Tag: नेपाल प्रहरी

  • मास्क नलगाउने ५८ हजारलाई कारवाही, मापदण्ड पालना नगर्ने १ हजारलाई जरिवाना

    मास्क नलगाउने ५८ हजारलाई कारवाही, मापदण्ड पालना नगर्ने १ हजारलाई जरिवाना

    काठमाडौं । नेपाल प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा मास्क नलगाई जताभावी हिँडडुल गर्ने ५८ हजार १ सय ५२ जनालाई होल्डिङ सेन्टरमा राखेर सम्झाई बुझाई छोडेको छ । यसै अवधिमा तोकिएको मापदण्ड पालना नगर्ने १ हजार ९१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गराइएको नेपाल प्रहरीले जनाएको हो ।

    नेपाल प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम अन्तरगत पछिल्लो २४ घण्टामा २५ हजार ८ सय ८४ जनालाई निःशुल्क मास्क पनि वितरण गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुवँरले नेपाल प्रेसलाई जानकारी दिए ।


    उनका अनुसार कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ५ सय ८४ वटा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको छ । उक्त कार्यक्रममा देशभर गरी जम्मा १ लाख ३२ हजार ९ सय ४६ जना सहभागी भएका छन् ।

     

    नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित सचेतनामुलक कार्यक्रम जारी राखेको छ ।

    कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।

    कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

    उपत्यकामा निषेधाज्ञा उल्लघन गर्ने २ हजार ३९ सवारी साधन नियन्त्रणमा

    यसैविच बिहिबार बिहान ६ बजेबाट काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञामा साँझ ७ बजेसम्म निषेधाज्ञा अवज्ञा गर्ने २ हजार ३९ सवारी साधनलाई नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहिबार १ हजार ४ सय ८८ दुई पाङग्रे र ५ सय ५१ चार पाङग्रे सवारी साधान नियन्त्रणमा लिएको हो ।

  • नेपाल प्रहरीको ‘तपाईंको मास्क खै ?’ अभियान  देशव्यापी रुपमा सञ्चालन

    नेपाल प्रहरीको ‘तपाईंको मास्क खै ?’ अभियान देशव्यापी रुपमा सञ्चालन

    काठमाडौं । नेपाल प्रहरीले देशव्यापी अभियान तपाईको मास्क खै अभियान सञ्चालन गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार ७ वटै प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय र ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा ति मातहत रहेका कार्यालयलय एकैसाथ अभियान सञ्चालन गरेका हुन् ।

    कोरोनाको संक्रमण रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पुर्ण रुपमा कार्यान्वयन गर्नका लागि नेपाल प्रहरीले अभियान सञ्चालन गरेको नेपाल प्रहरीका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुवँरले नेपाल प्रेसलाई जानकारी दिएन ।

    उनका अनुसार अभियानमार्फत पछिल्लो २४ घण्टामा मात्र ११ हजार ७ सय २२ जनालाई प्रहरीले निःशुल्क मास्क वितरण गरिसकेको छ ।

    उनले भने, ‘मास्क नलगाई हिँडडुल गर्ने २३ हजार ९ सय ४१ जनालाई होल्डिङ सेन्टरमा रोखेर सम्झाई बुझाई पठाइएको छ । साथै तोकिएको मापदण्ड उल्लंघन गर्ने १ हजार ४ सय ६५ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ ।’

    मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन पनि प्रहरीले सबैलाई अनुरोध गरेको प्रवक्ता कुवँरले बताए । कोरोना संक्रमणको दोस्रो लहरबाट हुन सक्ने समस्या र चुनौतीलाई ध्यान दिएर यसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले देशभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । माइकिङ र प्लेकार्ड सहित पछिल्लो २४ घण्टामा गरिएका ७ सय २ वटा सचेतनामूलक कार्यक्रमबाट जम्मा १ लाख ४७ हजार २ सय ९५ जना लाभान्वित भएका छन् ।

    नेपाल प्रहरीले विभिन्न स्थानमा कोरोनाको जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनको चेकजाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रम संचालन गरेको छ । कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन अन्य सुरक्षा निकाय लगायतका सरोकारवालासँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिइएको नेपाल प्रहरीले जनाएको छ ।

  • प्रहरी सङ्गठन सुधारमा मन्त्रालय गम्भीर छः गृहसचिव न्यौपाने

    प्रहरी सङ्गठन सुधारमा मन्त्रालय गम्भीर छः गृहसचिव न्यौपाने

    काठमाडौँ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्रहरी सङ्गठन सुधारका विषयमा गृह मन्त्रालय गम्भीर रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा बुधबार गृहसचिव न्यौपानेले शान्ति सुरक्षामा चुस्त पार्ने गरी काम गर्न पनि प्रहरीलाई निर्देशन दिएका छन् ।

    निरीक्षणका क्रममा उनले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको पनि अवलोकन गर्नुका साथै उक्त सेन्टरबाट भिडियो कन्फरेन्सबाट सातवटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखलाई निर्देशन पनि दिएका छन् ।

