Tag: नेकपा माओवादी

  • माओवादीको केन्द्रीय समितिको ‘भर्चुअल’ बैठक शुरु, सदस्यता नवीकरणको समय थप्ने तयारी

    माओवादीको केन्द्रीय समितिको ‘भर्चुअल’ बैठक शुरु, सदस्यता नवीकरणको समय थप्ने तयारी

    काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको ‘भर्चुअल’ बैठक शुरु भएको छ।

    शुक्रबार साँझ ६ बजेदेखि शुरु भएको भर्चुल बैठकमा आसन्न राष्ट्रिय सम्मेलनको तयारीको समीक्षा तथा संगठित सदस्यको नवीकरण गर्ने म्याद थप गर्नेबारे छलफल हुने बताइएको छ ।

    माओवादीले आगामी पुस ११-१३ सम्म राष्ट्रिय सम्मेलन गर्दै छ । त्यसका लागि अहिले संगठित सदस्यता नवीकरण गरिरहेको छ । संगठित सदस्यता नवीकरणका लागि आज साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।

    अनलाइनमार्फत भइरहेको नवीकरण गर्ने समय अपुग भएको धेरैको गुनासो भएकाले आजको बैठकले उक्त समय लम्ब्याउने एक नेताले बताए । अहिलेसम्म ५ लाखले सदस्यता नवीरकण गरेको र अझैं नवीकरण गर्न बाँकी रहेकाले समय लम्ब्याउनुपर्ने कतिपयको जोड छ।

    माओवादीले ८ लाख संगठित सदस्यले सदस्यता नवीरकण गर्ने प्रक्षेपण गरेको छ।

  • दल विभाजन गर्ने अध्यादेश प्रतिस्थापन हुँदै, त्यसपछि मन्त्रिपरिषद् विस्तार

    दल विभाजन गर्ने अध्यादेश प्रतिस्थापन हुँदै, त्यसपछि मन्त्रिपरिषद् विस्तार

    काठमाडौं । सरकारले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने भएको छ ।

    २० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु नै फुट्ने देखिएपछि प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो । माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले शीर्ष नेताको बैठकपछि त्यसको टुंगो लाग्ने जानकारी दिएका हुन् ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले हाल संसदमा रहेको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याइने बताए । ‘अहिले ५ दलको बैठकमा छलफल हुँदैछ । भोलिसम्म मन्त्रिपरिषद् विस्तार भइसक्छ, मन्त्री छान्ने जिम्मेवारी अध्यक्षलाई दिइएको छ’, महराले भने ।

    दल विभाजन सम्बन्धी अध्यादेश प्रतिस्थापनपछि दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार हुने महराले बताए ।

    बैठकले डोरप्रसदा पौडेललाई केन्द्रीय कार्यालय सचिवमा राख्ने निर्णय गरेको छ ।

  • नारायणकाजीलाई रोक्न गोरखाका माओवादी प्रचण्ड निवासमा, हरिलाई मन्त्री बनाउन दबाब

    नारायणकाजीलाई रोक्न गोरखाका माओवादी प्रचण्ड निवासमा, हरिलाई मन्त्री बनाउन दबाब

    काठमाडौं । अध्यक्ष प्रचण्डपछिको दोस्रो नेता तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ आफैं मन्त्री बन्न लागि परेपछि गोरखा माओवादीमा असन्तुष्टी चुलिएको छ ।

    गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका श्रेष्ठ राष्ट्रियसभामा ६ वर्षका लागि निर्वाचित भएका छन् । तर श्रेष्ठले आगामी चुनावमा राष्ट्रियसभाबाट राजिनामा दिएर गोरखामै चुनाव लड्ने तयारी समेत गरेका छन् ।

    श्रेष्ठ पहिलो चरणमै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेर सरकारमा जान खोजेका थिए । तर अध्यक्ष प्रचण्डले जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाएको कुरा सपथग्रहण भन्दा केही बेरअघिमात्र पार्टीका नेताहरुले थाहा पाएका थिए ।

