Tag: नेकपा एकीकृत

  • संसदमा थपिए दुई नयाँ दल : एकीकृत समाजवादी चौथो, लोसपा छैटौं

    संसदमा थपिए दुई नयाँ दल : एकीकृत समाजवादी चौथो, लोसपा छैटौं

    काठमाडौं । संसदमा दुई नयाँ दल थपिएका छन् । राजनीतिक दलसम्बन्धी सरकारले ल्याएको नयाँ अध्यादेशसँगै भदौ ९ मा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएका थिए ।

    आयोगले उक्त जानकारी आज संघीय संसद सचिवालयलाई गराएसँगै अब नयाँ दलको अस्तित्व संसदमा पनि देखिने भएको हो ।

    अब एकीकृत समाजवादी र लोसपा संसदको चौथो र छैटौं ठूलो दल हुनेछन् । एकीकृत समाजवादीलाई ३० संघीय सांसदको साथ छ भने लोसपालाई १४ सांसद । संसदमा पहिलो दल एमाले हो भने दोस्रो नेपाली कांग्रेस र तेस्रो माओवादी केन्द्र हुन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पाँचौ हो।

    राष्ट्रिय जनमोर्चा, राप्रपालागयतको संसदमा उपस्थिति भए पनि ‘थेस्र होल्ड’ पार गर्न नसकेका कारण उनीहरूले राष्ट्रिय दलको मान्यता पाएका छैनन् ।

  • जीवन राईको नेतृत्वमा माधव समूहको नेकपा एकीकृत दर्ता, चुनाव चिन्ह कलम

    जीवन राईको नेतृत्वमा माधव समूहको नेकपा एकीकृत दर्ता, चुनाव चिन्ह कलम

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता भएको छ । निर्वाचन आयोगले कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र राईलाई बुधबार प्रदान गरेको छ ।

    निर्वाचन आयोगले राईलाई उपलब्ध गराएको प्रमाणपत्र अनुसार १६३ नम्बरमा सो पार्टी दर्ता छ । उनले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए ।

    निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत) को पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन् ।

    राईले भने नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको दावी गरे । उनले नेपाल प्रेससँग भने, ‘अहिले कसैसँग सल्लाह गरिएको होइन तर पछि त जोसुकै नेता पनि आउन सक्नुहुन्छ नि । यो वा ऊ भन्ने कुरै छैन ।’

    संखुवासभा जिल्लाका बासिन्दा रहेका राई नविना लामा अनेरास्ववियूको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए । उनी एमालेभित्र जुझारु युवा नेता मानिन्छन् ।

    महासचिव बनेका खुलाल अमृत साइन्स क्याम्पसमा अनेरास्ववियूबाट राजनीति गरेका हुन् । उनी २०६५ सालको स्ववियू चुनावमा सभापतिबाट बागी उम्मेवार बनेका थिए ।

  • माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता

    माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता

    काठमाडौं । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ ।

    निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत)को उपाध्यक्षमा कल्पना गुरुङ,महासचिव विनोद खुलाल,सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी दर्ता भएका छन् ।

    माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी भइरहेका बेला नेपाल निकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै माधव नेपालको पार्टी बन्न सक्ने अनुमान गरिएको छ ।

    राईले भने आफूले नेताहरुसँग सल्लाह नगरी पार्टी दर्ता गरेको नेपाल प्रेसलाई बताए । अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरुले अलग पार्टी दर्ता गरेको उनको भनाइ छ ।पार्टीको चुनाव चिन्ह कलम दावी गरिएको राईले बताए ।

    संखुवासभा जिल्लाका बासिन्दा रहेका राई नविना लामा अनेरास्ववियुको अध्यक्ष जित्दा उनको विपक्षी प्यानलबाट उपाध्यक्षमा हारेका थिए । उनी एमालेभित्र जुझारु युवा नेता मानिन्छन् ।

    महासचिव बनेका खुलाल अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुबाट राजनीति गरेका हुन् । उनी २०६५ सालको स्ववियु चुनावमा सभापतिबाट बागी उम्मेवार बनेका थिए ।