Tag: नेकपा एमाले

  • प्रतिनिधिसभाको समानुपातिक सांसदमा जानकीदेवीलाई निर्वाचित गर्ने एमालेको निर्णय

    प्रतिनिधिसभाको समानुपातिक सांसदमा जानकीदेवीलाई निर्वाचित गर्ने एमालेको निर्णय

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाको रिक्त समानुपातिकतर्फको सदस्यमा सिरहाकी जानकीदेवी रामलाई निर्वाचित गर्ने भएको छ ।

    एमाले केन्द्रीय कमिटीको बैठकबमोजिम समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्वरमा रहेकी जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेको हो ।

    दलित महिलाबाट उम्मेदवार रहेकी जानकीदेवीलाई सांसद पद मिल्न लागेको रोलक्रमबाट भने होइन । एमालेको बन्द सूचीमा ८६ औं नम्वरमा रहेकी इलामकी सानु शिवा समानुपातिक सांसद बनेकी थिइन् ।

    उनको गत वर्ष निधन भएपछि रिक्त रहेको सांसद पदमा ८७ नम्वरकी धनकुमारी सुनारको पालो आउने थियो । तर, सुनार यसयअघि नै एमाले छाडेर डा. बाबुराम भट्टराईको पार्टीमा लागेकाले उनको नाम बन्द सूचीबाट हटाउने निर्णयसमेत एमालेले गरेको छ । जानकीदेवी राम निर्वाचित भएपछि प्रतिनिधिसभामा एमालेको सांसद १२१ जना कायम हुनेछन् ।

  • नेताहरूमाथि कारबाहीपछि रणनीति बनाउन माधवपक्षीय स्थायी कमिटी बैठक शुरू

    नेताहरूमाथि कारबाहीपछि रणनीति बनाउन माधवपक्षीय स्थायी कमिटी बैठक शुरू

    काठमाडौं । माधवकुमार नेपाल पक्षधरका नेकपा एमालेका स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ । कलंकीस्थित मेघा पार्टी प्यालेसमा नेताहरू भेला भएका छन् ।

    अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नाममा गुटगत भेला गरेको र साथै पार्टी हितविपरीत कारबाही गरेको भन्दै माधव नेपाल र भीम रावललाई ६ महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरेपछि माधव पक्षधरले बैठक बोलाएको हो ।

    झलनाथ खनाल भने उपस्थित भएका छैनन् ।

    नेताहरूमाथिको कारबाहीपछि पछिल्लो परिस्थितिका विषयमा छलफल गर्न बोलाइएको नेपाल पक्षको बैठकले भावी रणनीतिबारे छलफल गर्ने बताइएको छ ।

  • ओलीलाई घनश्यामको स्पष्टीकरण- क्रान्ति अघि बढ्छ, तपाईं दण्डित हुनुहुनेछ (पूर्णपाठसहित)

    ओलीलाई घनश्यामको स्पष्टीकरण- क्रान्ति अघि बढ्छ, तपाईं दण्डित हुनुहुनेछ (पूर्णपाठसहित)

    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले दोस्रो पटकको ताकेतापछि पार्टीमा स्पष्टीकरण बुझाएका छन् ।

    भुसालले आफूमाथि लगाइएका सबै आरोपहरु अश्वीकार गर्दै पार्टी एकता जोगाउन अन्तिमपटक अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

    लामो स्पष्टीकरणमा उनले माधव नेपाल र भीम रावलको भन्दा फरक ढंगले आफ्ना कुरा राखेका छन् । भुसालले ओलीमा गम्भीर विचलन आएको र एमालेलाई विभाजन गर्न उद्धत रहेको आरोप लगाएका छन् ।

    भुसालले एमालेलाई अगाडि बढ्न नदिन ओली अग्रसर भएको भन्दै पार्टीलाई बन्धक बनाएर ओलीले सत्ता र शक्तिको भोग गरेको आरोप लगाएका छन् ।

    भुसालले भनेका छन्, ‘मेरो लाख-लाख अनुरोध छ, कमरेड यस पार्टीलाई अगाडि बढ्न दिनुस् । अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस् । क्रान्ति त अघि बढ्छ, बढ्छ । आज, भोलि वा पर्सी तपाईं दण्डित हुनु हुनेछ । आगे तपाईंकै इच्छा ।’

    यस्तो छ घनश्याम भुसालको स्पष्टीकरण :-

  • यी हुन् एमाले महाधिवेशन आयोजक सदस्य, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

    यी हुन् एमाले महाधिवेशन आयोजक सदस्य, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले साबिक नेकपाको विभाजनकै बेला केपी ओलीलाई साथ दिएका २३ जना केन्द्रीय सदस्यसहितको २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीको नाम तल्लो तहमा पठाएको छ ।

    पार्टी केन्द्रीय कमिटीको बैठक निर्णय तल्लो तहका कमिटीहरुमा अन्तर पार्टी निर्देशनका रुपमा पठाउँदै एमालेले सर्वोच्चको फैसला अनुसार १५ दिनभित्र नेकपाको ठाउँमा अर्को नाम लैजान माओवादी केन्द्रको रवैयाका कारण सम्भव नभएको समेत कार्यकर्तालाई प्रष्ट पारेको छ ।

    अन्तर पार्टी निर्देशनमा सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज तथा पदाधिकारीहरुको नामावली पठाइएको छ । जसमा माधव नेपाल पक्षधर नेताहरुलाई भने जिम्मेवारी दिइएको छैन । उनीहरु पहिले नै प्रचण्डसँग मिलेर अर्को पार्टी बनाइसकेकाले तत्कालीन अवस्थामा काम अघि बढाउन यो जिम्मेवारी दिइएको उल्लेख छ ।

    तत्कालका लागि भनेर दिइएको कार्यविभाजन माधव नेपाल पक्षले बिना सर्त पार्टीमा रहन चाहेको अवस्थामा हेरफेर हुने बताइएको छ ।

    आयोजक कमिटीमा माधव नेपाल पक्षका साबिक एमालेका सबै केन्द्रीय सदस्य यथावत छन् ।

    हेर्नुस् आयोजक कमिटी र कार्य विभाजनको सूची

     

     

  • मैदान छोडेर नभाग्ने माधव नेपालको उद्घोष

    मैदान छोडेर नभाग्ने माधव नेपालको उद्घोष

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई पार्टी अध्यक्ष केपी ओलीले कारवाही गरेको विषयमा थप प्रतिक्रिया दिँदै आफू मैदान छाडेर नभाग्ने बताएका छन् । ‘स्वघोषित’ महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई आफूहरुमाथि कारवाही गर्ने कुनै अधिकार नभएको उनको भनाइ छ ।

    नेपालले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भनेका छन्, ‘टुक्रा–टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो । यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन ।’ नेकपा (एमाले) को निर्माण आफूहरुले गरेको र नवौं महाधिवेशनमा पनि आफ्नो नीति पास भएको भन्दै नेता नेपालले निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्न अपिल गरेका छन् ।

    नेपालको वक्तव्य यस्तो छः ‘सञ्चारमाध्यममा आएअनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधानविपरित एकपक्षीयरूपमा गरिएका फागुण २८ गतेका निर्णय अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु ।

    नीति, विधि, नैतिकता, मुल्य–मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्तालाई कत्ति पनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूध्दमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु । टुक्रा–टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन,

    नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतः निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ।’

  • नेपाल र रावल नसच्चिए थप कडा कारबाही गर्ने चेतावनी (पत्रसहित)

    नेपाल र रावल नसच्चिए थप कडा कारबाही गर्ने चेतावनी (पत्रसहित)

    काठमाडौं । नेकपा एमालेले पूर्वमहासचिव माधवकुमार नेपाल र पूर्वउपाध्यक्ष भीम रावललाई जुनसुकै बेला थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै सच्चिनका लागि अन्तिम मौका दिएर ६ महिना निलम्बन गरिएको जनाएको छ ।

    यसबीचमा नसच्चिए निलम्बनकै बीचमा थप कारबाही हुने चेतावनी समेत दिइएको छ ।

    दुवै नेतालाई लेखिएको कारबाही पत्रको व्यहोरा उस्तै छ । पत्रमा स्पष्टीकरण बुझाउँदा कुनै गल्ती स्वीकार नगरी अहंकार र आत्म केन्द्रित कुराहरू लेखेको उल्लेख छ ।

    ‘तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरीरहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्तिसहित अहंकार र आत्म केन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो,’ पत्रमा भनिएको छ।

    स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भुलत्रुटीको स्विकारोक्ति नगरेको र कुनै आत्मसमीक्षा नगिरएको भन्दै थप कारबाही हुने चेतावनीसमेत पत्रमा दिइएको छ। पत्रमा भनिएको छ, ‘यस्तै गतिविधिहरू कामय रहेमा तपाईंलाई जुनसुकै बेला पनि थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउँदै, यस्ता पार्टीविरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकैपटक कडा कारबाही गर्नु भन्दा हाललाई पार्टीको दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यता बाटै पार्टीको विधान २०४९ (शंसोधान २०७१ समेत) को धारा ४९(ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ।’

     

     

  • माधव नेपाल भन्छन्- केपी ओलीको कारबाही खारेज गर्छौं

    माधव नेपाल भन्छन्- केपी ओलीको कारबाही खारेज गर्छौं

    काठमाडौं । ६ महिनाको लागि पार्टी सदस्यबाट निलम्बित भएका नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी ओलीले गरेको कारबाही स्वीकार नगर्ने प्रतिक्रिया दिएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै नेपालले भने- ‘केपी ओली एमालेको अध्यक्ष नै होइनन्,यो उनको अराजकतामात्र हो । यस्ता कारबाही स्वीकार गरिन्न,चाँडै बैठक बसेर हामी निर्णय लिन्छौं ।’

    नेपालले कार्यकर्तालाई विचलित नहुन समेत आग्रह गरेका छन् । नेपाल र रावलको आजै कारबाहीको बारेमा वक्तव्य आउने बताइएको छ ।

  • जवाफ नदिएपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पुनः स्पष्टीकरण

    जवाफ नदिएपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पुनः स्पष्टीकरण

    काठमाडौं । नेकपा एमालेले स्पष्टीकरण पेश नगरेका नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालाई पुनः स्पष्टीकरण सोध्ने भएको छ ।

    दुवैजनाले यसअघि सोधिएको स्पष्टीकरणको जवाफ दिएका छैनन् । यसअघिको स्पष्टीकरणको जवाफ नदिनुको कारणसहित अविलम्ब पुनः स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

    पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले नेताहरू माधव नेपाल, भीम रावल, पाण्डे र भुसालाई स्पष्टीकरण सोधेको थियो ।

    नेपाल र रावलले पार्टी अध्यक्ष केपी ओलीप्रति प्रतिप्रश्न सोध्दै स्पष्टीकरण पत्र बुझाएका थिए । स्पष्टीकरण चित्तबुझ्दो नरहेको भन्दै एमालेले नेपाल र रावललाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरेको छ ।

  • एमालेद्वारा माधव नेपाल र भीम रावलमाथि कारबाही,पार्टी सदस्यबाट ६ महिना निलम्बन

    एमालेद्वारा माधव नेपाल र भीम रावलमाथि कारबाही,पार्टी सदस्यबाट ६ महिना निलम्बन

    काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।

    उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।

    कारबाहीको सूचना पाएपछि नेपाल र रावलले प्रचण्डसँग भेट गरेका थिए ।

    पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । कारबाहीको सूचना पाएपछि नेपाल र रावलले प्रचण्डसँग भेट गरेका थिए ।

    अदालतबाट एमाले पुनःस्थापनापछि पेरिसडाँडामा बैठक बसेर केपी ओलीविरुद्ध संघर्ष गर्ने भन्दै फर्केका नेता नेपालले विभिन्न ठाउँमा पार्टीका नाममा भेला र बैठक गरेको तथा समानान्तर कमिटीहरु गठन गरी पार्टी फुटाउन खोजेको आरोप लागेको थियो ।