    श्रेष्ठ प्रधानमन्त्री र मन्त्रीहरुको सपथग्रहणस्थल शीतल निवासबाट बीचमै उठेर बाहिरिएका थिए । मन्त्री चयन गर्दा पार्टीमा सल्लाह नगरेपछि श्रेष्ठले दुई दिनसम्म प्रचण्डसँग नभेटी अशन्तुष्टी व्यक्त गरेका थिए ।

    यसबीचमा श्रेष्ठले शिक्षा मन्त्रालय लिएर सरकारमा जाने कसरत गरेपछि उनलाई रोक्न गोरखाका माओवादी नेताहरु अध्यक्ष प्रचण्डको निवासमा डेलिगेसन समेत गएको एक जिल्ला नेताले बताए । उनीहरुले गोरखाबाट निर्वाचित माओवादी सांसद हरि अधिकारीलाई मन्त्री बनाउन प्रचण्डलाई दबाब दिएका छन् ।

    श्रेष्ठले शिक्षा मन्त्री बन्न खोजेको चर्चा चलेपछि गोरखाका माओवादीहरु काठमाडौं आएका छन् । श्रेष्ठ सकेसम्म आफैं हुने र आफू हुन नसक्दा आफ्नो कोटाबाट अन्जना विशंखेलाई शिक्षा मन्त्री बनाउने पक्षमा छन् ।

    सरकारमा नारायणकाजी पक्षले प्रायः सधैं एउटा मन्त्रालय पाउने गरेको छ । प्रायः शिक्षा र स्वास्थ्य मन्त्रालय लिने गरेका श्रेष्ठले पछिल्लो समय शिक्षामा जोड गरेका छन् । यसअघि गिरिराजमणी पोखरेल पटक-पटक श्रेष्ठको कोटाबाट शिक्षामन्त्री बनेका थिए ।

    यसपटक पोखरेल दोहोरिने सम्भावना नरहेकाले नारायणकाजी समूहको रैथाने मन्त्रालय उनी आफैं वा उनले सिफारिस गरेका व्यक्तिलाई दिनुपर्ने दबाब छ । भागबण्डामा शिक्षा मन्त्रालय कसको भागमा पर्ने भने टुंगो छैन ।

    यसअघि श्रेष्ठले आफ्नो कोटाबाट स्वर्गीय धनीराम पौडेललाई पनि शिक्षा मन्त्री बनाइसकेका छन् । श्रेष्ठ सरकारमा माओवादीको तर्फबाट आफ्नो नेतृत्वमा जानुपर्ने लबिङमा छन् । तर माओवादीकै कतिपय नेताले प्रतिनिधिसभा सदस्य पराजित भएको व्यक्ति संविधान बमोजिम यो प्रतिनिधिसभाको कार्यकाल रहेसम्म मन्त्री बन्न नपाउने तर्क गरिरहेका छन् ।

    गोरखाका एक माओवादी नेताले भने- प्रचण्डले एक्लै मन्त्री छान्ने जिम्मा पाउँदा हरि अधिकारी पर्छन् । तर शिक्षा मन्त्रालयलाई नारायणकाजी गुटले आफ्नो रैथाने मन्त्रालय बनाउन खोजेको छ । पाए आफू नत्र आफ्नो गुटका मान्छे मन्त्री बनाउने पूरानै परिपाटी यसपटक पनि घुर्कीका रुपमा दोहोरिएको छ ।

    माओवादी स्रोतका अनुसार मन्त्री छान्ने जिम्मा प्रचण्ड एक्लैलाई दिन नहुने लबिङ पनि चलिरहेको छ । स्थायी कमिटीले प्रचण्डसहित तीन नेतासम्मलाई मन्त्री चयन गर्ने जिम्मा दिदा श्रेष्ठ सरकारको नेतृत्व गरेर जाने सम्भावना हुन्छ ।

    अध्यक्ष प्रचण्डले केही समयअघि माओवादीमा मन्त्री बन्नका लागि जे पनि गर्ने प्रवृति बढेको भन्दै ४९ जना सांसदलाई नै मन्त्री चाहिएको बताएका थिए । माओवादीबाट प्रतिनिधिसभामा प्रचण्ड र अग्नि सापकोटासहित ४९ सांसद छन् । उनीहरु दुई जना मन्त्री बन्ने सम्भावना छैन ।

