Tag: नेपाली सेना

  • विमान दुर्घटना: सेनाले कसरी खोज्यो शव ? तस्बिरमा हेर्नुहोस्

    विमान दुर्घटना: सेनाले कसरी खोज्यो शव ? तस्बिरमा हेर्नुहोस्

    काठमाडौं । आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदमा दुर्घटना भयो । दुर्घटना भएको भोलिपल्ट मात्रै जहाज भेटियो । जहाज दुर्घटनाग्रस्त स्थितिमा भेटियो । जहाजमा सवार २२ जनाको मृत्यु भयो ।

    दुर्घटनास्थल फेला पर्नेबित्तिकै नेपाली सेनाको टोली खोजी तथा उद्दारका लागि मुस्ताङ गयो । दुई दिन लगाएर सेनाले २२ वटै शव फेलापार्यो ।

    अफ्ठेरो भूगोलमा सेनालाई सबै शव फेला पार्न सहज थिएन ।

    तस्बिरमा हेर्नुहोस्, नेपाली सेनाले कसरी खोज्यो शव ?

    तस्बिर- नेपाली सेना

  • नेपाली सेनाले कङ्गोमा बनायो १२ किमी सडक

    नेपाली सेनाले कङ्गोमा बनायो १२ किमी सडक

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ ।

    गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते सम्मान गरी कङ्गोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले शुभारम्भ गरेको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    उक्त अवसरमा सहभागी अधिकारीहरुले नेपाली शान्ति सेना गुल्मद्वारा मर्मत गरिएको लिता गाउँको फुटबल मैदानको समेत निरीक्षण गरेको थियो । द्वन्द्वग्रस्त मुलुकमा तैनाथ सेनाले आफ्नो अपरेशनको जिम्मेवारीका अलावा स्थानीय समुदाय लक्षित जनहितकारी कार्यले स्थानीय र शान्ति सैनिकबीच विश्वासको वातावरण सिर्जना भई सम्बन्ध प्रगाढ हुने नेपाली सेनाले विश्वास लिएको छ ।

  • विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह

    विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह

    काठमाडौं ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूबीच विद्युत्को विकास तथा खपतका विषयमा छलफल भएको थियो ।

    मन्त्री भुसालले विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह गरिन् । सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘अब नेपाली सेनाका भान्सामा जलविद्युत् नै प्रयोग गरौँ । त्यसका लागि आवश्यकपर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ ।’

    उनले नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्नेगरी निर्णय लिन पनि आग्रह गरिन् । आफूले निरन्तर विद्युत् खपत र निर्यातलाई जोड दिइरहेकोे उल्लेख गर्दै मन्त्री भुसालले भनिन्,‘विद्युत् खपत बढाएर स्वदेशी ऊर्जालाई प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो । विद्युत् खपत हुँदा हाम्रो पुँजी बाहिर जाँदैन ।’

    मन्त्री भुसालले नेपाली सेनाले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगदान रहने विश्वास व्यक्त गरिन् ।

    प्रधानसेनापतिले नेपाली सेनाको भान्सा विद्युतीकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्णरूपमा लागू गर्दै लैजाने विश्वास दिलाए ।

    उनले भने, ‘हामीले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न सुरु गरेका छौँ, आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजाने छौँ ।’ महारथी शर्माले नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा ‘कन्भर्ट’ गर्न सुरु गरिसकेको जानकारी दिँदै भने,‘मैले विद्युतीय गाडी नै चढ्छु । आगामी दिनमा खरिद गर्ने सवारी साधन विद्युतीय नै हुनेछ ।’

    वातारण संरक्षण र देशको अर्थतन्त्रमा टेवा दिन विद्युत् खपत बढाउनुपर्ने आफ्नो धारणा रहेको बताउँदै उहाँले नीतिगतरूपमै सरकारले निर्णय गरे नेपाली सेनाले पनि जलविद्युत् विकासमा लगानी गर्नसक्ने धारणा राखे। उनले जलविद्युत् परियोजनाको विकासमा नेपाली सेनाले सहजीकरण गर्ने विश्वास दिलाए ।

    छलफलमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थिति थियो । त्यसअघि ऊर्जामन्त्रीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग विद्युत् खपतका विषयमा विभिन्न चरणमा छलफल गरेकी थिइन् । रासस

  • नेपाली सेनामा २ सय २९ अधिकृत क्याडेट पदका लागि भर्ना खुल्यो (सूचनासहित)

    नेपाली सेनामा २ सय २९ अधिकृत क्याडेट पदका लागि भर्ना खुल्यो (सूचनासहित)

    काठमाडौं । नेपाली सेनाले २ सय २९ अधिकृत क्याडेट पदका लागि भर्ना खुला गरिएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले दरखास्त आव्हान गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आग्रह गरेको हो ।

    नेपाली सेनाले अधिकृत क्याडेट पदमा खुलातर्फ १ सय २० र समावेशीतर्फ एक सय नौ गरेर जम्मा २ सय २९ जना माग गरेको हो । भर्ना हुनका लागि दरखास्त फाराम माघ १७ गतेभित्र बुझाइसक्नुपर्नेछ भने दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि बुझाउन सकिने सूचनामा उल्लेख छ ।

  • बालकृष्ण कार्कीलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिन सरकारको सिफारिस

    बालकृष्ण कार्कीलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिन सरकारको सिफारिस

    काठमाडौं । सरकारले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने भएको छ ।

    प्रधानसेनापति प्रभुराम शर्मा घर बिदामा बस्ने भएपछि कार्कीलाई आइतबारदेखि उक्त जिम्मेवारी दिन लागिएको हो । प्रधानसेनापति शर्मा पुस १८ देखि ३० गते सम्म घर बिदामा बस्ने भएका छन् ।

    विहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कामु प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

  • चीनले नेपाली सेनालाई दियो ३ लाख खोप

    चीनले नेपाली सेनालाई दियो ३ लाख खोप

    काठमाडौं । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिड १९ विरुद्धको भेरोसेलको खोप दिएको छ ।

    जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले सोमबार प्रधान सेनापति महारथी प्रभुराम शर्मालाई ३ लाख डोज खोप हस्तान्तरण गरेकी हुन् ।

    जनमुक्ति सेनाले १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहति स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेको छ ।

    नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको उक्त हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेका छन् ।

    यस किसिमको सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारी बिरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको जंगी अड्डाले बताएको छ।

  • १६२ जना सदस्यीय नेपाली सेनाको टोली मिसनमा सिरिया प्रस्थान

    १६२ जना सदस्यीय नेपाली सेनाको टोली मिसनमा सिरिया प्रस्थान

    काठमाडौं । नेपाली सेनाका सेनानी सुनिल थापाको कमाण्डमा एक सय ६२ जनाको नेपाली सेनाको टोली मिसनका लागि सिरिया प्रस्थान गरेको छ । नफ्री उत्तर रसियाको फलाइट नम्बर युटीए ९९९१ मार्फत नेपाली सेनाको टोली शुक्रबार बिहान नौ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट सिरिया प्रस्थान गरेको हो ।

    २०७८ कार्त्तिक १९ गते सिरियामा तैनाथ श्री फोर्स हेडक्वार्टर सर्पोट युनिट दशौं डफ्फा, श्री मेकनाईज्ड ईन्फेन्ट्री गुल्म पाँचौ डफ्फा, श्री ईन्जिनियर छैठौं डफ्फा, श्री लेवल एक प्लस अस्पताल तेश्रो डफ्फा र श्री क्लोज प्रोटेक्सन युनिट दोस्रो डफ्फामा सहभागिमा हुनका लागि सिरिया प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।

    कोभिड–१९ महामारीका कारण शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ का मापदण्डको पालना गरिएको नेपाली सेनाले जनाएको छ ।

    संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनापछि विगतदेखि नै नेपाली सेना विभिन्न युएन मिसनमा सहभागी भई द्वन्दग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउदै आईरहेको छ ।

  • नेपाललाई अपांगतामैत्री गन्तव्य बनाउन सेनाले नेतृत्व किन नगर्ने ?

    नेपाललाई अपांगतामैत्री गन्तव्य बनाउन सेनाले नेतृत्व किन नगर्ने ?

    काठमाडौं । यसो कल्पना गर्नुस् । तपाइसँग पर्याप्त पैसा छ । हिँडडुलको सौख छ । समय छ । तर पनि जान पाउनु हुन्न । पैसा तिर्दा पनि गतिलो कोठा पाउनुहुन्न । मज्जाले आरामसँग एक्लै वा सहयोगीसँग हिँड्न सकिने बाटो पाउनुहुन्न । शौचालयदेखि अन्य सुविधा प्रयोगै गर्न नसकिने असहज छ । यस्तो हुँदा मन कस्तो होला ?

