Tag: नेपाल चिन्तन

  • नेपालमा संघीयताः आवश्यकता कि वाध्यता ?

    नेपालमा संघीयताः आवश्यकता कि वाध्यता ?

    विवाद र बहसबीच नै नेपालमा संघीयता लागू भयो । संघीयताविरोधी आवाज मत्थर नहुँदै निर्वाचनमार्फत संघीयताको अध्यास पनि शुरू भयो । निर्वाचनपछि क्रमशः मत्थर भएको विरोधी आवाज अहिले झन् सशक्त रुपमा उठ्न थालेको छ । यससँगै प्रश्न उब्जिएको छ कि, नेपालमा संघीयता आवश्यक थियो कि वाध्यता ?

    मूलतः संघीयता द्वन्द्वबाट शान्तिप्रक्रियामा आएको माओवादीको एजेण्डा थियो । १२ बुँदे शान्ति सम्झौतापछि देशमा शान्ति स्थापना हुने आशमा कांग्रेस, एमालेले पनि संघीयतालाई स्वीकारे । अहिले पनि कांग्रेस, एमालेका केही नेता, कार्यकर्तालाई संघीयता मन परेको छैन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै संघीयताविरोधीको आरोप लागेकै हो, अझै लाग्दैछ । तर उनले अझैसम्म त्यसको खण्डन गरेका छैनन् । तसर्थ कतिपयले प्रधानमन्त्रीलाई संघीयता मास्न खोजेको आरोपसमेत लागिरहेको छ ।

    संघीयताको मूल उद्देश्य विकेन्द्रीकरण र स्थानीय स्वायत्तता हो । केन्द्रीय शासन प्रणाली हुँदा केन्द्रमा अधिकार केन्द्रित हुने र स्थानीय निकायमा विकास हुन नपाउने या विलम्ब हुने हुनाले स्थानीय निकायले आफ्नो प्राथमिकताअनुसार आफ्नै निर्णयले विकास गर्न संघीयता ल्याइएको हो । आफ्नो प्रदेशको कर उठाउन पाउने र विकास गर्न पाउने हुनाले यो व्यवस्था लागू गर्दा विकासमा गति आउने र नागरिकले स्वायत्तता अनुभव गर्न पाउने मानिन्छ । त्यसको अतिरिक्त संघीयतामा प्रदेशहरू बाँडिने हुनाले राज्यको राजनैतिक र प्रशासनिक प्रतिनिधित्वमा समावेशिता पनि बढ्ने विश्वास गरिन्छ ।संघीयता आफैंमा नराम्रो व्यवस्था होइन, तर नेपाल जस्तो सानो मुलुकमा यो उपयुक्त र आवश्यक छ कि छैन भन्ने प्रश्न प्रधान हो । नेपाल संघीय व्यवस्था भएका केही ठूला मुलुकका प्रदेश जत्रो छ । त्यसैले यति सानो देशको लागि संघीयता आवश्यक नै हो त ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो ।

    शान्ति सम्झौतापछि नेपालमा विदेशी चलखेल ह्वात्तै बढ्यो । हरेक दलमा तिनै वैदेशिक शक्तिहरूको बोलवाला बढ्न थाल्यो । आर्थिक र पदीय लाभमा नेताहरूलाई चङ्गुलमा फसाएर ती शक्तिहरूले सबैजसो दलका सबैजसो नेताहरूलाई आफ्नो जालमा पारे । त्यसपछि त संघीयताको मुद्दा सबै नेताहरूको लागि ‘खाए खा नखाए घिच’ जस्तो बन्न पुग्यो ।

    संघीयताले जनताबीच फाटो ल्याउँछ र स्वायत्तताको दुरुपयोग हुँदा देश नै विखण्डित हुने तर्क गर्नेहरु पनि धेरै थिए, छन् । जुन तर्कमा केही हद सत्य पनि छ । संघीयतासम्बन्धी अध्ययन गरेका विद्वानहरूले यसलाई स्वीकारेका पनि । यूरोपका अनेक उदाहरणहरूले पनि यसलाई पुष्टि गरेको छ । यसर्थ संघीयताले नेपालमा विभाजन ल्याउनसक्ने खतरालाई नस्वीकार्न सकिँदैन ।

    माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वताका जनतासामु प्रतिज्ञा गरेको एउटा मूख्य एजेन्डा पहिचान र समावेशिता थियो । त्यसैलाई पूरा गर्न उसले संघीयताको प्रस्ताव अघि सारेको हो । देशलाई पहिचानको आधारमा प्रदेशहरूमा विभाजन गर्ने र प्रदेशहरूलाई आत्मनिर्णयको अधिकारसहित स्वयत्तता प्रदान गर्ने उसको माग थियो । तर नेपालको विविधतालाई मध्यनजर गर्दा पहिचानको आधारमा प्रदेश निर्माण गर्नु असंभव जस्तै छ । त्यसले नेपालीबीचमा द्वन्द्व निम्त्याएर सामाजिक सद्भाव विथोल्छ भन्ने कुरा हामीले केही वर्षदेखि देख्दै र भोग्दै आएका छौं ।

    नेपालमा यति धेरै जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधता छ कि कुनै पनि हालतमा कुनै पनि स्थानमा पूर्ण पहिचानसहितको प्रदेश बनाउन सकिँदैन । प्रदेशको त कुरै नगरौं, कुनै पनि जिल्ला, नगर या गाउँ समेत पूर्णरूपमा एकै जाति, भाषा, धर्म या वर्गको स्वामित्वमा छैन । भाषिक बाहुल्यता भएमा धार्मिक या जातीय विविधता हुन सक्छ, भाषिक बाहुल्यता भएमा जातीय या धार्मिक विविधाता होला अनि जातीय बाहुल्यता भएमा भाषिक या धार्मिक विविधता हुन्छ ।

    एउटा गाउँको वास्तविक स्थिति हेरौं

    २५-३० परिवारको एउटा गाउँ छ । त्यहाँ तीन थरी भाषा र दुई थरी धर्म मान्ने नागरिकहरू बस्छन् । धर्म र भाषा मात्र होइन, त्यहाँ सबै थरी जाति र विभिन्न वर्गका मान्छे बस्छन् । २५-३० मात्र घरहरू भए पनि केही घर पहाडेहरू र केही तराईका थारुको छ । पहाडेमध्येमा एक घर मुस्लिम हुन् (चुरा बेच्ने व्यवसाय गर्ने हुनाले उनीहरूलाई चुरेटा भनिन्छ) ।

    बाहुन, क्षेत्री, ठकुरी, मगर, दलित र मुस्लिमले पहाडेको प्रतिनिधित्व गर्छन् भने थारुहरूले तराईबासीको । भाषाको हिसाबमा सबै पहाडे (मुस्लिम परिवारसहित) नेपाली भाषा बोल्छन् भने थारुहरू आफ्नै भाषा बोल्छन् । मगरहरू नेपाली भाषाको साथसाथै आफ्नै खाम भाषा पनि बोल्छन् । धर्मको हिसाबमा थारु र पहाडेहरू हिन्दु धर्म मान्छन् भने एक घर चुरेटाले मुस्लिम धर्म । तर एउटै धर्म मान्ने भए पनि थारू, मगर र अन्य पहाडेले मनाउने चाडपर्वमा भिन्नता छ ।

    जातीय हिसाब दलित एकातिर, मुस्लिम एकातिर, भूगोलका हिसाबले पहाडे एकातिर । यस्तो अवस्थामा कुन चाहिँ पहिचानलाई आधार बनाएर त्यो गाउँलाई विभाजित गर्ने ? कुन आधारमा त्यो गाउँको नामाकरण गर्ने ? कसलाई आरक्षण दिने ? त्यो गाउँ नेपालको अधिकांश भागको दुरुस्त चित्र देखाउने एउटा ऐना हो । समावेशीता, समान अवसर, पहिचानको लागि संघीयता नै चाहिन्छ भन्ने हैन । त्यो कुरा कानून र जनचेतनाको स्तरले निर्धारण गर्छ । जनचेतनाको स्तर माथि उठेको छैन भने जहाँ पनि अल्पसंख्यक माथि बहुसंख्यक हावी नै हुने गर्छन्, संघीयताले त्यसलाई समाधान गर्न सक्दैन । त्यसैले नेपाल जस्तो विविधताले भरिपूर्ण देशमा पहिचानको आधारमा संघीयता संभव हुने कुरा होइन ।

    अर्को कुरा, केन्द्रीय शासन प्रणाली विकासको लागि बाधक भएको हुनाले संघीयताको आवश्यकता परेको भन्ने तर्क पनि सुनिन्छन् । तर त्यसमा पनि सत्यता छैन । अहिले संसारका सबभन्दा विकसित मध्येमा मानिने युरोपका अधिकांश देशहरूमा संघीयता छैन । जर्मनी, अष्ट्रिया र स्वीजरल्याण्डबाहेक हामीले जानेका सबै विकसित युरोपेली देशहरूमा केन्द्रीय लोकतान्त्रिक व्यवस्था छ । युरोपका धेरैजसो देशहरू क्षेत्रफल, जनसंख्या र विविधताको हिसाबमा नेपालसँग मिल्दा जुल्दा पनि छन् र ती सबैमा केन्द्रीय लोकतन्त्र छ ।

    युरोप मात्र होइन, एसिया या अन्य महादेशका विकसित देशहरूको चित्र पनि त्यस्तै देखिन्छ । एसियामा विकसित मानिने जापान, कोरिया र थाइल्याण्ड जस्ता देशमा संघीयता छैन । त्यस्तै अफ्रिकाका अल्जेरिया, ट्युनिसिया, इजिप्ट र दक्षिण अफ्रिका जस्ता देशमा पनि संघीयता छैन । दक्षिण अमेरिकाको सबभन्दा विकसित देश चिली पनि संघीय देश होइन ।

