Tag: नेपाल टेलिकम

  • विश्वकपकाे प्रत्यक्ष प्रशारण टेलिकमकाे ओटीटीबाट गर्न २४ करोडकाे चलखेल, विराेधमा कर्मचारी

    विश्वकपकाे प्रत्यक्ष प्रशारण टेलिकमकाे ओटीटीबाट गर्न २४ करोडकाे चलखेल, विराेधमा कर्मचारी

    काठमाडौं । नेपाल टेलिकमले २४ करोड खर्चेर फिफा विश्वकपको प्रशारण अधिकार मिडिया हवसँग लिन लागेको खुलासा भएकाे छ । टेलिकमकाे बाेर्ड बैठकले यसका लागि सहमती दिएपछि कर्मचारीले विराेध जनाएका छन् ।

    प्रमुख ४ वटा कर्मचारी संगठनका महासचिव तथा उपमहासचिवले संयुक्त विज्ञप्ती जारी गर्दै आगामी २०७९ मंसिर ४ गतेदेखि कतारमा सञ्चालन हुन लागेको फिफा वल्र्डकपका ६४ वटै खेलको प्रशारण नेपाल टेलिकमको मोबाइल तथा एनटीटिभीमा ओटीटीमार्फत गर्नका लागि अधिकार लिन लागेको आपत्ति जनाएका हुन् ।

    भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले यसका लागि सैद्धान्तिक सहमति दिएको सूचना आएकाे उनीहरूकाे विज्ञप्तिमा उल्लेख छ । त्यससम्बन्धी केही प्रश्न र जिज्ञासा उत्पन्न भएका र त्यसको स्पष्ट निराकरणका आधार प्राप्त न नसकेको भन्दै उनीहरुले आफुहरुको ध्यानाकर्षण भएको जनाएका हुन् ।

    करीव २४ करोडको व्यापारिक योजनाको लागत संरक्षण र त्यसको रेट अफ रिटर्नको स्पष्ट आधार एवं आइटी क्षेत्रको सेवाको प्राेक्सी सर्भरमार्फत हुनसक्ने चुहावट तथा अन्य सेवा प्रदायकसमेतबाट त्यसको प्रशारणबाट अपेक्षित व्यापार हुन सक्ने र नसक्ने यथार्थलाई तथ्यगत रुपमा हिसाव गरेर यस्तो व्यापार गर्नु उपयुक्त हुने उनीहरुको भनाई छ ।

    अन्यथा नेपाल टेलिकमले अङ्गिकार गर्ने संस्थागत सुशासन, आर्थिक विनियमावलीले खर्च तथा कार्यक्रम सञ्चालन गर्दा परिकल्पना गरेको पारदर्शिता, नतिजामुखी तथा मितव्ययितालाई समेत नकारात्मक प्रभाव पर्न जाँदा समग्रमा कर्मचारी र कम्पनीको उत्पादकत्वमासमेत प्रत्यक्ष असर पर्ने उनीहरुको ठहर छ ।

    यस्ताे योजना ट्रेड युनियनका प्रत्यक्ष सरोकारका विषय बन्ने भन्दै विस्तृत व्यापारिक योजना, व्यापार नाफाको आधारसहितका तथ्य एवं सफलताको लागि युनियनलेसमेत निर्वाह गर्न सक्ने भूमिकाका विषयमा विस्तृत छलफल गरी मात्र थप निर्णयमा पुग्न व्यवस्थापन समक्ष ध्यानाकर्षण पत्रमार्फत आग्रह गरिएको छ ।

    यस्ता प्रस्तावमा सरोकारवालावीच व्यापक छलफल गरी निर्णय गर्न र यस प्रस्तावमा लगानी अनुरुपको प्रतिफल प्राप्त हुने सुनिश्चितता अध्ययन नगरी उक्त विषय अगाडि नबढाउन पनि सम्बन्धित पक्षको ध्यनाकर्षण गरिएको विज्ञप्तीमा पनि उल्लेख छ ।

    ‘यस विषयमा नेपाल टेलिकमको ग्राहक आधार, ग्राहकसम्म उपलब्ध नेटवर्कको प्रकृति, नेटवर्क अनुसार ग्राहकको फिफा वल्र्डकप २०२२ प्रतिको अभिरुची, शहर तथा ग्रामिण ग्राहकको स्कृन साइजको प्राथमिकता, एनटीटिभीसंग हुने राजस्व साझेदारीमा प्रभाव जस्ता व्यापारमा महत्वपूर्ण प्रभाव पार्ने तत्वको वस्तुपरक विश्लेषणसहित कम्पनीको व्यावसायिक योजना एवं लाभ लागत, विश्लेषण गरेर मात्र व्यावसायिक योजना बनाउन सकेमात्र त्यस्ता व्यावसायिक योजना अर्थपूर्ण हुने, नत्र त्यस्ता योजना व्यापार घाटाको कारण मात्र बन्ने यथार्थलाई सबैले स्विकार्नु पर्छ,’ विज्ञप्तीमा भनिएको छ ।

    याे पनि पढ्नुहाेस् ।

    नेपालमा विश्वकप लाइभ हेर्न अतिरिक्त शुल्क तिर्नुपर्ने, ओटीटीबाट प्रशारण गर्ने मिडिया हबको तयारी

  • तीन महिनामा नेपाल टेलिकमको २ अर्ब २५ करोड नाफा

    तीन महिनामा नेपाल टेलिकमको २ अर्ब २५ करोड नाफा

    काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नाफा बढाएको छ ।

    चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाल टेलिकमले गत वर्षको तुलनामा ४८.१० प्रतिशतले खुद नाफा बढाएको हो । गत आर्थिक वर्षको पहिलो ३ महिनामा टेलिकमले करिब १ अर्ब १० करोड ४४ लाख रुपैयाँ नाफा गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब २५ करोड ९९ लाख नाफा कमाएको हो ।

