Tag: नेकपा एमाले

  • जनप्रतिनिधिसहित राप्रपा काभ्रे जिल्ला समिति एमालेमा समाहित, ओलीले गरे स्वागत (तस्बिरहरू)

    जनप्रतिनिधिसहित राप्रपा काभ्रे जिल्ला समिति एमालेमा समाहित, ओलीले गरे स्वागत (तस्बिरहरू)

    बनेपा । राष्ट्रिय प्रजातन्त्र पार्टीको सिंगो जिल्ला कार्य समिति नेकपा एमालेमा समाहित भएको छ । काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामासहित कार्य समितिका सबै पदाधिकारी र सदस्य शुक्रबार एमालेको जिल्ला अधिवेशन उद्घाटन समारोहमा एमाले प्रवेश गरेका हुन् ।

    नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् । प्रवेश गर्नेमा उपाध्यक्ष श्रीदास लामा, गंगामाय लामा, सचिव धनजीत लामासहित कार्य समितिका पदाधिकारी र सदस्यहरू छन् ।

    प्रवेशीहरूमध्ये श्रीदास लामा रोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष हुन् भने धनजीत लामा रोशी गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित वडाध्यक्ष हुन् । विभिन्न गाउँपालिकाबाट राप्रपाका कार्य समितिहरु नै एमालेमा प्रवेश गरेको सो अवसरमा जानकारी दिइएको थियो ।

    त्यस्तै सोही समारोहमा नेकपा क्रान्तिकारी माओवादीका प्रदेश कमिटी सदस्य गणेश थापामगर सहितको टोली एमाले प्रवेश गरेको थियो । सबै पार्टीबाट १२ सय बढी कार्यकर्ता एमाले प्रवेश गरेको जिल्ला इन्चार्ज तथा एमाले पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले जानकारी दिए ।

    रोशी गाउँपालिका महादेवटारबाट निर्वाचित वडाध्यक्ष तेजबहादुर राना मगरसमेत सोही समारोहबाट एमाले प्रवेश गरेका छन् । उनी माओवादीबाट निर्वाचित भएका हुन् ।

    बास्कोटाले उद्घाटन समारोहलाई सम्बोधन गर्दै बास्कोटाले केही खराब प्रवृत्तिका व्यक्तिहरूले एमाले छाड्दा धेरै राम्रा मान्छे र युवा पुस्ता एमालेमा समावेश भएको दाबी गरे ।

  • प्रचण्ड-माधवप्रति ओलीको टिप्पणी-कमजोरहरू चुनावसम्म गठबन्धन भनेर कराइरहेका छन् (भिडिओ)

    प्रचण्ड-माधवप्रति ओलीको टिप्पणी-कमजोरहरू चुनावसम्म गठबन्धन भनेर कराइरहेका छन् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गठबन्धन नगरे चुनावै जित्न नसक्ने अवस्थामा रहेका कमजोर व्यक्तिहरूले गठबन्धनको कुरा गरिरहेको आरोप लगाएका छन् ।

    जिल्ला अधिवेशनहरुको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्न र जित्न सक्षम रहेको बताए । ओलीले प्रचण्ड-माधव समूह गठबन्धनबिना बाँच्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरे ।

    ओलीले भने, ‘जो जति कमजोर छ, त्यो त्यति नै कराइरहेको छ यो गठबन्धन आउने सबै निर्वाचनसम्म जान्छ भनेर । जोड-जोडले कराउँदैछ गठबन्धन गरिन्छ भनेर । किनकी उसलाई विश्वास नै छैन । तर, एमाले कुनै गठबन्धनको पक्षमा छैन ।’

  • बुद्धिजिवीले नीतिमा ध्यान दिएनन् भनेको सुन्छु, एमालेको दस्तावेज अध्ययन गरुन् : ओली (भिडिओ)

    बुद्धिजिवीले नीतिमा ध्यान दिएनन् भनेको सुन्छु, एमालेको दस्तावेज अध्ययन गरुन् : ओली (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाविधेशनमा नीतिमाथि छलफल नभएको भन्ने कुरा गलत भएको बताएका छन् । महाधिवेशनका कर्मकाण्डमात्रै पूरा गरेको भन्ने भनाइ सही नभएको भन्दै ओलीले दस्तावेज पढेर कमजोरी औंल्याउनसमेत आग्रह गरे ।

    ‘कतिपय बुद्धिजिवीले लेखेको देख्छु, चर्चा गरेको सुन्छु कसैले पनि नीतिमा ध्यान दिएनन्, महाधिवेशन गरे, कर्मकाण्ड गरे तर नीति अगाडि सारेनन्,’ शुक्रबार एमालेको देशव्यापी जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले भने, ‘हाम्रा दस्तावेजहरू हेर्न म अरुलाई पनि आग्रह गर्न चाहन्छु । दस्तावेज छलफल गर्न र ती दस्तावेजहरूमाथि यदि कहीँ कमजोरी भने टिकाटिप्पणी गर्न म आग्रह गर्न चहन्छु ।’

    ओलीले हरेक सवालमा एमालेको नीति सर्वश्रेष्ठ भएको समेत दाबी गरे। ‘कहीँ कमजोरी देखाइदिनुभयो भने हामी धन्यावाद दिनेछौं,’ उनले भने, ‘लोकतन्त्रको सवालमा । समाजिक न्यायाको सवालमा, अग्रगमन, सामाजिक सुरक्षाको सवालमा अथवा अन्य पक्षमा हाम्रा नीतिहरूमा कमजोरी छन् भने ती देखाइदिन आग्रह गर्न चाहन्छौं ।’

  • जिल्ला अधिवेशनको लागि एमालेको मापदण्ड- पदाधिकारी र सदस्य बन्न यस्तो चाहिन्छ योग्यता

    जिल्ला अधिवेशनको लागि एमालेको मापदण्ड- पदाधिकारी र सदस्य बन्न यस्तो चाहिन्छ योग्यता

    काठमाडौं । नेकपा एमालेले शुक्रबार देशभर एकैसाथ हुन लागेका जिल्ला अधिवेशनमा जसले पनि उम्मेदवारी घोषणा गर्न थालेपछि पदाधिकारी र जिल्ला कमिटी सदस्य बन्नका लागि आवश्यक योग्यता तोकेर पठाएको छ ।

    पार्टीको विधान र नियमावलीअनुसार जिल्ला कमिटीसम्बन्धी मापदण्ड पठाइएको हो । संगठन विभाग प्रमुख खगराज अधिकारीले हस्ताक्षर गरेर सबै जिल्लामा एकैपटक पठाइएको मापदण्डले कतिपय उम्मेदवार घोषणा गरिसकेकाहरूलाई रोक्ने देखिएको छ ।

    भर्खर पार्टीमा लागेकाहरू समेत पदाधिकारीका दाबेदार बनेर पैसाको बलमा चुनाव जित्ने अवस्था बनेपछि मापदण्डमा कडाइ गरिएको हो ।

    एमालेको जिल्ला कमिटी अध्यक्षसहित पदाधिकारी हुनका लागि कम्तीमा दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालय सदस्य भएको हुनुपर्नेछ ।

    त्यस्तै जिल्ला कमिटी सदस्य बन्न जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ । यसले गर्दा उम्मेदवारको चापमा केही समाधान हुने अपेक्षा एमाले नेताहरूको छ ।

    संगठन विभागबाट गरिएको प्रस्ताव सचिवालयले पास गरी तलसम्म पठाएको छ ।

  • संखुवासभा एमाले अध्यक्षमा पाँच आकांक्षी, आफ्नो दाबीबारे यसो भन्छन् नेता

    संखुवासभा एमाले अध्यक्षमा पाँच आकांक्षी, आफ्नो दाबीबारे यसो भन्छन् नेता

    संखुवासभा । नेकपा एमाले संखुवासभाको अध्यक्षका लागि पाँचजनाले दाबी गरेका छन् । पुस २६ र २७ गते सम्पन्न हुने आठौं जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्वका लागि पाँचजना आकांक्षी देखिएका हुन् ।

    अध्यक्षका आकांक्षीमा विदुर लिंथेप, जीतबहादुर घिमिरे, खड्गबहादुर राई, मुरारीप्रसाद खतिवडा र भरतकुमार खत्री छन् । लिंथेप जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रदेश कमिटी सदस्य हुन् भने घिमिरे वर्तमान अध्यक्ष तथा पूर्व उपसचिव हुन् । यता निर्वाचित जिल्ला कमिटी सचिव खड्ग राईले पनि आफ्नो कडा दाबेदारी रहेको जनाएका छन् ।

    एमाले संखुवासभा कमिटीका संस्थापक सदस्य एवं राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यसमेत भइसकेका खतिवडाले अध्यक्षका लागि योग्यता पुगिसकेको भन्दै आफ्नो स्वाभाविक दाबी रहेको बताए । उनी खाँदबारी नगरपालिकाका मेयरसमेत हुन् ।

    जिल्ला कमिटी सचिवालय सदस्य हुँदै प्रदेश कमिटी सदस्य रहेका भरतकुमार खत्रीले पनि पार्टीमा गरेको योगदानका आधारमा आफू अध्यक्षको दाबेदार भएको बताए । चैनपुर नगरपालिकाका मेयरसमेत रहेका खत्रीले फुटले निरास भएको कार्यकर्तालाई एकताबद्ध बनाउँदै जिल्लामा पहिलो पार्टी बनाउने लक्ष्यसहित अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

    संखुवासभा एमालेको अधिवेशनलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली खाँदबारी आउँने कार्यक्रम तय भएको छ । अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संघीय सांसद राजेन्द्र गौतम, पोलिटब्यूरो सदस्य एवं राष्ट्रियसभा विधायन समितिका सभापति पर्शुराम मेघी गुरुङ, एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेलगायतका नेताहरू पनि उपस्थित हुने आयोजकले जनाएको छ ।

  • यी हुन् एमालेबाट प्रतिस्पर्धा गर्ने राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)

    यी हुन् एमालेबाट प्रतिस्पर्धा गर्ने राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।

    सातै प्रदेशका क्लष्टरअनुसार १९ जना उम्मेदवारको नाम आज टुंगो लागेको हो । आइतबारको केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई आज अन्तिम रूप दिइएको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

    यी हुन् एमालेबाट राष्ट्रियसभा उम्मेदवारमा अघि सारिएका नाम:

  • एमालेका जनसंगठनबाट वरिष्ठ उपाध्यक्ष हट्ने- पदाधिकारी बढीमा १७ जना, केन्द्रीय समितिको आकार घटाइयो

    एमालेका जनसंगठनबाट वरिष्ठ उपाध्यक्ष हट्ने- पदाधिकारी बढीमा १७ जना, केन्द्रीय समितिको आकार घटाइयो

    काठमाडौं । नेकपा एमालेका भ्रातृ संगठनहरूले अब १७ जनाभन्दा बढी पदाधिकारी बनाउन नपाउँने भएका छन् । पार्टीको जनसंगठन संचालन निर्देशिकाको प्रस्तावित मस्यौदामा सो व्यवस्था गरिएको हो ।

    जनसंगठन संचालन निर्देशिका मस्यौदा कार्यदलको सोमबारको बैठकले प्रस्तावित मस्यौदालाई अन्तिम रूप दिएको छ । जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकालको नेतृत्वमा रहेको कार्यदलमा गोकुल बास्कोटा, पार्वत गुरुङ, महेश बस्नेत, विष्णु रिजाल, माधव ढुंगेल, रचना खड्का छन् ।

    मस्यौदामा जनसंगठनहरूमा वरिष्ठ उपाध्यक्ष नराख्ने प्रस्ताव गरिएको छ । एक महिलासहित दुई उपाध्यक्ष रहने र उपमहासचिव तथा सचिवहरूसहित बढीमा १७ जनाको पदाधिकारी निर्वाचित गर्ने प्रस्ताव छ ।

    अध्यक्ष, महासचिव र कोषाध्यक्ष सबै संगठनमा रहनेछन् । त्यस्तै जनसंगठनहरूलाई दुईवटा अनुसूचीमा राखिएको छ । देशभरी सञ्जाल भएका अनेरास्ववियु, युवा संघ, किसान महासंघ, महिला संघजस्ता संगठनहरूको केन्द्रीय समिति बढीमा २९९ सदस्यीय हुने प्रस्ताव गरिएको छ ।

    अनुसूची २ मा रहेका प्रेस चौतारी, पीपीएलएजस्ता पेशागत प्रकृतिका संगठनहरूको केन्द्रीय कार्यसमिति १५१ सदस्यभन्दा माथि नहुनेगरी प्रस्ताव गरिएको छ । अनेरास्ववियुको इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य ढुंगेलले मस्यौदा प्रस्ताव भए पनि विस्तृतमा पार्टीमा छलफलपछि टुंगो लाग्ने बताए ।

    कार्यदल स्रोतका अनुसार जनसंगठनहरूका कार्यक्रममा अबदेखि कम्तीमा एक महिला अतिथि आसनग्रहणमा हुनुपर्ने र वक्तामा पनि महिला अनिवार्य गरिने भएको छ । त्यस्तै कार्यक्रमहरूमा अतिथि बोलाउने सन्दर्भमा पनि निर्देशिका बन्ने भएको छ ।

  • राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक जारी

    राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक जारी

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा जारी बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट अघि सार्ने उम्मेदवारहरूबारे छलफल हुने बताइएको छ ।

    एमालेको प्राय: सबै प्रदेश कमिटीले संभावित उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाइसकेका छन् । प्रदेशबाट आएका नामहरूउपर छलफल गरी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाइने एक नेताले बताए ।

    राष्ट्रियसभाका १९ जना सदस्य रिक्त हुँदैछन् । रिक्त पदमा माघ १२ गते निर्वाचन तय गरिएको छ ।

  • कम्युनिष्ट सरकार ढालेर सत्ता सुम्पनेले समाजवाद ल्याउँन सक्दैनन् : ओली

    कम्युनिष्ट सरकार ढालेर सत्ता सुम्पनेले समाजवाद ल्याउँन सक्दैनन् : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको नेतृत्वमा रहेको कम्युनिष्ट सरकारलाई ढालेर अर्को दलको नेतृत्वमा सरकार बनाउनेले मुलुकमा समाजवाद ल्याउन नसक्ने टिप्पणी गरेका छन् ।

    अंग्रेजी नयाँ वर्ष सन् २०२२ का अवसरमा एमालेनिकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले गएराति भर्चुअल माध्यमबाट आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले स्थिरता र सुशासन नचाहने तत्वले एमालेको सरकार ढालेको आरोप लगाए ।

    नयाँ वर्षमा नयाँ जनतमतका साथ एमालेले समृद्धिका बाँकी कार्यभार पूरा गर्ने जनाउँदै सो कार्यमा निरन्तर सघाउन उनले प्रवासी नेपालीलाई आग्रह गरे ।

    कार्यक्रममा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गराउन प्रवासी नेपालीको साथ रहने विश्वास जनाए ।

  • सिन्धु एमाले अधिवेशनमा होमियो- यी हुन् अध्यक्ष र सचिवका उम्मेदवार

    सिन्धु एमाले अधिवेशनमा होमियो- यी हुन् अध्यक्ष र सचिवका उम्मेदवार

    चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशनको मिति नजिकिँदै गर्दा आगामी नेतृत्वका लागि नेताहरूको दौडधूप सुरू भएको छ । केही दिनअघि सम्पन्न एमालेको जिल्ला कमिटीको बैठकले पुस २३ गते बाह्रविसेमा नवौं जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो ।

    वडा, पालिका हुँदै केन्द्रीय अधिवेशनसम्म आइपुग्दा सर्वसम्मत नेतृत्व छनोट गरेको एमालेको नवौं जिल्ला अधिवेशनमा पनि सर्वसम्मत नेतृत्व छनोटका लागि नेताहरूले कसरत गरेका छन् । गुट अन्त्य भएर एकताबद्ध एमाले निर्माणका लागि नेताहरूले अभियान सुरू गरे पनि भित्रीरूपमा भने आफूनिकटका नेतालाई आगामी नेतृत्वमा ल्याउनका लागि केन्द्रीयस्तरका नेताहरू लागिरहेका छन् ।

    माधव नेपाल एमालेमा रहँदा सिन्धुपाल्चोकमा नेपाल पक्षको पकड राम्रो थियो । तर, अहिले माधव नेपालले एमाले छाडेर गएपछि १० बुँदे सहमतिका आधारमा एमालेमा नै रहेका नेताहरईलाई क्लीवन स्वीप गराउने भन्दै केही नेताहरू लागेको एमाले नेताहरूले जानकारी दिएका छन् ।

    वर्तमान अध्यक्ष झम्क नेपाल नेतृत्वबाट बिदा हुँदैछन् । नेपालको बिदाईसँगै आगामी कार्यकालको अध्यक्षका लागि एमाले वागमती प्रदेश कमिटीका सदस्यसमेत रहेका बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले अध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै अध्यक्षमा वर्तमान सचिव एवं लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल पनि आकांक्षी छन् । उनीहरू दुवै १० बुँदे सहमतिपछि एमालेमा नै रहेका नेताहरू हुन् ।

    त्यस्तै तत्कालीन नेकपा विभाजनपछि हालका अध्यक्ष भम्क नेपाल प्रचण्ड-माधव पक्षमा लागेका कारण केपी ओली पक्षले जिल्ला अध्यक्ष बनाएका बालकृष्ण देउजा पनि यसपटक अध्यक्षको दाबेदार हुन् । उनी १० बुँदे सहमतिपछि अध्यक्षबाट हटेका थिए ।

    एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्यहरू सरेश नेपाल, दावा तामाङलगायतका नेताहरू देउजालाई अध्यक्ष बनाउने गृहकार्यमा लागेका छन् ।

    एमाले पोलिटब्यूरो सदस्य अरुण नेपाललगायतका नेताहरू भने केदार क्षेत्री र कमल नेपालमध्ये एकजनालाई अध्यक्ष बनाउने अभियानमा लागेका छन् । सर्वसम्मत नेतृत्व चयन हुने अवस्थामा मात्रै आफूले अध्यक्षमा दाबी गरेको अध्यक्षका आकांक्षी वर्तमान सचिव कमल नेपालले बताए ।

    अर्का उमेदवार क्षत्री भने चुनाव भएपनि सर्वसम्मत भएपनि यो पटक आफू ब्याक नहुने बताउँछन् । केन्द्रीय सदस्यमा समेत उम्मेदवारी हालेका क्षेत्रीले आफूले उमेदवार फिर्ता लिदै गर्दा नेताहरूले जिल्ला नेतृत्वमा आउनका लागि सहयोग गर्ने बचन दिएकाले पनि आफू अब ब्याक नहुने क्षत्रीले बताए ।

    अध्यक्षका अर्का आकांक्षी बालकृष्ण देउजा भने पार्टीलाई एकताबद्ध बनाएर लैजाने नेतृत्व चाहिने बताउँछन् ।

    अध्यक्षपछि अर्का शक्तिशाली पद सचिवमा पनि धेरैले आकांक्षा व्यक्त गरेका छन् । वर्तमान उपसचिव सूर्य लामा, अनेरास्ववियूका पूर्वअध्यक्ष जेपी सिलवाललगायतका नेताहरू सचिवमा उमेदवारी दिने बताएका छन् ।

    अखिलका पूर्वअध्यक्ष सिलवालले सामाजिक सञ्जालमार्फत सचिव पदमा उमेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका कृष्णगोपाल तामाङ पनि सचिवको आकांक्षी छन् ।

    अन्य जिल्लामा १० बुँदे सहमतिपछि दुवै कमिटी समायोजन भए पनि सिन्धुपाल्चोकमा भने २५ औं बैठकमा मात्रै दुवै कमिटी समायोजन गरिएको छ । समायोजनपछि झम्क नेपाल संयोजक र बालकृष्ण देउजा सहसंयोजक रहने गरी ५ सय ८५ सदस्य अधिवेशन आयोजक कमिटी गठन गरिएको छ । यो कमिटीमा आठौं जिल्ला अधिवेशनबाट निर्वाचित र बालकृष्ण देउजाको अध्यक्षतामा गठन गरिएको समान्नतर कमिटीका सदस्यहरूसमेत रहेका छन् ।

    अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न नेताहरूको संयोजकत्वमा उपसमितिहरू समेत गठन गरिएको एमाले जिल्ला सचिव कमल नेपालले जानकारी दिए । अधिवेशनमा जिल्लाभरका सबै संगठित सदस्यहरू मतदाता हुने एमाले नेताहरूबीच सहमति भएको छ ।

    सिन्धुपाल्चोकमा १९ हजार संगठित सदस्यताको आधारमा केन्द्रीय महाधिवेशनमा प्रतिनिधिहरू छनोट भएका थिए । सबै संगठित सदस्य मतदाता हुने र सर्वसम्मत नेतृत्व छनोट हुन नसके पालिकास्तरमा मतदानमार्फत नेतृत्व चयन हुने एमाले नवौं जिल्ला अधिवेशनका लागि निर्वाचन समितिका संयोजक भेषराम ढकालले जानकारी दिए ।

  • पार्टी र कार्यकर्ताबाट हार खाएर माधव नेपालले एमाले त्यागे : पृथ्वीसुब्बा गुरुङ

    पार्टी र कार्यकर्ताबाट हार खाएर माधव नेपालले एमाले त्यागे : पृथ्वीसुब्बा गुरुङ

    लुम्बिनी । नेकपा एमालेका उपमहासचिव एवं पृथ्वीसुब्बा गुरुङले पार्टी र कार्यकर्ताबाट हार खाएर माधव नेपालले पार्टी त्यागेको टिप्पणी गरेका छन् ।

    लुम्बिनीमा भएको प्रेस चौतारी नेपालको विस्तारित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता गुरुङले नेपालले एमालेलाई आरोप लगाए पनि विकल्प भने दिन नसकेको बताए ।

    ‘माधव नेपालले पटक-पटक विभिन्न आरोप लगाउनुभो तर विकल्प कहिल्यै दिनुभएन’, उनले भने, ‘अन्तिममा पार्टी र कार्यकर्ताबाट हार खाएर एमाले नै त्याग्नुभयो ।’

  • सुवास कर्माचार्यको राष्ट्रिय चर्चा र सिन्धु एमालेभित्रको वास्तविक कथा

    सुवास कर्माचार्यको राष्ट्रिय चर्चा र सिन्धु एमालेभित्रको वास्तविक कथा

    गत कात्तिक १३ गते नेकपा एमाले सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चले दशैं, तिहार, छठ, नेपाल संवत आदि पर्वहरूलाई लक्षित गर्दै शुभकामना आदानप्रदान कार्यक्रम राख्यो । प्रमुख अतिथि थिए, पार्टी अध्यक्ष केपी ओली ।

    उक्त कार्यक्रममा एमाले सिन्धुपाल्चोकका अधिकांश नेताहरूले आ-आफ्नो विचार पस्के । तीमध्ये एक थिए सुवास कर्मचार्य । उनले पनि पार्टी अध्यक्ष भन्दा पनि २/४ कदम अघि बढेर उग्र क्रान्तिकारी भएर भाषण गरे ।

    हिजो के भएको थियो त्यो सबै बिर्सनुपर्छ । नेकपाकाल अनि एमाले विभाजन हुने बेलाको घटनालाई बिर्सनुपर्छ भन्ने उनको आशय थियो, किनकी त्यसबेला उनी एमालेको मूलधारको विपक्षमा थिए ।

    उनले पद भनेको गौण कुरा हो, आन्दोलनमा लाग्नु या पार्टीको मूल प्रवाहमा रहनु महत्वपूर्ण विषय हो भनेका थिए । र, उनले एउटा महत्वपूर्ण कुरासमेत गरे । हामीहरू अब सामाजिक सञ्जालबाट पार्टी अन्तरविरोधको कुरा गर्ने छैनौं र गर्नु हुन्न । एकअर्कालाई खुइल्याउने अनि विगतका कुराहरू लेख्ने छैनौं । जे गर्ने परे पनि बैठकबाटै गर्नेछौं ।

    तर, एक महिना नबित्दै उनी आफैंले सामाजिक सञ्जालबाट विद्रोहको कुरा गरे । उनले मंसिर १६/१७ तिर एउटा स्टाटस हाले ‘अन्याय र अपमानविरुद्ध विद्रोह मानिसको नैसर्गिक अधिकार हो’।

    केही घण्टाको अन्तरालमा आफैं स्टाटस डिलिट गरेका उनले फेरि पुस ११ गते अपरान्ह फेसबुकमा अर्को स्टाटस लेखे । ‘नेकपा एमालेसँगको ४० वर्षभन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु । उनले त्यो स्टाटस पनि मेटिसके ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तै- हिजो प्रचण्ड माधवहरूले डढेलो लगाएर हिँडेपछि पलाएका पालुवा नै भोलिको एमालेका वास्तविक शक्ति हुन् । पटक-पटक अवसर दिगएर सुवास कर्माचार्यमाथि पार्टीले जुन अन्याय गरेको थियो, अब त्यसबाट उनी मुक्त भएका छन् र सिन्धुको राजनीतिक आकाशमा नयाँ तारा उदाउनेछन् ।

    कर्माचार्यको पछिल्लो फेसबुक स्टाटसले राष्ट्रिय मिडियामै ठूलो कभरेज पाएपछि अहिले उनी चर्चामा छन् । कतिपय मिडियाले एमालेलाई कमजोर पार्न महत्वपूर्ण कडीका रूपमा सुवास कर्माचार्यलाई मरमसला गरेर बेचिरहेका छन् ।

    कतिपय मिडियाका समाचार र त्यहाँ सुवास कर्माचार्यलाई दिइएको स्थान हेर्दा लाग्छ- उनको एमाले परित्याग माधव नेपालहरूको एमालेबाट पलायन भएको भन्दा ठूलो घटना हो । अनि सुवास कर्माचार्यजस्ता विलक्षण प्रतिभालाई एमालेले घोर अन्याय गरेकाले देशभरी प्रभाव पार्न सकिन्छ जसरी मिडियामा स्पेस दिइरहेका छन् ।

    वास्तविकता के हो त ? जिल्लाका एउटा नेताले पार्टी छाड्दा भएको राष्ट्रिय चर्चाले एकोहोरो स्थान पाएपछि केही बोल्नैपर्ने भयो । कर्माचार्यको बारेमा एकपटक सामान्य चर्चा गरौं ।

    के सुवास कर्माचार्य साँच्चिकै पीडित हुन् ?