    यसर्थ देश विकास गर्नको लागि संघीयता अपरिहार्य प्रणाली हैन । त्यसैले संघीता नभएर देश विकास भएन वा केन्द्रीकरण शासन प्रणालीले देश विकास गर्न सक्दैन भन्ने कुरा होइन । तर त्यसको मतलब नेपाल जस्ता देशमा संघीयता आवश्यक नै छैन भन्ने पनि हैन । नेपाल भन्दा साना देशहरूमा पनि संघीयता छ । संघीयता भएका अमेरिका, भारत, अष्ट्रेलिया, क्यानडा, ब्राजिल, अर्जेन्टिना जस्ता देशहरूलाई हेर्दा हामी के नतिजा पाउँछौं भने, ती देशहरू निकै विशाल भएका हुनाले शासन व्यवस्था सहज बनाउन संघीय व्यवस्था अवलम्बन गरिएको हो ।

    युद्धका बेला संघीयता माओवादीको सपना थियो, जनतालाई क्रान्तिमा होम्ने एउटा बहाना थियो । भारतलाई आधार शिविर बनाएर जनयुद्धको नाममा शुरु भएको नेपालको गृहयुद्ध कसको इसारामा र किन भएको थियो भन्ने सबैको सामु छर्लङ्ग छ ।

    नेपालको वर्तमान राजनैतिक, सामाजिक, धार्मिक, सांस्कृतिक र भौगोलिक स्थितिका साथसाथै विदेशका उदाहरणहरूले पनि नेपाल जस्तो सानो देशको लागि संघीयता आवश्यक छैन भन्ने देखाउँछ । संघीयता लागू भएपछि देख्ने गरी र जनताले महशुस गर्ने गरी संघीयताको कुनै फाइदा अनुभव गर्न नपाएको तथ्य कसैबाट लुकेको छैन । संघीयताले प्रशासनिक खर्च बढेको छ, विकास बजेट कटौती भएको छ ।

    युद्धका बेला संघीयता माओवादीको सपना थियो, जनतालाई क्रान्तिमा होम्ने एउटा बहाना थियो । भारतलाई आधार शिविर बनाएर जनयुद्धको नाममा शुरु भएको नेपालको गृहयुद्ध कसको इसारामा र किन भएको थियो भन्ने सबैको सामु छर्लङ्ग छ । नेपाललाई सधैं अस्थिर राख्न चाहने देशी र विदेशी शक्तिहरूको संयुक्त प्रयासमा नेपालमा गृहयुद्ध भएको थियो । प्रचण्ड र बाबुरामहरू त्यसका गोटी बनेका थिए । जनताहरू उनीहरूको गुलियो आश्वाशनको भ्रममा परे र देशमा अशान्तिको शुरूआत भयो ।

    पहिचानसहितको संघीयताको नाराले पिछडिएका, अवसरबाट वञ्चित सीमान्तकृत जनसंख्याबीचमा उनीहरूको लोकप्रियता बढ्दै गयो र अन्त्यमा माओवादी कृयाकलापलाई नियन्त्रणमा लिन नसकेपछि सरकारले शान्ति सम्झौता गर्नुपर्‍यो । शान्तिको लागि नेपाली कांग्रेस, एमालेले पनि बाध्य भएर संघीयतासहित माओवादीले माग गरेका अन्य मुद्दालाई सजिलै स्वीकार्‍यो।

    माओवादीले संविधानसभा निर्वाचनको बेलामा नेपाललाई स्वीट्जरल्याण्ड जस्तो संघीयता भएको देश बनाउने भन्यो । ‘पहिचानका आधारमा प्रदेश बनाउँछौं, सबैतिर समानता हुन्छ’ भनेर झुठा आश्वासन पनि बाँडे । जनताले पनि उनीहरूको आश्वासनलाई पत्याएर बहुमत दिए । त्यतिबेला माओवादीले प्रत्यक्षतर्फ ३० भन्दा बढी र समानुपातिकतर्फ पनि लगभग ३० प्रतिशत जति नै मत ल्यायो ।

    नेपाली कांग्रेस र एमालेको जोड्दा प्रत्यक्षमा करिब ४४ र समानुपातिकमा ४१ प्रतिशत मत आयो । त्यो मतले माओवादीको प्रमुख एजेन्डा संघीयतालाई स्वीकारेको मान्न सकिएला । तर दोस्रो संविधानसभाको निर्वाचनसम्म आइपुग्दा जनता अलि सचेत भैसकेका थिए, माओवादीको ‘डर’ पनि कम भैसकेको थियो । नेपाली कांग्रेस र नेकपा एमाले निर्वाधरुपमा गाउँ-गाउँमा जनतासम्म पुग्न सफल भैसकेका थिए ।

    शान्ति सम्झौतापछि नेपालमा विदेशी चलखेल ह्वात्तै बढ्यो । हरेक दलमा तिनै वैदेशिक शक्तिहरूको बोलवाला बढ्न थाल्यो । आर्थिक र पदीय लाभमा नेताहरूलाई चङ्गुलमा फसाएर ती शक्तिहरूले सबैजसो दलका सबैजसो नेताहरूलाई आफ्नो जालमा पारे । त्यसपछि त संघीयताको मुद्दा सबै नेताहरूको लागि ‘खाए खा नखाए घिच’ जस्तो बन्न पुग्यो । र संघीयताकै एजेण्डा लिएर उनीहरू संविधानसभाको दोस्रो निर्वाचनमा गए । जसमा माओवादी प्रत्यक्षतर्फ १८ प्रतिशत भन्दा कम र समानुपातिकतर्फ १५ प्रतिशत जतिमा खुम्चिँदा नेपाली कांग्रेस र एमालेको संयुक्त मत प्रत्यक्ष र समानुपातिक दुवैतर्फ लगभग ६० प्रतिशतको हाराहारीमा पुगेको देखिन्छ । यसले प्रष्ट पार्छ कि, जब जनताले वास्तविकता थाहा पाए, जनता माओवादीको डर र त्रासबाट मुक्त भए तब उनीहरूले माओवादीको एजेन्डालाई नकार्दै गए । तर दोस्रो संविधानसभाले संविधान बनाउँदासम्म एकातिर संसदमा ८० जना सांसदसहित माओवादी दबदबा बाँकी नै थियो भने अर्कोतिर संघीयताको एजेन्डालाई स्वीकारेर निर्वाचनमा गएका नेपाली कांग्रेस एमालेलाई एकाएक त्यो एजेन्डा त्याग्न नैतिकता र विदेशी दवावले दिएन ।

    यी सबै तथ्यपूर्ण सत्यले पुष्टि गर्छ कि, नेपालमा संघीयता आवश्यकताका आधारमा भन्दा पनि दलहरुको रहर, लहड र वाध्यताको उपज हो । त्यसैले यो व्यवस्था नेपालमा फाप्ने सम्भावना एकदमै कम छ ।

  • सफल र सुन्दर जीवनका लागि अनिवार्य ‘समयको अडिट’

    सफल र सुन्दर जीवनका लागि अनिवार्य ‘समयको अडिट’

    सन् २०२०मा जय सेट्ठीले ‘थिंक लाइक अ मंक’पुस्तक लेखे । अनुभवसमेत समावेश गरिएको उनको उक्त पुस्तकले राम्रै चर्चा पायो । पुस्तकको सार एक व्यक्ति सन्त वन भिक्षुमनसम्म कसरी पुग्न सक्छ भन्ने नै हो । यसमा पूर्वीय दर्शनका धेरै अभ्यास र ज्ञानलाई सन्दर्भको रुपमा लिइएको छ । पुस्तकमार्फत जयले अहिलेका मानिसको समय कसरी बितेको छ ? भन्ने बारेमा उपयोगी सूचना दिएका छन् । र, मूलतः ‘व्यक्तिले समय अडिट गर्नुपर्छ’ भन्ने उनको धारणा छ ।

    जयका अनुसार व्यक्तिले आफ्नो जीवनकालको लगभग ३३ वर्ष जति ओछ्यानमा नै बिताउने रहेछ । सो अवधिमध्ये करिब ७ वर्ष जतिको समय त सुत्ने प्रयास गरेरै बित्ने रहेछ । ४ वर्ष ४ महिना जति समय शारीरिक अभ्यासमा बित्छ, यसैगरी ३ वर्षभन्दा बढी समय त बिदामा वित्ने रहेछ । महिलालाई मेकअप गर्नका लागि लगभग १३६ दिन लाग्ने रहेछ भने पुरुषलाई यो काम गर्न ४६ दिन भए पुग्ने उनको मत छ । यो समय बाँडफाँड त जयको अनुमान मात्र हो, जुन मूलत पश्चिमा समाजमा आधारित भएर गरिएको हो ।

    यदि मानिसको औसत आयु ७५ वर्ष मान्ने हो भने आधाभन्दा बढी समय त जयले भनेअनुसारका काममा नै जाने रहेछ । व्यक्तिको जीवनमा बाँकी रहेको आधा समयमात्र साँच्चिकै काम गर्नका लागि उपलब्ध हुने रहेछ । हाल ५० वर्ष आयु भएको व्यक्तिसँग औसत आयुअनुसार लगभग २५ वर्ष आयु बाँकी हुने देखिन्छ । उसँग खास काम गर्नका लागि त लगभग १२ वर्षजति मात्र समय बँच्ने रहेछ । यसैगरी ६० वर्ष पुगेको मानिससँग सात वर्षभन्दा केही बढी समयमात्र काम गर्नका लागि उपलब्ध हुने रहेछ । व्यक्तिको उमेर ४० वर्ष रहेछ भने उसँग काम गर्नका लागि करिब १८ वर्ष बाँकी हुने रहेछ ।

