Tag: नेपाल चेम्बर अफ कमर्स

  • दसैँलक्षित स्वदेशी उत्पादन प्रदर्शनी गर्दै चेम्बर

    दसैँलक्षित स्वदेशी उत्पादन प्रदर्शनी गर्दै चेम्बर

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल महिला चेम्बरले दसैँ, तिहार व्यापार मेला आयोजना गर्ने भएको छ । मेलामा नेपालका अर्गानिक कृषि उत्पादन, हस्तकलाका सामाग्री लगायत उपभोग्य वस्तुको प्रदर्शनी गरिने बताइएको छ ।

    भोलि बिहान १० देखि साँझ ६ बजेसम्म सिटी सेन्टर र कमलपोखरीमा आयोजना गरिने प्रदर्शनीको उद्घाटन चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले गर्ने छन् ।

  • चेम्बरले निजी क्षत्रका लागि प्रधानमन्त्रीसँग माग्यो आयात भएको १० प्रतिशत खोप

    चेम्बरले निजी क्षत्रका लागि प्रधानमन्त्रीसँग माग्यो आयात भएको १० प्रतिशत खोप

    काठमााडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योगी व्यवसायीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन माग गरेको छ ।

    चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नयाँ प्रधानमन्त्री शेरबहादु देउवालाई बधाई दिदै कूल आयातको न्युनतम १० प्रतिशत कोरोनाविरुद्धको खोप चेम्बरका व्यवसायी, यातायात व्यवसायी र देशको अर्थतन्त्र माथि उठाउन योगदान गरेका व्यक्तिहरुलाई दिन माग गरेका छन् ।

    नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरु तथा सदस्यद्धारा आज प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष भेटवार्ता गरि बधाइ दिदै खोप माग गरेको हो ।

    मल्लले अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न बिभिन्न सुझावहरु प्रस्तुत गर्दै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताउदै खोपको माग गरेका हुन् ।
    निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि मल्लले बताए । प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसँग सदैव सहकार्य गर्न तयार रहेको बताएका छन् ।

    कोभिडको खोप सम्वन्धी नेपाल चेम्वर अफ कमर्सको माग वारे सरकार सम्वेदनशील रहेको छ । निकट भबिष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने प्रधानमन्त्री देउवाले बताए ।

    उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दीपक कुमार मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा तथा चेम्वरका सूचना तथा संचार समितिका सभापति सन्तोष पाण्डेको उपस्थिति रहेको थियो ।

  • आगामी मौद्रिक नीतिको लागि गभर्नरसमक्ष चेम्बर अफ कमर्सको ३७ बुँदे सुझाव

    आगामी मौद्रिक नीतिको लागि गभर्नरसमक्ष चेम्बर अफ कमर्सको ३७ बुँदे सुझाव

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकलाई आ. व. २०७८/७९ मौद्रिक नीतिका लागि सुझाव प्रस्तुत गरेको छ ।

    चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर सुझाव दिएको हो । विश्वव्यापी महामारी कोभिड १९ को दोस्रो भेरियन्टका नेपालको अर्थतन्त्र थप प्रभावित भएको भन्दै अर्थतन्त्रको स्थायित्वलाई प्राथमिकतामा राखी मौद्रिक नीति ल्याउनका लागि चेम्बर ३७ बुँदे सुझाव प्रस्तुत गरेको छ ।

    कोभिड १९ कारण तत्काल आर्थिक पुनरुत्थान भई अर्थतन्त्र सामान्य अवस्थामा फर्कन सम्भव नरहेको निष्कर्ष चेम्बरको रहेको छ । यसका लागि निजी क्षेत्रको मनोवल कायम राख्ने गरीको मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चेम्बरबाट प्रस्तुत व्यवहारिक सुझाव कार्यान्वयन गरिने जवाफ दिएको चेम्बरले जनाएको छ ।

    तरलता व्यवस्थापन र कोभिडको असरबाट पुनरउत्थान आगामी मौद्रिक नीति केन्द्रित हुनुपर्नेमा चेम्बरले जोड दिएको छ । कोभिड-१९ प्रभावित सबै प्रकारका व्यवसायलाई ३ प्रतिशत ब्याजदरमा २ खर्बसम्मको पुनर्कर्जाको माग गरिएको छ । कर्जा भुक्तानीको अवधि २ वर्ष देखि ३ वर्ष हुनुपर्ने सुझावमा उल्लेख छ ।

    लघु, साना, मझौला, ठूला उद्योग एवम् व्यवसाय, निर्यात व्यवसाय, महिला उद्यमशीलता तथा कृषि क्षेत्रलाई निषेधाज्ञा अवधिभरको ब्याजमा ५०% छुट दिनुपर्ने तथा व्यवसायको आवश्यकता अनुसार थप २५% बिनाधितो चालु पुँजी उपलब्ध गराउन भनिएको छ ।

