Tag: न्यूनतम साझा कार्यक्रम

  • यी हुन् सरकारका ११ प्राथमिकता, समेटिएन राजनीतिक संयन्त्र र एमसीसी

    यी हुन् सरकारका ११ प्राथमिकता, समेटिएन राजनीतिक संयन्त्र र एमसीसी

    काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरेर संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरू उपस्थित कार्यक्रममा कार्यदल संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रमको पूर्णपाठ वाचन गरेका थिए ।

    सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा मुख्य ११ प्राथमिकता तय गरिएको छ । तर, यसमा राजनीतिक संयन्त्र र अमेरिकी सहयोग परियोजना (एमसिसी) जस्ता विषय भने समेटिएनन् । सत्ता साझेदार मध्येकको एक घटक नेकपा (माओवादी केन्द्र) ले सरकार संचालनका लागि सहजीकरण गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने विषय उठाएको थियो ।

    यो विषयमा सरकारको नेतृत्व गरेको कांग्रेस औपचारिकरूपमा केही नबोले पनि सकरात्मक थिएन । कांग्रेस ने सहमत नभएपछि यो विषय न्यूनतम साझा कार्यक्रममा नसमेटिएको हुन सक्छ । त्यस्तै एमसीसी सम्झौताका विषयमा पनि यसमा केही उल्लेख गरिएको छैन । कालापानी र लिपुलेकको विषय उठाउँदा यो विषयमा भने गठबन्धन सरकार मौन बसेको छ । तर, यो सरकारको कार्यकालमा एमसिसी अनुमोदन गर्ने विषय टुंग्याउनु पर्नेछ ।

    यस्ता छन् संयुक्त सरकारका ११ प्राथमिकताहरूः

    १. संयुक्त सरकारको मुख्य प्राथमिकता कोभिड-१९को महामारीमा नागरिकको जीवन रक्षा गर्ने ।

    २. संविधानको सर्वोच्चता, कानूनी राज्य र सुशासनको प्रत्याभूति दिने ।

    ३. शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने ।

    ४. राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने ।

    ५. संघीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारहरूको सवलीकरणको लागि आवश्यक कानून तर्जुमा गर्ने र संसदमा विचाराधीन विधेयकहरू टुंगो लगाउने ।

    ६. सामाजिक-आर्थिक रूपान्तरणको आधार निर्माण गर्दै उच्च र समन्यायिक आर्थिक विकासमा जोड दिने ।

    ७. उत्पादनमुखी अर्थतन्त्रमा जोड, आपूर्ति व्यवस्थामा सुधार, महंगी नियन्त्रण तथा भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने ।

    ८. कोभिड-१९का कारण संकटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, व्यायामशाला, सिनेमा, तथा मनोरञ्जन उद्योगलगायतका क्षेत्रहरूको उत्थान तथा कोभिड- १९ बाट प्रभावित श्रमजीवी, विपन्न, बेराजगार आदिको राहतका लागि बिशेष आर्थिक प्याकेजको व्यवस्था गर्ने ।

    ९. बाढी, पहिरो, आगलागी तथा डुवान लगायतका विपत्ति परेका जनताको उद्धार, राहत तथा पुन:स्थापना गर्ने ।

    १०. राष्ट्रिय हितको रक्षा गर्न एवं जनताको समृद्धिका लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने ।

    ११. आपसी संवाद, सहमति र सहकार्यको संस्कृतिको विकास गर्दै राष्ट्रिय एकता सुदृढ गर्ने ।

  • न्यूनतम साझा कार्यक्रम : संविधानको भावनाअनुसार भूमिहीनलाई जग्गा उपलब्ध गराउने

    न्यूनतम साझा कार्यक्रम : संविधानको भावनाअनुसार भूमिहीनलाई जग्गा उपलब्ध गराउने

    काठमाडौं । सरकारले भूमिहीनहरूलाई जग्गा उपलब्ध गराउने विषय न्यूनतम साझा कार्यक्रममा समेटेको छ ।

    आज सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रममा ‘संविधानको भावनाअनुसार भूमिहीनहरुलाई भूमि उपलब्ध गराउने’ उल्लेख छ ।

    अघिल्लो सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग विघटन गरेपछि प्रतिपक्षी दल नेकपा एमालेले सरकारको आलोचना गर्दै आएको छ । न्यूनतम साझा कार्यक्रममार्फत सरकारले भूमिहीनलाई जग्गा दिन चाहेको स्पष्ट पारेको छ ।

    ‘संविधानको भावनाअनुसार भूमिहीनहरूलाई भूमि उपलब्ध गराउने । कृषि मजदुर, मुक्त कमैया, हलिया, बाँधा र भूमिहीन किसानको आर्थिक सामाजिक उत्थान र बसोबासको व्यवस्था गर्ने । भूमिको उत्पादन र उत्पादकत्व बढाउन वैज्ञानिक भूउपयोग नीति प्रभावकारीरूपमा लागू गर्ने’ न्यूनतम साझा कार्यक्रममा भनिएको छ ।

  • सरकारको न्यूनतम साझा कार्यक्रम: विवादित बुँदा हटाइयो, कालापानी र लिम्पियाधुरा थपियो (पूर्णपाठ)

    सरकारको न्यूनतम साझा कार्यक्रम: विवादित बुँदा हटाइयो, कालापानी र लिम्पियाधुरा थपियो (पूर्णपाठ)