    पनौती काभ्रे पुर्ख्यौली थातथलो भएका कर्मचार्य २०३७/३८ सालदेखि नै सिन्धुपाल्चोकमा विद्यार्थी राजनीतिमा सक्रिय थिए। अनेरास्ववियु सिन्धुपाल्चोकको झन्डामुनि गोलबद्ध हुँदै वामपन्थी आन्दोलनमा होमिएका थिए ।

    २०४९ सालमा डम्बरबहादुर अर्याल सचिव उनी उपसचिव भए। त्यो बेलामा एमालेमा बहुपदीय व्यवस्था थिएन । सचिव नै पार्टी प्रमुख हुन्थे भने उपसचिव दोस्रो व्यक्ति । अरु पदाधिकारी हुँदैन थिए ।

    उनी सदरमुकामको वासिन्दा । डम्बर अर्याल मेलम्चीको बासिन्दा । उपसचिव भए पनि सचिवको काम धेरै जसो उनले नै गरे । पार्टी बैठक, भेला, र प्रशिक्षण, औपचारिक कार्यक्रममा अध्यक्षता ग्रहण गर्ने काम डम्बर अर्यालबाट हुन्थ्यो । अरु सांगठानिक तथा राजनीतिक काम उनैले गर्थे ।

    जसले चारपटक संसदीय टिकट (दुईपटक संविधानसभा र दुईपटक प्रतिनिधिसभा) मा पायो त्यो व्यक्ति अन्यायमा परेको मान्ने हो भने एमालेले सधैँ सुवासलाई मात्र अवसर दिएर अन्याय गरेकै हो ।

    २०५७ देखि २०६६ पुस सम्म करिव १० वर्ष उनी जिल्ला सचिव भए अर्थात उनी सिन्धुपाल्चोक एमालेको प्रमुख नेता बने । उनको हालिमुहाली त मज्जाले नै चल्यो । उनकै कार्यकार्लमा कयौं कार्यकर्ताहरू माओवादीको अपहरणमा परे । गाउँमा बस्न नसकेर विस्थापित भए । केहीको त हत्या समेत गर्‍यो उनले खासै कार्यकर्ताको संरक्षणसमेत गर्न सकेनन् । बरु आफ्नो संरक्षणमा उनले पदलाई प्रयोग गरे ।

    अहिले आफू जिल्लाकै सहकर्मी नेता कमरेडहरूबाट अन्याय र पेलानमा परेको भनेर राष्ट्रिय चर्चा कमाइरहेका कर्माचार्यले आफू पार्टीको हालीमुहालीमा रहको बेला सहकर्मीमाथि कतिसम्म अत्याचार र दमन गर्थे भन्ने केही उदाहरण हेरौं ।

    १. सुवास कर्मचार्यको दमनचक्र यति चलेको थियो कि २०६० को सुरूआतमा पार्टीमा जिम्मेवारी नपाएर सरेश नेपालले झन्डै झन्डै पार्टी छाड्नु परेको थियो ।

    २. सुवासकै समकालीन नेता बालकृष्ण देउजाले त केही समय एनजीओमा समेत काम गर्न जानुपरेको थियो । तीनै देउजाले एक वर्षअघि प्रचण्ड माधव समूहले नेकपा विभाजन गरेपछि सुवास कर्माचार्यहरू पार्टीविरुद्ध लागेको संकटको बेला सिन्धुपाल्चोकको अध्यक्ष बनेर पार्टी जोगाए ।

    ३. २०६६ सालमा हस्त पण्डितले पुस्ता हस्तान्तरणको एजेन्डा लिएर जिल्ला अधिवेशनमा गैररहदा, हस्त पण्डित सर्वसम्मत अध्यक्ष हुने लगभग पक्का भयो । जब आफ्नो दाल नगल्ने देखे त्यसपछि उनले हस्तलाई सर्वसम्मत हुन दिएनन् । किनकी उनी अरुको अस्तित्व स्वीकार नगर्ने असहिष्णु नेता हुन् ।

    ४. ३ वर्ष जिल्ला अध्यक्ष भएका हस्त पण्डितलाई उनले विभिन्न बहानामा सहज ढंगले काम गर्न दिएनन् । किनकी उनको हालिमुहाली चल्न पाएन ।

    ५. पछि आफैले जे भने पनि मान्ने एसम्यान खोज्ने क्रममा उनले झम्क नेपाललाई अध्यक्ष बनाए । झम्क नेपाल अहिलेसम्म अध्यक्ष छन् तर अध्यक्ष हुँ भन्ने भान नेपालले अहिलेसम्म दिन सकेका छैनन् र सुवासको छायामा नै रमाइरहेका छन् ।

    ६. स्थानीय तहको निर्वाचन नभएको भए, होमनारायण श्रेष्ठहरूले टाउको उठाउन पाउथेनन् । जुगल गाउँपालिका अध्यक्ष तथा गाउँपालिका महासंघका केन्द्रीय अध्यक्ष होमनारायण जस्ता नेतालाई उनले आफ्नो प्रभाव रहेको जिल्ला कमिटीमा १२५ भित्र पनि अटाउन दिएनन् ।

    ७. सुवास कर्माचार्यलाई अहिले मिडियाले हिरो बनाउने क्रममा एमालेले अन्याय गरेको र अवसर नदिएको भनिरहेका छन् । अन्याय र अवसर नदिएको भन्ने परिभाषा अब सायद बदल्ने होला ।

    जसले चारपटक संसदीय टिकट (दुईपटक संविधानसभा र दुईपटक प्रतिनिधिसभा) मा पायो त्यो व्यक्ति अन्यायमा परेको मान्ने हो भने एमालेले सधैँ सुवासलाई मात्र अवसर दिएर अन्याय गरेकै हो ।

    २०५१ देखि २०७० सम्म करीव २० वर्ष सुवासले मात्र टिकट पाए जसमा एकपटक २०५६ मा जिते भने बाँकी तीन चुनावमा सानदार पराजय भोगे । सधैँ आफैँले टिकट पाउँदा आफू सरहका कमरेडहरूमाथि अन्याय भएको उनले कहिल्यै महसुस गरेनन् । बरु म टिकटका लागि जन्मेको हुँ, अरु चाहिँ मलाई नेता बनाउनका लागिमात्र हुन् भन्ने सोचे ।

    ८. सुवास कर्माचार्यले आफूलाई चुनौती हुन सक्ने कार्यकर्तालाई कोपिलामै कसरी निमोठ्छन् भन्ने दुईवटा उदाहरणमात्र काफी छन् । २०५९ सालमाा अनेरास्ववियुको जिल्ला सम्मेलन लामोसाँघुमा हुँदै थियो । जिल्ला अध्यक्ष हुने पक्कापक्की थियो प्रमोद न्यौपानको । उनी सम्मेलन आयोजक कमिटीका संयोजक थिए । तर, सुवासले उनलाई अध्यक्ष नै बन्न दिएनन् । तत्कालीन समयमा सिन्धु विद्यार्थी आन्दोलनको परिदृष्यमा समेत नरहेका विष्णुमणि आचार्यलाई अध्यक्ष बनाए । प्रमोद न्यौपानेले राजनीति नै छोडे । अहिले पत्रकारितामा मज्जाले जमेका छन् ।

    अर्को उदाहरण हुन् दीपक सुवेदी । अखिलको १५ औं राष्ट्रिय सम्मेलनमा जिल्लाबाट प्रतिनिधि अनि रापसका उम्मेदवार थिए दीपक सुवेदी । उनले राजेन्द्र राईलाई होइन भक्त गुरुङलाई अध्यक्ष बनाउनुपर्छ भनेर लागे । त्यसको बदलामा दीपकलाई रापस हराउन सुवास कर्माचार्यले उर्दी जारी गरे । र, उनलाई आजको दिनसम्म पछिसम्म पार्टीको जिम्मेवारीबाट वञ्चित गरियो ।

    हो, सुवास कर्मचार्यजत्तिको राजनीति योगदान गरेको मान्छे पार्टीको केन्द्रीय सदस्य बन्नुपथ्र्यो । संख्या कम आकांक्षी धेरै हुँदा उनी बन्न सकेनन् । उच्च तहका नेताहरूले ब्यवस्थापन गर्ने वचन समेत दिएका थिए । त्यो चिज विस्तारै कार्यान्वयन हुने थियो । तर, उनले उक्त पद हाताहाती नै खोजेको हुँदा तत्काल नपाएका हुन् । ४०औं वर्ष राजनीति गरेको मान्छेले यस्तो कुरा त बुझ्नुपर्ने हो ।

    तर, अर्को कुरा के पनि सत्य हो भने सुवासभन्दा धेरै सिनियर नेताहरू आजसम्म केन्द्रीय कमिटीमा नपुगेरै पनि एमालेको राजनीतिमा उनीभन्दा बफादार भएर लागेकै छन् । जिल्लाकै कुरा गर्ने हो भने उनीभन्दा जुनियरलाई पार्टीले माथि लगेको पनि छैन ।

    अमृत बोहरा, अरुण नेपाल, शेरबहादुर तामाङ पहिले देखि नै केन्द्रमा थिए । सरेश नेपाल केन्द्रीय लेखा आयोगको सदस्य थिए । उनले कसको रिस गरेका हुन् ? के यी व्यक्ति सुवासभन्दा कम हुन् ? उनीहरूलाई नबनाएर सुवासलाई बनाउनुपर्ने थियो ? यस्ता तर्कको कुनै अर्थ छैन ।

    उनले झै पद नपाएको भन्दै सिन्धपाल्चोक एमालेका होनहार नेता, अग्रज व्यक्तिहरू जगन्नाथ आचार्य, मेघनाथ पौडेल, धर्मकृष्ण श्रेष्ठ, माधव पाण्डे आदिले पार्टी छाडेका भए सुवास कर्माचार्यले न त सांसदको चुनाव जित्थे न त पार्टीको नेतृत्व पाउँथे ।

    संसदीय चुनावको टिकट होस् वा पार्टीको पद सधैँ मैलेमात्र पाउनुपर्छ भन्ने उनको सोच नै अहिलेको आत्मघाती विद्रोहको कारक हो । यस्तो प्रवृतिको विसर्जन एकदिन अनिवार्य नै हुन्छ । सुवास कर्माचार्यले उपयुक्त समयमा विसर्जनवादको बाटो अँगाले । कम्तीमा केन्द्रीय सदस्य पद नपाएकै कारण उनले पार्टी छाडेको भनेर सिन्धुपाल्चोकका कार्यकर्ता र जनतामा यो कुरा स्थापित भयो । एउटा पदका लागि पार्टी छाड्ने व्यक्तिलाई अहिलेसम्म नेता मानेर हिँडिएछ भनेर उनको पछि लागेकाहरूलाई पश्चाताप गर्ने मौका पनि दिएका छन् कर्माचार्यले ।

    र, अन्त्यमा

    यो समय बितेर जानेछ । निजले एमाले पार्टी छोडे भनेर कोहि उत्पातै खुसी र कोही चाहिँ लौ बर्बादै हुने भयो भनेर दुःखी हुनु जरुरी छैन । पद, प्रतिष्ठा र पावरबिना बाँच्नै नसक्ने एउटा पात्रको आत्मघाती विद्रोहले नकारात्मक भने पनि योगदान नै हुनेछ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तै- हिजो प्रचण्ड माधवहरूले डढेलो लगाएर हिँडेपछि पलाएका पालुवा नै भोलिको एमालेका वास्तविक शक्ति हुन् । पटक-पटक अवसर दिगएर सुवास कर्माचार्यमाथि पार्टीले जुन अन्याय गरेको थियो, अब त्यसबाट उनी मुक्त भएका छन् र सिन्धुको राजनीतिक आकाशमा नयाँ तारा उदाउनेछन् ।

    आउनेलाई स्वागत, जानेलाई बिदाई । राजनीतिमा यस्तै हो ।

    (देउजा नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य हुन् ।)

  • प्रेस चौतारीको जिल्लादेखि केन्द्रीय अधिवेशनको मिति तय

    प्रेस चौतारीको जिल्लादेखि केन्द्रीय अधिवेशनको मिति तय

    काठमाडौं । नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले जिल्लादेखि केन्द्रीय अधिवेशनको मिति तोकेको छ ।

    लुम्बिनीमा जारी विस्तारित केन्द्रीय कमिटीको बैठकले केन्द्रीय अधिवेशन माघ २२ गते कास्कीको पोखरामा गर्ने निर्णय गरेको हो । जिल्ला अधिबेशन पुस २८ र २९, साथै प्रदेश अधिवेशन माघ ३-६, मा गर्ने निर्णय बैठकले गरेको छ ।

  • माओवादीलाई आयोगले दपेट्दा एमालेको आपत्ति, कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउन खोजिएको हो ?

