Tag: नेपाल राष्ट्र बैंक

  • राष्ट्र बैंकले भन्यो: बैंकिङ सेवा बन्द गर्न मिल्दैन

    राष्ट्र बैंकले भन्यो: बैंकिङ सेवा बन्द गर्न मिल्दैन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वितिय संस्थाहरु बन्द नगर्ने बताएको छ । कोभिड- १९ का कारण पूर्व बैंकर निरज श्रेष्ठको निधनले त्रासका बढेको भन्दै १ साताका लागि बैंकिङ सेवा ठप्प पार्ने विषयमा नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघ छलफल भइरहेको भन्ने खबर बाहिरिएपछि राष्ट्र बैकले यस्तो बताएको हो ।

    बैंकहरु बन्द गर्ने विषयमा अहिलेसम्म कुनै पनि छलफल नभएको र बन्द गर्न नमिल्ने नेपाल राष्ट्र बैंक र बैंकर्स संघको भनाई छ ।
    सरकारले बैंकिङ सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखेकाले बैंक बन्द गर्ने विषयमा कुनै पनि छलफल नभएको केन्द्रीय बैंकले जनाएको छ ।

    बैंकहरु बन्द गर्दा आयात निर्यात लगायतका अत्यवाश्यक वस्तुको कारोबार तथा आयात ठप्प हुने भएकाले त्यस्तो गर्न नमिल्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

    ‘बैंकका १ तिहाई शाखा र २० प्रतिशत कर्मचारीको उपस्थितिमा बैंक सञ्चालचन गर्न हामीले निर्देशन दिएकाले त्यसरी नै बैंकहरु सञ्चालन भइरहेको छ । सरकारले अतिवाश्यक सेवाभित्र राखेकाले सरकारको निर्णयविना हामीले केही गर्न सक्दनौं,’ ढकालले बताए ।

    पूर्व बैंकर निजर श्रेष्ठको निधनको खबरले बैकर्समा त्रास बढेपनि बैंकिङ सेवा भने बन्द गर्न नमिल्ने उनी बताउँछ । ‘बैकिङ सेवा बन्द गर्दा आयात निर्यात तथा अतिवाश्यक बस्तुको खरिद बिक्रीमा समेत असर गर्छ । सतर्कताका साथ यो क्षेत्रलाई अगाडी बढाउनुपर्ने बाध्यता छु’ ढकालले बताए ।

    नेपाल बैंकर्सका अध्यक्ष भुवन दाहाल राष्ट्र बैंकको निर्देशननुसार नै बैंकिङ सेवा सञ्चालन हुने बताउँछन । उनले बैंकिङ क्षेत्र बन्द गर्ने कुनै पनि सोच नरहेको समेत बताएका छन् ।

  • ९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब रेमिट्यान्स

    ९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब रेमिट्यान्स

    काठमाडौं । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको ९ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै बिप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको जनाएको छ ।

    अमेरिकी डलरमा १३ प्रतिशतले बढेको यस्तो बिप्रेषण चालू आर्थिक वर्षको नौ महिनामा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ भित्रिएको छ । रेमिट्यान्स गत वर्षको तुलनामा बढेपनि वैदेशिक रोजगारीमा जानेको संख्या भने ६६.७ प्रतिशतले घटेको छ । त्यस्तै समिक्षा अवधिमा पुन श्रम स्वकृति लिनेको संख्या पनि ५५.७ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    चालू आर्थिक वर्षको नौ महिनामा कुल आयात १३.१ प्रतिशत बढ्दै ११ खर्ब ११ अर्ब ४० करोड र निर्यात २०.२ प्रतिशतले बढेर ९७ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

    पछिल्लो नौ महिनामा कुल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले वृद्धि भई १० खर्ब १६ अर्ब ६३ करोड पुगेको छ ।
    वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २०.३ प्रतिशत र ७.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा २.३ प्रतिशतले कमी आएको छ ।

    वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम।एस। बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

    समीक्षा अवधिमा चालु खाता २ खर्ब ७ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब २६ अर्ब ९ करोडले घाटामा रहेको थियो ।

    गत वर्षको अन्त्यसम्ममा १४ खर्ब ०१ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई चालू आर्थिक वर्षको चैत मसान्तमा १४ खर्ब ३३ अर्ब २७ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

    समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह २२.५ प्रतिशतले र निक्षेप संकलन १३.७ प्रतिशतले बढेको छ ।
    तरलता व्यवस्थापन तर्फ समिक्षा अवधिमा रिपोर्टमार्फत् १ खर्ब ९ अर्ब ५४ करोड रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत् १ खर्ब ९३ अर्ब ७५ करोड गरी कुल ३ खर्ब ३ अर्ब २९ करोड रुपैयाँ तरलता प्रशोचन गरेको नेपाल राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ ।

    ध्यू तथा तेलको मुल्य २१.३८ प्रतिशतले बढ्यो

    समिक्षा अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति दर ३.१० प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७४ प्रतिशत रहेको थियो । गत बर्षको तुलनामा घ्यू तथा तेलको मूल्यबृद्धि सबैभन्दा धेरै २१.३८ प्रतिशतले बढेको छ । त्यस्तै मासु तथा माछा १२.६१ प्रतिशत, सुर्तिजन्य पदार्थ १०.४१ प्रतिशत र गैर-मदिराजन्य १०.१८ प्रतिशतले मूल्य बढेको छ ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको केन्द्रीय बैंकको प्रतिवेदनमा भनिएको छ ।

    समीक्षा अवधिमा काठमाडौं उपत्यका सहित पहाडी जिल्लाहरुमा सबैभन्दा धेरै बस्तुको महँगी बढेको भने हिमाली जिल्लाहरुमा मूल्यबृद्धिको प्रभाव कम रहेको देखिन्छ । हाडमा ३.३८ प्रतिशत ,काठमाडौं उपत्यकामा ३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति भएको केन्द्रीय बैंकले जनाएको छ ।

  • थोरै कर्मचारीबाट काम गराउन राष्ट्र बैंकको निर्देशन

    थोरै कर्मचारीबाट काम गराउन राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीको जोखिमलाई ध्यान दिँदै सचेत भएर सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

    नयाँ भेरियन्टको कोरोना भाइरसको जोखिम उच्च रहेकोले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य सम्वन्धी मापदण्डको पालना गर्दै सेवा प्रवाह गर्न आग्रह गरिएको छ । उपलव्ध सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै ‘वर्क फ्रम होम’ र ‘रिमोट एक्सेस’ को प्रयोग गर्न नेपाल राष्ट्र बैंकले निर्देशन भनेको छ ।

    त्यस्तै निषेधाज्ञा रहेका स्थानका कार्यालयका हकमा २० प्रतिशतभन्दा कम कर्मचारी उपस्थित भई कार्यसम्पादन गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । आफ्नो व्यवसायीका कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई नहुने कामका लागि मात्रै कर्मचारी खटाउन भनिएको छ ।