    उद्योग तथा व्यवसायहरूले २०७८ असार र आश्विन महिनामा तिर्नुपर्ने ब्याज र सावाँको किस्ता, शुल्क जरिवाना नलिई २०७८ चैत्र मसान्त सम्म बुझाउन सक्ने गरी कर्जाको पुनर्तालिकीकरणको माग गरिएको छ ।

    आर्थिक गतिविधि विस्तार एवम् अर्थतन्त्र प्रतिस्पर्धी कायम राख्न सक्ने गरी ८ प्रतिशतको हाराहारीभित्र ब्याजदर व्यवस्थापन गर्नपर्ने चेम्बरको भनाइ छ ।

    सरकारले बजेटमार्फत २ खर्ब ५० अर्ब आन्तरिक ऋणका उठाउने व्यवस्था गरेकाले लगानीयोग्य रकमको अभाव हुनसक्ने भएकाले त्यसतर्फ पनि मौद्रिक नीतिले ध्यान दिनुपर्ने सुझावमा उल्लेख गरिएको छ ।

    बैँकिङ क्षेत्रमा हाल कायम रहेको ४.४० प्रतिशतको स्प्रेडदरलाई ३ प्रतिशतमा झार्नुपर्ने , भारतबाट आयात हुने माल सामानको लागि परिवर्त्य विदेशी मुद्रामा दायरा बढाउनुपर्ने, ब्याजदर गणनाका लागि आधारदर गणनाको विधिलाई बैज्ञानिक बनाउने, सम्पत्ति धितो राखी लिने कर्जाको सीमा व्यक्तिगत प्रयोजनको लागि १ करोड पुर्‍याउनु पर्ने, बैकिङ कारोबार प्रवर्द्धनका लागी चेक बाउन्स सम्बन्धी कडा कानूनी व्यवस्था गर्ने, अर्थतन्त्रलाई विकासमा आयात, निर्यात तथा व्यापार व्यवसायमा इकमर्सलाई प्रोत्साहन गर्ने सुझाव चेम्बरले नेपाल राष्ट्र बैंकलाई दिएको छ ।

    साथै , व्यवसायको सेयर स्वामित्वको अनुपातमा मात्र व्यक्तिगत जमानी लिनुपर्ने, विदेश जाने उद्यमी तथा व्यवसायीलाई पासपोर्ट सुविधामा कम्तिमा ५ हजार डलर सम्म सटही सुविधा प्रदान गर्ने, पैठारी गरिने माल वस्तुका लागी विदेशी मुद्रामा सिमा हटाई विजक अनुसारको भुक्तानीको व्यवस्था , निर्यात व्यापारलाई मूल्य अभिवृद्धिका आधारमा निर्यात अनुदान र घर जग्गा व्यवसायको लागि कर्जा प्रवाह गर्दा धितो मूल्यांकनको कम्तीमा ७० प्रतिशत कर्जा पाउने व्यवस्था गर्ने जस्ता सुझाव चेम्बर अफ कमर्सले केन्द्रीय बैंकलाई दिएको छ ।

  • बाढीपीडितलाई चेम्बरको राहत

    बाढीपीडितलाई चेम्बरको राहत

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बाढीपीडितलाई राहात वितरण गरेको छ । बाढीका कारण प्रभावित सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र मनाङका बाढीपीडितलाई राहत प्रदान गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

    पीडितहरुलाई त्रिपाल, चामल नुन, चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको हो। राहत सामग्री मनाङका लागि काठमाण्डौस्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्बु तथा मेलम्चीका लागि सिन्धुपाल्चोक चेम्बर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाई हस्तान्तरण गरिएको मल्लले बताए ।

    राहत वितरणमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्षद्वय दीपककुमार मल्होत्रा तथा सुरेन्द्रकुमार श्रेष्ठको उपस्थिति थियो ।

  • नयाँ बजेटका लागि चेम्बरको १९ बुँदे सुझाव, आर्थिक पुनरुत्थानमा जोड

    नयाँ बजेटका लागि चेम्बरको १९ बुँदे सुझाव, आर्थिक पुनरुत्थानमा जोड

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नयाँ बजेटका लागि १९ बुँदे सुझाव पेस गरेको छ ।

    अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ बजेट निर्माण गर्न माग गरेको हो ।

    कोरोना महामारीको प्रकोपबाट समग्र अर्थतन्त्र र जनजीवन लामो समयसम्म प्रभावित हुने अवस्था रहेकाले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेटको लक्ष्य निर्धारण गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कोरोना प्रभावित अर्थतन्त्रका लागि दिएका सम्पूर्ण सहुलियतपूर्ण व्यवस्थाहरूलाई आगामी वर्षमा पनि निरन्तरताको लागि चेम्बरले माग गरेको छ ।

