Tag: निर्वाचन आयोग

  • जरिवाना नतिर्ने ३८५ जनाको नाम समानुपातिकको बन्दसूचीबाट हटाउदैँ निर्वाचन आयोग

    जरिवाना नतिर्ने ३८५ जनाको नाम समानुपातिकको बन्दसूचीबाट हटाउदैँ निर्वाचन आयोग

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट ३८५ जनाको हटाउने तयारी गरेको छ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाएर शनिबारसम्म तोकिएको जरिवान नतिर्ने ३८५ जना उम्मेदवारको नाम आयोगले हटाउने तयारी गरेको हो ।

    दुवै सभाको बन्दसूचीमा नाम परेकामध्ये ४३९ जनाले समयमै निर्वाचन खर्च विवरण नबुझाएका कारण जरिवाना तिनुपर्ने सूचीमा परेका थिए । आयोगले उनीहरूलाई शनिबारसम्म जरिवाना बुझाउने समय तोकेको थियो । तोकिएको समयभित्र ५४ जनाले मात्रै जरिवाना बुझाएको आफुलाई जानकारी आएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेससँग बताए । उनका अनुसार बन्दसूचीमा रहेकामध्ये ३२ जनाले कात्तिक १ गतेसम्मसम्म जरिवाना बुझाइसकेका थिए ।

    बुधबारदेखि शनिबारसम्म २२ जनाले मात्रै जरिवाना बुझाएको र शनिबारसम्म जरिवाना नतिर्नेको नाम बन्दसूचीबाट हटाइने थपलियाको भनाई छ । आयोगले स्थानीय तहको निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख २३ हजार भन्दा बढी उम्मेदवारलाई डेढ लाखदेखि साढे ७ लाखसम्म जरिवाना गराउने निर्णय भदौ ३१ गते गरिसकेको छ । जरिवाना नतिर्ने व्यक्तिले ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने पनि आयोगले निर्णय गरेको छ ।

    यो पनि

    ४०८ जनाले कात्तिक ५ गतेसम्म जरिवाना नबुझाए बन्दसूचीबाटै नाम हटाउने निर्वाचन आयोगको निर्णय (सूचीसहित)

    समानुपातिकको बन्दसूचीका ४३९ जनाले आयोगमा बुझाएका छैनन् जरिवाना

  • निजी क्षेत्रलाई पनि निर्वाचनको दिन बिदा दिन निर्वाचन आयोगको आग्रह

    निजी क्षेत्रलाई पनि निर्वाचनको दिन बिदा दिन निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले निजी क्षेत्र, वित्तिय संघ संस्था तथा वित्तिय संस्थालाई निर्वाचन हुने दिन वैशाख ३० गते बिदा दिन आग्रह गरेको छ ।

    आयोगले बिहीबार एक विज्ञप्तीमार्फत स्थानीय तह निर्वाचनमा सबैको मताधिकार सुनिश्चित गर्न मतदान गर्नका लागि निजी क्षेत्र, विभिन्न संघ संस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी सबैलाई उक्त दिन बिदा दिन आग्रह गरेको हो ।

  • सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

    सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको आयोगले एक विज्ञप्तीमार्फत जानकारी गराएको हो ।

    मुख्यमन्त्री भट्टले कैलालीको कैलारी गाउँपालिकाका अग्निपीडितलाई तुरुन्तै घर बनाइदिने र अन्य सुविधासमेत दिने न्दै आश्वासन दिएको र उक्त आश्वासन निर्वाचनमा मत प्रभाव पार्ने गरी अभिव्यक्त भएकाले स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव सुर्यप्रसाद अर्यालले जानकारी दिए ।

    उनका अनुसार निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेललाई पनि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष पोखरेलले टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन आयोगप्रति अनास्था जगाउने अभिव्यक्ति दिएको र व्यक्ति विशेषलाई भोट मागेको पाइएकोले स्पष्टिकरण सोधिएको सहायक प्रवक्ता अर्यालले बताए ।

  • उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन: कारोबार बैंक खाताबाट मात्रै गर्नू

    उम्मेदवारलाई निर्वाचन आयोगको निर्देशन: कारोबार बैंक खाताबाट मात्रै गर्नू

    काठमाडौं । निर्वाचन आयोगले आसन्‍न स्थानीय तह निर्वाचनका उम्मेदवारको खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । निर्वाचनमा उम्मेदवारको खर्चको सिलिङ तोकेको आयोगले चुनावी खर्चको अनुगमन गरिरहेको हो ।

    आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने भनेका छन् ।

    यसरी तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने, राजनीतिक दलले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक खाता मार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खर्चगर्नु पर्ने, २५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत गर्नुपर्ने, व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नुपर्ने भनिएको छ ।

    त्यस्तै, खर्चको विवरण तथा बिल भरपाई राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने, आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेश गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराइएको छ ।

    निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्‍न भएपछि सार्वजनिक गरी आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

  • निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दै

    निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दै

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ ।

    १२ र १३ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको हो ।

    १६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली नै शुक्रबार नै प्रकाशन हुनेछ ।

    निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

    ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।

  • निर्वाचन आयोगको प्रस्ताव: निर्वाचनको मौन अवधिभर मदिरा बिक्रीमा बन्देज लगाऔं

    निर्वाचन आयोगको प्रस्ताव: निर्वाचनको मौन अवधिभर मदिरा बिक्रीमा बन्देज लगाऔं

    काठमाडौं । निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनको मौन अवधि सुरु भएदेखि नसकिँदासम्म मदिराजन्य पदार्थको बिक्री वितरणमा बन्देज लगाउन प्रस्ताव गरेको बताएका छन् । पत्रकारहरुका लागि आयोजित अभिमुखीकरणा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले राजनीतिक दलबीच उक्त प्रस्ताव गरिएको जानकारी दिएका हुन् ।

    ‘मौन अवधि भनेको सबैजना चुप लागौं भन्ने हो तर हामीकहाँ मौन अवधिमै सबैभन्दा धेरै चलखेल भएको पाइन्छ’, प्रमुख आयुक्त थपलियाले भने, ‘त्यस्तो चलखेलमा मदिरा मुख्य कारक हो भन्ने लागेर मौन अवधिका बेला देशभर मदिरा बिक्री वितरण नगर्न–नगराउन हामीले प्रस्ताव गरेका छौं ।’

    निर्वाचनमा मौन अवधि मतदान सकिनुपूर्वको ४८ घण्टा हुन्छ । थपलियाले घण्टामा मदिराभन्दा लोकतन्त्रको स्वाद मीठो हुने भन्दै भने– ४८ घण्टाको मदिराको स्वादभन्दा लोकतन्त्र र जनमतको स्वाद महत्त्वपूर्ण हो, त्यसैले उक्त अवधिमा मदिरा बिक्री वितरणमा बन्देज लागाउनुपर्छ ।

  • निर्वाचन आयोगले बोलायो ७९ दललाई, आचारसंहिताबारे छलफल हुने

    निर्वाचन आयोगले बोलायो ७९ दललाई, आचारसंहिताबारे छलफल हुने

    काठमाडौं । निर्वाचन आयोगले आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दैछ । बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ ।

    २०७४ को निर्वाचनमा आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो । यसपटक ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ ।

    तर, आचारसंहिता भने लागू भइसकेको छैन ।

    उमेदवार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविरुद्धको रिट परेको छ । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

    यद्यपि, सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।

  • निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दै, दुई लाख मतदाता थपिए

    निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दै, दुई लाख मतदाता थपिए

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । यसअघि एक करोड ७८ लाख मतदाता रहेको अनुमान गरेको आयोगले आज औपचारिकरुपमै मतदाताको सूची सार्वजनिक गर्न लागेको हो ।

    नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ । अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर गर्न सकिने छैन ।

    अघिल्लो निर्वाचनमा भन्दा करिब दुई लाख मतदाता थपिएको आयोगले जनाएको छ ।

    यद्यपि, आयोगले करिब दुई करोड मतपत्र छाप्ने तयारी गरेको छ ।

  • ऐनविपरीत निर्वाचन आयोगको आचारसंहिता, अदालतमा मुद्दा परे के होला ?

    ऐनविपरीत निर्वाचन आयोगको आचारसंहिता, अदालतमा मुद्दा परे के होला ?

