Tag: नेकपा एमाले

  • एमालेका १६ विभागले पाए पूर्णता, माधव पक्षलाई ठाउँ खाली (सूचीसहित)

    एमालेका १६ विभागले पाए पूर्णता, माधव पक्षलाई ठाउँ खाली (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले १६ वटा विभागमा प्रमुख र सदस्यहरू मनोनयन टुंगो लगाएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले पठाएको अन्तरपार्टी निर्देशनमा १६ वटा विभागका सदस्यहरुको नामावली पठाइएको छ ।

    माधव नेपाल पक्षका लागि केही सदस्य खाली राखेर विभागलाई पूर्णता दिएको एमालेले जनाएको छ । एमालेका विभागमा समेटिएकाहरुको नामावली यस प्रकार छ ।

     

  • परमादेशबाट लुटिएको जनादेश चुनावले फिर्ता गराउनेछः शंकर पोखरेल

    परमादेशबाट लुटिएको जनादेश चुनावले फिर्ता गराउनेछः शंकर पोखरेल

    काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले आउने चुनावले ‘परमादेशबाट लुटिएको जनादेश फिर्ता गर्ने’ दावी गरेका छन् । लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै भएको उनको टिप्पणी छ ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले सो दावी गरेका हुन् । विपक्षीहरु परमादेशबाट सरकारमा पुगेको भन्दै उनले कटाक्ष गरेका छन् ।

    पोखरेलले लेखेका छन्, ‘नेपाली राजनीति केपी ओली पक्ष र विपक्षमा विभाजित छ । परमादेशवाट विपक्षीहरु सरकारमा पुगेका छन् । तर आउने चुनावले परमादेशवाट लुटिएको जनादेश अवश्य फिर्ता गराउनेछ । किनकि लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै हो ।’

  • एमाले एकताबारे भीम रावल र ईश्वर पोखरेलबीच छलफल

    एमाले एकताबारे भीम रावल र ईश्वर पोखरेलबीच छलफल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । पार्टीको आन्तरिक एकतालाई सवल बनाउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

    पोखरेल निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने धारणा राखेका छन् ।

    महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरूसँग निरन्तर संवाद गर्दै आएको उनका प्रेस संयोजक गणेश पाण्डेले बताए । प्रतिनिधिसभाको विघटन, सर्वोच्च अदालतको पुनःस्थापनाको फैसला र नयाँ सरकारलाई समर्थनजस्ता विषयमा एमालेभित्र मतभेद छ ।

    अध्यक्ष केपी शर्मा ओली नसच्चिएसम्म मिल्न नसकिने बताउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खोल्नसक्ने चर्चा भइरहँदा माधव पक्षकै केही नेता भने पार्टी एकतामा जोड दिइरहेका छन् ।

  • अजय शाहीको जिकिर – म स्वतन्त्र सांसद हुँ, एमालेको ह्वीप लाग्दैन

    अजय शाहीको जिकिर – म स्वतन्त्र सांसद हुँ, एमालेको ह्वीप लाग्दैन

    रूपन्देही । लुम्बिनीमा गठबन्धनलाई साथ दिएर मन्त्री बनेका अजय शाहीले आफू स्वतन्त्र सांसद भएको भन्दै एमालेको ह्वीप नलाग्ने जिकिर गरेका छन् ।

    सूर्य चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद शाहीलाई नेकपा एमाले प्रदेश कमिटीले स्पष्टीकरण सोधेर कारवाही प्रक्रिया अघि बढाएको थियो । एमालेले बहिष्कार गरेको प्रदेशसभाको विशेष अधिवेशनमा उपस्थित शाही ४ दलीय गठबन्धनको सरकारमा विनाविभागीय मन्त्री बनेका छन् ।

    ‘म नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र १ ‘ख’ बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सभा सदस्य हुँ । म आवद्ध रहेको स्वतन्त्र राजनीतिक समूह र तत्कालीन नेकपा (एमाले) बीच भएको २ दुई बुँदे सम्झौता सहमती अनुसार मैले सूर्य चुनाव चिन्ह प्रयोग गरेर स्वतन्त्र रुपमै निर्वाचनमा होमिएर निर्वाचित भएको सबैमा जानकारी गराउँदछु’, विज्ञप्तिमार्फत शाहीले भनेका छन्, ‘मैले नेकपा (एमाले) पार्टीको सदस्यता लिएको छैन । तसर्थः मलाई राजनैतिक पार्टीको व्हीप लाग्दैन ।’

    स्वतन्त्र सांसदलाई कुनै पार्टीको ह्वीप नलाग्ने दावी गर्दै उनले प्रदेशका जनताप्रति उत्तरदायी भएर काम गर्नेसमेत बताएका छन् ।

  • माधव पक्षबिनै अघि बढ्यो नुवाकोट एमाले, कसलाई के जिम्मेवारी (सूचीसहित)

    माधव पक्षबिनै अघि बढ्यो नुवाकोट एमाले, कसलाई के जिम्मेवारी (सूचीसहित)

    काठमाडौं । माधव नेपाल पक्ष पार्टीका नियमित काममा नफर्किएपछि नेकपा एमाले नुवाकोटले जिल्ला नेताहरूको कार्य विभाजन गरेर एकतर्फीरूपमा पार्टीको संगठनात्मक गतिविधि अघि बढाएको छ ।

    शनिबार बसेको एमाले जिल्ला कमिटी बैठकले २६ वटा विभागसहित जनवर्गीय संगठन र स्थानीय तहको नेतृत्व चयन गरेको छ । जिल्ला अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा बसेको बैठकमा वागमती प्रदेशका सहइन्चार्ज काशिनाथ अधिकारी र वागमती प्रदेशका आन्तरिक मामिला मन्त्री केशवराज पाण्डेसमेत उपस्थित थिए ।

    बैठकले पार्टीका सबै संरचनाहरूको पुनर्गठन गरेको प्रचार विभाग प्रमुख माधवप्रसाद तिवारीले बताएका छन् । नयाँ जिम्मेवारी यस प्रकार छन् ।

  • रुपन्देहीमा एमालेका बेग्ला बेग्लै बैठक- सदस्यता नवीकरण साझा एजेण्डा

    रुपन्देहीमा एमालेका बेग्ला बेग्लै बैठक- सदस्यता नवीकरण साझा एजेण्डा

    रुपन्देही । रुपन्देहीमा नेकपा एमालेको संस्थापन समूह र नेपाल समूहको अलग-अलग बैठक बसेको छ । संस्थापन पक्षको बैठकबारे सूचना पाएपछि समानान्तर कमिटी बनाएको नेपाल समूहले पनि एउटै दिनमा बैठक आव्हान गरेको हो । संस्थापन पक्षको बैठक रुपन्देहीको मणिग्राममा सम्पन्न भएको छ ।

    वैठकले जिल्लामा जारी पार्टी सदस्यता नवीकरण अभियान साउन मसान्तसम्म सम्पन्न गर्ने, भदौ २७ र २८ गते हुने विधान महाधिवेशनका लागि पालिका तथा शाखा तहबाट सुझाव संकलन गर्ने र कार्ययोजना बनाएर आगामी असोज ३ गते वडा कमिटी तथा असोज ९ गते पालिका कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको पार्टी सहसंयोजक तेजेन्द्र केसीले जानकारी दिएका छन् ।

    बैठकलाई लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले सम्बोधन गर्दै पार्टी अबका दिनमा सुदृढ र गतिशिलताका साथ अघि बढ्ने बताउँदै पार्टी जीवनमा देखिएका असहजतालाई अवसरको रुपमा उपयोग गरी अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

    वैठकमा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज दधिराम न्यौपाने, पार्टीका प्रदेश कमिटी सदस्य तथा भूमि आयोग रुपन्देहीका संयोजक बलबहादुर आचार्य, अखिल नेपाल किसान संघका स्थायी कमिटी सदस्य कविराम अर्याल, जिल्ला सहसंयोजक तेजेन्द्र केसी, जिल्ला सचिवालय सदस्य नरबहादुर थापा, मोहन चापागाई, जिल्ला सदस्यहरु प्रकाश अर्याल, नरबहादुर घर्ति, खेमराज गुरुङ, चोपलाल आचार्यलगायत बोलेका थिए ।

    बैठक पार्टीका जिल्ला संयोजक शिवराज सुवेदीको अध्यक्षता र जिल्ला सचिव अनुप बरालको सञ्चालनमा भएको थियो ।

    माधव पक्षको मेरिगोल्डमा

    नेकपा एमाले रूपन्देही माधव नेपाल समूहको बैठक बुटवलको होटल मेरीगोल्डमा सम्पन्न भएको छ । सो समूहका जिल्ला अध्यक्ष राजु गुरूङको अध्यक्षता र पोलिटव्युरो सदस्य डा. विजय पौडेलको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ति, केन्द्रीय सल्लाहकार रामचन्द्र भट्टराई, प्रदेश कमिटी नन्दीकेशर ढकाल, छत्रबहादुर खत्री, बालकृष्ण चापागाईलगायतको सहभागिता रहेको थियो ।

    बैठकले पार्टी सदस्यता नवीकरण र पार्टी सदस्य आवेदन भदौ मसान्तसम्म सम्पन्न गर्न मातहत कमिटीलाई निर्देशन गरेको छ । यसैगरी बैठकले जिम्मेवारी विभाजन पनि गरेको छ ।

    भदौ १५ भित्र पालिकास्तरमा जबसको कमिटी निर्माण, भदौ मसान्तसम्म शाखा तहको कमिटी गठन, पुनर्गठनअघि बढाउने बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख सिद्धचरण भट्टराईले जनाएका छन् ।

    बैठकले पार्टी केन्द्रलाई सुझाव दिँदै २/२ पटक प्रतिनिधि सभा विघटन, नेकपा विभाजन र एमालेभित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएको भट्टराईले जनाएका छन् ।

  • अफगानिस्तानका नेपाली फर्काउन पहल नगरेको भन्दै एमालेद्वारा सरकारको आलोचना

    अफगानिस्तानका नेपाली फर्काउन पहल नगरेको भन्दै एमालेद्वारा सरकारको आलोचना

    काठमाडाैं । नेकपा एमालेले अफगानिस्तानमा रहेका नेपाली नागरिक स्वदेश फर्काउन सरकारले पहल नगरेको भन्दै आलोचना गरेको छ ।

    एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले संसदबाट विपक्षीका तपर्ःबाट विषय उठाएके धेरै दिन भइसक्दा पनि सरकार अनुत्तरदायी बनेको आरोप लगाएका छन् ।

    भट्टराईले आफ्नो वक्तव्यमा भनेका छन्, ‘अफगानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन कुनै पहल गरिराखेको छैन। लोकतन्त्रमा सरकार यति गैरजिम्मेदार र अनुत्तरदायी हुन मिल्छ ? कि परमादेशबाट आएकालाई मिल्छ ?’

