Tag: नुवाकोट

  • नुवाकोटमा माओवादी र नेकपा एसबीच मात्रै चुनावी तालमेल, कांग्रेस आउट

    नुवाकोटमा माओवादी र नेकपा एसबीच मात्रै चुनावी तालमेल, कांग्रेस आउट

    काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा नुवाकोटमा माओवादी केन्द्र र नेकपा एसबीच मात्रै चुनावी तालमेल हुने भएको छ । दुई दलबीच भएको भागबण्डाअनुसार १० स्थानीय तह रहेको नुवाकोटको आठ पालिका प्रमुखमा माओवादी केन्द्रको उम्मेदवार हुनेछन् भने एक पालिकामा नेकपा एसको उम्मेदवार हुनेछन् ।

    त्यस्तै तादी गाउँपालिकामा भने मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको बताइएको छ । त्यस्तै दुई पालिकाको उपप्रमुख नेकपा एसलाई दिएर माओवादीले बाँकी आफ्नै भागमा राखेको छ ।

    यहाँ नेपाली कांग्रेसले आफ्नै उम्मेदवार खडा गर्दैछ ।

    माओवादी र नेकपा एसबीच भागबण्डामा भएको सहमति यस्तो छ–

     

  • केउरिनीबाट त्रिशूली पुल हुँदै धादिङको फोस्रेटार जोडिने सडकले पूर्णता पाउने

    केउरिनीबाट त्रिशूली पुल हुँदै धादिङको फोस्रेटार जोडिने सडकले पूर्णता पाउने

    धादिङ । जग्गाधनीले स्वीकृति दिएसँगै नुवाकोटको केउरिनीबाट त्रिशूली नदिमाथि बनेको पुल हुँदै धादिङको फोस्रेटार जोडिने सडकले पूर्णता पाउने भएको छ । यसअघि मुख्य अबरोधका रूपमा देखिएको धादिङतर्फको करिब १५ मिटर एप्रोच सडकको ट्रयाक खुल्ने निश्चित भएसँगै पक्कीपुलबाट सडक सञ्जालसँग फोस्रेटार जोडिने निश्चित भएको हो ।

    पुलको मुखैमा रहेको घर जग्गाधनी बाशु खतिवडाले बुधवार हटाईदिएपछि सडक जोड्ने समस्याले निकास पाउने भएको हो । त्रिशूली नदीमा पक्कि पुल बने पनि पुलबाट सडक निस्कने एप्रोच सडकको ट्रयाक नहुँदा सडक सञ्जालसँग बस्ती र पुल जोडिन सकेको थिएन ।

    पुलको सबैभन्दा अघिल्लो छेउमा रहेको टहरो जग्गाधनी खतिवडाले हटाएसँगै लामो समय देखिको विवाद समाधानतर्फ गएको हो । पसल निर्माणका क्रममा ठेकेदार कम्पनी र सडक विभाग भरतपुरले बाशु खतिवडाको घर जग्गामा हानी नोक्सानी नगर्ने बताएको भए पनि स्थानीयले खतिवडालाई घरखाली गर्न दबाब दिंदै आएका थिए ।

    धादिङको गल्छी गाउँपालिका १ फोस्रेटार र नुवाकोटको बेलकोटगढी नगरपालिकाको केउरेनी जोड्ने त्रिशूली नदीमाथिको पुल निर्माण शुरु भएको सात वर्षपछि यसै वर्ष सम्पन्न भइसकको छ । २०७१ सालमा ठेक्का सम्झौता भएर २०७४ सालमा बन्नुपर्ने पुल २०७८ सालमा निर्माण सम्पन्न भए पनि पुलबाट गाउँसम्म मोटर गुड्न पाएको थिएन ।