    उनले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा आ–आफ्नो क्षेत्रमा तस्करी नियन्त्रण एवं राजस्व वृद्धिमा थप सक्रियता बढाउनुपर्नेमा जोड दिए । आगामी वर्ष पनि बेरुजु फछ्र्योटमा सर्वोत्कृष्ट हुनेतर्फ ध्यान केन्द्रित गरी समूह बनाएर थप सक्रियताका साथ लाग्न उनले सुझाव दिए ।

    प्रहरीको भौतिक पूर्वाधार निर्माण तथा वृत्ति विकासलगायतका सवालमा पनि गृह मन्त्रालयले ध्यान दिएको गृहसचिव न्यौपानेको भनाइ थियो । उनले प्रहरी प्रधान कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगतिसम्बन्धी जानकारी पनि लिएका छन् ।

    निरीक्षणपछि आयोजित समारोहमा गृहसचिव न्यौपानेले प्रहरी कर्मचारीलाई आफ्नो आचरण एवं अनुशासनमा संवेदनशील भई पूर्ण इमान्दारिताका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिएका छन् । उनले नेपाल प्रहरी सङ्गठनको सुदृढीकरण र शुद्धीकरणमा गृहमन्त्रालय सदैव दृढ एवं क्रियाशील रहेको बताए ।

    उनले प्रहरीका कार्यालयको गतिविधि अनुगमन तथा कारवाही प्रक्रिया अघि बढाउनुपर्ने बताउँदै प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको प्रशासन सुधार योजना कार्यान्वयनका साथै अपराध अनुसन्धान तथा नियन्त्रण, क्षमता अभिवृद्धिलगायतका कार्ययोजनामा प्रहरी सङ्गठन निरन्तर सुधारको पक्षमा लाग्नुपर्नेमा जोड दिए ।

    समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापाले गृहसचिवबाट प्राप्त निर्देशनलाई नेपाल प्रहरीले थप जिम्मेवारी बोधसहित कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रहरी कर्मचारीले इमान्दार भई कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ थियो । नेपाल प्रहरीले आन्तरिक शुद्धीकरणलाई निरन्तरता दिई प्राथमिकतामा राखेर नेपाल प्रहरीलाई एउटा प्रणालीमा ल्याउने प्रयास गरिरहेको प्रहरी महानिरीक्षक थापाले बताए ।

    प्रहरी कर्मचारीको आचरण व्यवहारलाई अझै सुधार गर्न नेपाल प्रहरीले विभिन्न कार्य योजना तय गरी मासिक समीक्षा गर्दै यसको पूरा कार्यान्वयनमा जोड दिएको उनको भनाइ थियो । समारोहमा प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले नेपाल प्रहरीको गतिविधि तथा प्रगतिसम्बन्धी समीक्षात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।

  • मामुली विवादमा हुन्छ हत्या, प्रहरी भन्छ- सामाजिक सञ्जालले बढायाे अपराध

    मामुली विवादमा हुन्छ हत्या, प्रहरी भन्छ- सामाजिक सञ्जालले बढायाे अपराध

    काठमाडौं । गत सोमबार आफ्नै श्रीमतीको हत्या गरी फरार भएका सन्तोष सापकोटालाई प्रहरीले पक्राउ गर्‍यो । सन्तोषले घरायसी विवादको कारण हत्या गरेको प्रहरीमा बयान दिएका छन् । काठमाडौं महानगरपालिका १४ बल्खुका सन्तोष लागुऔषध दुर्व्यसनी भएकाले सन्तोषी उनीसँग छुट्टिन चाहन्थिन् । सन्तोषले त्यही झोकमा श्रीमतीको हत्या गरे ।

    000

    टोखा नगरपालिका-३ सूर्य दर्शनहाईटका आशिष लिम्बुको हत्यामा संलग्न ३ जनालाई मंगलबार प्रहरीले सार्वजनिक गर्‍यो । लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्द्रकुमार शाह पक्राउ परेका हुन् । उनीहरूसँग आशिषको झैझगडा भएको र त्यही रिसिइवीमा हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    000

    गत ६ फागुनमा काठमाडौंको गुहेश्वरीमा ४९ वर्षीय रजुनमान श्रेष्ठको हत्या भयो । घरबाट गाडी सिक्न वाग्मती करिडोर पुगेका श्रेष्ठलाई हत्या गरी फालिएको थियो । हत्यामा संलग्न चारजना पक्राउ परेका छन् । उनीहरुले लुटपाट गर्ने हिसाबले आक्रमण गरेका थिए । तर कुटाइबाट गम्भीर घाइते भएपछि आफूलाई जोगाउन हत्या गरेर भागेका थिए ।

    000

    गत भदौ २० मा ललितपुरको अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीया गीता केसीको हत्या गरेको आरोपमा नाताले भतिज पर्ने निर्मल केसी पक्राउ परे । उनले काकीसँग अनैतिक सम्बन्ध राख्दै आएको र विवाह गर्न दबाब दिएपछि घुम्न जाने मौकामा हत्या गरेको बयान दिए । आवेशमा आएर हत्या गरेको उनको स्वीकारोक्ति थियो ।