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐनसँग बाझिनेगरी आचारसंहिता जारी गरेपछि अदालतमा मुद्दा पर्ने र चुनावलाई असर पर्नेगरी झमेला सिर्जना हुने चिन्ता व्यक्त गर्न थालिएको छ ।

    आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान आचारसंहितामा राखेको छ । जबकी संविधान र कानूनले स्थानीय तह एक दिन पनि जनप्रतिनिधिविहीन बनाउन नहुने भनेरै अवधि सकिनु दुई महिनाअघि नै चुनाव गर्ने भनेको हो ।

    निर्वाचन आयोगले पठाएको आचारसंहिताको मस्यौदामै कानून मन्त्रालयका उच्च अधिकारीले यो ऐनविपरीत हुने र कुनै पनि व्यक्ति अदालतमा गएमा खारेज हुने भन्दै केही दफा हटाउन सुझाएका थिए । तर आयोगले हटाउन मानेन ।

    उम्मेदवार मनोनयनअघि नै राजीनामा दिएपछि स्थानीय तह एक दुई महिना रिक्त रहने अवस्था आउने र त्यो कानूनविपरीत हुने तर्क राजनीतिक दलका नेताहरुले पनि गर्न थालिसकेका छन् । एमालेले त्यसमा आपत्ति जनाइसकेको छ भने अरुले बोलेका छैनन् ।

    आयोगले जारी गरेको आचारसंहितको अर्को दफा ४५ र ४७ पनि कानूनसँग बाझिनेगरी आएकाले मुद्दा पर्न सक्छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न उम्मेदवारले आफू निर्वाचित, मनोनित वा नियुक्त भएको निकायबाट लिएको कुनै प्रकारको पेश्की फस्र्यौट गरेको हुनुपर्ने उल्लेख छ ।

    त्यस्तै लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानीसाथ असूल उपर गर्ने भनी कायम भएको बेरुजु फर्स्याैट गरेको हुनपर्ने भनिएको छ । बेरुजु फर्स्याैट गरेरमात्र उम्मेदवार बन्न पाउने प्रावधान राम्रो भए पनि कानूनले निर्धारण गरेको उम्मेदवारको योग्यतामा यो विषय नरहेकाले बाझिनसक्ने विज्ञहरु बताउँछन् ।

    आयोगले बहालवाला जनप्रतिनिधिले राजीनामा दिएरमात्र उम्मेदवार बन्न पाउने आचारसंहिता लागू हुने हो भने अब हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि प्रधानमन्त्री, मुख्यमन्त्री तथा मन्त्रीहरुले राजीनामा गरेर उम्मेदवार बन्नुपर्छ । त्यो बेला देश प्रधानमन्त्रीविहीन हुने हो ? यो प्रश्न पनि उठेको छ ।

    निर्वाचन ऐनमा संशोधन नगरी आयोगको आचारसंहितामा मात्र उल्लेख भएका विषय अदालतबाट खारेज हुने वा मुद्दामामिला परेर तोकिएको मितिमा निर्वाचन हुनेमा अन्याेल बढाउने देखिन्छ ।

  • निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्दै

    निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्दै

    काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल थालेको छ । ३० वैशाखमा तय भएको निर्वाचनका सन्दर्भमा आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो ।

    आज बिहान साढे ११ बजे छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि आयोगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने छ भने राय(सुझाव लिने छ ।

    आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

     

     

     

  • निर्वाचन आयोगले गर्यो प्रधानमन्त्री कार्यालयमार्फत तीनै तहका सरकारलाई २६ बुदेँ परिपत्र (सूचीसहित)

    निर्वाचन आयोगले गर्यो प्रधानमन्त्री कार्यालयमार्फत तीनै तहका सरकारलाई २६ बुदेँ परिपत्र (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि तीन वटै तहका सरकारलाई २६ बुदेँ परिपत्र गरेको छ । आयोगले सोमबार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि विभिन्न विषय समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई २६ बुदेँ परिपत्र गरेको हो ।

    जसमा स्थानीय तह निर्वाचनको सन्दर्भमा आयोगबाट भएका निर्णयलाई उच्च प्राथमिकता दिई तत्काल कार्यान्वयन गर्न गराउन सबै निकायलाई निर्देशन दिन, २०७९ बैशाख १० गतेसम्म कोभिड–१९ विरुद्वको पूर्ण खोप लगाउने व्यवस्था मिलाउन, स्थानीय तह सदस्य निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रवन्ध मिलाई आयोगलाई जानकारी गराउने ब्यवस्था मिलाउन पत्रमार्फत आग्रह गरेको छ ।

