Tag: नेपाल बन्द

  • लुम्बिनीमा नेपाल बन्दको आंशिक प्रभाव

    लुम्बिनीमा नेपाल बन्दको आंशिक प्रभाव

    रुपन्देही । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रुपमा परेको छ ।

    बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन् । फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन् । सहरका भित्री भागमा भने अधिकांश पसल खुलेका छन् । शिक्षण संस्थाहरु पनि अधिकांश बन्द रहेका छन् ।

    विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।

    लुम्बिनी प्रदेशका मुख्य सहरहरु रुपन्देहीको बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही र बाँकेको नेपालगन्जलगायतका क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसल र सहरका मुख्य बजार आंशिक रुपमा खुलेका छन् । विद्यालयले भने सोमबार बिहानै सूचना निकालेर बन्द हुने जानकारी गराएका थिए ।

    लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

  • काठमाडौंमा नेपाल बन्दको प्रभाव शून्यप्रायः (तस्बिरहरु)

    काठमाडौंमा नेपाल बन्दको प्रभाव शून्यप्रायः (तस्बिरहरु)

    काठमाडौं । संसदबाट एमसीसी सम्झौता पारित भएको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्तरुपमा गरेको नेपाल बन्दको प्रभाव काठमाडौंमा शून्यप्रायः छ ।

    सडकमा नियमितझैं सवारीसाधन चलेका छन् । बजार–पसल खुलेका छन् । केही शैक्षिक संस्थाहरु भने त्रासका कारण खुल्न सकेको छैन ।

    बन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत छन् ।

  • काठमाडौंमा बन्दको प्रभाव न्यून (तस्बिरहरु)

    काठमाडौंमा बन्दको प्रभाव न्यून (तस्बिरहरु)

    काठमाडौं । एमसिसी सम्झौताविरुद्ध पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव न्यून छ । काठमाडौंमा नियमितझैं सार्वजनिक तथा निजी सवारीसाधन चलेका छन् भने बजार पनि खुलेको छ । लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् ।

    आजको प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन् ।

    मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।

    काठमाडौं उपत्यकामा बन्दको प्रभाव नपरे पनि स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ ।ह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेको छ ।

  • पाँच कम्युनिस्ट पार्टीको बन्दको प्रभाव न्यून, सरकारले बढायो सुरक्षा सतर्कता

    पाँच कम्युनिस्ट पार्टीको बन्दको प्रभाव न्यून, सरकारले बढायो सुरक्षा सतर्कता

    काठमाडौं । एमसिसी सम्झौताविरुद्ध पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव न्यून छ । काठमाडौंमा नियमितझैं सार्वजनिक तथा निजी सवारीसाधन चलेका छन् भने बजार पनि खुलेको छ । लामो दूरीमा चल्ने गाडी भने फाट्टफुट्ट मात्रै छुटेका छन् ।

    आजको प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले देशव्यापी बन्द आह्वान गरेका हुन् ।

    काठमाडौं उपत्यकामा बन्दको प्रभाव नपरे पनि स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ ।ह मन्त्रालयले मंगलबार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिइसकेको छ ।

     

     

     

  • एक दिनको बन्दले कुन क्षेत्रमा कति घाटा ?

    एक दिनको बन्दले कुन क्षेत्रमा कति घाटा ?

    काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलिय पदार्थको मूल्य वृद्धिको विरोधमा आज नेपाल बन्द गरेको छ । पटक-पटक नेपाल बन्द नगर्ने प्रतिबद्धता गर्दै आएका दल फेरि बन्दमा उत्रिन थालेका छन् । लामो समयपछि आज नेपाल बन्द भयो ।

    निजी क्षेत्रले नेपाल बन्दको विरोध गर्दै आएका छन् । तर, पनि बन्दलाई अस्त्र बनाउँदा मुलुकको अर्थतन्त्रमा उत्तिकै क्षति भइरहेको छ ।

    नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले १ दिनको बन्दले निजी क्षेत्रलाई १० अर्ब क्षति हुने बताए ।

