दिल्ली । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र सत्तारुढ भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौंथाइवालेबीच विहिबार भेटवार्ता भएको छ ।
दूतावासमा आयोजित भेटमा नेपाल र भारतबीचको विविध आयाममा केन्द्रित रहेको नेपाली दूतावासले जनाएको छ ।
साथै, कोभिड-१९ महामारी नियन्त्रणका लागि आवश्यक सहयोगबारे छलफल भएको समेत जनाइएको छ ।