    स्थानीय तह निर्वाचन प्रयोजनको लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रममा मतदातालाई सहभागी गराउन र प्रमुख नाम दर्ता अधिकारीलाई आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाउन, स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालयबाट आवश्यक व्यवस्था मिलाउन पनि भनेको छ ।

    आसन्न स्थानीय तह निर्वाचन, २०७९ को सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा खटाईएका जनशक्तिको आवागमन र निर्वाचनसँग सम्बन्धित सामग्रीको ढुवानीका लागि अनुरोध भई आएमा नेपाल वायुसेवा निगम तथा अन्य हवाई सेवा प्रदायक संघ संस्थाले पहिलो प्राथमिकताका साथ समन्वय, सहजीकरण र सेवा उपलब्ध गराउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गरेको आयोगका प्रवक्ता शालिगा्रम शर्माले बताए ।

    सबै मतदान स्थलको संरक्षण, मर्मत सम्भार एवं उक्त स्थलमा खानेपानी, शौचालय, विद्युत, सञ्चार आवजावतको वैकल्पिक मार्ग, सडक, पुल पुलेसा, कम्पाउण्ड वाल, तारवार आदिको व्यवस्था गर्न तथा ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गतामैत्री बनाउन यथासम्भव प्रयत्न गर्न सम्बन्धित स्थानीय तह एवम् सम्बद्ध निकायमा समन्वय, निर्देशन र कार्यान्वयनको व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ ।

    २०७८ चैत १५ गते अघि नै संघ, प्रदेश र स्थानीय तहमा कामकाजका लागि खटिएका कर्मचारीलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्ने र यस्तो स्थानमा स्वीकृत दरवन्दीको पद र तह अनुसारको कर्मचारी सरुवा पदस्थापन गरी सक्ने व्यवस्था मिलाउन पनि भनेको छ । २०७८ चैत १५ गते अघि नै संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरवन्दीको तह र पद नाम बमोजिम सरुवा पदस्थापन भएका कर्मचारीको स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काज तथा सरुवा नगर्ने व्यवस्था मिलाउन आयोगले आग्रह गरेको छ ।

    स्थानीय तहको निर्वाचनमा स्थानीय प्रशासनको भूमिका प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी लगायत सबै कर्मचारी चैत १५ गते अघि नै सरकारबाट स्वीकृत पदको तह र पद नाम बमोजिम सरुवा तथा पदस्थापन गर्न भनेको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको भए चैत्र १५ अघि नैसरकारबाट स्वीकृत दरवन्दी अनुसारकै तह र पद नाम बमोजिमका प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा पदस्थापन गर्न पनि भनिएको छ ।

    स्थानीय तह निर्वाचनको प्रयोजनको लागि केन्द्र, प्रदेश तथा जिल्लास्तरमा कार्यरत कर्मचारीको यथार्थ विवरण अद्यावधिक गरी राख्ने र निर्वाचन प्रयोजनको लागि सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट माग गरेको बखत तुरून्त उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले आग्रह गरेको छ । नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तहका पूर्वाधार तथा भौतिक साधन, सभागृह तथा अतिथिगृह, सवारी साधन, परिवहनका साधन र अन्य विद्युतीय उपकरण मर्मत संभार गरी ठीक दुरूस्त अवस्थामा राख्न पनि भनिएको छ ।

    सबै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको विवरण अद्यावधिक गरी राख्न र निर्वाचन प्रयोजनको लागि माग भएका बखत तत्काल उपलब्ध गराउन सबै स्थानीय तहलाई जानकारी गराई त्यस बमोजिम तयारी अवस्थामा रहने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आग्रह गरेको छ । यस्तै सरकारी, सामुदायिक तथा निजी अस्पताल, नर्सिङ होम लगायत सबै स्वास्थ्य संस्था निर्वाध रूपमा सञ्चालन हुने व्यवस्था मिलाउनका साथै जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्स तथा दमकललाई चालु अवस्थामा राख्ने व्यवस्था गर्न भनिएको छ ।