    यसबीचमा एमाले भइसकेपछि पनि पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेले नेपाल र रावलसहित घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग स्पष्टिकरण सोधेको थियो ।

    नेपाल र रावलले उल्टै अध्यक्ष ओलीमाथि आरोपहरू लगाउँदै प्रतिस्पष्टीकरण मागेपछि उनीहरू कारबाहीको भागिदार हुने अोलीले बताइसकेका थिए ।

    सोमवार बालुवाटारमा महासचिव ईश्वर पोखरेलसहितका नेताहरूसँगको छलफलपछि नेपाल र रावलका गतिविधि एमाले फुटाउने र प्रचण्डको इशारामा चलिरहेको ठहर गर्दै ६ महिना पार्टी सदस्यबाट निलम्वन गर्ने निर्णय भएको एक नेताले बताए । भुसाल र पाण्डेले भने स्पष्टीकरण बुझाएका छैनन् ।

  • समानान्तर कमिटी गठन गरेका एमालेका तीन नेता पार्टीबाट निष्कासित

    समानान्तर कमिटी गठन गरेका एमालेका तीन नेता पार्टीबाट निष्कासित

    रुपन्देही । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले पार्टी हितविपरीत समानान्तर कमिटी गठन गर्ने तीन नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ ।

    पार्र्टीको विभिन्न जिम्मेवारीमा रहेनर पार्टीविरोधी क्रियाकलाप गरेकाले उनीहरुलाई निष्कासन गरिएको एमाले अर्घाखाँचीले जनाएको छ ।

    जिल्ला पार्टीको आज बसेको बैठकले नेकपा एमालेका तत्कालीन सचिव रामबहादुर चौहान, संविधानसभाका सदस्य तथा पार्टी संगठित सदस्य डा. दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई पार्टी हितविपरीत विभाजनकारी गतिविधिमा संलग्न रहेको भन्दै पार्टीबाट निष्कासन गरिएको हो ।

    चौहान तीन दिनअघि एमाले माधव नेपाल समूहले गठन गरेको समूहको जिल्ला अध्यक्ष बनेका थिए ।

    चौहानलाई पार्टी विधानको धारा ४९ (ख) अनुसार पार्टी संगठित सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिएका छन् ।

    ‘पार्टी विभाजनकारी गुटगत क्रियाकलापमा संलग्न रही पार्टी अनुशासन उल्लंघन गर्ने अन्य केही व्यक्तिहरुलाई पार्टी विधानअनुसार स्पष्टीकरण माग गर्ने निर्णय पनि एमालेले गरेको छ ।’ अध्यक्ष आचार्यद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

    नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीको विभिन्न पदमा रही केही समयदेखि पार्टी वरोधी क्रियाकलाप गरेकाले पार्टीबाट निष्कासन गरेको नेता शोभाखर पन्थीले नेपाल प्रेसलाई जानकारी दिए ।

     

  • डोरमणिले बोलाए संसदीय दलको बैठक, अविश्वास प्रस्ताव फिर्ता लिन लिखित निर्देशन दिइने

    डोरमणिले बोलाए संसदीय दलको बैठक, अविश्वास प्रस्ताव फिर्ता लिन लिखित निर्देशन दिइने

    काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले चैत १८ गते प्रदेशसभा संसदीय दलको बैठक बोलाएका छन् ।

    करिव चार महिनाअघिदेखि आफ्नै पार्टीका सांसदहरूका अविश्वास प्रस्ताव प्रदेशसभामा विचाराधीन रहेका बेला पौडेलले दलको बैठक बोलाएका हुन् ।

    सो बैठकले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन अष्टलक्ष्मी शाक्य पक्षलाई औपचारिक रूपमा निर्देशन दिने बताइएको छ । तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्षधर सांसदहरूले शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै अविश्वास लगेका थिए ।

    सो प्रस्तावमाथि छलफल हुन सकेको छैन । अब नेकपा एमाले पुनःस्थापित भइसकेको अवस्थामा अविश्वास प्रस्ताव फिर्ता लिनेबारे माधव नेपाल पक्षले छलफल गरिरहेको छ । यसअघि प्रचण्ड-माधव पक्षले संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर शाक्यलाई चयन गरेको थियो ।

    संसदीय दलको बैठकमा माधव नेपाल पक्षको सहभागिता निश्चित भइसकेको छैन । वागमती प्रदेशको ११० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको एकल बहुमत छ । दलको बैठकपछि प्रदेश सरकारमा नयाँ मन्त्रीहरू नियुक्त हुने भएका छन् ।

    यसअघि तीनजना मन्त्रीहरु शालिकराज जमरकट्टेल,युवराज दुलाल र अरुण नेपालले राजिनामा दिएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव अरुण नेपाल एमालेका नेता हुन् ।

    हाल वागमती प्रदेश सरकारमा अर्थमन्त्री कैलाश ढुंगेल, भौतिक पुर्वाधारमन्त्री रामेश्वर फुयाल र उद्योग पर्यटनमन्त्री दावादोर्जे लामा मात्रै छन् । अबको मन्त्रिपरिषद् विस्तारमा महिलासहित कम्तीमा ५ जना नयाँ मन्त्री थप्ने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।

    यसअघि प्रदेश १ मा अविश्वास प्रस्ताव कायम रहेकै अवस्थामा मुख्यन्त्री शेरधन राईले मन्त्रिपरिषद् पुनर्गठन गरेर माओवादी र माधव नेपाल गुटबाट प्रवेश गरेकाहरूलाई मन्त्री बनाइएको थियो ।

  • अर्घाखाँचीमा समानान्तर कमिटी बनाउनेलाई कारवाही गर्न एमालेको निर्देशन

    अर्घाखाँचीमा समानान्तर कमिटी बनाउनेलाई कारवाही गर्न एमालेको निर्देशन

    रुपन्देही । अर्घाखाँची जिल्लामा नेकपा एमालेको माधव नेपाल समूहले समानान्तर कमिटी बनाएपछि विवाद चर्किएको छ ।

    नेपाल समूहको भेलाले रामबहादुर चौहानको अध्यक्षतामा समानान्तर कमिटी गठन गरेको हो । साविक एमालेका जिल्ला सचिवमा रहेका रामबहादुर चौहानलाई नेकपा एमालेले जिम्मेवारीबाट हटाएर ताेजबहादुर रायमाझी (विधान)लाई सचिव बनाएपछि विवाद चर्किएको थियो । विधान माओवादी केन्द्रबाट एमालेमा लागेका ऊर्जामन्त्री टोपबहादुर रायमाझीका भाइ हुन् ।

    नेपाल समूहको समानान्तर कमिटीमा साविक एमालेका निर्वाचित जिल्ला सचिव चौहान, उपसचिव प्रेम गैरेलगायत छन् । शनिबार जिल्ला भेला गरेर आफ्नो नेतृत्वमा नेतृत्वमा ७२ सदस्यीय जिल्ला कमिटी गठन गरिएको नेता रामबहादुर चौहानले नेपालप्रेसलाई जानकारी दिए । उनले २०७५ सालमा निर्वाचित जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यलाई कारबाही गरिसकिएको दावी गरे ।

    नेकपा एमालेको जिल्ला कमिटीमा २०७५ सालमै निर्वाचित अध्यक्ष चेतनारायण आचार्य नै जिम्मेवारीमा रहेका छन् । उनी पार्टीको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य हुन् ।

    नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले पार्टी हित विपरीत गुटगत भेला गरेर कारवाहीमा परेकाहरु एमालेको नेतृत्वमा बस्न नसुहाउने बताए ।

    उनले नेपालप्रेससँग भने, ‘अर्घाखाँचीमा पार्टीले कारवाही गरेका नेता दुमनसिंह थापा, पिताम्बर भुसालको सक्रियतामा पार्टीलाई कमजोर बनाउने, गुटगत भेला गर्ने काम भएको छ, यस्तो काममा लाग्ने, नेतृत्व गर्ने सबैलाई तत्काल कारबाही हुन्छ ।’ गिरीले तत्काल कारबाही गर्न जिल्ला कमिटीलाई निर्देशन दिइसकेको बताए ।

    अर्घाखाँचीमा माओवादी केन्द्रबाट नेता टोपबहादुर रायमाझी, राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का एमालेमा आएर जिम्मेवारी पाएपछि माधव नेपाल समूह थप सशंकित भएको थियो ।

  • नेताहरु बालुवाटारतिर ढल्दै, माधव नेपाल गल्दै

    नेताहरु बालुवाटारतिर ढल्दै, माधव नेपाल गल्दै

    काठमाडौं । नेकपा एमालेमा संस्थापनविरोधि समूह अन्ततः आज बालुवाटारमा आयोजित पार्टीको संसदीय दल वैठकमा सहभागी भयो । माधवकुमार नेपाल आफू बालुवाटार गएनन्, तर पार्टीका सांसदलाई उनले रोकेनन् । सायद रोक्न सक्ने अवस्था पनि थिएन ।

    संसदीय दलको वैठक बहिष्कार गर्न नेपाललाई साथ दिनेमा भिम रावल मात्रै थिए । हिजो मात्रै पार्टी अध्यक्ष केपी ओलीमाथि कडा प्रश्न तेर्साएर स्पष्टीकरणको जवाफ दिएका नेपाल र रावल आजको विकासक्रमले निकै ठूलो ठेस लागेको छ । उनीहरुको समूहका प्रभावशाली नेताहरुले विस्तारै साथ छोड्ने संकेत दिन थालेका छन् ।

    ०००

    २८ फागुनमा ओलीले बालुवाटारमा डाकेको वैठक र त्यसले लिएका निर्णयहरुबाट आक्रोशित माधव समूहले भोलिपल्ट राजधानीको एउटा पार्टी प्यालेसमा केन्द्रीय सदस्य र संघीय सांसदहरुको बैठक राखेको थियो । बैठककाबीच समय छुट्टाएर नेता नेपालले पत्रकारहरुसँग लामै गफ गरेका थिए ।

     

    करिब १ घण्टा गफिएका नेता नेपालले दुई–दिनवटा महत्वपूर्ण कुरा सुनाएका थिए, पार्टी एकताका सन्दर्भमा । ओलीले २८ गते गरेका निर्णयबाट पछाडि हट्नुपर्ने, बालुवाटारमा राखेका कुनै पनि बैठकमा आफूहरु सहभागि नहुने र वाम सरकारकै निरन्तरता हुनुपुपर्ने पूर्व शर्तहरु आफ्नो ‘बटमलाइन’ भएको उनको भनाइ थियो । ती शर्त पुरा नभए आफूहरु ओलीसँग कुनै पनि हालतमा नझुक्ने भन्दै उनले एमाले जोगिन ठूलै चमत्कार हुनपर्ने टिप्पणी गरे । त्यसबेला नेपालको बोलीमा उच्च मनोबल देखिन्थ्यो ।

    त्यसको एक महिना पनि नपुग्दै परिस्थितिमा उलटफेर भएको छ । नेपाल समूह विस्तारै आफ्नो अडानबाट ब्याक हुन थालेको छ । त्योभन्दा महत्वपूर्ण कुरा, आफ्नै सारथीहरुले नै नेता नेपालको खुट्टा दह्रोगरी समात्न छाडेका छन् । परिदृश्यहरुले आफ्नै समूहबाट माधव नेपाल एक्लिदै गइरहेको संकेत गरिरहेका छन् ।

    आफ्नै सारथीले छोड्दै साथ

    सर्वोच्चले २३ फागुनमा एमाले ब्युँताउँदा नेपाल समूहमा ३८ सांसद थिए । यही बीचमा तीन सांसदले साथ छोडेपछि त्यो संख्या अहिले ३५ मा झरेको छ । कृष्ण दाहाल लगायतका केही सांसद संस्थापनतिर लागेका छन् ।