    भट्टराईले अन्य मुलुकहरुले आफ्ना नागरिक फर्काउन थालिसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । यसअघि एमालेको तर्फबाट संसदमा खगराज अधिकारीले यो विषय उठाएका थिए ।

    अफगानिस्तानको राजधानी काबुलबाहेकका शहर तालिवान विद्रोहीको नियन्त्रणमा गइसकेका छन ।

  • आफ्नो संसदलाई मन्त्रीको सपथ खुवाएको भन्दै एमालेको आपत्ति

    आफ्नो संसदलाई मन्त्रीको सपथ खुवाएको भन्दै एमालेको आपत्ति

    रूपन्देही । लुम्बिनीमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो संसदीय दलको सदस्यलाई मन्त्रीको सपथ खुवाएको भन्दै प्रदेश प्रमुखको आलोचना गरेको छ ।

    सो पार्टीका लुम्बिनी अध्यक्ष लिला गिरीले विज्ञप्ति जारी गर्दै कानुन विपरीत प्रदेश प्रमुखले आफ्नो सदस्यलाई सपथ खुवाएको भन्दै आपत्ति जनाएका छन् ।

    अध्यक्ष गिरीले कानुन विपरीत विपक्षीको सहभागिता सरकारमा गराएको जनाएका छन् ।

    एमालेले आज सपथ लिएका अजय शाही र विमला वलीलाई आफ्नो संसद गन्दै आएको छ ।

  • विष्णु पौडेलको प्रश्न- दल विभाजन गर्ने अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ ? (भिडियो)

    विष्णु पौडेलको प्रश्न- दल विभाजन गर्ने अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ ? (भिडियो)

    काठमाडौं । पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश आउनेमा आशंका गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले ल्याएको श्वेतपत्रबारे टिप्पणी गर्दै उनले अध्यादेशबाट बजेट लाएकोमा प्रश्न उठाएकोमा असहमति प्रकट गरे ।

    ‘आर्थिक अवस्थाको जानकारी पत्रमा अध्यादेशबाट कानूनी बन्दोबस्त गर्ने संवैधानिक व्यवस्थालाई विरोध गरिएको छ,’ उनले भने, ‘ठीक छ, त्यसो भए यो सरकारको पालामा बजेटलगायत कुनै पनि विषयमा कहिल्यै पनि अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ ?’

    एमाले विवाद समाधानका लागि गठित विघटित कार्यदलका सदस्य समेत रहेका पौडेलले आफ्नो दल विभाजन गर्न सरकारले अध्यादेश ल्याउन सक्ने आशंका पनि व्यक्त गरे । उनको प्रश्न छ, ‘केही हप्ता, केही दिन भित्र राजनीतिक दल विभाजनका लागि अध्यादेश आउँदैन भनेर विश्वास गर्दा हुन्छ सभामुख महोदय ?’

    एमाले संस्थापन पक्षका नेताहरूले वरिष्ठ नेता माधवकुमार नेपाललाई दल फुटाउन सहज हुनेगरी दल विभाजन गर्ने अध्यादेश ल्याउन लागेको दावी गर्ने गरेका छन् ।

  • ओलीलाई भेटेर विष्णु रिजालले १४ बुँदामा सम्झाए माधवसँग सहकार्यका फाइदा

    ओलीलाई भेटेर विष्णु रिजालले १४ बुँदामा सम्झाए माधवसँग सहकार्यका फाइदा

    काठमाडौं । नेकपा एमालेका युवा नेता विष्णु रिजाललले अध्यक्ष केपी ओलीसँग भेट गरेर पार्टीका अस्तित्व रक्षाका लागि समेत वरिष्ठ नेता माधवकुमार नेपालसँग मिल्न सुझाव दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफ्ना कुरा राखेको भन्दै रिजालले विभिन्न १४ बुँदामा ओली-नेपाल सहकार्यका प्रसंग र फाइदाबारे उल्लेख गरेका छन् ।

    ‘आजको नेकपा एमाले मुलतः कमरेड माधवकुमार नेपाल र कमरेड केपी ओलीबीचको सहकार्यको परिणाम हो’ रिजालको भनाइ छ , ‘इतिहासका कठिन र सहज दुवै मोडहरूमा उहाँहरू दुईजना एकै ठाउँमा उभिने गर्नुभएको छ । अरु नेताहरूका पनि योगदान छन् तर मूलरूपमा उहाँहरु दुईजना ठाउँमा उभिँदा एमालेको जुन भाष्य, छवि र विम्ब बन्यो, त्यो नै एमालेको पहिचान बनेको छ । अध्यक्ष कमरेडलाई भेटेर नै मैले आफ्ना कुरा राखेको छु ।’

    ओली-नेपाल सहकार्यका प्रसंगमा यस्तो छ रिजालको १४ बुँदा

  • एमाले स्कूल विभागले फिर्ता माग्यो तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन

    एमाले स्कूल विभागले फिर्ता माग्यो तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय पार्टी स्कूल विभागले ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन विभागलाई हस्तान्तरण गर्न अनुरोध गरेको छ । बुधबार पार्टी अध्यक्ष तथा विभागका प्रमुख केपी शर्मा ओलीको अध्यक्षतामा बाल्कोटमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो।

    ‘तुल्सीलाल प्रतिष्ठानमा रहेको केन्द्रीय पार्टी स्कुल हाल नेकपा (एमाले) वागमती प्रदेश कमिटीले कार्यालयका रूपमा प्रयोग गर्दै आएको हुँदा सो स्थान यथाशक्य चाँडो पार्टी स्कूललाई उपलब्ध गराउन वागमती प्रदेश कमिटीलाई अनुरोध गर्ने निर्णय गरेको छ,’ निर्णयमा भनिएको छ।

    हाल एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठकहरू सोही भवनमा हुने गरेका छन् ।

    त्यस्तै बैठकले विभागका सचिव ईश्वरी रिजालद्वारा प्रस्तुत प्रशिक्षण पाठ्यक्रमलाई विभागका सदस्यहरूले अध्ययन गरी तीन दिनभित्र आफ्ना सुझाव प्रस्तुत गर्न समय दिने निर्णय गरेको छ।

    प्राप्त सुझावका आधारमा रामबहादुर थापा, शंकर पोखरेल, प्रदीप ज्ञवाली र ईश्वरी रिजालले उक्त पाठ्यक्रमलाई परिस्कृत गरी प्रमुखसमक्ष प्रस्तुत गर्ने र पाठ्य सामाग्री तयार पारी नियमित स्कूल सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

  • युवा संघ सुर्खेत कार्यसमितिले पूर्णता पायो

    युवा संघ सुर्खेत कार्यसमितिले पूर्णता पायो

    सुर्खेत । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले आफ्नो संगठन सुदृढीकरण अभियान सुरु गरेको छ । केन्द्रमा दुई गुटबीच विवाद जारी रहेको समयमा युवा संघले बुधबार सुर्खेत जिल्ला कमिटीलाई पूर्णता दिएको हो ।

    केन्द्रीय सचिवालय सदस्य कमल खड्का ‘जुनी’ को नेतृत्वमा ३५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ। यसमा केहि संख्या मनोनित गर्न बाँकी रहेको युवा संघ सुर्खेतले जनाएको छ ।

    नयाँ कमिटिमा कमिटिको वरिष्ठ उपाध्यक्षमा वासुदेव आचार्य, उपाध्यक्षमा विक्रम विक, अमृत बुढाहोमबहादुर रामजाली, समिर शाही र कटक शाही रहेका छन् । यस्तै सचिवमा डम्मर राना नियुक्त भएका छन् ।

    युवा संघको सचिवालयमा ३१ सदस्यीय बनाइएको छ भने त्यसकालागि तत्काल १६ सदस्य छनौट भएका छन् भने १५ जनालाई केहि दिनमा नै मनोनित गरिने छ ।

    सुर्खेतका सबै स्थानीय तहमा अध्यक्ष र सचिवको जिम्मेवारी पनि युवा संघले तोकिसकेको छ । स्थानीय तहका इन्चार्ज भने सचिवालयको वैठकले तोक्ने अध्यक्ष खड्काले बताए । जिल्ला इन्चार्ज केन्द्रले तोक्ने भएका कारण त्यसकालागि सिफारिस लेखि पठाउने निर्णय गरिएको उनको भनाई थियो ।

    उनले युवा संघ सुर्खेत अब कसैकालागि कुरेर नबस्ने प्रतिक्रिया दिए । ‘अब हामी हाम्रो संगठनलाई विस्तार गर्दै अघि बढछौं । युवा संघ केन्द्रको नीति अनुसार हरेक स्थानीय तहमा संगठन विस्तार, सुदृढीकरण र भेलाका कार्यक्रमहरु अघि बढाउँछौं,’ अध्यक्ष खड्काले भने, ‘केन्द्रको संघर्षकै भरमा परेर हामी कुर्ने वाला छैनौं । आउने साथीहरुलाई हामीले समेटेर लिएका छौं ।’

    युवा संघ एमालेको सम्पत्ति भएको बताउँदै कसैलाई पनि गुटका आधारमा नहेरी क्षमताका आधारमा जिम्मेवारी दिइने उनको दावी छ ।

  • घर झगडाको असरः एमालेका तीन सरकार ढले, दुई अवसर गुमे

    घर झगडाको असरः एमालेका तीन सरकार ढले, दुई अवसर गुमे

    काठमाडौं । पार्टी विवादको असरले एकपछि अर्को धक्का खेपिरहेको एमालेले आज लुम्बिनी सरकार गुमाएको छ । अविश्वासको प्रस्ताव पारित हुने अवस्था देखिएपछि मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरिसकेका छन् । यससँगै प्रदेशमा एमाले नेतृत्वको दोस्रो सरकार ढलेको छ ।

    तीन वर्षअघि आरामदायी बहुमतसहितको संघीय सरकारको नेतृत्व गर्दैगर्दा तत्कालीन एमालेले प्रदेशमा पनि चार सरकारको नेतृत्व पाएको थियो । अन्य दुई प्रदेश सरकार भने वाम गठबन्धनको अर्को सहयात्री दल माओवादी केन्द्रले पाएको थियो ।

    चुनावपछि एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट (नेकपा) पार्टी बन्यो । तर, नेकपाभित्रको आन्तरिक किचलोले तीन वर्षपछिको अवस्था भने निकै फरक छ । सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ । नेकपाभित्रको विवाद पुन:स्थापित एमालेमा पनि स्थानान्तरण भएको छ ।

