Tag: नेपाल समूह

  • नेपाल समूहमा छलफल- केन्द्रीय कमिटी र संसदीय दलमा हाम्रै बहुमत पुग्छ, ओली बिनाको एमाले बनाउन सकिन्छ

    नेपाल समूहमा छलफल- केन्द्रीय कमिटी र संसदीय दलमा हाम्रै बहुमत पुग्छ, ओली बिनाको एमाले बनाउन सकिन्छ

    काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल समूहमा साविकको पार्टीभित्रै आफूहरुको बहुमत पुग्ने भन्दै अध्यक्ष केपी शर्मा ओली बिनाको पार्टी बनाउन सकिने विषयमा छलफल भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपालले मंगलबार गरेको छलफलमा सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।

    केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले केही दिन पर्खिए केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफूहरुको बहुमत पुग्ने र साविकको एमालेमै अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा छलफल भएको जानकारी दिए।

    ‘१५ दिनभित्र एमालेको केन्द्रीय कमिटीमा बहुमत पुग्ने, संसदीय दलमा पनि बहुमत पुग्ने भएकाले त्यसबाट ओलीलाई हटाएर ओलीबाहेकको पार्टी गठन गर्ने भन्ने सुझाव आएको छ,’ संवाददाताहरुसँग उनले भने ।

    सांसद विरोध खतिवडाले आफूहरुसँग ओलीपक्षबाट १४ जना सांसद थपिएको दावी गरे । उनले भने, ‘हिजो मतदान गरेका साथीहरु देखिहाल्नु भयो, अरु पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ ।’

    चौधरीले नयाँ पार्टी गठन गर्नेबारे पनि कानुन व्यवसायीसँग छलफल गरेर निर्णय लिने बताए । ‘सकभर एमाले एकता कायम राख्न अन्तिमसम्म प्रयास गर्छौं,’ उनले भने, ‘कानुनले दिन्छ भने नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने सुझाव पनि आएको छ । त्यहाँसम्म पनि जान्छौं ।’

    सरकारमा सहभागिताबारे भने कानुनी परामर्श भइरहेको र सरकारमा गए वापत सांसद पद नजाने कुराको ग्यारेन्टी भयो भने मात्रै यस विषयमा निर्णय हुने चौधरीले बताए ।

    अर्की सांसद राकुमारी झाँक्रीले सरकारमा जाने भन्दा पनि संसदलाई पूर्ण अवधि क्रियाशिल कसरी बनाउन सकिन्छ भन्नेबारेमा छलफल भएको बताइन् । उनले भनिन्, ‘अर्को दलले नेतृत्व गरेको सरकारमा जाने कुरै भएन । सरकारमा जाने भन्दा पनि पुरा अवधि संसद क्रियाशिल कसरी बनाउने भन्ने बारेमा छलफल भयो ।’

    नेपाल पक्षले आफूपक्षीय सबै केन्द्रीय सदस्य र सांसदहरु सहितको बैठक भोलि ११ बजे बोलाएको छ। पार्टी विभाजन गर्ने या नगर्ने विषयमा उक्त बैठक निर्णायक हुने बताइएको छ।

  • कार्यकर्तालाई दिने जवाफ खोज्न नेपाल समूहको स्थायी कमिटी बैठक बस्यो

    कार्यकर्तालाई दिने जवाफ खोज्न नेपाल समूहको स्थायी कमिटी बैठक बस्यो

    काठमाडौं । राष्ट्रिय कार्यकर्ता भेलामा नेता तथा कार्यकर्ताले उठाएका प्रश्नको जवाफ खोज्न एमालेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको छ । बुधबारदेखि शुरु भएको भेला सक्नुअघि कार्यकर्तालाई नेताले दिने प्रश्नको जवाफ खोज्न स्थायी कमिटी बैठक बसेको उक्त पक्षका केन्द्रीय सदस्य यज्ञ सुनुवारले जानकारी दिए ।

    भेलामा १० वटा समूह बनाएर समसामयिक विषयमा छलफल भएको थियो । उक्त समूहले दिएको सुझावमाथि बैठकमा छलफल भइरहेको बताइएको छ । बैठकपछि नेता माधवकुमार नेपालले भेलालाई जावाफ दिनेछन् ।

    बैठकमा आगामी कार्यनीतिबारे पनि छलफल भइरहेको बताइएको छ ।

  • नेपाल समूहको स्थायी कमिटीमा पनि उस्तै मत– वामपन्थी एकतालाई कायम गरेर जानुपर्छ

    काठमाडौं। नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी बैठकमा वामपन्थी एकतालाई जोगाएर जानुपर्ने विषयमा छलफल भएको छ। बिहीबार बसेको नेपालपक्षीय स्थायी कमिटीको भेलामा अधिकांश सदस्यले बामपन्थी एकताकै पक्षमा जोड दिएका हुन्।

    ‘पार्टीमा जे जस्तो गतिविधि भइरहेको छ, त्यो बन्द गरेर जानुपर्‍यो र बामपन्थी एकतालाई कायम गरेर जानुपर्छ भन्ने कुरामा छलफल भयो,’ स्थायी कमिटी सदस्य भीम आचार्यले भने, ‘धेरैको जोड अझै पनि वामपन्थी एकता जोगाउनुपर्छ भन्नेमा छ।’

    केन्द्रीय सदस्यहरुको बुधबारको भेलामा पनि अधिकांशले वामपन्थीहरुबीचको एकता कायम गर्नुपर्ने र सरकार पनि वामपन्थीकै बनाउनुपर्नेमा जोड दिएका थिए।

    तत्काल पार्टी एकता होला सम्भव नभए पनि नेपालभरिका वामपन्थीहरुबीचको एकतालाई कायम राख्दै सरकार पनि वामपन्थीकै बनाउनुपर्ने सुझाव उनीहरुको थियो।