Tag: नेपाल राष्ट्र बैंक

  • व्यपार घाटा वृद्धि भएपछि राष्ट्र बैंकले गर्यो कडाइ, १६ आयाती बस्तुमा शसप्रतिशत नगद मार्जिन राख्नुपर्ने (सूचिसहित)

    व्यपार घाटा वृद्धि भएपछि राष्ट्र बैंकले गर्यो कडाइ, १६ आयाती बस्तुमा शसप्रतिशत नगद मार्जिन राख्नुपर्ने (सूचिसहित)

    काठमाडौं । बस्तु आयातमा नेपाल राष्ट्र बैंकले थप कडाइ गरेको छ । एकीकृत निर्देशन २०७६ परिवर्तन गर्दै चिनी, चकलेट, मिनरल वाटर, मदिरा, भिनागर, चुरोट, सुर्तिजन्य बस्तु, परफ्युम, कस्मेटिक सामान, काठका बस्तु, जुत्ता, चप्पल, छाता र लठ्ठि, मार्सल, सिमेन्ट, प्लास्टर र सेरामिक बस्तु जस्ता बस्तुको आयात गर्दा १०० प्रतिशत नगद मार्जिन राखेर मात्रै प्रतितपत्र अर्थात एलसी खोल्न पाउने भएका छ्न् ।

    यसैगरी मोटरसाइकल र विद्युतिय सवारी साधान बाहेकका गाडी आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राखेर मात्रै एलसी खोल्ने ब्यवस्था गरेको छ । विदेशबाट बस्तुको आयातमा नगद मार्जिन राख्नुपर्ने भएकाले आयात निरुत्साहित हुने छ । आयात कडाइको व्यवस्थाले शोधान्तर घाटा कम गर्न तथा सीडी अनुपात व्यवस्थापन गर्नका लागि सहज हुनेछ ।

  • मौद्रिक नीतिको समीक्षा : तरलता व्यवस्थापनका लागि यस्ता छन् ५ रणनीति

    मौद्रिक नीतिको समीक्षा : तरलता व्यवस्थापनका लागि यस्ता छन् ५ रणनीति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेको छ ।

    चालु आर्थिक वर्षको पहिलो समीक्षाको क्रममा राष्ट्र बैंकले आयात र एलसी, तेस्रो मुलुकबाट आयात हुने वस्तुका लागि सम्झौताका आधारमा गरिने भुक्तानीमा कडाइ, चाँदीको आयातमा नियन्त्रण, विदेशी मुद्रा भित्र्याउने उद्योगी/ व्यवसायीलाई बैंक ग्यारेण्टीमा सहजता, विदेशी मुद्राको निक्षेप संकलनमा सहयोग गर्ने गैरआवासीय एवं आवसीय नेपाललाई विदेशी मुद्राको निक्षेप संकलनमा सहयोग गर्न चाहने नीतिगत सहजीकरणको व्यवस्थामार्फत तरलता व्यवस्थापनमा नीतिगत व्यवस्था गरेको छ ।

    आयातकर्ताले वस्तु आयात गर्नका लागि प्रतीतपत्र ‘एलसी’ खोल्दा अनिवार्यरूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । यसअघि आवश्यक व्यवसायिक प्रमाणपत्रका आधारमा एलसी खोल्न सकिने व्यवस्था रहेकोमा अब नगद नै राख्नुपर्ने भएको हो । एलसी खोल्नका लागि अनिवार्यरूपमा नगद राख्दा आयातकर्ताको वस्तु आयात गर्ने क्षमतामा कमी आइ बस्तु कम आयात भइ व्यापारघाटा, शोधान्तरघाटा घट्ने र विदेशी मुद्राको सञ्चिति बढ्न गई तरलता अभावको समस्या सहज हुने विश्वास लिइएको राष्ट्र बैंकले जनाएको छ ।

    ड्राफ्ट वा टीटीमार्फत चाँदी आयात गर्दा सटही सुविधाको अधिकतम सीमासम्म मात्रै चाँदी आयातका लागि सटही सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

    आयातलाई कडाइ गरी विदेशी विनियमयको सञ्चिति बढाउने उद्देश्यसहित प्रतीतपत्र आवश्यक नपर्ने सम्झौतापत्रका आधारमा गरिने भुक्तानीहरु ‘डी.ए.पी’ र ‘डी.डी.ए’ को माध्यमबाट हुने परिवत्र्य विदेशी मुद्राको भुक्तानीका विद्यमान सीमाहरु पुरावलोकन गर्ने संकेत समीक्षामार्फत गरिएको छ । भारतबाट हुने आयातका लागि भारतीय मुद्रामार्फत नै भुक्तानी गर्नुपर्ने व्यवस्था रहेकाले भारतबाहेकका तेस्रो मुलुकबाट बस्तु आयात गर्दा उक्त माध्यमहरूको प्रयोग गर्ने गरिन्छ ।

    यस्ता कागजातहरूका आधारमा आयातका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इजाजतपत्र जारी गरेको हुनपर्ने व्यवस्था रहेको छ । प्रतीतपत्र नखोली कोलकोत्ता तथा विसखापटनम बन्दरगाहको प्रयोग गरी तेस्रो मुलुकबाट आयात हुने बस्तुको भुक्तानी डी.ए.पी र डी.ए.ए मार्फत गरिन्छ ।

    उक्त माध्यममार्फत हुने वस्तु आयातको परिमाणमा कडाइ गर्नका लागि वस्तुआयात गर्नका लागि दिइएको विदेशी मुद्रा सटहीको सीमा, धरौटीको रकमको सीमा बढाउने र बस्तु कन्साइनमेन्टका लागि पठाउनुपर्ने अग्रिम भुक्तानीको सिमा कटौतिलगायतका नीतिमा परिवर्तन गर्न सक्ने देखिएको जानकार बताउँछन् ।

    यसैगरी व्यवसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्वन्धित नेपाली फर्म तथा विदेशी कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा बाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था गरिएको छ । वैदेशिक ऋण भित्र्याउन सकेमा तरलता सहजले उद्देश्यका साथ उक्त नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

    कोभिड १९ नियन्त्रणका लागि खोप आपूर्तिसँगै लकडाउनलगायतका प्रतिबन्धात्मक बन्धेज हेटपछि अर्थतन्त्र पुनरउत्थानउन्मुख भएसँगै आर्थिक गतिविधिमा तेजी आएको छ । जसले गर्दा आयात निकै उच्च ढंगबाट बढ्दा शोधान्तर घाटा बढेर विदेशी विनिमय सञ्चितमा चाप परेको छ । बढ्दो आयातका कारण बैंकिङ प्रणालीमा लगानीयोग्य रकम तरलता अभावको समस्या देखिएको छ भने ब्याजदर बढेको छ ।

  • मौद्रिक नीतिको समीक्षा : सेयर कर्जा सीमा र सीडी रेसियो यथावत (पूर्णपाठ)

    मौद्रिक नीतिको समीक्षा : सेयर कर्जा सीमा र सीडी रेसियो यथावत (पूर्णपाठ)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेको छ । केही ढिला गरी सार्वजनिक गरिएको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामा अधिकांश नीतिलाई निरन्तरता दिइएको छ ।

    सेयर लगानी कर्ताको प्रतिक्षमा रहेको ४/१२ करोडको सेयर कर्जाको सीमालाई राष्ट्र बैंकले यथावत राखेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले सेयर धितो ऋण पुनरावलोकन गरेन ।

    नेपाल राष्ट्र बैंकले सीडी अनुपातको ९० प्रतिशतलाई पनि निरन्तरता दिएको छ । यसैगरी राष्ट्र बैंकले व्यापार घाटा धेरै भएको भन्दै आयातमा कडाई गरेको छ ।

    कोभिड १९ विरुद्ध खोपको उपलब्धता बढेसँगै संक्रमण दरमा कमी आएको तथा बन्दाबन्दीलगायतका नियन्त्रणात्मक प्रावधान खारेज भएसँगै आर्थिक क्रियाकलापहरु पुनरुत्थान हुन थालेको मौद्रिक नीतिको समीक्षामा उल्लेख छ । यसले आयात निकै उच्चरूपमा बढ्दा भुक्तानी सन्तुलन तथा विदेशी मुद्रामा चाप परेको निष्कर्ष निकालिएको छ ।

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्रै रहेको बताइएको छ । समीक्षा अवधिमा मुद्रास्फिति ४.०३ प्रतिशत छ । यसैगरी बैंक वित्तीय संस्थाको निक्षेप परिचालन १.२ प्रतिशतले बढेर ४७ खर्ब १८ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निक्षेप परिचालन ४.९ प्रतिशतले बढेको थियो ।

    आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट नीजि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ७.७ प्रतिशतले बढेरर ४३ खर्ब ९९ अर्ब ८४ करोड पुगेको छ ।

    असोज मासान्तसम्मा बाणिज्य बैंकहरूको पुँजी पर्याप्ता अनुपात १३.४ प्रतिशत, विकास बैंकहरुको १३.६ प्रतिशत र वित्त कम्पनीहरुको १८.८ प्रतिशत रहेको छ ।

    मौद्रिक नीतिको लक्ष्यानुसार नै पहिलो त्रैमासमा विस्तृत मुद्राप्रदायको वृद्धिदर सीमित रहेको छ । राष्ट्र बैंकले वार्षिक १८ प्रतिशतले अर्थतन्त्रमा मुद्राको आपूर्ती बढाउने लक्ष्य राखेकोमा पहिलो ३ महिनामा १७.९ प्रतिशत रहेको छ ।

    नीजि क्षेत्रमाथिको दाबी १९ प्रतिशतले बढाउने प्रक्षेपण मौद्रिक नीतिले गरेको भएपनि चालु आर्थिक वर्षको पहिलो ३ महिनामा यस्तो वृद्धिर ३०.७ प्रतिशत रहेको छ ।

    राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा तरलता व्यवस्था गर्नका लागि रिपो मार्फत १ खर्ब ८५ अर्ब ५० र स्थायी तरलता सुविधामार्फत ८ खर्ब २२ अर्ब ६८ करोड रुपैयाँ गरी कुल १० खर्च ८ अर्ब रुपैयाँ तरलता प्रवाह गरेको छ ।

    यसैगरी समीक्षा अवधिमा निक्षेप संकलन उपकरण मार्फत ३१ अर्ब ६५ करोड र रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड गरी कुल ६० अर्ब रुपैयाँ तरलता प्रवाह गरेको छ ।

    समीक्षा अवधिमा ९४ करोड अमेरिकी डलर बिक्री गरी १ खर्ब ११ अर्ब ५३ करोड रुपैयाँ बारबरको भारितय मुद्रा खरिद भएको छ ।
    यस अवधिमा बाणिज्य बैंकहरूले ७ खर्ब ९७ अर्ब र अन्य वित्तीय संस्थाले १ खर्ब २२ अर्ब रुपैयाँ गरी ९ खर्ब १९ अर्ब रुपैयाँ बराबरको अन्तरबैंकिङ कारोबार गरेका छन् ।

    गत वर्ष ९१ दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.६३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४.८६ प्रतिशत पुगेको छ । बैंकहरु अन्त बैंकिङ कारोबारको भारित औसत ब्याजदर ०.११ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ ।

    वाणिज्य बैंकहरूको गत वर्षको पहिलो दिन महिनामा औसत आधारदर ७.७३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोहीमा अवधिमा ७.५३ प्रतिशत रहेको छ ।

    यसैगरी चालु आर्थिक वर्षको पहिलो दिन महिनामा निक्षेपको भारित औषत ब्याजदर ५.४३ प्रतिशत र कर्जाको औषत ब्याजदर ८.६९ प्रतिशत रहेको छ ।

  • राष्ट्र बैंकद्वारा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक

    राष्ट्र बैंकद्वारा पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलोपटक घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । वित्तीय क्षेत्र विकास रणनीति (२०७३/७४-२०७७//७८) ले घरजग्गा मूल्य सूचांक तयार पार्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिएको थियो । २०७५/७६ लाई आधार वर्षको रूपमा लिई सर्वेक्षण गरिएको हो ।

    घरजग्गा मूल्य सूचांक तयारीका लागि प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघंनता र तथ्याङ्क उपलव्धता समेतलाई हेरेर  नमूनाका रुपमा २० जिल्लाका २० स्थानलाई आधार मानी तथ्यांक संकलन गरिएको थयो ।

    घरजग्गाको धेरै कारोबार हुने नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका छनोट गरी तथ्यांक संकलन गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    यसका लागि मालपोत कार्यालयबाट रेजिष्ट्रेसन पास गर्दा राखिने थैली र कर्जा प्रवाह गर्दा धितोस्वरूप राखिने घरजग्गाको मूल्यांकनसम्बन्धी तथ्यांकको आधारमा मूल्य संकलन गरिएको छ ।

    घरजग्गातर्फ १८ हजार ९२० सर्वेक्षण संख्या लिएकोमा २ हजार ९६ र जग्गातर्फ ८१ हजार ९५६ मध्ये ८ हजार २४० वटा गरी कुल १० हजार ३३६ कारोबारलाई नमूनाको रूपमा लिइएको थियो । यसैगरी बाणिज्य बैंकतर्फ २ हजार ४७६ वटा कारोबार नमूनाकारूपमा लिएको राष्ट्र बैंकले जनाएको छ ।

    घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण गरी मुद्रास्फीति मापन गर्ने सूचांक निर्माण गरिएको बताइएको छ । नेपाल राष्ट्र बैंकले अबो यस्तो सूचांक त्रैमासिकरूपमा नियमित प्रकाशन गर्ने समेत जनाएको छ ।

    सर्वेक्षणको नतिजानुसार आर्थिक वर्ष २०७६/७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्यांक आधारमा मुद्रास्फीति २६.४५ प्रतिशत र मालपोत कार्यालयबाट प्राप्त तथ्यांक आधारमा १९.७३ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।

    यसैगरी आर्थिक वर्ष २०७६/७७ पहिलो नौं महिनामा यस्तो मुद्रास्फीति क्रमश १६.३१ प्रतिशत र १२.५७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा घरजग्गाको कारोबारमा शिथिलता आएकाले मुद्रस्फीति घटेको नेपाल राष्ट्र बैंकले निष्कर्ष निकालेको छ ।

  • घट्यो शोधान्तर घाटा, विदेशी विनिमयको सञ्चितिले ८.६ महिनाको आयात धानिने

    घट्यो शोधान्तर घाटा, विदेशी विनिमयको सञ्चितिले ८.६ महिनाको आयात धानिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक प्रकाशित गर्दै शोधान्तरस्थितिको घाटा कम भएको बताएको छ ।

    भदौमा करिब ८३ अर्ब पुगेको शोधान्तरस्थिति घाटा असोज महिनामा घटेर ७६ अर्ब १३ करोड कायम भएको छ । बढ्दो आयातका कारण शोधान्तरघाटा निरन्तररूपमा बढ्दै गएको थियो । गत वर्षको सोही अवधिमा शोधान्तस्थिति १ खर्ब १ अर्ब ९ करोड बचतमा रहेको थियो । समीक्षा अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ७० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधितमा चालु खाताको ३३ अर्ब ३८ करोडको बचतमा रहेको थियो ।

    शोधान्तरस्थितिको घाटामा केही कमी आएसँगै विदेशी मुद्राको सञ्चितिको दबाब पनि घटेको छ । असोज मसान्तसम्म नेपालको बैंकिङ प्रणालीमा १३ खर्ब ९९ अर्ब रुपैयाँ अर्थात ११ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको विदेशी मुद्राको सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    उक्त सञ्चितिले ८.६ प्रतिशतको वस्तु आयात तथा ७.८ महिनका लागि वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

  • राष्ट्र बैंकद्वारा नयाँ एकीकृत निर्देशन जारी (निर्देशनहरूसहित)

    राष्ट्र बैंकद्वारा नयाँ एकीकृत निर्देशन जारी (निर्देशनहरूसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि नयाँ एकीकृत निर्देशन २०७८ जारी गरेको छ । एकिकृत निर्देशन २०७७ र चालु आर्थिक वर्षको कात्तिक २८ गतेसम्म जारी निर्देशनहरुलाई समावेश गरी नयाँ ‘एकीकृत निर्देशन २०७८’ जारी गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ । जारी भएको नयाँ एकीकृत निर्देशननुसार आफ्ना गतिविधिहरू सञ्चालन गर्नका लागि सम्वन्धि बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले भनेको छ ।

  • राष्ट्र बैंकले पुनः संशाेधन गर्‍याे ब्याजदर नीति, औसत आधारमा १० प्रतिशत मात्रै बढाउन पाउने

    राष्ट्र बैंकले पुनः संशाेधन गर्‍याे ब्याजदर नीति, औसत आधारमा १० प्रतिशत मात्रै बढाउन पाउने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्तिक तीन गते जारी गरेको ब्याजदर वृद्धि सम्बन्धि नीति संसोधन गर्दै एकीकृत निर्देशन २०७७ मा समाबेश गरेको छ । मंसिरदेखि एक बैंक तथा वित्तीय संस्थाको अधिकत र न्युनतम ब्याजदरको औसत ब्याजदर गणना गरी १० प्रतिशत मात्रै बढाउन सक्ने छन् ।

    यसको अर्थ कात्तिक महिना न्यून ब्याजदर कायम गरेका बैंकलाई ब्याजदर बढाउने सुबिधा पाउने छ्न भने बढी ब्याजदर कायम गर्नेलाई रोक्ने प्रयास गरेको छ । यसअघिको ब्यवस्थानुसार बैंकले अघिल्लो महिनाको अधिकतम ब्याजदरबाटै १० प्रतिशतसम्म बढाउन पाउने व्यवस्था गरिएको थियो ।

    यसैगरी नेपाल राष्ट्र बैंकले कल निक्षेप र सस्थागत निक्षेप बाहेक अन्य निक्षेपको ब्याजदरमा प्रकाशित गर्दा ०.५ प्रतिशत बढी ब्याजदर प्रकाशित गर्नुपर्ने ब्यवस्था खारेज गरेको छ । बोलकबोलका आधारमा दिने ब्याजदर प्रकाशित मुद्द्तीको निक्षेप भन्दा बढी दिन नपाउने ब्यवस्था गरेको छ । तर बैंकमा रहेको निक्षेप पुनः बोलकबोल गरी नवीकरण गर्नुपरेमा ०.१० प्रतिशतसम्म बढाउन सक्ने ब्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

  • बैंकिङ पहुँचमा वागमती प्रदेशको वर्चस्व, कर्णाली न्यून (राष्ट्र बैंकको प्रतिवेदनसहित)

    बैंकिङ पहुँचमा वागमती प्रदेशको वर्चस्व, कर्णाली न्यून (राष्ट्र बैंकको प्रतिवेदनसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपालको संघीय प्रणालीमा वित्तीय क्षेत्रको स्रोत परिचालन’ नामक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

