Tag: नो भोट

  • ‘नो भोट’सम्बन्धी आदेश कार्यान्वयन नभएको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा, प्रधानमन्त्री देउवा विपक्षी

    ‘नो भोट’सम्बन्धी आदेश कार्यान्वयन नभएको भन्दै सर्वोच्चमा अवहेलना मुद्दा, प्रधानमन्त्री देउवा विपक्षी

    काठमाडौं । २१ पुस २०७० मा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले दिएको ‘नो भोट’ को आदेश कार्यान्वयन नभएपछि सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

    अधिवक्ता स्वागत नेपालले आदेश कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा बिहीबार दर्ता गराएका हुन् ।

    उनले मुद्दामा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी र निर्वाचन आयोगका पदाधिकारीलाई विपक्षी बनाएका छन् ।

    अवहेलना मुद्दामा विपक्षीहरूलाई कारबाही गर्न उनको माग छ ।

    नेपालसहित अर्का अधिवक्ताहरू भाइराजा राई र विकास खड्काले ‘नो भोट’को माग गर्दै १० कात्तिक २०७० मा सर्वोच्चमा रिट दायर गरेका थिए ।

    रिटको सुनुवाइ गर्दै श्रेष्ठ र वस्तीले कुनै उम्मेदवार मन नपरे अस्वीकार गर्न पाउने अधिकार सुरक्षित हुनेगरी कानुन बनाउन सरकारको नाममा निर्देशनात्मक आदेश दिएका थिए ।

    तर, सरकारले भने आदेशअनुसारको कानुन साढे आठ वर्ष बित्दासमेत बनाएको छैन । कानुन नबनाउँदा यस पटक पनि मतदातालाई कुनै उम्मेदवार मन नपरे पनि मतदान गर्नुपर्ने बाध्यात्मक स्थितिमा छ ।

  • केपी ओली र भीम रावल दुवैलाई अध्यक्ष नचाहनेले गरे ‘नो भोट’

    केपी ओली र भीम रावल दुवैलाई अध्यक्ष नचाहनेले गरे ‘नो भोट’

    काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि भएको निर्वाचनमा केही प्रतिनिधिले दुवै अध्यक्षलाई मत दिन्नँ भन्ने पक्षमा मत जाहेर गरेको पाइएको छ ।

    निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार ‘नो भोट’ को संख्यालाई घटाएर बाँकी मतमा अध्यक्ष केपी शर्मा ओलीले १८०८ मत प्राप्त गरेका हुन् ।

    पोखरेलले भने, ‘विद्युतीय मतदानमा बदर भन्ने हुन्न तर केही नो भोटसमेत रहेकाले खसेजति मत उम्मेदवारले पाउन सकेनन् । त्यसैले खसेको मत र दुई उम्मेदवारले पाएको मत जोड्दा हिसाब मिल्दैन ।’

    ओली र रावलले पाएको मत जोड्दा खसेको कुल मतभन्दा ७५ कम हुन्छ । ७५ जना प्रतिनिधिले ‘नो भोट’ गरेको अनुमान छ । विद्यु्तीय मेसिनबाट भएको मतदानमा मत बदरको सम्भावना हुँदैन ।