    अग्रवालले भने, ‘नेपाल बन्द हुँदा निजी क्षेत्रलाई ठूलो घाटा हुन्छ । सर्वजनिक यातायातमा उद्योग र व्यापारीक क्षेत्रमा काम गर्ने मजदुर आउन पाउँदैनन् । निजी क्षेत्रमा लागनीको वातावरण पनि आफै विग्रिदै जान्छ । विदेशी लगानी कर्ताहरु पनि नेपाल बन्द भइरहन्छ भने लगानी गर्न आउँदैनन् । नेपाल बन्दको कारणले गर्दा देशको आर्थिक वृद्धि दरलाई पनि रोक्छ । कोरोनाको कारणले थला परेर विस्तारै उठ्न थालेका पर्यटन र यातायात क्षेत्र समस्यामा जान्छन् ।

    कोरोनाको कारणले पनि निजी क्षेत्र समस्यामा परेको थियो । कोरोनाको पहिलो लहरमा महिनौंसम्म लकडाउन भयो । जनजीवन नै ठप्प भएको त्यो समयमा देशको आर्थिक वृद्धिलाई ठूलै धक्का लागेको थियो । सो यतिबेला अत्यावश्यक बाहेकका सेवा र उत्पादनको बिक्री वितरण बन्द भएको थियो ।

    लकडाउनको समयमा निजी क्षेत्रले दैनिक ८ अर्बको क्षति बताएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा १ दिन बन्द हुँदा ८ अर्ब क्षति भएको बताएका थिए ।

    पहिलेको लकडानमा बन्द भएका उद्योगहरु पुर्णरूपमा सञ्चालन नहुँदै फेरि निषेधाज्ञा भएपछि उद्योग र व्यवसाय अब कसरी उठ्छ् भन्ने चिन्ता रहेको गोल्छाले बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष गोल्छाले नेपाल बन्द हुँदा सामान्य र गरिब जनता सबै भन्दा धेरै समस्यामा पर्ने बताए ।
    गोल्छा भन्छन्, ‘नेपाल बन्द गरेर नै विरोध हुन्छ भन्ने बुझाइलाई सच्याउन पर्छ । नेपाल बन्द गरेर मात्रै आफ्नो माग पुरा हुन्छ भन्ने होइन । बन्दभन्दा पनि अन्य विकल्प निकालेर विरोध जनाउन वा आफ्नो माग सरकारसँग राख्न सकिन्छ । नेपाल बन्द गरेर के फल मिल्छ ? देशको उद्योगधन्दा बन्द हुन्छ । रोजगारी दिने उद्योगहरुको स्थापनामा पनि कमि आउछ । देशलाई नै घाटा हुनेका गर्दा त्यसले कसैलाई पनि राम्रो गर्दैन । साना र मझौला उद्योग नेपाल बन्दको कारणले अझ समस्यामाा पर्ने अवस्था आउछ ।’

    कुन क्षेत्रमा कति क्षति ?

    सिमेन्ट उद्योग

    १ दिन नेपाल बन्द हुँदा सिमेन्ट उद्योगले ठूलो घाटा हुने सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । उनले भने, ‘कोरोनापछि बल्ल सिमेन्ट उद्योगहरू उक्सिन खोज्दै छन् । तर, अब फेरि नेपाल बन्द सुरू भएको छ । यसले सबैलाई समस्या पार्छ ।’

    एक दिन सिमेन्ट उद्योग बन्द हुँदा सिमेन्ट उद्योगलाई ५० देखि ६० करोड क्षति हुने थापाले बताए ।

    निर्माण क्षेत्र

    बन्दको बेला कार्यस्थलमा मजदुर आउन नसक्दा निर्माण क्षेत्र पनि प्रभावित बन्ने गरेको छ । १ दिन नेपाल बन्द हुँदा ३० करोडको हाराहारीमा घाटा हुने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।

    बन्दका कारण होटल, यातायात, निर्माण, सूचना प्रविधि क्षेत्र र उद्योगलगायतका क्षेत्र गरी १ दिन बन्द हुँदा १० अर्ब क्षति हुने निजी क्षेत्रले बताएको छ ।

  • टायर बालेर बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्ता सुन्धाराबाट पक्राउ (तस्बिरहरू)

    टायर बालेर बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्ता सुन्धाराबाट पक्राउ (तस्बिरहरू)

    काठमाडौं । सुन्धाराबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा आव्हान गरिएको नेपाल बन्दमा सडकमा टायर बालेर सवारीसाधन संचालनमा अवरोध गरिरहेका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

    बन्दको क्रममा विप्लवका कार्यकर्ताले देशभर प्रदर्शन गरेका छन् । केही ठाउँबाट बन्दकर्तालाई नियन्त्रणमा लिएको छ ।