    अर्थमन्त्री पौडेलले चेम्बरको सुझावहरू अध्ययन गरी बजेटमा सम्बोधन गर्न प्रयास गरिने जवाफ दिएका थिए । ‘हामी नेपालको निजी क्षेत्रसँग मैत्रीपूर्ण सम्बन्ध बनाई सहकार्य गर्न चाहन्छौं । चेम्बर निजी क्षेत्रकै पुरानो संस्था पनि भएकोले तपाईंहरूका सुझाव बजेटका लागि महत्वपूर्ण छन्’, पौडेलले भने ।

    चेम्बरका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, निवर्तमान अध्यक्ष राजेश काजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्षहरू दीपक मलहोत्रा, दीपक श्रेष्ठ र सुरेन्द्रकुमार श्रेष्ठ तथा राजश्व समितिका सभापति परशुराम दाहाल र मन्त्रालयबाट अर्थमन्त्री, अर्थसचिव शिशिरकुमार ढुंगानासहितका अधिकारी छलफलमा थिए ।

    कोरोना महामारीको दोस्रो लहर खतरनाक भएको भन्दै यसको रोकथाम तथा नियन्त्रण गरी अर्थतन्त्रलाई बचाउन निजी क्षेत्रलाई बजेटलाई खोप आयातको प्रबन्ध बजेटमार्फत व्यवस्था गरिदिन चेम्बरको आग्रह छ ।

    चालु आर्थिक वर्षको बजेटमा व्यवस्था सरकारले ल्याएको ५० अर्बको स्टिमुलस प्याकेज पूर्णरुपमा कार्यान्यवनमा नभएको भन्दै चेम्बरले आगामी आर्थिक वर्षको बजेटमा जीडीपीको ५ प्रतिशत राहत प्याकेज ३ प्रतिशत ब्याजदरमा गर्न आग्रह गरेको छ ।

  • चेम्बर अफ कमर्समा नयाँ नेतृत्वको दौड, अध्यक्षमा मल्ल ‘निर्विरोध’

    चेम्बर अफ कमर्समा नयाँ नेतृत्वको दौड, अध्यक्षमा मल्ल ‘निर्विरोध’

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को अध्यक्ष पदमा राजेन्द्र मल्ल निर्विरोध भएको बताइएको छ ।  आगामी चैत २८ गते  हुने निर्वाचनका लागि मल्ल अध्यक्ष पदका लागि निर्विरोध भएको एनसीसीले बताएको छ । नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा ५५ पदका लागि ६१ जनाले उम्मेदवारी दिएका छन् ।

    चेम्बरको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको मात्र उम्मेदवारी दर्ता छ । चेम्बरको नयाँ अध्यक्षको लागि करिब सहमति भइसकेको मल्लले बताएका छन् । ‘अध्यक्षमा अरुले उम्मेदवारी नदिएकाले मेरो पक्षमा सहमति भइसकेको छ,’ मल्लले भने ।

    चेम्बरका वर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि अध्यक्ष पदमा सहमति भइसकेको बताए । सहमतिमै जाने भएपछि चेम्बरको चैत २६ र २७ गते हुने साधारणसभामार्फत् अध्यक्ष श्रेष्ठले वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललाई नेतृत्व हस्तान्तरण गर्ने बताइएको छ ।

    चेम्बरमा वाणिज्यतर्फ १५ पदका लागि १८ र उद्योगतर्फ ९ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । जिल्लातर्फ १५ पदका लागि १५ जना र वस्तुगत संघतर्फ ९ पदका लागि ९ जनाले मात्रैले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यस्तै, द्वि–राष्ट्रिय संस्थागततर्फ ३ पदका लागि ३ जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । नगरतर्फ १ पदको लागि १ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । आबद्धतर्फ ४ जनाको नाम दर्ता भएको चेम्बरले जनाएको छ  ।

    चेम्बरको नेतृत्वमा अएपछि निजी क्षेत्रको समस्या समाधानमा केन्द्रित रहने मल्लले बताएका छन् । त्यसैगरी नेपालमा उपभोग्य वस्तु उत्पादन गर्ने उद्देश्यले काम गर्ने उनको योजना छ । ‘करको दायरा वृद्धि गर्न सरकारलाई सहयोग गर्नेछौं ।

    सबै प्रकारका उद्योग स्थापना र भएका उद्योगको समस्या समाधानको लागि काम गर्ने छौं । व्यापारमा भएको समस्या समाधान गर्दै अगाडि बढ्ने लक्ष्य छ,’ उनले भने ।

    आयातमुखी व्यापारले देशको अर्थतन्त्रमा नै समस्या पारेकाले त्यसको निराकरण गर्न चेम्बर लागिपर्ने उनले बताए ।२००७ सादलमा स्थापना भएको एनसीसी नेपालको सबैभन्दा पुरानो वाणिज्य संगठन हो । संगठनले २०१२ मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।

