलाई उपचार गर्न बेड तयार गरिएको अध्यक्ष दुर्गालाल केसीले जानकारी दिएका छन् । दाङमा हाल दस जना पत्रकारलाई कोरोना संक्रमन भएको छ । उनीहरू सबै होम आइसाेलेसनमा छन् ।

    पत्रकार महासंघले बेड सहित स्वास्थ्यकर्मीको पनि व्यवस्था गरेको छ । अध्यक्ष केसीका अनुसार घोराही उपमहानगरपालिकाले स्वास्थ्यकर्मी उपलब्ध गराउने सहमति भएको छ ।

  • केही समस्या भए सम्पर्क गर्न पत्रकार महासंघका अध्यक्षको अनुरोध (भिडियो)

    केही समस्या भए सम्पर्क गर्न पत्रकार महासंघका अध्यक्षको अनुरोध (भिडियो)

    काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोरोना महामारीका बेला आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पत्रकारहरूसँग अनुरोध गरेका छन् ।

    उनले महामारीको बेला कार्यस्थलमा खटिने पत्रकारहरूलाई कुनै पनि किसिमका समस्या भए महासंघको सम्पर्कमा आउन भनेका छन् । कोरोनाको कारण देखाएर कुनै पनि श्रमजिवि पत्रकारलाई कामबाट निकाल्ने, पारिश्रमिकलगायत सेवा सुविधा नदिने जस्ता काम नगर्न सञ्चारगृहलाई आग्रह गरे ।

    ‘फ्रन्टलाईनमा रहेर काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधा समयमै उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्न सञ्चार गृहहरूलाई आग्रह गर्दछु’, पोखरेलले भने, ‘संक्रमित पत्रकारका लागि उपचार गराउन निश्चित अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गर्दछु ।’

    जोखिमको समयमा काम गरिरहेका पत्रकारहरुलाई कामबाट निकालिने, विस्थापित हुनुपर्ने अवस्था दोहोरिन नदिन महासंघले काम गरिरहेको उनको भनाइ छ । समस्यामा परेका पत्रकारहरूको लागि तत्काल गर्नुपर्ने काम र दीगो व्यवस्थापनको क्षेत्रमा समिति नै बनाएर काम थालेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

  • पत्रकारलाई मिडिया हाउसकै परिचयपत्रले आवतजावत गर्न दिइने

    पत्रकारलाई मिडिया हाउसकै परिचयपत्रले आवतजावत गर्न दिइने

    काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकामा लागू निषेधाज्ञामा सञ्चार प्रतिष्ठानबाट जारी परिचयपत्रका आधारमा समेत सञ्चारकर्मी र कर्मचारीलाई आवतजावत गर्न दिइने भएको छ ।

    काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर, भीडभाड नहुने गरी समाचार संकलन गर्न समेत पत्रकारहरूलाई आग्रह गरेको छ । सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार एवं कर्मचारीलाई सम्बन्धित सञ्चारगृहको परिचयपत्रका आधारमा आवागमन गर्न पाउने व्यवस्था मिलाइएको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए ।

    यसअघि सूचना विभागद्वारा जारी गरिएको प्रेस पास अनिवार्य भनिएकोमा अब सञ्चारगृहकै परिचयपत्रका आधारमा सञ्चारकर्मीले समाचार संकलन र कार्यालय आवतजावत गर्न पाउनेछन् ।

  • समाचार पढ्दा र अन्तर्वार्ता गर्दा मास्क लगाउन पत्रकारलाई सरकारको आग्रह

    समाचार पढ्दा र अन्तर्वार्ता गर्दा मास्क लगाउन पत्रकारलाई सरकारको आग्रह

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मास्क नलगाउने व्यक्तिको समाचार प्रकाशन प्रसारण नगर्न पत्रकारहरुलाई आग्रह गरेको छ ।

    मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै अबका दिनहरुमा संचारमाध्यमहरु झन् बढी संवेदनशील हुँदै खबरदारी गर्नपर्ने अवस्था आएको भन्दै मास्क नलगाउने व्यक्तिको समाचार सूचनाहरुलाई निरुत्साहित गर्न र प्रकाशन प्रसारण नगर्न आग्रह गरेको छ ।

    साथै मन्त्रालयले सञ्चार माध्यममा समाचार पढ्दा, अन्तरवार्ता लिँदा वा समाचार बनाउँदा मास्कको प्रयोग गर्न पत्रकारहरुलाई अनुरोध समेत गरेको छ ।

    जारी विज्ञप्तिमा भनिएको छ,‘समय आमसञ्चारमा समाचार पढ्दा, अन्तरवार्ता लिंदा वा कुनै पनि कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्कको प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न बन्द गर्न, प्रकाशन प्रशारण नगरिदिनुहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’