    पछिल्लो समय सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोर्कण विष्ट, योगेश भट्टराई लगायतका नेताहरु समेत धर्मराउन थालेका छन् । कुनै बेलाका निकै आक्रामक योगेश भट्टराईको ‘टोन’ फेरिएको छ । उनी अहिले निकै नरमरुपमा प्रस्तुत भइरहेका छन् । पार्टी एकता जोगाउनुपर्ने अडान लिइरहेका उनले माधव नेपाललाई अब साथ देलान् भन्नेमा शंका छ ।

    भट्टराईले हिजो नेता नेपाललाई भेटेर कारबाही भोगे पनि आफूले एमाले नछोड्ने भन्दै दीर्घकालीन साथ दिन नसक्ने जानकारी गराएका थिए । पार्टीलाई स्पष्टीकरण बुझाउनुअघि नेपाललाई भेटेर उनले भनेका थिए, ‘तपाईं फुटेर जाने कि केपी ओलीसँग सहमति गर्ने ? जे भए पनि गर्नुहोस् । ममाथि कारबाही भए पनि एमाले छोड्दिनँ । म तपाईंसँगै जान सक्दिनँ ।’

    नेता नेपाल र भीम रावलले अध्यक्ष ओलीमाथि नै प्रतिप्रश्न तेस्र्याएर स्ष्टीकरण बुझाएको केही समयमै भट्टराईले एमाले जोगाउन ‘अतिबाद’ छोड्नुपर्ने भन्दै ट्वीट गरेका थिए ।

    ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोशिस गरौं,’ ट्वीटरमा उनले लेखेका छन्, ‘थोरै पनि लचकताबाट यो सम्भव छ । बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकांै पछि धकेल्ने छ । अतिबाद र अस्थिरताले केसम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ ।’

    भट्टराई मात्रै होइन, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोर्कण विष्टले समेत नेपाललाई दरिलो साथ दिनसक्ने स्थिति छैन । आजको संसदीय दलको बैठकमा उनीहरु अपेक्षित नरम रुपमा प्रस्तुत भएका थिए । उनीहरुले पार्टी एकताको सुुत्रधार अध्यक्ष ओली नै हुनसक्ने बताए ।

    बैठकमा उनीहरुले राखेका धारणबारे प्रमुख सचेतक विशाल भट्टराईले सुनाए, ‘सम्माननीय प्रधानमन्त्रीलाई पार्टी एकतावद्ध बनाउने कुरामा तपाईंको मुल्यवान योगदान होस्, तपाईं ऐतिहासिक बेलामा पार्टीको नेतृत्वमा हुनुहुन्छ, तपाईं दलको नेता हुनुहुन्छ, अध्यक्ष हुनुहुन्छ, तपाईंले नै यो पार्टीलाई एकतावद्ध गरेर लैजाने हो, तपाईंले ठूलो छाती बनाउनुहोस् भनेर उहाँहरुले सुझाव दिनु भएको थियो ।’

    पार्टी अध्यक्ष ओलीको स्पष्टीकरणको कडा जवाफ फर्काउन भीम रावल बाहेकका नेता तयार भएनन् । चार नेतालाई स्पष्टीकरण सोधेकोमा बिहीबार नेता नेपाल र रावलले मात्रै स्पष्टीरकण बुझाए । दुवै जनाले बुझाएको स्पष्टीकरणमा ओलीमाथि कडा प्रहार गरिएको छ । गम्भिर अरोप लगाइएको छ । केही बुँदा बाहेक दुवै जनाले बुझाएको स्पष्टीकरणका विषय साझा छन् । हिजो बुझाइएका दुवै स्पष्टीकरणको ‘ड्राफ्ट’ नेता रावलले तयार पारेका थिए ।

    तर, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले अझैं स्पष्टीकरण बुझाएका छैनन् । उनीहरुको स्पष्टीकरण अपेक्षित नरह हुने अनुमान छ ।

    अडानबाट ‘ब्याक’

    नेपाल समूहको चट्टानी अडान थियो– बालुवाटारभित्र बोलाएका कुनै पनि बैठकमा नजाने । त्यही अडानको बलमा नेता नेपालले केही दिनअघि अध्यक्ष ओलीलाई वार्ताका लागि धुम्बाराहीस्थित पार्टी कार्यालयमा आउन बाध्य पारेका थिए ।

     

    तर, विस्तारै नेता नेपाल आफ्नो अडानबाट गल्दै गएका छन् । अध्यक्ष ओलीले बालुवाटारमै बोलाएको आजको संसदीय दलको बैठकमा नेपाल र रावलबाहेक प्रायः सांसद उपस्थित भए । जबकि ४ चैतमा ओलीले बोलाएको दलको बैठकमा जानबाट रोक्न नेपाल सफल भएका थिए । उनी र भीम रावलको अडानका कारण बालुवाटार गेटसम्मै पुगिसकेका सांसद पनि फर्किएर राष्ट्रिय भेलामा फर्किएका थिए ।

    त्यो अडान आज कायम रहन सकेन । आफ्नै समूहभित्रको अवस्थालाई मध्यनजर गर्दै वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा आफू पक्षका सांसदहरुलाई बालुवाटार बैठकमा पठाउन नेता नेपाल बाध्य भए । आजै कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकबाट खासै ‘बोल्ड’ निर्णय उनले लिन सकेनन् ।

    पार्टी एकताकै पक्षमा लडिराख्ने र फागुन २८ गतेका निर्णयबाट ओलीलाई ‘ब्याक’ गराउने कोसिस गर्ने निर्णय बैठकबाट भयो । बैठकबारे संवाददाताहरूलाई जानकारी गराउँदै नेता रघुजी पन्तले भनेका थिए, ‘हामी नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो र गतिशील बनाउनका लागि तथा विधि र पद्दतिमा चलाउनका लागि संघर्ष गर्ने निर्णय भएको छ ।’

    तर, ओलीले आफ्नो निर्णयबाट कुनै पनि हालतमा पछाडि नफर्किने अडान दोहो¥याएका छन् । संसदीय दलको बैठकमा फागुन २८ गतेको निर्णयबाट आफू पछाडि नफर्किने र कुुनै गूट वा समूहसँग वार्ता नगर्ने अडान ओलीले लिएका थिए ।

    आफ्नै सारथीहरुको साथबाट एक्लिन थालेका नेता नेपाल ‘कम्प्रोमाइज’ गर्दै जाने र ओली दृढताका साथ अगाडि बढ्ने संकेत देखिएको छ । ओलीले प्रष्ट शब्दमा भनिसकेका छन्– नेता नेपाल र रावलका क्रियाकलाप कारबाहीयोग्य छन् ।

  • महेश बस्नेत भन्छन्ः केपी ओली सामाजिक सञ्जालको ट्रेन्डिङमा, महेन्द्रपछिका विकासवादी (भिडियाे)

    महेश बस्नेत भन्छन्ः केपी ओली सामाजिक सञ्जालको ट्रेन्डिङमा, महेन्द्रपछिका विकासवादी (भिडियाे)

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले अहिले देशका युवायुवती प्रधानमन्त्री केपी ओलीको साथमा रहेको बताएका छन् । टिकटकमा समेत प्रधानमन्त्री ओली ट्रेन्डिङमा रहेको भन्दै उनले राजनीति नरुचाउनेले पनि ओलीलाई माया गरेको दावी गरे ।

    कञ्चनपुरमा आयोजित युवाको भेलालाई सम्वोधन गर्ने क्रममा बस्नेतले बारम्बार केपी ओलीको नाम लिएका थिए । देशका सामाजिक सञ्जालहरु ओलीमय भएको उनले बताए ।

    बस्नेतको भनाइ यस्तो थियो:

    ‘केपी ओलीसँग युवा, विद्यार्थी, महिला, दलित, मधेसी, जनजाति समुदाय लगायत सबै रहेका छन् । हिजो ‘आई हेट पोलटिक्स’ भन्ने १६–१८ वर्षका युवायुवती अहिले ‘वी लभ केपी बा’ भनेर टिकटक बनाइरहेका छन् । आजको ट्रेन्डिङ हेर्नुभयो भने नेपालको टिकटकमा राजेश हमाल, रेखा थापा र प्रियंका कार्की भेटिँदैनन्, केपी ओली, केपी ओली, केपी ओली…. मात्र भेटिन्छन् ।

    फेसबुक खोल्नुभयो भने केपी ओलीको भाषण, गतिविध, कार्यक्रम मात्र भेटिन्छ । ९० प्रतिशतभन्दा बढी सामाजिक सञ्जाल सबै केपी ओलीमय भएको छ । नेपालको प्रधानमन्त्री को हो भनेर नेपालमा मात्र होइन, भारतको कुना–कुनामा गएर सोध्नुभयो भने पनि सही जवाफ आउँछ । बरु भारतकै प्रधानमन्त्रीको नाममा कन्फ्युज होलान् नेपालको प्रधानमन्त्रीमा हुँदैनन् ।

    एक जना अफ्रिकन मुलको गायिका निकै भाइरल भएकी छन् सोसल मिडियामा । उनलाई प्रत्रकारले सोध्नुहुन्छ, नेपालको प्रधानमन्त्री को हो ? उनले स्पस्ट ढंगले भन्दिछिन्– केपी ओली इज प्राइमिनिस्टर अफ नेपाल । हि इज भेरी पपुलर इन दिस वल्र्ड । आज युगाण्डाको कलाकारलाई नेपालको प्रधानमन्त्री को हो भन्दा केपी ओली इज पपुलर प्राइमिनिस्टर अफ नेपाल भनेर जवाफ दिन्छिन् । केपी ओलीको चर्चा संसारभरि फैलिएको छ ।

    जी सेभेनको बैठकमा केपी ओलीलाई स्वीकारिन्छ । अन्तर्राष्ट्रिय मिडिया बालुवाटारमा गएर केपी ओलीको अन्तरवार्ता लिन्छन् । केपी ओलीको धेरै भाषामा कमाण्ड छ । त्यही भएर केपी ओली नेपालको राजनेता हुन् ।

    केपी ओली महेन्द्र पछाडिका विकासवादी नेता हुन् । केपी ओली भिमसेन थापा पछि ढलेको धरहरा उठाउने नेता हुन् । केपी ओली पृथ्वीनारायण शाहपछि राष्ट्रिय एकता जोगाउने मात्र हैन, लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता ल्याउने नेता हुन् । केपी ओली लोकतन्त्रको सशक्त नेता हुन् ।

    मदन भण्डारी पछि जनताको बहुदलीय जनवादको सच्चा नायक हुन् । केपी ओली मनमोहन अधिकारी पछाडी ज्येष्ठ नागरिकको ध्यान दिने नेता हुन् । त्यो भएको हुनाले अबको राजनीति केपी ओलीको वरिवरी धेरै समय घुम्छ ।’

    बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई बीमाले (विभाजित माले) को नेता बन्ने अभियान छोडेर एमालेमै फर्किन आह्वान गरे । उनले ‘बाटो बिराएर’ माधव नेपालसँग गएकालाई पनि एमाले बन्ने अभियानमा जुट्न सल्लाह दिए ।

    बस्नेतले नेपाललाई ईंगित गर्दै भने, ‘२३ गतेको फैसला पछाडि त्यो बिरामी र बुढो शरीर भएको कमरेड झलनाथ खनाललाई हातमा समाएर डोर्याई–डोर्याई फलामको भर्याङ उचाल्दै पेरिसडाँडामा जानुभयो । प्रचण्डसँग छोडपत्र गरेर आँखाभरि आँसू पारेर कमरेड आन्दोलनमा सहकार्य गराैला, अब हामी एमाले हुन बाध्य भयौं भनेर हिँड्नुभयो ।’