    मुलतः यही आन्तरिक घरझगडका कारण एमाले अध्यक्ष केपी शर्मा ओली संघीय सरकारको नेतृत्वबाट हट्नु परेको छ । २८ असारमा सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली बाहिरिनु परेको हो ।

    सदनमा विश्वासको मत गुमाएर सरकार ढलेपछि पृथ्वीसुब्बा गुरुङले केन्द्रमा पार्टीभित्रको विवादका कारण आफू बाहिरिनु परेको कुरालाई सांकेतिकरूपमा व्यक्त गरेका थिए । काठमाडौंमा पानी पर्दा पोखरामा छाता ओढिएको उनको टिप्पणी थियो ।

    एमालेभित्रकै असन्तुष्ट पक्षले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट हालेपछि त्यसको फैसला गर्दै अदालतले ओलीलाई सरकारबाट विस्थापन गरेको थियो । जबकि नेकपालाई पूरा पाँच वर्ष सरकार चलाउने ‘म्याण्डेड’ थियो ।

    ओलीको बहिर्गमनपछि पनि एमालेको सत्ता गुम्ने सिलसिला भने रोकिएको छैन । संघमा सत्ता गुमेसँगै एमालेले दुई प्रदेश सरकार गुमाएको छ भने दुई ठाउँमा सरकार गठनको अवसर गुमाएको छ ।

    आफ्नै दलका दुई सांसदको राजीनामा र एकले दल परिवर्तन गरेका कारण पोखरेल अप्ठ्यारोमा थिए । आफूविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव पारित हुने अवस्था देखेपछि पोखरेलले त्यसको सामना नगरी राजीनामाको बाटो रोजेका हुन् ।

    पोखरेल २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई दल (एमाले र माओवादी केन्द्र) को समर्थनसहित उनी मुख्यमन्त्री बन्दा निकै सहज थियो । तर, पार्टीभित्रको विवादले उनको सरकारलाई पनि असर गर्‍यो ।

    नेकपामा आएको विभाजन र एमालेमै रहेको विवादका कारण पोखरेलले १९ वैशाख २०७८ मा पनि राजीनामा दिएका थिए । त्यतिबेला पनि उनले आफूविरुद्धको अविश्वास प्रस्तावको सामना नगरी राजीनामाको बाटो रोजेका थिए । तर, उनी बिहानै राजीनामा दिएर सोही दिन अबेर संविधानको धारा १६८ को उपधारा १ बमोजिम पुनः मुख्यमन्त्री नियुक्त भएका थिए ।

    आफ्नो कार्यकालमा निकै चुनौतीपूर्ण रहेको प्रदेशको राजधानी निर्धारण गर्ने विषयलाई कुशलतापूर्वक टुंग्याएका र बजेट खर्चमा तुलनात्मकरूपमा सफलता पाएका कारण उनको प्रशंसा पनि भएको थियो । संघीयता कार्यान्वयनका दृष्टिले अन्य प्रदेशका मुख्यमन्त्रीभन्दा तुलनात्मकरूपमा सफल मानिएका थिए पोखरेल ।

    लुम्बिनीमात्रै होइन, गण्डकीमा पनि एमाले सरकारबाट बाहिरिनुपरेको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएपछि त्यहाँको सरकार ढल्यो । २७ जेठमा प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० मत परेको थियो । ३० दिनभित्र विश्वासको मत लिने प्रावधान अनुसार ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत नपाएपछि गुरुङ बाहिरिनुपरेको थियो ।

    गुरुङले केन्द्रमा पार्टीभित्रको विवादका कारण आफू बाहिरिनु परेको कुरालाई सांकेतिकरूपमा व्यक्त गरेका थिए । काठमाडौंमा पानी पर्दा पोखरामा छाता ओढिएको उनको टिप्पणी थियो ।

    दुई प्रदेश सरकार बदल्ने प्रयासमा पनि एमाले यसबीचमा असफल भयो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने प्रयासमा एमालेकै चार सांसद बाधक बनेका थिए । ३ बैशाख २०७८ मा विश्वासका मत लिँदा एमालेका ४ सांसदले ‘फ्लोर क्रस’ गरी मतदान गरेपछि शाहीको सरकार जोगिएको थियो ।

    एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको सरकार बदल्ने प्रयासमा एमालेका माधव नेपाल पक्षका प्रदेश सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा बाधक बनेका थिए ।

    उता सुदूरपश्चिममा पनि सरकार बदल्ने एमालेको प्रयास सफल हुन सकेन । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि एमाले भित्रको घरझगडाकै कारण सानो दलको नेता हुँदाहुँदै विश्वासको मत पाउने अवस्था बन्यो । २५ जेठ २०७८ मा भएको मतदानमा भट्टले ३० मत पाएका थिए ।

    एमाले केन्द्रले भट्टका विपक्षमा मतदान गर्न निर्देशन दिए पनि नेपाल पक्षका १७ जना सांसदले त्यसको उल्लघंन गर्दै पक्षमा मतदान गरेपछि भट्टको सरकार जोगिएको थियो । एक्लै बहुमतमा हुँदाहुँदै पनि पार्टीभित्रको कलहका कारण एमालेले त्यहाँ पनि प्रदेश सरकारको नेतृत्व गर्ने मौका गुमायो ।

  • एमाले एकताको पक्षमा लागेका नेतालाई बदनाम गराउन खोजिँदैछ : भीम आचार्य

    एमाले एकताको पक्षमा लागेका नेतालाई बदनाम गराउन खोजिँदैछ : भीम आचार्य

    काठमाडौं । नेकपा एमालेका सचिव भीम आचार्यले पार्टी एकताको कुरा गर्नेहरूमाथि आक्रमण गर्ने र अनेक आरोप लगाएर बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् ।

    माधव नेपाल समूहबाटै वार्ताकार नेताहरूका नियतमाथि प्रश्न उठाएर केपी ओलीसँग आत्मसमर्पण गरेको आरोप लागिरहेका बेला आचार्यले त्यस्ता आक्रमण र बदनामी गराउने प्रयासबाट हतोत्साहित नहुने बताएका छन् ।

    आचार्यले एमाले एकताको पक्षमा ८ बुँदे अपिल जारी गर्दै असार २७ गते भएको १० बुँदे सहमति सम्माजनक पार्टी एकताको मुख्य आधार हो भनेका छन् । उनले छलछाम र जालझेल नगरी १० बुँदे सहमतिलाई टेकेर समस्या हल गर्न सकिने बताएका छन् ।

    आचार्यले एमालेका दुवै पक्षमा एकताविरोधी तत्व रहेको भन्दै देशी विदेशी प्रतिक्रियावादी, एमाले फुटाएर सत्तामा जान लालायित भएका प्रतिस्पर्धी शक्तिहरूले एमाले फुटाउने प्रयत्न गरिरहेको आरोप लगाएका छन् ।

    आचार्यले फागुन २८ बाट शुरू भएको ओली पक्षको गतिविधि र त्यसको विरुद्ध माधव नेपाल पक्षले गरेका काम कारवाही, सर्त, माग र गतिविधिहरू विभाजनकै पक्षमा प्रकट भइरहेको आशंका गरेका छन् ।

  • लुम्बिनी प्रदेशसभाकाे विशेष अधिवेशन बहिष्कार गर्ने एमालेकाे संकेत

    लुम्बिनी प्रदेशसभाकाे विशेष अधिवेशन बहिष्कार गर्ने एमालेकाे संकेत

    रूपन्देही । लुम्बिनी प्रदेशसभामा आजका लागि आह्वान गरिएको विशेष अधिवेशन अन्योलमा देखिएको छ । सत्तारुढ दल नेकपा एमालेले अधिवेशन आह्वानकाे प्रक्रियामा प्रश्न उठाउँदै अवरोध गर्नसक्ने संकेत देखाएको छ ।

    आज विहान बसेको एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै प्रमुख सचेतक भूमिश्वर ढकालले विशेष अधिवेशन चल्न दिने नदिने बारेको सम्पूर्ण निर्णय गर्ने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई दिइएको जानकारी गराए ।

    प्रदेश प्रमुख र प्रदेशसभाले विधि र प्रक्रिया विपरित संसद अधिवेशन आह्वान गरेको बताउँदै ढकालले आजको बैठक चल्न नचल्ने बारे केही भन्न नसकिने अवस्थामा रहेको बताए ।

    ‘अहिलेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छैन, हामीलाई कुनै जानकारी गराइएको पनि छैन,’ ढकालले आजको संसद बैठक वहिस्कार हुनसक्ने संकेत गर्दै भने ।

  • लुम्बिनी एमाले संसदीय दलको बैठक शुरु

    लुम्बिनी एमाले संसदीय दलको बैठक शुरु

    रूपन्देही । लुम्बिनी प्रदेश सरकारको सत्तारुढ नेकपा एमाले संसदीय दलको बैठक मुख्यमन्त्री निवास बुटवलमा शुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनबाट आएको अविश्वासको प्रस्तावका विषयमा छलफल गर्न बोलाइएको बैठक मुख्यमन्त्री निवासमा शुरु भएको हो ।

    निवासमै मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषदको बैठक पनि बोलाएका छन् । संसदमा अल्पमतमा देखिएका मुख्यमन्त्री पोखरेलले संसदमा अविश्वासको प्रस्तावको सामाना गर्ने वा राजीनामा दिएर मार्ग प्रशस्त गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

    एमालेले बैठकबाट हुने निर्णयहरु भने साढे १२ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रवक्ता चौधरीले बताए । आज १ बजेबाट शुरु हुने प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव उपर छलफल हुँदैछ ।

    एमालेले साढे १२ सम्म निर्णय सार्वजनिक नगर्नुमा सर्वोच्चबाट अन्तरिम आदेश आईहाल्ने अपेक्षा पार्टीले गरिरहेको एमालेका एक नेताले बताए ।

  • आक्रामक ओलीः संसदमा प्रतिपक्षी नेताको आभास !

    आक्रामक ओलीः संसदमा प्रतिपक्षी नेताको आभास !