    त्यसो भए ४९ औं व्यक्ति को हो त ? व्यंग्य गर्दै एक माओवादी नेताले भने- त्यो भनेको कमरेड नारायणकाजी श्रेष्ठ (प्रकाश) हुन् । अर्का दाबेदार राष्ट्रियसभाकै रामनारायण विडारी पनि भएकाले ४९ जना भनेका होलान् सिएमले ।

    माओवादी स्थायी कमिटीमा सांसद रहेकामध्ये हालसम्म एक पटक पनि मन्त्री बन्न नपाएका देवेन्द्र पौडेलमात्र छन् । यसपटक देवेन्द्रलाई मन्त्री बनाएर पटक-पटक मन्त्री बनेका स्थायी कमिटीका नेता छाडेर अरुलाई अवसर दिन प्रचण्डमाथि दबाब छ ।

  • माओवादी केन्द्रद्वारा प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

    माओवादी केन्द्रद्वारा प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

    काठमाडौं । नेकपा(माओवादी) केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड-१९ को संक्रमणबाट जोगिन प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरू माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत् सबै प्रदेशका लागि हस्तान्तरण गरे ।

    सो स्वास्थ्य सामग्रीहरू चीन , माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग-संगठनबाट प्राप्त भएको बताइएको छ ।

    स्वास्थ्य सामग्रीहरू- एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजीन, थर्मल गन, अक्सिमिटर, खालि अक्सिजन सिलिण्डर र भरेको अक्सिजन सिलिण्डर, पीपीई सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर, फेस सिल, केएन ९५ मास्क रहेको बताइएको छ ।

  • कोटेश्वरका व्यवसायीको घरमा प्रचण्ड-माधव छलफल

    कोटेश्वरका व्यवसायीको घरमा प्रचण्ड-माधव छलफल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच कोटेश्वरका एक व्यवसायीको घरमा छलफल भएको छ ।

    नेपाल आज विहान झापाबाट फर्किए लगत्तै कोटेश्वरको खरिबोट नजिक चन्द्रलाल श्रेष्ठको घरमा दुई नेताबीच छलफल भएको छ । छलफलमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

    कर्णालीमा माधव नेपाल पक्षको सहयोगमा माओवादी सरकार जोगिएको भोलिपल्ट दुई नेताबीच वार्ता भएको हो । गण्डकीमा पनि एमालेका मुख्यमन्त्रीविरुद्ध कांग्रेस माओवादीले अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

    प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका प्रचण्डले एमालेबाट निलम्बित नेता नेपालसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । यसबीचमा पनि प्रचण्ड र नेपालबीच कोटेश्वरस्थित व्यवसायी श्रेष्ठ र टपिन्द्र तिम्सिनाको घरमा पटक पटक बैठक भएका थिए ।

  • प्रदेश इन्चार्जको रिपोर्टिपछि सकियो माओवादी केन्द्रीय कमिटी बैठक

    प्रदेश इन्चार्जको रिपोर्टिपछि सकियो माओवादी केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भर्खरै सकिएको छ । बैठक भोलि पुन: ११ बजे बोलाइएको छ ।

    सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी पार्टी ब्युँतिएसँगै माओवादी केन्द्रीय कमिटीको यो पहिलो बैठक हो ।

    बैठकमा चार वटा एजेण्डा पेश गरिएपनि राजनीतिक र सांगठानिक अवस्थाबारे प्रदेश इन्चार्जको रिपोर्टिङ गरेका छन् ।

    केन्द्रीय सदस्य युवराज दुलालका अनुसार आज प्रदेश इन्चार्ज र विभागीय प्रमुखले रिपोर्टिङ गरेका छन् ।

    अध्यक्ष प्रचण्डले बैठकको शुरूमै बैठकको औचित्य प्रत्ट्याएका थिए । रिपोर्टिङ सुनेपछि नेता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक अवस्थाबारे भनाइ राखे ।