    बस्नेतले माओवादी अध्यक्ष प्रचण्ड क्रान्तिका नायक नभएर विकृति र विसंगतिका नायक भएको आरोप लगाए । माओवादीबाट एमालेमा आएका नेताको नाम लिँदै उनले भने, ‘उहाँ नायक हैन नालायक भनेर उहाँहरु माओवादीको मुभमेन्ट छाडेर आफ्नो पदलाई दाउमा राखेर एमालेमा आउनुभयो ।’

  • अध्यक्ष ओलीले भने- माधव नेपाल र भीम रावल कारबाहीको भागीदार हुनेछन्

    अध्यक्ष ओलीले भने- माधव नेपाल र भीम रावल कारबाहीको भागीदार हुनेछन्

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका कुनै पनि शर्त मान्य नहुने प्रष्ट पारेका छन् ।

    संसदीय दलको बैठकमा झलनाथ खनालसहितका नेताहर”ले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन माग गरेपछि ओलीले यस्तो जवाफ दिएका हुन् ।

    अध्यक्ष ओलीले एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने समेत बताएका छन् । ओलीले एमाले २०७५ जेठ २ मै फर्किएको भन्दै माओवादीबाट एमालेमा आएका नेताहरुलाई पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरूको व्यवस्थापनमात्र भएको बताएका थिए ।

    ओलीको भनाई उदृत गर्दै मुख्य सचेतक विशाल भट्टराईले भने, ‘फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णय र चैत ५ र ७ गतेको संसदीय दलले गरेका निर्णय तथा विधान संशोधन कुनै हालतमा फिर्ता हुँदैनन् । तपाईंहरू यसबीचमा बैठकमा आउनुभएन, अब आउनु भएको छ स्वागत छ तर गुटगत डिल हुँदैन ।’

    ओलीले माधव नेपालसहितका ४ जना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टिकरण सोधेको भन्दै माधव र भीम रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले कारवाहीको भागीदार हुने बताएका छन् ।

    ओलीले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेबाट त्यस्तो स्पष्टीकरण आउने कुरामा शंका जनाए । मुख्य सचेतक भट्टराईले माधव नेपाल र भीम रावलमाथि केन्द्रीय कमिटी बैठकबाटै कारबाहीको निर्णय हुने बताए ।

    अध्यक्ष ओलीले आफूलाई माधव नेपालले प्रचण्डसँग मिलेर पार्टी सदस्यताबाट समेत निष्कासन गरेको स्मरण गर्दै त्यस्तो अपराध गर्नेहरूलाई पनि आफूले स्पष्टीकरणमात्र सोधेर सुधार्न खोजको बताएका थिए ।

  • संसदीय दल बैठकमा पार्टी एकताको वकालत गरेर बाहिरिए झलनाथ

    संसदीय दल बैठकमा पार्टी एकताको वकालत गरेर बाहिरिए झलनाथ

    काठमाडौं । संसदीय दलको बैठकमा सहभागी हुन पुगेका वरिष्ठ नेता झलनाथ खनाल बालुवाटारबाट बाहिरिएका छन् ।

    माधव पक्षधरका सांसदहरूको नेतृत्व गर्दै बैठकमा उपस्थित भएका नेता खनालले आफ्नो कुरा राखेर बैठक जारी रहँदै गर्दा बाहिरिएका हुन् ।

    उनले पार्टी एकता जोगाउन एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने बताएका छन् ।

    ‘पार्टी पुन:स्थापना गर्ने सर्वोच्चको फैसलापछि गरिएका निर्णय नमान्ने भन्दै एमालेको पहिलै रहेको संरचनालाई कायम राखेर एकता जोगाउनु पर्ने अडान राख्नुभयो’, खनालको भनाइ उद्धृत गर्दै सांसद जीवनराम श्रेष्ठले नेपाल प्रेससँग भने ।

    बैठकमा माधवकुमार नेपाल र भीम रावल भने उपस्थित छैनन्।

  • संसदीय दलको बैठकमा भाग लिने माधव नेपाल समूहको निर्णय, माधव र भीम रावल नजाने

    संसदीय दलको बैठकमा भाग लिने माधव नेपाल समूहको निर्णय, माधव र भीम रावल नजाने

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टीको संसदीय दलको बैठकमा भाग लिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय सदस्यहरुको बैठकले सो निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

    पन्तका अनुसार ६० जना जति केन्द्रीय सदस्यको बैठकमा सहभागिता थियो । पार्टीभित्रै बसेर विधि र पद्दतिका लागि लड्ने निर्णय भएको उनले जानकारी दिए ।

    ‘आजको बैठकमा हाम्रा साथीहरू जानुहुन्छ र आफ्नो कुरा राख्नुहुन्छ,’ उनले भने, ‘हामी नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो र गतिशील बनाउनका लागि तथा विधि र पद्दतिमा चलाउनका लागि संघर्ष गर्ने निर्णय भएको छ ।’

    माधव नेपाल र झलनाथ खनाल पनि बैठकमा सहभागी हुने हो ? भन्ने पत्रकारको जिज्ञासामा पन्तले भने, ‘व्यक्ति को जानु हुन्छ को जानुहुन्न भनेर सोधिएन । कसैको काम परेर नजान पनि सक्नुहुन्छ ।’

    तर, दलको बैठकमा माधवकुमार नेपाल र भीम रावल नजाने बताइएको छ ।

    अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले ३ बजे बालुवाटारमा एमाले संसदीय दलको बैठक डाकेका छन् ।

    यसअघिका नगएको बैठकमा अहिले के को आधारमा एक्कासी जान खोज्नु भो ? भन्ने पत्रकारको प्रश्नको जवाफमा नेता झलनाथ खनालले आफ्नो पार्टीको संसदीय दलको बैठकमा जाने यो निर्णय एक्कासी नभएको प्रष्ट्याए । उनले बालुवाटारमा नभई पार्टीका बैठक पार्टी कार्यालयमा राख्नुपर्ने आफूहरूको माग रहेको अडान राखे ।

  • लेखराज भट्ट भन्छन्- सुदूरपश्चिम सरकार परिवर्तन गर्नु पर्छ

    लेखराज भट्ट भन्छन्- सुदूरपश्चिम सरकार परिवर्तन गर्नु पर्छ

    कैलाली । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इञ्चार्ज एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् ।

    शुक्रबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरूसँग बोल्दै मन्त्री भट्टले प्रदेश सरकारले गति पाउन नसकेको भन्दै परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

    उनले भने, ‘हामी छलफलमा छौँ । यो प्रदेश सरकारले गति लिन सकेन, अब चाहिँ परिवर्तन गर्नुपर्छ । ’

    भीम रावलको कारबाहीको विषयमा भट्टले भने, ‘स्पष्टीकरणको उत्तरपछि मात्र कारबाहीको प्रक्रिया अगाडि बढ्छ । उहाँहरूलाई पार्टीमा आउने बाटो पनि खुल्ला छ । ’

    सुदूरपश्चिम प्रदेश सरकार अहिले माओवादी केन्द्रले नेतृत्व गरेको छ ।

  • हाम्रो समस्या पार्टीसँग हो, संसदीय दलसँग होइन : बेदुराम भुसाल

    हाम्रो समस्या पार्टीसँग हो, संसदीय दलसँग होइन : बेदुराम भुसाल

    काठमाडौं । नेकपा एमाले माधव पक्षका नेता बेदुराम भुसालले आफूहरूको समस्या संसदीय दल नभई पार्टीसँग भएको बताएका छन् ।

    कलंकीस्थित मेगा पार्टी प्यालेसमा शुरू भएको केन्द्रीय सदस्यहरूको बैठकमा पुगेका भुसालले संसदीय दल बैठकमा नजाने भन्ने आफूहरूको भनाइ नरहेको प्रष्ट्याए ।

    उनले भने, ‘ दलको बैठकमा जाने भन्ने नै हो । जाने साथीहरू जान र नजाने साथीहरू नजान पनि सक्नु हुन्छ । संसदीय दलसँग हाम्रो समस्या होइन, पार्टीसँग हो ।’

    आज ३ बजे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एमाले संसदीय दलको बैठक बोलाएका छन् । एमाले संसदीय दलमा माधव नेपाल पक्षका ३५ जना सांसद छन् ।

    दलको बैठक लगातार बहिष्कार गर्नु राम्रो नहुने भन्दै माधव पक्षका केही नेताले असन्तुष्टि जनाएका छन् ।

    पार्टीमा गुटगत गतिविधि चलाएको आरोपमा माधव नेपालसहितका चार नेतालाई संस्थापनले सोधेको स्पष्टीकरणपछि बढेको सवालजवाफले एमाले विभाजनको संघारमा पुगेको छ ।

  • माधवपक्षीय केन्द्रीय सदस्यहरूको बैठक जारी, संसदीय दलको बैठकमा जाने/नजाने छलफल

    माधवपक्षीय केन्द्रीय सदस्यहरूको बैठक जारी, संसदीय दलको बैठकमा जाने/नजाने छलफल

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक शुरू भएको छ ।

    कलंकीस्थित मेगा पार्टी प्यालेसमा केहीबेरअघि बैठक शुरू भएको हो ।

    केन्द्रीय सदस्यहरूबीचको छलफलबाट एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउन माग गर्ने, स्पष्टीकरण र त्यस्मा चार नेताले दिएको जवाफलगायतका विषयमा धारणा बनाउने बताइएको छ ।

    बैठकमा ४५ जनाजति केन्द्रीय सदस्य सहभागी छन् । धेरै सदस्य उपत्यकाबाहिर रहेकाले उपस्थित कम भएको सो पक्षको दाबी छ ।

    आजै ३ बजे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एमाले संसदीय दलको बैठक बोलाएका छन् । त्योभन्दा अघि बोलाइएको माधव पक्षधरको केन्द्रीय सदस्यहरूको बैठकमा दलको बैठकमा जाने वा नजानेबारे पनि छलफल हुने केन्द्रीय सदस्य तथा सांसद झपट रावलले बताए ।

    बुधबार साँझ माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको अलग्गै भेला भएको थियो । सो भेलाले बैठकमा जाने हो भने सबै नेतासहित जानुपर्ने निष्कर्ष निकालेको थियो ।

  • माधव नेपालको स्पष्टीकरण बालुवाटार पुग्यो,थप कारवाहीको सम्भावना !

    माधव नेपालको स्पष्टीकरण बालुवाटार पुग्यो,थप कारवाहीको सम्भावना !

    काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पठाएको स्पष्टीकरणपत्र अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलको हातमा पुगेको छ ।

    स्वकीय सचिवमार्फत केन्द्रीय कार्यालयमा बुझाइएको स्पष्टीकरण प्रधानमन्त्री निवास बालुवाटारमा लगिएको हो । दुवै नेतासहितले सो स्पष्टीकरण पढेको बताइएको छ ।

    स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको र उल्टै प्रचण्डको मतियारका रुपमा आफ्नो पार्टी र अध्यक्षमाथि आक्षेप लगाइएको ओलीनिकट स्रोतको प्रारम्भिक प्रतिक्रिया छ ।

    ‘प्रचण्डको मतियार बनेर एमाले कब्जा गर्न फर्किएको हो ?’ भन्ने प्रश्नको जवाफमा माधव नेपालले ओलीमाथि नै प्रतिप्रश्न गर्दै एमाले-माओवादी एकीकरण किन गरेको भन्ने आशयको जवाफ फर्काएका छन् ।

    माधव नेपालको स्पष्टीकरणमा कुनै पनि गल्ती र पश्चाताप नदेखिएको र प्रचण्डको १९ पन्ने अभियोगपत्रकै शैलीमा जवाफ दिएको भन्दै एमालेले थप कारबाही अघि बढाउने सम्भवाना रहेको एक नेताले बताए ।

    स्पष्टीकरण पढेपछि अध्यक्ष ओली र महासचिव पोखरेल मन्त्रिपरिषद् बैठकमा छन् । सबैका स्पष्टिकरण अध्ययन गरेपछि विधानबमोजिम थप कारबाही प्रक्रिया अघि बढ्ने वा नबढ्ने पार्टीले निर्णय गर्ने बालुवाटारमै रहेका एक नेताले बताए ।

    ती नेताले नेपाल प्रेससँग भने- कि त माधव नेपालले केपी ओलीमाथि लगाएका सबै आरोप सही हुन् भनेर स्पष्टिकरण चित्तबुझ्दो भयो भन्नुपर्यो । होइन भने त अब माधव नेपालमाथि कारवाही प्रक्रिया अघि बढ्छ । उहाँले एमालेमा फर्किएर पनि मिल्ने होइन, हिजो नेकपामा हुँदा जस्तै व्यवहारमा जाने देखियो, जुन कुरा अब स्वीकार्य छैन ।

  • ओलीले बोलाए संसदीय दलको बैठक, माधव नेपाल पक्षको सहभागिता अनिश्चित

    ओलीले बोलाए संसदीय दलको बैठक, माधव नेपाल पक्षको सहभागिता अनिश्चित

    काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।

    प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

    एमाले पुनःस्थापनापछि तीनपटक दलको बैठक बस्दा पनि माधव नेपाल पक्ष सहभागी भएको छैन । पछिल्लो पटक चैत ७ गतेको बैठक चलिरहेका बेला माधव नेपाल पक्षले बैठकमा आउन नसक्नुको लिखित कारण पठाएको थियो ।

    शुक्रबारको बैठकमा सहभागी हुने कि नहुने भन्नेबारेमा नेताहरूबीच छलफल हुन बाँकी रहेको नेपाल पक्षका सांसदहरूले बताएका छन् । प्रतिनिधिसभामा १२० एमाले सांसदमध्ये माधव नेपाल पक्षमा हाल ३५ जना छन् ।

    शुक्रबार माधव पक्षको केन्द्रीय कमिटी बैठक डाकिएको छ ।

  • बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्ने माधव नेपाल पक्षको तयारी

    बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्ने माधव नेपाल पक्षको तयारी

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई निवेदन दिने भएको छ ।

    विधानअनुसार एक चौथाई केन्द्रीय सदस्यले बैठक माग गर्न पाउने भएकाले सोही बमोजिम केन्द्रीय कमिटी बैठकको माग गर्न लागिएको एक नेताले नेपाल प्रेसलाई बताए ।

    माधव नेपाल पक्षले एमाले पुनःस्थापनापछि फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकलाई स्वीकार गरेको छैन । फागुन २८ को बैठकमा खबर नै नभएको र चैत ७ गतेका बैठक बहिष्कार गरेको नेपाल पक्षले विधान बमोजिम बैठक माग गर्न लागिएको हो ।

    त्यसअघि माधव नेपाल पक्षधरको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको छलफल शुक्रबार हुनेछ । सो छलफलले थप रणनीति तय गर्ने बताइएको छ । यसैबीच माधव नेपालसहित चार नेताले आज स्पष्टीकरण पेश गर्ने भएका छन् ।

  • सातै प्रदेशमा एमालेको नयाँ टिम, डढेलोपछि पलाएका पालुवा नमास्ने ओलीको उद्घोष

    सातै प्रदेशमा एमालेको नयाँ टिम, डढेलोपछि पलाएका पालुवा नमास्ने ओलीको उद्घोष

    काठमाडौं । माधव नेपाल पक्षले २०७५ जेठ २ गतेअघिको अवस्थामा पार्टीका सबै संरचना फर्काउनुपर्ने सर्त राखिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीका सातै प्रदेशका सारथीहरूले आफ्नो काम थालिसकेका छन् ।

    माधव नेपाल पक्षले फागुन २८ को निर्णय खारेज गर्नुपर्ने भनेको थियो । तर, अध्यक्ष ओलीले फागुन २८ बाट पनि अघि बढेर चैत ७ गते गरेको कार्यविभाजन गरेसँगै अब एमालेमा माधव पक्षसँग सम्झौताको सम्भावना सकिएको छ ।

    एकातिर माधव नेपालसहितका नेताहरूलाई कारवाहीको तयारीका लागि स्पष्टीकरण सोधिएको छ भने अर्कोतिर सातै प्रदेशमा एमालेले इन्चार्ज,अध्यक्ष र सचिवसहित सांगठानिक गतिविधि अघि बढाएको छ ।

    ओलीले पुस ५ गतेपछि आफूलाई प्रचण्ड-माधव पक्षले पार्टी सदस्यबाट समेत हटाएका बेला साथ दिएका नेता कार्यकर्ता र कमिटीहरू नचलाउने प्रष्ट संकेत गरिसकेका छन् ।

    नेपाल प्रेससँगको अन्तर्वार्तामा ओलीले भनेका छन्, ‘उहाँहरूले छोडेपछि पार्टी बचाउने पंक्ति त रहेछ । त्यो कमिटी पार्टी बचाउन बसेको स्वयम्भु हो । जब-जब पार्टी संकटमा पर्छ तब हामी छौं भनेर उठेका कार्यकर्ता स्वयम्भु बनेर आएका छन् र ती रहन्छन् । पार्टीमा डढेलो लागेका बेला उम्रेका बिरुवा मासेर फेरि सुकेका ठेउकाहरू लगेर गाड्छ कसले त्यहाँ ?

    ओलीले यसबीचमा बनेका कमिटीहरू विस्थापित गरेर माधव नेपाल पक्षका मान्छे व्यवस्थापन गर्ने कुनै सम्भावना नरहेको निकट स्रोतले जनाएको छ । कमिटीहरू पुनर्गठन नभइसकेका ठाउँमा समायोजन गर्नेसम्मको लचकता अपनाउन सकिने ओलीनिकट नेताहरू बताउँछन् ।

    नेकपा विभाजनपछि ओलीले गठन गरेको जम्बो केन्द्रीय कमिटीका सदस्यहरूलाई राष्ट्रिय प्रतिनिधि परिषद्‍मा समेट्ने तयारी भइरहेको छ । एमालेमा प्रतिनिधि परिषद् एमालेको केन्द्रीय कमिटी र महाधिवेशनबीचको संयन्त्र हो ।

    प्रदेशमा पनि ओलीले धेरै सम्झौता गर्ने सम्भावना छैन । २०७५ जेठअघि तत्कालीन एमालेमा प्रदेश कमिटीका अध्यक्ष र सचिव थिएनन् । संयोजक र सहसंयोजकको व्यवस्था गरिएको थियो ।

    यसबीचमा नेकपा बनेपछि इन्चार्ज, सहइन्चार्ज,अध्यक्ष र सचिवको व्यवस्था गरिएको थियो । एमाले पुनःस्थापनासँगै ओलीले सातै प्रदेशमा इन्चार्ज, अध्यक्ष र सचिवको चयन गरिसकेका छन् । हालै सम्पन्न बैठकले गरेका ती पदाधिकारी नै अब अर्को महाधिवेशनसम्म आधिकारिक हुने एमालेले जनाएको छ ।

    जस अनुसार प्रदेश १ को इन्चार्ज सुवास नेम्वाङ भएका छन् भने अध्यक्ष देवराज घिमिरे र सचिव विनोद ढकाल छन् । घिमिरे साबिक नेकपामा पनि प्रदेश अध्यक्ष थिए भने ढकाल केन्द्रीय सदस्य तथा विद्यार्थी सहइन्चार्ज ।

    प्रदेश २ को इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल साबिक नेकपाकै टिम एमालेको प्रदेश कमाण्डमा रुपान्तरित बनेको छ । साह माओवादीबाट एमाले भएका हुन् ।

    वागमतीको भने टिम नै परिवर्तन भएको छ । इन्चार्ज रामवहादुर थापा बादल छन् भने अध्यक्षमा आनन्द पोखरेल र सचिव खेम लोहनी बनेका छन् । पोखरेल साबिक नेकपामा सचिव थिए ।

    गण्डकीमा इन्चार्ज पृथ्वीसुब्बा गुरुङ र सचिव गोविन्द नेपाली यथावत रहेका छन् भने अध्यक्षमा जगत विश्वकर्मा चयन भएका छन् ।

    त्यस्तै लुम्बिनीमा इन्चार्ज शंकर पोखरेल, अध्यक्ष लिला गिरी र सचिव खेममान खड्का छन् । गिरी पुस ५ मा नेकपा फुटेपछि तत्कालिन ओली पक्षले अध्यक्ष चयन गरिसकेको थियो । उनलाई नै एमालेको अध्यक्ष बनाइएको छ भने राष्ट्रियसभा सदस्य खेममान खड्का सचिव बनेका छन् ।

    कर्णालीमा इन्चार्ज यमलाल कँडेल बनेका छन् । अध्यक्ष भने केपी ओली पक्षकै रहे पनि गोरख बोगटीलाई सहइन्चार्ज बनाएर उनको ठाउँमा गुलावजंग शाहलाई अध्यक्ष बनाइएको छ । सचिवमा माओवादीका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई बनाइएको छ ।

    त्यस्तै सुदूरपश्चिम प्रदेशको इन्चार्ज माओवादीबाट एमाले बनेका लेखराज भट्ट छन् भने अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्रसिंह रावल चयन भएका छन् । अब यी प्रदेश कमिटीहरूले जिल्लाको बाँकी पुनर्गठन गर्ने भएका छन् ।

    एमाले माओवादी एकीकरण हुनुअघि प्रदेश १ को संयोजक भीम आचार्य थिए । प्रदेश २ मा सत्यनारायण मण्डल, वागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्विनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशको संयोजक भीम रावल थिए ।

  • एमाले प्रदेश १ संसदीय बोर्डमा को को ? माधव पक्षका पनि सदस्य

    एमाले प्रदेश १ संसदीय बोर्डमा को को ? माधव पक्षका पनि सदस्य

    विराटनगर । नेकपा एमाले प्रदेश १ मा संसदीय बोर्ड गठन गरिएको छ । दलका नेता मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बुधबार बसेको बैठकले १५ सदस्य रहेको बोर्ड गठन गरेको हो । बोर्डको सदस्यमा माधवकुमार नेपाल पक्षका सांसदहरूलाई पनि राखिएको छ ।

    बोर्डमा नेपाल पक्षका यशोदा अधिकारी, तुलसी न्यौपाने र लिलाबल्लभ अधिकारीलाई बोर्डको सदस्यमा राखिएको छ। यशोदा भने बैठकमा उपस्थित थिइनन् ।

    त्यस्तै अन्य सदस्यहरू उपनेता प्रमुख सचेतक, जसमाया गजमेर,आशारत्न जवेगु, विमल कार्की, काजीमान कागते, बिर्खबहादुर प्रधान, ज्ञानेन्द्र राजवंशी अम्बिका थापा र लिलम बस्नेत छन्।

    माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका टंक आङबोहाङ पनि उपस्थित बैठकमा भएका थिए ।

    मुख्यमन्त्री राईले आफूविरुद्धको अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर एक साताभित्र फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए विधान अनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

    बैठकमा सहभागी माधव पक्षका २ सांसदले अविश्वासको केही दिनमै हस्ताक्षर फिर्ता लिने जानकारी गराएका छन् ।

    दलको बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ ।

  • स्पष्टीकरणको जवाफ खुलापत्रमार्फत दिने नेपाल समूहको तयारी, ओलीसँग पनि जवाफ माग्ने

    स्पष्टीकरणको जवाफ खुलापत्रमार्फत दिने नेपाल समूहको तयारी, ओलीसँग पनि जवाफ माग्ने

    काठमाडौं । नेकपा एमालेको असन्तुष्ट माधव नेपाल पक्षले पार्टीद्वारा चार नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ संयुक्तरूपमा दिने भएको छ । स्पष्टीकरणको जवाफ पार्टी कार्यालयमा नबुझाइने सो समूहका नेता सुरेन्द्र पाण्डेले बताए ।

    ‘हामी सार्वजनिकरूपमा जवाफ दिनेछौं,’ उनले नेपाल प्रेससँग भने, ‘जवाफसँगै प्रधानमन्त्रीसँग प्रश्न पनि सोध्नेछौं ।’

    स्पष्टीकरणको जवाफ दिने विषयमा नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले आज अनौपचारिक छलफल गर्ने भएका छन् । दिउँसो चार बजेको छलफल पछि जवाफी पत्र तयार गरिने छ ।

    एमालेले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्वाम भुसाललाई स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफका लागि दिइएको तीन दिनको म्याद आज सकिँदैछ ।

  • एमालेको नयाँ कार्यालयमा रोबोट रिसेप्सनिस्ट ! (फोटो/भिडियो)

    एमालेको नयाँ कार्यालयमा रोबोट रिसेप्सनिस्ट ! (फोटो/भिडियो)

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीमा सर्दा आगन्तुकहरुले केही नौलो अनुभव गर्न पाउने भएका छन् । जस्तो कि कार्यालयमा आउनेहरुलाई रोबोटले आगन्तुकहरुलाई स्वागत गर्ने छ ।

    मानिसहरूले सोधेका केही प्रश्नको जवाफ समेत दिन सक्ने ‘परी’ नामको रोबोट कार्यालयको गेटमा राखिएको हो । रोबोटको छातिमा राखिएको स्क्रिनमा लेखिएको छ- परम्परा झल्किने आधुनिकता टल्किने ।

    एक आगन्तुकले रोबोटलाई प्रश्न सोधिन्, म हाम्रो देशका प्रधानमनत्रीलाई कसरी सम्पर्क गर्न सक्छु ?