    कम्पनीको संचालन आय ८ अर्ब ६२ करोड ८४ लाख ३४ हजार रहेकोमा चालु आ.वको सोही अवधिमा १ अर्ब ४ करोड ८९ लाख ४ हजार ९ अर्थात, १२.१६० ले वृद्धि भइ ९ अर्ब ६७ करोड ७३ लाख ३८ हजार पुगेको टेलिकमले जनाएको छ ।

    सेवाको विस्तारसँगै फोर जी कार्यान्वयन, मोवाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोग बढेकाले नाफा बढेको टेलिकमले जनाएको छ । टेलिकमको सेवा नपुगेका स्थानहरूमा समेत टूजी, थ्रीजी र फोरजी सेवाको विस्तारले ग्राहक बढेको दाबी गरेको छ ।

    कम्पनीका अनुसार एफटीटीएच सेवामार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपी टिभि सेवाको उपयोग बढ्दा फिक्सड नेटवर्कबाट हुने आयमा सकारात्मक प्रभाव परेकाले नाफा बढेको हो ।

  • टेलिकमको दसैँ अफर : डाटा र भ्वाइस सेवामा यस्ता छन् सुविधा

    टेलिकमको दसैँ अफर : डाटा र भ्वाइस सेवामा यस्ता छन् सुविधा

    काठमाडौं । नेपाल टेलिकमले चाडपर्वका अवसरमा आजदेखि विभिन्न डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको ‘फेस्टिबल अफर’ उपलब्ध गराएको छ ।

    सो अफर आगामी कात्तिक २ गतेसम्म जारी रहने प्रवक्ता राजेश जोशीले जानकारी दिए । यसैगरी अगामी तिहार, न्हुँदया र छठका अवसरमा यी अफर कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् । डाटा प्याकअन्तर्गत २९४ रुपैयाँमा २० जीवी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीवी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ ।

    यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध हुनेछ । भ्वाइस सेवाअन्तर्गत २५ रुपैयाँमा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५०० रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार ३०० मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिन्छ ।

    यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने र २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने प्रवक्ता जोशीको भनाइ छ ।

    उल्लिखित प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।

  • व्यवस्थापनविरुद्ध अझ कडा आन्दोलन गर्ने टेलिकमका कर्मचारीको चेतावनी (भिडियो)

    व्यवस्थापनविरुद्ध अझ कडा आन्दोलन गर्ने टेलिकमका कर्मचारीको चेतावनी (भिडियो)

    काठमाडौं । आन्दोलनरत नेपाल टेलिकमका कर्मचारीहरूले आफूहरूको माग तत्काल सम्बोधन नभए टेलिकम व्यवस्थापनविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

    आफूहरूको सबै सेवा, सुविधा कटौती हुने गरी विनियमावली ल्याएको भन्दै तत्काल फिर्ता लिन दबाब दिँदै आएका टेलिकमका कर्मचारीहरूले अब धेरै कुर्न नसक्ने भन्दै चेतावनी दिएका हुन् ।

    यो पनि पढ्नुहोस् : 

    कम्पनी संचालक समिति र व्यवस्थापनले आफू अनुकूल तर ४ हजारभन्दा बढि कर्मचारी प्रतिकूल हुने गरी विनियमावली ल्याएकाले त्यसको विरोधमा केन्द्रीय कार्यालय परिसरमा जारी अनसनलाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादवप्रसाद पनेरीले बताए ।

     

  • टेलिकम कर्मचारीको अर्घेलो आन्दोलन : सेवा अवरुद्ध पारेर निजीलाई फाइदा पुर्‍याउँदै

    टेलिकम कर्मचारीको अर्घेलो आन्दोलन : सेवा अवरुद्ध पारेर निजीलाई फाइदा पुर्‍याउँदै

    काठमाडौं । नेपाल टेलिकम यतिबेला कर्मचारी आन्दोलनको बन्धक बनेको छ । टेलिकमका कर्मचारीको आन्दोलनले प्रतिस्पर्धी निजी क्षेत्रका सेवा प्रदायकहरूलाई प्रत्यक्ष फाइदा पुगेको छ भने टेलिकमको व्यापारमा कर्मचारी बाधक छन् भन्ने आरोपलाई पुष्टी गरिरहेको छ ।

    विगत २३ दिनदेखि टेलिकमका कर्मचारी संघ/संगठनले प्रबन्धक निर्देशक डिल्लीराम अधिकारीलाई कार्यालय प्रवेशमा निषेध गर्दै काम नै ठप्प गरेर आन्दोलन गरिरहेका छन् ।

    साउन १ गते कार्यान्वयनमा ल्याइएको नयाँ टेलिकम कर्मचारी विनियामावलीको संशोधनको माग गर्दै उनीहरूले आन्दोलन गरिरहेका छन् । टेलिकमकै कर्मचारीको सहयोगमा व्यवस्थापनले कार्यान्वयनमा ल्याएको विनियमावली ३ दिन नपुग्दै टेलिकम ट्रेड युनियनले आन्दोलन गरेको हो ।

    ट्रेड युनियनहरूको आन्दोलनका कारण दूरसञ्चार जस्तो अत्यावश्यक सेवा ठप्प भएको छ भने चालु आर्थिक वर्षमा तर्जुमा गर्नुपर्ने योजना रणनीति तथा कार्यक्रमहरू प्रभावित भएका छन् ।

    अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीहरूले ट्रेड युनियनमा सहभागिता जनाउन नपाउने, १० र ११ तहको क्याप सम्बन्धी अनिवार्य अवकाशको अवधि हटाइएर सेवा अवधि ५८ वर्ष कायम गरिएको र प्रबन्धक निर्देशकको सर्तहरू परिवर्तन गरिएको भन्दै टेलिकमका कर्मचारीहरू आन्दोलित भएका हुन् ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त नभएको र सचिवले समेत आवकास पाएको मौका छोपेर टेलिकमका विभिन्न राजनीतिक दल संलग्न पेसागत संगठनहरूले आन्दोलन गर्नु अनुचित रहेको व्यवस्थापनको ठहर छ ।

    सञ्चारसचिव टेलिकमको सञ्चालक समितको अध्यक्ष हुन्छ । तत्कालीन सञ्चारसचिव हरि बस्यालले अनिवार्य अवकासपछि सञ्चालक समिति अध्यक्षविहीन बनेको थियो । हालैमात्र मात्रै नयाँ सचिव बैकुण्ठ अर्याल सरुवा भएका छन् ।

    कर्मचारी विनियमावली टेलिकमको व्यवस्थापनले मात्रै चाहेर संशोधन हुन नसक्ने कर्मचारी संगठनहरूलाई पनि थाहा छ । लोकसेवा आयोग यसमा संलग्न छ । सञ्चालक समितिमार्फत असहमति बुँदाहरूलाई लोकसेवा आयोगमा सिफारिसका लागि पठाउनुपर्ने हुन्छ ।

    ट्रेड युनियनले विनियमावली संसोधनका आवश्यक प्रकृयाबारे जानकार रहेपनि आनाश्यक धर्ना नारावाजी र आन्दोलन गरेर अत्यावश्यक सेवामा अवरोध सिर्जना गर्न खोजेको देखिन्छ । ट्रेड युनियनले आफ्ना माग पूरा नभएको भन्दै टेलिकमका प्रबन्धक निर्देशक डिल्लीराम अधिकारीलाई रातभरि उनको कार्यकक्षमा थुनेर राख्नेसम्मका हर्कत गरेका छन् ।

    विनियमावलीमा भएको नयाँ व्यवस्था

    ‘टेलिकम कर्मचारी विनियमावली २०६१’ मा ९ तहसम्मका कर्मचारीले ट्रेड युनियनमा आवद्धता हुन पाउने व्यवस्थालाई नयाँ विनियमावलीमा संशोधन गरिएको छ । नयाँ नियमावलीले अधिकृत स्तर ७ तहभन्दा माथि भन्दा माथिका टेलिकम कर्मचारीहरू संघ संगठनमा आवद्धता हुन नमिल्ने व्यवस्था गरेको छ । माथिल्लो तहमा कार्यरत कर्मचारी एउटा निश्चित कार्याकालपछि स्वतः अवकास पाउने व्यवस्थालाई नयाँ विनियमावलीले हटाइदिएको छ ।

    पहिला १० तहको कर्मचारी ८ वर्षपछि र ११ तहको कर्मचारी ५ वर्षपछि स्वतः अवकास पाउने व्यवस्था थियो । यसलाई टेलिकम कर्मचारी विनियमावली २०७८ले हटाएर उमेरहद ५८ वर्ष पार नहुँदासम्म काम गर्न पाउने व्यवस्था गरेको छ ।

    त्यस्तै टेलिकमको प्रबन्धक निर्देशकको सम्बन्धमा पनि नयाँ विनियमावलीमा संशोधन गरिएको छ । टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति सम्बन्धमा  मन्त्रिपरिषदबाट स्वीकृत निर्देशिका बमोजिम हुने व्यवस्था गरिएको छ । ।

    तर, टेलिकमकै कर्मचारी प्रबन्ध निर्देशक भएको अवस्थामा सरकारले चाहेमा प्रबन्ध निर्देशकले थप दुई वर्ष काम गर्न पाउने व्यवस्था रहेको छ ।

    नयाँ विनियमावलीमा यसअघि प्रबन्ध निर्देशकको अनिवार्य अवकास व्यवस्थालाई खारेज गरेको भन्दै कर्मचारीले विरोध जनाएका छन् । नयाँ व्यवस्थानुसार जुन पदबाट प्रबन्ध निर्देशक भएको उसको कार्यावधि सकिएपछि सोही पदमा फर्किन सक्ने व्यवस्था गरेको छ ।

    व्यवस्थापन तहका कर्मचारी नै ट्रेड युनियनमा

    कानूनले सरकारी अधिकृतस्तरभन्दा माथिका कर्मचारीलाई ट्रेड युनियनमा आबद्ध हुन रोकेको छ । अधिकांश संस्थानहरूमा अधिकृत तहभन्दा माथिका कर्मचारीहरू कुनै पनि प्रकारको ट्रेड युनियनमा संलग्न हुन नपाउने व्यवस्था छ ।

    निजामति सेवा ऐनमा भएको उक्त व्यवस्थालाई लोकसेवा आयोगले सरकारी स्वामित्व भएका सार्वजनिक संस्थानहरूमा समेत विनियमावलीमार्फत कार्यान्वयनमा ल्याएर एकरूपता तथा कार्यसम्पादनमा प्रभावकारी ल्याउन खोजेको छ ।

    निजामति सेवामा ट्रेड युनियनका अध्यक्ष भएका व्यक्तिले उपसचिवमा बढुवा भएपछि राजीनामा गरेका उदारणहरू समेत रहेका छन् । आधिकारिक ट्रेड युनियनका प्रथम निर्वाचित अध्यक्ष पुन्य ढकाल उपसचिव बढुवा भएपछि राजिनामा दिएका थिए, उनी अहिले पाँचथरमा सीडीओ छन् ।

    तर, टेलिकमका अधिकांश ट्रेड युनियनहरूमा नौ तहसम्मका कर्मचारी रहेका छन् । टेलिकमको सातौ तहभन्दा माथिको पदलाई व्यवस्थापकीय दायित्व निर्वाह गर्ने पदको रूपमा लिने गरिन्छ ।