    बिभिन्न निकायबाट जारी हुने निषेधाज्ञाको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा सेवा सञ्चालन गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

  • पेन्सन कोषको २६ करोड लगानी गर्दै राष्ट्र बैंक

    पेन्सन कोषको २६ करोड लगानी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय व्यवस्थापन विभागले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको २६ करोड रूपैयाँ लगानीका लागि बैंक तथा वित्तीय संस्थालाई आव्हान गरेको छ ।

    बैंक तथा वित्तीय संस्थाले तोकिएको सर्तको पालना गर्दै मुद्धती निक्षेपको ब्याजदर खुलाएर सिलबन्दी गरी केन्द्रीय बैंकमा पठाउन अनुरोध गरिएको हो । कुल रकममध्ये वाणिज्य बैंकका लागि २० करोड ८० लाख , विकास बैंकका लागि ३ करोड ९० लाख र वित्तीय संस्थाका लागि १ करोड ३० लाख रूपैयाँ छुट्याइएको छ ।

    यस्तो रकम लिन बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष पूरा भएको हुनुपर्ने , न्यूनतम पुँजीकोष कायम गरिएको , निष्कृय कर्जा ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति कुल निक्षेपको २० प्रतिशतभन्दा बढी हुनुपर्ने , स्वदेशी कर्जा निक्षेप र प्राथमिक पुँजी अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहनुपर्ने , अघिल्लो वर्ष मुनाफामा रहेको रियल स्टेट कर्जा बैंकले तोकेको भन्दा बढी नभएको , लगानी गर्ने वित्तीय संस्थाको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत बैकिङ कसुरमा नरहेको , समस्याग्रस्त नभएकोलगायतका १३ वटा सर्त राखिएको छ ।

    उक्त उपदान तथा पेन्सन कोषको रकममा लगानी गर्न बैंक तथा वित्तीय संस्थाले बैशाख १५ गतेभित्र आवेदन प्रस्तुत गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

  • बैंक र वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन- ‘गुगल प्लस कोड’ अनिवार्य प्रयोग गर्नू

    बैंक र वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन- ‘गुगल प्लस कोड’ अनिवार्य प्रयोग गर्नू

    काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले वस्तु वितरण गर्नका लागि इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले अनिवार्यरूपमा गुगल प्लस कोड प्रयोग गर्न निर्देशन दिएको छ ।

    सञ्चार मन्त्रालय र गोश्वरा हुलाक कार्यालयले उक्त कोड प्रचलनमा ल्याउन अनुरोध गरेबमोजिम बैंक तथा वित्तीय संस्थालाई आफ्नो सूचना प्रणाली आवधिक गर्न निर्देशन दिएको हो । सूचना प्रणाली आवधिक गरी सेवाग्राहीको ठेगानामा गुगल प्लस कोड राख्न भनिएको छ ।

    राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सूचनामार्फत गुगल प्लस कोड सञ्चालनका लागि ‘स्टाण्डर्ड अपरेटिङ प्रोसिड्युर’ ‘हुलाक बस्तु वितरणका लागि गुगल कोड प्रयोग सम्वन्धि कार्य सञ्चालन प्रकृया २०७७’ अनुसार काम गर्न निर्दश गरेको छ ।

    नेपालका हुलाक सेवा प्रदान गर्ने कार्यालयहरूले गुगल प्लस कोड प्रयोग गरी विद्युतीय माध्यबाट प्रापकको ठेगानामा सामान पुर्‍याउने व्यवस्था गरेको छ । प्रेसक उल्लेख गरेको गुगल प्लस कोड गुगल म्याप एप्स वा जीपीएस ट्रयाक गरी वस्तु वितरण सम्वन्धि काम गर्ने हुलाक सेवा प्रदायकले प्रापकको ठेगानासम्म पुर्‍याउनुपर्ने व्यवस्था गरिएको छ ।

    यस प्रवधिको प्रयोगका लागि कुनै पनि अतिरिक्त शुल्क नलाग्ने तथा स्थानीय साझेदार तथा सार्वजनिक सेवा प्रवाह गर्ने कम्पनीले पनि गर्न सक्नेछन् ।

  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७५/७६ को प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

    गत वर्ष नै प्रकाशित हुनुपर्ने उक्त प्रतिवेदन कोभिड-१९ कारण ढिलाइ भएको नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक लगानी ८.८ प्रतिशतले कमी आई १ खर्व ८२ अर्ब ९२ करोड भित्रिएको थियो ।

    कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ४८.२ प्रतिशत, रिजर्भ ४२.८ प्रतिशत र कर्जाको अंश ९.० प्रतिशत छ । रिजर्भको अंश २७.० प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको हो । त्यसैगरी, २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशहरूको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

    जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ५६ अर्ब ५ करोड, चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड र सिङ्गापुरबाट ८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको देखिन्छ ।

    सेवा क्षेत्रअन्तर्गत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको सर्वेक्षणमा उल्लेख छ । औद्योगिक क्षेत्र अन्तर्गत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युत क्षेत्रमा २०.० प्रतिशत वैदेशिक लगानी भित्रिएको छ ।

    प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले यस नेपाल राष्ट्र बैंकले वैदेशिक लगानी सम्वन्धि प्रतिवेदन तयार गर्ने गर्दछ ।

    गत वर्ष नै प्रकाशित हुने पर्ने उक्त आर्थिक वर्ष २०७५/७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १५३ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषणका आधारमा प्रत्यक्ष ‘वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५/७६’ तयार पारेको हो ।

  • कोरोना नियन्त्रणका लागि वित्तीय संस्थाहरूलाई ९ बुँदे मापदण्ड (निर्देशनसहित)

    कोरोना नियन्त्रणका लागि वित्तीय संस्थाहरूलाई ९ बुँदे मापदण्ड (निर्देशनसहित)

    काठमाडौं । कोरोना महामारीको दोस्रो लहर बढ्दै जान थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ९ बुँदे स्वास्थ्य प्रोटोकल कडाइका साथ लागू गर्न निर्देशन जारी गरेको छ ।

    विश्व स्वास्थ्य संगठनको मापदण्डको पालना गर्दै सेवा प्रवाह गर्न केन्द्रीय बैंकले निर्देशन गरेको हो । बैंकमा ग्राहकको भौतिक उपस्थिति कम गराउन डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भनिएको छ ।

    कोरोना संक्रमण फैलिन सक्ने भन्दै एटीएम बुथमा सेनिटाइजर र टिस्यूपेपर अनिवार्य राख्न भनिएको छ । गोष्ठी समिनारहरू भर्चुअल रूपमा गर्न सूचित गरिएको छ ।