    काठमाडौं । प्रधानमन्त्रीबाट बहिर्गमन भएयता पहिलोपटक केपी ओलीले मंगलबार संसद बैठकमा भाषण गरे । तीन वर्षपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले रोष्ट्रममा बोल्न उभिँदा उनीसँग थियो, वर्तमान सरकारले हालै सार्वजनिक गरेको साझा कार्यक्रमको दस्तावेज ।

    ओलीको भाषण यही दस्तावेजको सेरोफेरोमा थियो । उनले साझा कार्यक्रमको केस्रा-केस्रा केलाएर सरकारमाथि प्रहार गरे । त्यसो त उनको प्रहारको निशानामा वर्तमान सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा मात्रै थिएनन्, सत्तारुढ गठवन्धनका सबै मुख्य पात्रहरूलाई उनले पालैपालो हिर्काएका थिए ।

    ओलीले छुन बाँकी कुनै विषय थिएन । उनले जनयुद्धका घाइतेदेखि क्यान्टोनमेन्टको भ्रष्टाचारसम्म र एमसीसीदेखि कालापानी-लिपुलेकसम्मका कुरा उप्काए । नाम कसैको नलिए पनि उनको मुख्य निशाना देउवा, प्रचण्ड, माधव नेपाल,उपेन्द्र-बाबुराम र सर्वोच्च अदालत थिए ।

    गौर हत्याकाण्डको विषय निकालेर उपेन्द्र यादवलाई र मातातीर्थको विषय निकालेर डा. बाबुराम भट्टराईलाई ओलीले तर्साउन खोजे । त्यस्तै ललिता निवासको कुरा उठाएर माधव नेपाल र बाबुराम दुवैमाथि उनले निशाना साँधे । यी विषय छानविन गर्न उनले चुनौती दिए ।

    आफ्नो स्वभाव र शैलीअनुसार लम्बेतान भाषण गरेका ओलीले कतै बोर हुने ठाउँ भने छाडेनन् । विषयहरूलाई अतिरञ्जना गरेर होस् वा मजाक बनाएर, गाली गरेर होस वा हँसाएर उनले संसदमा प्रतिपक्षको आभास दिलाएका छन् । उनको भाषणका कैयन सन्दर्भहरू समाचार लायक थिए ।

    ओलीले सत्तारुढ गठबन्धनले हालै सार्वजनिक गरेको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ लाई ‘सडकमा बाँडेको कागज’ भनेर उडाए । संसद अधिवेशन चलिरहेकै बेला सरकारको कार्यक्रम संसदभन्दा बाहिर सार्वजनिक गरिएकोमा उनको आपत्ति थियो ।

    ओलीले भने, ‘हामी सरकारमा छँदा अत्यावश्यक विषयवस्तुहरू अध्यादेशमार्फत ल्याएको बेला संसद छलेर यो ल्याइयो त्यो ल्याइयो भनेर खुबै विरोध हुन्थ्यो । तर, अहिले संसद अधिवेशन चलिरहेका बेला, संसद बैठक आज छ, दुई दिनअघि बाहिर कतै सडकमा सरकारको कार्यक्रम सार्वजनिक गरिनुको मक्सद के हो ?’

    यसको जवाफ पनि उनी आफैंले दिए, ‘गठवन्धनमा विभिन्न अनुहारहरू छन् । संसदमा यो कार्यक्रम ल्याउँदा त सरकारमा नभएकाहरूको उनीहरूको फोटो आउँदैन । त्यत्तिका लागि बाहिर सडकमा सार्वजनिक गरिएको हो ।’

    साझा न्यूनतम कार्यक्रममा विभिन्न अनुहार देखिए पनि नेपाली कांग्रेसको अनुहार आफूले कतै नदेखेको भन्दै ओलीले व्यंग्य गरे ।

    प्रचण्डलाई जवाफ

    ओली सरकार ढालेपछि संसदमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई ‘आगो’ को संज्ञा दिँदै आगोसँग नखेल्न चेतावनी दिएका थिए । त्यसको जवाफ ओलीले आज संसदबाटै दिए ।

    ‘उहाँ आगो हो थाहा छ । उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झिन्छु । उहाँ डढेलो लगाउनुहुन्छ,’ ओलीले भने, ‘तर, यस्तो आगो निभाउन हामीलाई आउँछ । विगतमा एक-दुई बाल्टी पानीले आगो निभाएको सम्झना होस ।’

    ओलीले क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा निकालेर पनि प्रचण्डलाई झस्काउन खोजे । सरकारले आफ्नो साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण गर्ने भनेको उल्लेख गर्दै उनले त्यसो हो भने क्यान्टोनमेन्टको भ्रष्टाचार छानविन गर्न चुनौती दिए ।

    ‘भ्रष्टाचारीलाई कारवाही गर्ने भन्नुभएको छ, खुशी लाग्यो,’ उनले भने, ‘छानविन गर्ने र कारवाही अगाडि बढाउने राम्रो कुरा हो । भ्रष्टाचारका थुप्रै कुरा उठिरहेका छन् । क्यान्टोनमेन्टको पनि यत्रो कुरा उठेकै छ । यसपल्ट पक्कै पनि यत्रो गठबन्धनको सरकारले यस कुराको छानविन गरेर नेपाली जनतालाई जवाफ दिनेछ ।’

    माओवादी जनयुद्धमा घाइते भएकाहरुको शरीरभित्र रहेको गोली निकाल्न पनि ओलीले प्रचण्डलाई चुनौती दिएका थिए ।

    ‘उहाँहरूलाई खादा लगाइदिएर मात्रै सम्मान हुँदैन, उहाँहरुको शरीरभित्रको गोली निकाल्न सक्नुहुन्छ ?’ ओलीले भने, ‘सक्नुहुन्न भने थापाथलीमा रहेको एमाले कार्यालयमा पठाइदिनुस्, हामी निकाल्छौं ।’

    एमसीसी र कालापानीको कुरा

    ओलीले साझा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा एमसीसीका सन्दर्भमा साँधिएको मौनतालाई सबैभन्दा ठूलो आलोचनाको विषय बनाए । यसैगरि लिपुलेक-कालापानीलाई दस्तावेजले ‘समस्या’का रूपमा प्रस्तुत गरेको भन्दै उनले आपत्ति जनाए ।

    दस्तावेजका पाना पल्टाउँदै ओलीले व्यंग्य गरे, ‘अहिलेको गठवन्धन नै सरकारमा हुँदा एमसीसी गर्नुभएको जस्तो लाग्छ तपाईंहरूले । एमसीसीको बारेमा त खोइ केही पनि छैन । यति ठूलो विषय किन छुटाउनुभयो ? बिर्सिनुभयो कि क्या हो ? मैले त कतै देखिनँ ।’

    उनले थपे, ‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्री ज्यू । के गर्नुहुन्छ तपाईं ? बहुत मजबुत प्रधानमन्त्री हुनुहुन्छ । १६५ सिट छ । भरर ताली बजाइदिँदा भइहाल्छ । कसैको मद्दत चाहिँदैन । त्यो १६५ को सबल जत्थाले के भन्छ ? पास गर्ने कि फेल गर्ने ? कि चुप लाग्ने ?’

    कालापानीको विषयमा ओलीको टिप्पणी अझ चोटिलो थियो ।

    उनले भने, ‘लिपुलेक कालापानीलाई नेपालको ‘समस्या’ भनिएको छ । समस्या समाधान गर्ने रे । समस्या हो यो ? आफ्नो देशको पवित्र भूभाग समस्या हुन्छ ? त्यसोभए छोडिदिँदा समस्या समाधान हुन्छ ? के साह्रो खुट्टा कमाएको ? डरले जिब्रो टोक्दा टोक्दा रगत आइसक्यो तपाईंहरूको ।’

    ओलीले सुझाव दिए, ‘त्यो हाम्रो भू-भाग हो, फिर्ता लिनुस् । छोड्ने अधिकार कसैलाई छैन । तपाईंहरु सक्नुहुन्न भने पर्खिनुस् । हामी डेढ वर्षपछि आउछौं ।’

    मन्त्री बनाइदिन विन्ती !

    सबैलाई प्रहार गर्न भ्याएका ओलीले आफ्नै पार्टीका सहयोद्धा माधवकुमार नेपाललाई छुटाउने कुरा थिएन । यसपाली उनले नेपाललाई सबैभन्दा पछाडि सम्झिए । माधव नपालको नाम नलिइकन उनको समूहका नेताहरू मन्त्री खान दौडधुप गरेको भन्दै कटु व्यंग्य गरे ।

    ‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर यहाँका पछाडि कुदेका छन् प्रधानमन्त्रीज्यू । तिनीहरुलाई मन्त्री दिनुस् न । किन बिलम्ब गर्नुभएको ?’ उनले भने ।

    ओलीले हात जोड्दै आग्रह गरे, ‘मन्त्री बन्न नपाएर हिरिक-हिरिक गर्न थालिसके । पछाडि त लगाइसक्नुभयो । कुदेका छन् । मन्त्री खान पाउँ भनेका छन् । चाकडी गरेका छन् । मन्त्री दिनुस प्लिज । मेरो दलमा घाटा भएको म सहुँला ।’

    डेढ वर्षपछि फर्किन्छु

    ओलीले आफू डेढ वर्षपछि फेरि सत्तामा फर्किने उद्घोष गरे । असाधारण बहुमतका साथ मुलढोकैबाट फर्किने उनको दावी थियो ।

    ‘मैले पहिले नै भनेको थिएँ, म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाटै फर्किनेछु । नसुनेको भए फेरि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ म मूलबाटोबाट फेरि प्रवेश गर्छु ।’

  • ‘अब नयाँ कम्युनिष्ट पार्टी बन्छ, विष्णु पौडेल र सुवास नेम्वाङले माधव नेपालको साथ छाड्न पाउँदैनन्’

    ‘अब नयाँ कम्युनिष्ट पार्टी बन्छ, विष्णु पौडेल र सुवास नेम्वाङले माधव नेपालको साथ छाड्न पाउँदैनन्’

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले अब एकताको सम्भावना अन्त्य भएको निष्कर्ष निकालेको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट विधान संशोधनसहित संगठनात्मक गतिविधि अघि बढाएपछि उनले एकता नचाहेको प्रष्ट भएको नेपाल पक्षको दावी छ ।

    नेपालनिकट पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडाले ओलीकै कारण अब एकताको अध्याय समाप्त भएको बताए । उनले कम्युनिष्ट पार्टीको पुनर्गठन गर्दै अब नयाँ ढंगबाट अघि बढ्नुपर्ने बाध्यता माधव नेपालमाथि आइपरेको बताए ।

    नेपाल प्रेससँग कुरा गर्दै नेपालनिकट नेता खतिवडाले पार्टीमा सम्मानजनक एकता र सबै कार्यकर्ताको सुरक्षाका लागि समान हैसियतसहितको अध्यक्ष माधव नेपाललाई बनाउने सहमति ओलीले नमानेपछि अब नयाँ कम्युनिष्ट पार्टी गठनको विकल्प नरहेको बताए ।