    माओवादीलाई आयोगले दपेट्दा एमालेको आपत्ति, कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउन खोजिएको हो ?

    काठमाडौं । तपाईं पत्याउनु हुन्छ ? नेकपा माओवादी केन्द्रको पक्षमा निर्वाचन आयोगमा पुगेर नेकपा एमालेका नेताहरुले वकालत गर्लान् ? एक वर्षअघि एकले अर्काको अस्तित्व सिध्याउन त्यही निर्वाचन आयोगको ढोकामा पुगेका दुई पक्षबीच यो कसरी सम्भव हुन्छ ?

    तर, निर्वाचन आयोगको एउटा पत्रका कारण यो सम्भव भएको छ । नेकपा एमालेका उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमालसहितका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर माओवादी अध्यक्ष प्रचण्डलाई आयोगले लेखेको पत्रमाथि आपत्तिमात्र जनाएनन्, माओवादीको पक्षमा उभिएर बहस नै गरे ।

    रिमालसहित पूर्वमहान्यायाधिवक्तासमेत रहेका एमालेका केन्द्रीय सदस्य रमेश बडाल, निरज आचार्य र केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारी आयोगमा एमालेको पछिल्लो अभिलेख दर्ता गराउन गएका थिए । त्यसक्रममा आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग एमाले नेताहरुले ‘कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने बाटोमा जान लागेको हो ?’ भन्ने प्रश्न गरे ।

    यता एमाले नेताहरूले आयोगको आपत्तिजनक पत्रप्रति माओवादीले रहस्यमय मौनता साँधेको टिप्पणी गरेका छन् । महाधिवेशनबाट माओवादीले साम्यवाद छाड्न लागेको हो ? भन्ने प्रश्न समेत एमाले नेताहरूको छ ।

    आयोगले माओवादी केन्द्रको विधान र दस्तावेजमा उल्लेखित साम्यवाद र वर्गसंघर्ष जस्ता शब्द संविधान तथा कानूनबमोजिम नभएको भन्दै ती हटाएर दल दर्ता गर्न पत्र लेखेको थियो । माओवादीले यसबारेमा मौनता साँधेका बेला एमालेले आयोगको सो निर्णयप्रति आपत्ति जनाएको बडालले बताए ।

    बडालले नेपाल प्रेससँग भने, ‘आयोगको त्यो पत्र हेरेपछि हामीले असंवैधानिक र आपत्तिजनक छ भन्यौं । माओवादीलाई के पत्र लेख्यो भन्नेसँग हामीलाई आपत्ति होइन तर निर्वाचन आयोग साम्यवादी विचारधारा निषेध गर्ने र पूँजीवादको पक्षमा वकालत गर्ने दललाई मात्र मान्यता दिने दिशामा गएको त होइन ? यही प्रश्न हामीले गरेका हौं ।

    एमाले नेताहरूले सन् १९५० को दशकतिर अमेरिकामा कम्युनिष्ट पार्टीमाथि गरिएको प्रतिबन्धात्मक दमनकै बाटोमा निर्वाचन आयोग जान लागेको आशंका समेत व्यक्त गरेर थपलियाको ध्यानाकर्षण गराएका छन् । थपलियाले भने संविधानसँग बाझिने भएकाले ती शब्द हटाइएको बताएका थिए ।

    तर, एमाले नेताहरुले भने साम्यवादलाई नेपालको संविधानले निषेध नगरेको र कम्युनिस्ट पार्टी भन्नु नै साम्यवादी संगठन भएकाले विरोधाभाषमा नफस्न आयोगलाई सुझाव दिएका छन् । एमालेको विधानको प्रस्तावना र दस्तावेजमा पनि साम्यवादतर्फको लक्ष्य राखिएको छ ।

    एमाले नेताहरूले आयोगसँग भने, कम्युनिष्ट पार्टी नाम नै साम्यवादी कुरा हो । क्रमशः कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने एंगलबाट भइरहेको छैन ? नत्र भने शान्तिपूर्णरूपमा साम्यवादको लक्ष्य किटान गर्न पाइन्छ । यसमा आयोगको नियत ठीक देखिएन ।

    माओवादीको रहस्य मौनता

    यता एमाले नेताहरूले आयोगको आपत्तिजनक पत्रप्रति माओवादीले रहस्यमय मौनता साँधेको टिप्पणी गरेका छन् । महाधिवेशनबाट माओवादीले साम्यवाद छाड्न लागेको हो ? भन्ने प्रश्न समेत एमाले नेताहरूको छ ।

    बडालले भने, ‘अहिले मुलुक दुई ध्रुवमा ध्रुवीकरण भएको छ । एकातिर कम्युनिष्ट ध्रुवको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्नुभएको छ । अर्को ध्रुवको नेतृत्व शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले गरेको छ । उहाँहरू देउवा नेतृत्वमा रहेको हुनाले बोल्न नसक्नु भएको हो कि ? माओवादीको रहस्यमय मौनताको अर्थ त्यही हुनसक्छ ।’

  • जिल्ला र प्रदेश अधिवेशनमा एमालेको मापदण्ड- सकेसम्म सर्वसम्मत, नत्र निर्वाचनबाट नयाँ नेतृत्व

    जिल्ला र प्रदेश अधिवेशनमा एमालेको मापदण्ड- सकेसम्म सर्वसम्मत, नत्र निर्वाचनबाट नयाँ नेतृत्व

    काठमाडौं । नेकपा एमालेले प्रदेश र जिल्ला अधिवेशनहरूमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन दिएको छ । सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विविध अवलम्बन गर्न एमालेले मातहत कमिटीहरूलाई खुला छाडेको छ ।

    पुस २३ गते हुने जिल्ला अधिवेशन तथा माघ ८ मा हुने प्रदेश अधिवेशका लागि केन्द्रीय कार्यालयको तर्फबाट पठाइएको लिखित मापदण्ड अनुसार निर्वाचनको प्रक्रियामा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशन अवलम्बन गर्न भनिएको छ ।

    जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ । मौसमका कारण कतिपय हिमाली जिल्लामा अधिवेशन गर्न सअम्भव भएमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ ।

  • एमाले भोजपुरको अधिवेशन पुस २३-२४ मा, १४ सय प्रतिनिधि सहभागी हुने

    एमाले भोजपुरको अधिवेशन पुस २३-२४ मा, १४ सय प्रतिनिधि सहभागी हुने

    भोजपुर । नेकपा एमाले भोजपुरको जिल्ला अधिवेशन पुस २३-२४ मा हुने भएको छ । जिल्ला कमिटीको बुधबारको बैठकले अधिवेशन २ दिन गर्ने निर्णय गरेको हो ।

    बैठकले जिल्ला अधिवेशनकेन्द्रित रहेर विभिन्न उपसमितिसमेत गठन गरेको छ । अध्यक्ष प्रेमकुमार राईको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन र राजनीतिक/सांगठानिक प्रतिवेदन समिति, उपाध्यक्ष शरणकुमार राईको संयोजकत्वमा स्वयंसेवक परिचालन र सचिव मक्कर खड्काको संयोजकत्वमा प्रचारप्रसार उपसमिति बनाइएको छ ।

    सहसचिव धर्म किरातीको संयोजकत्वमा खाना आवास र संगठन विभाग प्रमुख किरण राईको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति बनाइएको छ ।

    अधिवेशनमा आयोजक, वडा र जनवर्गीय संगठन गरेर करिब १४ सय प्रतिनिधि सहभागी हुने सचिव मक्कर खड्काले बताए ।

    अधिवेशनमा स्थायी कमिटी सदस्य शेरधन राई, भोजपुर इन्चार्ज हरिबहादुर राईलगायतका केन्द्रीय नेता सहभागी हुने छन् ।

  • एमाले काठमाडौंको अधिवेशनमा चितवनको झल्को दिन कृष्णगोपाल श्रेष्ठको निर्देशन

    एमाले काठमाडौंको अधिवेशनमा चितवनको झल्को दिन कृष्णगोपाल श्रेष्ठको निर्देशन

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वागमती सह-इन्चार्ज कृष्णगोपाल श्रेष्ठले पुस २३ गतेको छैठौं जिल्ला अधिवेशन भव्य बनाउन निर्देशन दिएका छन् ।

    काठमाडौं क्षेत्र प्रदेश-९ ख कमिटीको बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले जिल्ला अधिवेशनलाई पार्टीको १० औं महाअधिवेशनको झल्को दिने गरी कार्यकर्ता उतार्नुपर्नेमा जोड दिए ।

    ‘१०औं महाअधिवेशनमा जसरी जनलहर उत्रियो सोही जनलहर काठमाडौंमा उत्रनुपर्छ’, पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले भने, ‘यो बैठकले जिल्ला अधिवेशनको तयारी सुरू गरेको छ । अब सबैजनाले आ-आफ्नो क्षेत्रबाट लाग्नुपर्छ ।’

    एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्माले अधिवेशनको उद्घाटन गर्ने उनले जानकारी दिए ।

    बैठकमा केन्द्रीय सदस्य सांसद विना श्रेष्ठ र काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले समसामयिक राजनीतिमा बोलेका थिए ।

    सो अवसरमा ९ नम्बर क्षेत्रबाट महाधिवेशनबाट विजयी केन्द्रीय सदस्यत्रय कृष्णगोपाल श्रेष्ठ, डा. अजयक्रान्ति शाक्य , विना श्रेष्ठ र विद्यासुन्दर शाक्यलाई सम्मान गरिएको छ ।

  • नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश स्वीकृत, संसदमा एमालेको अवरोध कायमै

    नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश स्वीकृत, संसदमा एमालेको अवरोध कायमै

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि एमालेले अवरोध गरेको छ ।

    प्रमुख प्रतिपक्षीका सांसदको नाराबाजीबीच नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरिएको छ ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८लाई स्वीकृत गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको सभामुख अग्नि सापकोटाले जानकारी गराएका छन् ।

    सभामुख सापकोटाले हिजोअस्ति झैं बैठक सुचारू गर्न सहयोगका लागि एमाले सांसदहरूलाई आग्रह गरेका थिए । सांसदहरूले भने पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावादलगायतका नारा लगाइरहे ।

    एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफैं पार्टी फुटाउने षड्यन्त्रमा लागेको भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

  • कपिलवस्तुमा ओलीले भने- नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिन्‍न

    कपिलवस्तुमा ओलीले भने- नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिन्‍न

    रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् । कपिलवस्तुमा पुगेर भाषण गर्दै ओलीले नेपालको राजनीति अब विकास र समृद्धिमा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

    कपिलवस्तुको बहादुरगंजमा मंगलप्रसाद गुप्तासहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले देशलाई समृद्धितर्फ लैजाने यात्रा एमालेले सुरू गरेको बताए । मधेसमा नेकपा एमालेको जनलहर देखेर विरोधीहरुलाई जलन भएको उनले टिप्पणी गरे ।

    ओलीले भने, ‘केही लोभीपापीका कारण हामी सरकारमा त छैनौं, तर त्यो विधिले होइन जालझेलले हो । यसको फैसला चुनावपछि आउने परिणामले देखाउँछ ।’

    आज प्रवेश गरेका हजारौं जनाको संख्याले जनलहर कता गएको छ भन्ने देखाउने उनको भनाइ थियो ।

    मधेशमा एमालेको बढ्दो जनलहरले एमालेविरुद्ध लाग्नेहरूलाई जलन भएको भन्दै उनले आफ्नो कार्यकालमा मधेसमा गरेको विकासको अभियानले यो लहर बढ्दै गएको बताए ।

    कपिलवस्तुको उर्बर भूमिलाई सिंचाइ गर्नका लागि रोकिएको नौमुरे परियोजनालाई आफ्नो कार्यकालमा अगाडि बढाएको ओलीले स्मण गरे ।
    ‘यता नेपालतर्फ बाँझो जमिन छ उता भारततर्फ खेती भइरहेको छ, यो कदापी हुँदैन’ ओलीले भने, ‘कपिलवस्तुमा कृषि सिंचाइको लागि अब नौमुरे योजना छिट्टै सुरू हुन्छ ।’

    कपिलवस्तुलाई औद्योगिक सहर बनाउने योजनाका साथ अघि बढ्ने बताउँदै उनले हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिने उल्लेख गरे ।

    ओलीले भने, ‘म ७० वर्षको भएँ, १८ घण्टा काम गर्छु । तपाईंहरू पनि काम गर्नुस्, अनि मात्र पार्टी अघि बढ्छ ।’

    कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले आफ्नो कमजोरीले सरकारबाट नबाहिरिएकाले नै छिट्टै चुनावमा जान चाहेको बताए ।

    ‘हामी जनताबाट डराएका छैनौं, हामी चुनाव चाहन्छौं, परमादेशको गठबन्धन सरकार र यसैमा रमाएका सहयात्रीहरु चुनावबाट डराएका छन्,’ उनले भने ।