    तारा स्नेहता (२०१६) एक आलेखमा उल्लेख भएअनुसार मानिसको सरदर आयु ८० वर्ष मानेर दिनमा करिब आठ घण्टा सुत्छ भनेर अनुमान गर्ने हो एक व्यक्ति जीवनभरमा ९७३८ दिन अर्थात लगभग २६ वर्ष सुत्छ । पश्चिमा समाजमा त ट्राफिक लाइटमा कुरेर पाँच वर्ष, मेकअप र कपडा लगाउन २३८ दिन, बाथरुममा एक वर्ष पाँच महिना, चाबी चश्मा र हेडबिन खोज्दा ११८ दिन र सामाजिक सञ्जालमा तीन वर्ष पाँच महिना बित्छ । यी सबै काममा प्रयोग भएको समय घटाउँदा ८० वर्ष (९६० महिना) आयु भएको मानिससँग साँच्चिकै काम काम गर्नका लागि जम्मा साढे बयालिस वर्ष अर्थात १५५३० दिनमात्र बाँकी देखिन्छ ।

    मानिसको मनको कुरा वा भित्री चाहना देखाउने ऐना अहिलेसम्म बनेको छैन । यस्तो ऐना बनेको भए अवस्था अर्कै हुनसक्थ्यो । एउटाले ऐना लिएर हिँड्ने अनि अर्कोको बारेमा बताइदिने भए मानव समाज सुध्रन्थ्यो होला ।

    स्टाफ राइटर (२०२०) ले रेफरेन्समा उल्लेख गरेअनुसार एक व्यक्ति जीवनभर औसतमा २६ वर्ष (२२७४६८ घण्टा) सुतेर बिताउँछ, जुन पूरा आयुको लगभग एकतिहाई हिस्सा हो । पश्चिमा समाजमा यस्तो अवस्था होला । पूर्वीय समाजमा यो अवस्था फरक हुन पनि सक्छ ।

    जय सेट्ठीको पुस्तकका साथमा माथिका तथ्यांक हेरेपछि व्यक्तिको जीवनभरमा उपलब्ध हुने समयलाई सदुपयोग गर्न अवलम्बन गर्न सकिने उपायहरुका बारेमा थप खोजी गर्ने चाहना भयो । मैले त सोचेकै थिइनँ कि, नेपालीको औसत आयु ७० वर्ष भने पनि खास काम गर्ने समय त ३५ वर्षभन्दा कम रहेछ ।

    यही ३५ वर्षको समयलाई महिना, दिन, घण्टा अनि सेकेण्डमा विभाजन गरेर समयलाइ ख्याल गरेर काम गर्नुपर्ने रहेछ । केही मात्रा घटबढ होला तर सबै मानिसका लागि उपलब्ध हुने समय यस्तै हो ।

    अहिलेको मूल प्रश्न यही उपलब्ध समयको सदुपयोग कसरी गर्ने ? भन्ने हो । उपलब्ध समयमा राम्रा काम गर्न सके त अरुले सम्झन्छन् होला । अन्यथा शून्यमा विलिन भएपछि सबैथोक सकिने रहेछ । शून्यबाट शुरू भइ पुनः शून्यको यात्रा जस्तो । समाजमा केही छाप छोड्नका लागि यही समयको सदुपयोग गर्नुपर्ने रहेछ ।

    यो हिसाबमा हामीले बाँचेको समय साँच्चिकै अत्यन्त छोटो छ भन्ने लाग्छ । सरदर आयु ८० वर्ष मान्दा पनि धेरै समय नगरिनहुने कामका लागि सबैले प्रयोग गर्नैपर्छ । यसरी प्रयोग गरेको समय घटाएर बाँकी रहन आएको समयमात्र हामीले काम गर्ने हो । यो आधारभूत समय हरेक व्यक्तिको हकमा लागू हुन्छ । यसमा केही तलमाथि होला तर मानिसका लागि यस्तो आधारभूत समय चाहिन्छ नै । यी सबै कटाएर बाँकी रहेको समय (सरदरमा चालिस वर्ष)लाई प्रयोग गरेर नै मानिसले आफ्नो काम र अरुको भलाइ गर्ने हो ।

    के हामीले यो चालिस वर्ष के कसरी बित्ला भनेर कुनै अनुमान गरेका छौँ ? आउने समयमा के होला भन्नेमा अनुमान गर्न नमिल्ला तर बितेको समय कसरी प्रयोग भएको रहेछ भनेर हेर्न सक्छौं । हामीले आफ्नो समय के, कसरी बितेको छ भनेर हेरेका छौं त ? सायद कमैले मात्र यसो गर्छौ होला । जसले समयको अडिट गरेको छ, उसलाई समयको महत्व थाहा हुन्छ होला । यस्तो अडिट गर्ने ऐना भएको भए हामीमध्ये धेरैको अवस्था कहालीलाग्दो पनि हुनसक्छ ।

    सारमा हरेक व्यक्तिले जीवनकालको लगभग आधा समयमात्रै कामका लागि प्रयोग गर्नसक्ने रहेछ । सोमध्ये के कति समय सदुपयोग गर्न सक्छ भन्ने अर्को विषय भयो । उपलब्ध समयमध्ये के कति समय उत्पादनमूलक काममा प्रयोग भएको होला ? नगर्न पर्ने वा नगरे पनि हुने कामका लागि कति समय खर्च भएको होला ? अर्काको बारेमा कुरा गरेर कति समय बितेको होला ? अर्कोसँग झगडा गरेर, वा अर्कोलाई गिज्याएर कति समय बिते होलान् ? अरुलाई उछिन्नमात्र कति समय खर्च भयो होला ? आफ्नो बढाइचढाइ गर्नमा कति समय बित्यो होला ? मनमा कुविचार आएको समय जोड्न सके कति हुन्थ्यो होला ? अरुलाई भन्न जे–जे भने पनि हरेकले आफूले आफूलाई एकपटक नियालेर हेर्दा तस्वीर कस्तो देखिएला ?

    मानिसको मनको कुरा वा भित्री चाहना देखाउने ऐना अहिलेसम्म बनेको छैन । यस्तो ऐना बनेको भए अवस्था अर्कै हुनसक्थ्यो । एउटाले ऐना लिएर हिँड्ने अनि अर्कोको बारेमा बताइदिने भए मानव समाज सुध्रन्थ्यो होला । यसैगरी बितेको समय गणना गर्ने एप भएमा पनि हरेक व्यक्तिलाई सुध्रन पनि सजिलो हुन्थ्यो होला ।

    समयलाई कसरी उत्पादनमूलक बनाउने ?

    समयलाइ बढीभन्दा बढी उत्पादनमूलक कसरी बनाउने त ? कम बोल्ने अनि खुरुखुरु आफ्नो काम गर्ने । यो काम यति सजिलो छ र ? छैन, तर गर्ने पर्छ । कम बोल्नुपर्छ र अरुलाई धेरै सुन्नुपर्छ । आखिर जीवन यहीं कम बोल्ने र धेरै सुन्नेको चक्र नै त रहेछ । समयमा नै बुझ्नेले कम बोल्छन् र धेरै अरुलाई सुन्छन् । बुझ्न बाँकी रहनेले धेरै बोल्छन् । सबैले बुझ्ने यहीं रहेछ । कसैले छिटो बुझ्ने रहेछ भने कोही अलि ढिलो हुने रहेछन् ।

    जीवन नै सुन्ने र सुनाउनेमा रहेछ । यसको मात्रा कति हुन्छ भन्नेमात्र रहेछ । मोटिभेसनल स्पिकर एवम् मनोविज्ञानवेत्ताहरुले कम बोल्नुपर्छ, धेरै सुन्नु पर्छ भन्छन् । पूर्वीय दर्शनमा पनि सन्त, ऋषिमुनि तथा महात्माहरु कमै बोल्छन् । कसैलाई लाग्ला हरेक स्थानमा पुगेपछि केही न केही बोल्नै पर्छ । कार्यक्रम वा भेटघाटमा गएपछि केही नबोले समयको सदुपयोग भएको नमानिन सक्छ । मानिसले अनुभव आदान–प्रदान गर्नका लागि पनि बोल्नुपर्छ । अन्यथा बोलीचालीको भन्दा भाषामा ‘बेरुजु’ होइनसक्छ ।

    के मानिसले समय विताउनका लागि बोल्नै पर्छ भन्ने छ त ? नबोलिकन विताएको समयलाई अनुत्पादक मान्ने त ? माथि नै भनियो कि, ऋषिमुनिहरु एकदम कम बोले, जति चाहिन्छ त्यति मात्र बोले भनिन्छ । बुद्ध पनि कमै बोले । हरेक स्पिरीच्युअल लिडरहरु कमै बोल्ने सल्लाह दिन्छन् । बोल्दै नबोल्नु र कम बोल्नुमा फरक छ ।

    व्यक्तिमा नकारात्मक सोच जन्मजात आउने होइन । जन्मदा बच्चा निर्दोष, नकारात्मक सोच नभएको र संसारप्रति इन्डिफरेन्ट हुन्छ । घर परिवार, साथीभाइ, वातावरणबाट आर्जित विद्या, सोच, धनमध्ये नकारात्मक सोच पनि एउटा हो । यो सोच त बादलले सूर्यलाई ढाकेजस्तै हो । सूर्य देखिनका लागि बादल हट्नु पर्छ वा बादललाई हटाएपछि सूर्य देखिन्छ ।

