Tag: नेपाली राष्ट्रिय क्रिकेट टोली

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पुवुदुलाई फर्काउने तयारी

    नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पुवुदुलाई फर्काउने तयारी

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा श्रीलंकन पुवुदु दसानायके नियुक्त हुने लगभग निश्चित भएको छ । पूर्व प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएसँगै रिक्त रहेको पदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दरखास्त आह्वान गरेको थियो ।

    जसका लागि आवेदन दिएका प्रशिक्षकहरूमध्ये पारिश्रमिक र नेपाली क्रिकेटसँग ‘फ्यामिलियर’ भएकाले पुवुदुको नियुक्ती करिब निश्चित भएको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताए ।

    ‘आज बेलुकासम्म निश्चित हुन्छ होला, हामीले सबै (सर्ट लिस्टमा परेका पाँच) प्रशिक्षकहरूसँग कुरा गरेका छौं,’ उनले नेपाल प्रेससँग भने, ‘पारिश्रमिक न्युन र नेपाली क्रिकेटलाई पहिल्यै बुझिसकेको प्रशिक्षक भएकाले पुवुदुको सम्भावना बढी छ ।’

    पुवुदुले यसअघि २०११ मा पनि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी निभाएका थिए । दशैंअघि भएको एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडिएटर्सको मुख्य प्रशिक्षक रहेका पुवुदु नेपाली क्रिकेटसँग अहिले पनि उत्तिकै परिचित छन् ।

    तस्बिर: पुवुदुको फेसबुकबाट ।
  • नेपाललाई १३५ रनको लक्ष्य, पिएनजी ३३ ओभरमा अलआउट

    नेपाललाई १३५ रनको लक्ष्य, पिएनजी ३३ ओभरमा अलआउट

    काठमाडौं । सन्दीप लामिछानेको चार विकेट प्रेरित नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीलाई १३४ रनमा अल आउट गरेको छ ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि किफायती बलिङ गरेका स्टार स्पीनर सन्दीपले १० ओभरमा ३५ रन खर्चेर चार विकेट लिए ।

    टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले कसिलो बलिङ गरेको थियो । नेपालका लागि विक्रम शोब र कुशल मल्लले २/२ तथा सोमपाल कामीले १ विकेट लिए ।

    पिएनजीका लागि लेगा सियाकाले सर्वाधिक ३०, चार्ल्स अमिनीले २३, गाउडी टोकाले २२ र विकेटकिपर ब्याट्सम्यान किप्लिन डोरिगाले १५ तथा चाड सोपरले अविजित १७ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

    ट्राई नेसन ओडीआई सिरिजको तयारी स्वरुप आयोजित दुई एकदिवसीयमध्ये यो पहिलो खेल हो । दोस्रो खेल पिएनजीसँगै शुक्रबार हुनेछ ।

  • नेपालविरुद्ध पिएनजीको १०० रन पूरा, नेपाललाई ७ विकेट

    नेपालविरुद्ध पिएनजीको १०० रन पूरा, नेपाललाई ७ विकेट

    काठमाडौं । नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनी (पिएनजी)ले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०० रन पूरा गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपालको कसिलो बलिङसामु संघर्षरत पिएनजीले ७ विकेट गुमाएर १०० रन पूरा गरेको हो ।

    २५औं ओभरको पाँचौं बलमा गाउडी टोकाले १ रन जोड्दै पिएनजीको १०० रन पूरा गरेका हुन् ।

    पिएनजीका लागि ओपनर लेगा सियाकाले ३८ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ३० रन बनाएर पेभेलियन फर्किँदा चार्ल्स अमिनीले २३ तथा किल्पिन डोरिगाले १५ रन जोडे ।

    नेपालका लागि स्टार स्पीनर सन्दीप लामिछानेले सर्वाधिक तीन तथा कुशल मल्ल र डेब्यूट्यान्ट विक्रम शोबले २/२ विकेट लिएका छन् ।

  • पिएनजीविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल, तीन जनाले डेब्यू गर्दै

    पिएनजीविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल, तीन जनाले डेब्यू गर्दै

    काठमाडौं । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको तयारी स्वरुप आयोजित पहिलो एकदिवशीय खेलमा पपुवा न्युगिनीले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार ११:१५ बजे सुरु हुनेछ ।

    नेपाली टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, विक्रम शोब, रोहित पौडेल, कुशल मल्ल, पवन सर्राफ र आरिफ शेख छन् ।

    उपकप्तान दीपेन्द्रसिंह ऐरीले चोटका कारण आजको खेल गुमाउने छन् । नेपालको टोलीबाट आशिफ, कुशल भुर्तेल र बिक्रमले ओडीआईमा डेब्यू गर्न लागेका हुन् ।