    कार्यक्रममा एमाले सचिवहरु लेखराज भट्ट, छविलाल विश्वकर्मालगायतले सम्बोधन गरेका थिए ।

    एमाले प्रवेश गरेका नेता मंगलप्रसाद गुप्ताले कपिलवस्तुलगायत यस क्षेत्रको विकासको गति थप अगाडि बढाउने बताए ।

    मंगलबार अन्य पार्टी परित्याग गरी ६ हजार नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको एमाले कपिलवस्तुका अध्यक्ष छविलाल पोखरेलले जानकारी दिएका छन् ।

  • जसपा नेतासहितलाई प्रवेशका लागि ओली कपिलवस्तुमा ( तस्बिरहरू)

    जसपा नेतासहितलाई प्रवेशका लागि ओली कपिलवस्तुमा ( तस्बिरहरू)

    रूपन्देही । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तुको बहादुरगन्ज आएका छन् ।

    एमाले रोजेका जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित विभिन्न पार्टीका नेता/कार्यकर्तालाई स्वागतका लागि ओली आएका एमाले सचिव छविलाल विश्वकर्माले बताए ।

    अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्टलगायतका नेताहरू कपिलवस्तुमा छन् । ‌एमालेको शीर्ष नेतृत्व सोमबार साँझ रुपन्देही आएको थियो ।

    तस्बिरहरू : राजन काफ्ले । 

  • गठबन्धनको ध्यान एमालेलाई घेराबन्दी गर्नेमा मात्र : शंकर पोखरेल

    गठबन्धनको ध्यान एमालेलाई घेराबन्दी गर्नेमा मात्र : शंकर पोखरेल

    दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्पष्ट दृष्टिकोण नहुँदा एमसीसी अलपत्र परेको बताएका छन् ।

    घोराहीमा आयोजित प्रेस चौतारी नेपाल दाङको ९ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै एमसीसीबारे सरकारले आफ्नो दृष्टिकोण नबनाइ प्रतिपक्षको आश गरेको बताएका हुन् । उनले अहिलेको गठबन्धनको सरकार एमालेविरुद्ध घेराबन्दी गर्ने बाहेक अरु कुनै काममा नलागेको बताए ।

    अस्थिरताको बिजारोपण माओवादीले गरेको उनको आरोप छ । ‘कम्युनिष्टको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने काम प्रचण्ड र माधव नेपालले गरे’, उनले भने ।

  • ‘संसद विघटन नगरेको भए प्रचण्डले एमाले कब्जा गर्थे, हामीसँग अरु धेरै सूचना थिए’

    ‘संसद विघटन नगरेको भए प्रचण्डले एमाले कब्जा गर्थे, हामीसँग अरु धेरै सूचना थिए’

    गत वर्ष आजकै दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दै नेपाली राजनीतिलाई नयाँ कोर्सतर्फ धकेले । यसलाई ओलीका विरोधीहरूले प्रतिगमन र समर्थकहरूले जनतामा जाने अग्रगामी निर्णयका रूपमा व्याख्या गर्दै आएका छन् ।

    खैर, संसद विघटन गर्ने ओलीको निर्णयलाई सर्वोच्च अदालतले उल्टाइदियो । त्यसयता राजनीति निरन्तर अस्थिरताको भूमरीमा रुमल्लिइरहेको छ । दोस्रोपटक पनि संसद विघटन गर्दा फेरि पनि अदालतले उही निर्णय लियो । र, अन्ततः ओली सरकार ढलेर अदालतको परमादेशमार्फत शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको छ ।

    ओली प्रधानमन्त्री छँदा उनको कोर टिमका एक सदस्य हुन् विष्णु रिमाल । उनी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार थिए । नेकपा एमालेका उपमहासचिव तथा अध्यक्ष ओलीका विश्वासपात्रका रूपमा चिनिने रिमाल पुस ५ को कदमलाई वाध्यात्मक मान्छन् ।

    तत्कालीन नेकपा एमालेका एक अध्यक्ष प्रचण्डले सरकार र पार्टीलाई चल्नै नदिने अवस्थामा पुर्‍याएपछि अरु विकल्प नरहेको निस्कर्ष उनको छ ।

    हामीसँगको कुरानीमा रिमालले भनेका छन्, ‘यदि त्यो कदम नचालिएको प्रचण्डले नेकपा कब्जामा लिने मात्र होइन, नेपालको कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्ने थिए ।’

    पुस ५ को पृष्ठभूमि र त्यसपछिका विकासक्रमबारे रिमालसँग गरिएको कुराकानी नेपाल टकमा :

    – तत्कालीन परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सक्ने आशंका राजनीतिक वृत्तमा पहिल्यैदेखि व्याप्त थियो । तपाईंहरूसँग चाहिँ उहाँले कुनै सल्लाह गर्नुभएको थियो कि थिएन ?

    प्रधानमन्त्रीले पार्टी कमिटीको बैठकमा नै यो विषयमा भन्नुभएको थियो । दलभित्रको झमेला दलभित्रै समाधान गर्नुपर्ने हो । त्यो अवस्था नदेखिएपछि समाधानका लागि बाहिर ल्याउनैपर्‍थ्यो । संसद विघटन कानुनी मात्र होइन, राजनीतिक विषय पनि हो । कुनै पनि प्रधानमन्त्रीले आफूले काम गर्न नसक्ने अवस्था आएपछि अन्तिम विकल्पका रूपमा विघटनलाई रोज्छ । आफ्नो अवधारणाको काम र राजनीतिक काममा अवरोध सृजना गरेपछि नयाँ बाटो पहिल्याउने हो । त्यसै सिलसिलामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयलमा नै कि मिलेर जाऊँ, होइन भने नयाँ जनमतमा जाऊँ भन्नुभएको थियो । हामीलाई थाहा नहुने भन्ने कुरै भएन ।

    – तत्कालीन नेकपाका अर्को अध्यक्ष प्रचण्ड र माधव नेपाललाई पनि थाहा थियो ?

    सबै जानकार हुनुहुथ्यो । सुटुक्कै गरेको निर्णय होइन । उहाँहरूलाई हामीले भनेका थियौं, कि प्रधानमन्त्री संसदमा अल्पमतमा जान्छ, कि दलको नेता फेर्नुपर्ने हुन्छ । तर, त्यो कुनै पनि अवस्था थिएन । न त दलको नेता फेर्ने कुरा थियो । न त अर्को विकल्प ।

    प्रधानमन्त्री ओलीले त एक दिनअगाडि नै प्रचण्डलाई जानकारी गराइसक्नुभएको थियो । पुस ४ गते बिहान १० बजे प्रचण्डलाई तपाईंको घरमा भेट्न आउँछु भनेर प्रधानमन्त्री ओलीले भन्नुभयो । त्यसैअनुसार आधा घण्टा ढिलो गरेर पुग्नु पनि भयो । त्यहाँ पुगेर सरकारलाई काम गर्न दिनुहोस् भन्ने विषय र अर्को तपाईंको कन्सर्न के हो भनेर पनि सोध्नुभयो ।

    – त्यतिबेला नेकपामा बैठक बोलाउन माग भइरहेको थियो । प्रचण्डले आरोपपत्र पनि पेस गर्नुभएको थियो । त्यसैदिन किन गरियो निर्णय ? भोलिपल्ट कब्जा गरिँदैछ भन्ने डरले हो ?

    होइन, हतार त्यस्तो केही थिएन । पहिलेदेखि नै प्रधानमन्त्रीले भन्नुभएको थियो, म सधैँभरी यस्तो झमेला कुरेर बस्न सक्दैन । यदि कुर्सीलाई काम गर्दै दिइँदैन भने कुर्सी फेर्न पनि जरुरी छ ।

    उहाँले देशलाई बन्दी बनाउनुहुँदैन भन्ने धारणा मंसिरमा नै सार्वजनिक गरिसक्नुभएको थियो । कि नयाँ जनमत आउनुपर्‍यो । अर्को कुरा पार्टीको निर्णय र बहुमतले सरकारलाई नैतिक बल दिनेबाहेक केही पनि गर्न सक्दैन । संसदीय दलमा त बहुमत सदस्य प्रधानमन्त्रीको पक्षमा नै हुनुहुन्थ्यो । प्रचण्ड लगायतका नेता दलको बैठकमा नै जान छोड्नुभयो ।

    संसदीय दलमा बहुमत नभएपछि प्रचण्डले बहुमत पुर्‍याउनका लागि पहिले पार्टीको सचिवालयमा प्रयास गर्नुभयो । सचिवालयमा वामदेव यता न उता भइसकेपछि स्थायी कमिटीमा प्रयास गर्नुभयो । त्यहाँ पनि सम्भावना नदेखिएपछि केन्द्रीय समितिको कुरा उठाउन थाल्नुभयो । यो भनेको सबै अल्झाउने काम मात्रै थिए । हाम्रो हिसाबमा जुनसुकै पार्टीको प्रधानमन्त्री भए पनि त्यो बेला संसद विघटन नै गर्नु उपयुक्त विकल्प थियो । त्यही निर्णय उहाँले गर्नुभएको हो ।

    – त्यतिबेलाको मन्त्रिपरिषदको सदस्य प्रदीप ज्ञवालीले र संसदीय दलको उपनेता सुवास नेम्वाङले पनि विघटन नगरौं भन्नुभएको स्वीकार गरिसक्नुभएको छ । जे होस, कन्फ्युजन त सिर्जना भएको रहेछ नि होइन ?

    त्यस्तो कन्फ्युजन थिएन । सबै मन्त्रीलाई जानकारी नै गराइएको थियो । संसदीय दलको उपनेता सुवास नेम्वाङले यो संवैधानिक र कानुनी हुन्छ कि हुँदैन भन्नेमात्रै जिज्ञासा राख्नुभएको हो ।

    – भनेपछि सबै मन्त्री जानकार नै थिए, कोही अनभिज्ञ थिएनन् ?

    हो, सबै मन्त्री जानकार थिए र सबै तयार भएर नै आउनुभएको थियो । यो निर्णय हुँदैछ भन्ने कुरा सबै मन्त्रीलाई थाहा थियो र उहाँहरूले बुझिसक्नुभएको थियो ।

    – संसद विघटन गर्ने दिन मन्त्रिपरिषद् बैठक बस्दाबस्दै प्रचण्ड पनि आउनुभएको थियो नि ?

    प्रधानमन्त्री ओलीले त एक दिनअगाडि नै प्रचण्डलाई जानकारी गराइसक्नुभएको थियो । पुस ४ गते बिहान १० बजे प्रचण्डलाई तपाईंको घरमा भेट्न आउँछु भनेर प्रधानमन्त्री ओलीले भन्नुभयो । त्यसैअनुसार आधा घण्टा ढिलो गरेर पुग्नु पनि भयो । त्यहाँ पुगेर सरकारलाई काम गर्न दिनुहोस् भन्ने विषय र अर्को तपाईंको कन्सर्न के हो भनेर पनि सोध्नुभयो ।

    प्रचण्डले एकल अध्यक्ष चाहियो भनेपछि साउन ३० गते बसेको बैठकमा त्यो पनि ओलीले जिम्मेवारी सुम्पिसक्नुभएको थियो । अब मंसिरमा वा चैतमा पार्टीको महाधिवेशन गर्न तयार हुनुभएको थियो ।

    पुस ४ को भेटमा प्रचण्डलाई ओलीले म प्रधानमन्त्री पूरा समय चलाउँछु, भावी समयमा प्रधानमन्त्री तपाईं नै हो भनेर पक्का हुने वातावरण बनाइदिन्छु भन्नुभयो । ओलीको अरु केही नभएर अहिलेको जनताको विश्वास गुम्न नदिऊँ भन्ने नै तर्क थियो ।

    हाम्रो चाहना संसदले काम गरोस् भन्ने हो, तर त्यो सम्भावना कम थियो । जस्तै, हामीले संसद विघटन गरेपछि कांग्रेसले रूपमा विरोध नै गरेन नि त । रूपमा त विरोध गर्ने र सडकमा निस्किने त प्रचण्ड र माधव नेपाल मात्र हो । तर, जब कांग्रेस आफूले अवसर पाउने देख्यो, अनि मात्र यसको विरुद्धमा आएको हो । पुरानो इतिहास हेर्दा पनि त्यस्तै छ नि ।

    यदि अर्को विकल्प चाहिएको भए वामदेव गौतमलाई प्रधानमन्त्री बनाऊँ भनेर पनि उहाँले भेटमा प्रस्ताव राख्नुभयो । त्यसका लागि संविधान संशोधनको बाटोमा जान परे पनि जाऊँ । यदि कोही छोड्न तयार छ भने वामदेवलाई प्रतिनिधिसभामा जिताएर भए पनि प्रधानमन्त्रीमा ल्याउन तयार छु भन्नुभयो ।

    संयोगबस भनौं प्रधानमन्त्री ओली आधा घण्टा ढिलो प्रचण्ड निवासमा पुग्दा माधव नेपाल र वामदेवसँग पनि भेट भयो । त्यसबाट प्रचण्डले प्रधानमन्त्रीसँग एउटा कुरा गर्ने र योजना अर्कै बनाउने गरेको थाहा भयो ।

    भेटमा ओलीले प्रचण्डलाई स्पष्ट भन्नुभएको थियो कि या त आफूमाथि लगाएका आरोप फिर्ता लिनूस्, होइन भने विशेष महाधिवेशन गरेर पदमा जानूस् । अर्को चुनावबाट हटौंला भन्नुभयो उहाँले ।

    ओलीले यस्तो प्रस्ताव गरेपछि वामदेव पनि उत्साहित नै हुनुभयो । तर, प्रचण्डले आरोपपत्र फिर्ता नलिने भनेर छलफल नै भाँडेर निस्किनुभयो । वामदेवले नै कडा-कडा शब्द राखेर आरोपपत्र तयार गर्न भन्नुभएको थियो, म फिर्ता लिन्नँ भनेर उहाँ निस्किनुभयो । प्रचण्डको योजना जसरी पनि ओलीलाई तर्साउने रहेछ । त्यसपछि पार्टी र संसदीय दल पनि कब्जा गर्ने योजना थियो ।

    – तपाईंको बुझाइमा संसद विघटन नगरेको भए कस्तो अवस्था आउँथ्यो होला ?