    नयाँ विनियमावलीमार्फत अधिकृतभन्दा माथिका कर्मचारीहरू ट्रेड युनियनमा संलग्न हुन नपाउने व्यवस्था गरेकै कारण कर्मचारीहरू आन्दोलनमा रहेका छन् । व्यवस्थापकीय भूमिकामा रहेर संस्थाको योजना नीति निर्माण गरिरहेका कर्मचारीहरू नै आन्दोलनमा संलग्न रहनु अनुचित रहेको सरकारकै बुझाइ छ ।

    लेखादेखि इन्जिनियरिङ्ग विभागका प्रमुख नै टेलिकममा आन्दोलनरत रहेका छन् । यसले प्रत्यक्ष फाइदा प्रतिस्पर्धी कम्पनीहरूलाई भइरहेको छ ।

    के भन्छन् प्रबन्ध निर्देशक ?

    ५ महिनापछि आफ्नो तीन वर्षे कार्यकाल सकिन लागेका प्रबन्ध निर्देशक डील्लीराम अधिकारीले कर्मचारीले आन्दोलनबाट काम ठप्प पारेपछि बिहानको समयमा आएर टेलिकमको अत्यावश्यक कार्यसम्पादन गर्ने गरेका छन् । उनले विनियमावली आफूले चाहेरमात्रै संशोधन नहुने बताएका छन् । प्रस्तुत छ उनको भनाइ जस्ताको त्यस्तै :-

    सरकारका सबै सार्वजनिक संस्थानले आफ्नो विनियमावली संशोनका लागि लोकसेवा पठाए पनि नेपाल टेलिकमले भने पठाउन सकेन । जसका कारण लोकसेवा आयोगले टेलिकमको कर्मचारी नियुक्ति तथा दरवन्दी रोकि दियो । टेलिकमले २०७५ सालमा टेलिकमले विनियमावली संशोधनका लागि पठायो । लोकसेवा आयोगले विनियमावली परामर्श गरेर आउदा टेलिकमका कर्मचारीले पाउँदै आएको सेवा सुविधामा कटौती भएर आयो । लोकसेवा आयोगले ८ ,९ र १० वर्षमा स्वतः बढुवा हुने प्रावधानलाई कटौती गरेर कार्यसम्पादन र खुल्ला प्रतिस्पर्धा वाहेक स्वतः बढुवा हुने व्यवस्था गरिदियो । त्यस्तै विगतमा टेलिकममा ९ औ तहसम्मका कर्मचारीहरू टेलिकममा ट्रेड युनियनमा संलग्न रहेकोमा निजामति ऐन सरह अधिकृत तहसम्म हुने व्यवस्था र सातौं तहलाई खारेज गरिदिएको छ ।

    यसरी लोकसेवा आयोगले गरेको संशोधनका कारण २०७६ कात्तिकमा पुनः संशोधनका लागि लोकसेवा आयोगमा पुन: परामर्शमा पठाउँदा समेत त्यसमा खासै संशोधन हुन सकेन ।

    लोकसेवा आयोगले खासै ठूलो संशोधन नगरेपछि २०७७ मंसिरमा व्यवस्थापनले उक्त विनियमावलीलाई बोर्डमा प्रस्तुत गर्ने निर्णय गर्‍यो । तर, ट्रेड युनियनहरूले बोर्डमा आएर आन्दोलन तथा हल्ला गर्ने काम भयो ।

    कर्मचारीको अवरोधका कारण तत्कालीन सञ्चारसचिव हरि वस्यालज्यूले ‘विनियमावली कर्मचारीहरूकै लागि हो तपाईंहरूलाई चाहिँदैन भने जे सुकै गर्नुहोस्’ भनेपछि थाती रह्यो । यसरी विनियमावली थाती रहँदा विगत ३ वर्षदेखि कर्मचारी पदपूर्ती हुन नसकेका कारण कर्मचारी व्यवस्थापनमा अप्ठ्यारो पर्ने अवस्था आयो । अनिवार्य अवकासको व्यवस्थाका कारण ११ औं अधिकांश खाली र १० औं तहमा ५० प्रतिशत भन्दा बढीसमेत ५० प्रतिशत खाली भयो । यसरी टेलिकममा कर्मचारी अभावका कारण काम नै प्रभावित हुने देखेपछि युनियनहरूको सहमतिमा नै साउन १ गतेदेखि विनियमावली कार्यान्वयनमा ल्याउने भयो । जसमा मिलेका विषयवस्तुलाई कार्यान्वयनमा लाने र नमिलेको विषयवस्तुहरू सञ्चालक समितबाट सिफारिस गरी परामर्शका लागि पठाउने सहमति भएको हो ।

    उक्त सहमतिअनुसार ५६४ कर्मचारीको बढुवासमेत गरी असहमति रहेको १६ वटा बुँदा संशोधनका लागि पठाउने निर्णय भयो ।

    तर, कर्मचारीहरू त्यसबाहेक अन्य कुराहरूमा समेत असहमति राखेर व्यवस्थापनसँग प्रतिवादस्वरूप आन्दोलन भएको हो । उहाँहरूले राखेको माग व्यवस्थापकले समाधान गर्ने भन्दा पनि सञ्चालक समितिले गर्ने प्रकृतिको छ । यसका लागि सञ्चालक समितिले पूर्णता पाउनुपर्ने हुन्छ । सचिवज्यू हरि बस्यालले साउन ६ गते अनिवार्य अवकास पाउनुभयो । नयाँ सचिवज्यू सञ्चालक समितिले पूर्णता पाउने र सन्चालक समितिले निर्णय गरी परामर्शका लागि लोकसेवामा पठाउने हो ।