    उक्त प्रतिवेदनले प्रदेशगत हिसावमा वित्तीय क्षेत्रको पहुचँ, कर्जा लगानी र निक्षेप अवस्थाबारे अध्ययन गरेको छ । यसबाहेक गरिब, विपन्न, बेरोजगार र महिलालगायतले सञ्चालन गरेको व्यवसाय प्रवर्द्धन गर्न कार्यान्वयनमा ल्याइएको सहुलियतपूर्ण कर्जा तथा पुनर्कर्जा सुविधाबारे प्रदेशगत विश्लेषण गरिएको छ ।

    वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार तथा कारोबारलाई आधार बनाएर राष्ट्र बैंकको प्रतिवेदन सार्वजनिक भएको हो । गैरबैंकिङ कारोबार र सहकारी संस्थालाई यो अनुसन्धानमा समावेश गरिएको छैन ।

    अध्ययनअनुसार आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाका कुल शाखामध्ये सबैभन्दा बढी वागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रेदशमा छ । बागमतीमा कुल बैंकिङ प्रणालीको ३४ प्रतिशत र कर्णाली प्रदेशमा ४ प्रतिशतमात्रै शाखा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

    बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत र कुल कर्जाको ५६.६ प्रतिशत वागमती प्रदेशमा रहेको छ ।
    कर्णाली प्रदेशमा निक्षेप र कर्जा दुवै न्यून देखिएको छ । पछिल्लो समय अन्य प्रदेशहरूमा साधन परिचालन क्रमिक विस्तार भइरहेको प्रतिवेदनले देखाएको छ ।

    यसैगरी सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको पहुँच वागमतीबाहेकका अन्य प्रदेशमा उत्साहजनक ढंगले वृद्धि भएको अध्ययनको निष्कर्ष छ । औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकता प्राप्त क्षेत्रमा कर्जाको वितरण क्रमिकरूपमा सन्तुलित हुँदै गएको राष्ट्र बैंकले जनाएको छ ।

  • विदेशी लगानी आकर्षित गर्न डेरिभेटिभ बजार प्रभावकारी बनाउन राष्ट्र बैंकको जोड

    विदेशी लगानी आकर्षित गर्न डेरिभेटिभ बजार प्रभावकारी बनाउन राष्ट्र बैंकको जोड

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार’ विषयमा अध्ययन गरी एक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनले नेपालका अधिकांश फर्महरूलाई डेरिभेटिभ प्रोडक्टको सम्बन्धी जानकारी नभएको उल्लेख गरेको छ । दक्षिण एसियामा उक्त बजारको उपयोगका सन्दर्भमा नेपाल कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ ।

    सार्क मुलुकहरूमध्ये भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकामा विदेशी विनियम डेरिभेटिभ बजार अन्य मुलुकको तुलनामा बढी व्यवस्थित र फराकिलो रहेको अध्ययनले देखाएको छ ।

    करिब ८१ गैरवित्तीय फर्महरूलाई मध्ये करिब १४.८ प्रतिशतले मात्रै डेरिभेटिभ प्रोडक्टको प्रयोग गर्ने गरेका छन् । जसमा अधिकांश स्टिल तथा धातु उत्पादक फर्महरू रहेका छन् ।

    ११५ फर्महरूमाथि गरिएको सर्वेक्षणमा दैनिक कारोबारमा विदेशी विनिमयको जोखिम नरहेको भन्ने फर्महरूमा ३७ प्रतिशत रहेको र विदेशी विनिमयको जोखिम रहेको भन्ने बाँकी ५२.९ प्रतिशतलाई डेरिभेटिभ प्रोडक्ससम्बन्धी जानकारीको अभाव रहेको अध्ययनले देखाएको छ ।

    अध्ययनका अनुसार विदेशी विनिमय डेरिभेटिभ बजारका उपरकणमध्ये नेपालका सबै वाणिज्य बैंकहरूले ‘फर्वाड मार्केट’ र ५० प्रतिशत वाणिज्य बैंकहरू ‘स्वाप्स’ कारोबारमा संलग्न रहेको छन् ।

    तरलता , बजार सहभागिता, कानूनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा नेपाल विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा रहेको अध्ययनले देखाएको छ ।

    यस बजारको प्रवर्द्धन गर्न छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने अध्ययनको निष्कर्ष रहेको छ । हालको ‘ओभर द काउन्टर, ओटीसी’ बजारलाई प्रभावकारी बनाउदै हेजिङलाई सहजता प्रदान गर्न एवम् वैदेशिक लगानी आकर्षित गर्न ‘लङ टर्म फर्वाड’, ‘स्वाप्स’ र ‘अप्सन’ जस्ता उपकरणलाई प्रवर्द्धन गर्न अध्ययनले सुझाव प्रस्तुत गरेको छ ।

  • राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई कारबाही

    राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकलाई कारबाही

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र एसएलआर कायम नगर्ने तीन वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ ।

    हिमालयन बैंक, प्रभु बैंक र नेपाल बंगलादेश बैंकलाई वैधानिक तरलता अनुपातअनुसार मौज्दात रकम नपुर्‍याएको भन्दै राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले कारबाही गरेको हो ।

    विभागले ती बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

  • दसैँका लागि नयाँ नोटको जोहो शुरु (तस्बिर र भिडिओ)

    दसैँका लागि नयाँ नोटको जोहो शुरु (तस्बिर र भिडिओ)

    काठमाडौं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दसैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट सटही थालेका छन् ।

    नयाँ नोट खुलेसँगै बैंकहरूमा पैसा साट्नेको भीड लागेको छ । मीठो खाने र राम्रो लाउने पर्वको रूपमा लिइने दसैँमा नयाँ नोटको विशेष महत्व मानिन्छ । बिहान १० बज्न नपाउँदै बैंकहरूमा सर्वसाधारण टोकन लिएर लाइन बसेका छन् ।

    केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।

    काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ ।

    नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पलना गर्न केन्द्रीय बैंकले अनुरोध गरेको छ ।

    राष्ट्र बैंकले १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । कूल रुपमा केन्द्रीय बैंकले ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ ।

    साना र ठूला दरका गरी प्रतिव्यक्तिले १८ हजार ५ सयसम्म उपलब्ध गराइने छ । संस्थागत प्रयोजनका लागि भने २ देखि ५ करोडसम्म उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

    गत वर्ष भने कोरोनाको जोखिमका कारण भन्दै नयाँ नोट सटही गरिएको थिएन ।

     

  • ब्याजदर वृद्धिले निजी क्षेत्र थप समस्यामा, राष्ट्रबैंकको दोष देखाउँदै बैंकहरु

    ब्याजदर वृद्धिले निजी क्षेत्र थप समस्यामा, राष्ट्रबैंकको दोष देखाउँदै बैंकहरु

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ‘लोन टू डिपोजिट, सीडी अनुपात’ ९० प्रतिशत कायम गर्‍याे । ८५ प्रतिशतको सीसीडी अनुपातको व्यवस्थालाई हटाएर उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएपछि त्यसको प्रभाव बैंकको व्याजदरमा परेको छ ।

    बैंक तथा वित्तीय संस्थाहरु पहिल्यैदेखि केन्द्रीय बैंकको उक्त नीतिमा असन्तुष्ट थिए । यसले बैंकिङ प्रणालीमा तरलताको चरम अभाव उत्पन्न गराउने र ब्याजदर बढाउने चेतावनी बैंकर्सले दिएका थिए । नभन्दै असोजबाट अधिकांश बैंकहरुले ब्याजदर बढाएका छन् । निक्षेपसँगै कर्जाको ब्याजदर उचालिएपछि उद्योगी-व्यवसायी मारमा परेका छन् ।

    केन्द्रीय बैंकले भने एकीकृत निर्देशनमार्फत सीडी अनुपात सच्याउन सकिने संकेत गरेको थियो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपाल प्रेससँग कुराकानी गर्दै एकीकृत निर्देशनमार्फत सो सम्वन्धमा केही हेरफेर हुनसक्ने बताएका थिए । तर, नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन नल्याई पुरानै निर्देशनमा सामान्य संसोधन गरेको छ । सीडी अनुपातमा कुनै पनि परिवर्तन गरिएको छैन ।

    मौद्रिक नीति जारी हुँदै गर्दा अधिकांश बैंक तथा वित्तीय संस्थाको सीडी अनुपात ९० प्रतिशतभन्दा माथि पुगिसकेको थियो । उनीहरुले निक्षेप नबढाइ कर्जा प्रवाह गर्ने अवस्था थिएन । तरलताको अभावका कारण बैंकहरुले एसएलएफ र अन्तरबैंक सापटीमार्फत गर्जो टार्दै आएका छन् ।

    अहिले बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि लागि ब्याजदर सार्वजनिक गरिरहेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले मुद्दती र निक्षेपको ब्याजदर भारी मात्रामा बढाएका छन् । बैंकहरुको मुद्दतीको ब्याजदर १०.५ प्रतिशतसम्म पुगेको छ भने साधारण बचततर्फ पनि १ प्रतिशत ब्याजदर बढेको छ ।

    अर्थतन्त्रमा लगानीको मागअनुसार बचत सृजना हुन नसकिरहेको अवस्थामा ब्याजदर बढाएर निक्षेप आकर्षित गर्ने रणनीतिका साथ बैंकहरु प्रतिस्पर्धामा उत्रिएका छन् । निक्षेपको ब्याजदर बढेसँगै बैंकहरुको लागत पनि बढ्ने भएकाले कर्जाको ब्याजदर पनि दोहोरो अंकले बढ्ने देखिएको छ ।

    राष्ट्र बैंकको भूमिका

    गत आर्थिक वर्ष नेपाल राष्ट्र बैंकले लिएको खुल्ला मौद्रिक नीतिका कारण करिब ९ खर्ब हाराहारीमा कर्जा लगानी भएको थियो । चालू आर्थिक वर्ष पनि केन्द्रीय बैंकले करिब ८ खर्बको हाराहारीमा कर्जा बढाउने नीति अवलम्बन गरेको छ ।

    कोभिड-१९ को संक्रमण तथा राजनीतिक अन्योलताको अवस्थामा खुल्ला मौद्रिक नीतिबाट संकुचित मौद्रिक नीतिमा जानु नै गलत भएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

    ‘नेपाल राष्ट्र बैंकले आर्थिक परिदृष्यको सही ढंगले आँकलन गर्न नसक्दा अर्थतन्त्रमा पछिल्लो समस्या आएको देखिन्छ । राष्ट्र बैंक तत्कालका लागि सीडी अनुपातमा जान आवश्यक थिएन भने अध्यादेश र प्रतिस्थापन विधेयकका सन्दर्भमा गम्भीर विष्लेषणको अभाव देखियो,’ थापाले भने ।

    नेपाल राष्ट्र बैंकले बैदेशिक मुद्रा सञ्चिती, ब्यापारघाटा जस्ता बाह्य परिदृष्यको कमजोर विष्लेषण गरेर मौद्रिक नीति ल्याउँदा ब्याजदर बढेको उनको भनाइ छ । बढ्दो ब्यापारघाटाका कारण विदेशी मुद्राको सञ्चिती घट्ने र यसले मुलुकलाई जटिल समस्यामा पार्नसक्ने त्रासका कारण सीसीडी अनुपात हटाइएको उनले बताए ।

    तर, बिदेशी मुद्राको सञ्चिती केही समय घटेपनि केही समयपछि बढ्न नसक्नेतर्फ केन्द्रीय बैंकले नसोचेको थापाको भनाइ छ ।

    उद्योगी-व्यवसायी चिन्तामा

    ब्याजदर बढेकोप्रति उद्योगी व्यवसायी चिन्तित छन् । नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बढेको सुचनाहरु आउन थालेको भन्दै राष्ट्र बैंकले गलत नीतिका कारण अर्थतन्त्र समस्यामा परेको बताए ।

    ‘नेपाल राष्ट्र बैंकले ८५ प्रतिशतको सीसीडी अनुपात हटाएर ९० प्रतिशतको सीडी अनुपात कायम गर्नु नै केन्द्रीय बैंकको गलत नीति हो,’ उनले भने, ‘सीडी अनुपातभन्दा बढी कर्जा दिएका बैंकहरुमा तरलता अभाव हुँदा ब्याजदर बढेका सुचनाहरु आउन थालेका छन् ।’

    अर्थतन्त्र पुनरुत्थानको चरणमा रहेको, सरकारको बजेट संकटमा रहेको, राजस्व संकलन गरेर ढुकुटीमा राखेको र निक्षेप बढ्न नसकेको अवस्थमा केन्द्रीय बैंकको कसिलो नीतिले अर्थतन्त्र थप समस्यामा पर्ने चिन्ता मल्लले ब्यक्त गरे ।

    नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अहिलेको अवस्थामा ब्याजदर बढ्नु अर्थतन्त्रका लागि सुखद संकेत नभएको बताउँछन् । तर, सीडी अनुपातकै कारणले मात्रै ब्याजदरको समस्या नआएको उनको भनाइ छ ।

    ‘ब्याजदर बढ्नु हाम्रो लागि सुखद संकेत होइन । सीसीडी अनुपात हटाएर सीडी अनुपात कार्यान्वयनमा ल्याइएकै कारण उक्त समस्या आएको हो भन्ने मलाई लाग्दैन,’ गोल्छाले भने ।

    कोभिड पछाडि अर्थतन्त्र चलायमान हुँदा बस्तुको माग आयातबाट धान्नुपर्ने अवस्थाका कारण लगानीयोग्य रकमको हुनु ब्याजदर बढाउने मुख्य कारण भएको उनले बताए । हाल बजेट खर्च रोकिएका कारण तरलताको अभावको समस्या भएको र यसले ब्याजदर बढाएको उनको भनाइ छ ।

    यद्यपि केन्द्रीय बैंकले सीसीडी अनुपात हटाएर सीडी अनुपात कायम गर्दा बैंक तथा वित्तीय संस्थाको ६ खर्च ५० अर्ब होल्ड भएको राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापा बताउँछन् ।

    ‘नेपाल राष्ट्र बैंकले सीसीडी अनुपात हटाउँदा बैंकहरु ठूलो समस्यमा परेका छन् । सीसीडी हटाउँदा ६ खर्ब ५० अर्ब लगानी होल्ड भएको छ,’ उनले भने, ‘बैंकिङ प्रणालीमा पर्याप्त रकम हुँदाहुँदै यस्तो परिस्थितिमा ब्याजदर बढाउने गरी नीति लिनु दुर्भाग्यपूर्ण हो ।’

    ब्याजदर बढ्दा कर्जाको माग कम हुने कर्जाको माग कम हुँदा उत्पादन र रोजगारी सृजनामा पनि संकुचन आउने थापा बताउँछन् । ब्याजदर बढ्दा शेयर बजार समेत प्रभावित हुने उनको भनाई छ । त्रैमासिक समिक्षामा केन्द्रीय बैंकले आफ्नो नीति रिभ्यू गर्नुपर्नेमा थापाले जोड दिएका छन् ।

     

  • दसैँका लागि नयाँ नोट असोज ४ देखि, एकजनालाई साढे १८ हजारसम्म

    दसैँका लागि नयाँ नोट असोज ४ देखि, एकजनालाई साढे १८ हजारसम्म

    काठमाडौं । दसैँ तथा तिहारलक्षित गरेर राष्ट्र बैंकले असोज ४ गतेबाट नयाँ नोट निष्कासन गरेको छ । असोज ४ देखि २४ गतेसम्म नयाँ नोट साट्न पाइने राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

    नेपाल राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै असोज ४ गतेबाट नयाँ नोट साट्न सकिने बताएको हो । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरूको शाखा कार्यालयहरूबाट सटहीको व्यवस्था मिलाइएको जनाएको छ ।

    राष्ट्र बैंकका अनुसार साना र ठूला दरका गरी प्रतिव्यक्तिले १८ हजार ५ सयसम्म उपलब्ध गराइने रूपैयाँ वितरण गरिने छ । संस्थागत प्रयोजनका लागि भने २ देखि ५ करोडसम्म उपलब्ध गराइनेछ ।

    गत वर्ष भने कोरोनाको जोखिमका कारण भन्दै नयाँ नोट सटही गरिएको थिएन ।

  • राष्ट्र बैंकको प्रतिवेदन- प्रत्यक्ष वैदेशिक लगानी ८.५ प्रतिशत बढ्यो

    राष्ट्र बैंकको प्रतिवेदन- प्रत्यक्ष वैदेशिक लगानी ८.५ प्रतिशत बढ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७ सार्वजनिक गरेको छ ।

    आर्थिक वर्ष २०७६/७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये १९८ कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानी सम्वन्धी सर्वेक्षण प्रतिवेदन तयार पारेको केन्द्रीय बैंकले जनाएको छ ।

    आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले बढेर १ खर्ब ९८ अर्ब ५२ करोड पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंक ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत छ ।

    चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेकाले कुल वैदेशिक लगानी बढेको केन्द्रीय बैंकले जनाएको छ ।

    यसैगरी २०७७ असार मासान्तसम्मा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी ६३ अर्ब ४५ करोड, चीनबाट ३० अर्ब ९७ करोड , सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड, आयरल्याण्डबाट १२ अर्ब ९३ करोड र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

    प्रत्यक्ष वैदेशिक लगानीमधये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा आएको छ ।

    औद्योगिक क्षेत्रमा मध्ये पनि २८.३ प्रतिशत उत्पादनमुलुक क्षेत्र र २७.५ प्रतिशत जलविद्यूत क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सेवा तर्फ आएको कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

  • सेयर कर्जामा मुठीभरका ऋणीको हालीमुहाली, १२ करोडभन्दा बढी लिने जम्मा ११२ जना

    सेयर कर्जामा मुठीभरका ऋणीको हालीमुहाली, १२ करोडभन्दा बढी लिने जम्मा ११२ जना

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा राखेर दिने मार्जिन प्रकृतिको कर्जामा नियामक नेपाल राष्ट्र बैंकले लगाम कसेपछि सेयर बजारमा उथलपुथल भइरहेको छ । यससँगै राष्ट्र बैंकको कदमलाई लिएर विभिन्न खाले प्रतिक्रियाहरू व्यक्त भइरहेका छन् ।

    चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा निर्धारण गरिदिएको थियो । ठूला लगानीकर्ताहरूको सानो समूहले यस्तो कर्जाको अत्यधिक हिस्सा ओगटेर सेयर बजारमा हालीमुहाली गरेपछि नीति परिमार्जन गर्नुपरेको राष्ट्र बैंकको तर्क छ । मौद्रिक नीतिले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र बैंकिङ प्रणालीभित्रबाट १२ करोड रूपैयाँमात्रै ऋण लिन पाउने व्यवस्था गरेको छ ।

