Tag: नेपाल एयरलायन्स

  • चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको जहाज आज बेइजिङ जाँदै

    चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको जहाज आज बेइजिङ जाँदै

    काठमाडौं । कोरोना भाइरस संक्रमित बढेसँगै अक्सिजन र सिलिण्डर अभाव भएपछि चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको वाइड बडी ३३० जहाज आज बेइजिङ जाँदैछ ।

    जहाज आज राती साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र मंगलबार दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्सले स्वास्थ्य मन्त्रालयको समन्वयमा बेइजिङबाट ४०० सय वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउने छ ।

    नेपाल सरकारले चीनबाट २० हजार सिलिण्डर ल्याउने बताए पनि अहिले एक पटकका लागि मात्र सरकारबाट पत्र आएको प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिइन् ।

    प्रवक्ता श्रेष्ठले चीनबाट अक्सिजन सिलिण्डर ल्याउनका लागि भाडादर नतोकिएको बताइन् । नेपाल एयरलाइन्सको ‘चाटर्ड रेट’ प्रतिघण्टा १५ हजार ५ सय २० डलर हो । यो अन्य व्याक्ति तथा संघसंस्थाका तोकिएको भाडादर हो ।

    चीनको बेइजिङ जान आउनका लागि ११ घण्टा ३५ मिनेट लाग्नेछ । यसले निगमले राखेको भाडा दर अनुसार अक्सिजन सिलिन्डर ल्याउनका लागि १ लाख ७६ हजार १ सय ५२ डलर लाग्ने छ । प्रवक्ता श्रेष्ठका अनुसार अहिले नेपाल सरकारसँग जहाज भाडा दर यति नै भनेर सम्झौता भएकोे छैन ।

    सोही विमानबाट १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको बताइएको छ । होङ्सी होल्डिङ ग्रुपको सहयोगमा अक्सिजन कन्सर्नट्रेटर ल्याउन लागिएको स्रोतले जनाएको छ ।

  • नेपाल एअरलाइन्सको हिउँदेकालीन उडान तालिका सार्वजनिक

    नेपाल एअरलाइन्सको हिउँदेकालीन उडान तालिका सार्वजनिक

    काठमाडौं । नेपाल एअरलाइन्सले हिउँदेकालीन आन्तरिक उडान तालिका सार्वजनिक गरेको छ ।

    माघ २० गतेदेखि फागुन १६ गतेसम्मका लागि एअरलाइन्सले सोमबार ट्वीट गर्दै तालिका सार्वजनिक गरेको हो ।

  • नेपालीको उद्धारमा निगमको  जहाज आज राती मकाउ जाँदै

    काठमाडौं । मकाउमा कार्यरत नेपालीहरुको उद्धारका लागि नेपाल वायुसेवा निगमको  जहाज मंगलबार राती मकाउ जाने भएको छ ।

    कोरोना भाइरसका कारण रोजगार गुमाएका नेपालीको उद्धारमा आज राती ११ः३५ मा जहाज मकाउ जान लागेको नेपाल निगमका प्रवन्ध निर्देशक डिम प्रकाश पौडेलले जानकारी दिए ।

    उनका अनुसार कुनै पनि जहाज सस्तो मूल्यमा मकाउ जान नमानेपछि निगमको  जहाज त्यस क्षेत्रमा जान लागेको हो ।
    कोरोनाका कारण रोजगार गुमाएका नेपालीले आफ्नै पैसामा नेपाल फर्किन लागेका हुन् ।

    निगमको  जहाज  ‘एयर क्राफ्ट ए ३२०’ ले एक सय ४७ जनालाई नेपाल ल्याउने छ । बुधबार विहान ६ बजे मकाउ पुग्ने यएरलायन्स क्याप्टेन दिपुराज ज्वारचनले लैजाने भएका छन् ।

    मकाउमा अवर परेर बसेका अन्य नेपालीलाई पुनः केही समयपछि नेपाल एयरलायन्सले नै नेपाल ल्याउनेमा छलफल भइरहेको प्रवन्ध निर्देशक पौडेले बताए ।