    काठमाडौं उपत्यकामा केही समययता भएका अपराधिक घटनाका झलक हुन् यी । काठमाडौं उपत्यकामा मात्र नभएर पछिल्लो समय ७ वटै प्रदेशमा यस्ता अपराधको ग्राफ उकालो लाग्दैछ । अधिकांश हत्या आवेशमा आएर गरेको देखिन्छ । प्रहरीको पछिल्लो तथ्याङ अनुसार दिनँहु २ जनाको हत्या हुने गरेको छ । त्यो पनि सामान्य विवादमा ।

    पछिल्लो घटनाक्रम हेर्ने हो भने अपराधीले छिनभरको आक्रोशमा हत्या गरेका घटना धेरै छन् । कुटपिटपछि पनि पक्राउ पर्ने डरले खेल खतम गर्न जघन्य हत्या गर्ने गरेको प्रहरी अधिकृतहरु बताउँछन् । वर्षेनी सयौको संंख्यामा यसरी हत्या भइरहेको छ ।

    नेपाल प्रहरीको तथ्याङ्कअनुसार मुलुकभर आर्थिक वर्ष २०७५÷०७६ मा कर्तव्य ज्यान मुद्दामा ८८६ पुरुष र १५८ महिला पक्राउ परेका थिए । यस्तै २०७६।०७७ मा कर्तव्य ज्यानमुद्दामा ७८० पुरुष र ११९ महिला पक्राउ परे भने ०७७ देखि ०७८ माघसम्म कर्तव्य ज्यान मुद्दामा ५३३ पुरुष र ६१ महिला पक्राउ परेका छन् । प्रहरीको तथ्थाङ हेर्ने हो भने एक वर्षमा ५ सयभन्दा बढीको हत्या भएको छ । तीमध्ये अधिकांश हत्या आवेशमा आएर गरेको प्रहरीले जनाएको छ ।

    प्रहरी भन्छः सामाजिक सञ्जालको दोष

    जघन्य अपराधको घटनामा अनुसन्धान गरिरहेका डीआइजी उत्तम सुवेदी पछिल्लो समय हुनु सामाजिक सञ्जालको दुरुपयोगले आवेशमा आएर हत्या गर्ने क्रम बढेको बताउँछन् । यसअघिको अनुसन्धानले बेरोजगार, अशिक्षाजस्ता कारणले हत्या हुने गरेको देखिन्थ्यो ।

    उनी भन्छन्, ‘हिजो हामीले गरिबी, दीर्घरोग, अशिक्षाले भन्थ्यौ । हिजोभन्दा अहिले ट्रेन्ड चेन्ज भो । अहिले सामाजिक विकृतिको कारण देखिदैछ । सामाजिक सञ्जालको दुरुप्रयोग गरी अनैतिक सम्वन्ध राख्ने र त्यसले श्रीमान–श्रीमतीबीच बेमेल हुने भएपछि अपराधमा संलग्न हुन थालेका छन् ।’

    सामाजिक सञ्जालको दुरुपयोग र अल्कोहल नै अहिले अपराधको प्रमुख स्रोत बनेको प्रहरीको अध्ययनले देखाएको उनले बताए ।

    सुवेदीका अनुसार पहिले रोजगारी नपाएर, परिक्षामा फेल भएर, व्यापारमा घाटा लाग्दा वा दीर्घरोग लाग्यो भनेर आक्रामक हुने डिप्रेसनमा जाने हुन्थ्यो ।

    उनले एउटा घटना सुनाए, ‘एकजना २० वर्ष पुगेको युवती आत्महत्या प्रयास गरिरहेको घरबेटी आमाले देख्नुभयो । ती बुढीआमाले डोरी तान्दिनुभयो । उनलाई सम्झाउन थाल्नुभयो । उनी म त मर्छु मर्छु भनेर जिद्दी गर्न थालेपछि प्रहरी बोलाइयो । उनलाई किन आत्महत्या गर्न लागेको भन्दा उनको जवाफ सुनेर चकित भयौं । आफ्नो ब्वाइफ्रेन्डले बर्थडे बिर्सियो भनेर आत्महत्या गर्न लागेको रे । ‘सरी भन भन्दा सरी नभन्ने, अब म बाँचेर के गर्नु ?’ भन्ने जवाफ दिइन् ।’

    उनी अगाडि थप्छन्, ‘बच्चाहरुलाई घरपरिवारको निगरानी पनि कम भो । स्कूलमा पनि नैतिक शिक्षा पढाउन छाडिययो । जसले गर्दा गर्न हुने र गर्न नहुने कुराहरु बच्चैदेखि सिकाइएन ।’