    रोबोटबाट जवाफ आउँछ- प्रधानमन्त्रीलाई सम्पर्क गर्न पैसा नलाग्ने नम्बर ११११ मा फोन गर्नुस् ।

    रोबोटले प्रधानमन्त्री ओलीलाई नेपालका राष्ट्रवादी नेताको रुपमा समेत आगन्तुकहरुलाई परिचय गराउँछ । यो नेपालमै बनेको रोबोट हो ।
    आज प्रधानमन्त्री ओली कार्यालय अवलोकनका लागि पुगे । त्यससँगै पार्टीका नेता-कायर्कर्ता तथा सञ्चारकर्मीको घुँइचो लागेको थियो ।
    हेर्नुस, एमालेको भावी मुख्यालयका केही झलक :

     

     

  • ‘ओलीले कानुनी जालझेलबाट कब्जा गरे भने सोचौंला, नत्र एमाले हाम्रो हो’ (भिडियो)

    ‘ओलीले कानुनी जालझेलबाट कब्जा गरे भने सोचौंला, नत्र एमाले हाम्रो हो’ (भिडियो)

    काठमाडौं । नेकपा एमालेमा समानान्तर गतिविधि सञ्चालन गरिरहेका नेता माधवकुमार नेपालले आफूहरू पार्टी फुटाएर होइन भित्रै बसेर केपी ओलीविरुद्ध लड्ने प्रयासमा रहेको बताएका छन् ।

    आफूनिकट विद्यार्थीहरूको भेलालाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले ओलीको चुरिफुरी प्रधानमन्त्री पदमा हुन्जेलमात्र रहने भन्दै प्रधानमन्त्रीबाट सडकमा आएको भोलिपल्ट ओली प्रवृत्ति समाप्त हुने दाबी गरे ।

    नेपालले भने, ‘केपी ओलीको कथित स्पष्टीकरणबाट हामी तर्सेका छैनौं, आतंकित भएका छैनौं, सामना गर्न तयार छौं । माधव नेपाल कहिल्यै अलमलमा पर्दैन । केपी ओलीसँग लड्न गाह्रो छैन । यिनका दुई दिनका चुरिफुरी प्रधानमन्त्रीको कुर्सीमा बसुन्जेलमात्र हो । प्रधानमन्त्रीको कुर्सीबाट सडकमा पुगेपछि यिनको हावा फुस्किनेछ ।’

    नेता नेपालले नेकपा एमाले छाडेर बाहिर जाने पक्षमा आफूहरु नरहेको बताए । ओलीले सोध्ने स्पष्टिकरणबाट आफूहरु नडराएको उनका भनाइ थियो ।

    नेपालले भने, ‘मलाई एकजनाले भन्दै हुनुहुन्थ्यो कमरेड,स्टेजमा बस्दा अँध्यारो भयो अनुहार,अलि अलि हाँस्नुस् न । म हाँस्न प्रयास गर्दै थिएँ । हामी पार्टी फुटाउँदैनौ, एमाले हाम्रो हो । ओलीले कानुनी जालझेल गरेर कब्जा गरे भनें त्यतिबेला विचार गरौंला ।’

    वरिष्ठ नेता नेपालले सबै जनसंगठन र देशभर अलग कमिटीहरू बनाएर जाने उद्घोषसमेत गरेका छन् ।

  • यस्तो छ एमालेले सुरेन्द्र पाण्डेलाई सोधेको ५ बुँदे स्पष्टीकरण (पत्रसहित)

    यस्तो छ एमालेले सुरेन्द्र पाण्डेलाई सोधेको ५ बुँदे स्पष्टीकरण (पत्रसहित)

    काठमाडौं । नेकपा एमालेले पार्टीका नेता सुरेन्द्र पाण्डेमाथि पार्टी फुटाउने क्रियाकलापको अगुवाइ गरेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

    पाण्डेलाई महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणमा पार्टी एकताविरोधी भेला गर्नुको कारण र भेलाबाट एकताविरोधी प्रस्ताव पारित गर्नु गराउनुको कारण मागिएको छ ।

    नेपाल प्रेसलाई प्राप्त स्पष्टीकरणपत्रमा पाण्डेलाई पार्टीका बैठकमा सहभागी हनुको साटो पार्टी तथा जनसंगठनहरूको नाम, झण्डा र चिन्हको दुरुपयोग गरेको आरोप लगाइएको छ । पाण्डेमाथि प्रचण्डको मतियार बनेर नेकपा एमाले विभाजन गर्न खोजेको र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे/गराएको सन्दर्भमा समेत जवाफ मागिएको छ ।

    तीन दिनभित्र जवाफ पेश गर्न भनिएकोमा दुई दिन बितिसकेको छ । पाण्डेले मंगलबार राजधानीमा आयोजित अनेरास्ववियूको समानान्तर भेलामा ओलीलाई नै स्पष्टीकरण सोधिने बताएका थिए ।

    एमालेले माधव नेपालसँग १० बुँदे स्पष्टीकरण माग गरेको छ भने पाण्डेसँग ५ बुँदामा स्पष्टीकरण मागिएको छ ।

  • अर्घाखाँची सिमेन्टका सञ्चालक अग्रवाल एमालेमा प्रवेश

    अर्घाखाँची सिमेन्टका सञ्चालक अग्रवाल एमालेमा प्रवेश

    काठमाडौं । उद्योगपति राजेशकुमार अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई स्वागत गरेका छन् । ओलीले अग्रवालबाट पार्टीमा राम्रो भूमिका निर्वाह हुने विश्वास पनि व्यक्त गरे ।

    उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धक हुन् ।

    ‘प्रधानमन्त्रीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व दिइरहनुएको छ । उहाँको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ’, अग्रवालले भने ।

  • एमाले गण्डकी प्रदेश अध्यक्ष बने जगत विश्वकर्मा

    एमाले गण्डकी प्रदेश अध्यक्ष बने जगत विश्वकर्मा

    पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश कमिटी अध्यक्षमा जगतबहादुर विश्वकर्मा चयन भएका छन् । पूर्व युवा तथा खेलकुदमन्त्री विश्वकर्मा कास्कीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । विश्वकर्मा अध्यक्षमा चयन भएसँगै अब एमालेका सातै प्रदेश अध्यक्षको टुंगो लागेको छ ।

    अध्यक्ष विश्वकर्माले मंगलबार पदभार ग्रहण गरेका छन् । प्रदेश कार्यालय नयाँबजारमा भएको कार्यक्रममा विश्वकर्मालाई पार्टी सचिव गोविन्द नेपालीले पदभार ग्रहण गराएका हुन् ।

    पदभार ग्रहणपछि प्रदेश अध्यक्ष विश्वकर्माले नेपाली कम्युनिष्‍ट आन्दोलन चुनौतीको मोडमा आएकाले त्यसलाई सुदृढ गर्दै अगाडि बढाउन जरुरी रहेको बताए । उनले पार्टी कार्यकर्तालाई पनि त्यही अनुसार अघि बढ्न सुझाए । ‘नेकपा एमालेलाई एकताबद्धरूपमा अघि लैजान जरुरी छ’, उनले भने ।

  • केपी ओलीको ‘कथित’ स्पष्टीकरणबाट तर्सिनेवाला छैनौं : माधव नेपाल

    केपी ओलीको ‘कथित’ स्पष्टीकरणबाट तर्सिनेवाला छैनौं : माधव नेपाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणबाट आफूहरू नतर्सिने बताएका छन् ।

    मंगलबार आफूपक्षीय विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले स्पष्टीकरणलाई कथित भन्दै त्यसको सामना गर्न तयार रहेको बताए। ‘कथित स्पष्टीकरणबाट तर्सिनेवाला छैनौं, सामना गर्न तयार छौं,’ उनले भने, ‘घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? यो किमार्थ मन्जुर छैन ।’

    पार्टी अनुशासनविपरीत काम गरेको भन्दै ७ चैतमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सोमबार नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई बेग्ला-बेग्लै स्पष्टीकरण पत्र पठाइएको छ ।

    नेता नेपालले अध्यक्ष ओलीलाई राजतन्त्रसँग साँठगाँठ गरेको आरोप लगाउँदै त्यसलाई सफल हुन नदिने दाबी गरे। उनले भने, ‘केपी ओलीले जतिसुकै साँठगाँठ गरुन, अप्रत्यक्ष सहयोग गरुन हामी राजतन्त्र फर्किन दिँदैनौं ।’

    अध्यक्ष ओलीलाई पुराना कम्युनिष्ट नेता केशरजंग रायमाझीसँग तुलना गर्दै कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न लागेको आरोप लगाए। ‘त्यस्तै भयो नवौं महाधिवेशनमा,’ उनले भने, ‘विचार हाम्रो पारित भएको थियो । नेता चुनिए केपी ओली। अहिले उनी कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न कोसिस गर्दै छन् ।’

    नेता नेपालले ओली र जबजबीच कहिल्यै भेट नभएको समेत टिप्पणी गरे। ‘जबज र केपी ओलीको कहिले भेट भएको थियो ?,’ उनको प्रश्न थियो, ‘अहिले केपी ओली जबजको भावना अनुसार चलेका छन् ? जबजको पहिलो कुरा बहुमतको कुरा मान्ने हो । उनले बहुमतको निर्णय मानेका छैनन् ।’

  • केपी ओली- जिरोबाट हिरो, चित्त अलि साँघुरो

    केपी ओली- जिरोबाट हिरो, चित्त अलि साँघुरो

    राजनीतिलाई सामान्यतया चेस खेलसँग तुलना गरिन्छ । विपक्षीका चालहरुको पूर्वानुमान गर्दै ‘स्टेपबाइ स्टेप’ रणनीतिक कदम चाल्नसक्ने ‘खेलाडी’ चेस र राजनीति दुबैमा सफल हुन्छ ।

    तर, नेपाली राजनीतिको पछिल्लो परिदृष्य भने चेसभन्दा ‘लुँडो’ सँग मिल्दोजुल्दो देखिएकोे छ । लुँडोमा कुनै गोटी सर्पले निलिदिएर एकाएक सिरानबाट फेदमा पुग्छ, अनि फेदमा रहेको गोटी लामो भर्‍याङ उक्लिन पायो भने एकैपटक सिरानमा उक्लिन्छ । ठ्याक्कै त्यही शैलीमा प्रधानमन्त्री शर्मा ओली र उनका विरोधी खेमाको राजनीतिक हैसियत उथलपुथल भएको छ ।