    बैंकका कर्मचारीहरुमा कोभिड संक्रमण भएको शंका लागेमा अविलम्ब परीक्षण गर्ने व्यवस्था गरी संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन र ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका कर्मचारीलाई क्वारेन्टिनको ब्यवस्था गर्न समेत राष्ट्र बैंकको आग्रह छ।

  • वैशाख २७ भित्र कतारी रियाल साटिसक्न राष्ट्र बैंकको आग्रह

    वैशाख २७ भित्र कतारी रियाल साटिसक्न राष्ट्र बैंकको आग्रह

    काठमाडौं । कतारको केन्द्रीय बैंकले चौथो संस्करणका कतारी रियाल चलनचल्तीबाट हटाउने निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले कतारी रियाल फिर्ता गर्न सर्वसाधरण तथा संस्थासँग आग्रह गरेको छ ।

    जुलाई २१ बाट कतारले उक्त नोटहरू चलनचल्तीबाट हटाउन लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वैशाख २७ गतेभित्र त्यस्ता नोटहरू राष्ट्र बैंकको बैंकिङ शाखामा बुझाउन केन्द्रीय बैंकले आग्रह गरेको छ ।

    त्यस्तै बैंकिङ कारोबार गर्ने केन्द्रीय बैंकका प्रदेशस्थित शाखाहरू, विदेशी मुद्रा सम्बन्धी कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू, विदेशी मुद्रा कारोबार गर्न इजाजतप्राप्त मनिचेञ्चरमार्फत पनि सटही गर्न मिल्ने केन्द्रीय बैंकले जनाएको छ ।

  • राष्ट्र बैंकका कर्मचारीलाई ५५ करोड वितरण, कल्याणकारी कोषको रकमबाट दामासाही

    राष्ट्र बैंकका कर्मचारीलाई ५५ करोड वितरण, कल्याणकारी कोषको रकमबाट दामासाही

    काठमाडौं । कोभिड १९ ले मुलुक आक्रान्त भएको समयमा नेपाल राष्ट्र बैंकले भने आफ्ना कर्मचारीलाई कल्याणकारी सञ्चय कोष मार्फत करीव ५५ करोड रुपैयाँ भुक्तानी दिएको खुलेको छ ।

    गत बर्ष कोभिडका समयमा राष्ट्र बैंकका अधिकांश कर्मचारीहरु बिदामा बसेका थिए । नेपाल सरकारले बजेटमार्फत कोभिडको कारण देखाउँदै खर्च कटौतीका लागि निजामती कर्मचारीको तलब भत्ता बृद्धि गरेको थिएन । सरकारले अधिकांश वैठक भत्ताहरु पनि खारेज गरेको थियो ।

    तर, यता नेपाल राष्ट्र बैंकका कर्मचारीले भने सोही अवधिको कर्मचारी कल्याणकोष मार्फत दामासाहीले अतिरिक्त रकम बुझेका छन् ।

    नेपाल राष्ट्र बैंकमा १२९० जनाको स्थायी दरबन्दी रहेको छ । कनिष्ठदेखि बरिष्ठसम्मका कर्मचारीलाई उनीहरुको ग्रेडका आधारमा रकम बितरण गरिएको स्रोतले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकका कर्मचारीको ग्रेडअनुसारको रकम खातामा जम्मा भइसकेको छ ।

    आर्थिक बर्ष २०७६÷७७ को बार्षिक प्रतिवेदन समेत ३ महिना ढिलो गरी प्रकाशन गर्दै कर्मचारी कल्याणकारी कोष मार्फत कर्मचारीलाई रकम भुक्तानी दिइएको हो ।

    नेपाल राष्ट्र बैंकको कर्मचारी कल्याणकारी सञ्चयकोषका लागि मुनाफाको १० प्रतिशतसम्मको रकम जम्मा गर्न सकिने व्यवस्था भएपनि उक्त रकम बितरण गर्न भने नपाइने जानकारहरु बताउँछन् ।

    नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको तेस्रो संसोधन २०७४ को विनियम ७८ भएको ब्यवस्थानुसार बैंकको खुद नाफालाई आधार बनाई कर्मचारी कल्याणकारी सञ्चयकोषमा छुट्याइएको रकम १० प्रतिशतले बृद्धि गरी हुन आउने रकम कोषमा जम्मा गर्नुपर्ने ब्यवस्था रहेको छ ।

    त्यसका लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले अनुमति प्रदान गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । यसरी कर्मचारी कल्याणकारी सञ्चय कोषमा जम्मा भएको रकम अवकास कोषमा जम्मा गर्नुपर्ने र अबकास कोषको सिमा भन्दा बढी कर्मचारीलाई मात्रै रकम बितरण गर्न पाइने व्यवस्था उक्त विनियमावलीमा उल्लेख गरिएको छ ।

    नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको नियामक निकाय भएकाले आफ्ना कर्मचारीहरु बोनस बितरण गर्न पाउने कानुनी व्यवस्था नभएकाले कर्मचारी कल्याणकारी सञ्चय कोष मार्फत राष्ट्र बैंकको मुनाफाबाट १० प्रतिशत हुन सम्म रकम बितरण गर्दै आएको नेपाल राष्ट्र बैंकका एक उच्चपदस्थ अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

    कर्मचारी कल्याणकारी सञ्चयकोषमा रकम जम्मा गर्नका लागि सञ्चालक समितिको स्वकृति आवश्यक पर्ने हुन्छ । हाल नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्षमा गर्भनर महाप्रसाद अधिकारी , सदस्यहरुमा अर्थमन्त्रालयका सचिव शिशिर ढुङ्गना , नेपाल राष्ट्र बैंकका गेपुटी गर्भनरद्धय निलम ढुङ्गना तिम्सिना र बमबहादुर मिश्र त्यस्तै डा.श्रीराम पौडेल , रामजी रेग्मी र सुवोध कुमार कर्ण रहेका छन् ।

    नेपाल राष्ट्र बैंकका सदसय समेत रहेका अर्थमन्त्रालयका सचिब शिशिर ढुंगाना नेपाल राष्ट्र बैंकको कर्मचारी विनियमावलीको तेस्रो संशाेधन २०७४ को विनियम ७८ भएको ब्यवस्थानुसार नेपाल राष्ट्र बैंकले आफ्नो मुनाफाबाट १० प्रतिशतसम्म हुन आउने रकम कर्मचारी कल्याणकारी सञ्चय कोषमा बितरण गर्न सक्ने बताउँछन ।

    ‘नेपाल राष्ट्र बैंकको कानूनमा नै बैंकले आफ्नो मुनाफाको १० प्रतिशतसम्म आफ्ना कल्याणकारी कोषमा रकम बितरण गर्न पाउने व्यवस्था गरेकाले सोहीनुसार व्यवस्था गरिएको हो यसमा विवाद गर्नुपर्ने कारण म देख्दिन’, उनले भने ।