    समाजमा गलत संगत भएका मान्छेहरु प्रशस्त हुनाले कोही रक्सीको कुलतमा, कोही ड्रग्सको कुलतमा फस्ने, र केही सामाजिक सञ्जालको दुरुप्रयोगमा फस्ने हुँदा यस्ता गतिविधि गर्न नहिक्चिाउने उनको बुझाइ छ ।

    पोर्नाेग्राफीको लत

    पछिल्लो समयमा अर्को चुनौती थपिएको छ । सानै उमेरका बच्चालाई पोर्नोग्राफी र पब्जीजस्ता गेमको लत बस्दै छ । यस्ता लतले उनीहरूलाई एकोहोरो बनाइदिने तथा मनोवैज्ञानिक समस्याहरु ल्याउने त कसैलाई आक्रामक वा कसैलाई डिप्रेसनमा पुर्‍याइदिनु गरेको उनले बताए ।

    उनले भने, ‘आक्रामक बन्यो भने उ गुण्डागर्दी र हत्या–हिंसामा सलंग्न हुन्छ भने डिप्रेसनमा गयो भने आत्महत्याको मनस्थितिमा पुग्ने देखिएको छ ।’

    यस्ता गतिविधिमा कमी ल्याउन स्कुल तह र घरदेखि नै सुधारका काम शुरू गर्नुपर्ने उनी बताउँछन् ।

    मनोविद् यसो भन्छन्

    परिवारबाट साथ र सहयोग नपाउँदा बच्चाहरू अपराधिक गतिविधिमा बढी लाग्ने र कानून कार्यान्वयन फितलो हुँदा हत्याका घटनाहरू बढिरहेको मनोविद्हरू बताउँछन् ।

    मनोविद् स्वस्तिका पोखरेल भन्छिन्, ‘परिवारबाट सहयोग बच्चाले पाइराखेको छैन । उनीहरु शारीरिक तथा भावनात्मकरूपले जति बुवाआमाप्रति जति नजिक हुनुपर्ने हो त्यो भइराखेको छैन । त्यसैले अहिलेका किशोर–किशोरी एकदमै आक्रामक छन् ।’

    बच्चालाई परिवारले भौतिकरुपमा सुखसुविधा दिए पनि भावनात्मक सम्वन्धका अभाव रहेको उनी बताउँछिन् । बच्चाको फिलिङ्सलाई परिवारले नबुझ्दा पनि समस्या बढेको उनको बुझाइ छ ।

    अर्को कारण भने उनले बेरोजगारीलाई औंल्याइन् ।

    उनी सुनाउँछिन्, ‘एउटा २०/२२ वर्षको युवकले बिहे पनि गरिसकेको हुन्छ । बालबच्चा नि भइसकेको हुन्छ । परिवारले जसरी पनि कमाएर ल्याउ भनेर दबाब दिन्छन् । उसको भावनालाई परिवारले बुझ्दैनन् । तनावले उ ड्रग्सको कुलतमा फस्छ ।’

  • प्रहरी इन्सपेक्टरको नतिजा सार्वजनिक (नामावलीसहित)

    प्रहरी इन्सपेक्टरको नतिजा सार्वजनिक (नामावलीसहित)

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) पदको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

    आइतबार साँझ सार्वजनिक गरिएको नतिजामा खुला तथा समावेशी गरी १४९ जना सफल उम्मेदवार छन् ।

    १७ जना वैकल्पिकमा परेका छन् । २०७६ माघ १ गते विज्ञापन आव्हान भएबमोजिम लिखित र अन्तर्वार्ता दुवै परीक्षाबाट सफल भएकाहरूको नामावली प्रकाशित गरिएको हो ।

    अन्तिम नतिजा यसप्रकार छ:

  • भारत लैजाँदै गरेका दुई किशोरीको सीमा क्षेत्रबाट उद्दार

    भारत लैजाँदै गरेका दुई किशोरीको सीमा क्षेत्रबाट उद्दार

    रुपन्देही । रोजगारीको प्रलोभन देखाएर भारत लैजाँदै गरेका दुई किशोरीको कपिलवस्तुको कृष्णनगर सीमा क्षेत्रबाट उद्दार भएको छ । कपिलवस्तु र दाङका १७ र १८ वर्षका दुइ जना किशोरीलाई आफन्त नेपाल र नेपाल प्रहरीको टोलीले उद्दार गरेको हो ।

    नेपालबाट भारत लैजान खोज्दा सोधपुछ गरिएको र उनीहरुले मासु लिन जान लागेको बहाना बनाई सीमा क्षेत्र पार गर्न खोज्दा शंका लागेपछि उनीहरुलाई उद्दार गरिएको आफन्त नेपालका क्षेत्रीय संयोजक केशर विश्वकर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

    ‘सीमा क्षेत्रमा हाम्रा साथीले शंकास्पद अवस्थाका किशोरीलाई देखेपछि सोधखोज गरेको र सुरुमा भारतीय बजारमा मासु लिन जान लागेको भनेपछि उनीहरुलाई शंकाको घेरामा राख्नुभयो, पछि उनीहरुलाई लिएर जाँदै गरेका महिलाको मोबाइलमा बारम्बार भारतीय नम्बरबाट कल आएपछि अझ बढी शङ्कास्पद देखिँदै गएकोले अनुसन्धान गर्दै जाँदा उनीहरु बेचिन लागेकाले उद्दार गरेका हौं ।’ विश्वकर्माले भने ।