    मन्त्रालयले कोभिड १९ को महामारीसंग जुद्न लागि सन्चारकर्मी तथा सञ्चार माध्यमहरुले देखाइरहेको सक्रियता र समन्वयमा सन्देशहरु प्रवाह प्रति आभार प्रकट गरेको छ ।

  • कोरोनाको कारण दाङका पत्रकार अधिकारीको मृत्यु

    कोरोनाको कारण दाङका पत्रकार अधिकारीको मृत्यु

    दाङ । घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ ।

    घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय पत्रकार अधिकारीको मंगलवार राति काठमान्डौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

    अधिकारी चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा घोराहीस्थित नेपाल पत्रकार महासंघमा भएको निर्वाचनमा मतदान गरेका थिए ।

    चैत २६ गते पीसीआर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    स्वास्थ्य अवस्थामा बिग्रदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकोप्टर चार्टर गरी थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

    उनको उपचारका क्रममा मंगलवार राति काठमाडौंमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । पत्रकार अधिकारीले गोरक्ष राष्ट्रिय दैनिकमा चार बर्ष ब्यवस्थापकका साथै समाचार लेख्ने काम गरेका थिए । उनी एक निडर र निर्भिक पत्रकारका थिए ।

    जो बिगतका कठिन परिस्थितिका बाबजुद समाचार सम्प्रेशनका लागि एक्लै साईकलबाट लमही पुगेका थिए ।

    २०६२ साल फागुन २६ गते सुरक्षाकर्मीको गोली लागेर घोराहीमा उमेशचन्द्रको थापाले साहादत प्राप्त गरेपछि र ज्यूँदा शहिद कृष्ण गिरीमाथि गोली लागेको खवर सम्प्रेशसनका लागि एटलस साईकल चढेर अधिकारी एक्लै लमही पुगेका व्यक्ति हुन ।

    त्यो कामका लागि अधिकारीलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र महासंघ दाङ शाखाका पूर्व अध्यक्ष सुदिप गौतमले समाचार लेखेर काठमाडौंमा फ्याक्स गर्नका लागि पठाएका थिए । तत्कालिन समयमा कर्फयू लगाइएको थियो ।

    सेनाले यातायात ठप्प पारेको थियो । तुलसीपुर र घोराहीमा टेलिफोनहरु काटेको थियो । त्यही भएर उनी समाचार फ्याक्स गर्नका लागि २४ किलो मिटर टाढा साईकल चलाएर पुगेका थिए ।

    अधिकारी परिवारका एक्ला छोरा हुन । उनका श्रीमती एक छोरा र छोरी छन् ।

  • अन्नपूर्णका २८ पत्रकारले दिए सामूहिक राजीनामा, श्रम ऐन अनुसार सुविधा माग

    अन्नपूर्णका २८ पत्रकारले दिए सामूहिक राजीनामा, श्रम ऐन अनुसार सुविधा माग

    काठमाडौं। अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत पत्रकारले सामूहिक राजीनामा दिएका छन्। व्यवस्थापनले पत्रिका बन्द गरी ‘डिजिटाइज’ गर्ने भन्दै राजीनामा मागेकाले काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् ।

    मंगलबार दिएको राजीनामा २८ जना पत्रकारको हस्ताक्षर छ । ‘दबाबपूर्ण अवकाश स्वरूप सामूहिक राजीनामा दिएको’ उल्लेख गरिएको राजीनामा पत्रमा श्रमजीवी पत्रकारसम्बन्धी ऐन अनुसार सेवा, सुविधा तथा न्यूनतम पारिश्रमिक दिनुपर्ने माग गरिएको छ।

    ‘कोरोनाकालदेखि काटिएको तलबको भुक्तानी गत दसैंतिहारमा प्राप्त गर्नुपर्ने एक महिनाको पारिश्रमिक बराबरको चाडपर्व भत्ता, श्रमिक कटौती गर्दा अमजीवी पत्रकारहरूलाई दिइनुपर्ने क्षतिपूर्ति, उपदान, सञ्‍चयकोष, उपचार खर्च, सञ्चित बिरामी बिदा र घर बिदाको रकमलगायत कानूनअनुसार प्रदान गर्नुपर्ने सम्पूर्ण सुविधासहित हिसाब-किताब गरी भुक्तानीको व्यवस्था मिलाइदिनु हुन अनुरोध गर्दछौं,’ राजीनामा पत्रमा भनिएको छ।