    विघटन नगरेको भए गज्याङगुजुङ बाँकी नै रहने थियो । संसद बैठक बसेको भए पनि अविश्वासको प्रस्ताव आउने थियो होला । तर, प्रस्ताव तयार भए पनि त्यो संसदमा जाने अवस्था भने थिएन किनकी सत्तारुढ दलले त्यो मिल्दैन । उहाँहरू संसदीय दलमा जानुपर्थ्यो । पार्टीमा अल्पमत परे पनि संसदीय दलमा हामी बहुमतमा पुगेको अवस्था थियो । तर, समस्या कायमै हुन्थ्यो ।

    हाम्रो चाहना संसदले काम गरोस् भन्ने हो, तर त्यो सम्भावना कम थियो । जस्तै, हामीले संसद विघटन गरेपछि कांग्रेसले रूपमा विरोध नै गरेन नि त । रूपमा त विरोध गर्ने र सडकमा निस्किने त प्रचण्ड र माधव नेपाल मात्र हो । तर, जब कांग्रेस आफूले अवसर पाउने देख्यो, अनि मात्र यसको विरुद्धमा आएको हो । पुरानो इतिहास हेर्दा पनि त्यस्तै छ नि ।

    – यदि विघटन नगरेको भए कुनै घटना नै हुने सम्भावना पनि थियो र ?

    हुन त अहिले पनि हामी एमाले छौं । यसलाई हामीले नेकपाको निरन्तरता पनि मानेका छौं । यदि संसद विघटन नगरेको भए एमाले कब्जा त हुन्थ्यो नै, कम्युनिष्ट आन्दोलन नै ध्वस्त हुने अवस्था थियो । अहिले प्रचण्डको पार्टी हेर्नुस् त, के छ र ? माधवमात्र सहयोगी बनेका हुन् प्रचण्डका । उनको त झन् के पो पार्टी छ र ? सरकारमा भएर पार्टीजस्तो देखिएको मात्रै हो ।

    प्रचण्डको एउटै मात्र उद्देश्य भनेको अरुले बनाएको पार्टी कब्जा गर्ने नै थियो । ओलीको चिन्ता यति मात्र हो कि जनताबाट प्राप्त गरेको जनमत खेर जाने भयो र आन्दोलन ध्वस्त हुने भयो । त्यसैले उहाँले पुस ५ गते यो निर्णय गर्नुभयो ।

    – त्यसो भए नेकपा एमाले प्रचण्डको कब्जामा जानबाट रोक्नका लागि विघटन गरिएको हो ?

    हो पक्कै पनि । यति हो कि । पार्टीमात्र कब्जा हुने होइन, आन्दोलनको मूल्य-मान्यतासमेत सबै समाप्त हुने पक्का थियो ।

    – झलनाथ, वामदेव, माधवकुमार नेपाललगायतका १० बुँदेमा आएका नेकपा एमालेका नेताको ठुलो पङ्तिले प्रचण्डलाई पार्टी कब्जामा साथ दिने सम्भावना थियो ?

    उहाँहरूको त अडान केही पनि रहेनछ भन्ने अहिले स्पष्ट भइसकेको छ नि । अहिले माधव नेपालको आमसभामा पनि प्रचण्डले मान्छे खोजेर पठाइरहनुभएको छ । शान्ति प्रक्रियामा आएपछि झलनाथ खनालले यसअघि नै पार्टी एकीकरणको योजना अघि सारेको हो नि त । त्यो गर्नु हुँदैन भन्ने केपी शर्मा ओली नै हो । उहाँकै अडानले नेकपा एमाले यहाँसम्म आइपुगेको हो । यो त कसैले बिर्सिनु हुँदैन नि ।

    झलनाथ, माधव, वामदेव सबैले भारी पहिल्यै नै बिसाउने योजना बनाएकै हो । उहाँहरूलाई त धेरै नै हतार थियो । त्यो त हामीले मात्र होइन सबै नेता कार्यकर्ताले बुझेकै कुरा हो । १० बुँदेबाट फर्किएका साथीहरूको हकमा फरक है फेरि । पछिल्लो घटनाक्रममले उहाँहरू पार्टी विभाजनको पक्षमा हुनुहुन्न भन्ने स्पष्ट भएको छ ।

    – नेकपाको बहुमत गुम्यो । एमाले सबै तहको सरकारबाट बाहिरियो । तर, जे भए पनि नेकपा एमाले जोगियो भन्ने नै हो तपाईंहरूको निष्कर्ष हो ?

    पक्कै पनि हो । एउटा पाटो २०४७ सालपछि बहुदल आयो । त्यसपछि कम्युनिष्ट आन्दोलनले विश्वभर नै धक्का पाएको अवस्था थियो । सबै कम्युनिष्ट पार्टी सरकारको विपक्षमा नै रहने अवस्था आयो ।

    नेकपा एमालेमा जनप्रतिनिधिको हिसाव गरौं । प्रदेशसभामा एकजना मात्रै हो । तर, वडा सदस्यदेखि लिएर माथिल्लो तहसम्म गरेर १० प्रतिशत पनि क्षति हुन सकेन । त्यसको क्षतिपूर्ति माओवादीबाट आएको गुटले परिपूर्ति गरेको छ । नेकपा माओवादी केन्द्रको पनि प्रचण्डको धार एक ढंगले लेखराज भट्टले प्रतिनिधित्व गर्दै आएका छन् । रामबहादुर थापाको आफ्नै समूह हामीसँग छ । बाबुरामको धार टोपबहादुर रायमाझीलगायतले प्रतिनिधित्व गरिरहनुभएको छ । त्यो सबै हाम्रो एमालेमा रहेको छ ।

    मदन भण्डारी नेतृत्वमा आइसकेपछि कम्युनिष्ट आनन्दोलन अघि बढ्यो । यदि पछिल्लो समय पुस ५ गते संसद विघटन नगरेको भए कम्युनिष्ट आन्दोलन नै समाप्त हुने थियो । जसरी जनताको बहुदलीय जनवादको जगमा आन्दोलन जोगाउन मदन भण्डारीले पहल गर्नुभयो, त्यसरी नै अहिले केपी शर्मा ओलीले पनि कम्युनिष्ट आन्दोलन जोगाउन कदम चाल्नुभएकै हो । त्यो कसैले पनि कम ठान्नु हुँदैन र यसलाई इतिहासमा कसैले पनि बिर्सनु हुँदैन ।

    – फागुन २३ को फैसला नभएको भए त फेरी पनि एमाले जोगिन त मुस्किल नै हुन्थ्यो नि ?

    तपाईंले भनेको पनि ठीक हो । यसले एमाले र माओवादीलाई छुट्याइदियो । अहिलेजस्तो सजिलो हुने थिएन । तर, आन्दोलत त्यसै हिसावले अघि बढ्थ्यो । हो, त्यो पक्कै हुन्थ्यो । प्रचण्डको आरोपत्र फिर्ता हुने थिएन । केपी ओलीका नजिकमा मान्छे सडकमा फ्याँकिन्थे । अहिलेजस्तो सजिलो हुने थिएन । नयाँ तरिकारले जानुपर्थ्यो ।

    यसमा झलनाथ र माधवलाई थाहा थियो वा थिएन । उहाँहरूले कारबाहीको बाटो अपनाउनुभएको थियो । उहाँहरूले आरोपपत्र फिर्ता नलिने अवस्था थियो । यस्तोमा एउटै पार्टीमा बस्ने अवस्था पनि थिएन । नेकपा एमालेको स्कुलिङ भनेको एकता हो । हामीले ७५ जेठ ३ गते एकता गरेर ३५ सालको अभियानलाई निरन्तरता दिएका हौ । अहिले एमाले भनेको पहिलेको होइन । विभिन्न समिश्रणसहितको एमाले हो ।

    – माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेता-कार्यकर्ता जुन एमालेबाट फुटेर गए, उनीहरूको क्षतिपूर्ति के नेकपा माओवादी केन्द्रका नेताहरू मिसिएपछि पूर्ति भएको छ ?

    यसमा दुईवटा तथ्य भन्छु म । नेकपा एमालेमा जनप्रतिनिधिको हिसाव गरौं । प्रदेशसभामा एकजना मात्रै हो । तर, वडा सदस्यदेखि लिएर माथिल्लो तहसम्म गरेर १० प्रतिशत पनि क्षति हुन सकेन । त्यसको क्षतिपूर्ति माओवादीबाट आएको गुटले परिपूर्ति गरेको छ । नेकपा माओवादी केन्द्रको पनि प्रचण्डको धार एक ढंगले लेखराज भट्टले प्रतिनिधित्व गर्दै आएका छन् । रामबहादुर थापाको आफ्नै समूह हामीसँग छ । बाबुरामको धार टोपबहादुर रायमाझीलगायतले प्रतिनिधित्व गरिरहनुभएको छ । त्यो सबै हाम्रो एमालेमा रहेको छ ।

    – नेता मात्र हो कि जनमत पनि हो ?

    त्यसमा त यसरी जान सकिन्छ । झापामा प्रवेश गरेको हेरौं । जनस्तरबाट जुन प्रवेश भएको छ, हामी पहिलाको एमालेभन्दा कमजोर भएका छैनौं । माओवादीबाट जितेका मेयर-उपमेयर, अध्यक्ष-उपाध्यक्ष सबै आउनुभएको छ ।

    प्रचण्डले केपी ओलीलाई खतरा नै ठान्नुभयो । प्रचण्डलाई एमालेसहितको पार्टी चाहिएको । उहाँले माओवादी चलाए जसरी चलाउन खोजेको हो । जहिले पनि उहाँले पार्टीमा दुईजना बीच अन्तरविरोध सृजना गर्ने बानी रहेछ । अहिले पनि हेर्नुस् न जनार्दन शर्मा र वर्षमान पुनलाई लडाइरहनुभएको छ ।

    – लगभग पुरानो एमाले नै बराबर भएको हो भन्ने नै निष्कर्ष हो तपाईंहरूको ?

    हो, पक्कै पनि । त्यस्तै निष्कर्षमा हामी पुगेका छौं । हामी पुरानो एमालेभन्दा कमजोर छैनौं । २०७४ सालमा पाएको मत भनेको ३२ लाख हो । केही बदर पनि भए । सूर्यमा जुन भोट आएको थियो, त्यसैलाई हिसाव गर्दा पनि हामी कमजोर छैनौ भन्ने निष्कर्ष नै हो । यसमा सबै नेता-कार्यकर्ताले ढुक्क भए हुन्छ । अझै अहिले त झन् नेकपा एमालेमा प्रवेश गर्नेको लहर बढेको छ नि ।

    – फागुन ११ र २३ को बीचमा त तपाईंहरूसँग पार्टी नै नरहने, सूर्य चिन्ह पनि प्रचण्डले लैजाने त्रास त थियो नि होइन ।

    हामीलाई त्यस्तो लागेको थिएन । पार्टी एकप्रकारले हामीले लिइसकेका थियौं । पछि बनाएको ठूलो आयोजक कमिटी थियो नि, त्यसमा लहर देखेका थियौं । त्यसले सूर्य गुमाउँछौ भन्ने मानेका थिएनौं । हामी चुनाव चिन्ह फिर्ता लिनसक्छौं भन्नेमा ढुक्क नै थियौं ।

    – तत्कालीन नेकपामा केपी शर्मा ओलीले कि त प्रचण्डको कि त माधव नेपालको सपोर्ट लिएर जानुपर्छ भन्ने लागेन ? यसरी किन हिँड्न नसकेको हो ?