    कपिलवस्तुको बिजयनगर गाउँपालिका पाँच डालपुर बस्ने रेनु सुनारले ती किशोरीलाई भारतको बैंङलोरमा डान्स गराउने उद्देश्यले लैजान लागेको खुल्न आएको छ । सुनारलाई भारतीय नागरिकले बारम्बार फोन सम्पर्क गरी गोरखपुरसम्म लिन आएको पाइएको विश्वकर्माले बताए । उद्दार गरिएका ती किशोरीलाई आफन्त नेपालको सुरक्षित आवास गृहमा राखिएको छ । किशोरीलाई सोधपुछ र अनुसन्धानपछि डान्स बारका लागि दिनको दुइ हजार भारतीय रकम दिने प्रलोभनमा पारी लिन खोजेको देखिएको छ ।

    महिलालाई मानव बेचबिखन तथा ओसारपसार ऐन अन्तरगत मुद्दा दर्ता गरी जिल्ला अदालत कपिलवस्तुवाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक (इन्सपेक्टर) सुकदेव पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रमा विभिन्न संस्थाको सहकार्यमा मानव बेचबिखन हुने कामलाई रोक्न अनुसन्धानलाई कडाई गरिएको छ ।

  • दुई प्रहरी अधिकारी ‘एशिया पर्यावरण प्रवर्तन अवार्ड’बाट सम्मानित

    दुई प्रहरी अधिकारी ‘एशिया पर्यावरण प्रवर्तन अवार्ड’बाट सम्मानित

    काठमाडौं । नेपाल प्रहरीका दुई अधिकारीले ‘एशिया पर्यावरण प्रवर्तन अवार्ड’ले सम्मानित भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर चारमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र सिंह जोहारी अर्वाडबाट सम्मानित भएका हुन् । संयुक्त राष्ट्रसङ्घको पर्यावरण कार्यक्रमअन्तर्गत अन्तरदेशीय वातावरणीय अपराधविरुद्धको कार्यमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरुलाई अवार्ड प्रदान गरिएको ब्यूरोले जनाएको छ ।

    गत फागुनमा भर्चुअलसभामार्फत उक्त अवार्ड घोषणा गरिएकोमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार एक समारोहका ब्यूरोका निर्देशक समेत रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजीपी) सहकुल थापाले अवार्ड प्रदान गरेका हुन् । पुरस्कृत हुने प्रहरी कर्मचारीलाई बधाई दिँदै थापाले उक्त पुरस्कारले प्रहरी कर्मचारीको मनोबल उच्च बनाएको र अन्तरराष्ट्रिय जगतमा सङ्गठनको गरिमा बढाएको बताए ।

    २०६२ भदौ १६ गते रसुवा साविक स्याफ्रु गाविस– ९ बाट पाटे बाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २ सय ३८ थान र बाघको हड्डी १ सय १३ केजी आखेटोपहारसमेत बरामद भएको मुद्दामा शुरुदेखि नै फरार रहेका मुख्य अभियुक्त पक्राउ गरेकाले उक्त अवार्ड प्राप्त गरेको जनाइएको छ ।

    हुम्लाका ५० वर्षका कुञ्जोक छिरिङ तामाङलाई २०७७ असार ११ गते ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौँको बौद्धबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवामा बुझाएको थियो ।

    एशियामा अन्तर्देशीय वातावरणीय अपराधका विरुद्धमा कार्य गर्ने सरकारी कार्यालय, संस्था, व्यक्ति तथा समूहलाई सार्वजनिक रुपमा उक्त अवार्ड वितरण दिइदै आएको छ । यसअघि पनि ब्यूरोले सन् २०१८ मा अवार्ड प्राप्त गरिसकेको छ ।

  • ११ एसपी र १८ डिएसपी गरी २९ प्रहरी अधिकृतको सरुवा (सूचीसहित)

    ११ एसपी र १८ डिएसपी गरी २९ प्रहरी अधिकृतको सरुवा (सूचीसहित)

    काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) र १८ जना प्रहरी नायव उपरिक्षक डिएसपीको सरुवा भएको छ । गोरखाका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ भने गोरखामा प्रहरी प्रधान कार्यालयमा कार्यरत शेखर खनाललाई ल्याइएको छ ।

    बाग्लुङका प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठ प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् भने प्रहरी प्रधान कार्यालयमा कार्यरत कृष्ण बहादुर पल्ली मगरको बाग्लुङमा पुगेका छन् । गुल्मीका प्रहरी प्रमुख प्रबिण लाल श्रेष्ठको प्रहरी प्रधान कार्यालयमा सरुवा हुदाँ प्रहरी प्रधान कार्यालयमा कार्यरत गोपाल चन्द्र भट्टराई गुल्मीमा पठाइएको छ ।

