Tag: नेपाल बङ्गलादेश बैंक

  • नेपाल बंगलादेश बैंकले बोलायो साधारणसभा, लाभांशदेखि सञ्चालक नियुक्तिसम्मका एजेण्डा

    नेपाल बंगलादेश बैंकले बोलायो साधारणसभा, लाभांशदेखि सञ्चालक नियुक्तिसम्मका एजेण्डा

    काठमाडौं । नेपाल बंगलादेश बैंकले मंसिर २ गतेका लागि साधारणसभा आव्हान गरेको छ । भर्चुअल माध्यमबाट गरिने साधारणसभाले १५.५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिसकेको छ ।

    साधारणसभाले ६ नयाँ संचालक सदस्यको निर्वाचन गर्ने बताइएको छ । जसमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना रहने छन् ।

    साधारणसभामा उपस्थिति तथा लाभांश वितरणको प्रयोजनका लागि बैंकले बुकक्लोजको मिति कात्तिक १५ गते तोकेको छ । कात्तिक १४ गतेसम्म नेप्समा कारोबार भइ कायम सेयरधनीले बैंकको लाभांश प्राप्त गर्ने तथा साधारणसभामा सहभागिता जनाउन पाउँनेछन् ।

  • नेपाल बङ्गलादेश बैंकबाट आईएफआईसी बैंक बाहिरिँदै, ४० प्रतिशत सेयर बिक्रीका लागि अनुमति

    नेपाल बङ्गलादेश बैंकबाट आईएफआईसी बैंक बाहिरिँदै, ४० प्रतिशत सेयर बिक्रीका लागि अनुमति

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकको बङ्गलादेशी साझेदार आईएफआईसी बैंक बाहिरिने भएको छ । यो बैंक नेपाली लगानीकर्ता र बङ्गलादेश ढाकास्थित आइएफआईसी बैंक संयुक्त लगानीमा सञ्चालित बैंक हो ।

    असार २८ को सञ्चालक समिति बैठकले आईएफआईसी बैंकलाई सेयर बिक्रीका लागि अनुमति दिने निर्णय गरेको छ । बङ्गलादेश बैंकमा आईएफआईसीको ३ करोड ६८ लाख २७ हजार ४३६ कित्ता (करिब ४० प्रतिशत) सेयर लगानी छ । बैठकले आ.व. २०७७/७८ प्राप्त हुने लाभांशसहित ४० प्रतिशत सेयर बिक्रीको लागि अनुमति दिइएको बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकको निर्देशननुसार सेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकका संस्थापक सेयरधनीलाई नै हुने भएकाले आवेदनका गर्न लागि ३५ दिनको म्याद तोकिएको छ ।

    संस्थापक सेयरधनीहरू बैंकको केन्द्रीय कार्यालय कमलादीस्थित सेयर शाखामा बैंक तथा वित्तीय संस्थामा कारोबार गर्ने इजाजतप्राप्त पत्रसहित नीतिगत तथा प्रकृयागत व्यवस्था २०६३ को अनुसूची ३ बमोजिम व्यक्तिगत विवरणसहित आवेदन दिन भनिएको छ । उक्त विवरणसहित कर चुक्ता गरेको आम्दानी र सेयर खरिद गर्न चाहेको रकमको उपलव्धतालाई पुष्ट्याँइ गर्ने कागजातसमेत प्रस्तुत गर्न भनिएको छ ।

    ३५ दिनभित्र कसैको आवेदन नपरेमा वा ‘फिट एण्ड प्रपर टेष्ट’ अयोग्य देखिएमा मात्रै अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने प्रकृया अगाडि बढाइने बैंकले जनाएको छ ।