    उनले समान हस्ताक्षरसहितको अध्यक्ष बनाउने प्रस्ताव लिएर जाने विष्णु पौडेल, सुवास नेम्वाङ, भीम रावल र सुरेन्द्र पाण्डेले अब माधव नेपाललाई धोका दिए राजनीतिक बेइमान ठहरिने चेतावनी दिए ।

    खविडाले नेपाल प्रेससँग यसो भने

    एमाले एकताको लागि पहिलो कुरा सबैभन्दा महत्वपूर्ण हतियार भनेको संयुक्त हस्ताक्षरले समान बिजयको भाव देखाउँथ्यो । दोस्रो कार्यकर्तालाई भेदभावको नियन्त्रण गर्नेलाई हतियारको काम गर्थ्यो । तेस्रो साझा सहमतिमा काम गर्न र सहमतिको निर्णयमात्र गर्न बाध्य पार्थ्यो । महाधिवेशनसम्म सहमतिको निर्णय गर्दा हाम्रो दूरी पनि घट्दै जान्थ्यो । त्यो कुराको लागि हामीले संयुक्त हस्ताक्षर भनेको हो । तर, केपी ओलीले यो कुरा मान्नु भएन भनेपछि कुरा सकियो ।

    अब दुइटा चुनौती छन् । अब वार्ता कार्यदलका खासगरी चारजना नेताहरूमाथि चुनौती छ । उताबाट विष्णु पौडेल र सुवास नेम्वाङ, यताबाट भीम रावल र सुरेन्द्र पाण्डे ।

    यी चारजनाले माधव नेपाललाई पूर्ण विश्वस्त गराउनुभएको थियो । । संयुक्त हस्ताक्षर पनि प्रमाणीकरण हुन्छ, तपाईंलाई समान हैसियतको अध्यक्ष पनि बनाइन्छ भनेर ढुक्क बनाउनुभएको थियो । । हामीले पनि यो बटमलाइन बनाएका थियौं । त्यो आधारभूमि बटमलाइन थियो ।

    तर, अब विष्णु पौडेल, सुवास नेम्वाङ, भीम रावल र सुरेन्द्र पाण्डेलाई ठूलो नैतिक संकट छ । यदि उहाँहरूसँग साँच्चिकै राजनीतिक नैतिकता छ भने माधव नेपालको साथ छाड्नु हुँदैन । किनकी समान हैसियतको अध्यक्षको प्रस्ताव यी चार नेताहरूको थियो, माधव नेपालको प्रस्ताव होइन ।

    माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव सुवास र विष्णुको हो । केपी ओलीले सहमति र स्वीकृति दिएको कुरा हो । कहिले झलनाथ, कहिले वामदेव भन्नुभयो माधव नेपालले, तर आफू हुनुपर्छ भन्नुभएन । यस हिसाबले यी चार नेताले माधव नेपाललाई छाडे भने राजनीतिक बेइमानको रूपमा दर्ज हुनुहुनेछ ।

    अर्को कुरा केपी ओलीले सबै ढोका बन्द गर्नुभयो । हाम्रो वार्ता कार्यदल यो भन्दा निराश हुने ठाउँ छैन । कि त वार्ताकार नेताहरू भूलभलैयामा थिए, केपी ओलीले एक-एकवटा मायाजाल बिछ्याएका थिए । सबै भ्रमबाट मुक्त भए, केपी ओली एकता चाहँदैनन् ।

    केपी ओली सय प्रतिशत उनका समर्थक बनाउन चाहानुहुन्छ । उहाँको बटमलाइन आफ्नोमात्र चल्ने पार्टी बनाउने हो । हाम्रो एकताको आधार संयुक्त हस्ताक्षरसहितको एकता हो । अब अगाडि कसरी अगाडि बढ्ने भन्ने हो ।

    केपी ओलीले कस्तो पार्टी बनाउन चाहानुहुन्छ भन्ने उहाँको  विधान हेरेपछि देखिन्छ । आफूलाई सधैंभरि स्तुती गान गाइरहने,आफूले जतिबेला पनि पजनी गर्न पाइरहने,कसैले आलोचना गर्न नपाइने पार्टी बनाउन चाहानुहुन्छ भन्ने देखिन्छ । हिजो पार्टीको लोकतान्त्रीकरण भन्ने ओली अब तानाशाही तरिकाले पार्टी चाहानुहुन्छ।

    अब केपी ओली यस हिसाबले राष्ट्रपतीय शासन प्रणालीमा जान बाध्य हुनुहुन्छ । पार्टीमा एकल नेतृत्व हो भने त्यही मोडलको प्रत्यक्ष निर्वाचिन राष्ट्रपतीय प्रणालीमा जान बाध्य हुनुहुन्छ।

    ओलीले जो-जो आउँछन् समेट्ने, नआउनेलाई घर-घरमा लिन गइदैन भन्नुभएछ । । पहिलो कुरा केपी ओलीको विषालु चकलेट खाइँदैन । हामी मान्यताको राजनीति गर्छौं भनेर लागेका छौं । जाने कोही छ भने व्यक्तिको स्वतन्त्रताको कुरा हो । कसैलाई रोकिँदैन ।

    केपी ओलीका मान्छेहरू पनि हामीसँग आउन सक्छन्, हाम्रो मूल्य मान्यता मन परेपछि । तर, अब पार्टी पुनर्गठनको गर्नुको विकल्प हामीसँग छैन । विचारमा, राजनीतिमा र संगठनमा तीनै ठाउँमा पुनर्गठन गरेर नयाँ धारको नयाँ ढाँचाको, बढी जनतालाई केन्द्रविन्दु बनाएको नयाँ कम्युनिष्ट पार्टी आजको मुलुकको आवश्यकता हो । हामी त्यो दिशामा जानुपर्छ भन्ने निष्कर्ष हो ।

  • राजनीतिक कुरा गर्दिनँ भन्दै माधव नेपालले भने- ओलीको टाङमुनि छिर्ने छैनौं

    राजनीतिक कुरा गर्दिनँ भन्दै माधव नेपालले भने- ओलीको टाङमुनि छिर्ने छैनौं

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू दृढतापूर्वक अगाडि बढ्ने र कसैको टाङमुनि नछिर्ने बताएका छन् ।

    हालै एमबीबीएसको प्रवेश परीक्षामा सामुदायिक स्कूलबाट पहिलो नम्बरमा नाम निकाल्न सफल आशिक झालाई बधाई दिने कार्यक्रममा आफूले राजनीतिको कुरा नगर्ने बताए ।

    तर, लगत्तै नाम नलिइकन आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलक्षित टिप्पणी गर्दै भने, ‘हामी दृढताका साथ अगाडि बढ्नेछौं । कसैको टाङमुनि छिर्ने छैनौं । अध्याँरो सुरुङमा छिर्नेवाला छैनौं । तानाशाही प्रवृत्तिसँग झुक्ने छैनौं ।’

    नेता नेपालले कर्णालीमा प्रदेशसभा सदस्य पद गुमेका आफूपक्षीय नेताहरूलाई फेरि जिताएर ल्याउने दावी गरे । उनीहरूले बहादुरी देखाएको नेपालको टिप्पणी छ ।

    ‘कर्णालीका साथीहरुले बहादुरी देखाउनु भयो, कायरता देखाउनु भएन’, उनले भने, ‘उहाँहरुले जितेको पद खोसिएको छ, अब पार्टी सदस्यता पनि खोसियो भने, त्यहाँ फेरि चुनाव भयो भने उहाँहरूलाई जिताएर ल्याउने जिम्मा मेरो भयो।’

    बहादुरी भएकाहरुको मात्र कदर हुने र कायरहरुलाई ठाउँ नभएको उनको टिप्पणी छ ।

  • कर्णालीमा फेरिँदै एमालेको समीकरण- जिल्ला अध्यक्ष र प्रदेश सांसदले छाडे माधवको साथ

    कर्णालीमा फेरिँदै एमालेको समीकरण- जिल्ला अध्यक्ष र प्रदेश सांसदले छाडे माधवको साथ

    सुर्खेत । नेकपा एमालेको आन्तरिक संघर्षका कारण प्रदेशसभामा वहुमत हुँदा-हुँदै पनि विपक्षी गठबन्धनको सरकार बनेपछि कर्णालीमा एमालेको समीकरण फेरिन थालेको छ ।

    माधव नेपाल पक्षका चार सांसदले माओवादी-कांग्रेस गठबन्धनलाई सघाएपछि पार्टीको आन्तरिम समीकरणमा फेरबदल आएको हो । कर्णालीमा केपी ओली भन्दा माधव नेपालको पक्ष बलियो थियो ।

    तर पछिल्लो समय एमालेका जिल्ला कमिटिका नेतृत्वमा भारी फेरबदल आएको छ । दश जिल्ला रहेको कर्णाली प्रदेशमा अहिलेको अवस्थामा आइपुग्दा आठ जिल्लामा ओली पक्ष हावी भइसकेको छ भने दुई जिल्लामा मात्रै नेपाल पक्षका अध्यक्ष रहेका छन् ।

    यसअघि नेपाल खेमाबाट जिल्ला अधिवेशनमा विजयी बनेका जाजरकोटका अध्यक्ष करवीर शाही, सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही र हुम्लाका अध्यक्ष दल रावल संस्थपन पक्षमा खुलेर लागेपछि नेपाल समूहमा कर्णालीका दुई जना अध्यक्ष मात्रै बाँकी रहेका हुन् ।

    रुकुम पश्चिमका विमल पुन र जुम्लाका अध्यक्ष तीर्थ बुढा नेपाल पक्षमा छन् । २०७५ जेठ दुई गतेको एमाले संरचना हेर्ने हो भने कर्णालीका ५ जिल्लामा नेपाल पक्ष हावी थियो ।

    सुर्खेतमा ध्रुवकुमार शाही, रुकुममा विमल पुन, हुम्लामा दल रावल, जाजरकोटमा करवीर शाही र जुम्लामा तीर्थ बुढा नेपाल समूहबाट अध्यक्षमा निर्वाचित भएका थिए । अधिकांश जिल्लामा नेपाल पक्ष थोरै मतले पराजित भएको थियो ।

    दैलेखमा नेपाल पक्षका अध्यक्षका उम्मेदवार सूर्यबहादुर शाहीलाई रविन्द्रराज शर्माले चार मतले मात्रै पराजित गरेका थिए । यसरी हेर्दा कर्णालीमा दुवै खेमाको शक्ति आधा-आधा थियो । तर पछिल्लो समयमा नेकपा हुँदै एमालेसम्म आइपुग्दा कर्णालीमा समीकरण पूर्ण रुपमा बदलिएको छ ।