    यो यस्तै हुन्छ अपांगता भएकाहरूको भ्रमण सपना । अझ नेपालजस्ता ‘थर्ड वर्ल्ड’ देशहरूमा बस्ने र अपांगताहरूको अधिकारको गफ दिने तर काम नगर्ने समाजमा त यो सकसको कुनै मापन नै हुँदैन ।

    आज हामी यस विषयमा गुनासोको पोका हैन, सम्भावनाका ढोकाको कुरा गरौँ । कुरा गर्न विश्व पर्यटन दिवसको साइतले झनै सान्दर्भिक तुल्याएको छ । सन् १९८० बाट निरन्तर मनाइँदै आइरहेको विश्व पर्यटन दिवसको यो वर्षको नारा छः ‘समावेशी वृद्धिको लागी पर्यटन ।’

    डोको ट्रेकदेखि अपांगतामैत्री पदमार्गसम्म

    विश्व पर्यटन दिवसको अवसरमा यो वर्ष तय गरिएको नारामा भनिएजस्तो ‘समावेशी पर्यटन’का पाटाहरूमा अपांगतामैत्री पर्यटनका कुरा स्वतः आउँछन् । यसलाई ‘ब्यारियर फ्री टुरिजम’ (अबरोधबिहीन पर्यटन) देखि ‘एक्सेसेबल टुरिजम’ (पहुँचयोग्य पर्यटन) जस्ता नामहरू पनि दिने गरिन्छ । नेपालमा यो क्षेत्रमा देखिने र दीर्घकालीन महत्व बोक्ने काम हुनै वाँकी छ ।

    कामको प्रयत्न हुँदै नभएका भने हैनन् । जस्तो ‘स्पाइनल कर्ड इन्ज्युरी’ ले सताएका अग्रज आर्थिक पत्रकार गजेन्द्र बुढाथोकी २०७३ कार्तिक ३ गते काठमाडौंबाट पोखरा हानिए । पोखराबाट भोलिपल्ट डोको ट्रेक सुरु भयो । ११ वर्षीय एक स्वीस बालकसँगै डोको ट्रेकमा गएका बुढाथोकीले दश दिन अन्नपूर्ण आधार शिविरको बाटोमा ट्रेक गरे ।

    डोकोमा बसेका उनलाई कृष्ण लामा, भरत थापा र रमेश भण्डारीले पालैपालो बोकेर सहयोग गरेका थिए । फ्रान्समा बस्ने नेपाली पत्रकार ददी सापकोटाले चाँजोपाँजो मिलाएका थिए त्यो ऐतिहासिक ट्रेकको । ट्रेकमा बुढाथोकीसँगै शारीरिक अशक्तता भएका एघार वर्षीय ‘सेरेबल पाल्सी’ का बिरामी एक स्वीस बालकसमेत थिए ।

    अपांगतामैत्री गन्तव्यहरूलाई पुरस्कारको व्यवस्था पनि छ । जस्तै संयुक्त राष्ट्र संघको पर्यटकीय निकाय यूएनडब्लुटीओले हरेक वर्ष ‘पहुँचयोग्य गन्तव्य पुरस्कार’ दिन्छ । नेपालले यो पुरस्कारमा दावा गर्न सक्छ । यस्ता कुराले पर्यटन क्षेत्रको ब्रान्ड र व्यापार दुवै बलियो बन्छ ।

    डोको ट्रेक अपांगतामैत्री नेपाली ट्रेकिङको दुई अर्थको एक विशाल बिम्ब हो । जसको एक अर्थ हो, नेपाल अपांगता भएकाहरूले अत्यधिक मन पराउने देश हो । यहाँका प्राकृतिक चुम्बकीय गन्तव्यमा धेरैको आकर्षण छ । त्यही आकर्षण भएर त बुढाथोकीहरूले ह्विलचियरमैत्री ट्रेकिङ रुट नहुँदा पनि जबरजस्त यात्रामा गए । अपांगतामैत्री टि हाउस र अन्य पूर्वाधारहरू नभए पनि उनीहरू यात्रामा निस्किए । ट्रेकिङ आफैमा एक साहसिक पर्यटन हो । ट्रेकिङ भित्रको अर्को बाध्यकारी साहसिक पर्यटनको परख गरे ।

    डोको ट्रेकको दोस्रो अर्थ हो, नेपाल सरकारले नेपाली विश्वस्त पर्यटन गन्तव्यहरुलाई विश्वका आगन्तुकहरूको पहुँचमा पुग्न नदिन देखाएको लाचारीपन । ट्रेकिङ शारीरिक रूपमा चुस्त–दुरुस्तको मात्रै पेवा हो भन्ने कोणमा बनाइएका ट्रेकिङ रुट र त्यहाँका व्यवहारिक पूर्वाधारको भद्दा प्रस्तुति । यसले नेपाली पर्यटनको अपांगतामैत्री क्षेत्रमा भएका कठोर अवस्थाको चित्र बोलेको छ । त्यसैले डोको ट्रेक नेपालका अपांगतामैत्री पर्यटन पूर्वाधार नभएको सन्देश दिने एक विशाल विश्वस्तरीय व्यंग्य पनि हो ।

    डोको ट्रेक भएको अर्को वर्षतिर संयुक्त राष्ट्रसंघको ७० औँ साधारणसभा भयो । त्यहाँबाट सन् २०१७ लाई ‘विकासका लागि अन्तर्राष्ट्रिय दिगो पर्यटन वर्ष’ घोषणा गरियो । जसले समावेश गरेको एक महत्वपूर्ण बुँदा पहुँचयोग्य पर्यटन थियो । जसलाई अपाङ्गतामैत्री पर्यटन भन्न सकिन्छ ।

    डोको ट्रेक भएको दुई वर्षपछि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पोखरामै पहुँचयोग्य पदमार्गको उद्घाटन गरे । पोखराको कास्कीकोटबाट सुरु हुने तीन किलोमिटर लामो पदमार्गको निर्माणमा पोखराका सरोकारवाला निकाय तथा पर्यटन व्यवसायीहरुको ठूलो भूमिका छ ।

    यसरी डोको ट्रेकदेखि पोखराको पहुँचयोग्य पदमार्गको निर्माण दुवैमा गण्डकी प्रदेशको नाम आएको छ । हुन त यसलाई थप विकास, विस्तार र प्रवद्र्धन गरेर व्यावसायिक बढवा दिन सफलता मिलेको देखिन्न । कम्तीमा अपांगतामैत्री पर्यटन प्रबद्र्धनको क्षेत्रमा गण्डकी प्रदेशले एक खाले अभ्यास भने गर्न सफल भएको छ ।

    विशाल आम्दानी गुमाउँदै नेपाल

    विश्व स्वास्थ्य सङ्गठनले विश्वमा एक अर्ब जनसंख्यामा कुनै न कुनै प्रकारको अपांगता भएको बताउँछ । नेपालको जनगणना २०६८ अनुसार देशको कुल जनसंख्यामा करिब पाँच लाख नेपालीमा कुनै न कुनै प्रकारको अपांगता भएको देखिन्छ ।

    यी दुवै तथ्याङ्कहरूले राज्य तथा निजी क्षेत्रले आफ्ना पर्यटन पूर्वाधारमा दयामायाले हैन बाध्यताले अपांगतामैत्री पूर्वाधार बनाउनुपर्ने माग गर्छन् । व्यवहारमा यस्तो देखिँदैन । किनभने अपांगता भएकाहरूले शारीरिकरुपमा सहजता हुने जस्तो चक्काजाम गर्दैनन् । तोडफोड गर्दैनन् । यीनै कारण राज्यले अपांगतामैत्री पर्यटन पूर्वाधारमा गफ चाहिँ गरेको छ, काम गरेको छैन । संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यको एक लक्ष्य अपांगतामैत्री पूर्वाधार एक हो । तर, यसलाई बाध्यकारीभन्दा पनि इच्छा लाग्दा मात्रै गरिटोपल्ने नेपाली परम्पराको कारण काम हुन सकेको छैन । जसको प्रत्यक्ष प्रभावमा परेका छन् नेपालका लाखौं अपांगता भएका नागरिकहरू । नेपाल आउन चाहना भएका लाखौं विदेशी घुमन्तेहरू ।

    विश्वको जनसंख्यामा मात्रै हैन घुमघाम गर्नेहरूको संख्यामा पनि अपांगता भएका व्यक्तिहरुको हिस्सा र आर्थिक योगदान लोभलाग्दो छ । उदाहरणका लागि, अमेरिकामा हवाइ यात्रा गर्ने ह्विलचियर यात्रीहरू लाखौं हुन्छन् । सन् २०१९ मा ६ लाख ८५ हजारले ह्लिचेयरबाट हवाई यात्रा गरेका थिए । सन् २०२० मा कोभिड–१९ महामारीका कारण त्यो संख्या घटेर २ लाख ६८ हजार ७ सय ७६ पुगेको ह्विलचियर ट्राभल डट ओआरजीले उल्लेख गरेको छ ।