    महोत्तरी प्रहरी प्रमुख टिका बहादुर केसी काठमाडौं उपत्यका प्रहरी कार्यालय कार्यालयमा सरुवा भएका छन् भने महोत्तरीमा प्रहरी प्रधान कार्यालयमा कार्यरत दिनेश कुमार आचार्य पुगेका छन् । काठमाडौ बर्दियाका एसपी केदार रजौरेको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ भने उपत्यका प्रहरी कार्यालयमा कार्यरत ईश्वर कार्की जिल्ला प्रहरी कार्यालय बर्दियाको प्रमुखमा सरुवा भएका छन् ।

    प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभाग अन्तरगको विपद व्यवस्थापन कार्यालय मानवश्रोत व्यवस्थापना शाखा सामाखुसीमा कार्यरत एसपी बसन्त रजौरेको प्रहरी प्रधान कार्यालयकै कानून शाखामा सरुवा भएको छ ।

    यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत डिएसपी ईन्द्र बहादुर राना ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवन, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत कुमार बिक्रम थापा बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत जयश्वर रिमाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा भएका छन् ।

    सुदूरपश्चिम प्रदेशर प्रहरी कार्यालय डोटीमा कार्यरत जागेश्वर भण्डारी जिल्ला प्रहरी कार्यालय धादिङ, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत दान बहादुर थापा जिल्ला प्रहरी कार्यालय जुम्ला, नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय काठमाडौमा कार्यरत प्रल्हाद कार्की जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत भुवनेश्वर प्रसाद साह १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत मञ्जिल मुकारुङ जिल्ला प्रहरी कार्यालय मोरङ, नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुरमा कार्यरत मनोज कुमार लामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरुवा भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत मनोजित कुँवर नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय काठमाडौं, जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत माधव प्रसाद काफ्ले जिल्ला प्रहरी कार्यालय सप्तरी, ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चिवनमा कार्यरत रबिन कार्की, नेपाल प्रहरी पहरा गण काठमाडौं सरुवा भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत लोकदर्शन थापा बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडा, जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत लोकनाथ तिम्सिना नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुर सरुवा भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत श्याम बहादुर खत्री कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत सुर्य प्रकाश सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटी, १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत हरि खतिवडा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र नेपाल प्रहरी पहरा गण काठमाडौंमा कार्यरत हेरम्ब शर्मा जिल्ला प्रहरी कार्यालय हुम्लामा सरुवा भएका छन् ।

    सरुवा भएका एसपी र डिएसपीकाे विवरण यस्तो छ ।

  • उत्कृष्ट काम गर्ने दुई जना प्रहरी कर्मचारी एक तह बढुवा, ५ जनालाई नगद पुरस्कार

    उत्कृष्ट काम गर्ने दुई जना प्रहरी कर्मचारी एक तह बढुवा, ५ जनालाई नगद पुरस्कार

    काठमाडौं । नेपाल प्रहरीले आफूलाई तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाउनमा उल्लेखनीय कार्य गर्ने २ जना प्रहरी कर्मचारी एक तह बढुवा गरेको छ भने अन्य ५ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कारले पुरस्कृत गरेको छ ।

    उत्कृष्ट काम गर्ने सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक पदम बहादुर थापालाई प्रहरी नायव निरीक्षकमा र ईलाका प्रहरी कार्यालय राजापुर बर्दियामा कार्यरत प्रहरी जवान नर बहादुर थापालाई प्रहरी हवल्दार पदमा बढुवा गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।

    उनिहरुलाई कार्य कुशलताको कदरस्वरुप प्रहरी नियमावली २०७१, (संशोधन सहित) परिच्छेद (४) को नियम ३९ को देहाय (क) बमोजिम एकतह माथिल्लो पदमा पदोन्नति गरिएको हो ।

    उनिहरुमध्ये प्रहरी नायव निरीक्षक पदम बहादुर थापाले बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षका भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको घटनामा महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए ।

    त्यस्तै उनले कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द विक तथा प्रहरी जवान रामबहादुर साउँदलाई तस्करको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुर पुनर्वास नगरपालिका–१ बस्ने ७१ वर्षका खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    प्रहरी हवल्दार नर बहादुर थापाले माथीका तीन वटै घटना तथा बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणीपछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रुपमा खटिई प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    यस्तै भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदारी एवं निष्ठाका साथ प्रशंसनीय कार्य गर्ने ५ जना प्रहरी कर्मचारी नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् ।

    जसमा नगद पुरस्कारबाट पुरस्कृत हुनेमा सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजीपी) उत्तमराज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी नायव उपरीक्षक पञ्च कुमार बाखु छन् ।

    यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्षमा कार्यरत प्रहरी नायव निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुलामा कार्यरत प्रहरी जवान अशोक बहादुर कुँवर रहेका छन् ।

    उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीको कार्य सम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी उनिहरुले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १ सय ९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी उनिहरुलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको हो ।

