Tag: न्याय सेवा आयोग

  • न्याय सेवा आयोगको बैठक स्थगित

    न्याय सेवा आयोगको बैठक स्थगित

    काठमाडौं । आज बोलाइएको न्याय सेवा आयोगको वैठक स्थगित भएको छ । लोक सेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधवप्रसाद रेग्मी उपत्यकाबाहिर रहेकोले बैठक स्थगित गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न अपराह्न ३ बजेका लागि आयोगको बैठक बोलाएका थिए ।

  • न्याय सेवाका सहसचिवदेखि श्रेस्तेदारसम्मका २ सय ७५ कर्मचारीको सरुवा (सूचीसहित)

    न्याय सेवाका सहसचिवदेखि श्रेस्तेदारसम्मका २ सय ७५ कर्मचारीको सरुवा (सूचीसहित)

    काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका २ सय ७५ कर्मचारीको एकै पटक सरुवा गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले सहसचिव, सहन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता, रजिस्ट्रार, श्रेस्तेदार लगायतको सरुवा गरेको हो ।

    सरुवा हुनेमा कानुन समूहका राजपत्रांकित प्रथम श्रेणीका ८ जना रहेका छन् । यसै गरी सरकारी वकिल समूह, राजपत्रांकित प्रथम श्रेणीका ७ जना, न्याय समूह, राजपत्रांकित द्वितीय श्रेणीका ९ जना, कानुन समूह राजपत्रांकित द्वितीय श्रेणीका १ जना सरुवामा परेका छन् ।

    राजपत्रांकित द्वितीय श्रेणीकै सरकारी वकिल ५५ जना, न्याय समूह राजपत्रांकित तृतीय श्रेणीका १ सय ३ जना, कानुन समूहकै राजपत्रांकित तृतीय श्रेणीका ३४ जना र तृतीय श्रेणीकै सरकारी वकिल ५८ जना सरुवा भएका छन् । यस्तै २ सय ३६ जनाको पदस्थापन गरिएको छ ।

    सरूवा हुनेकाे सूची यस्ताे छ ।

  • न्याय सेवाका २ सचिव, २ सहसचिवसहित ८६ जना कर्मचारीको सरुवा (सूचीसहित)

    न्याय सेवाका २ सचिव, २ सहसचिवसहित ८६ जना कर्मचारीको सरुवा (सूचीसहित)

    काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका २ सचिव, २ सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ । न्याय सेवा आयोगका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको अध्यक्षतामा बसेको आयोगको बैठकले उनीहरुको सरुवा गरेको हो ।

    आयोगले महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता (सचिवसरह) का श्याम भट्टराईलाई वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा सरुवा गरेको छ भने आयोगमा कार्यरत सचिव कृष्णजीवि घिमिरेलाई महान्यायाधिवक्ताको कार्यालय सरुवा गरेको छ । यस्तै उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत ठगिन्द्र कट्टेलको पाटनमा सरुवा गरिएको छ ।

    अन्य न्याय सेवाकै राजपत्रांकित द्धितिय श्रेणीका १४ जना कर्मचारी र राजपत्रांकित तृतिय श्रेणीका ६८ जनाको मातहतका विभिन्न निकायमा आयोगले सरुवा गरेको हो ।

  • संसद विघटनको मुद्दामा ओली पक्षमा बहस गर्ने नायव महान्यायाधिवक्ताको सरुवा

    संसद विघटनको मुद्दामा ओली पक्षमा बहस गर्ने नायव महान्यायाधिवक्ताको सरुवा

    काठमाडौं । न्याय सेवा आयोगले नायव महान्यायधिवक्ता श्यामकुमार भट्टराईलाई सरुवा गरेर बेपत्ता छानविन आयोगमा पठाउने सिफारिस गरेको छ ।

    आइतबार बसेको आयोगको बैठकले महान्यायाधिवक्ता खम्मबहादुर खातीको प्रस्तावमा महान्यायाधिवक्ताको कार्यालयबाट भट्टराईलाई बाहिर पठाउने निर्णय गरेको हो ।

    यसअघि पदमप्रसाद पाण्डे र भट्टराई दुवैजनालाई हटाउने तयारी रहे पनि अन्तिममा भट्टराई सरुवामा परेका हुन् । उनले प्रतिनिधिसभा विघटनको मुद्दामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र एमालेको बचाउमा भूमिका खेलेको भन्दै असन्तुष्टी व्यक्त भएको थियो ।

    न्यायाधीश ईश्वर खतिवडाले समेत उनको भूमिकामाथि प्रश्न उठाएको स्रोतहरु बताउछन् । महान्यायाधिवक्ताले नयाँ परिस्थितिमा आफूलाई काम गर्न सहज टिम चाहिने भन्दै बेपत्ता आयोगका सचिव कृष्णजिवी घिमिरेलाई नायव महान्यायाधिवक्तामा सरुवा गराएका छन् ।

  • न्याय सेवा आयोगले गर्यो दुई सहसचिव सचिवमा बढुवा

    न्याय सेवा आयोगले गर्यो दुई सहसचिव सचिवमा बढुवा

    काठमाडौँ । न्याय सेवा आयोगले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । न्याय सेवा आयोगको आज बसेको बैठकले महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता श्याम कुमार भट्टराई र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तोयानाथ अधिकारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणी सचिवमा बढुवा गरेको हो ।

    बढुवासँगै भट्टराईलाई महान्याधिवक्ताको कार्यालयको नायव महान्यायाधिवक्ता र अधिकारीलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापन भएकाे छ ।

    बैठकले कानुन सचिवमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई सरुवा गरेको छ । तत्कालिनसचिव ऋषिराज भण्डारी न्यायाधीशमा सिफारिस भएपछि आयोगले रिक्त सचिव पदमा सापकोटालाई पठाएको हो । त्यसैगरी बैठकले सरकारी वकिल समूहका केही कर्मचारीको पनि सरुवा गरेको छ ।