    अहिले ओली पक्षमा दैलेखका अध्यक्ष रविन्द्रराज शर्मा, सल्यानका अध्यक्ष गोविन्द पुन, मुगुका कार्यवाहक अध्यक्ष डम्बर रावल, डोल्पामा तुलाचन बुढा र कालिकोटमा अध्यक्ष नगेन्द्र शाही रहेका छन् ।

    डोल्पाका निर्वाचित अध्यक्ष दत्त बहादुर रोकायाको कोभिडका कारण उपचारकै क्रममा निधन भएपछि तुलाचन बुढालाई कार्यवाहक अध्यक्षको जिम्मा दिइएको छ । उनी ओली पक्षबाटै निर्वाचित भएका थिए भने मुगुमा ओली पक्षका नेता मोहन बानियाँ केन्द्रीय सदस्य भइसकेपछि उनले अध्यक्ष पदको जिम्मा रावललाई दिएका छन् ।

    ‘म पहिले पनि नेपाल समूहमा नै थिएँ अहिले पनि नेपाल समूहमा नै छु,’ रुकुम अध्यक्ष पुन नेपालप्रेससँग भन्छन्, ‘अरु को कता गए थाहा भएन ।’ उनको यहि भनाईमा जुम्लाका अध्यक्ष तीर्थ बुढाले समेत हो मा हो थपे ।

    प्रदेशसभामा ओली पक्ष एकलौटी

    यता, २० सांसद रहेको कर्णाली प्रदेश सभा संसदीय दलमा ओली पक्षको करिब एकलौटी भएको छ । नेपाल पक्षमा आठ जना रहेकोमा चार जनाको सांसद पद गइसकेको छ ।

    उनीहरुले वैशाख ३ गते माओवादीलाई विश्वासको मत दिएका कारण एमालेले कारवाही गरिसकेको छ । माधव पक्षका बाँकी चारजना पदमा खड्का, करवीर शाही, सुशील थापा ओली खेमामा खुलेर लागिसकेका छन् । यस्तै, देवी ओली र चन्द्रबहादुर शाही पनि पछिल्लो समयमा एमाले फूटाउन नहुने पक्षमा देखिएका छन् ।

    उनीहरु आफूहरुले एमाले एकताबद्ध भएको हेर्न चाहने बताइरहेका छन् । २०७४ सालको प्रदेश सभाको निर्वाचनको समयमा ओली पक्षका १२ र नेपाल पक्षका ८ जना निर्वाचित भएका थिए । यो सँगै कर्णाली प्रदेशसभामा पनि नेपाल पक्षको उपस्थिति कमजोर भएको छ ।

    ‘हामी नेकपा एमाले एकताबद्ध चाहन्छौं । विगतमा को कुन गुटमा थियो, कता थियो भन्ने कुराले अब अर्थ राख्दैन,’ एमाले सांसद दल रावल भन्छन्, ‘विगतको इतिहास भन्दा पनि पार्टीलाइ थप बलियो बनाउँदै हामीले लैजानुपर्छ । त्यहि आधारमा हामी एकताबद्ध भएर अघि बढिसकेका छौं । कर्णाली प्रदेश सभामा अब नेकपा एमाले मात्रै छ । त्यहाँ कुनै समूह वा गुट छैन ।’

    एमालेका फ्लोर क्रस गरेकामा तीन जना प्रकाश ज्वाला, अम्मरबहादुर थापा र कुर्मराज शाही नेपाल पक्षका थिए । नन्दसिंह बुढा ओली पक्षका भए पनि उनले समूह परिवर्तन गर्दै फ्लोर क्रस गरेका थिए । उनीहरुमध्ये ज्वालाबाहेक अरु तीनजना मन्त्री छन् ।

    संघीय सांसदहरुको फेरबदल भने चलिरहेको छ । एमाले ब्युँतिएपछि माधव नेपाल पक्षका ध्रुव शाही र पार्वती विसुंखे समेत संस्थापन पक्षमा लागेका थिए । तर प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने बेलामा ओली पक्षका धनवहादुर बुढासहित मुगुका गोपाल बम र पार्वती बिसुंखे माधव नेपाल पक्षमा लागेका छन् ।

    प्रतिनिधिसभामा एमालेका ९ जना सांसद छन् । ती मध्ये प्रत्यक्ष निर्वाचित सुर्खेतका ध्रुव शाही, नवराज रावत, दैलेखका रविन्द्रराज शर्मा र समानुपातिकतर्फ मुगुका मोहन बानियाँ र रुकुम पश्चिमकी तीर्था गौतम संस्थापन पक्षमा उभिएका छन् ।

    डोल्पाका धनवहादुर बुढा, मुगुका गोपाल बम र समानुपातिकतर्फ पार्वती विसुंखे माधव पक्षमा छन् भने दैलेखका निर्वाचित राजवहादुर बुढा दुवै पक्षका बैठकमा सहभागी छैनन् । उनले आफू एमाले एकताको पक्षमा रहेको बताउँदै आएका छन् ।

  • एमालेमा उपाध्यक्षको संख्या घट्यो, सचिवको बढ्यो- ३३ प्रतिशत महिला अनिवार्य

    एमालेमा उपाध्यक्षको संख्या घट्यो, सचिवको बढ्यो- ३३ प्रतिशत महिला अनिवार्य

    काठमाडौं । नेकपा एमालेले उपाध्यक्षको संख्या ५ बाट घटाएर दुईमा झारेको छ । त्यस्तै सचिवको संख्या बढाएर ७ पुर्‍याएको छ ।

    केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान संशोधन मस्यौदामा अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सातजना सचिव रहने गरी पार्टीका पदाधिकारी राख्ने व्यवस्था भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

    सचिवमा समावेशी कोटासमेत राखिने भएको छ । एमालेमा अब पोलिटव्यूरो र सानो संख्याको सचिवालय बनाइने ज्ञवालीले बताए ।

    अब एमालेमा अध्यक्षबाहेकका पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्नेछ । सबै तहका कमिटीमा महिलाको ३३ प्रतिशत सुनिश्चितता विधानले गरेको छ ।

  • ओलीले भने- भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, बन्द गर ओली याद आउने सबै चिजहरू

    ओलीले भने- भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, बन्द गर ओली याद आउने सबै चिजहरू

    काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा अ‍ोलीले अहिलेको सरकारले सबै भत्काउने काम मात्रै गरेको आरोप लगाएका छन् ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गठबन्धन सरकार एक महिनासम्म विस्तार हुन नसकेकोमा पनि कटाक्ष गरे।

    ‘उहाँहरूले जनताका लागि केही नयाँ गर्ने होइन, के भत्काउने भनेर काम सुरु भएको छ,’ ओलीले भने, ‘जनताले गीत लेखिसके-भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ सुरुङका प्वाँल, बन्द गर ओली याद आउने सबै चिजहरु।’

    उनले गठबन्धन सरकारले ल्याएको साझा नीति कार्यक्रमको मूल प्रस्तावनाबाट आफूहरुमाथि गाली र आक्रमण सुरु भएको समेत बताए ।

  • विधान महाधिवेशनका लागि एमालेका ४ समिति, क-कसले पाए जिम्मेवारी (सूचीसहित)

    विधान महाधिवेशनका लागि एमालेका ४ समिति, क-कसले पाए जिम्मेवारी (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको छ ।

    केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका हुन् । ती समितिले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ ।

    मस्यौदा समितिहरू यस प्रकार प्रस्ताव गरिएका छन् ।

    १. राजनीतिक प्रतिवेदन मस्यौदा समिति

    संयोजकः केपी शर्मा ओली

    सदस्यहरू

    वामदेव गौतम

    रामबहादुर थापा बादल

    प्रदीप ज्ञवाली

    छविलाल विश्वकर्मा

    सत्यनारायण मण्डल

    विष्णु रिमाल

    विन्दा पाण्डे

    २ः संगठनात्मक प्रतिवेदन मस्यौदा समिति

    संयोजकः ईश्वर पोखरेल

    सदस्यहरु

    विष्णु पौडेल

    टोपबहादुर रायमाझी

    शंकर पोखरेल

    किरण गुरुङ

    पद्मा अर्याल

    ३ः विधान संशोधन मस्यौदा समिति

    संयोजकः विष्णु पौडेल

    सदस्यहरु

    सुवास नेम्वाङ

    पृथ्वीसुब्बा गुरुङ

    लेखराज भट्ट

    रघुवीर महासेठ

    राधा ज्ञवाली

    भानुभक्त ढकाल

    प्रभु साह

    ४ः व्यवस्थापन समिति

    संयोजकः रामवहादुरथापा बादल

    सदस्यहरु

    मणी थापा

    शेरबहादुर तामाङ

    सुजिता शाक्य

    विनोद श्रेष्ठ

    खिमलाल भट्टराई

    महेश बस्नेत

    पासाङ शेर्पा

  • केन्द्रीय कमिटी बैठकतर्फ बढेका एमाले नेताहरुका पाइला (तस्बिरहरु)

    केन्द्रीय कमिटी बैठकतर्फ बढेका एमाले नेताहरुका पाइला (तस्बिरहरु)

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तुलसीलाल स्मृति भवन च्यासलमा शुरु भएको छ ।

    विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्ताव लगायत संगठनात्मक निर्णय लिनका लागि एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

    बैठकमा सहभागी हुन नेताहरु निर्धारित समयभन्दा अघि नै बैठकस्थल पुगेका थिए । एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्तावमा सामान्य संशोधनसहित पारित गरेर केन्द्रीय कमिटी बैठकमा पेश गरेको छ ।

     
     
     
      
       
    
    
    
    
    
    
    
    
    
  • कर्णालीका नेतासँग ओलीले भने- जेठ २ मा फर्किसकेँ, घरमै गएर ल्याउन सक्दिन

    कर्णालीका नेतासँग ओलीले भने- जेठ २ मा फर्किसकेँ, घरमै गएर ल्याउन सक्दिन

    सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू एमाले एकताको लागि प्रतिबद्ध रहेको बताएका छन् ।

    कर्णाली प्रदेशका पार्टी जिल्ला अध्यक्षहरूसँगको भेटमा उनले आफू सर्वोच्च अदालतको आदेश अनुसार जेठ २ मा फर्के पनि माधव नेपाल बैठकमा सहभागी नभएकोप्रति अनौठो मानेका छन् ।