    केन्द्रीय बैंकले भदौ ९ गते ‘एकीकृत निर्देशन २०७७’ लाई परिमार्जन गर्दै एकाघरका परिवारले उक्त सिमाभित्र रहेर कर्जा लिन पाउने व्यवस्था गरेको हो । उक्त सीमाभन्दा बढी कर्जा लिएका ऋणीले आगामी आर्थिक वर्ष वा कर्जा परिपक्व हुने अविधिमध्ये जुन पहिले आउँछ सोही आधारमा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था निर्देशनमा उल्लेख गरिएको छ । विगतमा लगानीकर्ताले आफ्ना परिवारका सबै सदस्यहरूको नाममा मार्जिन कर्जा लिन पाउथे । कर्जाको सीमा नै थिएन ।

    मार्जिन प्रकृतिको कर्जामा लगाइएको थ्रेसहोल्डप्रति लगानीकर्ताहरूले तीव्र असन्तुष्टी व्यक्त गर्दै आएका छन् । लगानीकर्ता रामकृष्ण ढकालको नेतृत्वमा गठन भएको पुँजी बजार संघर्ष समितिले गभर्नरको आलोचना गर्दै उक्त नीति फिर्ता नलिए आमरण असन्नसम्मको घोषणा गरेका छन् । समितिले गभर्नरको राजीनामासमेत माग गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई यो नीति फिर्ता लिन निर्देशन दिएका छन् । तर, लामो गृहकार्य गरेर कर्जाको थ्रेसहोल्ड बनाएको भन्दै यसबाट पछि हट्न राष्ट्र बैंक तयार छैन । मार्जिन कर्जाका कारण अर्थमन्त्री, गभर्नर र लगानीकर्ताबीच आगामी दिनमा थप टकराव बढ्ने देखिएको छ ।

    ८ हजार ६ ऋणीले मात्रै लिएका छन् सेयर कर्जा

    नेपालको बैंकिङ प्रणालीबाट मार्जिन प्रकृतिको कर्जा कुल ८ हजार ५६४ जनाले लिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंक तथा वित्तीय संस्थाले १ करोडभन्दा माथिको, ५० लाखदेखि १ करोडसम्म, २५ लाखदेखि ५० लाखसम्म र ५० लाखभन्दा कम गरी चार भागमा विभाजन गरी मार्जिन कर्जा दिने गरेका छन् ।

    गत आर्थिक वर्षको तथ्यांकअनुसार १२ करोडभन्दा माथिको मार्जिन कर्जा लिनेको ऋणीको ११२ जना, ४ देखि १२ करोडसम्म लिने ५२४ जना छन् । बाँकी ७ हजार ९२८ जना ऋणीले ४ करोडभन्दा कम कर्जा लिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

    गत असार मसान्तसम्ममा नेपालका बैंक तथा वित्तीय संस्थाले कुल १ खर्ब ६ अर्ब सेयर धितोका आधारमा कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ५० अर्ब ४० करोड रूपैयाँ बढी मार्जिन प्रकृतिको कर्जा प्रवाह भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ५५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको छ । आर्थिक वर्ष २०७६/७६ मा ४५ अर्ब ४१ करोड रूपैयाँमात्रै यस्तो कर्जा प्रवाह भएको थियो ।

    नेपालको बैंकिङ प्रणालीबाट मार्जिन प्रकृतिको कर्जा कुल ८ हजार ५६४ जनाले लिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंक तथा वित्तीय संस्थाले १ करोडभन्दा माथिको, ५० लाखदेखि १ करोडसम्म, २५ लाखदेखि ५० लाखसम्म र ५० लाखभन्दा कम गरी चार भागमा विभाजन गरी मार्जिन कर्जा दिने गरेका छन् ।

    १ करोडभन्दा माथिको मार्जिन कर्जा अघिल्लो वर्षको तुलनामा १३३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा ३१ अर्ब ५३ करोड रूपैयाँ १ करोडभन्दा माथिको कर्जा प्रवाह भएकोमा गत आर्थिक वर्ष ७३ अर्ब ५३ करोड रुपैयाँ प्रवाह भएको छ । यसैगरी ५० लाखदेखि १ करोडसम्मको कर्जा १२ अर्ब, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १३ अर्ब ३५ करोड र २५ लाखभन्दा साना कर्जा ७ अर्ब २७ करोड रुपैयाँ प्रवाह भएको छ ।

    सानो समूहका ऋणीहरुले ठूलो परिमाणको कर्जा ओगटेकाले सेयर बजारमा पनि उनीहरुकै हालीमुहाली हुने गरेको यथार्थ हो । उनीहरूले आफ्नो स्वार्थअनुकूल बजारमा अवाञ्छित चलखेल गर्ने गरेको आरोप साना लगानीकर्ताहरुको छ । राष्ट्रबैंकले ल्याएको नयाँ नीतिको यस्तो चलखेल रोक्ने विश्वास साना लगानीकर्ताहरूले लिएका छन् ।

    साथै, बैंक तथा वित्तीय संस्थाहरूको जोखिम कम गर्नका लागि पनि यस्तो थ्रेसहोल्ड अत्यावश्यक रहेको राष्ट्रबैंकको तर्क छ ।

    के भन्छन् विज्ञ ?

    नेपाल राष्ट्र बैंकले कर्जामा भएको जोखिमलाई कम गर्न चाहेको कुरालाई सकारात्मक रुपमा लिन सकिने तर, यसका लागि पर्याप्त समय दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । केन्द्रीय बैंकले नीति निर्माण गर्दा उक्त नीति पूर्वानुमानयोग्य हुनुपर्ने र बजारबाट आफ्नो सम्पत्ति नगुमाइकन लगानीकर्तालाई सम्मानजनक बहिर्गमनको मौका दिनुपर्ने वित्तशास्त्री अनलराज भट्टराई बताउँछन् ।

    ‘नेपाल राष्ट्र बैंकले कर्जाको जोखिमलाई हेरर मार्जिन कर्जासम्वन्धी नीति परिवर्तन गरेकाले यसलाई सकारात्मक नै लिनुपर्छ,’ उनले भने, ‘नियामकले नीति परिवर्तन गर्दा लगानीकर्तालाई असर नगर्ने गरी गर्नुपर्छ ।’

    भट्टराई नेपालको सेयर बजारमा ‘बवल्स’ सृजना भएको हो कि भन्ने आशंकामा समेत असहमति राख्छन् । नेपालको सेयर बजार बैंक तथा वित्तीय संस्थाको कर्जाले मात्रै भई करिब ३० लाख लगानीकर्ताको आफ्नो पूँजिबाट सञ्चालन भइरहेको उनको भनाइ छ ।

    ‘पछिल्लो समय सेयर बजारमा ८ गुणा बढी लगानीकर्ता थपिएका छन् भने करिब २.५ गुणाको हाहारीमा सेयर बजार बढेको छ, तपाई कसरी सम्पत्तीमा ववल्स निर्माण भयो भन्नुहुन्छ ?’ उनले प्रश्न गरे ।

    सेयर बजारमा साना-ठूला र संस्थागत लगानीकर्ताले समेत लगानी गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकको ऐनको अधिनमा रही संस्थागत लगानीकर्ताहरु (बैंक तथा वित्तीय संस्था, सामूहिक लगानी कोष, इन्भेष्टमेन्ट कम्पनी) लगायतले समेत सेयरमा लगानी गर्ने गरेका छन् ।

    नेपालको बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल पुँजीको १० प्रतिशतको हाराहारीमा करिब ३ खर्बको रूपैयाँ सेयर बजारमा लगानी गरेका छन् । यसरी मार्जिन कर्जामार्फत १ खर्ब ६ अर्ब र संस्थागत लगानीकर्ताको ३ खर्ब गरी बैंक प्रणालीमार्फत ४ खर्बको हाराहारीमा मात्रै कर्जा भएको छ । नेपालको पछिल्लो समय नेप्सेको कुल पुँजीकरण ४१ खर्ब ७१ अर्ब पुगेको छ । भने दैनिक १० अर्बभन्दा बढी कारोबार भइरहेको छ ।

    लगानीकर्ताको आक्रोश

    राष्ट्र बैंकले ल्याएको नीतिले बजारमा गिरावट आएको भन्दै लगानीकर्ता भने आक्राशित छन् । गभर्नरको अपरिपक्वता र अव्यवहारिक पाटो पछिल्लो निर्णयमा झल्किएको लगानीकर्ता ताराप्रसाद फुलेलले बताए ।

    फ्रन्टलाइन रेगुलेटरहरूले पछिल्लो समयमा धितोपत्र बोर्डको स्वायत्तता खोसेको उनको बुझाइ छ ।

    ‘नेपाल राष्ट्र बैंकका गभर्नर र केही पदाधिकारीहरूको सनकका भरमा अव्यवाहारिक निर्णय गरिएको छ । धितोपत्र बोर्डको स्वयत्तामाथि नै प्रश्न उठ्ने गरी नेपाल राष्ट्र बैंकले मुद्रा आपूर्तिमार्फत बजार नियमनको प्रयास गर्नु गलत छ,’ उनले भने ।

    नेपाल राष्ट्र बैंकले पुर्वानुमान गर्नै नसकिने खालको नीति ल्याएर बजारमा अनावश्यक हस्तक्षेप गरिरहेको उनी बताउँछन् ।

    सेयर बजारमा विकृतिका चाङ भए पनि त्यसको नियमन गर्ने जिम्मेवारी धितोपत्र बोर्डको नै भएकाले यसको नियमन बोर्डमार्फत हुनेपर्नेमा उनको जोड छ ।

    राष्ट्र बैंक भन्छ- साना लगानीकर्ताको पक्षमा निर्णय

    केन्द्रीय बैंक भने आफ्नो नीतिको बचाउ गर्दै कर्जाको प्रवाहको अवस्था र जोखिमलाई मूल्यांकन गरेर उक्त नीति ल्याइएको बताउँछ । साना लगानीकर्तालाई समेत कर्जाको पहुँचमा पुर्‍याउन उक्त नीति ल्याइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालल बताए ।

    ‘कर्जाको प्रवाहको अवस्था र जोखिमलाई मूल्यांकन गरिकन नै हामीले मौद्रिक नीतिमार्फत उक्त व्यवस्था गरेका हौं । सेयर कर्जामा साना लगानीकर्ताको पहूँचमा वृद्धि होस् भन्ने हाम्रो ध्येय हो’, उनको दावी छ ।

    तर, ढकालले भने अनुसार नेपाल साना लगानीकर्ताले सहजरूपमा कर्जा पाउने अवस्था भने छैन । कर्जा लिनका लागि पूरा गर्नुपर्ने प्रकृयागत झन्झटका कारण सामान्य व्यक्तिले सहजरूपमा कर्जा प्राप्त गर्न सकिरहेका छैनन् ।

    याे पनि पढ्नुस्

    अर्थमन्त्रीको दबाबमा सेयर कर्जासम्बन्धी निर्णय राष्ट्र बैंकले फिर्ता नलिने

     

  • एक परिवारले १२ करोडभन्दा बढी सेयर कर्जा लिन नपाउने

    एक परिवारले १२ करोडभन्दा बढी सेयर कर्जा लिन नपाउने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर बजारमा जाने मार्जिन प्रकृतिको कर्जामा कडाइ गरेको छ ।

    यसअघि एक परिवारका सबै सदस्यको नामबाट जति पनि मार्जिन कर्जा लिन पाउने व्यवस्थामा केन्द्रीय बैंकले यसमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले हालै एकीकृत निर्देशन २०७७ संशोधन गर्दै एकाघर परिवारले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक वित्तीय संस्थाबाट कुल १२ करोड मात्रै कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

    एकाघर परिवारले उक्त सीमाभन्दा बढी कर्जा लिएको भए घटाउदै लैजान निर्देशनमा भनिएको छ । उक्त सीमा नाघेका ऋणीले अब थप मार्जिन कर्जा लिन पाउने छैनन् । केन्द्रीय बैंकले तोकेको सिमा भन्दा बढी मार्जिन कर्जा लिएका ऋणीलाई कर्जा घटाउन केन्द्रीय बैंकले भुक्तानी अवधिसमेत तोकेको छ । भदौ ८ गते वा कर्जा लिएको १ वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधिभित्रमा सीमाभन्दा बढी लिएको कर्जा भुक्तानी गर्न निर्देशनमा उल्लेख छ ।

    ‘यो निर्देशन जारी हुनुपूर्व (२०७८-५-८) कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा भएको भए त्यस्तो कर्जालाई क्रमिकरूपमा घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्षमध्ये जुन पहिले हुन्छ सो अवधिभित्र नियमित गरिसक्नुपर्नेछ’ , निर्देशनमा भनिएको छ ।

    नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एकाघर परिवारका विषयमा मौन भएपनि एकिकृत निर्देशिन संशोधनमार्फत भने उक्त व्यवस्था गरिएको हो ।

    बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर आक्रमकरूपमा मार्जिन कर्जा विस्तार गरेपछि यसले वित्तीय जोखिम बढाएको भन्दै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।

    गत आर्थिक वर्ष मार्जिन प्रकृतिको कर्जा १११ प्रतिशतले बढेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आ.व २०७७/७८ मा मार्जिन प्रकृतिको कर्जा ५६ अर्ब बढेर १ खर्ब ६ अर्ब रूपैयाँ प्रवाह भएको छ ।

    यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । केन्द्रीय बैंकको निर्देशनका कारण बजारमा गिरावट शुरू भएको छ ।

  • राष्ट्र बैंकको मौद्रिक नीतिमा मिडियालाई निषेध, आर्थिक पत्रकारको आपत्ति

    राष्ट्र बैंकको मौद्रिक नीतिमा मिडियालाई निषेध, आर्थिक पत्रकारको आपत्ति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमा पत्रकारलाई निषेध गरेको छ । कोभिडको कारण देखाउँदै नेपाल राष्ट्र बैंकले केहीलाई  मात्र प्रवेश दिएको भन्दै आर्थिक पत्रकारले आपत्ति जनाएका हुन् ।

    पत्रकारलाई प्रवेश निषेध गरेर मौद्रिक नीति सार्वजनिक गर्नुले नेपाल राष्ट्र बैंकको स्वयत्तामाथि प्रश्न उठेको छ ।

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति प्रसारण गर्नका लागि टेण्डर आह्वान गरेको र सोही आधारमाप्रत्यक्ष प्रसारणको जिम्मेवारी दिइएको नेपाल राष्ट्र बैंकका साहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले बताए ।

  • फेरि सर्‍यो मौद्रिक नीति, राष्ट्र बैंकका प्रवक्ता भन्छन्-आगामी साता आउँछ

    फेरि सर्‍यो मौद्रिक नीति, राष्ट्र बैंकका प्रवक्ता भन्छन्-आगामी साता आउँछ

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सार्वजनिक गर्न लागेको मौद्रिक नीति एक हप्ता सरेको छ । साउन पहिलो सातामा नै आउनु पर्ने मौद्रिक नीति सार्वजनिक समय सरकार परिवर्तनका कारण अन्योलमा परेको छ ।

    राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साता मौद्रिक नीति नआउने बताए । उनले भने, ‘आगामी सात मात्रै मौद्रिक नीति आउनेछ । राष्ट्र बैंकले त्यसका लागि काम गरिरहेको छ ।’

    ओली सरकारले ल्याएको चालु आर्थिक वर्षको अध्यादेशमार्फतको बजेट परिमार्जन गर्ने वा आफू अनकूल हुने गरी पुनः बजेट ल्याउने देउवा सरकार अनिर्णित भएको छ ।

    जनार्दन शर्मा अर्थमन्त्री बनेपछि मन्त्रालयका छलफल चलिरहेको र त्यो छलफल सकिएपछि मौद्रिक नीति आउने बताएका थिए ।

    गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति लगभग तयार रहेको भन्दै नयाँ सरकारको ‘ग्रिन सिग्नल’ पछि त्यसलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने हिजोको अर्थ समिति बैठकमा बताएका थिए ।

  • अर्थले बाटो खोलिदिए यसै साता मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

    अर्थले बाटो खोलिदिए यसै साता मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । सरकार परिवर्तनसँगै मौद्रिक नीति आउन ढिला भएको छ । सरकारले बजेटमा परिवर्तन गर्ने संकेत गरेपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन ढिलाइ गरेको हो ।

    अर्थमन्त्रालयले सरकारको निर्णय कुर्न भनेपछि नेपाल राष्ट्र बैंकले तयारी अवस्थामा रहेको मौद्रिक नीति प्रस्तुत गरेन । मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइ तथा सदनमा अंकगणितका कारण पुरानै बजेटले निरन्तरता पाउने अवस्था भएपछि मौद्रिक नीति प्रस्तुत गर्ने तयारी भएको हो ।

    अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्तामा हस्तक्षेप नगरेको बताएपछि नेपाल राष्ट्र बैंक मौद्रिक नीति ल्याउनका लागि कसिएको छ । मौद्रिक नीतिको सन्दर्भमा पूर्वगभर्नरहरुसँग अन्तर्क्रियामा उनीहरुले सरकारको बजेटलाई पर्खेर बस्न हुन्न भन्दै चाँडो मौद्रिक नीति प्रस्तुत गर्न सुझाव दिएका थिए ।

    अर्थमन्त्रालयमा सचिव हेरफेरले पनि मौद्रिक नीति यही साताभित्र आउने आँकलन बढेको छ ।  अर्थसचिव नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा पदेन सदस्य रहने भएकाले उनले मंगलबार सपथ लिँदैछन् ।

    नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्र मौद्रिक नीति ल्याउने गरी तयारी अगाडि बढिरहेको बताएका छन् । ‘हामीले यही साता ल्याउने भन्ने सोचका साथ तयारी गरिरहेका छौं ’,उनले भने ।

    अर्थमन्त्रालयले हस्तक्षेप नगरेमा बिहीबार र शुक्रबार सम्ममा मौद्रिक नीति ल्याउने तयारी राष्ट्र बैंकले गरेको स्रोतले बताएको छ ।

  • नेपाल प्रेस फलोअप : वान एक्स बेटलगायत अवैध अनलाइन बेटिङ साइट नेपालभर बन्द

    नेपाल प्रेस फलोअप : वान एक्स बेटलगायत अवैध अनलाइन बेटिङ साइट नेपालभर बन्द

    काठमाडौं । वान एक्स बेट लगायत विभिन्न अवैध सट्टेबाजी गर्ने अनलाइन बेटिङ साइट बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । नेपाल प्रेसले वान एक्स बेटलगायत अवैध अनलाइन बेटिङका धन्दा कसरी चलिरहेका छन् भनेर नियमक निकायहरुको ध्यानाकर्षण गर्न सिरिजमै समाचार प्रकाशन गरेको थियो ।

    प्रहरीको अपराध महाशाखाले समेत अवैध सट्टेबाजीमा संलग्नहरुको खोजी गरिरहेका बेला नेपाल राष्ट्र वैंकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै वानएक्स बेटसहितका अनलाइन बेटिङहरु नेपालभर बन्द गर्न निर्देशन दिएको छ ।

    राष्ट्र वैंकको पत्राचार लगत्तै नेपालमा अवैध रूपमा भइरहेको अनलाइन बेटिङ र ग्याम्ब्लिङ सम्बन्धी वेबसाइटहरू वान एक्सबेट, लगायतलाई नेपालभर चल्न प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई सोमवार निर्देशन दिएको छ ।

    नेपाल राष्ट्र बैंकले असार ३१ गते गैरकानूनी बेटिङ कार्य रोक्न प्राधिकरणलाई निर्देशन दिएको थियो । प्राधिकरणका अनुमतिपत्र शर्त अनुगमन शाखाका प्रमुख सहायक निर्देशक हस्तवहादुर शाहीले नेपालभर त्यस्तै वेवसाइट चल्न नदिने गरि बन्द गर्न र सो को जानकारी गराउन भनेका छन् ।

    राष्ट्र वैंकले नेपालमा अनलाइनमर्फत जुवा खेल्ने,खेलाउने तथा बाजी राख्ने प्रयोजनका लागि सन्चालनमा रहेका वानएक्स बेट डट कम लगायतका विदेशी बेटिङ वेवसाइटहरुले विभिन्न एजेन्टमार्फत बेटिङ गर्ने गरेको जनाएको छ ।

    त्यस्ता एजेन्टहरुले राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरुले सन्चालनमा ल्याएका वालेटहरुबाट भुक्तानी हुने गरेको उजुरी र गुनासो आइरहेको भन्दै बन्द गर्न पत्राचार गरेको हो । नेपाल प्रेसले कसरी अवैध रुपमा नेपाली पैसा विदेशिएको छ भन्ने समाचार प्रकाशन गरेको थियो ।

    नेपालमा पछिल्लो समय अवैध सट्टेबाजी, अनलाइन क्यासिनो जस्ता कानुनले बर्जित गरेका धन्दाहरू मौलाइरहेका छन् ।

    अवैध बेटिङ धन्धाबारे नेपालप्रेसमा प्रकाशित केही समाचार पढ्नुहाेस्-

    वान् एक्स बेटको सट्टेबाजीमा कुन बैंक र डिजिटल वालेटको साथ ?