    कम बोल्नु र चाहिएको मात्र बोल्नुमा धेरै फाइदा छन्, खासै बेफाइदा छैनन् । बेफाइदा खोजे पनि अत्यन्तै कम छन् । ज्ञानी एवम् ऋषिमुनिहरुले आफूलाई हेरेर समय बिताए, आफूलाई भित्रैदेखि चिन्ने प्रयासमा समय बिताए । आफूलाई भित्रैबाट चिन्न त्यति सजिलो छैन । यो आत्मबोधको विषय हो । आखिर जीवनमा आफूलाई चिने पुग्ने रहेछ ।

    जुन मान्छेले आफूलाई चिन्न सक्छ उसले अरुलाई पनि सजिलै चिन्नसक्ने रहेछ । महाभारतको एक प्रसंगमा युधिष्ठिरले सोधेका छन्, ‘ब्रम्ह भनेको के हो पितामह ?’ भिष्मले जवाफ दिए, ‘हेर युधिष्ठिर यो ब्रम्ह भन्ने जानेर सकिने विषय होइन, आफूलाई चिन, मानिसलाई चिन, त्यति भएपछि तिमी असल राजा बन्न सक्छौ ।’

    वास्तवमा मानिसले आफूलाई नचिनेर रिस, राग, घमण्ड गर्छन् । व्यक्तिको समय अडिट गरिरहँदा सामाजिक सन्जालमा धेरै समय खर्च भइरहेछ । के त्यो समय साँच्चिकै सदुपयोग भएको हो त ? कतै सामाजिक सन्जालको लतले व्यक्तिको मस्तिष्कमा नकारात्मक असर पारेको त छैन ? यी त प्रतिकृया जनाउने वा तनाव थप गर्ने स्थान हुन् । त्यसैले मानिसहरु अछुतो बस्न थालिकसकेका छन् ।

    समय सामाजिक सन्जालमा बिताउने भन्नेमा फरक–फरक धारणा हुनसक्छन् । आखिर अहिलेको समयमा यसबाट पूरै अलग बस्न त नसकिएला तर यसमा प्रयोग भएको समयमध्ये अधिक समय अस्वभाविक वा अनावश्यक चाहिँ छ नै । यसबाट पनि समय बचत गरी अन्य उपयोगी काममा लगाउन सके राम्रै हुन्थ्यो । केही नभए आफैंलाई चिन्ने प्रयास गर्दा व्यक्तिलाई लाभ हुनथ्यो ।

    व्यक्तिमा नकारात्मक सोच जन्मजात आउने होइन । जन्मदा बच्चा निर्दोष, नकारात्मक सोच नभएको र संसारप्रति इन्डिफरेन्ट हुन्छ । घर परिवार, साथीभाइ, वातावरणबाट आर्जित विद्या, सोच, धनमध्ये नकारात्मक सोच पनि एउटा हो । यो सोच त बादलले सूर्यलाई ढाकेजस्तै हो । सूर्य देखिनका लागि बादल हट्नु पर्छ वा बादललाई हटाएपछि सूर्य देखिन्छ । व्यक्तिमा रहेको नकारात्मक सोच हटाएपछि पूर्णमानव बन्न सक्छ, पुन जन्मजात शिशु जस्तो । जय सेट्ठीले ऐनामा लागेको धुलो पुछ, अनिमात्र अनुहार देखिन्छ भन्छन् ।

    रोबर्ट इ क्यूइन (२००२)ले चेन्ज द वर्ल्ड भन्ने पुस्तकमा व्यक्ति रुपान्तरणका लागि उसँग टाँसिएको वा उभित्र रहेको स्क्रिप्ट र कल्चरको कभर बाहिर आउन सक्नुपर्छ । जसरी जमिनमा रहेको बिउ कभर तोडेर बाहिर आउँछ, यस्तै प्रकृया व्यक्तिको हकमा पनि लागू हुन्छ ।

    उनका अनुसार त व्यक्ति यी दुईबाट बाहिर ननिस्की आफूमा परिवर्तन ल्याउन सम्भव छैन । आखिर जे जे भनेपनि आधारभूत ज्ञान भनेको व्यक्तिले पहिला आफूलाई चिन्नु रहेछ, आफ्ना कमजोरी पहिचान गर्नु रहेछ । अनि आफूमा सुधार ल्याउनु रहेछ ।

    जब व्यक्ति कम बोल्न थाल्छ, उसले अरुलाई सुन्न पाउँछ । हामीले बोल्दा वा कुरा गर्दा अरुको बारेमा टिकाटिप्पणी गरिने हुनाले यसबाट व्यवहारिक रुपमा पनि लाभ हुन्छ । भनिन्छ- ज्ञानी दर्शन वा विचारका बारेमा मात्र बोल्छ, मध्यमस्तरको मानिस घटनाको बारेमा बोल्छ र निम्नस्तरको व्यक्ति अरु व्यक्तिका बारेमा कुरा गर्छ । हामीले दैनिक रुपमा जे जति सुन्छौ, अरुलाइ सुनाउँछौ, यीमध्ये धेरै कार्यहरु माथि दिइएकामध्ये तेस्रो समूहमा पर्छन् होला । यसबारेमा अरुलाई बताउनै पर्दैन, एकपटक आफूले आफूलाई हेरेमात्र पुग्छ । त्यसैले त भन्ने गरिन्छ- बोलेका विषयवस्तु र प्रस्तुतिले व्यक्तिको हैसियत निर्धारण गर्छ ।

    दर्शन वा विचारका बारेमा बोल्नेले थोरै मात्र बोल्छ, आफूलाई नियाल्छ, आत्मबोध वा आत्मस्वीकार गर्नेतर्फ लाग्छ । जव व्यक्ति घटना पनि छाडेर स्वयं अरु व्यक्तिका बारेमा वोल्न थाल्छ, उसले सवै बिर्सेर निरन्तर वोलिरहन्छ । श्रीकृष्णले गीतामा पनि सत्य बोल्नपर्ने, लाभदायक बोल्नपर्ने, हरुलाई चोट पुग्नेगरी बोल्न नहुने कुरा बताउनु भएको छ ।

    जयसेट्ठीले भिक्षु बन्ने क्रममा कैयौँपटक नबोलेर बिताएको प्रसंग पुस्तकमा उल्लेख गरेका छन् जुन शुरुवाती दिनमा साह्रै कठिन हुन्छ । अहिले पनि आश्रममा यस्तो अभ्यास भइआएको छ । सत्य पनि बोल्नुपर्ने, लाभदायक पनि बोल्नुपर्ने एवम् अरुलाई चोट पुर्याउन पनि नहुने काम गर्नु आफैमा अत्यन्त चुनौतीपूर्ण छ ।

    हाम्रा हरेक संवाद आफू अब्बल र उच्च भन्ने ढंगबाट सम्प्रेषित भएका हुन्छन् । यस्ता संवादबाट ‘म’ भन्ने पात्र झिक्ने हो भने आफूले मात्र काम गरेको भन्ने भनाइ कम हुनपुग्छ । अरुले पनि काम गरेका छन् भन्न सक्नुपर्छ । अरुलाइ माथि राख्न सक्नुपर्छ । आफ्नै बारेमा त थाहा नहुनेलाई अरुका बारेमा के कति थाहा हुन्छ होला र ? जयका अनुसार हामीमध्ये धेरैले अरुलाई उच्च देखाएर कुरा गर्ने अभ्यासै गेरेका छैनौँ । यसलाई अभ्यास गरेर हेर्दा व्यक्तिलाई लाभै पुग्छ । यसबाट नै आत्मबोध हुन्छ । अनिमात्र स्वयम्ले अनुभव गर्न सकिन्छ, परिवर्तन गर्नुपर्ने के रहेछ भनेर ।

    समाज र सार्वजनिक प्रशासनमा ठूलो अर्थात् माथिल्लो तहमा रहेका व्यक्तिले बोल्ने र बाँकी अरुले सुन्नुलाई साधारण मानिन्छ । यस्ता संवादमा आफूले गरेको कामका बारेमा बखान गर्ने गरिन्छ । तलका तहमा रहेकाहरुको कुरा सायदै सुन्ने गरिन्छ । भन्ने गरिन्छ, ठूलाका अगाडि बोल्नु हुँदैन । को ठूलो भन्ने प्रश्नलाई नजिकबाट हेर्ने हो भने सबै समस्या समाधान हुने रहेछ । यहाँ त म ठूलो भन्ने भ्रमले नै सबै बिगारेको छ ।

    हरेक बैठकमा समय पुगेन भन्ने मात्र गरिन्छ । सहभागीले बोल्नमा के कति समय खर्च गरेका छन् भन्ने बारेमा सायदै खोजी गरिन्छ । समय त संसारका हरेकका लागि उस्तै नै हो । सबैजना समयअनुसार चल्ने नै हो, न कि व्यक्तिअनुसार समय चल्ने गर्छ । समय न त तन्काउन सकिन्छ न बढाउन । हरेकले आफू कम बोल्ने र अरुका कुरा सुन्ने संस्कार बसाल्ने हो भने समय कम भन्ने प्रश्न नै उठदैन । वातावरण नै बदलिन्छ । हरेकले एकपटक अभ्यास गर्न सके बाँकी सबैलाई फाइदा नै हुन्थ्यो ।

    व्यक्ति के कति मात्रामा बोल्नुपर्छ भन्ने बारेमा पूर्वीय दर्शनमा धेरै दृष्टान्तहरु छन् । विदुर नीतिमा सभामा बस्दा नमागेको सल्लाह दिन नहुने, बोल्दा सत्य तर अरुलाई चोट नपुग्ने गरी बोल्नुपर्ने भनिएको छ । बुद्ध दर्शनमा पनि सत्य बोल्नुलाई मूलमर्म मानिएको छ । व्यक्तिले उपयुक्त समयमा मात्र बोल्नुपर्छ भनिएको छ । बिस्तारै बोल्ने, सत्य बोल्ने, नम्र भइ बोल्ने तथा सकारात्मक सोचबाट बोल्नुपर्छ भनिएको छ ।

