Tag: नेपाल इन्फ्रास्ट्रक्चर बैंक

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पाँचखालको सहरी विकासमा लगानी गर्ने

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पाँचखालको सहरी विकासमा लगानी गर्ने

    काठमाडौं । नेपाल पूर्वाधार विकास बैंकले पाँचखाल नगरपालिकाको पूर्वाधार विकासमा लगानी गर्ने भएको छ ।

    पाँचखाल नगरपालिका प्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

    नेपालको पूर्वधार परियोजनाहरुमा लगानी गर्नका लागि नीजि साझेदारी अवधारणानुसार नेपाल पुर्वधार विकास बैंकको स्थापना भएको हो ।

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पाँचखाल नगरपालिका सँग समझदारीपत्रमा हस्ताक्षर गरे सँगै आगामि दिनमा मुलुकका अन्य प्रदेश एवं स्थानीय सरकार तथा निकायहरुसँग समेत सहकार्य गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।

  • प्रदेश सरकारको पूर्वाधार निर्माणमा इन्फ्रास्ट्रक्चर बैंकको साथ

    प्रदेश सरकारको पूर्वाधार निर्माणमा इन्फ्रास्ट्रक्चर बैंकको साथ

    विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेका ठूला परियोजनाको पूर्वाधार विकासमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सहयोग गर्ने भएको छ । प्रदेशको सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । यो सँगै बैंकले अब ठूला परियोजनाको पूर्वाधार विकासमा सहयोग गर्नेछ ।

    समझदारीमा सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणको तर्फबाट निर्देशक डा. सरोज कोइराला र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।

    प्रदेश १ मा रहेका संभाव्य आयोजना अघि बढाउन र उनीहरूको वित्तीय तथा प्राविधिक विश्लेषण गर्न, परियोजनाको बजारीकरण गर्न र विकासकर्ता छनौट गर्न बैंकले सहयोग गर्ने समझदारीपत्रमा उल्लेख छ ।

    यससँगै बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपूँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी आयोजना अघि बढाउन सहयोग गर्ने पनि समझदारीमा उल्लेख छ ।

    कार्यक्रममा निर्देशक कोइरालाले कोशी रिफ्रेसमेन्ट सेन्टर, बीमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन प्रोजेक्टलगायतका केही पूर्वाधारका परियोजनाको प्रारम्भिक अध्ययन विश्लेषण सम्पन्न भैसकेको जानकारी दिए ।

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर खरिद माग २२ लाख नाघ्यो, बेच्ने शून्य

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर खरिद माग २२ लाख नाघ्यो, बेच्ने शून्य

    काठमाडौं । आइतबारदेखि कारोबार शुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

    दोस्रो बजारमा सेयर मूल्य ३४० रुपैयाँबाट कारोबार शुरु भएको बैंकको शेयर मूल्य शुरुमै १० प्रतिशत अर्थात ३४ रुपैयाँले बढेको छ ।

    कारोबारको डेढ घण्टाको अवधिसम्ममा  कम्पनीको शेयर २२ लाख लाख २० हजार १८० कित्ता शेयर खरीद माग रहेको छ । बेच्नेको संख्या भने शून्य रहेको छ ।

    कम्पनीको शुरुवाती मूल्य न्यूनतम ११३.६२ रुपैयाँदेखि अधिकतम ३४०.८६ रुपैयाँ तोकिएको थियो । बैंकको २० करोड कित्ता सेयर बिहीबार नेप्सेमा सूचिकृत भएको थियो ।