    कल्याणकारी कोषको रकम बोनस जसरी वितरण गर्ने कुरा गलत भएको विज्ञहरु बताउँछन् । घुमाएर बोनस बाँड्ने प्रचलन ठीक नभएको राष्ट्र वैंकबाट अवकासप्राप्त एक अधिकारीले बताए ।

    उनले भने, ‘राष्ट्र वैंक कर्मचारी सेवा विनियमावलीले यसबारे बोलेको छ तर तजबिजी अधिकार छ । कर्मचारी कल्याणकोषमा जम्मा गर्ने भनेको छ तर विमियम ७८ ले दामासाहीले बाँड्ने भनेको छैन ।’

    आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण समेत ढिला गरिएको थियो ।

  • एक महिनामा नै ३४ करोडले बढ्यो क्यूआर कोडमार्फत हुने कारोबार

    एक महिनामा नै ३४ करोडले बढ्यो क्यूआर कोडमार्फत हुने कारोबार

    काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

    गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र ३४ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

    गत माघमा एक अर्ब ७१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा फागुनमा दुई अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसैगरी, गत माघ महिनामा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएकोमा फागुनमा छ लाख ३५ हजार ७३८ पकट कारोबार भएको छ ।

    पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत १० अर्ब रुयैयाँ बढीको कारोबार भएको छ ।

    कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेटमार्फत फागुनमा मात्र करिब डेढ खर्ब बढीको कारोबार भएको छ ।

    माघमा मात्र एक खर्ब ७२ अर्ब चार करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ । गत माघमा एक खर्ब ६३ अर्ब ८७ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । गत माघको तुलनामा फागुनमा मात्र आठ अर्ब १७ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

    यसैगरी माघमा मोबाइल बैकिङमार्फत रु ४० अर्ब ३५ करोड ९० लाख बढीको कारोबार भएको छ । गत माघमा ३८ अर्ब ५९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

    फागुनमा मोबाइल बैंकिङमार्फत एक करोड ८२ हजार पटक कारोबार भएको छ । इन्टरनेट बैंकिङमार्फत आठ अर्ब ८८ करोड बढीको कारोबार भएको छ । वालेटमार्फत १० अर्ब १८ करोड बढीको कारोबार भएको छ ।

    गत माघमा वालेटमार्फत नौ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको थियो । एक महिनामा एक करोड ६१ लाख ४ हजार पटक कारोबार भएको छ । यसैगरी गत माघमा अनलाइन (इ–कमर्श) बाट  ९३ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा उक्त रकममा कमी आएको छ ।

    गत माघको तुलनामा इ–कमर्शको कारोबारमा दुई करोड ८० लाखले कमी आएको हो । इ–कमर्शबाट फागुनमा ९० करोड ४० लाख बराबरको कारोबार भएको छ ।

     

  • बैदेशिक लगानी ३४.८ प्रतिशले घट्यो

    बैदेशिक लगानी ३४.८ प्रतिशले घट्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको ८ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै प्रत्यक्ष बैदेशिक लगानी गत बर्षको तुलनामा ३४.८ प्रतिशतले घटेको जनाएको छ ।

    गत बर्ष १५ अर्ब ६१ करोड रहेको प्रत्यक्ष बैदेशिक लगानी घटेर यो बर्षको पहिलो आठ महिना १० अर्ब १८ करोड रुपैयाँ मात्रै भित्रिएको राष्ट्र बैंकले जनाएको हाे । कोभिडका कारण प्रभावित नेपालको अर्थतन्त्र पुरानै अवस्थामा फर्किदै गर्दा आयात भने २ प्रतिशतले बढ्न छ ।

    आयातमा भएको बृद्धि पुँजगत ट्रान्सफर र न्युन प्रत्यक्ष बैदेशिक लगानीका कारण नेपालको चालु खाता ऋणात्मक १ खर्ब ४८ अर्ब रुपैयाँले ऋणात्मक भएको छ । यद्यपी शोधानान्तरस्थित भने ६८ अर्ब रुपैयाँले बचतमा रहेको केन्द्रिय बैंकले जनाएको छ ।

    समिक्षा अवधिकमा बिप्रेषण आप्रवाह ८.६ प्रतिशले बढ्दै ६ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ । कुल आयात २.१ प्रतिशतले बृद्धि भइ ९ खर्ब ४३ अर्ब रुपैयाँ ९९ करोड रुपैयाँ रहेको छ भने निर्यात ७.८ प्रतिशतले बढ्दै ८० अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

    त्यस्तै बिन्दुगत आधारमा उपभोक्ता मुल्य सुचाङ्कमा आधारित मुद्रास्फीति ३.०२ प्रतिशत रहेको छ । समिक्षा अवधिका कुन निक्षेप ११ प्रतिशतले बढेको छ ।

  • नविल बैंकले ल्यायो ‘युएस डलर नविल आइकार्ड’

    नविल बैंकले ल्यायो ‘युएस डलर नविल आइकार्ड’

    काठमाडौं । चैत ८ गते नेपाल राष्ट्र बैंकले बिदेशबाट बर्षको अधिकतम पाँच सय डलरसम्मको बस्तु तथा सेवा खरिद गर्न सक्ने व्यवस्था सहितको परिपत्र जारी गरेको थियो । नेपालका बैंक तथा वित्तीय संस्थाले उक्त परिपत्र कार्यान्वयनमा ल्याउन थालेका छन् ।

    नेपालको पहिलो नीजि क्षेत्रको बैंक नविल बैंकले युएस डलर नविल आइ कार्ड ल्याएको छ । बर्षमा पाँच सय डलरसम्मको बिदेशी बस्तु अनलाइन मार्फत सामान खरिद गरी त्यसको भुक्तानी उक्त कार्ड मार्फत गर्न सकिने नविल बैंकले जनाएको छ ।

    परिवर्त्य बिदेशी मुद्राको प्रीपेड कार्ड लिन चाहाने ब्यक्ती, फर्म ,कम्पनी वा संस्थाले नेपाली मुद्रालाई बिदेशी मुद्रामा परिवर्तन गरी त्यो कार्ड लिन सक्ने छन् । यस्तो कार्ड प्राप्त गर्नका लागि सम्वन्धित प्रयोगकर्ताले आफ्नो केवाई सी ‘ग्राहक पहिचान बिवरण ’ आवधिक गर्ने र स्थायीलेखा नम्बर प्यान अनिवार्य रुपमा लिएको हुनुपर्ने छ ।