    बोल्नुको अर्थ चाहेको कुरा ओकल्नु मात्र होइन, बेला न कुबेला बोल्नु पनि होइन, नमागेको सल्लाह दिनु पनि होइन । बोलाइ ध्वनी हाो यसमा मिठास पनि छ र कर्कशपना पनि छ । ठीक तरिकाले बोलाइ पुगेन भने नमीठो हुने मात्र होइन कि, ध्वनी प्रदूषण पनि हुन्छ । जसले व्यक्ति स्वयम्प्रति नकारात्मक भाव उत्पन्न गराउँछ ।

    (लेखक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हुन् ।)

  • चुरे विनाश : संकटमा तराई/मधेसको ‘लाइफ लाइन’

    चुरे विनाश : संकटमा तराई/मधेसको ‘लाइफ लाइन’

    चुरे भावर क्षेत्र संरक्षणको सवाल उठ्न थालेको धेरै भयो । तर अझैसम्म संरक्षणका दिशामा सरकारलगायतका सरोकारवालाहरू गम्भीर बनेका छैनन्, उल्टै चु्रे दोहनका लागि नीतिगत योजना बनाइन्छ ।

    यसवर्ष पनि सरकारले बजेटमार्फत् चुरे संरक्षण होइन, दोहन हुने कार्यक्रम अघि सारेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यको बुँदा १९९ मा उल्लेख छ- ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दूसम्म रोप-वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महशुलमा छूट दिने व्यवस्था मिलाइएको छ ।’

    यसरी सरकारले बडो चलाखीपूर्वक चुरेको नाम नलिई चुरे-उत्खनन्को अवैध कार्यलाई वैध बनाउने प्रयास गरेको छ ।

    प्रत्यक्षतः देशको नाम नलिइएको यस बुँदामा व्यापार घाटा न्यूनीकरणको कुरा उल्लेख छ । सरकारले कुन देशसँगको व्यापार घाटातर्फ संकेत गर्न खोजेको हो, स्पष्ट नै छ । यस्तोमा प्रश्न उठ्छ, तराई/मधेसका जनताको जीवनलाई संकटमा पारेर भारतसँगको व्यापार घाटा कम गर्नका लागि यो नै सर्वाधिक उपयुक्त विकल्प हो त ?

    उत्पादन र व्यापार विविधीकरणका अन्य क्षेत्रमा ध्यान नदिएर सरकार विगतदेखि संरक्षणको माग भइरहेको चुरेको दोहन र विनासका लागि औपचारिक योजना निर्माण गर्दछ भने त्यसलाई दूर्भाग्यपूर्ण नै मान्नुपर्छ ।

    दुवैतिरका सरकारलगायतका सरोकारवालाले बुझ्न नसकेको एउटा कुरा के हो भने, आज दोहन गर्न खोजिएका चुरेको विनासको प्रभाव नेपालसम्ममात्र सीमित रहेने छैन, बरु कालान्तरमा यसको प्रभाव नेपालको दक्षिण र भारत (विहार तथा उत्तरप्रदेश)को उत्तरी भागको बीचमा अवस्थित सम्पूर्ण समथर भूभागमा पर्नेछ । यो कुरा दुवै देशका सरकारले किन बुझ्न चाहेका छैनन ? प्रश्न गम्भीर छ । चुरे विनासको कार्यविन्दु नेपाल भएका हुनाले यहाँको सरकारबाट बढी गम्भीरताको अपेक्षा गरिनु अनुचित हुँदैन ।

    नेपालको भौगोलिक विश्लेषण गर्ने हो भने यहाँ चुरे, महाभारत र हिमालय गरी तीनथरि पर्वत श्रृंखलाको उपस्थिति पाउन सकिन्छ । तराई र मध्य पहाड छुट्याउने चुरे तराई-मधेसको जीवन रेखा (लाइफ लाइन) हो । यसले यस क्षेत्रका जनताबीच जीवन सञ्चार गरिरहेको छ । तर यसको महत्व जीवनदायिनी हुँदाहुँदै पनि केन्द्रीय र क्षेत्रीय राजनीतिको बहस तथा आर्थिक लोभको प्रवृत्तिले चुरे संरक्षणको विषयलाई गौण बनाइनु बिडम्वनापूर्ण छ ।

    तराई/मधेसका अधिकांश जनताको खानेपानीको मुख्य स्रोत जमिनमुनिको पानी हो । यस्तो पानी चापाकल र बोरिङ्गका माध्यमले जमिनमाथि तानिन्छ र जनताले आफ्ना आवश्यकता पूरा गर्छन् । करिब २०/२५ वर्ष पहिले, जनकपुरको जानकी मन्दिर आसपास ३०/४० फिट मुनिबाटै प्राप्त गर्न सकिन्थ्यो तर अहिले जमिनमुनि चार/पाँच सय फिट पाइप पसाउँदा पनि पानी प्राप्त गर्न कठिन हुन्छ । यो अवस्था जनकपुरको मात्रै होइन, आसपासका सबै जिल्ला र समग्रमा मधेस भनेर चिनिने सम्पूर्ण समथर भूमिमा विद्यमान छ ।

    यस क्षेत्रका अधिकांश बस्ती काकाकूल बन्ने अवस्थामा छन् । यसको अर्थ हो, जमिनमुनिको पानीको स्रोत कम हुँदैछ । खानेपानीको यो विषम उपलब्धताका कारण स्थानीय जनजीवन कष्टकर बनिरहेको छ । विज्ञहरूका अनुसार यस क्षेत्रमा पानीको यस्तो संकट उत्पन्न हुनुको कारण हो, चुरे पर्वत शृंखलाको विनाश । पानीको स्रोतको व्यवस्थापन हुन नसक्दा अहिले जनसामान्य समस्या भोगिरहेका छन्, यो भोगाइको अन्त्य हुने सम्भावना निकट भविष्यमा देखिँदैन । बरु चुरे संरक्षणप्रतिको उदासीनताका कारण भविष्य अझै विकराल बन्ने निश्चित छ । तर दु:खद छ, सम्बन्धित निकाय र राजनीतिक दलहरूको ध्यान यसतर्फ समुचितरूपमा आकर्षित हुन सकेको छैन बरु सरकारको नेतृत्वमा यसको दोहनको औपचारिक योजना निर्माण गर्न खोजिन्छ ।

    नेपालको भौगोलिक विश्लेषण गर्ने हो भने यहाँ चुरे, महाभारत र हिमालय गरी तीनथरि पर्वत श्रृंखलाको उपस्थिति पाउन सकिन्छ । तराई र मध्य पहाड छुट्याउने चुरे तराई-मधेसको जीवन रेखा (लाइफ लाइन) हो । यसले यस क्षेत्रका जनताबीच जीवन सञ्चार गरिरहेको छ । तर यसको महत्व जीवनदायिनी हुँदाहुँदै पनि केन्द्रीय र क्षेत्रीय राजनीतिको बहस तथा आर्थिक लोभको प्रवृत्तिले चुरे संरक्षणको विषयलाई गौण बनाइनु बिडम्वनापूर्ण छ ।

    चुरेको प्राकृतिक सम्पदा र पारिस्थितिकीय प्रणालीको संरक्षण गर्दै दीगो विकास र वातावरणबीच सन्तुलन कायम राख्नु जरुरी छ । तर पछिल्लो दिनमा चुरेलाई पहाड र मधेसको सीमाका रूपमा मात्रै परिभाषित गर्ने जुन प्रयत्न भइरहेको छ/भएको छ, त्यो घातक छ । मधेस र पहाडका राजनीतिकर्मीबीचको गोलचक्करमा फस्न बाध्य चुरेलाई कसैले पनि आफ्नो प्राथमिकतामा राखेको पाइँदैन ।

    पछिल्ला वर्षहरूमा चुरेसम्बन्धमा देशव्यापीरूपमा विभिन्न स्तरमा विविध बहस सञ्चालित भए तर उपलब्धी भने खासै केही प्राप्त हुन सकेन । राष्ट्रपतिको नाम जोडेर सरकारले स्थापना गरेको चुरे संरक्षणसम्बन्धी समितिले प्रारम्भका दिनमा आशलाग्दो काम गरेको देखिए पनि पछिल्ला दिनमा भने यो समितिले सन्तोषजनक काम त गर्न सकेन नै, समिति स्वयं विवादास्पद बन्यो । चुरे संरक्षणका दृष्टिले यो घातक अवस्था हो । चुरे संरक्षणको विषयलाई सरकारले त ‘खास एजेण्डा’ मानेन नै राजनीतिकर्मीले पनि चुरेलाई प्राथमिकतामा राखेनन् । यो दु:खद छ ।

    मधेसका राजनीतिकर्मीले चुरेलाई पहाड मानेर यसको दक्षिणमा मात्र आफूहरूलाई केन्द्रित गर्ने प्रयत्न गरेका छन् भने पहाडको नाममा राजनीति गर्नेले तल्लो तटीय क्षेत्रका रूपमा स्थापित गर्दै यो भूमीलाई पहाडी भूमीको विविधखाले विसर्जन केन्द्रका रूपमा विकसित गर्न चाहन्छन् । यही कारण हो, पछिल्लो दिनमा सम्पूर्णरूपमा दोहनको शिकार बनेको चुरेको संरक्षणतर्फ कसैको ध्यान पुगेको छैन । यहाँसम्म कि विगतका सरकारहरू पनि यसतर्फ उदासीन नै रहे । विगतमा सरकारले राष्ट्रपतिको नाम जोडेर ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ त ल्यायो तर कामको गति भने सुस्त रह्यो ।