    तत्कालीन नेकपाको जुन सचिवालय बनाएका थियौं, त्यसमा तीनजना पूर्वमाओवादी र ६ जना एमाले राख्यौ । त्यो बलियो पनि बनाएका थियौं । त्यतिबेला प्रचण्डले भनेका पनि थिए, भोलि पार्टी फुटाउँदा ४० प्रतिशत चाहिन्छ । हामीले ४० किन भनेर ४५ प्रतिशत नै दिएका पनि हौं ।

    हामीलाई थाहा थियो, माधव नेपाल एकातिर अन्तरविरोध सिर्जना गरेर बसिरहेका थिए । माधव नेपालसँग हामीले छलफल पनि गर्‍यौं । तपाईं ठीक ठाउँमा उभिनुभयो भने प्रचण्ड ठीक ठाउँमा जान्छन् भनेका थियौं । उहाँले त्यसो गर्नुभएन ।

    सामान्यतया हामी कोही पनि दुई अध्यक्षको बैठकमा बस्दैन थियौं । प्रधानमन्त्री ओलीले बस्नुस् भनेर जोड गरे मात्र बस्थ्यौं । नबसे पनि थाहा त भइहाल्थ्यो नै । बस्यो भने प्रचण्ड कुनै कुरा गर्नुहुन्न थियो ।

    वामदेवलाई पनि भनियो, उहाँ पनि एक ठाउँमा बस्न सक्नुभएन । बाँकी ४ जनाको कुनै टुंगो थिएन । त्यसमा उत्तराधिकारी को बन्ने भन्ने हो । प्रचण्ड बन्न खोजिरहेका थिए । माधव नेपाल र प्रचण्डको उद्देश्य नै मिल्ने थिएन ।

    – भनेपछि दुईमध्ये एकजनालाई पनि लिएर जान नसक्ने अवस्था भएको हो ओलीलाई ?

    उहाँहरूले नै चाहनुभएन । प्रचण्डले केपी ओलीलाई खतरा नै ठान्नुभयो । प्रचण्डलाई एमालेसहितको पार्टी चाहिएको । उहाँले माओवादी चलाए जसरी चलाउन खोजेको हो । जहिले पनि उहाँले पार्टीमा दुईजना बीच अन्तरविरोध सृजना गर्ने बानी रहेछ । त्यो भएर उहाँले यस्तो गर्नुभयो ।

    अहिले पनि हेर्नुस् न जनार्दन शर्मा र वर्षमान पुनलाई लडाइरहनुभएको छ । उहाँको यस्तै बानी रहेछ । त्यो नेकपामा हुँदा पनि गर्न खोज्नुभयो ।

    – पुस ५ मा केही गर्दैछन् भन्ने कुनै आँकलन गरेरै संसद विघटनको निर्णय भएको हो र ?

    त्यो त स्वभाविक ढंगले आँकलन गर्न सकिन्थ्यो । अध्यक्ष र महासचिवबिनाकै बैठक बसेर उहाँहरूले केही राजनीतिक निर्णय गर्ने तयारी थियो ।

    – तपाईं केपी शर्मा ओलीको टिममा नै रहेकाले त्यसबेला प्रायजसो प्रचण्ड बालुवाटार पुग्दा के विषयमा बढी छलफल हुन्थ्यो ? अथवा उहाँको के कुरामा बढी जोड हुने गर्थ्यो ?

    सामान्यतया हामी कोही पनि दुई अध्यक्षको बैठकमा बस्दैन थियौं । प्रधानमन्त्री ओलीले बस्नुस् भनेर जोड गरे मात्र बस्थ्यौं । नबसे पनि थाहा त भइहाल्थ्यो नै । बस्यो भने प्रचण्ड कुनै कुरा गर्नुहुन्न थियो ।

    प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्टर्व गर्नमात्र साँझ-बिहान साँझ बालुवाटार पुग्नुहुन्थ्यो । दिउँसो पार्टीका नेता-कार्यकर्तासँग पुगेर गुटबन्दी गर्नुहुन्थ्यो । भन्न त भाषणमा प्रचण्डले ओलीबाट छुट्टिएपछि मुक्ति पाएँ भन्दै आउनुभएको छ । उहाँभन्दा बढी मुक्ति त हामीले पो पाएको महसुस भइरहेको छ । उहाँ त डिस्टर्वको खेती गर्नुहुन्थ्यो । पार्टी एकताको काम नटुंग्याउने । बिहान-बेलुका डिस्टर्व गर्ने काम गर्नुहुन्थ्यो । कतिपय भेटघाटमा गरेको कुराकानीको रेकर्डसमेत लिएर नेतालाई सुनाएर भड्काउने काम गर्नुहुन्थ्यो । त्यो तहको काम पनि गर्नुभयो ।

    – म फुर्के मान्छे, मलाई फुर्क्याए पनि भइहाल्थ्यो, भन्नुहुन्थ्यो त प्रचण्ड ?

    उहाँको त्यो दाउपेचमात्रै हो । त्यो प्रभावमा पार्नका लागि मात्र भनिएको हो । तपाईं साह्रै राम्रो मान्छे भन्यो भने कुनै न कुनै प्रभावमा पार्न खोजिन्छ नि, त हैन । त्यही भएर प्रचण्डले त्यस्तो भनेको हो, त्यस्तो होइन ।

    संसदीय दलमा बहुमत नभएपछि प्रचण्डले बहुमत पुर्‍याउनका लागि पहिले पार्टीको सचिवालयमा प्रयास गर्नुभयो । सचिवालयमा वामदेव यता न उता भइसकेपछि स्थायी कमिटीमा प्रयास गर्नुभयो । त्यहाँ पनि सम्भावना नदेखिएपछि केन्द्रीय समितिको कुरा उठाउन थाल्नुभयो । यो भनेको सबै अल्झाउने काम मात्रै थिए ।

    – भनेपछि उहाँले एमालेको भर्भराउँदो पार्टीमाथि आँखा लगाउन खोज्नुभएकै हो ?

    छिमेकीको राम्रो जग्गा कसरी कब्जा गर्ने भन्ने नै उहाँको योजना थियो । त्यसैविरुद्धको हाम्रो लडाइँ हो ।

    – पुस ५ लाई संस्थागतरूपमा हेर्ने धारणा एउटै होला । तर प्रचण्ड-माधव पक्षमा लागेका नेता पनि अहिले नेकपा एमालेमै छन् । त्यसैले एमालेमा हेर्ने धार पनि दुइवटै भयो होइन ?

    अहिले एमालेको आधिकारिक धार एउटै हो । जो जुनसुकै स्कुलिङबाट आए पनि । पुस ५ को घटनाले नेपालको राजनीतिलाई दुई भागमा ध्रुवीकरण गरेको छ । एउटा धारले समाजवादको शक्ति निर्माण गर्ने काम गरिरहेको छ भने अर्कोतिर प्रतिगमनको बाटो गठबन्धन पार्टीले लिइरहेका छन् ।

    एमालेको अहिले दुई धार छैन । यदि एमालेभित्रकै नेताले पनि पुस ५ लाई प्रतिगमन भन्ने हो भने उनीहरू नेकपा एमालेमा कसरी सँगै बस्न सक्छन् ? एमालेको महाधिवेशनले स्पष्टरूपमा राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा उल्लेख गरिसकेको छ ।

    अर्को कुरा यसै मौकामा के स्पष्ट पार्न चाहन्छु भने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले दुईपटक संसद विघटन गरेको होइन । यसमा सबैले स्पष्ट भए हुन्छ । पहिलोपटक संसद विघटन गरेकै हो । तर, दोस्रोपटक भनेको निर्विकल्प संवैधानिक हिसावले नै विघटित भएको हो ।

  • ‘प्रधानमन्त्रीले हाम्रो अध्यक्षसँग वार्ता गर्नुपर्छ, बाटोमा जन्माइएका समूह भेला पार्ने सर्वदलीय बैठकको अर्थ छैन’

    ‘प्रधानमन्त्रीले हाम्रो अध्यक्षसँग वार्ता गर्नुपर्छ, बाटोमा जन्माइएका समूह भेला पार्ने सर्वदलीय बैठकको अर्थ छैन’

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले राष्ट्रिय विषय र संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग पहिले वार्ता गर्नुपर्ने बताएका छन् ।

    गृहजिल्ला इलाममा रहेका उपनेता नेम्वाङले नेपाल प्रेससँग कुरा गर्दै बाटो बाटोमै जन्माइएका राजनीतिक दल नामका समूह भेला पारेर गरिने सर्वदलीय बैठकमा एमाले सहभागी हुन नसक्ने समेत बताए ।

    नेम्वाङले भने, ‘प्रधानमन्त्रीज्यू यति गम्भीर हुनुहुन्छ भने उहाँले हाम्रो अध्यक्षसँग कुरा गर्नुपर्छ । एमसीसी हुन् कि अरु विषय हुन् सर्वदलीय बैठक भनेर एमालेलाई बोलाउँदैमा जाने हुँदैन । पहिले प्रधानमन्त्रीले विपक्षी दलको नेतासँग छलफल गर्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’

    नेम्वाङले सर्वदलीय बैठकमा बोलाएको भनेर औपचारिकता पूरा गर्नमात्र अहिलेका गतिविधि भइरहेको भन्दै यसमा एमाले सहभागी नहुने बताए । प्रधानमन्त्री अहिलेको गतिरोध अन्त्यका लागि इच्छुक नै नदेखिएको उनको भनाइ छ ।

  • एमालेको उद्योग विभाग : दुगड प्रमुख, उपप्रमुखमा दुर्गा प्रसाईं

    एमालेको उद्योग विभाग : दुगड प्रमुख, उपप्रमुखमा दुर्गा प्रसाईं

    काठमाडौं । पूर्वउद्योग राज्यमन्त्री तथा व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई सो जिम्मेवारी दिएको हो ।

    दुगडले ३ सयभन्दा बढी उद्योगी/व्यवसायीलाई एमालेमा प्रवेश गराएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी आर्थिक सल्लाहकारसमेत बने ।

    सो विभागको उपप्रमुखमा दुर्गा प्रसाईंलाई जिम्मेवारी दिइएको छ । उनी मेडिकल कलेज संचालक हुन् ।

  • भीम रावललाई जिम्मेवारी दिनेबारे छलफल भइरहेको एमाले महासचिवको भनाइ (भिडिओ)

    भीम रावललाई जिम्मेवारी दिनेबारे छलफल भइरहेको एमाले महासचिवको भनाइ (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित भीम रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर जिम्मेवारी दिइने बताएका छन् ।

    काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा बोल्दै उनले रावललाई थप जिम्मेवारी दिइने बारे छलफल भइरहेको बताए ।

    १०औं महाधिवेशनमा ओलीसँग पराजित रावलले थप जिम्मेवारीमा नबस्ने बताउँदै आएका छन् । नीतिगतरूपमा नेता रावल हाल केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा रहेको र जिम्मेवारी लिन नचाहे पनि केन्द्रीय सल्लाहकारकै रूपमा पार्टीमा भूमिका रहने पोखरेलले बताए ।

    १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित र मनोनीत सदस्यहरूलाई पार्टीले जिम्मेवारी बाँडफाँट गरिसकेका छन् ।

  • अबको निर्वाचनपछि एमाले पहिलो शक्ति : महासचिव पोखरेल

    अबको निर्वाचनपछि एमाले पहिलो शक्ति : महासचिव पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आउने निर्वाचनपछि नेकपा एमाले पहिलो शक्तिको रूपमा स्थापित हुने दाबी गरेका छन् ।

    मंसिर २५-२६ मा बसेको एमाले केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पोखरेलले जनमतबाट एमाले पहिलो शक्तिको रूपमा उदाउने बताएका हुन् । त्यसका लागि आवश्यक तयारी सुरू गरिएको उनको भनाइ थियो ।

    ‘अहिले गठबन्धन एकातिर र सिंगो एमाले अर्कोतिर विभाजित छ । जनताले विश्वास गर्ने भएकाले बलियो शक्तिको एकमात्र विकल्प एमाले हो । हामीले महाधिवेशनबाटै निर्वाचनको तयारी सुरू गरिसकेका छौं’, महासचिव पोखरेलले भने ।

    जिल्ला र प्रदेश अधिवेशन गर्ने तयारीसँगै आगामी निर्वाचनका लागि जनतासामु आफ्ना एजेण्डा लिएर जाने उनको भनाइ छ ।

    जनमतलाई हेला गर्दै गैरसंवैधानिकरूपमा एमालेमाथि विभिन्न शक्तिले आक्रमण र प्रहार गर्ने गरेको उनले टिप्पणी गरे ।

  • एमाले अध्यक्ष ओली कपिलवस्तु आउँदै

    एमाले अध्यक्ष ओली कपिलवस्तु आउँदै

    रुपन्देही । नेकपा (एमाले) कपिलवस्तुले आयोजना गर्ने जिल्लास्तरीय जनसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउने भएका छन् ।

    पुस ६ गते जिल्लाको पश्चिमक्षेत्रमा आयोजना हुने जनसभामा विभिन्न पार्टी परित्याग गरी थुप्रै नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने एमाले कपिलवस्तुले जनाएको छ । जिल्लाको पश्चिम क्षेत्रका पुराना लोकप्रिय नेता मंगलप्रसाद गुप्ता सहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रममा अध्यक्ष ओली आउने भएपछि पालिका तहमा व्यापक तयारी गरिएको एमाले कपिलवस्तुले जनाएको छ । सो कार्यक्रमको तयारीका लागि नेकपा (एमाले) कपिलवस्तु, नगर कमिटी, गाउँ कमिटीका बैठकहरु संचालन भएका छन् ।

