Tag: निर्वाचन पर्यवेक्षण

  • निर्वाचन पर्यवेक्षणको लागि ६५ वटा संस्थाको आयोगमा निवेदन

    निर्वाचन पर्यवेक्षणको लागि ६५ वटा संस्थाको आयोगमा निवेदन

    काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षकको लागि ६५ वटा संस्थाले निवेदन दिएका छन् ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण गर्न इच्छुक ६५ वटा संस्थाले निवेदन दिएका हुन् ।

    आयोगले संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो । ‘सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    निवेदन दिने संस्थाबाट प्रस्तावित पर्यवेक्षकको सङ्ख्या २० हजार ४६७ रहेको आयोगले जनाएको छ । तीमध्ये पुरुष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २९१ जना रहेका छन् ।

    निवेदन माथि जाँचबुझ गरी यथाशीघ्र पर्यवेक्षण अनुमति सम्बन्धी निर्णय गरिने आयोगले बताएको छ ।