    सरकारी अध्ययनअनुसार इलामदेखि कञ्चनपुरसम्म ३६ जिल्लामा फैलिएको चुरे क्षेत्रले नेपालको कूल भूभागको १२ दशमलव ७८ प्रतिशत हिस्सा ओगटेको छ । यो त यसको भौगोलिक विशालताको दृष्टान्तमात्र हो, यसका अतिरिक्त यसको सामाजिक-सांस्कृतिक, प्राकृतिक, वातावरणीय र पारिस्थतिकीय महत्व झन विशाल छ ।

    अहिले चुरे तीनथरि समस्यासँग एकैपटक पौंठाजोरी खेलिरहेको छ । पहिलो, वन जंगल, जडिबुटी, ढुंगा गिट्टीलगायतका प्राकृतिक स्रोतको दोहन । दोस्रो, अधिग्रहण र अतिक्रमण, डढेलो, चरिचरन तथा बस्ती विकास । तेस्रो, नदी प्रणलीमा ह्रास र विशृखंलता । झट्ट हेर्दा यी तीनै पक्ष सामान्य देखिन सक्छन् तर खासमा यी पक्ष मानव जीवन र सभ्यताको निरन्तरताका दृष्टिले अत्यन्त महत्वपूर्ण छन् ।

    चुरे संरक्षणको सम्बन्ध मरुभूमीकरणसँग पनि छ । यस क्षेत्रको संरक्षण नगर्ने हो भने योसँग जोडिएको दक्षिणको तराई-मधेस मरुभूमिमा परिवर्तित हुने पक्का छ । चुरेसम्बन्धी अध्ययन गरेका अनुसन्धानकर्ताहरूका अनुसार एकातिर चुरे निःसृत खोलाहरूको बहाव परिवर्तनका कारण वर्सेनि भूमी कटान भइरहेको छ भने अर्कोतिर त्यही कारणले तराई-मधेसको जग्गा मरुभूमिकरणोन्मुख छ । यो क्रम यसरी नै निरन्तर कायम रहने हो भने आगामी दुई/तीन दशकमा तराई-मधेसको खेतीयोग्य जग्गाको परिमाण आधामा सीमित हुनसक्ने अर्को अनुसन्धानले देखाएको छ । मरुभूमिकरण निर्माणको यो प्रक्रिया नेपालमा मात्र सीमित नरही सीमावर्ती भारतीय क्षेत्रमा पनि विस्तारित हुने पक्का छ ।

    पछिल्ला वर्षहरूमा चुरेसम्बन्धमा देशव्यापीरूपमा विभिन्न स्तरमा विविध बहस सञ्चालित भए तर उपलब्धी भने खासै केही प्राप्त हुन सकेन । राष्ट्रपतिको नाम जोडेर सरकारले स्थापना गरेको चुरे संरक्षणसम्बन्धी समितिले प्रारम्भका दिनमा आशलाग्दो काम गरेको देखिए पनि पछिल्ला दिनमा भने यो समितिले सन्तोषजनक काम त गर्न सकेन नै, समिति स्वयं विवादास्पद बन्यो । चुरे संरक्षणका दृष्टिले यो घातक अवस्था हो । चुरे संरक्षणको विषयलाई सरकारले त ‘खास एजेण्डा’ मानेन नै राजनीतिकर्मीले पनि चुरेलाई प्राथमिकतामा राखेनन् । यो दु:खद छ ।

    अहिलेको सत्य सबैका सामु छर्लङ्ग छ, सबैतिरको उपेक्षाका कारण चुरेको सुन्दर अनुहार कुरूप बन्दैछ । यसको प्रभाव सम्पूर्ण देशमाथि नै पर्ने सत्यलाई स्वीकार्नैपर्छ । संघीयताको कुरा गरिरहँदा चुरेको रणनीतिक महत्वलाई राजनीति गर्नेहरूले महत्व दिएको पाइँदैन । आज चुरे संरक्षणको आवश्यकता सबैभन्दा बढी तराई-मधेसका लागि छ । तर, दूर्भाग्य, यिनैका बीच यो क्षेत्र सबैभन्दा बढी उपेक्षित छ । यसलाई तराई-मधेसको भूमी नमानेर पहाडका रूपमा परिभाषित गर्ने सोच आग्रही छ ।

    तराई-मधेसको सीमाबाट चुरेलाई अलग गर्दा यस क्षेत्रमा प्राकृतिक, वातावरणीय, आर्थिकलगायतका समस्या उत्पन्न हुने त छँदैछ, यससँगै यहाँको समाजिक र सांस्कृतिक सन्तुलन पनि भताभुंग हुने खतरा छ । यस्तै भविष्यमा यस क्षेत्रले जल-संकट पनि वेहोर्न बाध्य हुनुपर्ने निश्चित छ ।

    यतिमात्र होइन, भविष्यमा उत्तरतर्फको विविध प्रदुषण विसर्जनको अर्को भयावह समस्या पनि तराई-मधेसले भोग्न बाध्य हुनुपर्नेछ । यो समस्या भोलिका दिनमा आपसी द्वन्द्वको एक प्रमुख कारण बन्न सक्छ । यसैगरी चुरेबाट निःसृत हुने नदी नालाको पानी र त्यसको व्यवस्थापनको समस्या पनि बिकराल बन्न सक्छ । जलविद्युत् र सिंचाईलगायतका जलस्रोतको उपयोग र व्यवस्थापनसँग जोडिएका समस्याप्रति आँखा चिम्लिन मिल्दैन । हो, बहावका आधारमा मधेसले खोलानालाको उपयोगको कुरा भोलिका दिनमा उठाउला, समस्या पनि केही हदसम्म सम्बोधन होला तर उत्पतिको सिद्धान्तका आधारमा प्राप्त हुने लाभको अवस्थाबाट मधेस बन्चित हुने अवस्था र यस आधारमा भविष्यमा मधेसलाई पुग्ने क्षतिका सम्बन्धमा प्रतिक्रियाहीन भएर बस्न सकिँदैन । यो कुरा चुरेनिहीत अन्य प्राकृतिक र खनिज स्रोतको उपयोग र व्यवस्थापनका सम्बन्धमा पनि लागू हुन्छ ।

    यस आधारमा चुरे क्षेत्रलाई तराई-मधेस संघीयता (प्रदेश) भित्र व्यवस्थित गर्नु उपयुक्त हुन्छ । सबैभन्दा ठूलो कुरा, मधेसको जीवन रेखा अर्थात चुरे संरक्षित भए यहाँको जीवन सभ्यता जोगिन सक्छ । यस सन्दर्भमा सरकार, राजनीतिक दल र राजनीतिकर्मी तथा अन्य सरोकारवाला गम्भीर हुनु जरुरी छ ।

    नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले आफू पदमै रहँदा चुरे संरक्षणसम्बन्धी अभियानमा रुचि राखेको स्मरणीय छ । डा. यादव अहिले पदमा नरहँदा पनि चुरेबारे उत्तिकै गम्भीर देखिएका छन् । जनस्तरमा चुरेको संरक्षणसम्बन्धमा छलफल चलाइ संरक्षणको कार्यमा स्थानीय जनता नै सक्रिय रहनुपर्ने अभियान सञ्चालनमा डा. यादवको चासोले सबैलाई झक्झक्याउने काम गरेको छ भन्दा अस्वाभाविक नठहर्ला ।

    उनको यो कार्य सबैका लागि अनुकरणीय त छँदैछ सरोकारवाला सबैका लागि जिम्मेबार बन्न अभिप्रेरणामूलक पनि छ । यसपटक पनि सरकारको रवैयाप्रति खरो टिप्पणी गरेर डा यादवले सरोकारवालालाई एकपटक पुनः जिम्मेवारीबोध गराउने प्रयास गरेका छन् ।

  • यी तथ्यमा टेकौं अनि सरकार र राष्ट्रपतिलाई धारे हात लाऊँ

    यी तथ्यमा टेकौं अनि सरकार र राष्ट्रपतिलाई धारे हात लाऊँ

    जुन बेला यूरोपमा स्टिम ईन्जिनको आविष्कार भयो त्यो समय नेपाल एकीकरणको थालनीभन्दा झन्डै ३ दशक अगावैको मल्लकालीन युग थियो अर्थात शाहवंशको शुरूआत सन् १७६९ मा भएको थियो भने स्टिम ईन्जिनको आविष्कार सन् १७३६ मा भएको थियो । यस ऐतिहासिक आविष्कारपछि त्यसैको जगमा ब्रिटिशमा सन १७६० देखि औधोगिक क्रान्तिको शुरूआत भो जुन सन १८४० सम्म सिंगो यूरोप र अन्य देशहरूसम्म विस्तार हुँदै गयो ।

    विश्वमा औधोगिकीकरण तीव्र गतिमा फैलिरहँदा हाम्रो देश घरेलु हतियार र खुकुरी तरबारको भरमा एकीकरणको अभियानमा अघि बढ्दै थियो । पृथ्वीनारायण शाहको अगुवाइमा शुरू भएको उक्त अभियानलाई उनका उत्तराधिकारीहरूले थप निरन्तरता दिए । जसलाई शाहवंशीय इतिहासको सर्वाधिक महत्वपूर्ण उपलब्धीका रूपमा हामीले स्वीकारेका छौं । सन् १८४० सम्म आइपुग्दा पृथ्वीनारायण शाहका चार उत्तराधिकारीहरूले राजगद्दी सम्हाले । त्यो बेला विश्वमा आधुनिक उघोगधन्दाहरू फस्टाइसकेका थिए र तिनका उत्पादनहरू तीव्र गतिमा विश्वबजारतर्फ प्रवेश गर्दै थिए ।