    २०७८ बैशाख ३ गतेदेखि लागू हुनेगरी दिइएको राजीनामामा बैशाख ३ पछि पनि प्राप्त गर्नुपर्ने सेवा सुविधा, रोकिएको तलब भत्ता, सञ्चयकोष तथा उपदान तोकिएको समयमा भुक्तानी नगरे उक्त समयावधिको तलब भत्ता नियमानुसार दिन माग गरिएको छ ।

  • पत्रकारले लगाए कोरोनाविरुद्धको खोप (तस्बिरसहित)

    पत्रकारले लगाए कोरोनाविरुद्धको खोप (तस्बिरसहित)

    काठमाडौं । सरकारले कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत सोमबारदेखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ ।

    कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत सोमबारदेखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरिएको हो ।

    काठमाडौँमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाईएको छ । कोभिड १९ विरुद्धको खोप लगाएपछि पत्रकारहरुले खुशी व्यक्त गरेका छन् ।

    फ्रन्टलाईनमा काम गर्ने पत्रकारहरुलाई सरकारले खोप उपलब्ध गराउनु सकारात्मक भन्दै यसलाई बिरोधको रुपमा नलिई सबै पत्रकारले खोप लगाउनुपर्ने बताएका छन् ।

    पत्रकारहरुल फ्रन्टलाइनमा काम गर्ने अन्य पेशा तथा वृद्धवृद्धा उमेर समुहका व्यक्तिहरुलाई पनि छिटोभन्दा छिटो कोभिड १९ विरुद्धको खोप दिन सरकारलाई आग्रह गरेका छन् ।

  • पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई आजदेखि खोप

    पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई आजदेखि खोप

    काठमाडौं । सोमबारदेखि सरकारले दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप अभियान शुरू गर्ने भएको छ । दोस्रो चरणमा पत्रकार, दुतावास, युएन एजेन्सीका कर्मचारीलाई प्राथमिकतामा राखेर खोप लगाइने भएको छ ।

    संचारमन्त्री पार्वत गुरुङले बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा पत्रकारलाई खोप लगाउने व्यवस्था गरिएको जनाएका छन् । सरकारले १३ हजारभन्दा बढी पत्रकारलाई खोप लगाउने तयारी गरेको छ ।

    सूचना विभागको प्रेसपासको आधारमा सरकारले खोप लगाउने पत्रकारको विवरण तयार पारेको हो । राजधानीमा आइतबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले पत्रकारलाई लगाउने खोपको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरिने बताए ।

    मन्त्री गुरुङले कोरोना प्रभावित पत्रकारका लागि राहतको व्यवस्था गर्न सरकारले तयारी गरिरहेको समेत बताए । शनिबार सकिएको खोप अभियानको पहिलो चरणमा स्वास्थ्यकर्मीले खोप लगाएका थिए । पहिलो चरणमा १ लाख ८१ हजार ८५७ जनाले खोप लगाए ।

    सिभिल अस्पतालमा पत्रकार र पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने भएको छ । शिक्षण अस्पताल र शहीद गंगालाल अस्पतालमा कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिइने भएको छ । शुक्रबारसम्म दोस्रो चरणको खोप लगाइसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • नेकपानिकट पत्रकार पनि विभाजित, दुवै पक्षले बोलाए अलग-अलग भेला

    नेकपानिकट पत्रकार पनि विभाजित, दुवै पक्षले बोलाए अलग-अलग भेला

    काठमाडौं । नेकपा विभाजनसँगै त्यस पार्टीसँग नजिक रहेका पत्रकारहरु पनि औपचारिक रुपमा विभाजित भएका छन् । नेकपासम्बद्ध प्रेस संगठनका अलग-अलग भेला आयोजनासँगै पत्रकारहरुको विभाजन भएको हो ।

    प्रचण्ड-माधव नेपाल पक्षधर पत्रकारहरुको भेला आज काठमाडौंको प्रज्ञा भवनमा भइरहेको छ । भेलालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने संगठनका नेता राजेश राईले बताए ।

    भेलाअघि प्रचण्ड-माधव पक्षधर पत्रकारहरुको र्‍याली भृकुटीमण्डपबाट शुरु भएर प्रज्ञा भवन पुगेको थियो । भेलाका सहभागीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र प्रतिगामी भन्दै नारा लगाएका थिए ।

    भेलामा देशभरका संगठनका नेताहरु सहभागी भएका छन् । केपी ओली पक्षले पनि माघ ८ गते राष्ट्रिय भेला बोलाएको छ । संगठनका संयोजक महेश्वर दाहाल प्रचण्ड-माधव पक्षमा छन् भने सहसंयोजक गणेश बस्नेत ओली पक्षमा छन् ।

    प्रचण्ड-माधव पक्षका पत्रकारहरूको विरोध प्रदर्शनका तस्बिरहरू –