    धेरै होइन, मात्र १७ दिनपछाडि फर्केर हेर्ने हो भने ओलीको राजनीति टिठलाग्दो अवस्थामा थियो । आफूले गरेको संसद विघटनलाई सर्वोच्चले उल्टाइदिएपछिको परिस्थितिमा उनी खल्ती रित्तिएको जुवाडे झैं बनेका थिए । पदबाट राजीनामाका लागि उनीमाथि चौतर्फी दबाब थियो ।

    पार्टीभित्रको विपक्षी समूह र प्रमुख प्रतिपक्षी दल मात्र होइन, उनीहरुसँग लय मिलाउँदै ‘स्वतन्त्र बुद्धिजीवी’ देखि ‘स्वतन्त्र मिडिया’ सम्मले प्रधानमन्त्रीको तत्काल राजीनामा मागिरहेका थिए । अन्यथा माओवादीले समर्थन फिर्ता लिइहाल्ने वा कांग्रेसले अविश्वास प्रस्ताव ल्याएर सरकार गर्ल्याम्म ढालिहाल्ने चर्चा गरम थियो ।

    अर्कोतिर ओलीकोे दल नेकपा दुई फ्याक भएको थियो । पूर्वएमालेका थुप्रै नेतासहित एउटा ठूलो फ्याक प्रचण्डले गुट्मुटाएर लगेका थिए । बबुरा ओलीसँग पार्टी फुटाउनका लागि चाहिने संख्या पनि थिएन । यसप्रकारले उनी टेक्ने हाँगो भाँच्चिएको र समात्ने हाँगा पनि नुहेको दयनीय अवस्थामा थिए ।

    त्यसबेला कतिले ओलीको राजनीतिक भविष्य नै समाप्त भएको घोषणा गरे । कसैले उनी नयाँ कम्युनिष्ट पार्टीको सानो नाङ्लेपसल थापेर सीपी मैनालीको आडैमा बस्ने अनुमान गरे । यता, प्रचण्ड–माधव नेपालको समूह जितको उल्लासमा थियो । नेताहरु लड्डु खुवाएर खुशी मनाइरहेका थिए भने कायकर्ता दीपावली गरिरहेका थिए । तर, फागुन २३ गते अदालतको अर्को ‘गेमचेञ्जिङ’ फैसला आएपछि कथाले नयाँ मोड लियो । ओली भुईंबाट धुलो टक्टक्याउँदै उठे र जुँगामा ताउ लगाउँदै विरोधीहरुको लिस्ट बनाउन थाले ।

    अर्कोतर्फ प्रचण्ड-माधव खेमातर्फ कोलाहल सुरु भयो । पेरिसडाँडाबाट माओवादीले माधव नेपाल समूहलाई अन्माएर धुम्बाराही पठायो । तर, पेरिसडाँडा छोडेको माधव नेपाल समूह केपी ओलीलाई गर्ल्याम्म अंगालो हाल्न सकिरहेको छैन । न ओलीसँग वैधानिकरुपमा अलग्गिन नै सकेको छ । भाषणमा जति चर्को स्वर गरे पनि अन्तरवार्तामा जति कडा कुराहरु गरे पनि यतिबेला माधव नेपाल समूह बाटो भुलेको यात्रीजस्तो विलखबन्द अवस्थामा देखिन्छ ।

    माधव नेपाल समूह मात्र होइन, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमेत किंकर्तव्यविमूढ बनेका छन् । सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन कोही अघि सरेको छैन । फलतः ओलीलाई एकछिन पनि प्रधानमन्त्रीको कुर्सीमा देख्न नचाहने राजनीति बाहिरको एउटा बौद्धिक समूहमा चिड्चिडाहट बढ्दो छ ।

    शक्ति केन्द्रीकरणमा ओली

    लामो समयदेखि नेपाली राजनीतिको केन्द्र भागमा बिराजमान छन् केपी ओली । पछिल्लो करिब एक दशक उनकै वरिपरी घुमिरहेको राजनीति । चर्चा, सफलता, विवाद, प्रशंसा, गाली केको मात्र कमी छ उनलाई ? अहिले यो छ कि, कुनै पनि राजनीतिक टिप्पणी लेख्नुपर्‍याे भने ओलीबाट सुरु गर्नुपर्ने र ओलीमै अन्त्य गर्नुपर्ने अवस्था छ । कुनै पनि नेताका भाषण सयाैंपटक ओलीको नाम नलिई पूरा हुँदैनन् ।

    नेपालमा प्रजातन्त्र पुन:स्थापनायता यो तहको राजनीतिक प्रभूत्व कायम गरेका नेताहरु कमै थिए । गिरिजाप्रसाद कोइरालाले लामो सत्तामा रजाईं गरे, तर ओलीजति समाचारमा उनी छाएनन् । पछिल्लो कालखण्डमा अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा चर्चा पाएका नेपाली नेता पनि उनै हुन् । नाकाबन्दीयता नेपालको छिमेकी देश भारतका लागि उनी एउटा हाउगुजी नै बनेका छन् । ओलीका अन्तरवार्ताहरु भारतीय मिडियाका लागि ठूलै खुराक बन्छन् ।

    प्रधानमन्त्रीका रुपमा ओलीले जस्तो शक्ति अभ्यास पनि यसअघिका प्रधानमन्त्रीले सायदै गरेका थिए । दोस्रोपटक प्रधानमन्त्री भएदेखि सत्ताका महत्वपूर्ण अवयवहरु उनले आफ्नो मातहतमा राखेका छन् । राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति सुद्धीकरण, सतर्कता केन्द्र, र राजश्व अनुसन्धानजस्ता महत्वपूर्ण निकायहरुलाई आफ्नो मातहतमा ल्याएका छन् । रक्षा मन्त्रालयको कार्यभार उनी आफैंले सम्हालेका छन् । नेकपा एकीकृत हुँदासम्म सरकारका कामकारवाहीमा पार्टीको अड्चन थियो । अहिले त त्यो पनि छैन । सरकारका नियुक्ति, सरुवा–बढुवादेखि विभिन्न विकास आयोजनाका कामहरु ओलीको तजविजमा भइरहेको छ ।

    सरकारमा मात्र नभएर पार्टीमा पनि ओलीको एकाधिकार स्थापित भएको छ अहिले । एमाले ब्यूँतिएपछि माधव नेपाल नेपाल समूहलाई थाहै नदिइकन उनले बालुवाटारमा वैठक राखे । पूर्वमाओवादीका २३ जना नेतालाई केन्द्रीय समितिमा प्रवेश गराएर नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसे । अस्ति फेरि केन्द्रीय समिति वैठक डाकेर थप शक्ति हातमा लिएका छन् । समानुपातिकको बन्दसूची आफूले हेरफेर गर्न सक्ने देखिलिएर पार्टीका कमिटीहरु चलाउने सम्मका कामहरु उनले अब आफ्नो एकल निर्णयमा गर्न सक्छन् ।

    पार्टीमा असन्तुष्ट समूह अनुपस्थित हुँदा ओलीको बोली नै पार्टीको विधानसरह हुने अवस्था आएको छ । उनको कार्यशैली हेर्दा उनी अब विरोधीहरुलाई पार्टीमा ठाउँ दिन चाहँदैनन् भन्ने देखिन्छ । एमालेमा आफ्नो प्राधिकार स्थापित गर्नेतर्फ उनी अग्रसर छन् । परम्परागत कम्युनिष्ट पार्टीमा जस्तो ‘चेयरम्यानसिप’ को अभ्यास उनले गर्न थालेका छन्, जुन अभ्यास जनयुद्धकालमा प्रचण्डले गरेका थिए ।

    लोकप्रियताको पुनर्स्थापना

    राजनीतिकरुपमा शक्ति आर्जन गरेका ओलीले आफ्नो गुम्दै गएको जनविश्वास र लोकप्रियतालाई पनि केही हदसम्म पुनर्स्थापन गर्न सफल भएका छन् । उनका लागि अहिले सर्वाधिक सन्तोषको पाटो यही नै हो ।

    मूलधारका सबैजसो सञ्चारमाध्यमले लगातार खलनायकको रुपमा प्रस्तुत गर्दा पनि ओलीलाई ‘अलोकप्रिय’ बनाउन नसकेकै हुन् । अब नेपालमा कथित मुलधारका सञ्चारमाध्यमले जनमत निर्माण गर्न सक्दैनन् भन्ने निश्कर्ष यसबाट निकाल्न सकिन्छ । बरु पछिल्लो समय देशको युवापुस्तामा ओलीको क्रेज अनायास बढेको छ । कुनै राजनीतिक दलप्रति झुकाव नराख्ने युवाहरु उनको भाषण-अन्तरवार्ता चाख लिएर सुन्न थालेका छन् ।

    टिकटकदेखि यूट्यूवसम्मा आउने कमेन्टहरु हेर्ने हो भने ओलीको पक्षमा बलियो जनमत खडा भएको मान्नुपर्ने हुन्छ । अधिकांश नेताका भाषण अन्तरवार्तामा नकारात्मक प्रतिक्रिया दिने जमातले ओलीलाई प्रशंसा गर्न थालेको छ । ओलीको कतिपय हठ र बलमिच्याइँपूर्ण कार्यशैलीलाई पनि सकारात्मकरुपमा हेर्न थालिएको छ । साथै, विकास–निर्माणका कामहरुमा देखाइरहेको तदारुकता र सक्रियताले पनि उनको सकारात्मक छवि निर्माणमा मद्दत गरेको छ । यही माहोलले गर्दा मूलधारकै सञ्चारमाध्यम पनि पहिलेजस्तो ओलीविरुद्ध ‘हार्डलाइन’ मा जान सकिरहेका छैनन् ।

    आफूविरुद्ध जनसमर्थनको भेउ पाएर ओलीको मनोबल उच्च भएको छ । मनोबल मात्र होइन, उनको दम्भ पनि बढेको छ । झन् हौसिएर पार्टीका विरोधीहरुलाई घोचपेच र प्रहार गरिरहेका छन् । अभिव्यक्ति तथा व्यवहारमा नरमपनाको अभाव झन् टड्कारो देखिएको छ । यही शैलीले उनलाई देशको एउटा ‘टावरिङ फिगर’ बन्न दिइरहेको छैन ।

    रणनीति बदल्ने बेला

    यावत् अनुकुलताका बाबजुद ओलीका आगामी दिनहरु सहज भइसकेका छैनन् । उनको सामू सरकार जोगाउने सबैभन्दा ठूलो र तत्कालीक चुनौति छ । ओलीका अभिव्यक्तिहरुबाट उनी सरकारको आयू दुई वर्ष लम्ब्याउन इच्छुक छन् भन्ने स्पष्ट देखिन्छ । तर, यसका लागि स्पष्ट र सही रणनीति उनले अंगीकार गर्न सकेका छैनन् । फलतः सर्वोच्चको फैसलाले आफूलाई प्राप्त भएको लाइफलाइन सदुपयोग गर्न उनी चुकिरहेका छन् ।

    केही दिनअघि नेपाल प्रेससँगको अन्तरवार्तामा ओलीले भनेका थिए, ‘उहाँहरु वाम गठवन्धनको कुरा गरिरहनु भएको छ, यो वाम गठवन्धनकै सरकार त हो नि । यही सरकारलाई निरन्तरता दिए भइगो नि ।’

    निश्चय पनि ओलीलाई सत्ता लम्ब्याउने सजिलो र छोटा बाटो भनेको माओवादीसँगको यही वाम गठवन्धनलाई निरन्तरता दिनु हो । यही नै राजनीतिक स्थिरताको पक्षमा पनि हुन्छ । तर, ओलीले उल्टो माओवादीलाई समर्थन फिर्ता लिन उक्साउने खालको अभिव्यक्ति दिइरहेका छन् ।

