Tag: नेकपा एमाले संसदीय दल

  • एमाले संसदीय दलको बैठक बस्दै, राष्ट्रियसभाका माधवपक्षीय सांसदहरू पनि बैठकस्थलमा

    एमाले संसदीय दलको बैठक बस्दै, राष्ट्रियसभाका माधवपक्षीय सांसदहरू पनि बैठकस्थलमा

    काठमाडौं । नेकपा एमाले विभाजनका अन्तिम प्रक्रिया चलिरहेका बेला सांसदहरुको ओहोर-दोहोर पनि चलेको छ । माधवपक्षीय बैठकमा माया ज्ञवाली र तुलसा थापा गएलगत्तै उता एमाले संसदीय दलको बैठकमा राष्ट्रियसभामा माधवपक्षीय सांसदहरू सहभागी भएका छन् ।

    संसद भवनमा बोलाइएको संसदीय दलको बैठकमा सहभागी हुन माधव नेपाल पक्षका सांसदहरु परशुराम मेघी गुरुङ, ठगेन्द्र प्रकाश पुरी, सिंहबहादुर तामाङलगायत ल्होत्से हलमा पुगेका छन् ।

    वामदेव गौतम र बेदुराम भुसालबाहेक माधव पक्षका पनि सबै सांसद दलको बैठकमा सहभागी हुन पुगेका छन् । यसअघि दलको बैठकमा उनीहरु जाने गरेका थिएनन् ।

    एमाले संसदीय दलको बैठक केहीबेरमा शुरू हुँदैछ ।

  • सूदूरपश्चिम प्रदेश: ओली पक्षबिनै एमाले संसदीय दलको बैठक

    सूदूरपश्चिम प्रदेश: ओली पक्षबिनै एमाले संसदीय दलको बैठक

    कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक बसिरहेको छ । प्रदेशसभा संसदीय दलको कार्यालयमा जारी बैठकमा ओली पक्षका सांसदहरू उपस्थित छैनन् ।

    बैठकले एमाले संसदीय दलको विधान पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सदस्य लालबहादुर खड्काले जानकारी दिए । सबैलाई खबर गरिएपनि ओली पक्षका सांसद कोही नआएको उनको भनाइ छ ।

    ५२ जना सांसद रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद छन् । तीमध्ये ओली पक्षमा ६ जनामात्रै छन् ।

  • एमालेले बोलायो संसदीय दलको बैठक, माधव पक्ष नजाने

    एमालेले बोलायो संसदीय दलको बैठक, माधव पक्ष नजाने

    काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

    बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

    तर, संसदीय दलको बैठकमा माधव पक्ष भने नजाने भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा जारी माधव पक्षीय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले भोलि डाकिएको संसदीय बैठकमा सहभागी नहुने उद्घोष गरेका छन् ।