    काठमाडौं । गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरेर संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरू उपस्थित कार्यक्रममा कार्यदल संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रमको पूर्णपाठ वाचन गरेका थिए । न्यूनतम साझा कार्यक्रमबाट केही विवादित विषय हटाइएको छ भने केही थपिएको छ।

    यसअघि सार्वजनिक भएको कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहत लैजाने उल्लेख थियो । त्यसको विरोध भएपछि त्यसलाई संशोधन गर्दै ‘प्रदेश र स्थानीय तहलाई संविधानबमोजिम अधिकार सम्पन्न बनाउन आवश्यक कार्य गर्ने’ उल्लेख गरिएको छ।

    त्यस्तै यसअघि ‘समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने’ मात्रै उल्लेख गरिएकोमा त्यसमा केही परिर्माजन गरी लिम्पियाधुरा र कालापानीको नाम उल्लेख गरिएको छ । गठबन्धनका शीर्ष नेताहरूले अन्तिमरूप दिएपछि सच्चिएको कार्यक्रममा भनिएको छ, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका छिमेकी मुलुकसँग समाधान हुन बाँकी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने ।’

    यसअघि राखिएको ‘राष्ट्रिय सुरक्षाको जिम्मा सुरक्षा फौजको मात्र नभइ सम्पूर्ण नागरिकको हो भत्रे मान्यतालाई स्थापित गर्ने’ भन्ने वाक्यांश पनि यसपटक हटाइएको छ । यसमा पनि गठबन्धनभित्रै विरोध भएको थियो । अहिले यो अंश नै हटाइएको छ ।

    त्यस्तै अघिल्लो सरकारका पालामा स्वास्थ्य सामाग्री खरिदमा भएको भनिएको अनियमितताबारे छानविन गर्ने विषय पनि थपिएको छ ।

  • सरकारको न्यूनतम कार्यक्रम : चैतसम्म सबैलाई खोप, संविधान संशोधनदेखि एयर एम्बुलेन्ससम्म (पूर्णपाठ)

    सरकारको न्यूनतम कार्यक्रम : चैतसम्म सबैलाई खोप, संविधान संशोधनदेखि एयर एम्बुलेन्ससम्म (पूर्णपाठ)

    काठमाडौं । सरकारले ११ बुँदे प्राथमिकता सहितको न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षको समर्थनमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारले कोभिड १९ को महामारीबाट उत्पन्न मानवीय संकटको समाधानलाई मुख्य प्राथमिकतामा राखेको छ ।

    सत्तारुढ गठबन्धनको कार्यदलद्वारा तयार पारिएको संयुक्त न्यूनतम साझा कार्यक्रम आजै प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरूलाई बुझाइएको छ । न्यूनतम साझा कार्यक्रममा दलहरूबीच सहमतिका आधारमा संविधान संशोधनका लागि पहल गर्ने, संघीयता कार्यान्वयन तथा प्रदेश र स्थानीय तहको सबलीकरण गर्नेलगायतका विषय समेटिएका छन् ।

    सबै नागरिकलाई आउँदो चैतमसम्म कोरोनाविरुद्धको खोप लगाइने, एयर एम्बुलेन्ससम्मका कुरा न्यूनतम साझा कार्यक्रममा समेटिएका छन् ।

    यस्तो छ संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)

  • सरकारको न्यूनतम साझा कार्यक्रम- स्थानीय तहलाई प्रदेश मातहत ल्याउने

    सरकारको न्यूनतम साझा कार्यक्रम- स्थानीय तहलाई प्रदेश मातहत ल्याउने

    काठमाडौं । सरकारले संविधान बमोजिम स्वतन्त्र र स्वायत्त रहेका स्थानीय तहलाई प्रदेशको मातहत ल्याउने भएको छ ।

    कांग्रेस महामन्त्री पूर्णवहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रममा स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने विषय समेटिएको छ ।

    आजै शीर्ष नेतालाई बुझाउने तयारी गरिएको न्यूनतम साझा कार्यक्रममा विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको अधिकार दिलाउने विषय पनि समेटिएको छ ।

    गठबन्धन सरकारका प्राथमिकतामा कोभिड महामारीबाट उत्पन्न मानवीय संकटको समाधान गर्ने, शान्तिप्रक्रियाका बाँकी काम टुंगो लगाउने, राजनीतिक दलहरुबीच सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने र संघीयता कार्यन्वयन जस्ता विषयलाई राखिएको छ ।

    मस्यौदा कार्यदलमा कांग्रेसबाट महामन्त्री खड्कासहित रमेश लेखक र मिनेन्द्र रिजाल छन् भने माओवादीबाट देव गुरुङ र वर्षमान पुन तथा जसपाबाट महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ छन् ।

  • बालुवाटारमा गठबन्धन कार्यदलको बैठक, न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिइने

    बालुवाटारमा गठबन्धन कार्यदलको बैठक, न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिइने

    काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलको बैठक अहिले बालुवाटारमा बसिरहेको छ । बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र प्राथमिकतालाई अन्तिम रूप दिनेबारे छलफल भइरहेको छ ।

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलमा कांग्रेसका डा. मिनेन्द्र रिजाल र रमेश लेखक , माओवादीका वर्षमान पुन र देवप्रसाद गुरुङ तथा जसपाका महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।

    कार्यदलले न्यूनतम साझा कार्यक्रमको खाका बनाइसकेको छ । खाकालाई अन्तिम रुप दिन बाँकी रहेकोले छलफल जारी रहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।