    यी सबै कर्मचारी साथीहरूलाई थाहा भएको कुरा हो । तर, उहाँहरूले बुझेर पनि आन्दोलन गर्ने , ग्राहकलाई सेवा दिन नजाने, कार्यालयमा अस्थिरता ल्याउने जस्ता काम गर्नुभएको छ । यो संस्थाको हितविपरीत छ । अस्तिको सञ्चालक समितिले पनि असहमति रहेका विषयलाई परामर्शका लागि पठाउने भनेर निर्देशन दिइएको छ । यत्रो ढोका खुल्ला हुँदा हुँदै पनि एकपक्षीयरूपमा आन्दोलनमा जानुले टेलिकमलाई फाइदा गर्दैन । प्रतिस्पर्धी बजारमा ग्राहकलाई गुणस्तरीय सेवा दिनुपर्ने तथा नयाँ वर्षमा नयाँ योजना बनाएर अगाडि बढाउनुपर्ने समयमा व्यवस्थापन तहका कर्मचारी नै आन्दोलनमा जानुले बजारमा राम्रो सन्देश प्रवाह गर्दैन । यसले संस्थालाई भन्दा पनि प्रतिपर्धीलाई मात्रै फाइदा पुग्ने कुरा हो ।

    यो विनियमावलीको समस्या कृषि विकास बैंक, वाणिज्य बैंक, नेपाल टेलिभिजन, रेडियो नेपाल, विद्युत प्राधिकरण, नेपाल आयाल निगम, नेपाल वायु सेवा निगमलगायत अधिकांश संस्थानमा छन् । तर, ती संस्थाका कर्मचारीहरूले अदालतमार्फत आफ्नो माग सम्बोधनको प्रयास गरे पनि संस्थाभित्रै आन्दोलन तथा सेवा बन्द गर्ने जस्ता कामहरू गरेनन् ।

    तर, हाम्रा साथीहरूले त्यस्तो गर्न चाहनु भएन । अतिआवश्यक सेवा नै ठप्प पारेर आफ्नो समृद्धिको कुरा गर्नुले उहाँहरूको बुझाइमा कमी भएको वा कतैबाट परिचालित भएको देखिन्छ ।

    संयुक्त संघर्ष समितिको माग यस्तो छ :-

  • एमडीविरुद्ध खनिए टेलिकमका कर्मचारीहरु

    एमडीविरुद्ध खनिए टेलिकमका कर्मचारीहरु

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमका कर्मचारी युनियनहरुले नयाँ विनियमावली संशोधन नगरेसम्म प्रबन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने चेतावनी दिएका छन् ।

    आफ्नो निहित स्वार्थका लागि कर्मचारीहरुको हितविरुद्ध हुने गरी नयाँ विनियमावली ल्याएको दावी गर्दै सो विनियमावली संशोधन गरेर आफूहरुको माग सम्बोधन नगरेसम्म एमडी अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने प्रतिक्रिया दिएका हुन ।

    ४ दिनयता सो विनियमावलीको विरोधमा टेलिकम केन्द्रिय कार्यालयमा धर्नासहितको विरोध प्रर्दशन गर्दै आएका छन । एडी अधिकारीले आफ्नो निहित स्वार्थ पूर्ति हुने गरी सो विनियमावली ल्याएकोमा आपत्ति जनाउँदै संघर्षलाई निरन्तरता दिनु परेको नेपाल टेलिकम कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष विरेन्द्रलाल जोशीले बताए । उनले राजनीतिक नियुक्ती पाएका एमडीलाई पनि ५८ वर्षे उमेर हद लगाएर एमडी अधिकारीले आफ्नो सेवा अवधि थप गर्ने गरी विनियमावली ल्याएको उल्लेख गर्दै आक्रोश व्यक्त गरे ।

    कर्मचारीहरुले आफूहरुले आन्दोलन गरेर प्राप्त गरेको ट्रेड युनियन अधिकार समेत सो विनियमावलीले कटौैति गरेकाले संघर्षमा उत्रनु परेको प्रतिक्रिया दिएका छन । नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष राजेन्द्र जोशीले कम्पनीको अहित हुने गरी सो विनियमावली आएको उल्लेख गर्दै तत्काल सम्बोधन गर्न व्यवस्थापन समक्ष माग गरे ।

    नयाँ विनियमावली अनुसार एमडी अधिकारीले आफनो ६ महिने कार्यकाल पूरा गरेपछि पनि पुरानै निर्देशक पदमा फर्कन पाउनेछन । त्यस्तो व्यवस्थाप्रति कर्मचारीहरुको आपत्ति छ । कर्मचारीहरुको वृद्धि विकास कटौति गरेर एमडी अधिकारीले आफ्नो स्वार्थका लागि सो विनियमावली ल्याएकाले त्यसको विरोधमा संघर्ष गर्नु परेको नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादवप्रसाद पनेरुले बताए ।

    सो विनियमावलीको विरोध गर्र्र्दै टेलिकमका कर्मचारी युनियनहरुले ४ दिनयता टेलिकम कार्यालयमा धर्ना दिँदै आएका छन । उनीहरुले गत असार ५ गते मंगलबार राति एमडी अधिकारीलाई रातभर कार्यकक्षमा थुनेर राखेका थिए ।

    त्यो विनियमावली संशोधन गरेर आउन भनि कार्यालयबाट निस्किएका एमडी अधिकारी हालसम्म पनि कार्यालयमा नआएकोमा कर्मचारीहरुको आक्रोश छ । नयाँ विनियमावलीमा एमडीको सेवा अवधिलाई निरन्तरता दिइएको, अन्य कर्मचारीहरुको सेवा, सुविधा र बढुवाको प्रावधान कटौैति गरिएको कर्मचारी युनियनहरुको दावी छ ।