  • गभर्नरसहित बैंकर्ससँग गरे प्रदेश प्रमुख अहिराजले छलफल

    गभर्नरसहित बैंकर्ससँग गरे प्रदेश प्रमुख अहिराजले छलफल

    जनकपुरधाम । प्रदेश दुइका प्रदेश प्रमुख डा. राजेश अहिराजले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित सबै बैंकका प्रमुखसँग छलफल गरेका छन् । मंगलबार प्रदेश प्रमुखकाे कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुख अहिराजले प्रदेश दुइ अविकसित नभई अव्यवस्थित रहेको भन्दै बैंकर्सलाई ध्यानाकर्षण गराउँदै जनतालाई बैंकसँग सहज पहुँचका लागि आग्रहसमेत गरेका हुन् ।

    उनले प्रदेश दुइको गाउँ–गाउँमा बैंकको शाखा कार्यालय खोलिनुपर्ने बताउँदै भने, ‘जनतालाई बैंकका लागि एक गाउँबाट अर्को गाउँमा जान नपरोस्, त्यसका लागि गाउँ–गाउँमा बैंकको स्थापना हुनुपर्छ ।’ बैंकले राष्ट्रिय उत्पादनलाई प्रोत्साहनका लागि विशेष भूमिका निर्वाह गर्न सक्ने पनि बताए ।

    उनले कुनै व्यापारीलाई ऋण दिँदा उसले विदेशबाट सामान ल्याएर बेच्ने तर आफ्नै किसानले उत्पादन गरेको वस्तु बजार नपाउँदा राष्ट्रिय उत्पादनप्रति किसानको मनोवल टुट्ने गरेकोप्रति ध्यानाकर्षण गराएको प्रदेश प्रमुख कार्यालयका एकजना अधिकारी विशेष साहले जानकारी दिए । उनले भने ‘बैंकलाई कृषिसँग जोड्न सकियो भने किसान पनि समृद्ध हुने र देशले विकासमा ठूलो फड्को मार्न सक्छ भन्नुभयो ।’

    युवा शक्ति विदेशिनु परेकाले ती युवालाई स्वदेशमै रोक्नका लागि पनि बैंकिङ्ग क्षेत्रले ठूलो योगदान दिनसक्ने प्रदेश प्रमुखले बताए । आफ्नै देशमा केही गर्न सक्ने युवा पैसाको अभावमा विदेशिनु परेको बताउदै उनले त्यस्ता युवाशक्तिलाई बैंकले सहुलितमा ऋण उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए ।

    प्रदेश प्रमुख डा.अहिराजसँगको भेटघाटमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी, कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालको सहभागिता रहेको थियो । यसैगरी, प्रदेश दुइमा रहेका प्रत्येक बैंकका प्रादेशिक प्रमुखको सहभागिता रहेकाे थियो ।

  • नेपाल राष्ट्र बैंकले जारी गर्‍यो १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल

    नेपाल राष्ट्र बैंकले जारी गर्‍यो १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल

    काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले ट्रेजरी बील जारी गर्दै १५ अर्ब ३३ करोड रुपैयाँ तरलता खिच्ने भएको छ । ट्रेजरी बिल खरिदका लागि एक्सनको समय चैत ९ गते ३ बजेसम्मका लागि तोकिएको छ भने उक्त बिल चैत १० गतेबाट जारी हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
    बिल खरिद गर्न चाहाने ब्यक्ति, बैंक तथा वित्तीय संस्थाले अनलाईन मार्फत आवेदन दिनुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । बिडिङ्ग खुल्ला भएसँगै १९१ बिडरले अनलाइनमार्फत बिल खरिदका लागि आवेदन दिएका छन् ।
    नेपाल राष्ट्र बैंकले ९१ दिने ट्रेजरी बिल ९ अर्ब ३ करोड , १८२ दिने ३ अर्ब ३० करोड र ३६४ दिने २ अर्ब रुपैयाँ गरी कुल १५ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ । जारी भएका बिलमध्ये २८ दिने ट्रेजरी बिल २०७८ असार २८ गते , १८२ दिने ट्रजरी बिल असोज ५ गते ३६४ दिने बिल आगामी बर्षको चैत ८ गते परिपक्व हुने नेपाल राष्ट्र बैकले जनाएको छ ।
  • नेपाल क्लियरिङ्गग हाउसको अध्यक्षमा रामबहादुर मानन्धर नियुक्त

    नेपाल क्लियरिङ्गग हाउसको अध्यक्षमा रामबहादुर मानन्धर नियुक्त

    काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकाे अध्यक्षमा रामबहादुर मानन्धर नियुक्त भएका छन् । मानन्धर नेपाल राष्ट्र बैंकका बैंकिङ्ग बिभागका कार्यकारी निर्देशक समेत हुन् ।

    नेपाल क्लियरिङ्ग हाउस राष्ट्रिय भुक्तानी प्रणाली सम्वन्धि काम गर्ने नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाद्धारा प्रवर्द्धित कम्पनी हो । अध्यक्ष पदमा नियुक्त भएका मानन्धरलाई नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले पद तथा गोपनियताको सपथ गराएकी छन् ।

    नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक–एक जना प्रतिनिधि रहेका छन् ।

  • मौरिससस्थित एम एण्ड एम रेमिटसँग रेमिटान्स सम्वन्धि कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

    मौरिससस्थित एम एण्ड एम रेमिटसँग रेमिटान्स सम्वन्धि कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थालाई मौरिससस्थित एम एण्ड एम रेमिटसँग रेमिटान्स सम्वन्धि कारोबार नगर्न निर्देशन दिएकाे छ । राष्ट्र बैंकका बिदेशी ब्यवस्थापन बिभागका कार्यकारी निर्देशक रामु पौडलले एक सुचना जारी गर्दै यस्ताे निर्देशन दिएका हुन् ।

    बिदेशी बिनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ को प्रयोग गरी उक्त सुचना जारी गरिएको हो । नेपालका बैंक तथा वित्तीय संस्थाले उक्त रेमिटसँग उठाउनुपर्ने रकम भए तत्काल असुल उपर गर्न पनि निर्देशन जारी गरिएकाे जनाइएकाे छ ।

  • पाँच सय डलर सम्मका बिदेशी बस्तु प्रिपेड कार्ड मार्फत खरिद गर्न सक्ने

    पाँच सय डलर सम्मका बिदेशी बस्तु प्रिपेड कार्ड मार्फत खरिद गर्न सक्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत बिदेशी बस्तु तथा सेवा खरिदका लागि अधिकतम पाँच सय डलरसम्मको भुक्तानीलाई बैधता दिएको छ । राष्ट्र बैंकको बिदेशी बिनिमय ब्यवस्थापन बिभागले आइतबार ‘एकिकृत परिपत्र २०७६’ को एकिकृत इ.प्रा. परिपत्र १५/२०७६ दफा ७ मा १६ बुदाँ थप गर्दै यस्ताे व्यवस्था गरेकाे हाे ।