    वान एक्स बेटको हुण्डी धन्दामा सयौं नेपाली एजेण्ट, यस्तो छ जालो

    नेपाली युवालक्षित अवैध जालो बुन्दै ‘वान् एक्स बेट’

    युट्युब सेलिब्रिटी नै गर्दैछन् अवैध सट्टेबाजी धन्दाको विज्ञापन

    नेपाल प्रेस समाचार प्रभावः वान एक्स बेटले हटायो पेमेन्ट प्लेटफर्म, युट्युबरले हटाए विज्ञापन

  • बैंकहरुले ३० प्रतिशत मात्रै नगद लाभांश दिन पाउने, कर्जा नोक्सानीको सिमा बढ्यो

    बैंकहरुले ३० प्रतिशत मात्रै नगद लाभांश दिन पाउने, कर्जा नोक्सानीको सिमा बढ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बाणिज्य बैंक विकास र वित्त कम्पनीका लागि जारी भएको एकिकृत निर्देशन २०७७ लाई संसोधन तथा परिमार्जन गर्दै कर्जा नोक्सानी ब्यवस्था, खर्च लेखाङ्कन सम्वन्धि व्यवस्थामा परिवर्तन गरेको छ ।

    नगद लाभांश सम्वन्धि नीतिलाई यथावत राखेको छ । मौद्रिक नीति आउन ढिलाइ भइरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७७ परिवर्तन गरेको हो ।

    बैंक तथा वित्तीय संस्थाले आर्थिक बर्ष २०७७/७८ को वित्तीय बिवरण तयार पार्दा कर्जा नोक्सानीको व्यवस्था ०.३ प्रतिशतले थप गर्दै १.३ प्रतिशत पुर्याएको छ ।

    महामारीका कारण सीसीडी वा एलडी अनुपात नाघेका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको अतिरिक्त कर्जा (चालू पुँजीको २० प्रतिशत वा आवधिक कर्जाको १० प्रतिशत ) उठाउने म्याद तथा सिमा समेत नेपाल राष्ट्र बैंकले थप गरेको छ ।

    कोभिडका समयमा आर्थिक पुर्नउत्थानका लागि भन्दै नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहका लागि निर्धारण गरेको सीसीडी अनुपात भन्दा बढी कर्जा प्रवाह गर्नका लागि छुट दिएको थियो । सीसीडी अनुपातको सिमा नाघेर प्रवाह भएको कर्जा बापत ५ प्रतिशत नोक्सानीको व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । यस्तो कर्जा उठाउने म्याद १ वर्षका लागि थप गरिएको निर्देशनमा उल्लेख गरिएको छ ।

    त्यस्तै नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षको चौथो त्रैयमासको वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने मिति साउन मासान्तसम्म तोकिएको छ ।

    त्यस्तै बैंक तथा वित्तीय संस्थाले भदौ १५ गतेसम्म प्राप्त गर्ने ब्याज आम्दानीलाई अघिल्लो आर्थिक वर्षको आम्दानीको रुपमा लेखाङ्कन गर्न पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कर्मचारीको दक्षता अभिवृद्धिका लागि अघिल्लो आर्थिक वर्षको कुल तलवभत्ताको ३ प्रतिशत रकम वृतिविकासमा खर्च गर्नुपर्ने प्रावधानलाई समेत नेपाल राष्ट्र बैंकले हटाइदिएको छ । नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरण सम्वन्धि गत आर्थिक वर्षको नीतिलाई निरन्तरता दिएको छ ।

    बैंक तथा वित्तीय संस्थाले आफ्ना वितरणयोग्य आयको ३० प्रतिशतसम्म नगद लाभांश वितरण गर्न पाउने भएका छन् । तर, नगद लाभांश वितरण गर्दा निक्षेपको भारित औषत व्याजदरभन्दा बढी नगद लाभांश वितरण गर्न नपाइने र कुल वितरणयोग्य आय चुक्तापुँजीको ५ प्रतिशत भन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि मात्रै नगद लाभांश वितरण गर्न पाउने पुरानै व्यवस्थालाई निरन्तरता दिएको छ ।

  • ‘क्लीन फिड’ कुल्चदै ओटीटीमार्फत अवैध धन्दा, राष्ट्र बैंकबाटै मलजल !

    ‘क्लीन फिड’ कुल्चदै ओटीटीमार्फत अवैध धन्दा, राष्ट्र बैंकबाटै मलजल !

    काठमाडौं । सरकारले स्वदेशी विज्ञापनलाई प्रवर्द्धन गर्न भन्दै १० महिनाअघि ठूलो प्रचारसहित विदेशी टेलिभिजन प्रसारणमा ‘क्लीन फिड’ को नीति लागू गर्‍यो । तर, अहिलेसम्मको अनुभवमा यसका सकारात्मकभन्दा नकारात्मक प्रभावहरू बढी देखिएका छन् ।

    क्लीन फिड लागू गरिँदा जनमानसबाट स्वागत भएको थियो भने केवल सञ्चालकहरूले पनि यसलाई स्वीकार्दै आफ्नो व्यवसायमा आवश्यक परिमार्जन गरेका थिए । तर, कानूनविपरीतका अवैध धन्दा नियन्त्रण गर्न नसक्दा क्लीन फिडको नीति ‘असफलताउन्मूख’ बनेको हो । ओटीटी प्लेटफर्ममार्फत अवैधरूपमा ग्राहकसम्म पुग्ने विदेशी सामग्रीहरू नरोकिएपछि केवल व्यवसायीहरू मारमा परेका छन् ।

    नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका अनुसार क्लीन फिड लागू भएयता केवल व्यवसायमा करिब ४० प्रतिशतले ह्रास आएको छ । साथै, सोचिएअनुसार विज्ञापन बजार पनि विस्तार भएको छैन । बरु ओटीटी प्लेटफर्ममार्फत ठूलो धनराशी विदेशिने क्रम बढेको छ ।

    ‘क्लीन फिड’ लागू भएपछि केवलहरूले वितरण गर्ने च्यानलमा आधा कटौती भएको छ । आफ्नो रुचीका च्यानलहरु हेर्न नपाएपछि ग्राहकहरु केवल बन्द गरेर इन्टरनेटमार्फत अवैधरूपमा प्रवाह हुने सामग्रीतर्फ आकर्षित भइरहेका छन् । उनीहरूले शुल्क तिरेर हेर्ने यस्तो सामग्रीवापत अर्बौं रूपैयाँ विदेशिएको छ, तर सरकारलाई यसबाट एक रूपैयाँ पनि राजश्व प्राप्त हुँदैन । यता, नियमित राजश्व तिरेर काम गरिहरेका केवल अपरेटरहरूको व्यवसाय भने संकटग्रस्त बनिरहेको छ ।

    स्मरणीय के छ भने ओटीटी प्लेटफर्मबाट प्रसारण हुने टेलिभिजन सामग्रीहरूमा ‘क्लीन फिड’ लाग्दैन । विज्ञापनसहित ती सामग्रीहरू निर्वाध प्रसारण भइरहँदा सरकारी निकाय मुकदर्शक बनेका छन् ।

    अवैध धन्दामा बैंकहरू पनि सामेल

    नेपाली रूपैयाँ विदेश पठाउने कार्यलाई स्वदेशी वाणिज्य बैंकहरूले खुलेआम मलजल गरिरहेको पाइएको छ । हिजोआज डिजिटल प्लेटफर्ममा केही बैंकहरूको विज्ञापनहरु देख्न पाइन्छ । ती विज्ञापनमा प्रसारण ऐनविपरीत विदेशी टेलिभिजन कार्यक्रमहरू सोझै शुल्क तिरेर हेर्न ग्राहकलाई प्रोत्साहन गरिएको छ ।

    सनराइज बैंकले बकाइदा विज्ञापन नै गरेर भनेको छ, ‘अब आउँछ वेव सिरिजको मज्जा, सनराइ प्रिपेड डलर कार्डसँग ।’

    सामाजिक सञ्जालमा राखिएको विज्ञापनमा थप भनिएको छ, ‘अब आफूलाई मन लागेको वेव सिरिज हेर्न विदेशमा भएका साथी खोज्नु पर्दैन, सनराइज बैंकको सनराइज प्रिपेड कार्ड भए पुग्छ ।’

    डलर कार्डको लागि आवेदन गर्न सकिने लिंक पनि त्यसमा उपलब्ध गराइएको छ ।

    नविल बैंकले पनि यसैगरी प्रिपेड डलर कार्डको विज्ञापन गरेको छ । उसले भनेको छ, ‘बैंकमा नेपाली पैसा जम्मा गर्नुहोस् र सजिलैसँग डलर कार्ड प्राप्त गर्नुहोस् ।’

    स्वदेशी पैसा विदेश पठाउने कार्यलाई देशको केन्द्रीय बैंकले नै बाटो खोलिदिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गत चैत ८ गते नेपालका सम्पुर्ण ‘क’ वर्गका बाणिज्य बैंकहरु तथा ‘ख’ वर्गका विकास बैंकहरुलाई एकीकृत परिपत्र जारी गर्यो । त्यसमा विदेशी मुद्राको भूक्तानी गर्न वार्षिक अधिकतम अमेरिकी डलर ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने उल्लेख छ ।

    राष्ट्र बैंकको त्यही परिपत्रमा टेकेर बैंकहरूले यस्तो विज्ञापन गरे पनि प्रसारणसम्बन्धी ऐनलाई भने उनीहरुले बेवास्ता गरेका छन् । नेपाल सरकारको विद्यमान सञ्चार तथा सूचना प्रविधिसम्बन्धी कानूनी व्यवस्थाले गैरकानूनी भनि परिभाषित गरेका विदेशी प्रसारण संस्थाका कार्यक्रमहरू सोझै शुल्क तिरेर हेर्न उनीहरूले आह्वान गरेका छन् ।

    यस सम्बन्धमा सम्बन्धित बैंकका आधिकारिक व्यक्तिसँग सोध्दा ‘नेपाल राष्ट्र बैंकको परिपत्र बमोजिम नै ग्राहकलाई डलर प्रिपेड कार्डको सुविधा प्रदान गर्दै आएको’ बताएर पन्छिए । सोही एकीकृत परिपत्रको दफा ७ को उपदफा ४ मा नेपालको प्रचलित कानूनले प्रतिबन्ध नलगाएका विदेशी बस्तु तथा सेवा मात्र कार्ड प्रयोगकर्ताले अनलाइनमार्फत विदेशबाट खरिद गर्न सक्ने भनिएको छ । यसलाई बैंकहरूले ध्यान दिएका छैनन् ।

    प्रसारणसम्बन्धी विद्यमान कानून

    प्रिपेड कार्डमार्फत विदेशी कार्यक्रम वा प्रसारण शुल्क तिरेर नेपाली उपभोक्ताहरुले हेर्दा नेपाल सरकारको विद्यमान सञ्चार तथा सूचना प्रविधिसम्बन्धी कानूनको उल्लंघन हुने यस क्षेत्रका विज्ञहरू बताउँछन् ।

    नेपालको विद्यमान कानूनी व्यवस्था हेर्दा राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२, रेडियो ऐन २०१४, रेडियो सञ्चार (लाइसेन्स) नियमावली २०४९ लगायतका ऐन-नियमहरूले प्रसारण क्षेत्रलाई नियमन गरिरहेको अवस्था छ । विद्यमान राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा ४ मा ‘कसैले पनि यस ऐनबमोजिम इजाजतपत्र नलिई कुनै पनि कार्यक्रम प्रसारण गर्नु नहुने’ उल्लेख छ ।

    अतः नेपालमा प्रसारण हुने नेपाली तथा विदेशी जुनसुकै च्यानलहरूले माथि उल्लेखित ऐन-नियमबमोजिम आवश्यक राजस्व तिरी इजाजतपत्र र लाइसेन्स प्राप्त गरेर मात्र प्रसारण गर्नुपर्ने हु्न्छ । विदेशी च्यानलहरूको हकमा राष्ट्रिय प्रसारण नियमावली २०५२ को नियम ५ क मा डाउनलिङ्क गर्न अनुमतिपत्र लिनुपर्ने, नियम ५ ख मा सिग्नल वितरणको लागि अनुमतिपत्र लिनुपर्ने, नियम ६ को उपनियम २ मा डाउनलिङ्क गरिने प्रसारण संस्थाबाट प्रसारण हुने कार्यक्रमको भाषा तथा विषयवस्तुसमेत विचार गर्नुपर्ने उल्लेख छ । यस्तै, नियम ७ मा निवेदन र इजाजतपत्र तथा अनुमतिपत्रवापत लाग्ने दस्तुरसमेत तोकिएको छ ।

    तर, राष्ट्र बैंकले जारी गरेको परिपत्रको दफा ७ को उपदफा ४ मा ‘नेपालको प्रचलित कानूनले प्रतिवन्ध नलगाएका विदेशी वस्तु तथा सेवालाई कार्ड प्रयोगकर्ताले अनलाइनमार्फत विदेशबाट खरिद गर्न सक्ने’ भनी व्यवस्था गर्दा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग आवश्यक परामर्श नगरेको देखिन्छ । र, यही परिपत्रलाई आधार बनाएर विदेशी प्रसारण संस्थाका कार्यक्रमहरू नेपालमा ग्राहकहरूलाई वितरण गरी डलर प्रिपेड कार्डको माध्यमबाट सोझै रकम प्राप्त गर्ने कार्य पनि गैरकानूनी हो ।

    नेपालमा यसरी गैरकानूनी सेवा उपभोग गर्ने ग्राहकहरूको संख्या १२ लाखदेखि १५ लाखसम्म रहेको अनुमान छ । यसबाट नेपाल सरकारको राजस्व चुहावट र हानी-नोक्सानीबारे अनुमान लगाउन सकिन्छ ।

    महासंघका अध्यक्ष भन्छन्ः पटक-पटक उजुरी गर्दा पनि सुनवाइ भएन

    नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्मा नेपालमा चोर बाटोबाट विदेशी कार्यक्रमहरु निर्वाध प्रसारण भइरहँदा सरकार मुकदर्शक बनेको बताउँछन् । यसबाट सरकारले अर्बौं राजश्व गुमाइरहेको तथा स्वदेशको केवल व्यवसाय धराशयी बनेको उनको गुनासो छ ।

    अध्यक्ष शर्माको भनाइ जस्ताको तस्तैः

    करिब २५/२६ वर्ष अगाडि सञ्चार मन्त्रालयबाट केवल टेलिभिजन प्रसारणको अनुमतिपत्र प्राप्त गरी धेरै दु:खले देशैभर केवल टेलिभजन प्रसारणको नेटवर्क खडा गरियो । त्यसमार्फत कानूनबमोजिम नेपालमा डाउनलिंकको अनुमति लिएका विदेशी टेलिभिजन च्यानलहरू प्रसारण सुरू गरिए, जुन क्रम आजसम्म पनि निरन्तर चलिरहेको छ ।

    पछि नेपाल सरकारले विज्ञापनरहित नीति ल्याएर विज्ञापन (नियमन) ऐन २०७६ र विज्ञापन (नियमन) नियमावली, २०७७ जारी गर्‍यो । हामीले त्यसैअनुरूप अहिले विज्ञापनरहित विदेशी च्यानलहरू मात्र प्रसारण गरिरहेका छौं । अहिले नेपाल सरकारबाट विधिवत रूपमा प्रसारण/वितरणको अनुमति लिएर केवल,DTH, DTTV, IPTV, MMDS प्रणाली आदिबाट विभिन्न सेवा प्रदायकहरूले नेपालमा डाउनलिंकको अनुमति लिएका तथा विज्ञापनरहित विदेशी टेलिभिजन च्यानलहरूमात्र आफ्ना ग्राहकहरूलाई वितरण गर्दै आइरहेका छौं ।

    सञ्चार मन्त्रालयबाट राष्ट्रिय प्रसारण ऐन, नियमअनुसार एक-एक करोड रूपैयाँ तिरेर प्रसारण अनुमित लिई उपकरणहरुको समेत लाईसेन्स लिएर व्यवसाय सञ्चालन गरिएको छ । साथै आफ्नो व्यवसायलाई भ्याट/प्यानमा दर्ता गरी नियमित राजस्व तिरिरहेका छौं । यसरी ग्राहकहरुलाई टेलिभिजन सेवा उपलब्ध गराउँदा प्रसारण केन्द्रको भौतिक पूर्वाधारमा समेत निजी क्षेत्रबाट ठूलो लगानी भएको छ ।

    हाम्रा ग्राहकहरूको यकिन तथ्यांक नेपाल सरकारले चाहेको बेला हेर्न सक्ने व्यवस्था गरिएको छ । सरकारलाई १३ प्रतिशत भ्याट, आयकर, प्रसारण तथा वितरण शुल्क २ प्रतिशत, नवीकरण शुल्क, सेटटप बक्सको भन्सार महसुललगायतका दर्जनौं शीर्षकमा शुल्क तिरेर आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छौं ।

    तर, अहिले केही स्वदेशी तथा विदेशी प्रसारण संस्थाहरुले ओटीटीको हवाला दिँदै नेपालमा डाउनलिंकको अनुमति नै नलिएका तथा विज्ञापनसमेत समावेश भएका विदेशी टेलिभिजन च्यानलहरू इन्टरनेटको माध्यमबाट प्रसारण गरिरहेका छन्, यो सरासर कानूनको उल्लंघन हो । यसमार्फत नेपालमा डाउनलिंक अनुमति नलिएका विदेशी प्रसारण संस्थाले नेपाली ग्राहकरूबाट मोटो रकम असुल गरिरहेका छन् । यो प्रक्रियामा अरबौं रूपैयाँ विदेशिएको छ ।

    हामीले गैरकानूनी कार्यको बारेमा सम्वन्धित निकायहरूमा पटक-पटक जानकारी र उजुरीसमेत दिएका छौं । तर, सञ्चार मन्त्रालयले यस विषमा केही पनि बोलेको छैन । उसले सूचना तथा प्रसारण विभागलाई देखाएर पन्छिदै आएकोमा हाल आएर विज्ञापन बोर्डलाई देखाएर पन्छाउन उसलाई थप सहज भएको छ ।

    नियामक निकायहरूले गैरकानूनी कार्यलाई प्रश्रय दिइरहँदा हामी सेवाप्रदायकहरुलाई समेत आर्थिक रूपमा ठूलो हानी-नोक्सानी हुन गएकाले न्याय खोज्न सर्वोच्च अदालतको ढोका ढक्ढकाएका छौं । नेपालमा गैरकानूनीरुपमा प्रसारण भइरहेका विदेश ओटीटी एपहरू, जस्तै NETFLIX, PRIME VIDEO, ALTBALAZI, HOTSTAR, IFLIX, SONY LIVE, VOOT, ZEE5 आदिका बारेमा लिखित जानकारी र गुनासो गर्दा सञ्चार मन्त्रालय र अन्तर्गतका निकायले खासै चासो दिएनन् । ‘विदेशी एपहरुले नेपालमा प्रसारण गर्न नपाउने भनेर कहाँ लेखेको छ ?’ भन्दै गैरजिम्मेवार जवाफ दिएर उनीहरू टक्टकिने गरेका छन् ।

    विद्यमान प्रसारणसम्बन्धी कानूनको अक्षरस: पालना गर्ने हो भने हाल प्रसारणको क्षेत्रमा देखिएको सम्पूर्ण समस्या समाधान हुन सक्छ ।

    ‘निर्धालाई मात्र कानून ?’