  • एनटीसीको मोबाइल नेटवर्कमा विहानैदेखि समस्या, टेलिकम भन्छ- मर्मत हुँदैछ

    एनटीसीको मोबाइल नेटवर्कमा विहानैदेखि समस्या, टेलिकम भन्छ- मर्मत हुँदैछ

    काठमाठौं । काठमाडौं उपत्यकामा आज विहानैदेखि नेपाल टेलिकमको जीएसएम नेकवर्टमा फोन नलाग्ने समस्या आएको छ ।

    मोवाइल नेटवर्कमा समस्या आएपछि सन्चार सम्पर्कमा कठिनाई आएको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले कोर नेटवर्क एचएलआरमा समस्या आएकाले मर्मत भइरहेको जानकारी दिए ।

    ‘मोबाइलको भ्वाइस कलमा समस्या आएको हो । केहिबेरमा फोन लाग्छ,’ निर्देशक अधिकारीले नेपाल प्रेससँग भने, ‘ल्याण्डलाइन टेलिफोन तथा इन्टरनेट र एसएमएसमा समस्या छैन ।’

  • टेलिकमको २२ प्रतिशत सरकारी सेयर सर्वसाधारणलाई बिक्री गरिँदै, मूल्य कति ?

    टेलिकमको २२ प्रतिशत सरकारी सेयर सर्वसाधारणलाई बिक्री गरिँदै, मूल्य कति ?

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नम्बर ४२८ मा नेपाल दूरसञ्चार कम्पनीको २२ प्रतिशत सेयर टेलिकमका प्रयोगकर्तालाई बिक्री गर्ने घोषणा गरेको छ । स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच वृद्धि गर्नका लागि नेपाल सरकारले आफ्नो नाममा रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

    बजेटमा उल्लेख भएअनुसार दूरसञ्चार कम्पनीका मोवाइल, ल्याण्डलाइन र इन्टरनेट प्रयोगकर्ताले उक्त सेयर लिन पाउने छन् ।

    ‘नेपाल दूरसञ्‍चार कम्पनीको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न कम्पनीका मोवाइल, ल्याण्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत सेयर विनिवेश गरिनेछ,’ बजेटमा भनिएको गरिएको छ ।

    आगामी वर्षको पुस मसान्तसम्मसम्म टेलिकमको सेवा- सुविधा लिने सेवाग्राहीले सेयर खरिद गर्न पाउने भएका छन् । बजेटमा व्यवस्थाअनुसार टेलिकमले बजारमा सेयर जारी गर्न भने पाउने छैन । सरकारले आफ्नो स्वामित्वमा रहेको २२ प्रतिशत सेयर सर्वसाधारणलाई बेच्न लागेका हो, जसलाई प्राविधिक भाषामा ‘डिसइन्भेस्टमेन्ट’ अर्थात विनिवेश भनिन्छ ।

    सरकारसँग टेलिकमको ९१.५ प्रतिशत सेयर रहेको छ । बाँकी ८.५ प्रतिशत सेयरमध्ये सर्वसाधारणको ४ प्रतिशत, कर्मचारीको ४.४७ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ । सरकारले विनिवेश गरेपछि सर्वसाधारणको टेलिकममा सेयर स्वामित्व २६ प्रतिशत कायम हुनेछ भने सरकारको सेयर ६९.५ प्रतिशतमा खुम्चिनेछ । विनिवेशसम्वन्धी आवश्यक प्रकृया सरकारले आगामी असोज मसान्तभित्र टुङ्ग्याउने बताएको छ ।

    नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने वा रणनीतिक साझेदार भित्र्याउने विषयमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको समयदेखि नै छलफल भइरहेको थियो । रणनीतिक साझेदार भित्र्याउँदा ४५ प्रतिशतभन्दा बढी सेयर दिनुपर्ने तथा नेपालको पुँजी पलायन हुन सक्ने भन्दै बास्कोटा यसको विपक्षमा रहेका थिए । नेपाल टेलिकम नाफामा गएको कम्पनी भएकाले बरु यसको २६ प्रतिशत सेयर सर्वसाधारणमा जारी उक्त रकम टेलिकमको क्षमता बिस्तारमा लगाउनुपर्नेमा उनले जोड दिएका थिए ।

    नेपाल टेलिकमको पुँजी प्रतिकित्ता १०० रुपैयाँका दरले १५ करोड कित्ताको १५ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये नेप्सेमा ९ प्रतिशत अर्थात १ करोड ३५ लाख कित्ता सेयर खरिद-बिक्री गर्न सकिन्छ । त्यसमध्ये ६७ लाख ५० हजार कित्ता सेयर मात्रै नियमितरूपमा कारोबार हुने गरेको छ । सेयर बजारमा टेलिकमको सेयरको आपूर्ति कम रहेकाले यसको मूल्य पनि बढी रहेको छ । अहिले नेप्सेमा यसको प्रतिसेयर मूल्य १२७७ रूपैयाँ रहेको छ ।

    सरकारले विनिवेश गर्ने सेयरको मूल्य निर्धारण भने गर्न बाँकी छ । पछिल्लो बार्षिक प्रतिवेदनुसार टेलिकमको प्रिमियमसहित प्रतिसेयर मूल्य ६६० रुपैया भन्दा बढी रहेको छ । यसअघि टेलिकमले सर्वसाधारणका लागि आइपीओ जारी गर्दा प्रतिकित्ता सेयर ६ रुपैयाँ मूल्य तोकेको थियो । त्यसैले सरकारले पनि ६०० रूपैयाँभन्दा कममा टेलिकमको सेयर बिक्री गर्ने देखिदैन ।

    सरकारको आफूसँग रहेको १३ करोड ७२ लाख ५० हजार कित्तामध्ये २२ प्रतिशतअर्थात ३ करोड १ लाख ९५ हजार कित्ता सेयर बिक्री गर्नेछ । ६ सय मूल्य कायम गरेर सेयर बिक्री गरेमा सर्वसाधारणबाट १८ अर्ब ७१ करोड ७० लाख रूपैयाँ उठ्न सक्छ ।

    नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक सरकारी कम्पनी हो । टेलिकमको १३ औं बार्षिक प्रतिवेदनअनुसार यसको आम्दानीमा भ्वाइसकलको ५२.६९ प्रतिशत हिस्सा र डाटाको ४८.६८ प्रतिशत हिस्सा रहेको छ । गत आर्थिक वर्ष टेलिकमले ९ अर्ब ७५ करोड मुनाफा कमाएको टेलिकमको प्रतिसेयर आम्दानी ६४.९९ प्रतिशत रहेको छ । गत वर्ष टेलिकमले सरकारलाई ४४ अर्ब ९९ करोड रुपैयाँ राजस्व बुझाएको थियो । टेलिकमले गत वर्षको मुनाफाबाट प्रतिकित्ता सेयर ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

  • काेभिड फ्रन्टलाइनर स्वाथ्यकर्मीले एक महिनासम्म टेलिकमकाे नि:शुल्क भ्वाइस कल सेवा पाउने

    काेभिड फ्रन्टलाइनर स्वाथ्यकर्मीले एक महिनासम्म टेलिकमकाे नि:शुल्क भ्वाइस कल सेवा पाउने

    काठमाडौं । नेपाल टेलिकमले कोरोना माहामारीमा स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ ल्याएको छ ।

    टेलिकमले कोरोना महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बसेर विरामीको सेवामा दिनरात खटिने स्वास्थ्यकर्मीको मनोवललाई अझ उचो राख्न र हौसला प्रदान गर्नका लागि सो अफर ल्याएको बताएको छ ।

    सो अफर सम्बन्धी टेलिकमले आइतबार नेपाल चिकित्सक पसिरद्, नेपाल नर्सिङ परिसद्, नेपाल फर्मासिप्ट परिसद्, नेपाल स्वास्थ्य व्यवसायी र नेपाल आयुर्वेदिक परिसद्बीच हस्ताक्षर समेत गरेको छ ।

    टेलिकमका अनुसार सो अफरअन्र्तगत देशभरका स्वास्थ्यकर्मीले प्रयोग गरेका नेपाल टेलिकमका पोष्टपेड र प्रिपेड सिमकार्डमा एक महिनासम्मको निशुल्क भ्वाइस कल उपलव्ध गराइने छ ।

    साथै, स्वास्थ्यकर्मीले आफ्नो मोवाइल नम्बरबाट टेलिकमका नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल पनि निःशुल्क गरिने छ ।

    यो अफर लिनका लागि स्वास्थ्यकर्मीले आफ्नो आधिकारिक प्रमाणपत्र भने टेलिकमलाई उपलव्ध गराउनुपर्नेछ । । साथै यो अफर स्वास्थ्यकर्मीको नामका सिमकार्डमा मात्र उपलव्ध हुने भएकाले टेलिकमको सिम नहुनेले नयाँ सिम लिन पनि कम्पनीले सुझाएको छ ।

    यसरी नयाँले सिम लिंदा आफ्नो सम्बन्धित परिषद्को लेटरप्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गर्नुपर्ने छ । नयाँ सिम लिने स्वास्थ्यकर्मीले निःशुल्क सिम प्राप्त गर्ने टेलिकमको भनाइ छ ।

    टेलिकमका अनुसार यो अफर निश्चित समयका लागि भएपनि कोरोना माहामारीको अवस्था हेरेर समय थप गर्न सकिने बताइएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीसहित पदाधिकारीको बैठक राखेर फ्रन्टलाइनरलाई हौसला हुने खालको कार्यक्रम र सुविधा उपलब्ध गराउन निर्देशन दिएपछि टेलिकमले यो अफर ल्याएको हो ।

  • टेलिकमको लकडाउन अफर, ३९ रुपैयाँमा अनलिमिटेड डाटा

    टेलिकमको लकडाउन अफर, ३९ रुपैयाँमा अनलिमिटेड डाटा

  • तीन वर्षदेखि ओरालो लाग्दै टेलिकमको नाफा

    तीन वर्षदेखि ओरालो लाग्दै टेलिकमको नाफा

    काठमाडौं । नेपाल टेलिकमको नाफा लगातार तीन बर्षदेखि ओरालो लागेको छ ।

    टेलिकमले प्रकाशित गरेको प्रतिवेदन अनुसार तेस्रो त्रैमासिकमा टेलिकमले ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रूपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा २२ प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा टेलिकमको नाफा ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार थियो । सन् २०१८/१९ मा टेलिकमको खुद नाफा ९ अर्ब ९८ करोड थियो ।

    कम्पनीको गत वर्षको कुल आम्दानी ३२ अर्ब २७ करोड थियो भने यो वर्षको कुल आम्दानी ३१ अर्ब रहेको छ ।

    कम्पनीले सेवा बिक्रीबाट गरेको आम्दानी यो वर्ष २७ अर्ब छ भने गत वर्ष यो रकम एक अर्ब कम थियो । टेलिकमको कुल खर्च भने गत वर्षको भन्दा बढेको छ । चालु आवको ९ महिनामा २२ अर्ब खर्च भएको छ भने गत वर्ष २१ अर्ब खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

  • घुन्सा दुई सातादेखि संचारविहीन

    घुन्सा दुई सातादेखि संचारविहीन

    ताप्लेजुङ । टावरमा प्राविधिक समस्या आएपछि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा संचारविहीन भएको छ ।

    पर्यटकीय बस्तीमा रहेको एकमात्र टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि घुन्सा दुई सातादेखि सम्पर्कविहीन बनेको हो ।