  • आईसीसी सीडब्लूसी लिग-२ का लागि राष्ट्रिय टोलीको घोषणा, गुल्सन पहिलो पटक टोलीमा

    आईसीसी सीडब्लूसी लिग-२ का लागि राष्ट्रिय टोलीको घोषणा, गुल्सन पहिलो पटक टोलीमा

    काठमाडौं । युवा बलर गुल्सन झालाई समेटेर आईसीसी सीडब्लूसी लिग-२ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको ट्राईसिरिजका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले दिएको जानकारीअनुसार भदौ ८ गते मंगलबार बिहान ८ बजे नेपाली टोली सलाम एयरबाट ओमान प्रस्थान गर्नेछ ।

    खेलाडीहरू: ज्ञानेन्द्र मल्ल (कप्तान), आसिफ शेख, कुशल मल्ल, सोमपाल कामी, अविनाश बोहरा, शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), गुलशन झा, विनोद भण्डारी, सन्दीप लामिछाने, रोहित पौडेल, विक्रम सोव, कुशल भुर्तेल, आरिफ शेख, करण केसी, पवन सर्राफ, सुशन भारी

  • नेपाली टोलीले सुरु गर्‍यो त्रिकोणात्क क्रिकेट श्रृखंलाको तयारी (भिडियो)

    नेपाली टोलीले सुरु गर्‍यो त्रिकोणात्क क्रिकेट श्रृखंलाको तयारी (भिडियो)

    काठमाडौं । स्कल्यान्ड, नामिबिया र नेपालबीच हुने क्रिकोणात्मक एक दिवसीय श्रृखंलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबारबाट अभ्यास सुरु गरेको छ । श्रृंखलाका लागि स्पेन भ्रमणको तयारीमा रहेको नेपाली टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरेको हो । एक साता अघि मात्र नेपाल फर्किएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाल क्रिकेट संघ (क्यान)ले छनोट गरेका खेलाडीलाई समावेश गरेर तयारी सुरु गरेका हुन् ।

    स्पेनमा जुलाई २० देखि ३० तारिखसम्म हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय श्रृखंलाका लागि नेपाली टोलीले अभ्यास सुरु गरेको हो । जुलाई अन्तिम सात हुने श्रृखंलामा सहभागी हुने खेलाडी र अफिसियलको सोमबार कोरोना परीक्षण नेगेटिभ आएसँगै श्रृखंलाको तयारी सुरु भएको छ ।

    पहिलो दिन क्यानले छनोट गरेका २० खेलाडी मध्येबाट १९ खेलाडीले अभ्यास गरेका थिए । तर, पहिलो दिनको ट्रेनिङमा पृथु बास्कोटा सहभागी भएनन् । व्यक्तिगत कारण देखाउँदै पृथुले बन्द प्रशिक्षणमा सहभागी हुन नसक्ने बताएका थिए । कोरोना महामारीपछि अन्तर्राष्ट्रिय भ्रमण गर्ने लक्ष्यमा रहेको टोलीलाई अहिले मौसम प्रतिकुल भएको छ । धेरै समयपछि एक दिवसीय खेल खेल्नका लागि फिल्डमा गर्ने काम मौसमका कारण समयमा नै हुन नसकेको भन्दै कप्तान ज्ञानेन्द्र मल्लले बलिया राष्ट्रहरूसँग हुने प्रतिस्पर्धाका लागि मेहनत गर्नु पर्ने बताए ।

    स्कटल्यान्डमा तय भएका खेलहरू विशेषकारण स्पेनको डेजर्ट स्प्रिङ्स क्रिकेट मैदानमा हुनेछन् । आईसीसीले एकदिवसीय मान्यता दिएपछि यो मैदानमा पहिलो पटक सिरिज हुन लागेको हो । सन् २०२३ को विश्वकप छनौटका आधार रहेको लिग-२ प्रतियोगिताको शीर्ष तीनमा अटाउन सकेको खण्डमा नेपालले ग्लोबल छनौट खेल्ने मौका पाउनेछ ।

  • कोरोनाले प्रभावित बनेको त्रिकोणात्मक सिरिज स्पेनमा हुने

    कोरोनाले प्रभावित बनेको त्रिकोणात्मक सिरिज स्पेनमा हुने

    काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एकदिवसीय त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको छ । यसअघि स्कटल्यान्डमा हुने भनिएको सिरिज कोरोना भाइरसका कारण अनिश्चित भएको थियो ।

    शुक्रबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बैठकमा यसबारे बैठक भएको र अन्योलमा परेको सिरिज स्पेनमा हुने निश्चित भएको एक सदस्यले जानकारी दिए ।