    सार्वजनिक सञ्चारका माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति आदिले निर्वाचन सम्बन्धी सूचना, समाचार र जानकारीमूलक सामग्रीलाई प्राथमिकता दिई उत्पादन, प्रकाशन र प्रसारण गर्ने तथा निर्वाचन आयोगबाट उत्पादन गरी उपलब्ध गराइएका निर्वाचन सम्बन्धी सूचनामूलक सामग्री प्राथमिकताका साथ प्रकाशन एवम् प्रशारणको व्यवस्था मिलाउन आग्रह गरिएको छ । निजी क्षेत्रका आम सञ्चार माध्यमलाई पनि निर्वाचन सम्बन्धी सामग्रीलाई प्राथमिकतासाथ प्रकाशन एवम् प्रसारणको व्यवस्थाको लागि सहजीकरण गर्न पनि भनिएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गत सञ्चालित लोक कल्याणकारी विज्ञापन सम्बन्धी कार्यक्रमबाट प्रकाशन तथा प्रसारण हुने विज्ञापन तथा सूचनामूलक सामग्रीमा निर्वाचन आयोगबाट उत्पादित तथा प्रेषित सूचनामूलक सामग्री प्राप्त गरी सबै छापा एवं विद्युतीय सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण हुने व्यवस्था मिलाउन भनिएको छ । निर्वाचनसँग सम्वन्धित सूचना तथा जानकारी प्रचार प्रसारका लागि आयोगबाट प्राप्त भएमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह वा त्यस अन्तर्गतका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, बोर्ड, आयोग, कोष, प्रतिष्ठान, प्राधिकरण तथा शैक्षिक संस्थाका कार्यालय र कार्यालय परिसरभित्रका सबै डिजिटल डिस्प्ले सूचना पार्टीमा आम सर्वसाधरणले देख्न र पढ्न सक्ने गरी डिस्प्ले गर्ने ब्यवस्था मिलाउन आयोगले भनेको छ ।

    यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाई निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्थाका साथै तोकिएको मतदान स्थल र मतदान केन्द्रसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधार समेत नेपाल सरकार तथा प्रदेश सरकारका सम्वद्ध निकाय एवम् स्थानीय तहबाट प्राथमिकताका साथ आवश्यक मर्मत संभार गरेर सुचारू अवस्थामा राख्ने व्यवस्था मिलाउन भनिएको छ ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल टेलिकम, निजी क्षेत्रका सञ्चार सेवा प्रदायक संस्था तथा विकास आयोजना लगायत सरकारी निकायका वायरलेस, टेलिफोन, फ्याक्स तथा अन्य सञ्चार साधन मर्मत र सेवा बिस्तार गर्नुपर्ने भए तत्काल मर्मत र सेवा बिस्तार गरी चालु अवस्थामा राख्न लगाउन अनुरोध गरेको छ ।

    स्थानीय तह सदस्य निर्वाचनका क्रममा नियुक्त गरिएका वा खटाइएका वा तोकिएका वा आयोगको निर्देशन, आदेश पालना गर्नुपर्ने कर्तव्य भएका कर्मचारी वा सुरक्षाकर्मीले प्रचलित कानून वा आयोगको आदेश वा निर्देशनको जानाजानी उलंघन हुने गरी वा वदनियतले कुनै काम कारवाही गरेमा वा निर्वाचनको निष्पक्षतामा असर पर्ने काम गरेमा निजको सेवा शर्त सम्वन्धी प्रचलित कानून बमोजिम अख्तियारवालाको अधिकार प्रयोग गरी विभागीय कारवाही गर्न सक्ने ब्यवस्था सबैलाई जानकारी गराउन भनिएको छ ।

    निर्वाचनका क्रममा नियुक्त गरिएका वा खटाइएका वा तोकिएका वा आयोगको निर्देशन, आदेश पालना गर्नुपर्ने कर्तव्य भएका कर्मचारी वा सुरक्षा कर्मीले कुनै किसिमको डर, धम्की वा प्रलोभन दिएमा वा वल प्रयोग गरी आफ्नो कर्तव्य पालना गर्न वा गराउनबाट विचलित गराएमा उक्त कार्यलाई निर्वाचन कसुर मानिने व्यवस्था रहेकोले कानूनको वरखिलाप हुने गरी कही कतैबाट यस्तो कुनै कार्य नहुन र भए गरेको पाइएमा कानून बमोजिम आवश्यक कारवाही गर्ने गराउने ब्यवस्था गर्न भनिएको छ ।

    राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण वा दुरुपयोग वा क्षति पु¥याउने गरी कुनै कार्य गर्न नपाउने भएकोले कुनै सार्वजनिक संस्था वा निकाय वा सामुदायिक विद्यालय वा महाविद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन अन्य जुनसुकै भौतिक साधन प्रयोग गर्न गराउन पूर्णतः रोक लगाउने ब्यवस्था गर्न अनुरोध गरिएको छ ।