    त्यसबखत हाम्रो व्यापार नगदभन्दा जिन्सीमा आधारित थियो, उधोगधन्दा , पूर्वाधार विकास , शिक्षा, स्वास्थ्यलगात क्षेत्रहरूको अवस्था हामी आफैं कल्पना गर्न सक्छौं । ठीक त्यही समय हाम्रो देशमा राजगद्दी हत्याउने लगायतका अन्य धेरै अभिष्ठ प्राप्तीका लागि जायज नाजायज दाउपेच र षड्यन्त्रहरू त सामान्य नै हुन्थे आफ्नै परिवारका सदस्यको हत्या हुन्थ्यो, शाहवंशका अधिकांश शासकहरू आफ्नो कालगतिमा मर्न पनि पायनन् । सीधै हत्याहिंसा र दाउपेचकै बलमा कुर्सी हडप्ने श्रृंखला चलिरहन्थे ।

    प्रसंग जोड्नुको कारण, आज हामीमाझ एउटा यस्तो जमात छ जो विदेशमा छ या गएर फर्केको छ, या उसका आफन्त विदेशमा छन् या युट्युब/ इन्टरनेटमा विदेशका दृष्यहरू नियाल्छन् । उनीहरू नेपाललाई यूरोप अमेरिका र अन्य देशसँग तुलना गर्छन् अनि दोष दिन्छन् केवल अहिलेका शासकलाई ।

    महेन्द्र शासनकालमा जे जति काम भए त्यो राम्रो हो तर जसरी आज स्वदेश र विदेशको तुलना गर्दैछौं ती कामहरू अढाई सय वर्ष अगाडि सम्पन्न हुनुपर्ने काम हुन् ।

    राजनीतिक परिवर्तन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि जुन रूपमा हाम्रा नेताहरूले आफ्नो कुशलता देखाए राज्यसंचालन र आर्थिक विकासका एजेण्डाहरूमा त्यसअनुरूपको दक्षता महसुस गराउन नसकेको चाहि स्वीकार्नुपर्छ । अधिकांश नेताहरूले जनताले महसुस हुने गरी डेलिभरी दिने क्षमता देखाउन सकेनन् यो पनि साँचो हो । वि.सं २०४६ पछाडिको नेपाल र त्यसअघिको नेपाल एउटै हो तर गुणात्मक उन्नति प्रगति, जनअधिकारहरू स्थापित भएको कालखण्ड यही हैन र ?

    जुनबेला विश्वका देशहरू आर्थिक उन्नति गर्दै आफ्नो देशमात्र हैन विश्वभर त्यस्को सन्देश र प्रतिफल फैलाउँदै थिए त्यसबेला हाम्रा शासकहरू हुक्के चिलिमेहरूलाई बक्सिस बाँड्दै थिए र आफ्ना अनैतिक र अनुचित ईच्छा आकंक्षाहरू पूर्ति गर्दिएवापत बक्सिसस्वरूप आजको मूल्यमा खर्बौंले नभेट्ने राज्यका जग्गाजमिनहरू बक्सिस वितरण गर्दै हुन्थे । त्यो बेलाको राज्यको लाखौं रकम आफ्नो विलासिता मोजमस्तीमा खर्च गर्दै युरोपियनहरूको पाउ मोल्दै आफ्नै निजी सोख पूरा गर्नै उद्दत थिए ।

    शासन जनताका लागि थिएन, सडक बनिहाले पनि जनताका लागि बनेका थियनन, एउटा-एउटा स्कूल निर्माण हुन्थ्यो त्यो पनि जनताक लागि हैन । बालमन्दिर बनाउनु राम्रो काम थियो तर तत्कालीन उद्देश्य के थियो ? शिक्षा आर्जन गर्न चाहनु अपराध ठहरिन्थ्यो, फाँसीमा लट्किनु पर्थ्यो । गंगालाल दशरथ चन्दलगायतले त्यसै झुण्डिनु परेको थिएन ।

    जुन बेला विश्वले अन्तरिक्ष यान पठाउन शुरू गर्दै थियो हाम्रा शासकहरू जनावरका खुर र मन्दिरका गजुरहरू विदेश निर्यात गर्न व्यस्त थिए । विश्वमा जनताको सर्वोच्चताको माहोल निर्माण हुँदै थियो नेपाल १०४ वर्षीय राणाकालीन अन्धकार युगभित्र हराइरहेको थियो । २००७ सालमा प्रजातन्त्रको उदय त भयो तर यसको पनि कलिलैमा हत्या भयो । मुलुक फेरि अर्को ३० वर्षीय निरंकुश पन्चायती शासनको कालो बादलभित्र धकेलियो ।

    एकथरी व्यक्तिहरू जो माथिका पुराना परिदृष्यको जानकारी राख्दैनन् र नकरात्मक ओरियन्टेसनबाट प्रभावित हुन्छन र अर्को हिजोका शासकका हुक्के चिलिमे र तिनका अवशेष के विश्वास र हल्ला गर्छन् भने अहिले मुलुकमा जे जति विकासका संरचना छन् त्यो हिजो राजाकै कालमा भएको हो अहिलेका राजनीतिक दलले केही गरेनन् भन्ने ।

    हो तुलनात्मक हिसाबमा राजा महेन्द्रले केही कदम अघि सरेर सुधारका कार्यक्रम ल्यायकै हुन् । भोकमरीले ग्रसित बस्तीमा जस्तोसुकै खाद्यान्न पनि मुल्यवान सावित हुन्छ भने झैं केही नहुँदा थालनी भएका सुधारहरूको पनि महत्व त्यस्तै हुन्छ । महेन्द्र शासनकालमा जे जति काम भए त्यो राम्रो हो तर जसरी आज स्वदेश र विदेशको तुलना गर्दैछौं ती कामहरू अढाई सय वर्ष अगाडि सम्पन्न हुनुपर्ने काम हुन् ।

    अहिले सडक सन्जालको क्षेत्रमा एसियाकै एक नमूना रूपमा हामी अघि बढ्दैछौं । एकै दिन सयौं किलोमिटर सडक निर्माण हुँदैछन, सयौं सडक, अस्पातलहरू शिलान्यास हुने चरणमा प्रवेश गरेका छौं, अब एक/दुई लेन होइन चारदेखि छ लेनको युग शुरू भयो, मुलुक सुरूङ युगमा प्रवेश गर्दैछ ।

    आज हामी अढाई शताब्दीको विकासको ग्याप हटाउँदै केही वर्षको मात्र ग्यापमा झरेका छौं र यसको शुरूआत जनताको हातमा शासन आएपछि नै भयो । ३० वर्षीय पञ्चायतीकालमा जे जति पूर्वधार क्षेत्रका काम भए अन्त पुग्नु पर्दैन केपी शर्मा ओलीको नेतृत्वकालमै त्यो भन्दा बढी काम पूर्वधार क्षेत्रको विकासमा अघि बढ्दैछन । शिक्षा ,स्वास्थ्यलगायत अन्य क्षेत्रमा पनि सोही अनुरुपका सुधार यही कार्यकालमा देखिँदैछन् ।

    महेन्द्रकालीन मुख्य कामहरूको उल्लेख गर्नु पर्दा केही मुख्य राजमार्ग, चीन तथा शोभियत संघद्वारा निर्मित डेढ दर्जन ठूला उद्योग (जुन नेपाली कांग्रेसको निजीकरण नीतिको नाममा बेचियो) केही ठूला अस्पातल र शिक्षण संस्थाहरूलाई चित्रण गरिन्छ, केही नहुँदा निर्माण भएकोले त्यसको महत्व बढ्यो तर यतिका युग गुज्रिसक्दा केही पनि नहुने अवस्था पनि त्यही व्यवस्थाले नै बनाएको थियो जसलाई महेन्द्रले केही मात्रामा चिरेर देखाए ।

    अहिले सडक सन्जालको क्षेत्रमा एसियाकै एक नमूना रूपमा हामी अघि बढ्दैछौं । एकै दिन सयौं किलोमिटर सडक निर्माण हुँदैछन, सयौं सडक, अस्पातलहरू शिलान्यास हुने चरणमा प्रवेश गरेका छौं, अब एक/दुई लेन होइन चारदेखि छ लेनको युग शुरू भयो, मुलुक सुरूङ युगमा प्रवेश गर्दैछ । सिंचाइका ठूला-ठूला परियोजनाहरू, स्मार्ट सिटीका प्रोजेक्टहरू, फलामदेखि सुन ,पेट्रोलदेखि युरेनियमका खानीहरू, जल पारवहन, चीनसँगको आठवटा नाकाहरू संचालन, अन्तर्राष्ट्रिय विमानस्थलहरू , सामाजिक सुरक्षा कार्यक्रम लगायतका कैयौ योजनाहरू तीव्र रूपमा अघि बढ्दैछन् जुन क्रमिक नभै तीव्र विकास क्रमको रूपमा देखिँदैछन् ।

    यी धेरै परियोजना आम अपेक्षाभन्दा पनि माथिका थिए त्यसैले यो युगलाई हामी तीव्र विकासको युग भन्दैछौं । र, यो देश विकासको अहिलेको स्वर्णकाल पनि यही व्यवस्थाको उपज हो ।

    (पौडेल राष्ट्रिय युवा संघ नेपालका सह-अध्यक्ष हुन्)
  • ओलीको ‘प्रतिशोधपूर्ण’ राजनीति