  • नेपाल प्रहरीका ५ प्राविधिक हवल्दार असईमा बढुवाका लागि सिफारिस (सूचीसहित)

    नेपाल प्रहरीका ५ प्राविधिक हवल्दार असईमा बढुवाका लागि सिफारिस (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका ५ प्राविधिक प्रहरी हवल्दार प्रहरी सहायक निरीक्षक (असई)मा बढुवाका लागि सिफारिस भएका छन् ।

    मंगलबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप समूह आवास तथा भौतिक ईन्जिनियरिङतर्फका प्रहरी हवल्दारको सोही समुहमा रिक्त रहेको असईमा बढुवाका लागि सिफारिस गरेको हो ।

    यसअघि बढुवा समितिको बैठकले प्रहरी सहायक निरिक्षक (असई)बाट प्रहरी नायव निरीक्षक (सई)मा बढुवा गरेपछि पद रिक्त भएको ठाउँमा उनिहरुको बढुवा भएको हो ।

    बढुवा समितिका सदस्य सचिव समेत रहेका प्रहरी नायव उपरीक्षक डिएसपी होम पराजुलीले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

  • नेपाल प्रहरीका १ सय २१ प्रहरी जवान हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

    नेपाल प्रहरीका १ सय २१ प्रहरी जवान हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका १ सय २१ जना प्राविधिक प्रहरी जवान हवल्दार बढुवाका लागि सिफारिस भएका छन् ।

    सोमबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप समूह, सञ्चारतर्फका १ सय २१ प्रहरी जवान प्रहरी हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो ।

    यसअघि बढुवा समितिको बैठकले प्रहरी हवल्दारबाट प्रहरी सहायक निरिक्षक असईमा बढुवा गरेपछि पद रिक्त भएको ठाउँमा उनिहरुको बढुवा भएको बढुवा समितिका सदस्य सचिव समेत रहेका प्रहरी नायव निरीक्षक सई सुभाषचन्द्र नेपालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

    बढुवा भएका सबै जनाले दज्र्यानी चिन्ह लिन भने बाँकी छ ।

  • नेपाल प्रहरीका ६ डिएसपीको सरुवा (सूचिसहित)

    नेपाल प्रहरीका ६ डिएसपीको सरुवा (सूचिसहित)

    काठमाडौं । नेपाल प्रहरीका ६ प्रहरी नायव उपरिक्षक (डिएसपी) को सरुवा भएको छ । ६ स्थानमा कार्यरत डिएसपीको प्रहरी उपरिक्षक (एसपी) मा बढुवा भएर खालि भएपछि उनिहरुको ति निकायमा सरुवा भएको हो ।

    मंंगलबारको प्रहरी महानिरीक्षकस्तरीय बैठकले प्रचलित नियमानुसार तलव, भत्ता समेत अहिले सरुवा भएको दरबन्दीवाट खान पाउने गरी उनिहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग अन्तरगतको कर्मचारी प्रशासन शाखाले एव विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

    रिक्त रहको जिल्ला प्रहरी कार्यालय अछामको प्रमुखमा महानगरीय प्रहरी पहरा गण मुख्यालय सामाखुशी, काठमाडौंमा कार्यरत तुल्सीराम अर्यालको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रमुखमा प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्ष नक्साल, काठमाडौंमा कार्यरत बालनरसिंह राणाको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रमुखमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा कार्यरत मनोहर भट्टको सरुवा भएको विज्ञप्तीमा उल्लेख छ ।

  • नेपाल प्रहरीका २२ प्राविधिक असई, सईमा बढुवाका लागि सिफारिस (सूचिसहित)

    नेपाल प्रहरीका २२ प्राविधिक असई, सईमा बढुवाका लागि सिफारिस (सूचिसहित)

    काठमाडौं । नेपाल प्रहरीका २२ प्राविधिक प्रहरी सहायक निरिक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

    प्रहरी प्रधान कार्यालय बढुवा समितिकाे सचिवालयले नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप–समूह, सञ्चारतर्फ रिक्त रहेको १८ पदमा र आवास तथा भौतिक ईन्जिनियरिङतर्फ रिक्त रहेको ४ पदमा उनिहरुलाई बढुवा सिफारिस गरिएको हो ।

    सोमबार बसेको बढुवा समितिको बैठकले बढुवा गर्ने निर्णय गरेको बढुवा समितिका सदस्य सचिव समेत रहेका प्रहरी नावय उपरीक्षक होम पराजुलीले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् ।

  • १०३ प्राविधिक हवल्दारको असईमा बढुवा, ८८ असईको सरुवा (सूचिसहित)

    १०३ प्राविधिक हवल्दारको असईमा बढुवा, ८८ असईको सरुवा (सूचिसहित)

    काठमाडौं । नेपाल प्रहरीका जनपद तर्फका १ सय ३ प्रहरी हवल्दार प्रहरी सहायक निरिक्षक (असई)मा बढुवा भएका छन् ।