    ‘त्रिकोणत्मक सिरिज स्पेनमा हुने निश्चित भएको छ,’ उनले भने, ‘यसका लागि आवश्यक ट्रेनिङको विषयमा सिरिजको मिति सार्वजनिक भएपछि निर्णय हुन्छ ।’

    स्पेन सरकारले प्रतियोगितका लागि अनुमति दिएसँगै खेलाडीहरूको क्वारेन्टाइन बस्ने स्थान लगायत कुरा निश्चित भएपछि मात्रै सिरिजको तालिका सार्वजनिक हुने छ ।

  • लिग चरणको अन्तिम खेलमा मलेसियाले नेपालविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

    लिग चरणको अन्तिम खेलमा मलेसियाले नेपालविरुद्ध टस जितेर फिल्डिङ रोज्यो

    काठमाडौं । ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको समूह चरणको अन्तिम खेलमा मलेसियाले नेपालविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

    त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा प्रतियोगिताबाट बाहिरिसकेको मलेसियाका कप्तान अहमद फैजले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    सुरुआती तीन खेलमा जितविहीन मलेसिया प्रतियोगिताबाट बाहिरिसकेको छ भने नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुगिसकेका छन् ।

    एक खेल अगावै फाइनलमा स्थान बनाइसकेको नेपालले टोलीमा दुई परिवर्तन गरेको छ । यसै प्रतियोगिताबाट ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका साहब आलमको स्थानमा सुशन भारीले मौका पाएका छन् भने अविनाश बोहराको स्थानमा कमलसिंह ऐरीले मौका पाएका छन् ।

  • कुशलको अविजित अर्धशतकमा नेपालको शानदार जित

    कुशलको अविजित अर्धशतकमा नेपालको शानदार जित

    काठमाडौं । कुशल भूर्तेलको अविजित अर्धशतकप्रेरित नेपालले ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा सोमबार मलेसियालाई ९ विकेटले पराजित गरेको छ ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १२.१ ओभरमा कुनै विकेट नगुमाइ ११० रनको लक्ष्य पूरा गर्यो ।

    नेपालका लागि आक्रामक ब्याटिङ गरेका ओपनर कुशलले ४१ बलमा ३ चौका र ५ छक्कासहित अविजित ६१ रनको इनिङ खेले । यसै सिरिजमार्फत् ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका दुई खेलाडी कुशल र आशिफ शेखले १०२ रनको शतकीय साझेदारी गर्दै शानदार सुरुआत दिलाएका थिए ।

    शनिबार भएको खेलमा डेब्यु गरेका आशिफले डेब्यू खेलमै अर्धशतक बनाएका थिए । आज मलेसियाविरुद्धको खेलमा ८ रनले अर्धशतक बनाउन चुकेका आशिफले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

    वान् म्यान डाउनमा क्रिजमा उत्रिएको उप कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ६ रनको योगदान गरे ।

    मलेसियाका लागि विरनद्वीप सिंहले १ विकेट लिनु बाहेक अन्य बलर असफल रहे ।

    यसअघि मलेसियालाई १०९ मा अल आउट गरेको नेपालका लागि करण केसीले तीन विकेट लिएका थिए । त्यस्तै, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र साहब आलमले १/१ विकेट लिए ।

    नेपालको कसिलो बलिङसामु टिक्न नसकेको मलेसियाले १६५ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गर्‍यो । मलेसियाका लागि ओपनर साद अजिजले २४ बलमा ४ चौका र १ छक्कासहित २७ रन बनाए । त्यस्तै, सार्भिन मुनियादीले २० तथा विकेटकिपर ब्याट्सम्यान शफिक सरिफले १५ रन जोडेका थिए ।

    पहिलो खेलमा नेदरल्यान्ड्समाथि पनि ९ विकेटको फराकिलो जित निकालेको नेपालको यो लगातार दोस्रो शानदार जित हो । भोलि हुने खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ ।

  • मलेसियाविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

    मलेसियाविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

    काठमाडौं । ट्राई नेसन ट्वान्टी-२० सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

    त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको जित हासिल गरेको नेपालको आज दोस्रो खेल हो ।

    सिरिज आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको मलेसिया भने प्रतियोगितामा पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रिँदैछ ।

  • अप्रिल १७ देखि कीर्तिपुरमा त्रिदेशीय शृंखला: नेपालसहित नेदरल्यान्ड्स र मलेसिया भिड्ने

    अप्रिल १७ देखि कीर्तिपुरमा त्रिदेशीय शृंखला: नेपालसहित नेदरल्यान्ड्स र मलेसिया भिड्ने

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अप्रिल १७ देखि २४ सम्म किर्तिपुरमा त्रिदेशीय ट्वान्टी-२० प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेको छ । राउन्ड रोबिन पद्धतिमा हुने प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्ने क्यानले जानकारी दिएको छ ।