    ओलीको ‘प्रतिशोधपूर्ण’ राजनीति

    नेपालको पछिल्लो राजनीतिक गतिविधिको सूक्ष्म विश्लेषण गर्ने हो भने प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिशोधको राजनीति गरिरहेका छन् भन्न सकिन्छ । यसो भन्न सकिने पर्याप्त आधार छन् पनि । उनको प्रतिशोध वैचारिकरूपमा फरक प्रतिपक्षीभन्दा आफ्नैजस्तो विचारवाहक ‘सगोत्री’अर्थात् कम्युनिष्ट विचारधाराका दल र व्यक्तिहरूसँग हो भनेर भनियो भने फरक पर्दैन । तर, दुखका साथ भन्नुपर्छ उनको प्रतिशोधपूर्ण राजनीतिक व्यवहारको प्रभाव उनका खास ‘लक्ष्य’सम्ममात्र सीमित नरही सम्पूर्ण देश र जनतामाथि पर्ने निश्चित छ ।

    केपी शर्मा ओलीले प्रारम्भमा महादेव शैलीमा बडो मनोयोगका साथ सबै विषादहरू पान गरेर भए पनि वृहद वामपन्थी एकीकरणका लागि आफूलाई प्रस्तुत गरे । माओवादीजस्तो ३६ (छत्तीस) को व्यवहार गर्ने पार्टीलाई पनि नेकपा एमालेमा जोड्ने प्रयत्न गरे । यसैक्रममा अरु वामपन्थी दललाई पनि एमालेमा समाहित गर्ने प्रयत्न गरे । उद्देश्य एउटै थियो, आफ्नो नेतृत्वमा नेपालमा सिंगो एकीकृत कम्युनिष्ट पार्टी बनाउने र नेपालमा सदाकालसम्म निष्कंटकरूपमा शासन गर्ने । शायद उद्देश्य अर्को पनि थियो, यसै एकीरकणमार्फत विश्व कम्युनिष्ट आन्दोलनलाई प्रभावित गर्ने । विश्वमा सबैतिर कम्युनिष्ट आन्दोलन असफल भइरहेको समयमा नेपालमा कम्युनिष्टको फुर्का जोडेर आफू र आफू नेतृत्वको दललाई विश्व कम्युनिष्ट आन्दोलनमा स्थापित गर्ने पनि उनको अघोषित गन्तव्य थियो । उनी सत्तासीन भएपछिका प्रारम्भका दिनमा उत्तरतिरको झुकावले पनि यो कुरा स्पष्ट गर्दछ ।

    उनले सोचेजस्तै राजनीति कहाँ सोझो बाटोमा हिंड्थ्यो र ? उनले एकीकरणको पासा फालेको उनकै दलभित्र सायद उनको उद्देश्य स्वीकार्य भएन र यसै नाममा भोलीका दिनमा उनी तानाशाह बन्न सक्ने प्रवृत्तिको विश्लेषण गर्दै घोषित अघोषितरुपमा उनको विरोध सुरु भयो । परिणाम सबैका सामु छ, संसदमा करिव दुई तिहाईको बहुमतप्राप्त पार्टीको संसदीय दलको नेता आज जम्मा ९३ सांसद संख्यामा सीमिति हुन पुगेको छ । यस अवस्थामा सबै सपना भताभुंग भएका ओली रन्थनिनु र रन्थनाईबाट प्रभावित भएर उनले उलुलजुलुल हर्कत गर्नु अत्यन्त स्वभाविक छ । यस आधारमा विश्लेषण गर्ने हो भने ओली आफूभन्दा बाहेकका कम्युनिष्ट नेतालाई ‘देखाइ दिने’ शैलीमा प्रस्तुत् भइरहेका छन् र यस सन्दर्भमा उनी जस्तोसुकै जोखिम मोल्न पनि तयार देखिन्छन् । भूराजनीतिक आधारमा उनका बारेमा जे जस्तोसुकै विश्लेषण गरियोस्, त्यो फरक पाटो हो । त्यो कति विश्वसनीय वा अविश्वसनीय छ त्यसको मूल्यांकन भविष्यले गर्ला नै । हाललाई के सत्य हो भने, उनी प्रत्यक्षतः आवेशमा आएर निर्णय गरिरहेका छन् र यी निर्णयहरूको उद्देश्य नेपाली कम्युनिष्ट आन्दोलनभित्रका उनका प्रतिस्पर्धीहरुलाई ‘तह’ लगाउनु हो भनेर भनियो भने असंगत ठहरिन्न । अर्को सत्य के पनि हो भने उनी खाँटी कम्युनिष्ट हुन र उनले ‘सत्ताकव्जा’ को महत्व अत्यन्त राम्ररी बुझेका छन् । मिहीन गरी हेरियो भने उनका चालहरू यस आधारमा पनि निर्देशित रहेको पाउन सकिन्छ ।

    अहिले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले दोस्रो पटक संसद विघटन गरेकी छिन् । ओलीलाई उनको कदममा प्रत्येकपटक राष्ट्रपतिबाट साथ पाप्त भइरहेको छ । राष्ट्रपतिको साथले उनलाई प्रत्येकपटक रामवाणको काम गर्ने गरेको छ । यसपटक पनि यस्तै भएको छ ।

    ओली प्रधानमन्त्री हुनुभन्दा पहिलेसम्म धेरैको अनुमान थियो, ओली कम्युनिष्टमध्ये तुलनात्मकरूपमा बढी लोकतन्त्रवादी हुन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालासँगको ‘मधुर’ सम्बन्धको आधारले पनि ओलीका बारेमा यसरी सोच्न धेरैलाई उत्प्रेरित गरेको हुन सक्छ । तर, यो अनुमान पुरै गलत हो भन्ने कुरा ओलीका पछिल्ला हर्कतहरूले प्रमाणित गरिरहेका छन् । उनी कम्युनिष्टका नाममा सत्तामा आसीन भइरहन चाहन्छन् र बुझ्नु जरुरी छ, उनका प्रत्येक गतिविधि उनको यही सोचका तुरुपका एक्का हुन । उनी संविधानको नाममा संविधानको धज्जी उडाउँछन् । कानूनको कुरा गर्छन तर विधि अस्वीकार गर्दैनन् । राष्ट्रवादको कुरा गर्छन् तर दक्षिण-उत्तरतिर सन्तुष्टिको रणनीति अख्तियार गर्छन् ।

    अहिले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले दोस्रो पटक संसद विघटन गरेकी छिन् । ओलीलाई उनको कदममा प्रत्येकपटक राष्ट्रपतिबाट साथ पाप्त भइरहेको छ । राष्ट्रपतिको साथले उनलाई प्रत्येकपटक रामवाणको काम गर्ने गरेको छ । यसपटक पनि यस्तै भएको छ ।

    देश एकपटक पुनः पुस ५ गतेकै अवस्थामा फर्किएको छ । शुक्रबार दिउँसोसम्म पत्रकारलाई बोलाएर आफू शासन सञ्चालन गर्न दिक्क भइसकेको र विपक्षीहरूले सक्छन् भने बहुमत पुर्‍याएर नयाँ सरकार बनाए हुन्छ भनेर भनिरहेका संसदको विश्वास गुमाएका ओलीले शुक्रबार साँझ नै अचानक वहुमत छ भनेर आफूलाई प्रधानमन्त्री बनाइयोस् भनेर दावी गरे । विपक्षीले पनि नयाँ सरकारको दावी गरे । तर, मध्यरातमा राष्ट्रपतिको कार्यालयबाट विज्ञप्ति जारी भयो- सरकार बनाउने दुवैथरिको दावी नपुगेकोले प्रधानमन्त्री नयाँ प्रधानमनत्री नियुक्त गर्न सकिन्न र दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरिन्छ । वास्तवमा राष्ट्रपतिको यो निर्णय अनपेक्षित थिएन । ओलीले पत्रकार सम्मेलनमा घुमाउरो पारामा आफूलाई विश्वासको मत प्राप्त नभए अथवा आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार नबने देश मध्यावधि निर्वाचनमा जाने संकेत दिइसकेका थिए । आखिर भयो त्यही, जो उनले चाहेका थिए ।

    महाव्याधिमा मध्यावधि ? यो मिल्ने कुरा हो ? नेपाल अहिले सम्पूर्णरूपमा कोरोनाको महामारीका कारण ग्रस्त र त्रस्त छ । विज्ञहरूले आगामी कार्तिक मंसिरमा कोरोनाको तेसो लहरको सम्भावना व्यक्त गरेका छन् । दोस्रो लहरको प्रभाव नसकिँदै तेसो लहरको उपस्थितिमा हुने निर्वाचन कति युक्तिसंगत हुन्छ ? यो त खाए खा नखाए घिचको अवस्थाजस्तो भएन र ? अर्को कुरा यो निर्वाचन पनि हुने हो कि होइन, शंकै छ । फ्याट्ट लाएर कोरोनाको नाममा भोलि स्वास्थ्य संकटकाल लगाइयो भने चुनावको हविगत के हुन्छ ? त्यसपछि न त संविधान न त लोकतन्त्र न त लोकतान्त्रिक शासन ।

    सारमा ओलीले चाहेका पनि यही हुन्, सविधान रिक्तताको अवस्था । राष्ट्रपतिको साथ त उनलाई छ नै सायद समयले पनि उनैलाई साथ दिइरहेको छ । त्यसो त विपक्षीहरुले ओलीको पछिल्लो कदमविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने उद्घोष गरेका छन् । आइतबार अथवा सोमबार संसद विघटनविरुद्ध तिनले अदालत जाने कुरा गरेका छन् । तर, हाललाई अन्य राजनीतिक दलहरू सडक संघर्षमा जान सक्ने अवस्था छैन । कोरोनाको कहरको प्रभावलाई अस्वीकार गर्न सकिन्न । दलहरूले सडक तताउने उपयुक्त मौका पाउने छैनन् । सायद यो अवस्थाले ओलीलाई केही भए पनि राहत प्रदान गर्नेछ र आागामी केही दिन उनी आफ्ना विपक्षी र प्रतिस्पर्धीहरूलाई जिल्याउँदै शासनको बागडोर सम्हालिरहने छन् ।