    विश्वभर ह्विलचियरमा यात्रा गर्नेहरू लाखौँ छन् भने अन्य प्रकारका अपांगता हुनेहरू समेत जोड्दा करोडौँ छन् । सामान्य मान्छे भन्दा करिब डेढ गुणा धेरै खर्च यस्ता पर्यटकहरूले गर्ने मानिन्छ । नेपालमै अपांगतामैत्री पर्यटन पूर्वाधारहरू नहुँदा नहुँदै वार्षिक सामान्य अवस्थामा एक दुई हजार पर्यटक आउने देखिन्छ । आर्थिक पत्रकार समाजले नेपाल अपाङ्गता महासंघको सहयोगमा हालसालै सार्वजनिक गरेको एक सर्वेक्षण प्रतिवेदन अनुसार नेपालले कोभिड-१९ महामारी अगाडि हरेक वर्ष दुई हजार बढी विदेशी पर्यटक स्वागत गर्दै आएको थियो । सामान्य पूर्वाधार बढाएमा त्यो संख्या दश हजार नाघ्ने उक्त प्रतिवेदनमा भनिएको छ । पंतिकारले नै २०७६ दसैँपछि लुक्लामा ह्विलचेयरमा आएका विदेशी पर्यटक देखेको छ ।

    जब-जब देशमा ठेकेदारबाट काम नहोला जस्तो हुन्छ, सरकारले सेना गुहार्छ । जब–जब कुनै काम खास समयमा सक्नुपर्ने हुन्छ र नागरिक तहबाट सम्भव हुँदैन भन्ने लाग्छ, सरकारले सेना नै गुहार्छ । अपांगतामैत्री पूर्वाधार सामान्य परियोजना हैन । संयुक्त राष्ट्र संघको दिगो विकासको एक महत्वपूर्ण लक्ष्य र नेपाली पर्यटनको एक विशाल बजार भएकाले यसमा युद्धस्तरको हस्तक्षेप खाँचो छ ।

    अझ नेपालले खासखास गन्तव्यहरूलाई विश्वस्तरीय ब्रान्डिङ गरेमा संख्या हजारौँ पुग्ने निश्चित छ । एसियामा ह्विलचेयरमैत्री सहरको सूचिमा दक्षिण एसियाली देशका सहरहरू शीर्ष स्थानमा आँउदैनन् । हङकङ, सिंगापुर, टोक्यो र बेइजिङजस्ता शहरहरु नै त्यो मामिलामा अगाडि छन् । नेपालले केही सहर, केही ट्रेकिङ रुट र केही राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रलाई अपांगतामैत्री बनाउन सक्छ । उदाहरणको लागी काठमाडौँ उपत्यका विश्व सम्पदा सूचिको दक्षिण एसियाली राजधानी हो । यो सहरका मुख्यमुख्य गन्तव्यमा ह्विचलेयर पुग्न सक्ने पूर्वाधार, सार्वजनिक शौचालयदेखि सार्वजनिक यातायातको प्रबन्ध हुँदै होटल तथा क्याफेहरूलाई अनिवार्य अपांगतामैत्री बनाउन सरकारले सहयोग गर्न सक्छ । अनुदान, प्रोत्साहन र पुरस्कारबाट यस्ता काममा नागरिक जाँगर बढ्छ ।

    काठमाडौलाई एसियाकै सबैभन्दा सहज ह्विलचियरमैत्री तथा आपंगतामैत्री सहर बनाउन सरकारले गुरु योजना ल्याउन सक्छ । काठमाडौँ देशका जुनै कुनाबाट बसमा वा हवाईजहाजको डोमेस्टिक टर्मिनलबाट आउँदा होस वा इन्टरनेसनल टर्मिनलबाट काठमाडौं झर्नेहरूलाई होस, काठमाडौंका पाइला–पाइलालाई अपांगतामैत्री बनाउन सकिन्छ । यसो गर्न सकिए अपांगता भएका पर्यटकहरू मात्रै हैनन्, अपांगतासम्बन्धी काम गर्ने संघसंस्थाको कार्यक्रम, भेला, सम्मेलनको राष्ट्रिय-अन्तर्राष्ट्रिय गन्तव्यमा काठमाडौं सूचिकृत हुन सक्छ । यस्तै काम पोखरा वा लुम्बिनीले गर्न सक्छन् । यसले पर्यटनको नयाँ क्षेत्रको विश्व मानचित्रमा नेपालको नाम आउँछ ।

    कोशिटप्पु वन्यजन्तु आरक्षदेखि चितवन राष्ट्रिय निकुञ्ज आदिले यस्तै पूर्वाधारहरू बनाएर आफूलाई विशिष्ट आरक्ष तथा निकुन्जको रूपमा चिनाउन सक्छन् । अपांगतामैत्री ट्रेकिङ रुटहरूमा भारतको दिल्लीबाट समेत पर्यटक तान्न अपि–सैपालदेखि प्रदेश १ को बङ्गलादेश तथा भारत अनि भुटानबाट नजिकै सडक दूरीमै आउन सकिने मकालु तथा कञ्चनजङ्घा क्षेत्रको ट्रेकिङ रुटलाई अपांगतामैत्री बनाउन सकिन्छ । भएकै ट्रेकिङ रुटलाई केही मर्मत–सम्भार गरेर यो काम गर्न सम्भव छ ।

    अपांगतामैत्री गन्तव्यहरूलाई पुरस्कारको व्यवस्था पनि छ । जस्तै संयुक्त राष्ट्र संघको पर्यटकीय निकाय युएनडब्लुटीओले हरेक वर्ष ‘पहुँचयोग्य गन्तव्य पुरस्कार’ दिन्छ । नेपालले यो पुरस्कारमा दावा गर्न सक्छ । यस्ता कुराले पर्यटन क्षेत्रको ब्रान्ड र व्यापार दुवै बलियो बन्छ । पर्यटनका नाममा हुने भेला, सभा सम्मेलन, महोत्सव, डकुमेन्ट्री जस्ता खुद्रा परियोजनामा बजेट सक्नुभन्दा यस्ता दीर्घकालीन महत्वका परियोजना र विश्वस्तरीय काममा ध्यान आवश्यक छ ।

    अपांगतामैत्री पर्यटन पूर्वाधारमा नेपाली सेना

    जब-जब देशमा ठेकेदारबाट काम नहोला जस्तो हुन्छ, सरकारले सेना गुहार्छ । जब–जब कुनै काम खास समयमा सक्नुपर्ने हुन्छ र नागरिक तहबाट सम्भव हुँदैन भन्ने लाग्छ, सरकारले सेना नै गुहार्छ । अपांगतामैत्री पूर्वाधार सामान्य परियोजना हैन । संयुक्त राष्ट्र संघको दिगो विकासको एक महत्वपूर्ण लक्ष्य र नेपाली पर्यटनको एक विशाल बजार भएकाले यसमा युद्धस्तरको हस्तक्षेप खाँचो छ । यीनै कारण नेपाली सेनाले यो क्षेत्रमा नेतृत्व गर्न सक्छ । यही कुरा मैले व्यक्तिगत रूपमा नेपाली सेनाका निवर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापालाई २०७६ माघ २ मा जङ्गी अड्डामा भएको व्यक्तिगत भेटमा भनेको थिएँ । थापा सकारात्मक थिए ।

    विश्व पर्यटन दिवसको अवसरमा यो वर्ष तय गरिएको नारामा भनिएजस्तो ‘समावेशी पर्यटन’का पाटाहरूमा अपांगतामैत्री पर्यटनका कुरा स्वतः आउँछन् । यसलाई ‘ब्यारियर फ्री टुरिजम’ (अबरोधबिहीन पर्यटन) देखि ‘एक्सेसेबल टुरिजम’ (पहुँचयोग्य पर्यटन) जस्ता नामहरू पनि दिने गरिन्छ । नेपालमा यो क्षेत्रमा देखिने र दीर्घकालीन महत्व बोक्ने काम हुनै वाँकी छ ।

    नेपाली सेनाले २०७६ माघबाट सुरुवात गरेको ‘बृहत् एकीकरण मार्ग’ ले सेनालाई पर्यटन पूर्वाधार विकासको राष्ट्रिय चर्चामा ल्याएको छ । अपांगतामैत्री पर्यटन विकासमा सेनाले स्थानीय, प्रदेश र संघ सरकार तथा नागरिकसँग सहकार्य गरेर अगाडि बढ्न सक्छ । सगरमाथा लगायतका हिमालको डेथ जोनमा पुगेर फोहोर सङ्कलन गरेर जसरी सेनाले वातावरण क्षेत्रमा आफ्नो नेतृत्व गर्‍याे, ठीक त्यसैगरी अपांगतामैत्री पर्यटन पूर्वाधारहरूमा आफ्नो उपस्थिति जनाउन सक्छ । नेपाली सेनाका देशभर छरिएर रहेका युनिटहरूले आ–आफ्नो क्षेत्रका पर्यटन पूर्वाधारमा सहयोग र सक्रियता जनाउन सक्छन् ।