    यस विषयमा हामीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण विभागका एक पूर्वअधिकारीसँग बुझ्दा उनले नेपाल सरकारको प्रसारणसम्बन्धी विद्यमान कानूनी व्यवस्था अध्ययन गर्न सुझाए । उनका अनुसार कुनै पनि विदेशी प्रसारण संस्थाले नेपालमा आफ्नो कार्यक्रम प्रसारण गर्न चाहेमा क्लीन फिड नीति, विज्ञापन (नियमन) ऐन २०७६ र तत्सम्बन्धी नियमावली २०७७ समेतको पूर्ण पालना गर्नुपर्छ । जसअनुसार डाउनलिंक अनुमतिपत्र लिएर नेपाली प्रसारण/वितरण संस्थामार्फत मात्र कार्यक्रम प्रसारण गर्न सकिने उनले स्पष्ट पारे ।

    ऐन-कानूनविपरीत प्रसारण गरिएका विदेशी प्रसारण संस्थाका कार्यक्रम तत्काल बन्द गर्न सञ्चार मन्त्रालयलाई उनको सुझाव छ ।

    उनी प्रश्न गर्छन्, ‘नेपालमा सेवा प्रदान गरी शुल्क उठाउने विदेशी संस्थाले नेपाल सरकारबाट स्वीकृती नलिई कसरी आफ्नो कारोबार गर्न पाउँछ ? अनुमतिपत्र बापतको शुल्क पनि तिर्नु नपर्ने, कारोबारको अडिट पनि गर्नु नपर्ने, भ्याट, आयकर, प्रसारण शुल्क, नगरपालिका कर, बिजुली र टेलिफोनको पोलको भाडा आदि केही पनि दायित्व पूरा गर्नु नपर्ने ? यस्तो पनि हुन्छ ? सबै कुरा आईपी र इन्टरनेटबाट आउँछ भनेर कानूनको पालना नगरी नगराई बस्न मिल्छ ? निर्धालाई मात्र हो कानून ?’

    उनी थप्छन्, ‘अहिले राष्ट्रिय प्रसारण ऐन-नियमबमोजिम अनुपतिपत्र प्राप्त गरेका व्यवसायीले अनुमतिपत्र च्यातेर खुरुक्क विदेशी आईपी र इन्टरनेट बेचे भइहाल्यो नि ! राजस्वको दायरामा पनि आउनु परेन । भौतिक पूर्वाधारमा लगानी पनि गर्नुपरेन । कसैलाई रोजगारी पनि दिनु परेन । आफ्नो आम्दानी जति सबै विदेशी बैंकमा, त्यो पनि डलरमा ! अब डीटीएचले पनि किन महंगो स्याटेलाइट भाडा तिर्ने ? खुरुक्कसँग इन्डियन डीटीएचका सेटटप बक्स बेचे भइहाल्यो !’

    सरकारी निकायहरू के भन्छन् ?

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरी बस्यालले यस विषयमा अध्ययन गर्ने काम भइरहेको बताए । एउटा कमिटी बनाएर त्यसले प्रतिवेदन बुझाएपछि आवश्यक कदम चाल्ने उनको भनाइ छ ।

    बस्यालका अनुसार नेपाल राष्ट्र बैंकका अधिकारीसहितको कमिटी गठन गरिएको छ । राष्ट्र बैंकले जारी गरेको डलर कार्डका विषयमा भने आफूलाई कुनै जानकारी नभएको र अध्ययन नगरी बोल्न नमिल्ने उनले बताए ।

    सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले ओटीटी प्लेटफर्मलाई नियमन गर्ने स्पष्ट कानूनको अभाव हुँदा नेपालका केवल टीभी अपरेटर व्यवसायीहरू मारमा परेको स्वीकार गरे ।

    उनले भने, ‘ओटीटी प्लेटफर्मसम्वन्धी स्पष्ट कानूनको अभाव हुँदा नेपालमा पूर्वाधार खडा गरी सञ्चालन भइरहेका केवल अपरेटरहरू मारमा परेको हामीलाई जानकारी छ । केवल अपरेटरको मात्रै होइन सरकारको राजस्व पनि गुमिरहेको छ भने विदेशी मुद्रा विदेश गइरहेको छ । यस्ता गैह्रकानूनी डिजिटल च्यानलहरूलाई नियमन गर्नका लागि कानून निर्माण गर्ने तयारीमा छौं ।’

    यस्तो प्लेटफर्मलाई दर्ता, नविकरण, राजश्व असुलीलगायतका व्यवस्था गर्नका लागि आवश्यक कानून बनाइने उनको भनाइ छ । सञ्चार मन्त्रालयले गठन गरेको भनिएको कमिटीबारे भने आफूलाई कुनै पनि जानकारी नभएको हमालले बताए ।

    विज्ञापन वोर्डले ओटीटी प्लेटफर्ममार्फत विदेशी कार्यक्रमहरु विज्ञापनसहित प्रसारण गरिनु गैरकानूनी भएको बताएको छ । तर, यो विषय बोर्डको क्षेत्राधिकारभित्र नपर्ने बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले नेपाल प्रेसलाई बताए ।

    ‘विज्ञापन बोर्डले टेलिभिजनहरूले क्लिनफिड प्रसारण गरिरहेका छन् वा छैनन् भनेर नियमन गर्ने हो । ओटीटी प्लेटफर्मलाई नियमन गर्ने विषयमा कानूनको अभाव देखिन्छ । कानून नै नभएको विषयमा बोर्डले कसरी नियमन गर्न सक्छ र ?’ हुमागाईंले भने ।

    नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र विगतमा पनि ओटीटी प्लेटफर्मको प्रयोग हुण्डीमार्फत हुने गरेकाले नेपाल राष्ट्र बैंकले यस्ता ग्राहकलाई कानूनी प्रक्रियामार्फत ल्याउन चाहेको तर्क गर्छन् ।

    उनले भने, ‘विगतमा हुण्डीमार्फत यस्तो काम हुने गरेकाले डलर कार्डमार्फत हामीले सहजीकरण गरेका हौं ।’

    डलर कार्डका विषयमा आएको यो पहिलो गुनासो भएको उनले दावी गरे । क्लाउडमार्फत सञ्चालन हुने विदेशी च्यानलहरूलाई नियमन गर्न कठिन हुने भन्दै उनले नियमनका कुनै उपायहरू भए नेपाल राष्ट्र बैंक सञ्चार मन्त्रालयसँग छलफल गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गरे ।

  • ओली सरकारकै बजेटमा टेकेर मौद्रिक नीति आउने, बजेट फेरिए के हुन्छ ?

    ओली सरकारकै बजेटमा टेकेर मौद्रिक नीति आउने, बजेट फेरिए के हुन्छ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकमा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी थालेको छ । यही बीचमा सरकार फेरिए पनि मौद्रिक नीति परम्पराअनुसार साउनको पहिलो साता नै सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ ।

    ओली सरकारले निर्माण गरेका बजेटमा टेकेरै केन्द्रीय बैंकले मौद्रिक नीतिको गृहकार्य गरिरहेको हो । अहिले देउवा नेतृत्वको सरकार बनेपछि अघिल्लो सरकारले ल्याएको बजेटको भविष्य अन्योलमा परेको छ । सरकारले अघिल्लो बजेट खारेज गरेर नयाँ ल्याउन सक्ने चर्चाहरू पनि भइरहेका छन् । त्यसैले मौद्रिक नीतिपछि बजेट परिवर्तन वा उल्लेख्य संशोधन भयो भने त्यसले वित्तीय अराजकताको अवस्था आउने देखिएको छ ।

    सरकारले नयाँ बजेट ल्याएमा वा बजेट संशोधन गरेमा मौद्रिक नीति पनि पुन: संशोधन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । अध्यादेशमार्फत प्रस्तुत भएको बजेटले व्यापक मात्रामा वितरणमुखी कार्यक्रमहरू अघि सारेको थियो । गठबन्धन सरकारले नयाँ बजेटमा ती कार्यक्रमहरूलाई निरन्तरता दिन नचाहेमा मौद्रिक नीति परिवर्तन गर्नुपर्ने दबाब नेपाल राष्ट्र बैंकलाई पर्ने देखिन्छ ।

    पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको वजेटलाई आधार मानेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएमा वित्तीय अस्थिरता उत्पन्न हुने अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल बताउँछन् । पुरानै बजेटलाई आधार मानेर मौद्रिक नीति आएमा गठबन्धन सरकारसँगको स्वार्थ बाझिने भएकाले वित्तीय नीति र मौद्रिक नीतीबीच द्वन्द्व निम्तिने खतरा बढेको उनको भनाइ छ ।

    ‘अघिल्लो सरकारको विस्तारमुखी र वितरणमुखी बजेटलाई सपोर्ट गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । केन्द्रीय बैंकले पुरानै वित्तीय नीतिलाई आधार मानेर बजेट ल्यायो भने गठवन्धन सरकारलाई वित्तीय स्थिरता कायम गर्न कठिनाइ उत्पन्न हुन सक्छ,’ उनले भने ।

    नेपाल राष्ट्र बैंकले साउनको पहिलो साताभित्र मौद्रिक नीति ल्याउने गर्छ । मौद्रिक नीतिलाई केही समय रोकेर भए पनि सरकारको नीतिसँग तादम्य मिल्ने गरी बनाउनुपर्नेमा अर्थशास्त्री प्याकुरेलले जोड दिएका छन् ।

    सरकारसँग स्वार्थ बाझिने गरी मौद्रिक नीति आएमा त्यसले अर्थतन्त्रमा वित्तीय संकट पैदा गर्ने भएकाले अर्थमन्त्रीले समेत यस विषयमा हस्तक्षेप गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    तत्काल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र एकजना आर्थिक सल्लाहकार नियुक्ति गरी अर्थमन्त्री अगाडि बढ्नुपर्ने सुझाव डा. प्याकुरेलको छ ।

  • बढ्यो व्यापारघाटा, शोधानान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा

    बढ्यो व्यापारघाटा, शोधानान्तर स्थिति १५ अर्ब १५ करोडले घाटामा

    काठमाडौं । चालु आवको ११ महिनामा शोधानान्तर स्थिति १५ अर्ब १५ करोड रूपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनुसार अघिल्लो महिना यस्तो शोधान्तर स्थिति ७ अर्ब ७५ करोडले वचतमा रहेको थियो । समीक्षा अवधिमा चालु खाता २ खर्ब ९३ अर्ब ९७ करोडले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ६२ अर्ब ५९ करोड रूपैयाँ थियो ।

    आ.व २०७७/७८ को ११ महिनामा कुल आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.७ प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ । आयाततर्फ भारतसँग ३२.२ प्रतिशत , चीनसँग २४ प्रतिशत र अन्य मुलुकसँगको आयात ९ प्रतिशतले बढेको छ । त्यस्तै निर्याततर्फ ३७.८ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब पुगेको छ । गन्तव्य मुलुकको आधारमा भारततर्फको निर्यात ४३.३ प्रतिशत बढेको छ भने चीनतर्फ १७.४ प्रतिशतले घटेको छ ।

    चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तुतर्फको व्यापारघाटा २४.६ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब रूपैयाँ पुगेको छ । त्यस्तै, सेवातर्फको व्यपारघाटा ५८ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

    यस अवधिमा मुद्रास्फिति ४.१९ प्रतिशतले बढेको छ । कुल विदेशी विनिमयको सञ्चिति ११ अर्ब ७१ अमेरिकी डलर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको ११ महिनमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेर ८ खर्ब ७० अर्ब भित्रिएको छ ।

  • राष्ट्रिय भुक्तानी स्वीच आगामी आर्थिक वर्षभित्र निर्माण हुने, नेपालको आफ्नै पेमेन्ट कार्ड बन्दै

    राष्ट्रिय भुक्तानी स्वीच आगामी आर्थिक वर्षभित्र निर्माण हुने, नेपालको आफ्नै पेमेन्ट कार्ड बन्दै

    काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत् ‘राष्ट्रिय भुक्तानी स्वीच’ निर्माण गरी सबै प्रकारका कारोबारहरुमा अन्तरआवद्धता कायम गरिने सरकारले बताएको छ ।

    राष्ट्र बैंकले आ.व २०७७/७८ को मौद्रिक नीतिमार्फत सरकारको डिजिटल नेपाल फेमवर्कलाई सघाउने गरी वित्तीय कारोबारलाई विद्युतीय माध्यमबाट गर्न प्रोत्साहन गर्ने लक्ष्यसमेत लिएको छ । नेपालभित्र हुने विद्युतीय कारोवारको अभिलेख कायम गरी भुक्तानी प्रणालीलाई सहजीकरण गर्नका राष्ट्रिय भुक्तानी प्रणालीको स्थापना गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

    राष्ट्रिय भुक्तानी स्वीचमा ‘क्युआर कोड’ तथा कार्ड तथा ‘ननकार्ड’को माध्यमबाट विद्युतीय कारोबारलाई समावेश गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्रिय भुक्तानी स्वीच निर्माणको जिम्मा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)लाई दिइएको छ ।

    स्वीच निर्माणपछि भुक्तानी सञ्चालन, नियमन तथा सुपरिवेक्षणको जिम्मेवारी पनि क्लियरिङ हाउसलाई नै दिने राष्ट्र बैकको तयारी छ ।

    नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाको स्वामित्व भएको भुक्तानी सम्वन्धी कार्य गर्दै आएको साझा संस्था हो, नेपाल क्लियरिङ हाउस । यसले कनेक्ट आइपीएसमार्फत् भुक्तानी सम्बन्धी सेवा प्रदान गर्दै आएको छ । यस संस्थामा नेपाल राष्ट्र बैंकको १० प्रतिशत र अन्य वित्तीय संस्थाहरुको ९० प्रतिशत सेयर छ ।

    राष्ट्रिय स्वीच भनेको के हो ?

    नेपालभित्र भएका र हुने सबै प्रकारका विद्युतीय भुक्तानी सम्बन्धी कारोबार तथा सूचनाको अभिलेख गर्ने काम राष्ट्रिय स्वीचमार्फत हुनेछ । हाल नेपालमा विद्युतीय भुक्तानी सम्बन्धी अभिलेख र सूचनाहरू बाहिर जाने गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र राष्ट्रिय स्वीचले वित्तीय संस्थाहरूको भुक्तानी प्रणालीलाई सिङ्गल विन्डोमार्फत अन्तरआवद्धता गराइदिने बताउँछन् ।

    ‘राष्ट्रिय स्वीच निर्माण भएपछि एटीएम तथा अन्य डिजिटल भुक्तानीमार्फत हुने कारोबार एउटै प्रणालीमा हुन्छ । यसले बैंक तथा वित्तीय संस्थालाई अन्तरआवद्धता गराई र आफ्नै राष्ट्रिय भुक्तानी कार्डमार्फत् भुक्तानी गर्ने व्यवस्था गर्नेछ,’ मिश्रले नेपाल प्रेसलाई बताए ।

    ‘जसले गर्दा नेपालको सूचना बाहिर नजाने, एकद्धार प्रणालीको स्थापना हुने र एटीएम कार्डमार्फत विदेश जाने रकम रोकिन्छ,’ उनले भने ।

    मिश्रले रत्नपार्कस्थित बसपार्क उदारण दिदै भने ‘काठमाडौं उपत्यकाभित्र गुडने प्रत्येक सवारी साधानहरू रत्नपार्कस्थित बसपार्कमा आउँछन् र त्यहीबाट विभिन्न गन्तव्यमा जान्छन्, त्यसरी प्रत्येक भुक्तानी सम्बन्धी कारोबार राष्ट्रिय स्वीचमा जोडिन्छन् र त्यहीबाट भुक्तानीका लागि अनुमति प्राप्त गर्छन् ।’

    बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकहरू यस प्रणालीभित्र जोडिने नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान बताउँछन् । ‘एकद्वार प्रणालीमार्फत् जति पनि भुक्तानी सम्बन्धी कारोबार गर्दै आएका कम्पनीहरू यसमा जोडिन्छ । यसमा कार्डमार्फत् भुक्तानी सेवा प्रदान गर्दै आएका कम्पनीहरूलाई र नेपालको आफ्नै कार्डका लागि पनि नेटवर्क निर्माण गरेर एकिकृत कारोबार गर्ने गरी प्रणाली निर्माण गरिरहेका छौं’, उनले भने ।

    कार्डमार्फत् हुने भुक्तानीका लागि नेपालको आफ्नै ‘नेपाल पमेन्ट कार्ड’ पनि हुने तथा विदेशी कार्ड कम्पनीहरू भिसा, एससीटी र युनियन पेलाई समेत यसमा समावेश गरिने बताइएको छ ।

    कहिलेसम्म हुन्छ राष्ट्रिय स्वीचको निर्माण ?

