Tag: न्यूजिल्यान्ड

  • ५५ वर्षपछि न्यूजिल्यान्डमा भारी हिमपात, राजधानी वेलिङ्टनमा आपतकाल लागु

    ५५ वर्षपछि न्यूजिल्यान्डमा भारी हिमपात, राजधानी वेलिङ्टनमा आपतकाल लागु

    काठमाडौं । यतिबेला युरोपेली र अमेरिकी मुलुकहरु प्रचण्ड गर्मीसँगको चुनौतिसँग जुधिरहेका छन् । अर्कोतर्फ, ५० लाख जनसंख्या भएको मुलुक न्यूजिल्यान्डले पनि अहिलेसम्मकै सर्वाधिक हिमपातको सामना गर्नुपरेको छ ।

    ५५ वर्षयता पहिलोपटक न्यूजिल्यान्डमा हिमपात भएको छ । हिउँसहितको आँधीको कारण अहिले न्यूजिल्यान्डको राष्ट्रिय राजमार्ग बन्द गरिएको छ । प्रत्येक दिन उडानहरु समेत बन्द गर्नुपरेको छ ।

    त्यहाँको मौसम विज्ञान विभागका अनुसार सामान्यजसो जुलाईको अन्त्य तथा अगस्टको सुरुमा हिमपात हुने गर्छ । तर, आर्कटिक विस्फोटको कारण एक पहिले नै त्यहाँ हिमपात भएको छ ।

    केही सहरमा १० वर्षपछि हिमपात भएको छ । यसकारण जुन महिना न्यूजिल्यान्डमा ५५ वर्षयताकै चिसो महसुस गरियो । केही सहरको तापमान १ डिग्री सेल्सियसदेखि माइनस ४ डिग्रीसम्म महसुस भयो । जुन महीनामा न्यूजिल्यान्डको तापमान ११ देखि १४ डिग्री सेल्सियस रहन्छ ।

    स्थानीय संचारमाध्यमका अनुसार राजधानी वेलिङटनमा स्थानीय आपतकालको घोषणा गरिएको छ । भारी हिमपात भएको ठाउँका नागरिकलाई सुरक्षित स्थानमा जान भनिएको छ । मौसम विभागका अनुसार आर्कटिक क्षेत्रबाट आएको हिउँसहितको आँधीले समुन्द्र किनारमा १२ मिटर उचाइमा लहर समेत उठेको छ ।

    न्यूजिल्यान्डसँगै अष्ट्रेलियामा समेत चिसो बढ्ने जनाइएको छ ।

  • न्यूजिल्यान्डले नेपाललाई साढे ८ करोड सहायता दिने

    न्यूजिल्यान्डले नेपाललाई साढे ८ करोड सहायता दिने

    काठमाडौं । न्यूजिल्यान्डले नेपाललाई कोरोनाभाइरस महामारीविरुद्ध १ मिलियन न्यूजिल्यान्ड डलर (८ करोड ४० लाख नेरु) सहायता प्रदान गर्ने घोषणा गरेको छ ।

    विदेशमन्त्री ननैया महुताले उक्त सहायता रकम राष्ट्रसंघीय नियोग युनिसेफमार्फत प्रदान गरिने जानकारी गराएकी हुन् ।

    पहिलो सगरमाथा आरोही सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाकै पालादेखि नेपाल र न्यूजिल्यान्डबीच विशषे सम्बन्ध रहिआएको उनले जानकारी दिएकी छिन् ।

  • न्यूजिल्यान्डकी प्रधानमन्त्रीले आउने ग्रीष्म ऋतुमा विहे गर्ने

    न्यूजिल्यान्डकी प्रधानमन्त्रीले आउने ग्रीष्म ऋतुमा विहे गर्ने

    वेलिङ्टन । न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले आउने ग्रीष्म ऋतुमा प्रेमीसँग विहे गर्ने भएकी छिन् ।

    स्थानीय कोस्ट रेडियोको विहानी सेवालाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्रीले प्रेमी क्लार्क गेफर्डसँग आफूले लगनगाँठो कस्न लागेको जानकारी दिएकी हुन् ।

    उनीहरुबीच दुईवर्षअघि नै इन्गेजेमन्ट भएको थियो । उनीहरुले विहे अघि नै नीभ नाम गरेकी २ वर्षिया छोरीलाई जन्म दिएका छन् ।

    सन् २०१८ मा प्रधानमन्त्री चुनिएकी आर्डेन आधुनिक राजनीतिमा प्रधानमन्त्रीको कुर्सीमा बहाल रहँदै बच्चालाई जन्म दिने दोस्रो प्रधानमन्त्री बनेकी थिइन् । उनका पे्रमी गेफर्ड टेलिभिजन होस्ट हुन् भने छोरी निभलाई पनि हेरचाहमा सक्रिय छन् ।

  • आजदेखि न्यूजिल्यान्डमा साता लामो लकडाउन घोषणा

    आजदेखि न्यूजिल्यान्डमा साता लामो लकडाउन घोषणा

    न्यूजिल्यान्डकी प्रधानमन्त्री जाकिन्डा आर्डेनले आफ्नो देशको मुख्य सहर अकल्यान्डमा एकसाता लामो लकडाउन घोषणा गरेकी छिन् ।

    सहरमा कोभिड-१९ संक्रमण बढेपछि रोकथामका लागि प्रधानमन्त्रीले लकडाउन घोषणा गरेको त्यहाँका संचारमाध्यमले जनाएका छन् ।

    नेपाली समयाअनुसार आज बेलुकादेखि लकडाउन सुरु हुनेछ । यसबारे जानकारी दिन आयोजित प्रेसमिटमा आर्डेनले सार्वजनिक स्थानमा भेला हुनेसहितका गतिविधिमा रोक लगाउँदै दुई चरणको लकडाउन लागु हुने जनाएकी हुन् ।

    सहरको दक्षिणमा शनिबार बिहान भाइरस संक्रमण पुष्टि भएपछि न्यूजिल्यान्डले सहरलाई नै बन्द गर्न लागेको हो । एक विद्यार्थीका नातेदारमा संक्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङ पनि सुरु गरिएको छ ।