    उनी भनिरहेका छन्, ‘खोइ माओवादीले मलाई दिएको समर्थन फिर्ता लिएको ? एक महिना भइसक्यो त । सक्ने भए लिइहाल्थे नि ।’

    अर्कोतर्फ ओलीमा सरकार ढलिहाल्ने त्राश पनि देखिन्छ । यो सरकार यदि ढल्यो भने आगामी चुनावमा फेरि दुई तिहाइ बहुमत ल्याएर प्रधानमन्त्री बन्ने धक्कु पनि लगाइरहेका छन् उनी । सरकार जोगाउनका लागि कुनै अवाञ्छित सम्झौता नगर्ने बताइरहेका छन् । तर, सँगसँगै जनता समाजवादी पार्टीलाई संविधान संसोधनदेखि रेशम चौधरीलाई रिहाइ गर्ने सम्वन्धमा सकारात्मक आश्वासन पनि दिइरहेका छन् । यस्तो विरोधाभाषबाट उनी चाँडै मुक्त हुन आवश्यक छ । किस्तीमा प्रधानमन्त्री पद बाँडेको भनेर माधव-प्रचण्डलाई उडाएका ओलीले अहिले आफैं मन्त्री पदको पसल थाप्नु अमिल्दो देखिएको छ ।

    खासमा एमाले ब्यूँतिएलगत्तै पार्टीभित्रका विरोधि समूहलाई विश्वासमा लिएर ओलीले माओवादीसँग संवाद थालिहाल्नुपर्थ्याे । माधव नेपाल र प्रचण्ड दुवै ‘पराजित’ मानसिकतामा रहेका बेला ओलीसँग सहजै सम्झौता गर्न सक्थे । संसद वैठकबाट निस्किँदा झलनाथ खनालले पत्रकारसँग स्पष्ट शब्दमा भनेका थिए, ‘अब हामी एमाले भयौं, र थप दुई वर्ष एमालेको सरकार जोगाउन लाग्छौं ।’

    ओलीले माधव-झलनाथ समूहलाई साथमा लिएर माओवादीसँग सहकार्यको हात बढाएको भए त्यो प्राकृतिक हुन्थ्यो । तर, उनले वैचारिक हिसाबले धेरै टाढा रहेको जनता समाजवादी पार्टीसँग सहकार्य गर्न चाहे । जसपालाई फुटाएर सरकारमा ल्याउने गलत योजनामा उनी लम्किएका छन् । त्यसका लागि पार्टी विभाजनसम्वन्धी अध्यादेश ल्याउन पनि उनी तयार देखिएका छन् । जुन अस्त्रले ओलीलाई विगतमा आलोचित बनायो फेरि त्यही अस्त्र झिके भने उनी आलोचनाको अर्को भूमरीमा फस्ने पक्का छ । कुनै अमूक पार्टी फुटाउनकै लागि देशको कानून नै बदल्ने कुरा नैतिक पनि हुँदैन ।

    मिलनबिन्दू के ?

    माधव-झलनाथ समूहलाई केवल ‘फेससेभिङ’ चाहिएको थियो, जुन ओलीले दिन चाहेका छैनन् । आफ्नो सत्ता दाउमा राखेर भए पनि उनीहरुलाई पाठ सिकाउने मुडमा देखिएका छन् ओली । आफूलाई साधारण सदस्यताबाट हटाएको भन्दै त्यसको गम्भिर प्रतिशोध लिने उनको चेस्टा प्रकट भएको छ । यो गलत प्रवृत्ति हो ।

    माधव-झलनाथहरु प्रचण्डलाई छोडेर लु्रुलुरु ओलीसँग आउनु नै उनीहरुका लागि ठूलो सजाय थियो । ‘पोइल गएकी’ श्रीमती पूर्वश्रीमान खोज्दै घर फर्केको भन्दा कम लाचारी होइन यो । तर, ओली भने थप सजाय दिन खोजिरहेका छन् । त्यसो त माधव नेपालसँग अब साथ हिँड्न नसक्ने निस्कर्षमा पुगिसकेको उनका अभिव्यक्ति तथा उनले चालेका कदमहरुबाट बुझ्न सकिन्छ ।

    ओलीले बुझ्नुपर्ने के हो भने अहिले जति दयनीय अवस्थामा भए पनि माधव नेपालसँग एमालेको एउटा हिस्सा छ । माधव नेपाललाई पन्छाउँदा त्यो हिस्सा ओलीले गुमाउने छन् । नेपालसँगै नेता र कार्यकर्ताको एउटा पङ्ति गुमाउनु भनेको एमाले कमजोर हुनु हो । ओली कमजोर पार्टीको अध्यक्ष हुनु हो । यसले उनलाई फाइदा गर्दैन । अहम्ता र प्रतिशोधको भावनाले ग्रस्त बनेका ओली पार्टीलाई एकजुट बनाउन चुकिरहेका छन् ।

    त्यसो त माधव नेपाल समूहका हर्कतहरु पनि ठीक छैनन् । एमालेमा फर्किने निर्णय सँगसँगै गुट भेला सुरु गरेर उनीहरुले ओलीलाई उत्तेजित तुल्याएकै हुन् । त्यसयता उनीहरुका गतिविधि फुटपरस्त नै छन् ।

    नेपाल प्रेसले ओलीलाई माधव नेपाललाई भित्तामा पुर्‍याउनै खोज्नुभएको हो ? भन्ने प्रश्न गर्दा उनले जवाफ दिएका छन्, ‘कहाँ मैले भित्तामा पुर्याउनु, उहाँहरु आफैं भित्तामा गएर उभिनुभएको हो ।’

    ओलीको यो जवाफमा केही हदसम्म सत्यता छ । एमालेमा भित्रिनु अगावै गुटगत गतिविधि गरेर उनीहरु भित्तामा उभिन पुगेका थिए । एउटै पार्टी भइसकेपछि पनि प्रधानमन्त्री ओलीप्रति उनीहरुको आक्रमकता विपक्षी पार्टीहरुको भन्दा बढी छ ।

    यसका बाबजुद पनि अहिले पार्टीमा एकता कायम गर्न पहलकदमी लिनुपर्ने ओलीले नै हो । देशलाई नै समेट्नुपर्ने भूमिकामा रहेका उनले आफ्नै पार्टीलाई समेट्न सकेनन् भने त्यो उनको असफलता ठहर्छ । त्यसैले उनले आफ्नो चित्त साँघुरो बनाउनु हुँदैन । एकताको पक्षधर पार्टीको ठूलो पंतिलाई निराश बनाउनु हुँदैन । अझै पनि समय घर्किसकेको छैन । दुवै पक्षले पार्टी एकताका निम्ति केही न केही लचकता देखाउनैपर्छ ।

    यो सरकारको पक्षमा यदि एमाले एकजुट भयो भने त्यसले अहिलेको गठवन्धन निरन्तरताका लागि वातावरण बन्न सक्छ । पाँच वर्षको म्यान्डेट पाएका सरकार बीच बाटोमा भत्किनु देश हितमा छैन । त्यसले अस्थिरताको नयाँ श्रृंखला आरम्भ हुन सक्छ । प्रदेशदेखि स्थानीयतहरु सम्म हल्लिन्छन् । कर्मचारीतन्त्रमा नयाँ उथलपुथल सुरु हुन्छ । र, आगामी दुई वर्ष यस्तै व्यवस्थापनमा बित्छ । त्यसैले सरकार जोगाउनका लागि पनि एमालेको एकता आवश्यक छ ।

    यही सरकारलाई निरन्तरता दिने शर्तमा ओलीले पार्टीको विपक्षी समूह र माओवादीसँग पहलकदमी अगाडि बढाउनुपर्छ । यसका लागि २८ गते वैठकबाट गरिएका निर्णयबाट ब्याक हुन पर्छ भने पनि उनले त्यसमा हिच्कचाउनु हुँदैन । त्यो वैठकले गरेका निर्णयकाे वैधानिकतामा प्रश्न उठाउने ठाउँ छन् नै । ओलीले २८ गतेका निर्णय निस्क्रिय बनाउने र नेपाल पक्षले यो बीचमा गरेका विभाजनजन्य क्रियाकलापका लागि आत्मालोचना गर्ने हो भने मिलनविन्दू भेटिन सक्छ । विपक्षी समूहको फेस सेभिङ गरिदिएर पार्टीमा एकता कायम गर्न सफल भए भने त्यसले ओलीको उचाई घट्दैन, बढ्छ ।

  • रावललाई एमालेको प्रश्न- कार्यकर्ताको दुःखले जम्मा गरेको रकम किन हिनामिना गरेको ? (पत्रसहित)

    रावललाई एमालेको प्रश्न- कार्यकर्ताको दुःखले जम्मा गरेको रकम किन हिनामिना गरेको ? (पत्रसहित)

    काठमाडौं । नेकपा एमालेले पार्टीका नेता डा. भीम रावललाई सोधेको ६ बुँदे स्पष्टीकरणमा अरु विषय अन्य नेतालाई जस्तै रहे पनि छैटौं बूँदामा पार्टीको सम्पत्ति हिनामिना गरेको आरोप लगाइएको छ ।

    रावललाई पार्टीको सम्पत्ति हिनामिना गर्ने काममा प्रत्यक्ष संलग्न भई कार्यकर्ताको दुःःखले जम्मा गरेको रकम दुरुपयोग गर्न-गराउन प्रत्यक्ष भूमिका के कति कारणले खेलेको भनी प्रश्न गरिएको छ ।

    रावलमाथि नेकपा विभाजनको बेला सुदूरपश्चिम कमिटीको वैंक खातामा रहेको ३० लाख रुपैयाँ निकालेको आरोप अध्यक्ष कर्णवहादुर थापाले लगाएका छन् । रावलले भने सो रकम दुरुपयोगन हुन नदिन प्रदेशका आर्थिक कारोवार गर्ने पदाधिकारीले अर्को वैंकमा सारेको बताएका छन् ।

    रावलमाथि आफ्नो पार्टी अध्यक्षको सरकारलाई बदनाम गराउन सडक, सदन र मिडियामा लगातार झुट प्रचार गरेको र अविश्वास प्रस्ताव दर्ता गराउन अगुवाई गरेको विषयमा पनि स्पष्टीकरण मागिएको छ ।

    रावल निकट स्रोतका अनुसार उनले स्पष्टीकरणपत्र औपचारिक रुपमा बुझेका छैनन् । घरको बाहिर लेटर बक्समा उनको स्पष्टीकरणपत्र राखिएको थियो ।

    रावललाई सोधिएको स्पष्टीकरण यस्तो छ ।

  • घनश्याम भुसाललाई प्रश्न- अराजनीतिक आरोप तयार पार्न अग्रसर किन भएको ?

    घनश्याम भुसाललाई प्रश्न- अराजनीतिक आरोप तयार पार्न अग्रसर किन भएको ?

    काठमाडौं । नेकपा (एमाले)ले पार्टी हित विपरित काम गरेको भन्दै नेता घनश्याम भुसाललाई तीन दिनको समय दिएर स्पष्टीकरण सोधिएको छ । महासचिव ईश्वर पोखरेलद्वारा सोधिएको स्पष्टीकरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध तयार पारेको १९ पृष्ठ लामो आरोप पत्र तयार पार्न अग्रसर रहेको आरोप लगाइएको छ ।

    यसमा संलग्न हुनुको कारण सोध्दै स्पष्टीकरण पत्रमा भनिएको छ–तपाईंले साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरूद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रूतापूर्ण आरोप तयार गर्न, पार्टी विधानको व्यवस्थाविपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झण्डा र लोगो समेतको अनधिकृत रूपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गरेर वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हितविपरीत कार्य गरेको र गराउनु पर्नाको कारण के हो ?’

    उनलाई तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मतियार भएको आरोप लगाइएको छ ।

    हेर्नुहोस् भुसाललाई सोधिएको स्पष्टीकरण :