    राष्ट्रिय स्वीच निर्माणलाई मौद्रिक नीति र बजेट मार्फत नै सरकारले चासोपूर्वक हेरिरहेकाले यसको काम तिव्रताका साथ अगाडी बढिरहेको निर्माता नेपाल क्लियरिङ हाउस लिमिटेडले जनाएको छ ।

    कार्ड, ननकार्ड र नेशनल पमेन्ट कार्डका लागि आवश्यक पूर्वाधारहरू निर्माणको काम करिब अन्तिम चरणमा रहेकाले आगामी आर्थिक वर्षभित्र यो प्रणाली निर्माण हुने अपेक्षा क्लियरिङ हाउसको छ । ननकार्ड अन्तर्गतका भुक्तानी प्रणाली एनसीएचएलले ‘कनेक्ट आइपीएस’, ‘एनपीआई’ लगायतका माध्यमबाट सेवा प्रदान गर्दै आएको छ ।

    यही प्रणालीमा केही थप पूर्वाधार तथा अन्तर्राष्ट्रिय स्तरको मापदण्डहरू थप गरिने बताइएको छ । कार्डका लागि आवश्यकपर्ने प्रविधि, पुर्वाधार, स्वीच, नेटवर्क र अन्तरआवद्धताका लागि प्रणाली स्थापित गर्ने काम भइरहेको नेपाल क्लियरिङ हाउस लिमिटेटका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान बताउँछन् ।

    तेस्रो कम्पोनेन्टको रूपमा रहेको नेपाल पमेन्ट कार्डको कामहरु पनि तिब्रताका साथ अगाडी बढिरहेको र अब केही समयमा राष्ट्रिय स्वीचका पूर्वाधारहरूको सफ्ट लञ्च गरिने उनले जानकारी दिए ।

    ‘कतिपय ननकार्डका सेवाहरू हामी आफैँले पनि दिँदै आएका छौं । ननकार्डमा पनि केही पूर्वाधार थप गरी कार्ड र नेपाल पमेन्ट कार्डका आवश्यक पुर्वाधार, प्रविधि र स्वीच निर्माण भइरहेको छ ।’ आगामी आर्थिक वर्षभित्र यसका सम्पूर्ण काम सक्ने हाम्रो लक्ष्य छ ।’

    गोपनियता तथा प्रावधिक पक्षलाई बलियो बनाइने

    राष्ट्रिय स्वीच निर्माणमा नेपाल सरकार तथा बैंक तथा वित्तीय संस्थाले निकै नै राम्रो लगानी गर्ने भएकाले यो विश्वस्तरको भुक्तानी सम्बन्धी सम्पूर्ण मापदण्डको प्रयोग गरिने बताइएको छ । यसले गर्दा नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा हुने गरेको साइवर आक्रमणको घट्ना कम हुने अनुमान निर्माताको छ ।

    अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डको पालना गरी कडा सेक्युरिटी प्रणाली निर्माण गरिने बताइएको छ । जति बलियो प्रणाली निर्माण गरेपनि नयाँ खालका साइबर हमला हुन सक्ने भएकाले समय समयमा संभावित जोखिमको परीक्षण गरिने एनसीएचएलको भनाई छ ।

    यसमा अन्तरआवद्धता हुने सम्पूर्ण संस्थाको विद्युतीय कारोबार एनसीएजएलमा मात्रै हुनेछ । यसका आवद्धता भएका संस्थाले आफ्नो बाहेकको अन्य कम्पनीको डाटामा एक्सेस प्राप्त गर्नेछैनन् । राष्ट्रिय स्वीच निर्माण भएपछि विद्युतीय भुक्तानी प्रणालीमार्फत् भएका कारोबारलाई निकै गोप्य राखिने बताइएको छ । नियामक नेपाल राष्ट्र बैंकलेसमेत यस प्रणालीमा एक्सेस प्राप्त नगर्ने र राष्ट्र बैंकलाई आवश्यक तथ्याङ्क एनसीएचएल आफैँले उपलब्ध गराउने बताइएको छ ।

  • कस्तो आउला मौद्रिक नीति ? विज्ञ भन्छन्- कर्जा नीति परिवर्तन गर्नुपर्छ

    कस्तो आउला मौद्रिक नीति ? विज्ञ भन्छन्- कर्जा नीति परिवर्तन गर्नुपर्छ

    काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीतिको तयारीमा व्यस्त छ । कोरोनाले देशको निजी क्षेत्रलाई अस्तव्यस्त तुल्याएका बेला मौद्रिक नीतिले के-कस्ता कार्यक्रम ल्याउँछ भन्ने पर्खाइमा छन् उद्योगी-व्यवसायीदेखि बैंकर्ससम्म ।

    राष्ट्र बैंकले हरेक वर्ष साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक गर्ने गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले ब्याजदरमा छुट, कर्जाको पुर्नतार्लिकीकरण र पुनर्कर्जाका व्यवस्थाहरू गरेको थियो । कोभिड प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न खुकुलो व्यवस्थाहरू गरेको राष्ट्र बैंकले यसपाली कस्तो मौद्रिक नीति ल्याउला भन्ने चासो छ ।

    चालु आर्थिक वर्ष नेपाल राष्ट्र बैंकले ल्याएको खुकुलो मौद्रिक नीतिका कारण नेपालको अर्थतन्त्रमा वित्तीय स्थायित्व कायम गर्न सहज भएको विश्लेषण अर्थविदहरूले गरेका छन् । तर, आगामी आर्थिक वर्षमा गत वर्षका भन्दा फरक खालका चुनौती र समस्याहरू रहेको हुँदा चालू आर्थिक वर्षको जस्तो तरलता व्यवस्थापनमा सहजता नरहेको बिश्लेषण भइरहेको छ ।

    नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले विभिन्न अन्तरक्रियामा आगामी मौद्रिक नीतिमार्फत ब्याजदर छुट र सहुलियत खोज्न नहुने बताउँदै आएका छन् । नेपालको अर्थतन्त्रमा अर्थशास्त्रका सिद्धान्तहरूले काम नगर्ने भएकाले मुद्राप्रदायलाई नियन्त्रणका गरी मूल्य स्थायित्व कामय गर्न पनि सधैँ छुट र सहुलियतको खोजी गर्न नहुने उनको तर्क छ ।

    आगामी मौद्रिक नीतिको सम्भावित दिशा

    वित्तीय स्थायित्व तथा वित्तीय क्षेत्रको विकासमा आगामी आर्थिक वर्षको मौद्रिक नीति केन्द्रीत हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । नेपालका बैंक तथा वित्तीय संस्थामा करिव ३ करोडको हाराहारीमा निक्षेपकर्ता भए पनि करिव ३ प्रतिशत जनसंख्या मात्रै कर्जाको पहुँचमा पुगेको देखिन्छ । स्थिर सम्पत्ति मूल्यांकन गरी कर्जा प्रदान गरिने भएकाले उद्यमशीलता गर्न चाहने मानिसहरू पनि कर्जावाट वञ्चित भएको गुनासो रहँदै आएको छ ।

    घर-जग्गाको मूल्यांकनका आधारमा मात्रै कर्जा प्रदान गरिएमा ‘एसेट्स ववल्स’ भएर अर्थतन्त्रमा स्थायित्व कायम गर्न समस्या हुने विज्ञहरुको भनाइ छ । यस्तो नीतिका कारण गरिब जनता कर्जावाट बञ्चित हुने र धनी झन् धनी बन्ने अवस्था आउने भएकाले उक्त नीति परिवर्तन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । धितोका आधारमा भन्दा व्यवसायका आधारमा कर्जा दिने व्यवस्थालाई प्रोत्साहन गर्नपर्ने उनीहरुको मत छ ।

    आगामी आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थालाई कर्जाको बढ्दो माग व्यवस्थापनमा दबाब पर्ने देखिन्छ । चालु आर्थिक वर्ष २३ प्रतिशत कर्जाको ग्रोथ भएको छ । कर्जाको वृद्धिदर बराबर व्यापार-व्यवसाय नबढ्दा आगामी आर्थिक वर्ष ८ सय अर्बको कर्जा माग व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थालाई चुनौती थपिने छ । यसको व्यवस्थापनका लागि केन्द्रीय बैंकले गत वर्षको भन्दा फरक खालको मौद्रिक नीति ल्याउनुपर्ने हुन्छ ।

    वित्तीय क्षेत्र स्थायित्व, उपकरण सञ्चालन र तरलता दबाब व्यवस्थापनमा आगामी मौद्रिक नीति केन्द्रित गर्नुपर्नेमा वित्तशास्त्री अनलराज भट्टराईले बताए । तरलता व्यवस्थापनका लागि सीसीडी अनुपातको सट्टा तरलता अनुपातको व्यवस्था गर्न, नीतिगत दर हटाउन र कर्जा प्रोभिजनिङको व्यवस्थालाई खुकुलो बनाउनुपर्ने उनको भनाइ छ ।

    ‘सीसीडी अनुपातको सट्टामा तरलता अनुपात १५ प्रतिशत कायम गरेर अगाडी बढ्दा बैंक तथा वित्तीय क्षेत्रमा १ खर्ब ५० अर्ब तरलता आउँछ,’ उनले भने ।

    केन्द्रीय बैंकले व्यवस्था गरेको नीतिगत दर प्रभावकारीरूपमा कार्यान्वयनमा नआएको समेत भट्टराईले बताए ।

    ‘५ प्रतिशतको नीतिगत दरले बजारलाई प्रभावकारीरूपमा प्रतिनिधित्व गर्न सकेको छैन । यसको प्रभावकारिता क्रेडिट दर, बोण्ड मार्केट, कर्जा वा निक्षेप कतै पनि भएको देखिदैन,’ उनले भने ।

    बैंक तथा वित्तीय संस्थाले दिने कर्जा र सम्पत्तिको दायित्वको मूल्य नीति परिवर्तन गर्नसमेत भट्टराईले जोड दिएका छन् । नीतिगत दरलाई स्प्रेड दर र आधार दरले नियन्त्रण गरिरहेकाले बजारको दरलाई यसले प्रतिनिधित्व गर्न नसकेको उनको भनाइ छ । यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रीय बैंकले नीतिगत व्यवस्था गर्नुपर्ने उनी बताउँछन् ।

    ‘तरलता अनुपातलाई १५ प्रतिशत कायम राख्ने हो भने ‘सीसीडी’ अनुपात र अनिवार्य नगद मौज्दात ‘सीआरआर’का दरमा तलमाथी गर्दा ठुलो असर गर्दैन,’ भट्टराई भन्छन् ।

    व्याजदर कोरिडरको कार्यान्वयनलाई प्रभावकारी बनाउने हो भने सीसीडी अनुपात र अनिवार्य नगद मौज्दातलाई परिवर्तन गर्न सक्ने सुविधा केन्द्रीय बैंकलाई रहन्छ ।

    अनिवार्य नगद मौज्दात एसएलआरको दरलाई घटाउन उनले सुझाएका छन् । सरकारलाई ऋण उठाउन यस अनुपातले सहयोग गरे पनि सधैँ सार्वजनिक ऋणका लागि सरकार बैंक तथा वित्तीय संस्थामा मात्रै भर पर्न नहुने देखिन्छ । अहिले इन्स्योरेन्स कम्पनीहरू मार्फतबाट पनि सरकारले रकम उठाउन सक्छन् । यसका साथै वोण्ड मार्केटलाई पनि प्रभावकारी बनाउन सकिन्छ । यदि ऋणपत्र सम्वन्धी बजारलाई बलियो बनाउने हो भने लगानीकर्तावाट सरकारले रकम उठाउन सक्ने विज्ञहरूको मत छ ।

    ‘लोन प्रोभिजनिङ’अवधि घटाउन आवश्यक रहेकोमा पनि उनीहरूले जोड दिएका छन् । कर्जाको साँवा र व्याजको भुक्तानीका आधारमा गर्ने प्रणाली परिवर्तन गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ । ऋणीले १ महिना, ३ महिना र ६ महिना कर्जा सावाँ-व्याज भुक्तानी गर्न नसकेमा खराब कर्जा बुक गर्नुपर्ने व्यवस्था छ ।

    कोभिडको समयमा इमान्दार ऋणीले पनि कर्जा तिर्न नसकेकाले खराव कर्जा सम्वन्धी व्यवस्थालाई केही खुकुलो गर्नुपर्ने विज्ञको भनाइ छ । पर्यटन, होटल, किराना पसल, एयरलाइन्स क्षेत्रका व्यवसायीहरूले चाहेर पनि कर्जा भुक्तानी गर्न सक्ने अवस्था छैन ।

    खराब कर्जा प्रोभिजनिङ गर्ने व्यवस्थालाई खुकुलो बनाइएमा बैंक तथा वित्तीय मुनाफा बढ्ने छ । बैंकको मुनाफालाई नगद लाभांश वितरणलाई निरुत्साहित गर्ने हो भने बैंक तथा वित्तीय संस्थाको क्षमता बढ्छ । नेपालमा घरजग्गाका आधारमा कर्जाको मूल्याङ्कन गरिने भएकाले बैंकहरुले सबै कर्जाहरू उठाएका छन् । जग्गाको मूल्याङ्कन गर्दा बजार मूल्य र सरकारी मूल्यको औसत गणना गरी कर्जा उपलव्ध गराइन्छ । यसरी जग्गाको मूल्यको तुलनामा करिव ६० प्रतिशतको हाराहारीमा कर्जा दिइने भएकाले बैंक तथा वित्तीय संस्था फाइदामा नै रहने आँकलन गरिन्छ ।

    नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ सरकारले ल्याएको बजेट र अर्थतन्त्रमा कर्जाको मागको अवस्थाबीच सन्तुलन कायम गर्ने गरी सैद्धान्तिक उपाय अवलम्बन गरिने बताउँछन् । कोभिड १९, बजेट, आर्थिक पुनरुत्थानमा सहयोग र वित्तीय स्थायित्वलाई आगामी मौद्रिक नीतिले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    अहिलेको मूल्य माग कर्जाको सहज उपलव्धता र व्याजदर स्थायित्व भएकाले मौद्रिक नीतिले त्यसमा वढी ध्यान दिने उनको भनाइ छ ।

    ‘तरलता व्यवस्थापन, कर्जाको सहज उलव्धता र व्याजदर स्थायीत्व कायम गर्न केन्द्रीय बैंकले आवश्यक मौद्रिक उपकरणको खोजी गर्नुपर्ने देखिन्छ’, उनले भने ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्याजदरमा स्थायित्व , पुनर्कर्जा र पुनर्तालिकीकरण आफूहरूको मुख्य माग भएको बताए् ।

    ‘आगामी मौद्रिक नीतिको दिने सुझाव महासंघले तयार पारिरहेको छ । तर, हाम्रो जोड सिंगल डिजिटको व्याजदर, तरलता व्यवस्थापन, सहुलियतपुर्ण कर्जा र कर्जाको पुनर्तालिकीरण नै हो’, उनले भने ।

  • बैंकको कर्जा २३.८ प्रतिशतले बढ्यो

    बैंकको कर्जा २३.८ प्रतिशतले बढ्यो

    काठमाडौं । पछिल्लो १० महिनामा नेपालका बैंक तथा वित्तीय संस्थाबाट नीजि क्षेत्रमा प्रवाहित हुने कर्जा २३.८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा यस्तो कर्जा ११.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको हाे ।

    नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको १० महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजिक गर्दै यस्ताे जानकारी दिएको छ । समिक्षा अवधिमा नीजि क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह २४.१ प्रतिशत, विकास बैंकको २५.३ प्रतिशत र वित्त कम्पनीको ८.६ प्रतिशतले बढेको छ ।

    बैंक तथा वित्तीय संस्थाले लगानी गरिरहेका कर्जामध्ये घर जग्गाको धितोमा ६५.९ प्रतिशत र १२.४ प्रतिशत कृषि तथा गैह्रकृषिजन्य चालु सम्पत्तिको आधारमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक बर्षको १० महिनामा कृषितर्फ ३८.३ प्रतिशत, औद्योगिक उत्पादनतर्फ १७.४ प्रतिशत, निर्माण क्षेत्रतर्फ १५.१ प्रतिशत, यातायता, सञ्चार तथा सार्वजनिक क्षेत्रतर्फ १४.६ प्रतिशत, थोक तथा खुद्रा व्यपार तर्फ २२.५ प्रतिशत, सेवा उद्योगतर्फ १७.६ प्रतिशत नेपालका बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहित गरेका छन् ।

    त्यस्तै बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित हुने कर्जा मध्ये आवधिक कर्जा २४.६ प्रतिशत, ओभरड्राफ्ट कर्जा २७.७ प्रतिशत , चालु पुँजी कर्जा २०.८ प्रतिशत, रियल स्टेट कर्जा ११.४ प्रतिशत , आयात कर्जा ४६.५ प्रतिशत बढेको छ भने हायर पर्चेज कर्जा ५.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले सेयर बजारलाई दिने मार्जिन प्रकृतिको कर्जाको बृद्धिदर ८७.२ प्रतिशतले बढेको  जनाइएकाे छ ।

  • १० महिनामा निर्यात ३२.२ र आयात २२.३ प्रतिशतले बढ्यो

    १० महिनामा निर्यात ३२.२ र आयात २२.३ प्रतिशतले बढ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको १० महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । प्रकाशित प्रतिवेदनअनुसार अर्थतन्त्रका मुख्य परिसूचकहरु मिश्रित छन् ।

    समीक्षा अवधिमा निर्यात ३२.२ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४८ करोड रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष निर्यात ४.५ प्रतिशतले बढेको थियो । गन्तव्य मुलुकका आधारमा भारतसँग ३५.८ प्रतिशत र चीनसँग १८.४ प्रतिशतले निर्यात बढेको प्रतिवेदनमा उल्लेख छ । आयात भने २२.३ प्रतिशतले बढेर १२ खर्ब ५४ अर्ब पुगेको छ ।

    समीक्षा अवधिसम्म चालु खाता घाटा २ खर्ब ४७ अर्ब ८ करोड पुगेको प्रतिवेदनमा जनाइएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो घाटा ९६ अर्ब १८ करोड रूपैयाँ थियो ।

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ११.५ प्रतिशतले वृद्धि भई १३ अर्ब ९२ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानीमा १९.२ प्रतिशतले कमी आई १४ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ ।

    वैशाख महिनासम्म कूल विदेशी विनिमयको सञ्चिती ११ अर्ब ८७ करोड अमेरिकी डलर रहेको छ । त्यस्तै शोधानान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको छ ।