    प्रहरी अतिरित्त महानिरीक्षक स्तरीय निर्णयबाट माघ २३ गते प्राविधि प्रहरी समूह अन्तर्गत ईन्जिनियरिङ उप-समूह, सञ्चारतर्फको प्रहरी हवल्दारको बढुवा भएको हो । त्यसै दिनको बैठकले बढुवासँगै पदस्थापन पनि गरेको छ ।

    बढुवा भएकालाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत अहिले दरवन्दीबाट खान पाउने गरी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बढुवा भइ पदस्थापन भएको प्रहरी सहायक निरिक्षक (असई) लाई दर्ज्यानी चिह्न प्रदान गर्न भने बाँकी छ ।

    माघ २३ गतेकै प्रहरी अतिरित्त महानिरीक्षक स्तरीय निर्णयबाट ८८ जना प्रहरी सहायक निरिक्षकको सरुवा पनि भएको छ । आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले प्रचलित नियम अनुसार तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • बढुवा भएका ३१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

    बढुवा भएका ३१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं । नेपाल प्रहरीका जनपद तथा प्राविधिक तर्फ बढुवा भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

    प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापाले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा उनिहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    दर्ज्यानी चिन्ह प्राप्त गर्नेमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा १५ जना, प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १५ जना गरी ३१ जना प्रहरी अधिकृत रहेका छन् ।

    प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका एक जना हाल सुडान डार्फरस्थित एफपियु मिसनमा कार्यरत रहेका छन् ।

    दज्र्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक थापाले बढुवा भएका प्रहरी अधिकृतलाई पदोन्नतिसँगै प्राप्त नयाँ जिम्मेवारीलाई मनन गर्दै थप सजगता र सतर्कता अपनाउदै कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।

    नेपाल सरकारद्वारा घोषित निर्वाचनप्रति संवेदनशील भई सुरक्षालाई थप मजबुत बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा पनि उनले जोड दिए ।

    नागरिकसँगको सहकार्यमा प्रहरीले असल भावका साथ कार्य सम्पादन गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापाले आचरण एवम् व्यवहारमा प्रहरी सदैव संवेदनशील हुनुपर्ने बताए ।

    संगठनले अंगिकार गरेको नीति तथा प्रणालीप्रति सबै प्रहरी कर्मचारी पदिय दायित्व अनुसार एक्यबद्ध भई अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

    बढुवा भएका प्रहरी अधिकृतको तर्फबाट प्रहरी उपरीक्षक ऋषिराम कंडेलले संगठनले लिएको उद्देश्य प्राप्तिका लागि सदैव एक्यबद्ध भई नयाँ उर्जाका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

    सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानकोसमेत उपस्थिति सहभागिता रहेको थियो ।

  • बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी अगाडी

    बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी अगाडी

    काठमाडौं । बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६ र ०७७ को नेपाल प्रहरीमा कायम बेरुजुमध्ये समग्रमा ९५ .४६ प्रतिशत फर्छ्‍यौट गरी बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरीअगाडी रहेको छ ।

    नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी अगाडी रहेको हो ।

    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्छ्‍यौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबारआयोजित एक समारोहमा ८ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान गरे ।

    पुरस्कृत हुने प्रहरी अधिकृतहरुमा प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा, प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना रप्रहरी सहायक निरीक्षक बल बहादुर बस्नेत छन् ।

    उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पुरस्कार तथा प्रशंसापत्र वितरण गर्दै बेरुजु फर्छ्‍यौटमा लगन र मेहनत साथ काम गर्ने प्रहरी कर्मचारीहरुप्रति आभार व्यक्त गरे । यस कार्यमा पूर्व प्रहरी महानिरीक्षकहरु सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीको समेत ठूलो योगदान रहेको उनले स्मरण गरे ।

    प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्‍यौट गर्ने वार्षिक लक्ष्य रहेकोमा नेपाल प्रहरीको तर्फबाट कूल कायम बेरुजुमध्ये लक्ष्य भन्दा बढी ९५.४६ प्रतिशत फर्छ्‍यौट गरी हाल सम्मकै पहिलो स्थान हासिल गर्न सफल भएको हो ।

    बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा २०७३ र ०७४, २०७४ र ०७५ र २०७५ र ०७६ गरी ३ वटा आर्थिक वर्ष मा समेत नेपाल प्रहरी पहिलो स्थान हासिल गर्न सफल भएको थियो ।

     

  • नेपाल प्रहरीका १७ एसएसपीको सरुवा तथा पदस्थापन (सूचीसहित)

    नेपाल प्रहरीका १७ एसएसपीको सरुवा तथा पदस्थापन (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका एसएसपीहरुको सरुवा र पदस्थापन भएको छ । २९ पुसमा बढुवा सिफारिस भएका ११ एसएसपीहरुसहित अन्य ६ जनाको सरुवा तथा पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सरुवा र पदस्थापन भएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको विवरण यसप्रकार छ ।