    नेपालका बाणिज्य बैक र बिकास बैंकलाई परिपत्र जारी गर्दै पाँच सय डलरसम्मको बिदेशी मुद्राको सटही ‘प्रीपेड कार्ड’ मार्फत गर्न सक्ने गरी ब्यवस्था गरेको छ । परिवर्त्य बिदेशी मुद्राको प्रीपेड कार्ड लिन चाहाने ब्यक्ती फर्म कम्पनी वा संस्थाले नेपाली मुद्रालाई बिदेशी मुद्रामा परिवर्तन गरी त्यो कार्ड लिन सक्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो कार्ड प्राप्त गर्नका लागि सम्वन्धित प्रयोगकर्ताले आफ्नो केवाई सी ‘ग्राहक पहिचा बिवरण ’ आवधिक गर्ने र स्थायीलेखा नम्बर प्यान अनिवार्य रुपमा लिएको हुनुपर्नेछ ।

  • राष्ट्र बैंकः ‘रेन बसेरा’देखि अत्याधुनिक भवनसम्म

    राष्ट्र बैंकः ‘रेन बसेरा’देखि अत्याधुनिक भवनसम्म

    काठमाडौंको थापाथलीमा नेपाल राष्ट्र बैंकको नयाँ भवन भइरहेको छ । दुई वर्षअघि शुरु भएको भवन निर्माणका काम करिब ८० प्रतिशत सकिएको छ ।

    बैंकको अर्को भवन बालुवाटारमा निर्माणाधीन छ । उक्त भवनको पनि करिब ५३ प्रतिशत निर्माण कार्य सकिएको बैंकका सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारीले जानकारी दिए । नयाँ भन्ने भवन अत्याधुनिक र सुविधासम्पन्न हुने बैंकका सह–प्रवत्ता नारायण प्रसाद पोखरेले बताए । जहाँ सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरिएको छ । साथै भवन निर्माणमा नयाँ प्रविधि प्रयोग गरिएको छ ।

    उनका अनुसार २०७२ सालको भूकम्पले बैंकको केन्द्रीय कार्यालय तथा थापाथलीको भवन क्षतिग्रस्त भएपछि त्यसलाई भत्काएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको समन्वयमा नयाँ भवन निर्माण शुरु गरिएको हो ।

  • राष्ट्र बैंकः ‘रेन बसेरा’देखि अत्याधुनिक भवनसम्म (फोटो/भिडियोसहित)

    राष्ट्र बैंकः ‘रेन बसेरा’देखि अत्याधुनिक भवनसम्म (फोटो/भिडियोसहित)

    काठमाडौं । काठमाडौंको थापाथलीमा नेपाल राष्ट्र बैंकको नयाँ भवन भइरहेको छ । दुई वर्षअघि शुरु भएको भवन निर्माणका काम करिब ८० प्रतिशत सकिएको छ ।

    बैंकको अर्को भवन बालुवाटारमा निर्माणाधीन छ । उक्त भवनको पनि करिब ५३ प्रतिशत निर्माण कार्य सकिएको बैंकका सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारीले जानकारी दिए । नयाँ भन्ने भवन

    अत्याधुनिक र सुविधासम्पन्न हुने बैंकका सह–प्रवत्ता नारायण प्रसाद पोखरेले बताए । जहाँ सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरिएको छ । साथै भवन निर्माणमा नयाँ प्रविधि प्रयोग गरिएको छ ।

    उनका अनुसार २०७२ सालको भूकम्पले बैंकको केन्द्रीय कार्यालय तथा थापाथलीको भवन क्षतिग्रस्त भएपछि त्यसलाई भत्काएर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको समन्वयमा नयाँ भवन निर्माण शुरु गरिएको हो ।

    ‘रेन बसेरा’देखि अत्याधुनिक भवनसम्म

    नेपाल राष्ट्र बैंकले २०१३ साल वैशाख १० गते न्यूरोडस्थित ‘रेन बसेरा’ भन्ने एक घरमा सामान्य घर भाडामा कार्यालय स्थापना गरेको थियो । बैंकका पूर्वकार्यकारी निर्देशक भोलाराम श्रेष्ठका अनुसार ‘रेन बसेरा’बाट बालुवाटारको ललिता भवन र थापाथलीको सिंह महलमा सारिएको थियो ।

    अहिले थापाथलीमा निमार्णाधीन भवन ४२ रोपनी तीन आना दुई पैसा जग्गामा फैलिएको छ । साथै अहिले बनेको भवन ६ तलाको हुने निर्देशक अधिकारी बताउँछन् । उनका अनुसार यो भवन निर्माण करबाहेक एक अर्ब ७७ करोड रुपैयाँमा बन्नेछ ।

    यसैगरी बालुवाटारको भवन पनि ६ तलाको बन्नेछ । पहिलो तलामा ढुकुटी रहने निर्देशक अधिकारीले बताए । र, दोस्रो तलामा पार्किङ रहने छ । निर्देशक अधिकारीका अनुसार बैंकको ढुकुटीमा सुन, चाँदी, रुपैयाँ, पैसालगायत सम्पत्ति राखिनेछ । दुवै भवनमा दुई तला बेसमेन्ट रहनेछन् ।

    बालुवाटारको भवन ६१ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । यो भवन निर्माणका लागि दुई अर्ब आठ करोड रूपैयाँ बजेट छुट्याइएको छ । ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी २०७५ साल फागुनमा ‘समानान्तर जेभी’सँग भवन निर्माणसम्बन्धी सम्झौता भएको थियो । बैकका अनुसार दुवै पुराना भवन भत्काएर नयाँ भवन बनाइएको हो ।

    थापाथली बैंकको निर्माण कार्य लगभग सकिएको छ । फिनिसिङ, आर्किटेक, फर्निचर तथा क्यामरा जडान गर्ने जस्ता कामहरु धमाधम भइरहेको भवन निर्माण कम्पनीका इन्जिनियर सुधन राउतले बताए ।

    उनका अनुसार नयाँ भवन पनि पहिलाको ललिता र सिंह महलको मौलिकता झल्कने गरी बनाइएको छ, बनाइँदै छ । ‘बैंकको आवरणमा परिवर्तन गरिएको छैन । यो पुरानो बैंकको डिजाइनमा ‘न्यू क्लासिकल लुक’ मा निर्माण गरिएको हो । बाहिरबाट देख्दा पहिलाको जस्तै देखियोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने ।

    उनका अनुसार यो डिजाइन ‘एन आर आर्किटेक्चर’ले गरेको हो । नयाँ भवनमा पहिलाकै जस्तो झ्याल, ढोका, तथा बुट्टा निर्माण गरिएको छ । यसको फिनिसिङ आवरण पहिलाको दरवार जस्तै देखिने बताउँछन् उनी ।

    थापाथलीस्थित भवनको बैंकको स्थापना दिवस पारेर वैशाख १४ गते उद्घाटन गर्ने योजना भएको प्रवक्ता पोखरेलले बताए ।

         

     