    देशका केही सहर, केही हिमालयन ट्रेकिङ रुट र केही वन्यजन्तु आरक्ष तथा राष्ट्रिय निकुञ्जहरूलाई विश्वकै उदाहरणीय अपांगतामैत्री गतव्य बनाउन सकिन्छ । त्यस्तो गन्तव्य जहाँ सहजै ह्विलचियर चल्न सकोस् । ठाँउठाँउमा साङ्केतिक भाषाका संकेतहरु होउन् । ब्रेललिपीका साइनहरू होउन् ।

    नेपालमा खास-खास विश्वस्तरीय पर्यटन क्षेत्रहरूमा अपांगतामैत्री पूर्वाधार बनाउनु सम्भावित विदेशी पर्यटकलाई बोलाएर गरिने व्यापार प्रवद्र्धन मात्रै होइन, त्यो त नेपालका ५ लाखभन्दा बढी अपांगता भएका नागरिकहरुप्रतिको राज्य र सेनाको उत्तरदायित्व प्रदर्शन पनि हो । जय पर्यटन ।

  • दुल्लीकुनादेखि लालिबगर सडकखण्ड र लैफु बद्रीगाउँदेखि हुक्काखोला सडकखण्डको ट्रयाक सेनाले निर्माण गर्ने

    दुल्लीकुनादेखि लालिबगर सडकखण्ड र लैफु बद्रीगाउँदेखि हुक्काखोला सडकखण्डको ट्रयाक सेनाले निर्माण गर्ने

    काठमाडौं । कर्णाली करिडोर अन्तरगत सल्लिसल्ला सिमिकोट खण्डको दुल्लीकुनादेखि लालिबगर सडक खण्ड र लैफु बद्रीगाउँदेखि हुक्का खोलासम्मको साढे २० किलोमिटर सडक खण्डकको ट्रयाक निर्माण कार्य नेपाली सेनाले गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

    उनले भने, ‘कर्णाली करिडोर अन्तरगत सल्लिसल्ला सिमिकोट खण्डको दुल्लीकुनादेखि लालिबगर सडकखण्डको ७ किलोमिटर र लैफु बद्रीगाउँदेखि हुक्का खोलासम्म १३.५ किलोमिटर सडकखण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनाबाट गराउन स्वीकृत प्रदान गर्ने निर्णय भएको छ ।’ 

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अन्य विभिन्न निर्णय पनि गरेको जनाइएकाे छ ।

  • नेपाली सेनाको रथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

    नेपाली सेनाको रथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं । नेपाली सेनाको रथीमा बढुवा भएका उपरथी बालकृष्ण कार्कीलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सेनाको जंगी अड्डामा आयोजित एक विशेष समारोहकाविच प्रधानसेनापति शर्माले कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका नेपाली सेनाले जनाएको छ ।

    भदौ २९ गते बसेको मन्त्रीपरिषद्को बैठकले उपरथी कार्कीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । दर्ज्यानी चिन्ह प्राप्त गरेसँगै कार्कीले निमित्त बलाधिकृतको जिम्मेवारी समेत पाएका छन् ।

  • मध्यबानेश्वरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज, बम भए/नभएको खुल्न बाँकी (भिडिओ)

    मध्यबानेश्वरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज, बम भए/नभएको खुल्न बाँकी (भिडिओ)

    काठमाडौं । काठमाडौंको मध्यबानेश्वरनजिकै भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज पारेको छ ।

    आज बिहान करिब पौने १० बजेतिर पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आई सेन्टरको तेस्रो तलाको शौचालयभित्र भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो ।

    डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाका अनुसार अहिले उक्त क्षेत्र सुरक्षित रहेको छ भने शंकास्पद वस्तु सुरक्षितरूपमा नेपाली सेनाले निष्क्रिय पारेको छ । तर्साउने ध्येयले राखिएको त्यो शंकास्पद वस्तु वम भए/नभएको अनुसन्धानपछि मात्रै भन्न सकिने सैनिक डिस्पोजल टोलीले जनाएको छ ।

    क्याप्टेन सन्दीपले भने, ‘यो अहिले सेभ्ली डिस्पोज भइसकेको छ, यसको फरदर हामी इन्भेस्टिगेट गर्दर्छौं, यो तर्साउनलाई मात्र राखिएको हो, सर्किट सबै कम्प्लिट भएको छ, यसमा हुनुपर्ने मेन कुरा, एक्सक्ल्यूसिभ कुरा छैन, त्यसैले यो धेरै रिस्की होइन ।’

    घटनामा संलग्नहरूको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • प्रभुराम शर्मा आजबाट नयाँ प्रधानसेनापति

    प्रभुराम शर्मा आजबाट नयाँ प्रधानसेनापति

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको सपथ लिए । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

    समारोहमा रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिकारूपमा शर्माले तीन वर्षे कार्यकालका लागि आजैबाट औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन् ।

    राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा उनलाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्ति गरेकी हुन् । नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजाअर्चना गर्नेछन् । उनको सम्मानमा सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गर्नेछ । आजै पदवहाली, रथीबृन्दलाई सम्बोधन र सैनिक मञ्च टुँडिखेल र छाउनी पुगेर वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने नवनियुक्त प्रधानसेनापति शर्माको कार्यक्रम छ ।

    यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन बर्षे कार्यकाल आजै सकिएको छ । 

    महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद एवं सुरक्षा, थाईल्याण्ड र पाकिस्तानबाट प्रतीरक्षा तथा बंगलादेशबाट शान्ति सेना सम्बन्धी उच्चस्तरीय तालिम प्राप्त गरेका छन् ।

    युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गर्नुभएका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार हुन् । उनले संयुक्त राष्ट्र संघको शान्ति मिशन अन्तरगत पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको अन्तर्राष्ट्रिय कमाण्ड गरेका थिए ।

    रासस

  • नेपाली सेनामा ४ हजार सैन्य पदमा भर्ना खुल्यो (सूचनासहित)

    नेपाली सेनामा ४ हजार सैन्य पदमा भर्ना खुल्यो (सूचनासहित)

    काठमाडौं । नेपाली सेनाले खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट ४ हजार सैन्य पदमा पदपूर्तिका लागि आवेदन खुला गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले एक सूचना जारी गर्दै नेपाली सेना मातहतका विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदमा भर्नाका लागि आवेदन माग गरेको हो ।

    जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त र मृत्यु भएका नेपाली सेनाका सन्तति १०८, महिला ३६०, आदिवासीरजनजाति ५७३, मधेसी ५०५, दलित २७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गरिने छ।

    नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिने जनाइएको छ । ८ कक्षा उत्तीर्णले असोज २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारको हकमा भने अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

  • प्रभुरामले प्रधानसेनापतिको नियुक्ति पत्र बुझे

    प्रभुरामले प्रधानसेनापतिको नियुक्ति पत्र बुझे

    काठमाडौं । नेपाली सेनाका कायममुकायम रथी प्रभुराम शर्माले प्रधानसेनापतिको नियुक्ति पत्र बुझेका छन् ।

    रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्यालले शर्मालाई नियुक्ति पत्र प्रदान गरे । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ बाट लागू हुने गरी शर्मालाई सेनापतिमा नियुक्त गरेकी थिइन् ।

    नियुक्ति पत्र दिँदै रक्षासचिव पौड्यालले शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

    अहिलेका सेनापति पूर्णचन्द्र थापाले भदौ २५ गते अवकाश पाउँदैछन् । अवकाशको एक महिनाअघि बिदा बस्ने प्रचलनअनुसार थापा हाल बिदामा छन् ।

  • प्रभुरामले सम्हाले सेनाकाे कमाण्ड

    प्रभुरामले सम्हाले सेनाकाे कमाण्ड

    काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई संगठन कमाण्ड हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृतरथी शर्मालाई नेपाली सेनाको कमाण्ड बुझ–बुझारत गरेका हुन्।

    सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मङ्गलबारदेखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोकिसकेको छ। सेनाको परम्पराअनुरुप प्रधानसेनापति थापा आफ्नो तीनवर्षे कार्यकाल सकिनु एक महिनाअघि अर्थात् मङ्गलबारदेखि घरबिदामा रहने भएकाले सेनाको कमाण्ड शर्मालाई हस्तान्तरण गरिएको हो ।