  • बन्दकर्ताद्वारा त्रिपुरेश्वरमा टायर बालेर प्रदर्शन, पाँच पक्राउ

    बन्दकर्ताद्वारा त्रिपुरेश्वरमा टायर बालेर प्रदर्शन, पाँच पक्राउ

    काठमाडौं । मूल्यवृद्धिविरुद्ध नेपाल बन्दको आह्वान गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले आज विहान काठमाडौंको त्रिपुरेश्वर क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् ।

    सुन्धाराबाट त्रिपुरेश्वर जाने ओरालोमा टायर बालेर बाटो बन्द गराएका बन्दकर्ता तत्कालै प्रहरी पुग्दा त्यहाँबाट भागिसकेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाएर बाटो खुलाएको थियो ।

    बन्द गराउँदै हिँडेका पाँचजना नेकपा कार्यकर्तालाई प्रहरीले उपत्यकाका दुई स्थानबाट पक्राउ गरेको छ । महाराजगन्जबाट ३ जना र साँखुबाट २ जना बन्दकर्ता पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

    इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपाले नेपालबन्दको आह्वान गर्दा राजधानी लगायत देशका मुख्य शहरक्षेत्रमा न्यून असर परेको छ । सार्वजनिक सवारीहरु न्यून मात्रामा चले पनि निजी सवारीसाधन उल्लेख्य गुडिरहेका छन् ।

    बन्दका कारण काठमाडाैं उपत्यकाका मुख्य चाेकका पसलहरु खुलेका छैनन् ।

  • प्रचण्ड-माधव नेपाल सडकमा, बन्द सफल पार्न निर्देशन

    प्रचण्ड-माधव नेपाल सडकमा, बन्द सफल पार्न निर्देशन

    काठमाडौं । नेपाल बन्द सफल पार्न विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सडकमा निस्केका छन् ।

    उनीहरुले प्रदर्शनका लागि कोटेश्वरमा भेला भएका कार्यकर्तालाई बन्द सफल पार्न निर्देशन दिएका छन् ।

    प्रचण्ड सातदोबाटोबाट कोटेश्वार आएका हुन् । जहाँ माधव नेपाल पनि मिसिएका छन् ।

  • सडकमा निस्केका प्रचण्डले भने- जंगलीराज अन्त्य गर्न जनताकै लागि आन्दोलन

    सडकमा निस्केका प्रचण्डले भने- जंगलीराज अन्त्य गर्न जनताकै लागि आन्दोलन

    काठमाडौं । नेपाल बन्द सफल पार्न सडकमा निस्केका विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको जंगलीराज अन्त्य गरी जनताको शासन ल्याउन नेपाल बन्द गर्नुपरेको बताएका छन् ।

    नेपाल बन्द गर्नु रहर नभइ बाध्यता भएको जिकिर गर्दै उनले भने– यो हाम्रो रहर होइन, मण्डलेवाद अन्त्य गर्दै गणतन्त्रको रक्षाका लागि सडकमा आउनुको विकल्प भएन ।

    आन्दोलनका लागि कार्यकर्तालाई उकास्दै उनले संविधान मिचेर सरकारले दिउँसै रात पार्न खोजेकोले सशक्त आन्दोलन गर्न निर्देशन दिए । भने– ओलीको सरकारले देश, संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको छ । त्यसविरुद्ध सशक्त आन्दोलन गर्नुस् ।

    भोलि ओली पक्षले गर्ने भनेको आमसभालाई प्रचण्डले पञ्चर्यालीको उपमा दिए । विगतमा पनि तानाशाहले यस्तै गरेको भन्दै उनले ओली पक्षको सभालाई ‘निभ्ने बेलाको दीयो’ भने ।

  • धरानमा प्रदर्शनकारी र मजदुरबीच झडप

    धरानमा प्रदर्शनकारी र मजदुरबीच झडप

    काठमाडौं । धरानको भानुचोकमा मजदुर र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनकारीले जबरजस्ती टेम्पो रोकेर टायर बाल्न खोजेपछि झडप भएको हो ।

    बन्दकर्ताले रोकिराखेको टेम्पोमा लाती हानेपछि विवाद शुरु भएको हो । प्रदर्शनकारी टायर बाल्न खोजेपछि मजदुरले प्रतिकार गरेका थिए ।

    प्रहरीका अनुसार सामान्य झडपमा दुवै पक्षका केही घाइते भएका छन् । घाइतेको स्थिति सामान्य छ ।