    क्यानका अध्यक्ष चतुर बहादुर चन्दले मलेसिया र नेदरल्यान्ड्स क्रिकेटलाई धन्यवाद् दिँदै नेपालमा अन्तर्राष्ट्रिय क्रिकेनट फर्किएको घोषणा गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

    त्यस्तै नेदरल्यान्डका प्रशिक्षक रायन क्याम्पबेलले २०१९ देखि क्रिकेट खेल्न नपाइरहेका बेला नेपालले सिरिजको घोषणा गर्दा एकदमै हर्षित भएको बताएका छन् ।

    मलेसियन क्रिकेट संघका अध्यक्षा महिन्दा भलिपुरमले अन्तर्राष्ट्रिय क्रिकेटमा लागेको लामो समयको खडेरी तोडिन लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

  • कतारमा ट्वान्टी-२० क्रिकेटका लागि बन्द प्रशिक्षणमा १८ खेलाडी

    कतारमा ट्वान्टी-२० क्रिकेटका लागि बन्द प्रशिक्षणमा १८ खेलाडी

    काठमाडौं । कतारमा हुने ट्वान्टी–२० क्रिकेट प्रतियोगिता खेल्न जाने राष्ट्रिय क्रिकेट टोलीको छनोटका लागि बन्द प्रशिक्षणमा १८ जना खेलाडी चयन भएका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान)ले जारी गरेको सूचना अनुसार विनोद भण्डारी, सन्दीप जोरा, आशिफ शेख, कुशल भूर्तेल, सागर ढकाल, बिबेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अविनाश बोहरा, दिपेन्द्रसिंह ऐरी, पवन सर्राफ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र साहब आलम बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् ।

    कोरोना भाइरसको महामारीपछि राष्ट्रिय टोलीले खेल्न लागेको यो नै पहिलो प्रतियोगिता हुनेछ । तर, यसमा कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस  खड्का लगायतका खेलाडीलाई भने समावेश गरिएको छैन ।

  • नेपालले कतारमा ‘बाइल्याट्रल ट्वान्टी-२० आई’ प्रतियोगिता खेल्ने

    नेपालले कतारमा ‘बाइल्याट्रल ट्वान्टी-२० आई’ प्रतियोगिता खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ‘कतार स्पोर्ट्स डे’को अवसरमा कतार क्रिकेट एसोसिएसनले गरेको बाइल्याट्रल ट्वान्टी–२० आई प्रतियोगिता खेल्ने निश्चित भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)को आज बसेको बैठकले आगामी फेब्रुअरीमा ‘कतार स्पोर्ट्स डे’को अवसरमा कतार क्रिकेट एसोसिएसनले गरेको बाइल्याट्रल ट्वान्टी–२० आई प्रतियोगितामा नेपाली टोलीलाई सहभागी गराउने निर्णय गरेको हो ।

    त्यसका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण आगमी फेब्रुअरी १ देखि काठमाडौंमा सञ्चालन हुने पनि क्यानले जानकारी दिएको छ ।

  • क्रिकेटलाई माया गर्ने देशको प्रशिक्षक बन्न पाउँदा खुशी छुः वाटमोर

    क्रिकेटलाई माया गर्ने देशको प्रशिक्षक बन्न पाउँदा खुशी छुः वाटमोर

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक डेभ वाटमोरले नेपालको क्रिकेट स्तर सुधार्ने प्रतिबद्धता गरेका छन् । नेपाल आएपछि बिहिबार पहिलोपटक पत्रकार सम्मेलनमा प्रस्तुत भएका उनले नेपाली टोलीसँग काम गर्न आफू उत्साहित रहेको बताए ।

    ‘नेपाल जस्तो क्रिकेटलाई माया गर्ने देशको प्रशिक्षक हुन पाउँदा मलाई एकदमै खुशी लागेको छ,’ श्रीलंकाली मूलका अस्ट्रेलियन प्रशिक्षक वाटमोरले भने, ‘मेरा लागि यो नयाँ चुनौती हो ।’

    नेपालले पाएको एकदिवसीय अन्तर्राष्ट्रियको मान्यतालाई कायम राख्दै नेपाली क्रिकेटलाई थप माथि उठाउन कोशिश गर्ने प्रतिवद्धता उनले जनाए ।

    वाटमोर गत डिसेम्बर १७ मा नेपाली टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका हुन् । अस्ट्रेलियाका लागि ७ वटा टेस्ट र एक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनी सन् १९९६ मा श्रीलंकाले विश्वकप जित्दा सो टोलीका मुख्य प्रशिक्षक थिए ।