    कायममुकायम जिम्मेवारी तोकिनुभएका शर्माले आगामी भदौ २५ गतेदेखि नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रुपमा सैनिक नेतृत्व सम्हाल्नेछन्। स्वदेशमा सबै व्यावसायिक तालिम प्राप्त बलाधिकृतरथी शर्मा भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।

    सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुवैको जिम्मेवारीमा रहेका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार छन् ।

     

  • मुस्ताङमा नेपाली सेनाको ‘हाई अल्टिच्युड’ तालिम सुरु

    मुस्ताङमा नेपाली सेनाको ‘हाई अल्टिच्युड’ तालिम सुरु

    काठमाडौं । मुस्ताङमा आजदेखि नेपाली सेनाको ‘हाई अल्टिच्युड एण्ड माउन्टेन वार फेयर’ तालिम सुरु भएको छ।

    नेपाली सेनालगायत विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट‚ आइस क्राफ्टसम्बन्धी ज्ञान दिलाउने उद्देश्यले जोमसोममा तैनाथ नेपाली सेनाको उच्च शिखर शिक्षालयमा तालिम सुरु भएको हो ।

    तालिममा नेपाली सेनाका शिक्षार्थी अधिकृत १६ जना र अन्यदर्जा ६५ जना गरी ८१ जना सहभागी भएका छन् ।

    साथै उक्त तालिममा विदेशी शिक्षार्थीतर्फ अमेरिका, बंगलादेश, पाकिस्तान तथा दक्षिण कोरियाबाट अधिकृत तथा अन्यदर्जा शिक्षार्थी जम्मा ५ जना सहभागी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    शिक्षालयका शिक्षाधिकृत महासेनानी सुरेश हमालले तालिमको शुभारम्म गरेका थिए। तालिम असोज १ गतेसम्म सञ्चालन हुनेछ।

     

     

  • बलाध्यक्ष रथी प्रभुराम शर्मा साउन २४ देखि कामु प्रधान सेनापति

    बलाध्यक्ष रथी प्रभुराम शर्मा साउन २४ देखि कामु प्रधान सेनापति

    काठमाडौं । सरकारले बलाध्यक्ष रथी प्रभुराम शर्मालाई साउन २४ देखि लागू हुने गरी नेपाली सेनाको कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त सिफारिस गरेको हो । राष्ट्रपतिले कामु प्रधान सेनपातिमा शर्मालाई नियुक्त गर्ने छिन् ।

    हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महिनाअघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट बिदा बस्ने तयारी गरेका थिए ।

    ४४ औं प्रधानसेनापति बन्न लागेका शर्माले युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए । उनले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् ।

  • भरतपुरमा मृत भेटिएका व्यक्ति सैनिक हवल्दार, गोली हानी हत्या गरिएको आशंका

    भरतपुरमा मृत भेटिएका व्यक्ति सैनिक हवल्दार, गोली हानी हत्या गरिएको आशंका

    चितवन । भरतपुर महानगर-१७ मा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले मृतक नेपाली सेनाको हवल्दार भएको बताए । थापाका अनुसार मृतक नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखा काठमाडौंमा कार्यरत ३६ वर्षीय भरत गुरुङ हुन् ।

    भरतको घर धादिङ नीलकण्ठ नगरपालिका हो । घटनास्थलमा गोलीको एक खोकासमेत फेला परेको थियो । दाहिने कान र देब्रे कानमा चोट देखिएको छ । प्रारम्भिक अनुसन्धानले उनको गोली हानेर हत्या भएको आशंका गरिएको प्रहरीले बताएको छ ।

    बस्तीबाट करिव ३ सय मिटर परको सिमलडाँडा घोलमा बिहान गुरुङको शव भेटएको थियो । घटनास्थल शारदानगरको सिमलडाँडादेखि डेरीचोक जाने बाटो छेउमा पर्छ । गुरुङको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।

  • नेपाली सेनाका सिपाहीद्वारा आफैंलाई गोली हानी आत्महत्या

    जनकपुरधाम । महोत्तरीको जलेश्वरस्थित श्री रणभीम गण प्रकौलीमा एक सेना जवानले ड्यूटीमै रहेको बेला आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।

    रामेछापको लिखु गाउँपालिका ५ घर भएका सेना जवान २३ वर्षीय अमिर तामाङले आफैंलाई गोली हानेर प्राण त्यागेका हुन् ।

    विहान ३ बजेदेखि ६ बजेको बीचमा ट्यूटीमै रहेका बेला आफैंले बोकेको ५.५ मिनी इन्सास हतियारबाट आफ्नै कन्चटमा गोली हानेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    उनको शव अहिले घटनास्थलमै छ । रामेछापबाट परिवार आएपछि आवश्यक प्रक्रिया पूरा गरी शव पोष्टमार्टम गरिने प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

    उनले आफैंलाई गोली हान्नुको कारण खुल्न सकेको छैन । अनुसन्धान भइरहेको डीएसपी विष्टले जानकारी दिएका छन् ।

     

  • लिदी पहिरोबाट विस्थापितका लागि सेनाले बनायो अस्थायी आवास (तस्बिरहरू)

    लिदी पहिरोबाट विस्थापितका लागि सेनाले बनायो अस्थायी आवास (तस्बिरहरू)

    काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीका पहिरोबाट विस्थापित परिवारका लागि नेपाली सेनाले अस्थायी बासस्थान निर्माण गरेको छ । गत वर्ष साउन ३० गते गएको पहिरोबाट विस्थापित भएका लिदीबासीका लागि सेनाले १३ वटा अस्थायी बासस्थान निर्माण गरेको हो ।

    बासखर्कमा पालमा बसोबास गर्दै आइरहेका २८ परिवार तथा विपद् जोखिममा रहेका अन्य घरपरिवारलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यका साथ अस्थायी बासस्थान निर्माण गरिएको नेपाली सेनाले जनाएको छ । जुगल गाउँपालिका तथा नेपाल पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाइको सहयोगमा बासस्थान निर्माण सेनाले जनाएको छ ।

    नेपाली सेनाको गोरखबक्स गणको ५१ जनाको टोली बासस्थान निर्माणमा संलग्न भएको थियो । ४५ वटा अस्थायी घर बनाउने योजना रहेको उक्त परियोजनाको लागि आवश्यक पर्ने सम्पूर्ण निर्माण सामाग्री जुगल गाउँपालिकाले उपलब्ध गराएको थियो ।

  • सेनाद्वारा प्रहरीलाई ३०० थान हतियार हस्तान्तरण

    सेनाद्वारा प्रहरीलाई ३०० थान हतियार हस्तान्तरण

    काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० थान हतियार उपलब्ध गराएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापालाई सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उक्त परिमाणको इन्सास, एसएलआरलगायतका हतियार र सोको गोली एवं आवश्यक पार्टपुर्जा हस्तान्तरण गरेका हुन् ।

    मन्त्रिपरिषद्को गत जेठ १७ को निर्णयानुसार सेनाले १० हजार ८१८ नाल हरियार तथा १४ लाख ९४ हजार १६ थान गोली र आवश्यक पार्टपुर्जा प्रहरीलाई तीन चरणमा उपलब्ध गराउने छ । प्रहरीले तालीम, विशिष्ट र अतिविशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा तथा अन्य ठूला कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि ती हतियार माग गरेको थियो । उपलब्ध गराइएका हतियारको मर्मत तथा सञ्चालनसम्बन्धी तालीमसमेत सेनाले प्रहरीलाई प्रदान गर्नेछ ।

    उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल बैशाख महिनासम्ममा हस्तान्तरण गरिसक्ने जानकारी दिइएको छ ।

    यसबाट नेपाल प्रहरीको क्षमता अभिवृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास सेनाले लिएको सैनिक जनसम्पर्क तथा निर्देनालयले जनाएको छ ।

    शान्तिसुरक्षा कायम गर्ने सन्दर्भमा उत्पन्न हुने अवस्थाको प्रतिकार्यसमेतमा प्रयोग हुने उक्त हतियारले प्रहरीको क्षमता अभिवृृद्धि गर्नेछ । प्रहरीको अनुरोधमा सरकारबाट भएको निर्णयबमोजिम सेनासँग भएको जगेडा हतियार प्रहरीलाई उपलब्ध गरिएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

    यसअघि सेनाले सशस्त्र प्रहरी बल नेपाललाई सन् २०२० जुलाई २९ मा ६०० थान इन्सास हतियार उपलब्ध गराएको थियो । कार्यक्रममा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा लगायत उच्च सैनिक अधिकृतको सहभागिता रहेको थियो ।

     