    संगठनले सरकारलाई वित्तीय, औद्योगिक र वाणिज्य नीति नियम तर्जुमा गर्न सल्लाह र सुझाव दिने गरेको छ । चेम्बरले निजी क्षेत्र र सरकारबीच पुलको काम गरिरहेको छ ।

    चेम्बरले प्रदेश, जिल्ला तथा नगरमा चेम्बर अफ कमर्स, वस्तुगत संघ, आबद्ध संघ लगायत द्वि–पक्षीय वाणिज्य तथा उद्योग संघहरूको नेतृत्व गर्दै आएको छ । चेम्बरले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्ससंग आर्थिक गतिविधि विस्तार गर्न समझदारी समेत गरेको छ ।

     

  • पाकिस्तानलाई ‘बायर्स-सेलर्स मिट’ गर्न चेम्बरको आग्रह

    पाकिस्तानलाई ‘बायर्स-सेलर्स मिट’ गर्न चेम्बरको आग्रह

    काठमाडौ। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर शाहबीच भेटवार्ता भएको छ । अध्यक्ष राजेशकाजी श्रेष्ठसहितका टोली र राजदूतबीच दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको हो ।

    छलफलमा अध्यक्ष श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यवसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका निर्वाह गर्ने भन्दै नेपालमा जलविद्युत, पर्यटन, कृषि, जडिबुटी, खानीलगायतका क्षेत्रमा लगानीकर्ता आकर्षित गर्न आग्रह गरे ।

    चीनले ८ हजार वस्तुमा दिएको भन्सार सुविधाका कारण पनि नेपालमा लगानीको उपयुक्त वातावरण बनेको श्रेष्ठको भनाइ थियो । उनले व्यवसायिक वातावरण विस्तार गर्न नेपाली र पाकिस्तानी व्यवसायीबीच ‘बायर्स-सेलर्स मिट’गर्न प्रस्ताव गरेका थिए ।

    राजदूत शाहले पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको दिँदै लगानीका सम्भावना र प्रमुख क्षेत्रहरूबारे चासो राखेका छन् ।

  • नारी दिवसमा चेम्बरले गर्‍यो महिलालाई सम्मान

    नारी दिवसमा चेम्बरले गर्‍यो महिलालाई सम्मान

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय नारी दिवसको अवशरमा महिला व्यवसायीलाई सम्मान गरेको छ ।

    नारी दिवस तथा  आफ्नो ७० औ बार्षिक उत्सवको अवसर पारेर चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले पाँचजना महिला व्यवसायीलाई आज सम्मान गरेको हो ।  सम्मानित हुने महिला व्यवसायीलाई प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मानपत्र प्रदान गरे  ।

    आईटी एन्ड इन्नोभेसन अवार्डबाट अदिति गोयल , बिजनेस मोटिभेटर अवार्डबाट राधालक्ष्मी श्रेष्ठ ,एग्रो आन्टरप्रेनर अवार्ड झापाको कन्काई महिला ग्रुप र महिला उद्यमी अवार्ड रेखा चौधरी शर्मालाई प्रदान गरिएको छ ।

  • निर्वाचनमा हुने खर्चलाई फजूल खर्चको रुपमा चित्रण नगर्न मन्त्री पौडेलको आग्रह

    निर्वाचनमा हुने खर्चलाई फजूल खर्चको रुपमा चित्रण नगर्न मन्त्री पौडेलको आग्रह

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजूल खर्चको रुपमा चित्रण नगर्न आग्रह गरेका छन् ।

    नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजूल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गरेका हुन् ।

    निर्वाचनका लागि खर्च हुँदा स्वभाविक रुपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताए ।

    निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ  ।
    निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित गर्‍यो भन्ने बुझाई गलत भएको पनि उनको भनाइ थियो । पाँच वर्षमा हुनुपर्ने निर्वाचन छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकुल प्रभाव पर्‍यो भन्ने अर्थमा बुझ्न नहुने बताए ।

    अस्थिरता निम्त्याउने, अन्तरकलहमा अल्झिने प्रतिनिधि सभा नभई स्थिरता, विकास र समृद्धि तर्फ दृढतासाथ अगाडि बढ्ने प्रतिनिधि सभाको निर्माण अहिलेको माग रहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ ।

    अर्थमन्त्री पौडेलले कोरोनाको खोप किन्नको लागि सरकारले नेपालीसँग पैसा मागेको भन्ने कुराको खण्डन गरेका छन् ।

    कोरोनाको खोप किन्नका लागि नेपाली जनतासँग पैसा नमागेको बताए । उनले खोप किन्नका लागि विदेशी दातृ निकायलाई मात्रै सहयोग गर्न आग्रह गरेको बताए ।