    ‘कार्यदलले १० बुँदे सहमतिको अवधारणा निर्माण गरेको छ । त्यसलाई हामीले अनुमोदन गरिसकेका छौं । पार्टी जेठ २ मा फर्किसकेको छ । उहाँहरूको चित्त नबुझेको भए पार्टी कमिटीको बैठकमा आएर आफ्ना कुरा राख्न सक्नुहुन्थ्यो तर उहाँहरू हालसम्म बैठकमा आउनु भएको छैन ’, ओलीको भनाइ उदृत गर्दै एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले नेपाल प्रेससँग भने, ‘पार्टीमा अनुशासनहिनता, अराजकता, व्यक्तिगत स्वार्थले अब ठाउँ पाउँदैन । तपाईंहरू गाउँ फर्किनुस् । पार्टीलाई अझै बलियो बनाउन केन्द्रित हुनुहोस् ।’

    एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले आफूहरूले पार्टी अध्यक्षसँग पार्टी एकता छिटो टुंग्याउन अनुरोध गरेको बताए ।
    ‘हामीले पार्टी एकतालाई छिटो टुग्यांउन, आग्रह र कुण्ठा त्यागेर सबैले पार्टीलाई जोगाउनुपर्ने माग राखेका हौं । १० बुँदे सहमतिलाई अवधारणालाई दुवै पक्षले इमान्दार भएर कार्यान्वयन गर्नुपर्ने कुरा राखेका छौं ’, उनी भन्छन्, ‘पार्टीका आम कार्यकर्ताहरूको चाहना पार्टी एकता नै भएका कारण हामीले तत्काल पार्टी एकता गर्न आवश्यक कदम चाल्न पार्टी अध्यक्षलाई आग्रह गरेका छौं ।’

    जवाफमा ओलीले एमालेमा आउनेलाई आउन दिने कसैको घरमै गएर एमाले हौ भनेर नल्याइने बताएका थिए । ‘जेठ २ का कुरा भए, त्यहाँ पार्टी आइसकेको छ । १० बुँदे आइसकेको छ । त्यसमा पनि म तयारै छु ’ शर्माले भने, ‘अब उहाँहरूलाई घरैबाट जबर्जस्ती तपाईं एमाले हो भनेर ल्याउन त सकिँदैन नि । उहाँहरू आउनुहुन्छ भन्ने आशा छ । आउन चाहने साथीहरूलाई पूर्ववत अवस्थामा जिम्मेवारी दिइन्छ । पार्टी एकताप्रति म प्रतिबद्ध छु भनेर जवाफ दिनुभयो ।’

  • एमाले स्थायी कमिटी बैठक सकियो, विधान संशोधन प्रस्तावमा केही परिवर्तन

    एमाले स्थायी कमिटी बैठक सकियो, विधान संशोधन प्रस्तावमा केही परिवर्तन

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक भर्खरै सकिएको छ ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा भएको बैठकमा राजनीतिक, सांगठानिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल भएको छ । त्यसमा केही संशोधन गरी दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने तयारी रहेको एक नेताले बताएका छन् ।

    एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते तोकिएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आज बैठक बोलाइएको हो । केन्द्रीय कमिटीको प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ ।

  • एमालेको संस्थापन पक्षमा उभिने कीर्तिपुरका मेयर र उपमेयरसहित जनप्रतिनिधिको निर्णय

    एमालेको संस्थापन पक्षमा उभिने कीर्तिपुरका मेयर र उपमेयरसहित जनप्रतिनिधिको निर्णय

    काठमाडौं । नेकपा विभाजनपछि केही समय प्रचण्ड-माधव समूहमा लागेर वामदेव गौतमको एकता अभियानको केन्द्रीय समितिमा रहेका कीर्तिपुर नगरपालिकाका मेयर र उपमेयर एमालेको संस्थापन पक्षमा खुलेका छन् ।

    कीर्तिपुरमा आयोजित एक कार्यक्रमबाट मेयर रमेश महर्जन र उपमेययर सरस्वती रिजाल खड्काले आफूहरू अब एकता अभियानका नाममा अल्मलिन नसक्ने भन्दै एमालेमा क्रियाशील हुने बताएका हुन् ।

    एमाले नेता कृष्णगोपाल श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसमेत सहभागी कार्यक्रममा मेयर महर्जनले माधव नेपाल समूहले कांग्रेसलाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएपछि आफूहरूले अब नेपाल समूहलाई साथ दिन नसक्ने बताए । उनी नेपाल समूहमा नजिक थिए ।

    मेयर महर्जन र उपमेयर खड्कासहितका वडाध्यक्षहरूले माधव नेपाल पक्षले पार्टीप्रति गद्दारी गरेकाले अब संस्थापन पक्षमै रहेर क्रियाशील हुने बताए । उनीहरूले यसबीचमा आफूहरू पार्टीभित्र विभिन्न समूहमा रहे पनि माधव पक्षका गतिविधिबाट सन्तुष्ट हुन नसकेको बताए ।

    कीर्तिपुर वडा नम्बर ६ का वडाध्यक्ष न्हुच्छेवहादुर महर्जनले सन्चालन गरेको कार्यक्रममा माओवादी केन्द्रबाट एमालेतर्फ लागेका नेता शम्भुराम महर्जनले प्रचण्ड-माधव समूह विस्तारै मधेशकेन्द्रित राजनीतिमा लाग्ने बताए ।

  • अघि बढ्यो एमाले, स्थायी कमिटीलगत्तै केन्द्रीय कमिटी बैठक बस्दै (तस्बिरहरू)

    अघि बढ्यो एमाले, स्थायी कमिटीलगत्तै केन्द्रीय कमिटी बैठक बस्दै (तस्बिरहरू)

    काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक शुरू भएको छ । दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा जारी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् ।

    विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आजको बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ ।

    भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशन तोकिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने बैठक रोक्न माग गरिरहेको बेला संगठनका काम कारवाही नरोकिने भन्दै एमाले संस्थापन पक्षले गतिविधि जारी राखेको हो ।

     
     
    
     
     
     
     
    
     
    
    तस्बिरहरू : सरोज बैजु ।
  • एमालेले तोक्यो काठमाडौंका ११ वटै नगर अध्यक्ष (सूचीसहित)

    एमालेले तोक्यो काठमाडौंका ११ वटै नगर अध्यक्ष (सूचीसहित)

    काठमाडौं । माधव नेपाल पक्षले कुनै पनि संगठनात्मक गतिविधि नगर्न माग गरिरहेका बेला नेकपा एमालेले भने जिल्ला कमिटीभन्दा तल्ला तहका संगठन कमिटीहरू गठन तथा पुनर्गठनलाई तीव्रता दिएको छ ।

    असोज ९ गतेभित्र सबै स्थानीय तहका अधिवेशनहरू गरिसक्न पार्टी केन्द्रीय कमिटीले निर्देशन दिएपछि अधिवेशन आयोजना गर्न संगठन कमिटीहरु बन्ने क्रम बढेको हो । देशकै सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौं जिल्लाका ११ वटै नगरपालिकामा एमालेले नगर कमिटी पुनर्गठन गरेको छ ।

    काठमाडौं जिल्ला कमिटीको साउन १६ गते बसेको बैठकले काठमाडौं महानगरपालिका सहित ११ वटै नगरपालिकाका संयोजक तोकेको थियो । यसबीचमा नगर कमिटीलाई पूर्णता दिइ काठमाडौं महानगर र नागर्जुनबाहेक सबै कमिटीको सपथग्रहणसमेत भइसकेको जिल्ला कमिटी सचिव दीपक निरौलाले जानकारी दिए ।

    काठमाडौं महानगरसहित ११ नगरपालिकामध्ये ७ वटा नगरपालिकामा एमालेले जितेको छ । शंखरापुर, कागेश्वरी मनहरा, बूढानीलकण्ठ, टोखा, तारकेश्वर र किर्तिपुरमा एमालेले मेयर र उपमेयरसहित बहुमत जितेको छ ।

    त्यस्तै चन्द्रागिरी र नागर्जुन नगरपालिकामा उपमेयरसहित बहुमत जितेको छ । एमालेबाट जितेका मेयरमध्ये कागेश्वर मनहराका कृष्णहरी थापाबाहेक सबै संस्थापन पक्षमा छन् ।

    एमालेका १० वटै नगर कमिटीका अध्यक्षहरू यस प्रकार छन् ।

    १. निर्मल देउला, काठमाडौं महानगरपालिका

    २. रामकुमार तिवारी, शंखरापुर नगरपालिका

    ३. ज्योतिराम फुयाल, कागेश्वरी मनोहरा

    ४. उद्धब विष्ट, गोकर्णेश्वर नगरपालिका

    ५. प्रदिप डंगोल, बूढानीलकण्ठ नगरपालिका

    ६. सत्यनारायण डंगोल, टोखा नगरपालिका

    ७. बासु गौतम,तारकेश्वर नगरपालिका

    ८. नन्दनहरी गौतम, नागार्जुन नगरपालिका

    ९. राजु श्रेष्ठ, चन्द्रागिरी नगरपालिका

    १०. राधाकृष्ण बस्नेत, कीर्तिपुर नगरपालिका

    ११. राम लो, दक्षिणकाली नगरपालिका

  • एमालेमा वरिष्ठ नेता पद नराख्न वामदेव गौतमको सुझाव

    एमालेमा वरिष्ठ नेता पद नराख्न वामदेव गौतमको सुझाव

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाउन प्रस्ताव गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले अनौपचारिकरूपमा आयोजना गरेको विधानमाथिको छलफलका क्रममा गौतमले विधानमा अध्यक्ष, उपाध्यक्षलगायतका पदाधिकारीमात्र रहनु ठीक हुने बताएका हुन् ।

    गौतमले वरिष्ठ नेता पद राख्दा गुटबन्दीको नेतृत्व त्यहिँबाट हुने र महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई काम गर्न गाह्रो हुने भन्दै विधान महाधिवेशनबाट वरिष्ठ नेता भन्ने पद नराख्न सुझाव दिएको छलफलमा सहभागी एक नेताले बताए ।

    हाल एमालेका अध्यक्षपछि दोस्रो वरियतामा निवर्तमान अध्यक्ष वरिष्ठ नेताकारूपमा पदाधिकारीको हैसियतमा रहने व्यवस्था छ । एमालेको विधानअनुसार हाल वरिष्ठ नेता झलनाथ खनाल हुन् । तर, माधव नेपाललाई पनि वरिष्ठ नेताकै हैसियत दिइएकोमा समेत वामदेवको असहमति छ ।

    एमालेको २०७५ जेठ २ को अन्तिम बैठकसम्म नेपाललाई पार्टी नेताको रुपमा माइन्युटमा हस्ताक्षर गराइएको छ । तर, नेकपामा भने नेपाल पनि वरिष्ठ नेता थिए । पार्टीमा वरिष्ठ नेता पद नराख्नेबारे गौतमसहित अरु कतिपय नेताले समेत सुझाव दिएका छन् ।