    प्रदर्शनकारीले मजदुरसँग नभइ प्रहरीसँग झडप भएको बताएको छ ।

    संवैधानिक परिषद्को नियुक्तिमा असहमति जनाउँदै नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आज नेपाल बन्दको आह्वान गरेको हो ।

  • नेपाल बन्द लक्षित गरी विराटनगरमा १० हजार सुरक्षाकर्मी परिचालन

    नेपाल बन्द लक्षित गरी विराटनगरमा १० हजार सुरक्षाकर्मी परिचालन

    विराटनगर । नेपाल कम्युनष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालको असर प्रदेश १ मा विहानैदेखि देखिएको छ ।

    आम हड्तालका कारण प्रदेश १ का मुख्य तथा सहायक राजमार्गमा लामा तथा छोटा दुरीका सार्बजनिक सवारी सधान चलेका छैनन् ।

    विराटनगर लगायतका मुख्य शहरमा अटो,इ–रिक्सा संचालनमा छन् । उद्योग, पसल व्यवसाय पनि बन्द गरिएका छन् ।

    प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एव प्रहरी नायव उपरिक्षक विपिन रेग्मीले आम हड्तालमा प्रदेशमा कुनै अप्रिय घटना अहिलेसम्म नभएको जानकारी दिए ।आम हड्तालका क्रममा अवाञ्छित घटना हुन नदिन बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

    प्रहरी नायव उपरिक्षक रेग्मीले प्रदेशका मुख्य शहरका राजमार्गमा सुरक्षाका लागि १० हजार बढीको संख्यामा प्रहरी परिचालन गरिएको बताए । हड्ताल सफल बनाउन बिहानै देखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।

  • कलंकीबाट अष्टलक्ष्मी शाक्यसहितका बन्दकर्ता गिरफ्तार

    कलंकीबाट अष्टलक्ष्मी शाक्यसहितका बन्दकर्ता गिरफ्तार

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले आह्वान गरेको नेपाल बन्दको दिन आज बिहानैदेखि बन्दकर्ता र प्रहरीबीच झडप सुरु भएको छ ।

    प्रहरीले बिहानै काठमाडौंकाे कलंकीबाट नेकपा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलगायतका केही बन्दकर्तालाई गिरफ्तार गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी गराएका छन् ।

    बन्दकर्ताले बिहानै गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेका थिए । त्यस्तै विभिन्न स्थानमा सवारी साधनमा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।

    प्रचण्ड–माधव समूहले बन्द सफल बनाउन उपत्यकाका विभिन्न ११ स्थानमा स्थायी कमिटी सदस्यको नेतृत्वमा कार्यकर्ता परिचालन गर्ने बताएको थियो । कलंकीको नेतृत्व गरेकी शाक्यलाई प्रहरीले पक्राउ गरेको हो ।

  • नेकपा प्रचण्ड–माधवको आह्वानमा नेपाल बन्द– बिहानै ट्याक्सीमा आगजनी

    नेकपा प्रचण्ड–माधवको आह्वानमा नेपाल बन्द– बिहानै ट्याक्सीमा आगजनी

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालको बिहानै राजधानीमा एउटा ट्याक्सीमा आगजनी भएको छ । गोंगबुमा एउटा ट्याक्सीमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

    कुम्भनारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बिहानै करिव ५ बजेतिर गोंगबुमा रोकिराखेको ट्याक्सीमा दुईजना अपरिचित व्यक्तिले आगजनी गरेर भागेको जानकारी दिए ।

    लगत्तै पुगेकाे प्रहरीले दमकलकाे सहायतामा आगो निभाएको हो । एसएसपी सिंहका अनुसार उपत्यकाका बिभिन्न स्थानहरुमा बन्दकर्ताहरुले सवारी साधनमाथि तोडफोड गर्न थालेको गुनासो आएकाले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने विरुद्ध प्रहरी चुप लागेर नबस्ने बताएका छन् ।

    नेकपाकै प्रचण्ड–माधव समूहले केपी ओली नेतृत्वको अर्को समूहले भोलि काठमाडौंमा गर्न लागेको बृहत आमसभा कार्यक्रमको पूर्वसन्ध्यामा देशव्यापी आमहड्ताल आह्वान गरेका हुन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि सत्तारुढ नेकपा दुई टुक्रा भएको छ र अहिले दुवै पक्षबीच आरोप प्रत्यारोप चलिरहन्छ ।