    त्रिशूली नदी माथि १९२ मिटर पुलको निर्माण भएपनि पुलबाट सडक सञ्जाल जोड्ने निकास नहुँदा पुल सञ्चालनमा आउन सकेको थिएन । कूल १५ करोड ११ लाख रुपैयाँमा सपना हिम्डुङ एण्ड थोकर र नागार्जुन कन्सट्रक्सन जेभी कम्पनीले यो पुल निर्माण सम्पन्न गरेका हुन् ।

    पुल सञ्चालनमा आएपछि धादिङको गल्छी गाउँपालिकाको फोस्रेटारबाट धादिङबेसी सदरमुकाम आवत जावत गर्न सजिलो हुनेछ । अहिले यहाँका बासिन्दा गल्छी हुँदै फुर्केखोला भएर धादिङबेसी पुग्नु पर्ने बाध्यता रहेको छ ।

    पुलको निर्माणले धादिङको सदरमुकाम धादिङबेसीबाट जिल्लाको पुरानो सदरमुकाम सुनौलाबजार हुँदै फोस्रेटार भएर पृथ्वीराजमार्ग गल्छी र नुवाकोटको सदरमुकाम विदुर निस्कन सहज हुनेछ ।

    पुलको एक किलोमीटर बाटो ठेकेदार कम्पनीले नै पीच गर्नुपर्ने सम्झौता छ । पुल छेउकै टहरा भएको जग्गाका विषयमा लामो समयदेखि रहेको विवादलाई जग्गाधनी खतिवडाले ले कुनै शर्त नराखी खाली गरिदिएको गल्छी गाउँपालिकाका कानूनी सहजकर्ता एवम् फोस्रेटारका स्थानीयवासी श्रीराम खतिवडाले बताए ।

    खतिवडाले आफ्नो टहरो भत्काएर निकास खोलिदिए पनि पुलबाट गाउँ जोड्ने सडक जोडिन भने अझै केही समय लाग्ने छ । धादिङबेसीबाट आएको सडक पुलमा जोडिन अर्को ठाउँमा पनि अवरोध रहेको एक स्थानीयले बताए ।

    यो पुलले धादिङ जिल्लाको गल्छी गाउँपालिका र नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका जोडे पनि बढी सुविधा धादिङतर्फको नीलकण्ठ र नुवाकोटतर्फको तारकेश्वर गाउँपालिकाले पाउनेछन् ।

  • नुवाकोटमा ईश्वर पोखरेललाई प्रचण्ड-माधव पक्षको अवरोध प्रयास (फोटो/भिडियो)

    नुवाकोटमा ईश्वर पोखरेललाई प्रचण्ड-माधव पक्षको अवरोध प्रयास (फोटो/भिडियो)

    काठमाडौं । केपी ओली पक्षधर नेकपाको जिल्ला कार्यकर्ता भेलामा सहभागी हुन नुवाकोट पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलमाथि आक्रमण प्रयास भएको छ । प्रचण्ड-माधव नेपाल पक्षधर नेकपाका कार्यकर्ताले पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरेका छन् ।

    बट्टार क्याम्पस अगाडि विरोध प्रदर्शनमा उत्रिएका प्रचण्ड-माधव पक्षधर कार्यकर्ताले कालो झण्डा देखाउँदै पोखरेलको आगमनको विरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो ।

    केही पूर्व माओवादीका कार्यकर्ताले आक्रमण प्रयास गरेपनि प्रहरीले तितरवितर बनाएको उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले बताए । ढुंगा प्रहारबाट गल्छी स्याफु्रबेसी सडक आयोजनाका प्रमुख चढेको गाडी क्षतिग्रस्त भएको छ ।

    विरोध प्रदर्शनमा सहभागी प्रचण्ड-माधव पक्षधर नेकपा जिल्ला नेता उषाकिरण तिम्सिनाले उपप्रधानमन्त्री पोखरेलविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने क्रममा ओली पक्षका कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेपछि तोडफोड भएको बताएकी छन् ।

    उनका अनुसार प्रहरीले लाठीचार्ज गरेपछि झडप हुँदा गाडी तोडफोड भएको हो ।