    कुनै टेलिफोन तथा मोबाइलमार्फत सञ्चार हुन सकेको छैन । कोभिड–१९ को सङ्क्रमण बढिरहेको समयमा आफ्ना आफन्तहरुसँग सम्पर्कमा रहनुपर्ने समयमा घुन्सा क्षेत्रका स्थानीयवासीले आफ्ना आफन्तसँग सम्र्पक बन्द भएको स्थानीयवासी मिङमा डण्डु शेर्पाले जानकारी दिए ।

    समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थित बस्ती घुन्सा र फले क्षेत्रमा मोबाइल बन्द भएको हो । स्याटलाइट प्रविधिबाट घुन्सा क्षेत्रमा मोबाइल सेवा प्रदान गर्दै आएको दूरसञ्चार कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले बताए ।

    उनले भने, “टावरमा समस्या आएको छ । केही आवश्यक उपकरण फेर्नु पर्दछ । त्यसका लागि आवश्यक सामग्री इलाम दूरसञ्चार कार्यालयबाट झिकाएको छ । आज फुङ्लिङमा आइपुग्छ ।”
    घुन्सा क्षेत्रमा अहिले कुनै सञ्चार हुन सक्दैन । नेपाल प्रहरीको सेटबाट घुन्सा प्रहरी चौकीमामार्फत स्थानीयवासीलाई आवश्यक सामग्री लिन सदरमुकाम फुङ्लिङ आउन खबर गरेको चेम्जोङले बताए ।

    सदरमुकाम फुङ्लिङबाट स्थानीयवासी आफैँले ढुवानी गरेर घुन्सासम्म पुर्‌याउनुपर्ने जनाइएको छ । सदरमुकाम फुङ्लिङदेखि घुन्सा पुग्न तीन दिन पैदल यात्रा गर्नु पर्दछ ।

    ताप्लेजुङमा घुन्सा र ओलाङचुङगोल गरी दुईवटा स्याटलाइट प्रविधिबाट हिमाली बस्तीमा मोबाइल सेवा दिइरहेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ । ताप्लेजुङको विभिन्न स्थानमा २३ वटा मोबाइल टावरले सेवा दिँदै आएको कार्यालयको तथ्याङकमा छ ।

    रासस

  • नेपाल टेलिकमले लाभांश वितरण गर्ने

    नेपाल टेलिकमले लाभांश वितरण गर्ने

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीले (नेपाल टेलिकम) आफ्ना शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न तेह्रौँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ४० का दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

    सभाले सोही आवका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु पारित गरेको कम्पनीले जनाएको छ ।

    टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ग्राहकको अपेक्षाअनुरुप गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराइएको बताएका थिए । उनले कम्पनीलाई सबल र अग्रणी संस्थाको रुपमा विकास गरिएको जनाउँदै बन्दाबन्दीको अवधिमा ग्राहकलाई विभिन्न सेवाहरु उपलब्ध गराइएको जानकारी दिए ।

    टेलिकमले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस, जिरो ब्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट रु १० करोड र कर्मचारीको तर्फबाट रु दुई करोड गरी रु १२ करोड योगदान गरेको थियो ।

    यस्तै, गत आर्थिक वर्ष २०७६/७७ मा कर तथा गैह्रकरबापत सरकारी राजश्वमा रु ३५ अर्ब पाँच करोड बुझाएको थियो । टेलिकमलाई गत आर्थिक वर्ष २०७६/७७ मा रु ४२ अर्ब ९९ करोड राजश्व र रु नौ अर्ब ७५ करोड नाफा भएको बताइएको छ ।

  • टेलिकमका ग्राहकले मोबाइलकै ब्यालेन्सबाट सामान किन्न पाउँने

    टेलिकमका ग्राहकले मोबाइलकै ब्यालेन्सबाट सामान किन्न पाउँने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल टेलिकमलाई डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति दिएको छ ।

    योसँगै टेलिकमका ग्राहकले अब आफ्नो मोबाइलकै ब्यालेन्सबाट सामान किन्न पाउँने भएका छन् ।

    टेलिकमले मोबाइलमा रिचार्ज गर्दा मोबाइल मनी सेवा लिने कि सिमकार्डमा पैसा प्रयोग गर्ने भनेर दुई विकल्प राखिएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्ने छन् ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकको नयाँ लाइसेन्स स्थगन गर्ने व्यवस्था गरेको थियो ।

  • नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश वितरण गर्दै

    नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश वितरण गर्दै

    काठमाडौं । आर्थिक वर्ष ०७६/ ७७ को मुनाफाबाट नेपाल टेलिकमले नगद लाभांश प्रस्ताव गरेको छ । प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले जनाएको छ ।

    कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/ ७७ को मुनाफाबाट सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    उक्त बैठकले नगद लाभांश वितरण गर्न स्वीकृतिको लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ । यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

     

  • टेलिकमको नाफासँगै आम्दानी पनि घट्यो

    टेलिकमको नाफासँगै आम्दानी पनि घट्यो

    काठमाडौं । नेपाल टेलिकम (एनटीसी ) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको आम्दानीसँगै खुद नाफामा पनि गिरावट आएको छ ।

    नेपाल टेलिकमले शुक्रबार सार्वजानिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्तसम्म)  को वित्तीय विवरण अनुसार, खुद मुनाफा उल्लेख्य रूपमा घटेको हो ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँले कम हो ।

    गत आर्थिक वर्षको सोही अवधिसम्ममा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा टेलिकमको बिक्री आम्दानी १८ अर्ब ३ करोड रुपैयाँबाट घटेर १७ अर्ब ७२ लाख रुपैयाँ सीमित भएको छ ।

    नाफासँगै टेलिकमको प्रतिशेयर आम्दानी पनि गिरावट आएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६५ रुपैयाँ ८६ पैसा रहेको टेलिकमले यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४३ रुपैयाँ ८६ पैसामा झरेको छ ।