Tag: नेपाल विद्यार्थी संघ

  • कलंकीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो

    कलंकीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध प्रदर्शन गरेको छ ।

    नेविसंघ महामन्त्री उर्मिला थपलियाको अगुवाइमा कलंकीमा मसाल जुलुससहित नाराबाजी गरिएको थियो । प्रदर्शनका क्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन गरिएको थियो ।

    संसद विघटन गर्ने कदम असंवैधानिक भएकाले पार्टीको निर्देशन अनुसार नै नेविसंघले आन्दोलनका कार्यक्रम जारी राखेको महामन्त्री थपलियाले जानकारी दिइन् ।

     

  • राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका प्रदर्शनकारी पक्राउ

    राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका प्रदर्शनकारी पक्राउ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओल‌ीले असंवैधानिक कार्य गरेको भन्दै शीतल निवासअगाडि प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का प्रदशनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

    संसदबाट कानुन बनाउने प्रावधान हुँदाहुँदै राष्ट्रपतिले सोझै अध्यादेश जारी गरेपछि विद्यार्थी नेता प्रदर्शनमा उत्रिएका हुन् । शीतल निवासअगाडि प्लेकार्ड बोकेर विरोधमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघ नेता दुजाङ शेर्पाले जानकारी दिए ।

    शान्तीपुर्ण रूपमा राष्ट्रपतिलाई संविधान बुझाउन जाँदा अस्वीकार गरेको र नेविसङ त्रिभुवन विश्वविद्यालयका नेतालाई प्रहरीले गिरफ्तार गरेको भन्दै तत्काल रिहाइका लागि नेता दुजाङ शेर्पाले माग गरेका छन् ।
  • ‘स्योरसट’ हुनेबित्तिकै ओली सरकार ढाल्छौं : देउवा

    ‘स्योरसट’ हुनेबित्तिकै ओली सरकार ढाल्छौं : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्भावना सुनिश्चित हुनासाथ सरकार ढालिने बताएका छन् ।

    नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले आफू ओली सरकार ढाल्न प्रयासरत रहेको बताए । ‘यो सरकार ढाल्ने नै हो । तर अझै सम्भावना सुनिश्चित भएको छैन । स्योरसट हुनासाथ सरकार ढाल्छौं । स्योरसट त हुनुपर्‍यो नि’, देउवाले भने ।

    उनले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जसपा कोतिर उभिन्छ भन्ने प्रष्ट नभएकोले आफूले ‘स्टेप’ नलिएको बताए । ‘अहिले माओवादीले समर्थन गरिरा’छ । मधेशवादी दलको पनि भर छैन । राजनीतिक सम्भावनाको खेल हो । सरकार ढल्ने सम्भावना छ तर अझै स्योरसट भाछैन’, देउवाले भने ।

    उनले नयाँ वर्षमा मुलुकले केपी ओली नेतृत्वको सरकार र कोरोनाबाट उन्मुक्ति पाउनैपर्ने बताए । ‘ यो वर्ष ओली सरकारको कुतन्त्र र कोरोनाको कहरबाट हामीले मुक्ति पाउनुपर्छ’, देउवाको भनाइ थियो ।

    उनले निर्वाचनका बेला प्रधानमन्त्री ओलीले आफूलाई निकै राष्ट्रवादी देखाएर भोट बटुलेपनि अहिले भारतको ‘टाङमुनि’ छिरेको टिप्पणी समेत गरे ।

    ‘हिजो चुनावको बेलामा ओलीले भारतको विरोध गर्थे । तर अहिले भारतकै टाङमुनि छिरेका छन् । नक्कली राष्ट्रवाद अब धेरैदिन टिक्दैन’, देउवाले भने । उनले पार्टीभित्रका समस्या समाधान गर्न र सबैलाई मिलाएर लैजान आफू प्रयासरत रहेको समेत बताए ।

  • विद्यार्थीलाई कोरोना खोपको माग गर्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)

    विद्यार्थीलाई कोरोना खोपको माग गर्दै नेविसंघको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले कोरोना खोपको पहिलो अधिकार विद्यार्थीलाई दिनुपर्ने मागसहित माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

    विद्यालय र क्याम्पसहरू खुलेसँगै विद्यार्थीहरूमा कोरोनाको जोखिम बढेको भन्दै नेविसंघले विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिनुपर्ने माग अघि सारेको हो ।

    नेविसंघका महामन्त्री दीपक भट्टराईले सरकारले विद्यार्थीहरूलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलन गर्ने चेतावनी दिए ।

    प्रदर्शनको क्रममा ‘नेपाल विद्यार्थी संघको सरोकार, विद्यार्थीलाई कोभिड-१९ भ्याक्सिनको पहिलो अधिकार’,‘अबको खोप हाम्रो हो’, ‘विद्यार्थीले लाउने खोप कहिले आउने’, ‘नेविसंघको सरोकार हाम्रो खोप हाम्रो अधिकार’, ‘अबको खोप विद्यार्थीको अधिकार’ लगायतका नाराबाजी गरेका थिए ।

  • सर्वोच्चअघि नेविसंघको प्रदर्शन, प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

    सर्वोच्चअघि नेविसंघको प्रदर्शन, प्रदर्शनकारी प्रहरीको नियन्त्रणमा

    काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले संसद विघटनको विरुद्धमा सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका छन् । नेविसंघको झण्डासहित सर्वोच्च गेटअगाडि नाराबाजी गर्ने नेविसंघ कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनीहरुले संसद विघटनको कदम असंवैधानिक भन्दै नाराबाजी गरेका थिए ।