    नेकपा एमाले वाणगंगा नगर कमिटी सचिवालयको बैठक बनगाईमा बसेको छ । वैठकलाई सम्बोधन गर्दै पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्माले नेकपा एमालेमा आउनेको लहर चलेको बताए । उनले ६ गते बहादुरगञ्जमा हुने विशाल जनसभामा पूर्वप्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओली आउने खबरले कपिलवस्तुमा एमालेभित्र ऊर्जा थपिएको बताए ।

    पार्टी सचिवालय सदस्य चक्र अर्यालले जनसभामा जिल्लाका पाटी कार्यकर्ता, शुभचिन्तकलगायतको उलेख्य सहभागिता हुने बताए ।
    पार्टी अध्यक्ष केपी ओली कपिलवस्तु आउने भएपछि पालिकाहरूले वडा वडाबाट जनसहभागिता गराउने तयारी गरेको गाउँ कमिटी अध्यक्ष थर्कबहादुर खनगाहाले जानकारी दिए । वैठकमा सवारी साधनहरु साइकलदेखि ट्याक्टर, बस लगाएतका साधनहरू प्रयोग गरी ७ हजार कार्यकर्ता सहभागिता गराउने बताइएको छ ।

    बैठकमा प्रदेश सांसद अर्जुन केसी, जिल्ला अध्यक्ष झविलाल पोखरेल, गाउँपालिका अध्यक्ष गोपालबहादुर थापालगाएतले तराई मधेशको समृद्धि र विकासको लागि नेकपा एमाले नभई नहुने भएकाले पार्टीप्रति जनलहर चलेको बताए ।

  • अधिकारीले सम्हाले एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी

    अधिकारीले सम्हाले एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी

    काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा. भीष्म अधिकारीले पदभार ग्रहण गरेका छन् । उनलाई शुक्रबार महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव कमरेड शेरबहादुर तामाङलगायतले स्वागत गरेका थिए ।

    एमालेको हालै बसको केन्द्रीय कमिटी बैठकले अधिकारीलाई कार्यालय सचिवको जिम्मेवारी दिएको थियो । यसअघि शेरबहादुर तामाङ कार्यालय सचिव थिए ।

  • एमाले केन्द्रीय कार्यालय च्यासलमा, तीन महिनाभित्र सारिने

    एमाले केन्द्रीय कार्यालय च्यासलमा, तीन महिनाभित्र सारिने

    काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय कार्यालय तुल्सीलाल स्मृति भवन, च्यासलबाट सञ्चालन हुने भएको छ। हालै बसेको दुई दिने केन्द्रीय कमिटी बैठकले त्यसका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानसँग ५ वर्षको गरेको छ।

    हाल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सन्चालन हुँदै आएको छ। बल्खुस्थित निर्माणधीन पार्टी कार्यालय संचालनमा आउने बेलासम्मका लागि च्यासल रोजिएको हो। तुल्सीलाल भवनको मर्मत गरी ३ महिनाभित्र सबै कार्यालय सारिने बताइएको छ ।

    कार्यालयलाई आधुनिक सूचना प्रविधिमैत्री तुल्याउन केन्द्रीय कार्यालयमा ७ सदस्यीय सूचना प्रविधि प्राविधिक (आइटी) टिमको व्यवस्था समेत गरिएको छ।

    उक्त टिममा अस्गर अलि, शालिग्राम पराजुली, सुरज अधिकारी, फर्सुराम खनाल, तेजप्रसाद धमला, श्यामसुन्दर भट्टराई र सुजन महर्जन रहेका छन्।

    यो टिमले पार्टीको आफ्नै सूचना प्रणाली व्यवस्थापन कार्य (एमआइएस) खडा गरी सदस्यता, लेखा र सूचना प्रवाहकोकाममा प्राविधिक सहयोग गर्नेछ।

  • सेयरकारोबारीले चन्दा दिएन होला, प्रचण्डले साम्राज्यवादको रूप भनिदिए : ओली (भिडियो)

    सेयरकारोबारीले चन्दा दिएन होला, प्रचण्डले साम्राज्यवादको रूप भनिदिए : ओली (भिडियो)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयरबजारबारे प्रचण्डले गरेको टिप्पणीको खण्डन गरेका छन् । कुन सेयर कारोबारीले चन्दा नदिएकाले प्रचण्डले पुँजीबजारविरुद्ध बोलेको उनको आरोप छ ।

    ‘प्रचण्डले सेयरबजारका बारेमा बडो क्रान्तिकारी भएर बोलेछन्, साम्राज्यवाद विकसित भएपछि सेयरबजारमा जान्छ भनेछन्,’ पार्टीद्वारा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘लेनिनभन्दा दुई कदमअघि बढेर नयाँ सिद्दान्त ल्याए छन् । कुन सेयर कारोबारीले चन्दा दिएन छन्, अनि त्यसविरुद्ध बोले । न रहे बाँस, नबजे बाँसुरी ।’

    लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए । प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिएको ओलीको भनाइ छ ।

    ‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन । कुन सेयर कारोबारीले चन्दा दिएन होला । अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए’, ओलीले भने ।

  • ओलीको दाबी- प्रचण्ड र ज्ञानेन्द्रबीच सहमतिमा माघ १९ को उपद्रो भएको थियो (भिडिओ)

    ओलीको दाबी- प्रचण्ड र ज्ञानेन्द्रबीच सहमतिमा माघ १९ को उपद्रो भएको थियो (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएर माघ १९ को घटना भएको दाबी गरेका छन् ।

    बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सपथ गराउने कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

    ‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो,’ ओलीको भनाइ थियो, ‘के सहमति भएको थियो, कसका विरुद्ध सहमति भएको थियो ? त्यो प्रचण्ड र ज्ञानेन्द्रले भन्नुपर्‍यो नि ।’

    १९ माघमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै दलहरूमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरू गरेका थिए । ओलीले त्यही सहमतिपछि ज्ञानेन्द्रले माओवादीको बिनाकुनै अवरोध अभिनन्दन कार्यक्रम गर्न पाएको बताएका छन् ।

    ओलीको प्रश्न छ, ‘त्यही सहमतिपछि अभिनन्दन कार्यक्रम चलाइयो । हामी रुकुम, रोल्पा जान नसक्ने, ज्ञानेन्द्र खुलुमखुल्ला जान सक्ने कसरी भयो ?’

    ओलीले सेयर कारोबारीले चन्दा नदिएकाले प्रचण्डले सेयरबजारबारे टिप्पणी गरेको आरोप समेत लगाएका छन्। ‘प्रचण्डले सेयरबजारका बारेमा बडो क्रान्तिकारी भएर बोलेछन्, साम्राज्यवाद विकसित भएपछि शेयरबजारमा जान्छ भनेछन्,’ ओलीको भनाइ छ, ‘लेनिनभन्दा दुई कदमअघि बढेर नयाँ सिद्दान्त ल्याए छन् । कुन सेयर कारोबारीले चन्दा दिएन छन्, अनि त्यसविरुद्ध बोले । न रहे बाँस, नबजे बाँसुरी ।’

    ‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए । प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’ ओलीले भने,‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन। कुन सेयर कारोबारीले चन्दा दिएन होला। अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए ।’

    ओलीले नेपाली कांग्रेसलक्षित टिप्पणी पनि गर्न छुटाएनन् । उनले जहिले पनि नेपाली कांग्रेसले गलत तत्वसँग साँठगाँठ गरेको आरोप लगाए ।

    ‘नेपाली कांग्रेसले अहिलेसम्म खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी परिवर्तनकारीका विरुद्धमा उभिने गर्‍यो,’ उनको भनाइ छ, ‘यो पहिलोदेखि अहिलेसम्म भएको छ । नेपाली कांग्रेसले प्रतिगामीहरूसँग साँठगाँठ गर्ने काम छोडोस् ।’

  • एमालेका मनोनीत केन्द्रीय सदस्यले लिए सपथ (तस्बिरहरू)

    एमालेका मनोनीत केन्द्रीय सदस्यले लिए सपथ (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले सपथ लिएका छन् । १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकले ४४ जना केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठान भवनमा एक कार्यक्रमका बीच अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको सपथ गराए ।

    मंसीर २५ र २६ गते बसेको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्णबैठकले उनीहरूलाई केन्द्रीय कमिटी बैठकमा मनोनीत गरेको थियो ।

    एमालेले १०औं राष्ट्रिय महाधिवेशन मंसीर ११ देखि १३ चितवनमा भएको थियो ।

    तस्बिरहरू : उमेश कार्की । 

  • सभामुखलाई ओलीको चेतावनी- नियम देखाएर नधम्क्याए हुन्छ, नाङ्लो ठटाएर हात्ती तर्सिँदैन

    सभामुखलाई ओलीको चेतावनी- नियम देखाएर नधम्क्याए हुन्छ, नाङ्लो ठटाएर हात्ती तर्सिँदैन

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले ऐन र नियमका दफा देखाएर आफ्ना पार्टीका सांसदहरूलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई चेतावनी दिएका छन् ।

    मंगलबार संसदीय दलको बैठकमा बोल्दै दलका नेतासमेत रहेका ओलीले संसदमा एमाले सांसदहरूले विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाएका हुन् । धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न उनलाई सभामुखलाई चेतावनी दिए ।

    ओलीले भने, ‘फेयर गराउन हामी बाध्य गराउँछौँ । संसद पनि फेयरल्ली चलाउनुपर्छ । त्यसैले नियमावली आकर्षित हुन्छ ? संसदीय भाषा, नियमावली आकिर्षित हुन्छ, कहाँ कहाँ नियमावली आकर्षित हुन्छ ? त्यसो भनेर धम्की दिने जमाना थियो होला, अब नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन । निकाल्छु भन्नेहरुलाई कारवाही गर्छु भन्नेहरूलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरूलाई, म आवेग, उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेग उत्तेजनामा नआउनुस् । परिणाम नराम्रो होला ।’

  • प्रतिनिधिसभाको बैठक सकियो, एमाले अवरोधबीच ६ अध्यादेश पेस

    प्रतिनिधिसभाको बैठक सकियो, एमाले अवरोधबीच ६ अध्यादेश पेस

    काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवशेनको पहिलो बैठक छोटो समय बसेर सकिएको छ । बैठक सुरू हुनसाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध गरेको थियो । अर्को बैठक पुस ६ गते बस्ने भएको छ ।

    जनप्रतिनिधिमुलक थलोमा अवरोध नगर्न सभामुख अग्निप्रसाद सापकोटाले आग्रह गरे पनि एमाले सांसदहरूले नाराबाजी कायम राखे ।

    एमाले अवरोधबाट पछि नहटेपछि अवरोधका बीच सभामुखले बैठकलाई अघि बढाए । एमाले विरोधबीच पहिलो बैठकमा विभिन्न ६ अध्यादेश पेस भएका छन् । संसदमा पेस भएका अध्यादेशहरुमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेस भए ।

    त्यस्तै रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पनि बैठकमा पेस भए ।

    प्रतिनिधिसभाको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने सम्बन्धी प्रस्तावलाई पनि सभामुखले अघि बढाए।

    विभाजित भएर गएको दल एकीकृत समाजवादी अवैधानिक भएको र त्यसमा सभामुख सापकोटा सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । एमाले विभाजन भएयता चलेको संसदका सबै बैठकमा एमालेले अवरोध गरेको थियो ।

  • एमसीसी संसदमा पेस भएपछि मात्रै एमालेले धारणा बनाउने

    एमसीसी संसदमा पेस भएपछि मात्रै एमालेले धारणा बनाउने

    काठमाडौं । नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे संसद पेस भएपछि मात्रै धारणा बनाउने भएको छ । संसदको हिउँदे अधिवेशन सुरू हुनुअघि बानेश्वरमा बसेको एमाले संसदीय दलको बैककमा अध्यक्ष केपी शर्मा ओली र उपनेता सुवास नेम्वाङले सम्बोधन गरेका थिए ।

    प्रमुख सचेतक विशाल भट्टराईका अनुसार दुवैजनाले एमसीसीबारे कुनै धारणा राखेनन् । एमसीसी सदनमा टेबुल भएपछि मात्रै धारणा बनाउने सहमति बैठकमा भएको भट्टराईले जानकारी दिए । अमेरिकाले छिटो निर्णयमा पुग्न दबाब दिइरहेका बेला सुरू भएको हिँउदे अधिवेशनमा एमसीसी पेस हुने ठानिएको छ ।

    त्यस्तै बैठकले दुई प्रस्तावसमेत पारित गरेको छ । पहिलो प्रस्तावमा महाधिवेशन सफल पार्न लागि पर्ने सबै र सहभागिताका जनसमुदायलाई धन्यवाद दिएको र दोस्रोमा महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई दिइएको छ।

    बैठकले संसद अरोधलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । अवरोधमा यसअघि तय भएकै नारा लगाइने भट्टराईले जानकारी दिए ।