Tag: पञ्चपुरी कांग्रेस

  • पञ्चपुरी कांग्रेसमा उम्मेदवार छान्न मतदान: प्रदेश सहमहामन्त्रीले पाए तीन मत, नौजनाको शून्य

    पञ्चपुरी कांग्रेसमा उम्मेदवार छान्न मतदान: प्रदेश सहमहामन्त्रीले पाए तीन मत, नौजनाको शून्य

    सुर्खेत । नेपाली कांग्रेस पञ्चपुरीले नगरपालिकामा मेयरको उम्मेदवार छान्न मतदान गरेको छ । मतदानमा मेयरका दाबेदार कांग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री उपेन्द्र थापाले तीन मत मात्रै पाएका छन् ।

    १४ जना दाबेदारमध्ये कुल खसेको ५५ मतमा नगर सभापति कृपा थापाले ३४ मत पाएका छन् । त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर दुईका सचिव बलबहादुर बिष्टले ८ मत पाएका छन् भने दाबेदार याम बिसीले ७ मत पाए ।

    त्यस्तै कांग्रेसका कर्णाली प्रदेश सदस्य तथा वर्तमान उपमेयर मुक्तिदेवी रेग्मीले दुई मत मात्रै पाइन् भने इन्द्रबहादुर रावल, नरेन्द्र लामिछाने, रामप्रसाद तिमिल्सेना, लालवीर भण्डारी, पदमदेव गिरी, भीष्मराज हमाल, नेत्र शाही, गणेश कार्की, दीपबहादुर नेपालीले भने एक पनि पाएनन् ।

    उक्त नगरपालिकामा उपप्रमुखका लागि आठजनाले दाबी गरेका छन् । ज्ञानु कंडेल, जनक खराल, हजुरा शाही, चन्द्रा खनाल, सुनिता सिग्देल, थिमन शाही, पार्वती सापकोटा, चन्द्रा आलेले उपप्रमुखमा दाबी गरेका छन् ।