  • विधान मस्यौदामाथि छलफल गर्न एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक भोलि बोलाइयो

    विधान मस्यौदामाथि छलफल गर्न एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक भोलि बोलाइयो

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक सोमबार बोलाइएको छ ।

    विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीमा पेस गर्ने र सो प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइने संगठन विभाग सदस्य समेत रहेका एमाले नेता भानुभक्त ढकालले बताए ।

    एमालेको विधानअनुसार विधान महाधिवेशनको एक महिनाअघि सदस्यहरूलाई प्रस्ताव अध्ययनका लागि वितरण गर्नुपर्छ । एमालेको विधान महाधिवेशन भदा २७ र २८ गते तोकिएको छ ।

    यसका साथै सदस्यता नवीकरण र तल्ला तहका कमिटीहरूको गठन पुनर्गठनमा एमाले केन्द्रित हुने तामाङले बताए । माधव नेपाल पक्षका नेताहरूको आग्रहमा आजको बैठक रोकिए पनि अनन्तकालसम्म पार्टी निष्क्रिय भएर बस्न नसक्ने उनको भनाइ छ ।

  • एमाले एकता जोगाउन बढ्यो रावलको सक्रियता, राष्ट्रपति र पार्टी अध्यक्षसँग परामर्श

    एमाले एकता जोगाउन बढ्यो रावलको सक्रियता, राष्ट्रपति र पार्टी अध्यक्षसँग परामर्श

    काठमाडौं । नेकपा एमालेमा उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आग्रह गरेपछि आज निर्धारित केन्द्रीय कमिटीको बैठक स्थगित भएको खुलेको छ ।

    रावलले शनिबार अपरान्ह अध्यक्ष ओलीलाई भेटेर आफूहरूले माधव नेपाललाई एकताको लागि दबाब दिइरहेको र पछिल्लो बैठकले पनि एकताको पक्षमा निर्णय गरेको भन्दै नेपालसँग वार्ताको पहल गर्ने बताएका थिए ।

    अध्यक्ष ओलीले शनिबारै महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत नेतासँग पनि परामर्श गरेका थिए । नेपाल पक्षले आजको बैठक स्थगित गर्न र सदस्यता नवीकरणलगायतका संगठनात्मक काम रोक्न माग गरको थियो ।

    रावलको आग्रहपछि ओलीले बैठक सोमबारसम्मलाई स्थगित गरेको बताइएको छ । तर, माधव नेपालसँगको वार्ता भने तय भइसकेको छैन । दुई नेताबीच वार्ता गराएर पावर सेयरिङमा सहमति जुटाउने प्रयास भए पनि दुवै नेता एक अर्काका सर्त मान्न तत्पर नदेखिएको वार्तामा सहभागी नेताहरूले बताएका छन् ।

    रावलले ओली लगायतका नेताहरूसँग एकता भाँडिने खालका गतिविधि र अभिव्यक्ति बन्द गर्न आग्रह गरेका छन् । उनले सदस्यता नवीकरणको काम पनि सहमति भएपछि अघि बढाउन सकिने बताएका छन् ।

    उपाध्यक्ष रावलले शनिबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि करिब ३ घण्टा लामो छलफल गरेका थिए । राष्ट्रपति भवन शीतल निवासमा भएको छलफल एमालेको विवाद र सत्ता गठबन्धनबाट हुनसक्ने राष्ट्रपतिविरुद्धका सम्भावित कदमहरूकै बारेमा केन्द्रित रहेको स्रोतले जनाएको छ ।

    राष्ट्रपतिले पार्टीलाई एकताबद्ध बनाएर लैजान रावललाई आग्रह गरेको बताइएको छ । रावलले पनि एमाले एकताका लागि राष्ट्रपतिको पहल पनि महत्वपूर्ण हुनसक्ने बताएका थिए । भण्डारी र रावल दुवैजना नवौं महाधिवेशनबाट एमालेको उपाध्यक्ष निर्वाचित भएका थिए ।

    सत्ता गठबन्धनका केही नेताहरू विशेषतः माओवादी अध्यक्ष प्रचण्ड र जसपाका नेताहरू राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन चाहान्छन् । त्यसका लागि एमाले विभाजित हुनुपर्छ । एमाले विभाजित हुँदा प्रतिनिधिसभामा ९१ जना सांसद ओली पक्षमा रहेनन् भने सत्ता गठबन्धनको दुई तिहाई पुग्छ ।

    तर, महाअभियोग राष्ट्रियसभाबाट पनि पारित हुनुपर्छ । राष्ट्रियसभामा एमालेका ३१ जना सांसद छन्, ती मध्ये कम्तीमा २४ जना ओली पक्षमा छन् । त्यो भनेको सत्ता गठबन्धनलाई दुई तिहाई पुग्न नदिने संख्या हो ।

  • माधव नेपालले भने- ओलीले जति गाली गरे पनि एकताकै पक्षमा छु

    माधव नेपालले भने- ओलीले जति गाली गरे पनि एकताकै पक्षमा छु

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू अझै पनि पार्टी एकताकै पक्षमा रहेको स्पष्ट पारेका छन् ।

    आफ्नो समूहको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै उनले अध्यक्ष केपी ओलीले आफूलाई जति गाली गरेपछि एकताबाट पछि नहट्ने बताए ।

    एमाले स्थायी समिति सदस्य रघुजी पन्तका अनुसार नेता नेपालले आफ्नो पक्षका नेताहरुलाई संयमित र जिम्मेवार बन्न सुझाएका थिए ।

    नेपाललाई उद्धृत गर्दै पन्तले भने, ‘हामीले जति आलोचना गर्दा पनि संयमित र जिम्मेवार हुन छोड्नु हुन्न । एकताबद्ध भएर प्रस्तुत हुनुपर्छ । ओलीले जति गाली गरे पनि एकता प्रयास जारी राख्नेछु ।’

    नेपालले ओलीले एकताका नाममा अल्मल्याउन खोजेकोप्रति भने सचेत रहनुपर्नेमा जोड दिएका थिए ।

  • माधव पक्षको निर्णयः १० बुँदे सहमति नै एकताको आधार, सरकारमा नजाने

    माधव पक्षको निर्णयः १० बुँदे सहमति नै एकताको आधार, सरकारमा नजाने

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टीमा गठित एकता कार्यदलले गरेको १० बुँदे सहमतिलाई नै एकताको आधार ठहर्‍याएको छ ।

    दुई दिनसम्म चलेको केन्द्रीय समिति वैठक आज ४ बुँदे निर्णय गर्दै सम्पन्न भयो । बैठकपछि पत्रकारसँग बोल्दै स्थायी कमिटी सदस्य नेता रघुजी पन्तले आफ्नो समूह सरकारमा नजाने बताए ।

    बैठकले आजसम्म भएका सबैखाले सहमतिलाई आधार मानेर एकताप्रक्रिया अझ परिष्कृत बनाउने र संवादलाई निरन्तरता दिने निर्णय गरेको उनले जानकारी दिए । बैठकले एकता प्रक्रियामा अवरोध हुने गरी पार्टी सदस्यता वितरण र नवीकरण लगायतका सांगठनिक गतिविधि नगर्न समेत संस्थापन पक्षसंग आग्रह गरेको छ ।

    ‘१० बुँदे लगायतका सहमतिले एकताको आधार तयार गरेको छ । पार्टीलाई एकताबद्ध बनाउन थप सजगतासाथ अगाडि बढ्नुपर्छ भन्ने बैठकको निर्णय हो’, पन्तले भने । बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जति गाली गरे पनि एमाले एकताको पक्षमा आफू रहेको बताए । ‘केपी ओलीले जति गाली गरेपनि म अझै पनि एमाले एकताको पक्षमा छु । केपी ओलीले हामीलाई अल्मल्याउन खोजेको हो कि भन्ने शंका छ तर पनि त्यस्तो नहोला भन्ने मेरो विश्वास छ । एकताको प्रयत्न जारी राखौ’, नेपाललाई उद्धृत गर्दै पन्तले भने ।

    बैठकले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । त्यस्तै पार्टीका विभिन्न नेतालाई लाञ्छना लगाउने र आरोपित गर्ने काम दुवै पक्षबाट हुन नहुनेमा ध्यानाकर्षण समेत बैठकले गरेको छ ।

    केन्द्रीय कमिटीको बैठकमा आज ३५ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । उनीहरूले सम्मानजनक पार्टी एकताको पक्षमा धारणा राखेका थिए ।

  • माधवपक्षीय बैठकमा प्रेम आलेको प्रश्न- मैदानमा कमाण्डरलाई छाडेर सिपाही भाग्न मिल्छ ?

    माधवपक्षीय बैठकमा प्रेम आलेको प्रश्न- मैदानमा कमाण्डरलाई छाडेर सिपाही भाग्न मिल्छ ?

    काठमाडौं । माधव नेपालपक्षीय एमाले केन्द्रीय कमिटी बैठकमा बिहीबार ५५ जना सदस्यले बोल्दा अन्तिम वक्ताका रूपमा प्रेम आले उभिए । आफू माधव नेपाल टिमको कान्छो सदस्य भन्दै आफूसँगै ओली टिम छाडेर आएकाहरूको राजनीतिक सुरक्षामा उनले जोड दिएका छन् ।

    शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला ओलीको साथ छाडेर माधव नेपालतर्फ लागेका आलेसँगै ७ जना सांसदले साथ दिएपछि माधव पक्षमा २२ सांसद पुगेका थिए । आलेले विश्वासको मत दिने बेला संसदबाट बाहिरिएका १० सांसद र राजीनामा दिएका भीम रावलमाथि पनि प्रश्न उठाएको एक सदस्यले बताए ।

    आलेको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘माधव नेपाल हाम्रो कमाण्डर हो । युद्धको बेला कमाण्डरलाई मैदानमा एक्लै छाडेर सिपाही भाग्न मिल्छ ? फौजमा हो भने कोर्टमार्सल हुन्छ, म त्यो शब्द त प्रयोग गर्दिन तर सबै एकताबद्ध भएर माधव नेपालको पक्षमा उभिनुपर्छ ।’

    नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाट केन्द्रीय सदस्य जितेका आले २०७४ सालको चुनावताकादेखि केपी ओली पक्षमा उभिएका थिए । उनलाई ओलीले ६ महिना वनमन्त्री बनाएका थिए ।

    पछिल्लो समय ओलीसँग असन्तुष्ट रहेका उनी सातजना सांसदसहित माधव नेपाल पक्षमा लागेका थिए ।