  • अमेरिकाले नेपाली सेनालाई दियो ४ रेस्क्यू बोट

    अमेरिकाले नेपाली सेनालाई दियो ४ रेस्क्यू बोट

    काठमाडौं । अमेरिकाले नेपाली सेनालाई चारवटा रेस्क्यू बोट (डुंगा) उपलब्ध गराएको छ । जंगी असवाव खानामा एक कार्यक्रमकाबीच आउट बोर्ड मोटरसहितको बोट सहयोग गरेको छ ।

    नेपालस्थित अमेरिकी दूतावासस्थित रक्षा सहयोग कार्यालयका प्रमुख मेजर माइकल पी. ह्वाइटले नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई ती सामाग्री हस्तान्तरण गरे ।

    अमेरिकाले सहयोग गरेका ती बोटहरू बाढी/डुबानजस्ता विपद्‍मा उद्धार तथा राहत कार्यमा उपयोगी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

  • पाइलट उपरथी राणालाई दर्ज्यानी चिन्ह प्रदान

    पाइलट उपरथी राणालाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं । नेपाली सेनाको पाइलट उपरथीमा बढुवा भएका आशिष नरसिंह राणालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    पाइलट सहायक रथीबाट पदोन्नति भएका राणालाई प्रधान सेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डामा विशेष कार्यक्रमका बीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । गत ७ गतेको मन्त्रिपरिषद्को निर्णयले उनको बढुवा गरिएको थियो ।

    राणालाई सैनिक हवाई महानिर्देशनालयको महानिर्देशकमा पदस्थापन गरिएको छ ।

  • बाढीपीडितको उद्दारमा यसरी खटिएको छ नेपाली सेना (तस्बिरहरू)

    बाढीपीडितको उद्दारमा यसरी खटिएको छ नेपाली सेना (तस्बिरहरू)

    काठमाडौं । बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण बाढी-पहिरो र डुबानबाट प्रभावित विभिन्न जिल्लाका स्थानमा नेपाली सेनाले खोज तथा उद्वारकार्य जारी राखेको छ ।

    बुधबार मात्र काभ्रेपलाञ्चोकमा तैनाथ सुरक्षा पोष्ट अम्बाथानबाट खट्टिएको टोलीले १ जना नेपाली र ३ जना चिनीया नागरिकको उद्धार गरेको छ । कास्कीको मादी गाउँपालिका-२ मा निर्माणाधिन सुपरमादी जलविद्युत आयोजनाको कलबन्दीमा सुरुङ्ग निर्माण कार्य भईरहेको अवस्थामा अलपत्र परेका १ सय ६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याउन सहयोग गरेको नेपाली सेनाले जनाएको छ ।

    यस्तै गुल्मीको रेसुङ्गा नगरपालिका-२, स्थित स्थानीय १ घरमा पहिरोले क्षति पुर्याएकोले खोज तथा उद्धार कार्यमा सहयोग गरेको छ । सिन्धुपाल्चोकको मेलम्चीमा बाढि पहिरो प्रभावित स्थानीयलाई विभिन्न संघ संस्थाबाट प्राप्त राहत सामग्री नेपाली सेनाको हेलिकप्टरद्वारा ३ चरणमा काठमाण्डौंबाट मेलम्चीसम्म ढुवानी गर्न, स्थानीयलाई राहत वितरण गर्न साथै वासस्थान निर्माण गर्न सहयोग गरेको छ ।

    मनाङ्गको चामेस्थित सिरनताल ईलाकाबाट २४ जना तथा थोंचे ईलाकाबाट ११ जना गरी जम्मा ३५ जना बाढी र पहिरोबाट प्रभावितलाई हेलिकप्टरद्वारा सुरक्षित स्थानमा पुयाएको छ ।

    यस्तै म्याग्दीको मंगला गाउँपालिका-४ का ६० वर्षका भिमकला बुढा मगर पहिरोमा पुरिएर सिकिस्त घाईते भएकोले थप उपचारको लागि हेलिकप्टरबाट पोखरा पुर्याएको छ । सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढीको कारण भत्किएका र पुरिएका ११ वटा घरबाट सामान निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको पनि सेनाले जनाएको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
  • मेलम्चीकाे होटलमा फसेका २ जनालाई सेनाकाे हेलिकोप्टरबाट उद्दार

    मेलम्चीकाे होटलमा फसेका २ जनालाई सेनाकाे हेलिकोप्टरबाट उद्दार

    काठमाडौं । मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका दुई व्यक्तिलाई नेपाली सेनाले उद्दार गरेको छ ।

    मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए ।

    होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

    बाढीले होटलको तल्लो तल्लाहरु डुबाएको थियो । त्यसपछि बाहिर निस्कन नसकेका उनीहरु जोखिममा परेका थिए ।

  • मकालु हिमालबाट संकलित फोहोर अभ्नी भेन्चर्सलाई हस्तान्तरण

    मकालु हिमालबाट संकलित फोहोर अभ्नी भेन्चर्सलाई हस्तान्तरण

    काठमाडौं । नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत मकालु हिमालबाट संकलन गरिएको फोहोर रिसाइक्लिङ गरी व्यवस्थापन गर्ने प्रयोजनको लागि अभ्नी भेन्चर्स फर सस्टेनाबिलिटीलाई हस्तान्तरण गरेकाे छ ।  आज जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच नेपाली सेनाकाे राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक हिमांशु खड्काले अभ्नी भेन्चर्सलाई हस्तान्तरण गरेका हुन् ।

    हिमालबाट संकलन गरिएको ६  हजार ६ सय ७ किलाे फोहोर मध्ये सड्ने/कुहिने १ हजार ७ सय २५ केजी फोहोर  जेठ १३ गते मकालु गाउँपालिकालाई बुझाइएको थियो भने नकुहिने ४ हजार ८ सय ८२ कलाे फोहोर पुन प्रयाेग गर्ने प्रयोजनको लागि  हस्तान्तरण गरिएको हो ।कार्यक्रमका क्रममा निर्देशक खड्काले हिमाल सफाईमा खटिएको टिमलाई बधाई तथा सहयोगी संस्था डब्लुडब्लुएफ नेपाल, इसिमोड, नेपाल डिस्ट्रिलरीलगायत सम्बद्ध सबैमा कृतज्ञता व्यक्त गरे ।

    ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत विभिन्‍न ६ वटा हिमालहरूबाट २७ हजार ६ सय ७१ किलाे फोहोर संकलन गरिएको छ भने १७ हजार ८ सय ७७ किलाे फोहोर पुन प्रयाेग तथा व्यवस्थापनको लागि सम्बन्धितलाई हस्तान्तरण गरिसकिएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्घी अड्डाले जनाएकाे छ ।

  • अवैध क्रियाकलापमा संलग्न ६ जना नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनकाे जिम्मा

    अवैध क्रियाकलापमा संलग्न ६ जना नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनकाे जिम्मा

    काठमाडौं । नेपाली सेनाले मुलकका विभिन्न ठाउँमा अवैध काम गरिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनकाे जिम्मा लगाएकाे छ । काठमाडौं, मकवानपुर र बझाङ गरी ३ ठाउँका निकुञ्ज क्षेत्रमा अवैध काम गर्ने ६ जना व्यक्तिलाई सेनाले पक्राउ गरेर निकुञ्ज प्रशासनलाई बुझाएको हो ।

    जसमा बिहिबार बझाङको खफत८ छान्‍ना गाउँपालिका ५ स्थित घोडादाउन्‍ना पाटन निकुञ्‍जको क्षेत्रमा अवैध रुपमा जडीबुटी संकलन गरिरहेका ४ जना व्यक्तिलाई सतुवा काँचो ३५ किलो, वन लसुन कााचो ८ किलो र गदाल्नो काँचो साढे १ किलो जडीबुटी सहित पक्राउ गरी निकुञ्‍ज प्रशासन कार्यालयमा बुझाएको छ । प्रकृति संरक्षण कार्यलाई प्रभावकारी बनाउन र निकुञ्जमा हुने अवैध चोरी शिकारीलाई नियन्त्रण गर्नक लागि खप्तड राष्ट्रिय निकुञ्‍जको सुरक्षार्थ तैनाथ सिंह शार्दुल गुल्मको पट्रोल टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

    त्यस्तै, काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्‍जको क्षेत्रभित्र पर्ने चिलाउनेबाट १५ किलो बदेलको मासु सहित काठमाण्डौ जिल्ला गोकर्णेश्वर नगरपालिका १ चिलाउनेका ५० वर्षका धन बहादुर तामाङलाई बा २९ प १५७९ नम्बरको मोटरसाईकलमा सुन्दरीजलतर्फ जादै गरेको अवस्थामा पक्राउ गरिएको हो । निकुञ्जको सुरक्षामा तैनाथ दि फेमस महिन्द्रदल गण अन्तर्गतमा संचालन भइरहेको ‘अपरेशन महाहण्ट ७’ मा खटिएको नेपाली सेनाको सुरक्षा गुल्म सुन्दरीजल र सुरक्षा पोष्ट मुलखर्कको संयुक्त टोली र निकुञ्‍ज प्रशासन सहितको टोलीले उनलाई पक्राउ गरेको नेपाली सेनाले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई सुरक्षार्थ खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको छ ।