  • माघ महिनाको रेमिटान्स आप्रवाह १०.९ प्रतिशतले बढ्दा मूल्य वृद्धि २.७ प्रतिशतमा सीमित

    माघ महिनाको रेमिटान्स आप्रवाह १०.९ प्रतिशतले बढ्दा मूल्य वृद्धि २.७ प्रतिशतमा सीमित

    काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिटान्स १०.९ प्रतिशतले बढेको जनाएको छ । चालू आर्थिक बर्षको समीक्षा अवधिसम्म कुल ५ खर्ब ६७ अर्ब ७० करोड रुपैया रेमिटान्स भित्रिएको छ ।

    अघिल्लो बर्षको सोहि अवधिमा बिप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकको पछिल्लो प्रतिवेदनले मूल्य वृद्धि भने घटेको देखाएको छ । २०७७ माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७० प्रतिशत रहेको छ ।

    अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४४ प्रतिशत रहेको छ ।

    २०७६ माघको तुलनामा २०७७ माघमा फलफूल, घ्यू तथा तेल, दाल तथा गेडागुडी र सुर्तिजन्य वस्तु उपसमुहको मूल्यवृद्धि क्रमशः १८.८४ प्रतिशत, १८.१४ प्रतिशत, १०.४१ प्रतिशत र १०.४१ प्रतिशत रहेको छ ।

    चालू आर्थिक बर्षको माघ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.२७ प्रतिशतले बढेको छ ।

    आर्थिक वर्ष २०७७ र ७८ को सात महिनामा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले वृद्धि भएको थियो ।

    गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्प क्रमशः १०.० प्रतिशत र ४.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पको निर्यातमा ७.७ प्रतिशतले कमी आएको छ ।

    चालू आर्थिक बर्षको माघ महिनामा आयात गत बर्षको सोही अवधिको तुलनामा ०.१ प्रतिशत र निर्यात ६.७ प्रतिशतले बढेको छ । चालु आर्थिक बर्षको पहिलो सातामा शोधानान्तरस्थिति ९६ अर्ब ९६ करोडले बचतमा रहेको छ ।

    त्यस्तै कुल खर्च बिदेशी बिनिमयको सञ्चिति १२ अर्ब ५७ करोड अमेरिकी डलर रहेको छ । नेपाल सरकारले पछिल्लो सात महिनामा कुल ४ खर्ब ९९ अर्ब ६८ करोड रुपैयाँ र राजस्व संकलन ४ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ गरेको छ ।

    समीक्षा अवधिमा चालु खाता १ खर्ब १ अर्ब ९० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्बले घाटामा रहेको थियो ।

  • महामारीको असर कम भएसँगै बैंकहरूमा सुरु भयो तरलता अभाव

    महामारीको असर कम भएसँगै बैंकहरूमा सुरु भयो तरलता अभाव

    काठमाडौं । कोरोना महामारीको असर कम हुँदै जाँदा आर्थिक गतिविधि बढ्न थालेको छ । आर्थिक गतिविधिहरू बढ्न थालेको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थाहरूमा देखिएको छ । लगानीका लागि बैंक तथा वित्त संस्थाहरूमा कर्जाको माग बढिरहेको छ ।

    कर्जा मागको तुलनामा निक्षेप कम संकलन भएपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अर्थात तरलताको समस्या आउने देखिन्छ । कर्जाको माग बढ्दा निक्षेपको ब्याजदर वढ्ने र स्वभाविकरूपमा कर्जाको ब्याजदर पनि वृद्धि हुन्छ । जसले वस्तु तथा सेवाको मूल्यलाई असर गर्ने र त्यसको प्रत्यक्ष असर उपभोक्ताको दैनिक जीवनसम्म पर्ने विज्ञहरूको भनाइ छ ।

    नेपाल राष्ट्र बैंकले कोभिड-१९ को संकटमा फसेको अर्थतन्त्रमा थप तरलता आवश्यक पर्ने भन्दै सीसीडी अनुपात (केन्द्रले तोकेको न्यूनतम पूँजी र निक्षेप जोड्दा हुने योगफलसँग कर्जाको अनुपात ) ८० प्रतिशतबाट बढाएर ८५ प्रतिशत पुर्‍याएको थियो । पछिल्लो केन्द्रीय बैंकको तथ्याङ्कनुसार सीसीडी अनुपात ७५.६९ प्रतिशत रहेको छ ।

    कर्जाको विस्तार तीब्ररूपमा वढिरहने तथा निक्षेप संकलनको अवस्था कमजोर हुनुले निकट भविष्यमा नेपालको अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको उही पुरानो रोग शुरू हुने सम्भावना बढ्दो छ । विज्ञहरूको भनाइमा पछिल्लो समय आयात बढ्नाले भन्सारबाट संकलन हुने राजश्‍व सरकारी ढुकुटीमा जम्मा हुँदै जानु तथा सरकारको बजेट खर्च गर्न नसक्ने प्रवृतिले रकम सरकारको खातामा ब्लक भएर बस्दा बजारमा तरलताको क्राइसिस आउँछ ।

    यही गतिमा कर्जाको माग बढेर जाने र निक्षेपको संकलनको अवस्थामा सुधार हुन नसकेकमा आउँदो वैशाखदेखि तरलताको समस्या देखिन नसक्ने बैंकर्सहरू बताउँछन् । उनीहरूका अनुसार कर्जाको तुलनामा निक्षेप संकलन कम हुँदा निक्षेपको ब्याजदर वढ्ने र निक्षेपतर्फको ब्याजदर बढ्दा बैंकहरूको आधारदर तथा ‘कस्ट अफ फण्ड’ समेत बढ्ने भएकाले कर्जा तर्फको ब्याजदर पनि बढ्छ ।

    यतिवेला कर्जाको माग वढ्दै गएको भएपनि तरलतामा खासै दबाब छैन र वैशाखदेखि भने उक्त समस्या आउन सक्ने नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष भुवन दाहालले नेपाल प्रेसलाई बताए ।

    ‘असोज देखिको तथ्याङ्क हेर्नुभयो भने आर्थिक गतिविधिहरू वढेको छ । यसले स्वभाविकरूपमा कर्जाको माग बढाउनुको साथै आर्थिक विकासको दरहरू पनि बढाउँछ होला जस्तो मलाई लाग्छ । विगतमा बैंकहरूसँग मासिकरूपमा १ सय ४ अर्ब रूपैयाँ बराबरको तरलता रहेकोमा १ सय अर्बको हाराहारीमा पुगेको छ, दाहालले भने, ‘कोरोनाको असर कम हुँदै जाँदा निक्षेप र कर्जाको अन्तर ५ प्रतिशतबाट घटेर ४ प्रतिशतमा आइपुगेको छ । हाल निक्षेपको ब्याजदर ५ प्रतिशतको नजिक रहेको छ भने कर्जातर्फको ब्याजदर ९ प्रतिशतको हराहारीमा छ । माघ महिनासम्म हेर्नु हुन्छ भने ४ खर्ब निक्षेप संकलन भएको छ भने ३ खर्ब रूपैयाँ बराबरको कर्जा बिस्तार लगानी भएको छ । वैशाखदेखि तरलताको समस्या आउँन सक्ने हामीलाई पनि लागेको छ, दाहालले भने ।’