    १० महिनाको अवधिमा संघीय सरकारको खर्च ८ खर्ब २४ अर्ब रुपैयाँ र राजस्व संकलन ७ खर्ब ६१ अर्ब रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सुचाङ्कमा आधारित मुद्रास्फीति ३.६५ प्रतिशतले बढेको छ । वैशाख महिनासम्म वार्षिक विन्दुगतका आधारमा थोक मुद्रास्फिति ८.०५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा बिप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेर ८ खर्व ९ अर्ब ८९ करोड पुगेको छ ।

  • राष्ट्र बैंकले हटायो बैंकहरुलाई तोकेको कोटा, आवश्यकता हेरेर खोल्न पाइने

    राष्ट्र बैंकले हटायो बैंकहरुलाई तोकेको कोटा, आवश्यकता हेरेर खोल्न पाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई बैंकका शाखाहरु खोल्न गरिएको कडाइलाई केही खुकुलो तुल्याएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जेठ १० गतेका सूचनालाई संसोधन गर्दै बैंक शाखा सञ्चालनमा लचकता अपनाएको हो ।

    अघिल्लो सूचनामा काठमाडौं उपत्यकाका बैंक तथा वित्तिय संस्थाहरुलाई आलोपालो गरेर सञ्चालन गर्न भनिएको थियो । त्यसअनुसार वाणिज्य बैंकले दैनिक ३ वटा, विकास बैंकले २ वटा र वित्त कम्पनीले १–१ वटा एक–एक वटा मात्रै शाखा खोल्न सक्थे । अब त्यो कोटा हटाइएको छ ।

    आवश्यकताका आधारमा सिमित शाखाहरु सञ्चालन गर्न अनुमति दिइएका राष्ट्र बंैकका प्रवक्ता देवकुमार ढकालले बताए ।

    ‘अरु कुराहरु पुरानै हुन्, तर अब पहिले गरिएको संख्या निर्धारण चाहिँ खारेज भएको छ,’ उनले भने ।

    बैंकका शाखामा हुने भिडभाडलाई मध्यनजर गर्दै २० प्रतिशत जनशक्ति व्यवस्थापन गरी शाखा सञ्चालन गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

    कोभिड १९ संक्रमणको जोखिम अझै पनि कम भइनसकेको भन्दै केन्द्रीय बैंकले डिजिटल बैंकिङ प्रणाली सञ्चालनमा जोड दिएको छ । ‘वर्क फरम होम’ र ‘रिमोट एक्सेस’ लाई निरन्तरता दिन यसले जोड दिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गर्ने आदेशलाई ध्यानमा राखी आवश्यक समन्वय गरेर सेवा प्रवाह गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

  • नेपालमा मौलाउँदै अवैध अनलाइन क्यासिनो, नियामक निकाय बेखबर

    नेपालमा मौलाउँदै अवैध अनलाइन क्यासिनो, नियामक निकाय बेखबर

    काठमाडौं । इन्टरनेट प्रयोगकर्ता बढेसँगै नेपालमा यससँग सम्बन्धित अवैध गतिविधि पनि बढ्दो छ । कानूनले वर्जित गरेका सट्टेबाजी, ग्याम्ब्लिङ, अनलाइन क्यासिनो लगायतका धन्दाहरू खुलेआम मौलाइरहेका छन् । त्यसमाथि सरकार र प्रशासनको उदासहीनताले यसलाई अझ बढावा दिएका छन् ।

    सट्टेबाजी, ग्याम्ब्लिङसँगै पछिल्लो सयम अनलाइन क्यासिनोसमेत मौलाउन थालेको पाइएको छ । ‘रूपी बेट’ नामक एक कम्पनीले अहिले नेपालमा अवैधरूपमा अनलाइन क्यासिनो चलाइरहेको छ ।

    ‘रूपी बेट’ ले ‘लोकल पेमेन्ट एजेन्ट’ राखेर ‘पियर टू पियर’ ट्रान्सफरमार्फत् डिजिटल वालेट र ठूल्ठूला बैंकमार्फत् नै यसको यसको धन्दा चलाइरहेको सूचना नेपाल प्रेसलाई जानकारी प्राप्त भएको छ ।

    ‘सन् २०१६ देखि नै रूपी बेटले नेपालमा अनलाइन क्यासिना चलाइरहेको थियो,’ स्रोतले भन्यो, ‘तर, सीमित मात्रै प्रयोगकर्ता थिए । पछिल्लो समय अन्य कम्पनीहरूले खुलेआम विज्ञापन गर्न थालेपछि यो कम्पनी पनि बाहिर आएको हो ।’

    नेपाली नागरिकका लागि क्यासिनो खेल्न र सट्टेबाजी गर्न पूर्णरूपमा प्रतिबन्ध छ । तर, इन्टरनेट प्रयोगमाथि नियामकको उदासीनताले यो प्रतिबन्ध कागजमा मात्रै सीमित बनाइदिएको छ । ‘पिटूपी’ माध्यमबाट पैसा जम्मा र झिक्नसमेत मिल्ने भएकोले के प्रयोजनका लागि रकम कारोबार भइरहेको छ भन्ने पत्ता लगाउन गाह्रो हुने स्रोतले बतायो ।

    ‘धेरै कम्पनीहरूले नेपालमै एजेन्ट बनाउँछन् । र, नेपालमै उपलब्ध डिजिटल वालेटको प्रयोग गरेर आर्थिक कारोबार गर्छन्,’ स्रोतले भन्यो, ‘एजेन्टले पहिले नै हुन्डी गरेर कम्पनीलाई पैसा पठाइसकेका हुन्छन् । र, सोही रकम बराबरको डिपोजिट/विथड्र गर्छन् ।’

    नेपालमा सट्टेबाजी कम्पनीहरूले जस्तै ‘रूपी अनलाइन क्यासिना’ले पनि नेपालबाट दिनहुँ करोडौं रूपैयाँ बाहिर लगिरहेको यसबाट स्पष्ट हुन्छ ।

    इ-सेवा, कुमारी बैंक, लक्ष्मी बैंक र सनराइज बैंकको प्रयोग

    नेपालमा पाँच वर्षभन्दा अगाडिदेखि अवैध क्यासिनो चलाइरहेको ‘रूपी बेट’ले नेपालकै डिजिटल वालेट बैंकको प्रयोग गरिरहेको पाइएको छ । अनलाइन क्यासिनोको धन्दा चलाइरहेको यो कम्पनीले स्थानीय भुक्तानीका लागि वेबसाइटमै इ-सेवा, कुमारी बैंक, लक्ष्मी बैंक र सनराइज बैंकलाई पेमेन्ट प्लेटफर्म सेग्मेन्टमै राखेर कारोबार गरिरहेको छ ।

    नेपाली मुद्रा भारूमा डिपोजिट

    ‘रूपी बेट’ले नेपालकै बैंकबाट कारोबार गरिरहेको र नेपाललाई नै आफ्नो बजार बनाइरहे पनि क्यासिनो र अनलाइन गेममा भने भारतीय रूपैयाँमा कारोबार गरिरहेको छ । नेपालबाट एजेन्टलाई नेपाली मुद्रामा पैसा पठाए पनि आफ्नौ ‘रूपी बेट’को गेमिङ अकाउन्टमा भने भारतीय रूपैयाँ डिपोजिट हुने र त्यसैमार्फत् अनलाइन क्यासिनो र अनलाइन गेम खेलाउने गरेको देखिन्छ ।

    ‘पीटूपी’ को माध्यमबाट कारोबार

    पाँच वर्षदेखि नेपालमा अवैध धन्दा चलाइरहेको ‘रूपी बेट’ले सरोकारवाला निकायको आँखामा छारो हाल्न ‘पीटुपी’ माध्यमबाट डिपोजिट र विथड्र गर्ने गरेको देखिन्छ । ‘एजेन्टले लोकल पेमेन्ट प्लेटफर्महरू- इ-सेवा र बैंकको प्रयोग गरेर कारोबार गर्छन्,’ स्रोतले भन्यो, ‘यसो हुँदा सरोकारवालाले के प्रयोजनका लागि कारोबार भएको भन्ने थाहा पाउँदैन ।’

    ‘रूपी बेट’को वेबसाइटमै प्लेटफर्ममा उपलब्ध बैंकमा पैसा डिपोजिट गरेर भौचरको फोटो अपलोड गरेपछि प्लेयर्स-गेमिङ अकाउन्टमा डिपोजिट हुने र त्यो सेवा २४ घण्टा सातै दिन उपलब्ध हुने बताइएको छ ।

    अवैध कारोबारबारे राष्ट्र बैङ्क बेखबर 

    ‘रूपी बेट’ मा भइरहेको यो अवैध कारोबारबारे राष्ट्र बैङ्कलाई भने थाहै नभएको प्रवक्ता देवकुमार ढकाल बताउँछन् । ‘कसैको खाताबाट असामान्य कारोबार भएको देखियो भने सम्बन्धित बैंक तथा सेवा प्रदायकले राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने हो,’ ढकालले नेपाल प्रेससँग भने, ‘कानूनले वर्जित गरेको कार्य तथा प्रयोजनका लागि कुनै पनि प्लेटफर्मको प्रयोग गरेर कारोबार गर्न पाइँदैन ।’

  • अवैध डिजिटल धन्दाको ‘हब’ बन्दै नेपाल, नियामक निकाय निकम्मा

    अवैध डिजिटल धन्दाको ‘हब’ बन्दै नेपाल, नियामक निकाय निकम्मा

    काठमाडौं । कानून बनाउने वा कुनै घोषणा गरिदिने मात्रै सरकार वा प्रशासनको काम हो र ? पक्कै होइन । तर, नेपालको कानून र यसको कार्यान्वयनको अवस्था हेर्दा सरकारको काम त्यतिमै सीमित देखिन्छ । कानून निर्माण गरिसकेपछि त्यसको कार्यान्वयन नीति निर्माताको पहिलो प्राथमिकतामा हुनुपर्ने हो । तर, नेपालको नीति निर्माण र यसको कार्यान्वयनमा यो कहीँ कतै देखिँदैन ।

    कि नीति निर्माताले बनाएको कानून नैतिकताको आधारमा पालना गर्नुपर्ने नैतिकता भुलेर गरे कारबाही नहुने भन्नु पर्यो । आखिर त्यसो हो भने कानून नै किन चाहियो र ? यदि सरकारको नियत त्यो होइन भने आफूले निर्माण गरेको कानून पूर्ण रूपमा लागु गर्नु उसको दायित्व होइन ? पक्कै हो । तर, हो भने खोइ त कार्यान्वयन गरेको ?

    टाउकेका कुनै भाषणमा पनि सुशासन टपिक छुट्दैन । तर, त्यो भाषणमा मात्रै सीमित छन् । विशेष गरी इन्टरनेटका क्षेत्रमा सरकारको ध्यान मौलाउँदै गएका अपराधभन्दा र्‍यापरले गाएका गीतमा बढि देखिन्छ । त्यही युट्युबमा र्‍यापले गीत अपलोड गरेको आधार गल्ली–गल्ली डुलेर प्रहरीले गायक/र्‍यापर समाउने गरेको छ ।

    तर, त्यही युट्युबमा नेपालको कानूनले बर्जित गरेका कार्यहरूको खुलेआम विज्ञापन भइरहँदा सम्बन्धित निकायलाई थाहा नहुने हुन्छ र ? त्यो पनि एक होइन दश होइन, सयौं नाम चलेका सेलेब्रिटी, कमेडियन र युट्युबरले खुलेआम यसको प्रचार गर्दा सरोकारवालालाई खबर हुँदैन र ?

    गीतको जानकारी हुने तर त्यस्तै गीतका अगाडि, पछाडि, बीचमा बज्ने विज्ञापनको बारेमा सरकारलाई थाहै नहुने । कस्तो अचम्म !

    २०७६ सालमा ‘डिजिटल नेपाल फ्रेमवर्क’ लागु गरेर ‘इन्टरनेटको पहुँचलाई अत्यावश्यक पूर्वाधारको रूपमा स्थापित गर्ने’ योजना लिएको सरकारले सोही इन्टरनेटको माध्यमबाट गाउँ–गाउँसम्म पुगिरहेको अवैध कारोबारको विज्ञापन रोक्ने जिम्मेवारी हुँदैन र ?

    २०१८ मा नेपाल छिरेर अवैध सट्टेबाजीको कारोबार सुरु गरेको वान् एक्स बेटले अहिले दैनिक करौडौं रूपैयाको कारोबार गरिरहँदा सरोकारवाला निकाय आँखा र कानमा बुझो हालेर सुतिरहेका छन् । वान् एक्स बेटले खुलेआम गरिरहेको विज्ञापन र व्यापारबाट प्रेरित भएर अन्य कम्पनीसमेत आफ्नो प्लेटफर्ममा नेपाली रूपैयाँ सपोर्ट गर्न थालेका छन् ।

    केही समय अगाडि नेपालप्रेसकै समाचारको दबाबले नेपालमा विज्ञापन र वेबसाइटको एक्सेस हटाएको वान् एक्स बेटले पछिल्लो समय फेरि पहिलेकै गति समातिसकेको छ । निरन्तरको फलोअप र खल्ती वालेटले शंकास्पद ट्रान्ज्याक्सन देखिएका करिब एक हजार प्रयोगकर्ताको विषयमा राष्ट्र बैङ्कलाई सजग गराएपछि पर्ख र हेरको अवस्थामा पुगेको वान् एक्स बेट प्रशासनको उदासहीनतापछि झनै मनोबल उच्च बनाएर विज्ञापन गरिरहेको छ ।

    पहिले विज्ञापन गरिरहेका र खैलाबैला भएपछि रोकेका युट्युबरले फेरि सुरु गरेका छन् । यसरी खुलेआम रूपमा बाहिर आएका कारोबार र संलग्न व्यक्तिको जानकारी पाउँदा पनि सम्बन्धित निकाय कानमा तेल हालेर सुतेपछि यस्ता कम्पनीको मनोबल झनै उच्च भएको छ ।

    पछिल्लो समयको अन्य कम्पनीहरूले समेत वान् एक्स बेटबाटै प्रेरित भएर नेपालमा एजेन्ट खोज्ने, विज्ञापन गर्नका लागि प्लेटफर्म खोज्ने जस्ता कार्य सुरु गरिसकेका छन् । यसले नेपाललाई यस्ता गतिविधिको ‘हब’को रूपमा विकास हुँदै गएको स्पष्ट हुन्छ ।

    नेपालको कानूनले सट्टेबाजी तथा अनलाइन क्यासिनोलाई नेपाली नागरिकका लागि पूर्ण रूपमा बर्जित गरेको छ । तर, सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’सँगै अवैध सट्टेबाजीको रोडम्याप पनि गाउँ स्तरसम्म पुग्दा सरकारी निकाय अनविज्ञ झैँ बसेका छन् ।

    केही समय अगाडि सार्वजनिक भएका सूचना र शंकास्पद गतिविधि आर्थिक कारोबारको अभिभावक संस्था नेपाल राष्ट्र बैङ्कसम्म पुगेको महिनौं बितिसक्दा पनि फाइलमा ढुसी पलाउने बाहेक केही भएन । नियामक निकाय र प्रशासनको यस्तै उदासहीनताले यस्ता कार्यलाई अझै प्रोत्साहन पुगेको दिनानुदिन बढ्दा विज्ञापन, बहस र यस्ता कम्पनीको योजनाले दर्शाउँछ ।

    गैरकानूनी घोषणा गरेर यसलाई रोक्न नसकेर लाजको पसारो बनाउनु भन्दा त कानूनसम्मत बनाएर करको दायरामा बनाउनु उत्तम होइन ?

    सामाजिक सञ्जालमा ‘बुस्ट’ गरिएका विज्ञापन, नाम चलेका युट्युबर/टिकटकरमार्फत विज्ञापन र डिजिटल सेवा प्रदायकमार्फत सहजै भइरहेका अवैध कारोबार रोक्न नसक्ने तर नेताको बारेमा गाली गर्नेलाई पक्राउ गर्ने प्रशासनको कस्तो नीति हो ? माध्यम उही हो, अपराध त गाली गर्नुभन्दा ठूलो तर पक्राउ चाहिँ नेतालाई गाली–बेइज्जती गर्ने मात्रै ? यसबाट सरकारको ध्यान दिनहुँ करोडौं रूपैयाँ बाहिरिरहेको बेथितीभन्दा लाज पचिसकेका नेताको खोक्रो इज्जत बचाउनमा बढि भएको स्पष्ट देखिन्छ ।

  • बहसमा क्रिप्टोकरेन्सी: के वैधानिकता आवश्यक छ ?

    बहसमा क्रिप्टोकरेन्सी: के वैधानिकता आवश्यक छ ?

    काठमाडौं । ‘विकेन्द्रिकृत विद्युतीय मुद्रा’ अर्थात् क्रिप्टोकरेन्सीले हालका दिनहरूमा विश्वभर निकै व्यापकता पाइरहेको छ । नेपालको छिमेकी मुलुक भारतले यसलाई नियमन गर्नका लागि गत जनवरीमा ‘नेसनल स्ट्रेटिजी अन ब्लकचेन’ ड्राफ्ट गर्‍यो । नेपालको कानूनले भने यस्तो मुद्रा र कारोवारलाई पूर्णतया अवैधानिक मानेको छ ।

    पछिल्लो समय इन्टरनेटमा पनि क्रिप्टोकरेन्सीका सम्वन्धमा यथेष्ट बहस र सूचनाहरू भेटिन्छन् । तथापि नेपालमा भने यसबारे सही बुझाइ अझै निर्माण हुन सकेको छैन । धेरैले ‘बिटक्वाइन’ सुनेका र केही हदसम्म बुझ्का छन् । तर, ‘क्रिप्टोकरेन्सी’ भन्नु नै ‘बिट्क्वाइन’ र ‘बिट्क्वाइन’ भन्नु नै ‘क्रिप्टोकरेन्सी’ भन्ने आम बुझाइ पाइन्छ । सर्वसाधारणमा मात्र नभएर नेपाल राष्ट्र बैङ्कले समेत यस्तै मान्यता राखेको देखिन्छ । राष्ट्र बैङ्कले २०७४ साल साउन २९ गते जारी गर्दै ‘बिट्क्वाइन कारोवार नेपालमा गैरकानुनी रहेको’ जनाएको थियो । यसले क्रिप्टोकरेन्सीका अन्य क्वाइनहरूलाई समेट्न सकेको छैन ।

    बिटक्वाइन र क्रिप्टोकरेन्सी

    क्वाइनमार्केट क्यापको आँकडाअनुसार अहिले विश्वभर १० हजारभन्दा धेरै क्रिप्टोकरेन्सीहरू छन् । तीनै क्रिप्टोकरेन्सी अर्थात् क्वाइनमध्ये सबैभन्दा पहिलो, धेरै मूल्यको र चर्चित ‘बिट्क्वाइन’ हो । बिट्क्वाइन २००९ मा एक जापानी प्रोग्रामरले बनाएका थिए ।

    अहिले विश्वमा बिट्क्वाइन जस्ता हजारौं क्रिप्टोकरेन्सीहरू छन् । ‘इथेरियम’, पोल्काडट, रिप्पल, डोजक्वाइन जस्ता अन्य क्वाइनहरू पनि क्रिप्टोकरेन्सी हुन् । तर, नेपालमा भने क्रिप्टोकरेन्सी भन्नु नै बिट्क्वाइन हो भन्ने बुझाइ हावी छ ।

    अज्ञानता कि लापरवाही ?