    र मकवानपुरको मनहरी गाउँपालिका ३ तल्लो सुकौरामा अवस्थित कमेरो खोल्सा र फरिन खोल्साको वन जंगलमा रुख विरुवा कटान गरी खनजोत गरेर बाली लगाउने र छाप्रो बनाई निकुञ्जको जंगल अतिक्रमण गर्ने स्थानीय ६३ वर्षका रामलाल थिङ्गलाई पक्राउ गरेर सेनाले निकुञ्ज प्रशासन कार्यालयमा बुझाएको छ । पर्सा राष्ट्रिय निकुञ्‍जको सुरक्षार्थ तैनाथ सिद्धिबक्‍स गणको सुरक्षा पोष्ट चकरी र निकुञ्‍ज प्रशासन सहितको संयुक्त टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

  • धौलागिरी हिमालबाट संकलित ४७२० किलो फोहोर एभ्नी भेन्चर प्रालीलाई हस्तान्तरण

    धौलागिरी हिमालबाट संकलित ४७२० किलो फोहोर एभ्नी भेन्चर प्रालीलाई हस्तान्तरण

    काठमाडौं । नेपाली सेनाले धौलागिरी हिमालबाट संकलन गरेको फोहोर हस्तान्तरण गरेको छ । बिहिबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपाली सेनाको राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले “सफा हिमाल अभियान २०२१” अन्तर्गत् संकलन गरिएको फोहोर पुनः प्रयोग गर्नेगरी व्यवस्थापन गर्ने प्रयोजनको लागि एभ्नी भेन्चर प्रालीलाई हस्तान्तरण गरिएको हो ।

    फोहोर संकलनको क्रममा धौलागिरी हिमालमा फेला परेको दुई वटा मानव कंकाल आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाका लागि मंगलबार नै जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा बुझाइसकिएको छ ।

    उक्त हिमालबाट संकलन गरीएको ५ हजार २० किलो फोहोर मध्ये सड्ने र कुहिने खालको ३ सय किलो फोहोर आइतबार नै धौलागिरी गाउँपालिकालाई बुझाइसकिएको नेपाली सेनाका प्रवक्ता सन्तोस बल्लभ पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार नकुहिने ४ हजार ७ सय २० किलो फोहोर पुनः प्रयोग गर्ने प्रयोजनको लागि एभ्नी भेन्चर प्रालीलाई बिहिबार हस्तान्तरण गरिएको हो ।

    साथै, सफा हिमाल अभियान अन्तर्गत् विभिन्‍न ६ वटा हिमालको सफाई कार्यक्रम जेठ १० गतेसम्म रहेकोमा फोहोरको उपलब्धता तथा कार्य प्रगतिलाई ध्याद दिएर धौलागिरी तथा आमादब्लम हिमालको सफाई कार्यक्रम जेठ ३ गते नै सम्पन्न गरिएको सेनाले जनाएको छ । मकालु हिमालको सफाई जेठ ११ गतेसम्म र सगरमाथा लगायत ल्होत्से तथा पुमोरीको सफाईलाई जेठ १५ गतेसम्म निरन्तरता दिइने सेनाको योजना छ ।

  • सेनाको टोलीद्वारा आमादब्लम हिमाल आरोहण

    सेनाको टोलीद्वारा आमादब्लम हिमाल आरोहण

    काठमाडौं । नेपाली सेनाको एक टोलीले आमादब्लम हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

    “सफा हिमाल अभियान-२०२१” अभियान अन्तर्गत सेनाले उच्च क्षेत्रको फोहोर संकलन गर्ने क्रममा आमादब्लम हिमालको आरोहण गरेको हो ।

    आमा दब्लम नेपालको उत्तर-पूर्वमा अवस्थित खुम्बु हिमशृङ्खलामा रहेको ६,८१२ मिटर अग्लो हिमाल हो ।

    नेपाली सेनाका सह सेनानी अर्जुन खत्री, हुद्दा प्रकाश कार्की, प्युठ सन्तोष गुरुङ्ग सहित फुरी ग्याल्जेन शेर्पा र पासाङ्ग तेन्जी शर्पा सहितको टोलीले बिहीबार बिहान ९:४५ बजेको समयमा हिमालको चुचुरोमा पुगेको नेपाली सेनाले जनाएको छ  ।

    सगरमाथा सहित ६ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ संचालित हिमाल सफा अभियान बैशाख १२ गतेबाट सुरु गरेको थियो ।

     

  • कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्न समस्या

    कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्न समस्या

    जनकपुरधाम । कोरोना संक्रमणका विरामीको उपचार गर्नु त पर जाओस्, मृत्यु हुने व्यक्तिको शव व्यवस्थापन गर्न पनि समस्या परेको छ ।

    शव व्यवस्थापन गर्न न ठाउँ तोकिएको छ, न मापदण्ड । यतिसम्मको शव व्यवस्थापन गर्न सेनालाई ल्याउने गाडी समेत पाइरहेको छैन ।
    बुधबार जनकपुरको धनुषा अस्पतालमा उपचाररत एक व्यवसायीको निधन भयो । मृतकका परिवारले जनकपुरधाम उद्योग बाणिज्य संघका पदाधिकारीलाई शव व्यवस्थापन गराइदिन गुहारे ।

    संघका अध्यक्ष जितेन्द्र महासेठले ति व्यवसायीको शव जनकपुरकै स्वर्गद्धारीमा व्यवस्थापन गर्ने निधो गरे । उनले जनकपुर एयरपोर्टमा बसेका सेनालाई अस्पतालबाट शव स्वर्गद्धारी पुयाईदिन आग्रह गरे । सेनाको शव व्यवस्थापन टिम तयार भए । तर सेनाको टिमलाई एयरपोर्टबाट ल्याएर शव स्वर्गद्धारीमा पुर्याइदिने गाडी खोज्न हम्मेहम्मे पर्यो ।

    ‘गाडीका लागि कैयौं व्यक्तिलाई सम्पर्क गरेँ’, अध्यक्ष महासेठले भने, ‘तर कोरोनाले मृत्यु भएका व्यक्तिको शव बोक्न कोही तयार भएन । करिब ३ घण्टा हैरान भएपछि धनुषा अस्पतालकै संचालकसँग आग्रह गरेपछि उनी एम्बुलेन्स पठाउन तयार भयो ।’ कोरोनाले ज्यान गुमाउनेको शव व्यवस्थापन गर्ने पूर्व तयारी नगर्दा समस्या भएको उनको भनाई छ ।

    शव व्यवस्थापनको मापदण्ड नै धेरैलाई थाहा छैन । कोरोनाले मृत्यु भएपनि धेरै परिवार आफूखुशी दाहसंस्कार गर्छन् । तर यसतर्फ न प्रदेश सरकारको ध्यान छ, न स्थानीय प्रशासनको । स्थानीय सरकार त झन लापरबाह बनेको छ । शव व्यवस्थापनको मापदण्ड बनाउन जरुरी देखिएको संघका अध्यक्ष महासेठ बताउँछन् ।

    ‘शव कसरी व्यवस्थापन गर्ने मलाई नै थाहा थिएन’, उनले भने, ‘तर जिम्मेवारी काँधमा आएपछि सिडिओ साहेबलाई फोन गरी बुझेँ । उहाँले मृत्यु भएको अस्पतालको रेकर्ड र मृत्यु प्रमाणपत्रसहित निवेदन पेश गर्न भन्नुभयो । त्यो सब पेश गरेपछि सेनालाई जानकारी गराइयो, अनी मात्र सेनाले शव व्यवस्थापन गर्यो ।’

    प्रादेशिक अस्पताल जनकपुरको कोभिड वार्ड र अन्य अस्पतालमा कोरोनाले ज्यान गुमाएको प्रायः व्यक्तिको शव स्वर्गद्धारीमै व्यवस्थापन गरिदै आएको छ । तर त्यहाँ पर्याप्त ठाउँ छैन । संक्रमितको संख्या ह्वात्तै बढेपछि मृतक पनि बढ्ने देखिन्छ । त्यस्तो अवस्थामा शव व्यवस्थापन गर्न न दाउरा, न स्थान भेटिने अवस्था आउन सक्छ ।

    शव व्यवस्थापनका लागि उपयुक्त ठाउँ तत्कालै खोज्न नसके ठूलो समस्या सृजना हुने संघका अध्यक्ष महासेठ बताउँछन् । उनले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई शव व्यवस्थापन गर्ने उपयुक्त ठाउँ तत्काल खोज्न सुझाए । उनले भने, ‘शव व्यवस्थापन लगायतका विषयमा आज जनकपुरधामका जनप्रतिनिधिसँग छलफल गर्दैछौं ।’