    निर्वाचन सम्बन्धी भेला, आमसभा, र्याली र गोष्ठी तथा स्थानीय तहमा अन्य निकायबाट हुने तालीम, गोष्ठी, सेमिनार, बैठक, भेला, मतदाता नामावली अद्यावधिक कार्यक्रम, मनोनयन पत्र दर्ता, निर्वाचन चिन्ह वितरण, निर्वाचन प्रचार–प्रसार,परिचयपत्र वितरण, मतदान, मतगणना र परिणाम घोषणा लगायतका कार्यक्रम सञ्चालन गर्दा तथा सहभागी हुँदा अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सावधानीपूर्वक कार्यक्रम गर्नेे गराउनेतर्फ स्थानीय प्रशासनमार्फत आवश्यक व्यवस्था मिलाउन भनिएको छ ।

  • लोकतन्त्रको नयाँ भाष्य- चुनाव गराउनु प्रतिगमन, जनप्रतिनिधिविहीन शासन अग्रगमन

    लोकतन्त्रको नयाँ भाष्य- चुनाव गराउनु प्रतिगमन, जनप्रतिनिधिविहीन शासन अग्रगमन

    काठमाडौं । २०५९ सालतिर हो, हामी केही पत्रकार पूर्वीनेपालको ओखलढुंगातिर जाँदै थियौं । एउटा गाउँमा माओवादी जनअदालत बसिरहेको छ भनेपछि हाम्रा पाइला त्यता मोडिने नै भए ।

    जनअदालतमा वहुविवाहको मुद्दाको पेसी रहेछ । जनअदालतका प्रमुखले दोस्रो बिहे गरेको भनेर एकजना स्थानीयलाई भाटे कारबाही गर्दै रहेछन् । बारीको डिलमाथि बसेका एकजना स्थानीयले जनअदालतका प्रमुखलाई प्रश्न गरे- ए तैंले नि त दुईटा बिहे गरेका छस् नि, यसरी थिलथिलो हुनेगरी भाटा हान्नु त भएन नि ।

    त्यसपछि ती कमरेड जंगिदै भने- हाम्रो त माओले चारवटी गर्नुभएको थियो, हामीलाई सिकाउने ? तँलाई पनि सुम्ल्याइदिउँ ?

    करिब २० वर्षअघिको यो प्रसंग अहिले मिथकजस्तो लाग्न सक्छ कतिपयलाई । आज त्यो घटना स्मरण गर्नुको कारण चाहिँ चुनाव अग्रगमन कि प्रतिगमन भन्ने विगत एक वर्षदेखि नेपाली राजनीतिमा चलिरहेको बहसले हालै निर्वाचन आयोगमा क्लाइमेक्सको रूप लिएपछिको सन्दर्भ हो ।

    पछिल्लोपटक निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तोक्न ताकेता गर्ने उद्देश्यले सर्वदलीय बैठकको आयोजना गरेको थियो । बैठकमा वडादेखि संघसम्म कतै जनप्रतिनिधि जिताउन नसकेको जनता दलदेखि तीनै तह (प्रदेश २, र सुदूपश्चिमबाहेक) को सबैभन्दा ठूलो दल एमालेसम्म सहभागी थिए ।

    वैशाखमा स्थानीय तह निर्वाचन गर्नका लागि कम्तीमा १२० दिनअघि नै सरकारले मिति घोषणा गर्नुपर्छ । चुनाव गराउने हो भने सरकारले ढिलोमा यही माघ महिनाको दोस्रो सातासम्म निर्णय गर्नुपर्छ । अब देउवाले सत्ता गठबन्धनका आफ्ना सहयात्री दलको दबाब मान्छन् वा संवैधानिक व्यवस्था पालना गर्छन् ? अहिले प्रश्न उनैमाथि छ ।

    त्यो बैठकमा सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका नेताहरू क्रमशः लीलामणी पौडेल, रामकुमार भट्टराई र हिमलाल पुरीले प्रष्ट शब्दमा स्थानीय तहको निर्वाचन कम्तीमा असोजअघि गर्नु हुँदैन । केही समय जनप्रतिनिधि रिक्त भए कर्मचारीबाट व्यवस्थापन गर्न सकिन्छ ।

    सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका प्रतिनिधि रमेश लेखक विगतमा (माधव नेपालकाल) एमालेले लिने जस्तै लाइन ‘भए पनि ठीक छ, नभए पनि ठीक छ’ भन्ने ढंगले प्रस्तुत भएका थिए । कुनै बेला बाबुराम भट्टराईले एमालेलाई दिएको ‘न भाले, न पोथी’को संज्ञा स्थानीय तहमा चुनाव गराउने कि खाली गर्ने भन्ने सन्दर्भमा कांग्रेसमा लागू भएको छ ।

    नत्र त्यस बैठकमा उपस्थित हरिचरण शाहदेखि एमालेका विष्णु रिमालसम्ममात्र होइन निर्वाचन आयोगका पदाधिकारीहरूको पनि भनाइ एउटै थियो- स्थानीय तहमा आगामी २०७९ जेठ ६ गते नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्नुपर्छ । नत्र मुलुकमा संवैधानिक संकट आउनेछ ।

    यहाँ हालै प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट जाँदाको सन्दर्भ पनि जोड्न उपयुक्त हुन्छ । लामो समयको संवादहीनता र सत्ता तथा प्रतिपक्षबीचको तिक्तता तोड्न प्रधानमन्त्री देउवा गत साता विपक्षी दलका नेता केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

    दुई नेताबीच अन्तरंग के-के कुराकानी भए, त्यो विषय यो आलेखमा सान्दर्भिक छैन । तर, ओलीले आफूनिकट नेताहरूलाई सुनाएको एउटा प्रसंग चाहिँ यहाँ उल्लेख गर्नु उपयुक्त होला । त्यस भेटमा ओलीले देउवालाई स्थानीय तह जनप्रतिनिधिविहीन बनाएर लोकतन्त्र सिध्याउने २० वर्षअघिको विगत नदोहोर्‍याउन सुझाव दिएका थिए ।

    सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नै स्वीकार गरिसके सत्ता गठबन्धनमा वैशाखमै चुनाव गर्ने कि नगर्ने भन्नेबारे विमति छ भन्ने कुरा । नेकपा एस र माओवादीका नेताहरूले असोजमा भएको प्रदेश २ को स्थानीय चुनावलाई ५ वर्ष मानेर थप ६ महिना थप्न सकिने प्रावधानमा टेक्दै अर्को चैत वैशाखसम्म चुनाव नगर्ने कुरा ल्याइसकेका छन् ।

    ओलीको भनाइको सार थियो- इतिहासमा कांग्रेसमाथि लोकतन्त्र सिध्याएको आरोप लाग्दै आएको छ । जे सुकै कारणले भए पनि कांग्रेसकै पालामा पहिलो जननिर्वाचित संसद भंग भएर वीपी कोइरालाको सरकार अपदस्त भयो । तपाईंले २०५९ सालमा स्थानीय निकायको चुनाव गराउनुभएन र म्याद थप पनि नगरेर २० वर्षसम्म जनप्रतिनिधिविहीन बनाउनुभयो र लोकतन्त्र खोसियो । यसपटक पनि (मेरा भाइहरूको) गठबन्धनका प्रचण्ड-माधवहरूको भाउँतोमा परेर इतिहासको गल्ती नदोहोर्‍याउनुस् ।

    ओलीको भनाइलाई आफूले गम्भीरतापूर्वक लिएको भनेर बालुवाटार फर्किएका प्रधानमन्त्री अहिले सायद संकटमा छन् । स्थानीय चुनाव वैशाखमै गराउनुपर्ने संवैधानिक बाध्यता निर्वाचन आयोगले उनलाई बुझाइसकेको छ । तर, आफ्नै पार्टी र गठबन्धनका साझेदारलाई बुझाउन सकेका छैनन् ।

    यो पनि पढ्नुहोस् : नियमित निर्वाचन नगर्न प्रधानमन्त्रीलाई गठबन्धनभित्रै दबाब, प्रवक्ता भन्छन्– उपयुक्त समयमा निर्णय लिन्छौं

    चुनाव र प्रतिगमनलाई पर्यायवाची शब्दका रूपमा व्याख्या गरेर स्थापित भएको अहिलेको सत्ता गठबन्धनले जनप्रतिनिधिमूलक संस्थाहरूलाई रिक्त गराएर अग्रगमनको अभिभारा पूरा गर्न खोजेको हो ? निर्वाचन आयोगमा देखिएका दृष्य र सत्ता गठबन्धनका पिलर मानिएका ‘वृहत नागरिक आन्दोलन’देखि ‘बार आन्दोलन’सम्मका कम्फरटेबल अवयवहरूको जोड-कोण मिल्नुले यो प्रश्न उब्जिएको छ ।