    नेपालले भारतबाट खोप अनुदानमा ल्याउँन तथा थप खोप खरिदका लागि सरकारले देखाएको तत्परताले लगानीकर्ताको आत्मविश्वासले अर्थतन्त्र बढी चलायमान हुँदा लागानीयोग्य रकमको माग बढ्न थालेको कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला बताउँछन् ।

    ‘कोरोना भ्याक्सिन भित्रिएसँगै लगानीकर्ताको मनोवल बढेको र त्यसले लगानी क्षेत्र फराकिलो भइ कर्जा मागको तुलनामा निक्षेप संकलन सुस्त रहेको,’ उनी बताउँछन् । ‘ब्याजदरलाई सीमाभित्र राख्न केन्द्रीय बैंकले ब्याजदरमा हस्तक्षेप गर्नुपर्ने र त्यसका लागि मौद्रिक नीतिका अप्रत्यक्ष उपकरण प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘केन्द्रिय बैंकले ब्याजदर कोरिडोरको हेरफेर, पुनर्कर्जाको सीमा बढाउने , सीसीडी अनुपात घटाउने, सीसीआर तथा एसएलआरलगायतका अनुपातहरू घटाउने जस्ता उपकरणहरू प्रयोग गर्न सक्छ ।’

    साधारण वचतकर्तालाई गरेको उपेक्षाले गर्दा तथा कर्जा लगानीको क्षेत्रको प्राथमिकीकरण गर्न नसक्दा तरलताको समस्या आएको प्रवक्ता भट्टको विश्लेषण छ । उनका अनुसार गत वर्ष पहिलो छ महिनामा २ सय ७० अर्बको हाराहारीमा कर्जा प्रवाह गरेकोमा बैंक तथा वित्तीय संस्थाले यो बर्षको पहिलो ६ महिनामा वर्ष ३ सय ३० अर्बको हाराहारीमा कर्जा प्रवाह गरिसकेका छन् ।

    ‘नेपालको अर्थतन्त्र पुनरुत्थान गर्न ठूलो लगानीको आवश्यकता छ, जसका लागि आवश्यक पर्ने सबै वस्तुहरू आयात गर्ने नै हो । पुस महिना भन्सारको तथ्याङ्क अनुसार ८ खर्ब आयात भइसकेको छ । तरलता इन्जेक्ट गर्ने एकमात्रा माध्यम विप्रेषण पनि गत वर्षको हाराहारी करिव ९ खर्ब जति आउने हो’, भट्टले थपे, ‘कर्जा प्रवाहको प्राथमिकीकरण मिलेन । आयात बढ्दै जाँदा भोलिको दिनमा आवश्यक पर्ने स्रोत कहाँबाट उहाँहरूले कहाँबाट जुटाउनु हुन्छ । कर्जा बढाउन तथा निक्षेपकर्तालाई रिगार्ड गर्नेमा उहाँहरूले निक्षेपको ब्याजदर त्यसमा पनि साधारण वचतको ब्याजदर असाध्यै कम राख्नु भयो । जसले गर्दा निक्षेपकर्ता बैंकप्रति सन्तुष्ट छैन् ।’

    बित्तशास्त्री अनलराज भट्टराईको रायमा अहिले नेपालको अर्थतन्त्रले ‘V’ सेपको आर्थिक रिकभरी नगरेपनि त्यसको नजिक रहेकाले अर्थतन्त्र बढी चलायमान हुँदा लगानीयोग्य कर्जाको माग बढ्ने लक्ष्णहरू देखिनु स्वभाविक हो ।

    ‘नेपालको अर्थतन्त्र ६ महिना अगाडीसम्ममा भरेको पानीको ट्याङ्कीबाट सानो धारा खोलिएको अवस्था थियो अहिले धारा पुरै खोलिएकाले पानी वढी बगेको जस्तो देखिनु स्वभाविक हो । स्थिर अवस्थामा रहेको अर्थतन्त्र चलायमान हुँदा बढि लागानीको माग भएको छ । अर्थतन्त्रको संरचनामा खासै परिवर्तन आएको छैन । नेपालको अर्थतन्त्रको संरचनामा परिवर्तन आएको छैन । पुरानै अर्थतन्त्रका प्रवृत विप्रषणमा आधारित आयात र आयातमा आधारित राजस्व नीति कायम नै छ’, भट्टराईले नेपाल प्रेससँग भने, ‘पर्यटनको क्षेत्र सहज भएको छैन भने कृषिको उत्पादकत्व खासै वढेको छैन । रोजगारी सृजना हुने खालका कुनै पनि काम भएका छैनन् । त्यसैले आयात वढि संकलन हुने वित्तिकै राजस्व बढी संकलन हुन्छ र सरकारले खर्च गर्न सक्दैन । आयातका लागि कर्जाको माग भइरहे तर रोजगारी र आन्तरिक उत्पादन बढ्दै जसले गर्दा निक्षेप संकलन कम हुन्छ अनी त तरलताको समस्या आउने नै भयो ।’

    हाल नेपालका बैंक तथा वित्तीय संस्थाले छोटो अविधमा मुनाफा आर्जन गर्ने खालका क्षेत्रमा कर्जाको प्राथमिकीकरण गरिरहेका छन् ।

    सेयर बजारमा बैंकहरूले गत वर्षको तुलनामा ३० अर्ब भन्दा बढी कर्जा लगानी गरेका छन् भने साधारण निक्षेपतर्फको ब्याजदर घटाएका छन् ।

     

  • राष्ट्र बैंकका ५ उप-निर्देशक निर्देशकमा बढुवा (सूचीसहित)

    राष्ट्र बैंकका ५ उप-निर्देशक निर्देशकमा बढुवा (सूचीसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकमा ५ जना उप-निर्देशक निर्देशकमा बढुवा भएका छन् । प्रशासन सेवातर्फ रिक्त रहेको उप-निर्देशकहरूको शुक्रबार बढुवा भएको हो ।

    कर्मचारी विनियमावली अनुसार बढुवा मूल्यांकनमा सबैभन्दा बढी नम्बर प्राप्त गर्ने उम्मेद्वारलाई उप-निर्देशकबाट निर्देशकमा बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    बढुवा हुनेमा निरा ताल्चाभडेल, विज्ञानराज सुवेदी, माधव दंगाल थानेश्वर आचार्य, नारायणप्रसाद पोखरेल छन् ।