    नेपालमा हुने सम्पूर्ण आर्थिक कारोबारको नियामक निकाय हो, नेपाल राष्ट्र बैङ्क । देशभित्रका बैङ्क तथा वित्तीय संस्था र डिजिटल सेवा प्रदायकको समेत अभिभावकका रूपमा रहेको राष्ट्र बैङ्कले जारी गरेको बिट्क्वाइन सम्बन्धी सूचनाले यसको नीतिगत क्षमतामै प्रश्न चिह्न खडा गर्छ ।

    नेपालको कानुनले ‘राष्ट्र बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमयको कारोबार गर्न सक्ने’ व्यवस्था लागु गरेको छ । र, क्रिप्टोकरेन्सीको कारोबार र त्यसमा लगानी गर्नका लागि विदेश पैसा पठाउनु पर्ने हुन्छ । त्यसरी स्वीकृति बिना पैसा पठाउने कार्यलाई नै गैरकानुनी भनिसकेपछि राष्ट्र बैङ्कले बिट्क्वाइनलाई मात्र समेटेर जारी गरेको सूचनाले सर्वसाधारणमा झन् भ्रम छरेको देखिन्छ । अन्य क्वाइनमा हुने लगानी चाहिँ वैधानिक हो त ? भन्ने प्रश्न पनि उठ्छ ।

    लगानीको सम्भावना

    पछिल्लो समय दैनिकजसो क्रिप्टोकरेन्सीमा लगानी गरेर मानिसले अचानक करोडौं कमाएका समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आउने गरेका छन् ।

    दुई साताअघि गोल्ड साच्सका एक उच्च स्तरका कर्मचारीले ‘डोजक्वाइन’ मार्फत् करोडौं डलर आम्दानी गरेर जागिर छोडेको समाचारले तहल्का मच्चाएको थियो । त्यस्तै, एक अमेरिकी २५ वर्षीय युवाले बिट्क्वाइनलमा लगानी गरेर कलिलो उमेरमै मिलिनियर बनेको समाचार पनि छ्याप-छ्याप्ती भएको थियो । तर, युरोप तथा अमेरिका र छिमेकी मुलुक भारतमा पनि यसको लगानी र कारोबार फैलिरहँदा नेपालमा भने कानूनत: यो अवैधानिक छ ।

    राष्ट्र बैङ्कबाट स्वीकृति नलिई नेपालबाट विदेश पठाउनै गैरकानुनी मानिने नेपालमा क्रिप्टोकरेन्सीलाई मुद्राको मान्यता नदिएकाले झट्ट हेर्दा नेपालबाट लगानी असम्भव देखिन्छ । तर, सामाजिक सञ्जालका ग्रुप तथा स्ट्याटस हेर्दा अदृश्य रूपमा नेपालबाट पनि ठूलो रकममा यसको कारोबार भइरहेको पाइन्छ ।

    केही हदसम्म वेबसाइट नै निर्माण गरेर, ‘पियर टू पियर’ ट्रान्सफरमार्फत् वा विदेश बस्ने साथीभाई र आफन्तमार्फत नेपालीले लगानी गरिरहेका छन् । फेसबुक, ह्वाट्सएप, भाइबर लगायतका सामाजिक सञ्जालमा समूह बनाएर क्रिप्टोकरेन्सीमा लगानी गर्ने जमातले यसको कारोबार गरिरहेको पाइन्छ । तर, कानुनले बर्जित गरेकाले खुलेआम यसको कारोबार भने देखिँदैन ।

    अवैधानिक घोषणा कागजमा मात्रै

    नेपालको कानुनले अवैधानिक घोषणा गरेका धेरै आर्थिक गतिविधि सरकारले रोक्न नसकेको ध्रुव सत्य हो । चाहे सट्टेबाजी होस्, हुन्डी होस् वा विद्युतीय कारोबार नै किन नहोस् । सरकारको नीति र निर्णयहरू कागजमा मात्रै सीमित भएको र फाट्टफुट्ट बाहिर आएका घटनामा पनि सरोकारवालाको उदासीनता उदेकलाग्दो छ ।

    गत वैशाखमा मात्र खल्ती डिजिटल सेवा प्रदायकले सट्टेबाजीमा संलग्न रहेको आशंकामा करिब एक हजार प्रयोगकर्ताको ट्रान्जेक्सन स्टेटमेन्टसहित राष्ट्र बैङ्कलाई अनुसन्धानका लागि सजग गराएको थियो । तर, त्यसबारे अहिलेसम्म राष्ट्र बैङ्कले केही पनि कदम चालेको छैन । न त केही बताएको छ ।

    त्यस्तै, नेपालबाट विदेश पैसा पठाउनका लागि हुने गरेको हुन्डी कारोबार गैरकानुनी भने पनि यसको रोकथाम र सर्वेक्षणबारे कानमा तेल हालेर सुत्ने भन्दा केही गरेको देखिँदैन । त्यस्तै, क्रिप्टोकरेन्सीको सम्बन्धमा पनि नेपाल राष्ट्र बैङ्क तथा सरकारको पारा उस्तै देखिन्छ ।

    वैधानिकता आवश्यक छ ?

    यसलाई दुवै पक्षबाट हेर्न सकिन्छ । विश्वका शक्तिशाली अर्थतन्त्र भएका मुलुकहरूले अबको भविष्य नै क्रिप्टोकरेन्सी हो भन्दै यसलाई वैधानिकता दिएका छन् । कतिपय स्थानहरूमा रेस्टुरेन्टको बिल तिर्न, नेटफिल्क्सको प्याकेज किन्न, टेस्ला कार किन्न, खेलहरूको टिकट किन्नसमेत क्रिप्टोकरेन्सीको प्रयोग हुन थालेको छ ।

    विदेशमा पैसा पठाउनलाई नै अपराध मान्ने नेपालमा भने यसको तत्काल वैधानिकता कल्पना बाहिरको कुरा जस्तो देखिन्छ । तर, निकट भविष्यमा क्रिप्टोकरेन्सी र बिट्क्वाइनलाई फरक तरिकाले व्याख्या गर्नसक्ने नीति निर्माता नेपालले पायो भने यसले वैधानिकता पाउन पनि सक्छ ।

    झट्ट हेर्दा सेयरबजार प्रकृतिको देखिने क्रिप्टोकरेन्सीको कारोबार फियाट मनी (रूपैयाँ, डलर, युरो, पाउन्डलगायत) जस्तो महँगो हुँदैन । किनभने, क्रिप्टोकरेन्सी ट्रान्सफरका लागि फियाट मनीजस्तो तेस्रो पक्ष (बैङ्क) को आवश्यकता पर्दैन । नेपालको कुनै एक स्थानबाट विश्वको जुनुसुकै देशमा तेस्रो पक्षबिना नै पैसा पठाउन सकिन्छ । क्रिप्टोकरेन्सीको कारोबारलाई सम्भव बनाउन ब्लकचेन प्रविधिको प्रयोग गरिएको हुन्छ । त्यसैले ट्रान्जेक्सनका लागि तेस्रो पक्षको आवश्यकता पर्दैन । त्यसले गर्दा यसको कारोबार सहज, सुरक्षित र छिटो पनि हुने गरेको छ ।

    कसरी हुन्छ कारोबार ?

    सामान्यतया ‘टिएमएस’ अकाउन्ट बनाएर सेयर खरिद–बिक्री गरेजसरी नै क्रिप्टोकरेन्सीको किनबेच गर्न सकिन्छ । यसको खरिद–बिक्रीका लागि विभिन्न प्लेटफर्महरूको प्रयोग हुने गरेको छ । जस्तै, बाइनान्स, क्रिप्टोडटकम, रबिनहुड, इटोरो, क्वाइनबेस लगायत प्लेटफर्ममा साइनअप गरेर यसको कारोबार गर्न सकिन्छ ।

    तर, यसलाई राख्नका लागि क्रिप्टो वालेटको आवश्यकता पर्छ । ब्लकचेन प्रविधिको प्रयोग गरिएको हुनाले यसलाई सुरक्षित र विश्वसनीय मानिन्छ । अर्को अर्थमा प्लेटफर्ममा गरिने कारोबारलाई इ-सेवामा भएको पैसा र वालेटमा राख्नुलाई बैङ्कको खातामा राखिने पैसा जसरी बुझ्न सकिन्छ ।

  • कोरोना महामारीले बैंकिङ कारोबार प्रभावित, निक्षेप र कर्जा दुवै घट्यो

    कोरोना महामारीले बैंकिङ कारोबार प्रभावित, निक्षेप र कर्जा दुवै घट्यो

    काठमाडौं । कोभिड-१९ चेनब्रक गर्न भन्दै निषेधाज्ञालाई थप कडाइ गरेसँगै त्यसको असर बैंकिङ आर्थिक गतिविधिमा देखिन थालेको छ । अतिवाश्यक वस्तु तथा सेवा बाहेकका अन्य क्षेत्र पूर्णरुपमा ठप्प गरिँदा त्यसको असर बैंकिङ कारोबार देखिन सुरु गरेको छ ।

    बैंक तथा वित्तीय संस्थाहरूले पनि ५० हजारभन्दा बढीको निक्षेप मात्रै संकलन गरिरहेका छन् । त्यस्तै नेपाल राष्ट्र बैंक र काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले लागू गरेको ओलोपालो बैंकिङ प्रणालीका कारण निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा कमी आएको छ । सरकारले निर्माण क्षेत्र तथा सेयर बजार सञ्चालन गरेपनि यी क्षेत्रले पर्याप्त मात्रामा आर्थिक क्रियाकलापलाई गति दिन सकेका छैनन् ।

    आर्थिक गतिविधि ठप्प हुँदा सरकारको राजस्व संकलन र खर्च दुवैमा कमी आएका कारण बैंकिङ निक्षेपमा संकलन र कर्जा प्रवाह दुबै प्रभावित भएका छन् ।

    जेठको पहिलो सातामा नेपालका वाणिज्य बैंकहरुमा ६ अर्ब निक्षेप संकलन र ६ अर्ब नै कर्जा प्रवाह भएको देखिन्छ। त्यस्तै जेठको दोस्रो सातामा आएर निक्षेप संकलन ५ अर्बले घटेको छ भने कर्जा प्रवाह पहिलो साताको तुलनामा ३ अर्बले बढेर ९ अर्ब रुपैयाँ पुगेको छ। चालू महिनाको दुई सातामा निक्षेप १ अर्बले बढेको देखिन्छ भने ऋण विस्तार १५ अर्ब भएको नेपाल बैंकर्स संघको तथ्याङ्कले देखाएको छ।

    नेपाल राष्ट्र बैंकले कोभिड १९ सम्वन्धित अक्सिजन प्लान्ट , कन्सन्ट्रेटर , खोप तथा स्वास्थ्य सामाग्री खरिदका लागि बैंक तथा वित्तीय संस्थाका सेवाहरु केन्द्रित गर्न निर्देशन जारी गरेको छ ।

    सार्वसाधारणलाई अतिवाश्यक अवस्थामा बाहेक बैंकको शाखामा नजानका लागि केन्द्रीय बैंकले आग्रह गरेको छ । बैंकहरूले आफ्ना ग्राहकलाई मोवाइल बैंकिङ , इन्टरनेट बैंकिङ , कनेक्ट आईपीएस, क्यूआर कोडलगायतका डिजिटल भुक्तानी प्रणाली प्रयोग गर्न आग्रह गरेको छ ।

    विकास बैंकहरूले भरसक साना निक्षेपहरू लिएर बैंकका शाखा भीडभाड नगर्न आग्रह गरेका छन् ।

    बैंक तथा वित्तीय संस्थाले सीमित शाखाहरूमार्फत वैदेशिक व्यापारसम्वन्धी भुक्तानी, रेमिटान्सको भुक्तानी , विदेशमा रहेका विद्यार्थीलाई रकम पठाउने सुविधा, फण्ड ट्रान्सफर र रकम जम्मा गर्ने तथा भुक्तानी दिने , चेक सटहीलगायतका सेवा प्रदान गरिरहेका छन् ।

    केन्द्रीय बैंकले कोभिडसम्वन्धी स्वास्थ्य सामाग्री तथा अक्सिजनको अभाव नहोस भनेर स्वास्थ्य सेवा विभागको सिफारिस कोभिड १९ सम्वन्धि स्वास्थ्य सामाग्री खरिदका प्रतीतपत्र वा टीटीमार्फत हुने डलर सटहीको सुविधा २५ हजारदेखि ३४ हजार डलरसम्मको सिमालाई बढाएर १ लाख पुर्‍याएको छ ।

    अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन ट्याङ्क , अक्सिजन उत्पादन प्लान्ट, अक्सिजन डेलिभरी एसोसेरिज र अन्य अक्सिजन सम्वन्धी तथा भेन्टिलेटरको आयातका लागि डलर सटहीको कुनै पनि सीमा नलाग्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

  • बैंकिङ शाखा संचालनको कोटा तोकियो, यस्तो छ नयाँ व्यवस्था

    बैंकिङ शाखा संचालनको कोटा तोकियो, यस्तो छ नयाँ व्यवस्था

    काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय संस्था नियमन विभागले बाणिज्य, विकास बैंक, वित्तीय संस्था र लघुवित्त संस्थालाई आलोपालो गरेर सीमित शाखा खोल्न निर्देशन दिएको छ ।

    कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै अतिवाश्यक सेवाका लागि मात्रै ग्राहकको उपस्थिति गराउने तथा बैंकका कर्मचारीको सुरक्षाका लागि कोटा तय गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    निषेधाज्ञा अवधिभर आलोपालो गरेर बाणिज्य बैंकहरूको लागि काठमाडौंमा ३ , ललितपुरमा २ र भक्तपुर जिल्लामा १ शाखा संचालनका लागि कोटा निर्धारण गरिएको छ । त्यस्तै विकाकास बैंकहरूले काठमाडौंमा २ ललितपुर र भक्तपुरमा १/१ शाखा संचालन गर्न पाउने भएका छन् । यसैगरी ‘ग’ वर्गका वित्त कम्पनीलाई उपत्यकाका तीनवटै जिल्लामा आलोपालो गरेर १/१ शाखा खुल्ला गर्न कोटा तोकिएको छ ।

    बन्द भएका शाखाका सम्पर्क व्यक्तिको नम्बर र अतिवाश्यक सेवा दिन सक्ने बैकल्पिक शाखाको विवरण दैनिकरुपमा प्रकाशन गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

    वैशाख १९ मा बैंकहरूका केन्द्रीय कार्यालयसहित २५ प्रतिशत कर्मचारीको उपस्थितिमा २५ प्रतिशत शाखा सञ्चालन गर्न निर्देशन दिएको थियो । त्यसलाई परिवर्तन गर्दै पछिल्लो निर्देशन जारी गरिएको हो ।

    बैंकिङ शाखा सञ्चालन र कोभिडको सतर्कताका बिषयमा वैशाख १९ गते केन्द्रीय बैंकले जारी गरेको निर्देशन कडाइका साथ पालना गर्न भनिएको छ ।

    शाखा संचालनमा कोटा निर्धारण गरिएपनि २० प्रतिशत कर्मचारी राखेर केन्द्रीय कार्यालय भने संचालन गर्नुपर्ने छ । डिजिटल भुक्तानीलाई जोड दिँदै नेपाल बैंकर्स संघले यसअघि नै ५० हजारमाथिको मात्र निक्षेप लिने बताइसकेको छ ।

  • निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने, अक्सिजन उद्योगलाई सहुलियत ऋण

    निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने, अक्सिजन उद्योगलाई सहुलियत ऋण

    काठमाडौं । अक्सिजनसँग सम्बन्धित उद्योगले ऋण सहुलियत पाउने भएका छन् ।

    चालु वर्षको तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट , अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा आधार दरमा नै कर्जा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

    जसअन्तर्गत लिक्विड अक्सिजन प्लान्टका लागि ५० करोड तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनर्कर्जा उपलब्ध गरिने छ ।

    त्यस्तै कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको जरिवाना वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था मिलाउने पनि राष्ट्र बैंकले जनाएको छ ।

    निषेधाज्ञा समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था गरिएको छ ।

    मुद्दती निक्षेप, जमानत तथा प्रतितपत्रको र कर्जाको नवीकरणको म्याद समाप्त भएका बैंक तथा वित्तीय संस्थालाई नवीकरणका लागि आवश्यक व्यवस्था गर्न मौद्रिक नीतिको समीक्षामा भनिएको छ । निषेधाज्ञाको अवधिमा पनि समयमा नै कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने ग्राहकका लागि ब्याजमा छुटको व्यवस्था गरिने भएको छ । त्यस्तै ब्याजदर परिवर्तन सम्वन्धी जानकारी विद्युतीय माध्यमबाट ग्राहकलाई तत्काल उपलव्ध गराउने व्यवस्था गरिएको छ ।

    ग्राहक पहिचान आवधिक नभई निष्क्रिय भएका बैंक खाता हकमा बिद्युतीय माध्यमबाट ग्राहक पहिचान आवधिक गरी खाता सुचारु गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    मौद्रिक नीतिको तेस्रो क्वाटरको समीक्षामा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोष ‘सिएसआर’ अन्तर्गत छुट्याएको रकम कोभिडको रोकथाम तथा नियन्त्रण र मानव जीवनको रक्षामा खर्च गर्न निर्देशन दिइएको छ ।

    बैंक तथा वित्तीय संस्थाले उक्त कोषको रकम अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, भ्याक्सिन, औषधी लगायतका काममा खर्चगर्न सक्ने भएका छन् । त्यसैगरी, राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा बैंक तथा वित्तीय संस्थाले उक्त रकम खर्च गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    केन्द्रीय बैंकले सेयर कारोबारका लागि प्रदान गर्ने मार्जिन ल्याण्डिङमा ७० प्रतिशतको व्यवस्थालाई यथावत राखेको छ । केन्द्रीय बैंकले सेयर करोबारका लागि प्रवाह हुने कर्जाको मूल्याङ्कन गर्दा सेयर कारोबार भएको पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसकोमा आधारमा कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

    यसका साथै भुक्तानी सम्वन्धि काम गरिरहेका भुक्तानी सेवा प्रदायक ‘पीएसपी’ लाई प्रभावकारी अनुगमन गर्न भुक्तानी प्रणाली सम्वन्धि निरीक्षण तथा सुपरिवेक्षण नियमावली तथा कार्यविधि जारी गर्ने जस्ता मौद्रिक तथा वित्तीय उपायका उपकरणको परिचालन गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।