    आजको बैठकमा राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, त्यसमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र पार्टीको नाम परिवर्तन र कम्युनिष्ट पार्टीबीच एकीकरणजस्ता एजेण्डा थिए ।

  • कार्यकर्तालाई प्रचण्डको निर्देशन- माधवजीहरूलाई पिन्च नगर्नू, फेरि हामीसँगै एकता हुन्छ

    कार्यकर्तालाई प्रचण्डको निर्देशन- माधवजीहरूलाई पिन्च नगर्नू, फेरि हामीसँगै एकता हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि पनि पार्टी एकताको सम्भावना भएको भन्दै एमालेको माधव नेपाल पक्षलाई ‘पिन्च’ हुने काम नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    बुटवलमा आयोजित कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले भने, ‘कुनै पनि जिल्लाका हाम्रा गतिविधिले माधवजीहरूलाई पिन्च नहोस् । किनकि, त्यसको ठूलो अर्थ छ । त्यो एमाले अब त्यही स्थितिमा एक रहने स्थिति नै छैन ।’

    एमालेभित्र रहेर संघर्ष गर्ने र फेरि पनि एकताको प्रस्ताव गर्ने समझदारी बनेको भन्दै प्रचण्डले माधव नेपाल नजिकका मान्छेलाई तानेर पार्टीमा घुसाउन नहुने बताए। ‘माधवजीसँग नजिक भएका मान्छेलाई तानेर हाम्रोभित्र घुसाइहाल्छु भन्नेतिर नलाग्नुहोला’ प्रचण्डकाे निर्देशन छ, ‘किनभने अहिले त्यसो गर्न आवश्यक छैन । स्वयं माधवजी, झलनाथजीसँग हाम्रो सहकार्य गरिराख्ने, उहाँले त्यहाँ भित्र संघर्ष गर्ने । फेरि, एकताको प्रस्ताव राख्ने, फेरि एकतातिर नै हामी जानुपर्छ भन्ने छ ।’

    संसद विघटनयता माधव नेपाल पक्षसँग आफूहरुको राजनीतिक र भावनात्मक सम्बन्ध बनेको भन्दै प्रचण्डले केन्द्रमा नसोधी केही पनि निर्णय नगर्न कार्यकर्ताहरूलाई निर्देशन दिए।

    ‘अझ खासगरी पुस ५ पछि संसद विघटनको प्रस्ताव राखिसकेपछि माधवजी र हाम्रोबीचमा जस्तो वैचारिक, राजनीतिक, भावनात्मक सम्बन्ध भयो, त्यो धेरै माथि उठ्दै थियो’ प्रचण्डले भने, ‘यसलाई फेरि एकतातिर नै लैजानुपर्छ भन्ने माधवजीहरू प्रष्ट भएको हुनाले पूर्वएमालेसँग जिम्मेवार कमरेडहरू हामीले त फेरि फर्केर एमालेमा जान्नौं भन्नुभयो भने पनि तपाईंहरूले एकचोटि हेडक्वाटरसँग सम्पर्क गरेर मात्रै के गर्ने भन्ने टुंग्याउनुहोला । आफैं नटुंग्याउनु होला ।’

  • संगठन पुनर्निर्माणको लागि माओवादीले बनायो कार्यदल

    संगठन पुनर्निर्माणको लागि माओवादीले बनायो कार्यदल

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संगठन पुनर्निर्माणको कार्ययोजना बनाउन ४ सदस्यीय कार्यदल बनाएको छ ।

    सर्वोच्चको फैसलापछि एमाले र माओवादी दुवै पार्टी ब्युँतिएको अवस्थामा पार्टीको संरचना पुनर्निर्माण, जिम्मेवारी हेरफेरलगायतका काम गर्न गिरिराजमणी पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेको कार्यदल बनाइएको हो ।

    पेरिसडाँडामा केहीबेरअघि सकिएको स्थायी कमिटी बैठकले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग थप छलफल गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    बैठकमा मंगलबार जसपा र कांग्रेस नेतृत्वसँग भएको छलफलबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराएका छन् ।