    गाउँघरमा भने शव व्यवस्थापन गर्न झन चुनौती देखिन्छ । कोरोना संक्रमण फैलिने भन्दै गाउँका मानिसहरु शव व्यवस्थापन गर्न अवरोध गरिरहेको धेरै घटना घटिसकेको छ । त्यसैले सेनाको टोलीले पनि प्रायः मृतकको शव नदी किनारमा व्यवस्थापन गर्छन् ।

    जिल्ला प्रशासन कार्यालय सिरहाले भने शव व्यवस्थापन गर्ने ठाउँ तोक्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । शव व्यवस्थापन गर्ने विवाद रहित स्थानको पहिचान गरी सर्वसाधारण र सुरक्षा निकायलाई जानकारी गराउन स्थानीय तहहरुलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।

    उनले भने, ‘प्रायः ठाउँमा शव व्यवस्थापनको विषयमा विवाद हुन्छ । त्यसैले विवादरहित ठाउँको पहिचान गर्न सबै स्थानीय तहलाई निर्देशन दिएका छौं ।’

    शव व्यवस्थापन गर्दा ‘शव वाहन’मा लाग्ने इन्धन र चालकलाई १ हजार रुपैया प्रोत्साहन जोखिम भत्ता पनि स्थानीय तहले दिनुपर्ने निर्णय पनि डीसीसीएमसी बैठकले गरेको छ । धनुषामा भने यस्तो कुनै निर्णय गरिएको छैन ।

  • सेनाको हेलिकप्टरबाट रूपन्देहीमा ल्याइयो अक्सिजन

    सेनाको हेलिकप्टरबाट रूपन्देहीमा ल्याइयो अक्सिजन

    रुपन्देही । रुपन्देहीमा अक्सिजनको अभावले अस्पतालमा भर्ना भएका संक्रमितका मृत्यु हुन थालेपछि सेनाको हेलिकप्टरबाट अक्सिजन ल्याइएको छ ।

    नेपाली सेनाको एमआई ९० हेलिकप्टरबाट ५० थान सिलिण्डर भैरहवा बिमानस्थल आइपुगेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

    तामाङले भने- अक्सिजन अभाव भएपछि धेरैको ज्यान जान थाल्यो, रुपन्देहीको उत्पादनले थेगेन त्यसैले तत्काल समस्या समाधानमा लागि ५० थान ल्याई ल्याईएको छ । ल्याईएका अक्सिजन मध्ये भैरहवा स्थीत भिम अस्पताल र लुम्विनी प्रादेशिक अस्पतालमा पठाईने छ ।

    अहिले नेपाली सेनाले बाराको सिमराबाट र चितवनबाट ५० थान सिलिण्डर ल्याएको र बिहीबार बिहान २ पटक गरी थप १ सयथान सिलिण्डर ल्यायाईने तामाङले बताए ।

    यसका साथै बुटवलबाट पोखरा, चितवन, बिरगन्ज, बिराटनगर लगाएतका स्थानहरुमा खालि सिलिण्डर पठाईएको र ति सिलिण्डरहरु समेत सडकमार्गबाट आउने क्रममा रहेको उनले बताए । रुपन्देहीमा बुधबार मात्रै बुटवलमा ५ र भैरहवामा उपचार गरिरहेका ३ जना कोरोना संक्रमितको समयमै अक्सिजन अभावमा मृत्यु भएको ती अस्पतालले जनाएका छन् । यो समाचार सार्वजनिक भएपछि अर्थमन्त्री विष्णु पौडेलको पहलमा अक्सिजन व्यवस्था गरिएको हो ।

  • सेनाले सार्वजनिक गर्‍यो-शव व्यवस्थापनको विवरण

    सेनाले सार्वजनिक गर्‍यो-शव व्यवस्थापनको विवरण

  • सैनिक स्वास्थ्यकर्मीलाई जंगी अड्डाको निर्देशन- सेवा फिर्तीको लागि तयारी रहनू

    सैनिक स्वास्थ्यकर्मीलाई जंगी अड्डाको निर्देशन- सेवा फिर्तीको लागि तयारी रहनू

    काठमाडौं । नेपाली सेनाले अवकासप्राप्त आफ्ना स्वास्थ्यकर्मीलाई पुन: सेवामा लगाउने तयारी गरेको छ ।

    नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि महामारी रोकथाम तथा नियन्त्रणका लागि अवकासप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सक्ने गरी तयारी हालतमा रहन ‘रिकल टू ड्यूटी’ निर्देशन जारी गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    विश्वव्यापी महामारी बनेको कोभिड-१९ रोकथाम, उपचार र नियन्त्रणलगायतका काममा फ्रन्टलाइनमा खटिनेमध्ये सैनिक पनि एक हो ।

    प्रधान सेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ सालभन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकास प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने निर्णयको आधारमा  तयारी हालतमा रहन निर्देशन जारी गरेको हो ।

  • धौलागिरी हिमालमा भेटियो १५ वर्षअघि हराएको हेलिकप्टर र मानव अवशेष

    धौलागिरी हिमालमा भेटियो १५ वर्षअघि हराएको हेलिकप्टर र मानव अवशेष

    काठमाडौं । धौलागिरी हिमालमा १५ वर्षअघि हराएको एक हेलिकप्टर र मानव अवशेष फेला परेको छ ।

    नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’अन्तर्गत हिमालमा जम्मा भएको फोहोर संकलन गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टिक हेलिकप्टर फेला परेको हो ।

    नाइन एन ए सीआर कलसाइनको सो हेलिकप्टर सफाइ टोलीले फेला पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सँगै २ शव पनि भेटिएको छ ।

    धौलागिरी बेस क्याम्पनजिकै ती शव र क्षतविक्षत अवस्थामा हेलिकप्टर भेटिएको हो ।

    मृतकको पहिचान खुल्न नसकेकाले छानविन भइरहेको सैनिक प्रवक्ता सन्तोषबल्भव पौडेलले बताए । उक्त हेलिकप्टर धौलागिरी बेसक्यापबाट २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्यूपमेन्टसहित फेला परेको छ ।

    हेलिकप्टरसँगै भेटिएको शवको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको समेत सेनाले जनाएको छ । सगरमाथासहित ६ वटा हिमालको सफाइ गर्न सैनिक टोली खटाइएको छ ।

  • पिपिई पहिरिएर सगरमाथाको फोहोर टिप्दै नेपाली सेना

    पिपिई पहिरिएर सगरमाथाको फोहोर टिप्दै नेपाली सेना

    पिपिई पहिरिएर सगरमाथा सफा गर्न व्यस्त छन्, नेपाली सेना । कोरोना कहरबीच नेपाली सेनाले आधार शिविरदेखि क्याम्प टूसम्मको सफाइ सकेका छन् ।

    सगरमाथा आरोहणमा हिँडेका केही विदेशीमा कोभिड संक्रमण भएको भनिएसँगै सेनाले पिपिई लगाएरै सफाइको काम गरेको हो ।

    वसन्त ऋतुको सगरमाथामा विभिन्न देशबाट ४२ आरोहणदलका करिब ४ सय आरोही आधार शिविर पुगेका छन् । आरोहीको भीडलाई नेपाली टाइम्स अंग्रेजी साप्ताहिकले ‘सगरमाथा शहर’ समेत भनेको छ ।

    नेपाली सेनाको ‘सफा हिमाल–२०२१’का समन्वय अधिकृत सेनानी आदित्य कार्कीले भने, ‘सकेसम्म कोभिड–१९ महामारीबाट बँच्न पिपिई लागाएरै सफाइ गरेका हौं ।’

    नेपाली सेनाको टोली वैशाख पहिलो सातासगरमाथा आधारशिविर पुगेको हो । सफा हिमाल मिसनअन्तर्गत सगरमाथा क्षेत्रबाट १६ टन फोहोर संकलन गर्ने सेनाको लक्ष्य छ ।

    सन् २०१३ २०१९ मा पनि सगरमाथा सफाइमा सक्रिय सेनाले क्रमशः ४ र १० टन फोहोर संकलन गरेको थियो ।
    ‘सेभ दि हिमालयज फर दि फ्युचर’ नारासहित ‘सफा हिमाल– २०२१’ मिसनमा रहेको नेपाली सेनाले देशका विभिन्न ६ हिमाल एकैसाथ सफाइ गर्दैछ ।

    सेनाले सगरमाथासहित ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरी हिमाल सफाइ गरिरहेको छ ।

    विश्व वातावरण दिवसको दिन पारेर जेठ २२ मा सबै हिमालबाट संकलित नकु्हिने फोहोर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरेर अभियान समापन गर्ने सेनाले जनाएको छ ।