    बार आन्दोलनको अग्रभागमा देखिने अनुहारमध्येका एक स्थापित वकिल टीकाराम भट्टराईले हालै फेसबुक स्टाटस लेखे- मौसम हेरेर संविधानको व्याख्या गर्न कहिल्यै जानिएन । कुनै पनि तर्क र बहानामा स्थानीय तहको निर्वाचन पाँच वर्षभन्दा एक दिन पनि बढाउन सकिन्न । खबरदारी गरौं ।

    एक वर्षअघि प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने तत्कालीन प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध न्यायिक लडाइँको अग्रभागमा थिए भट्टराई । त्यसपछि संविधानको धारा ७६ (५) बमोजिम दोस्रो पटकको विघटनविरुद्धको कानूनी लडाइँको पनि उनी अग्रभागमा थिए ।

    २०७९ जेठ ५ गतेभित्र नयाँ चुनाव भएर स्थानीय तहमा नयाँ जनप्रतिनिधि आउनुपर्छ । यदि कानूनका कुनै छिद्र खोजेर चुनाव टार्न वा सार्न खोजियो भने जेठ ६ गतेबाट ७५३ स्थानीय तह रिक्त हुनेछन् । त्यो भनेको संवैधानिक संकट नै हो ।

    आफैंले लडेर ल्याएको सरकारसँग उनले स्थानीय तहको निर्वाचन वैशाखभन्दा उता नसार्न खबरदारी गर्नुले पनि अग्रगमनको आडमा प्रतिगमन हुन खोज्दैछ भन्ने संकेत हो । भट्टराईले भनेजस्तै संविधानको व्याख्या मौसम हेरेर नगरियोस् ।

    अहिलेको सरकारले मंसिरअघि नै प्रतिनिधिसभा चुनाव गरायो भने त्यो प्रतिगमन हुने कि अग्रगमन हुने भन्ने प्रश्न बरु अहिले नै उठाउने बेला भएको छैन । तर, स्थानीय तहको चुनावको लागि भने दबाब दिन टीकारामजस्तै अहिलेको सत्ता गठबन्धनका स्टेक होल्डरहरूले दिने बेला आएको छ । ती स्टेक होल्डर जो संविधान र लोकतन्त्रको नियमित अभ्यासको पक्षमा छन् ।

    अहिलेको सत्ता गठबन्धनका मुख्य ‘स्टेक होल्डर’ नेपाल बार, वृहत नागरिक आन्दोलन, आन्तरिक र बाह्य जनमत निर्माण गर्ने एलिट वर्ग, मूलधारको मिडियाको नेतृत्व गरिरहेको बहुसंख्यक हिस्सा र असार २८ को परमादेश जारी गर्ने संवैधानिक इजलास नै हुन् ।

    केपी ओलीले चुनाव गराउन खोज्दा प्रतिगमन भनिएकै कारण अब हुने कुनै पनि तहका चुनाव प्रतिगामी हुनेछन् भन्ने भाष्य स्थापित गर्न खोजिएको हो भने अलग कुरा भयो । नत्र जनप्रतिनिधिमूलक निकायहरूलाई रिक्त गराएर चुनावबाट भाग्ने कुरा कसरी अग्रगमन हुन्छ ? यो प्रश्न जो-जोसँग जे माध्यम छन् ती माध्यमबाट सरकारलाई गरिएन भने वास्तविक प्रतिगमन सुरू हुनेछ ।

    सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नै स्वीकार गरिसके सत्ता गठबन्धनमा वैशाखमै चुनाव गर्ने कि नगर्ने भन्नेबारे विमति छ भन्ने कुरा । नेकपा एस र माओवादीका नेताहरूले असोजमा भएको प्रदेश २ को स्थानीय चुनावलाई ५ वर्ष मानेर थप ६ महिना थप्न सकिने प्रावधानमा टेक्दै अर्को चैत वैशाखसम्म चुनाव नगर्ने कुरा ल्याइसकेका छन् ।

    साउनमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ भन्ने नेपाली उखानजस्तै केपी ओलीले चुनाव घोषणा गर्दा प्रतिगमन देख्ने दलहरूले आवधिक चुनावलाई पनि प्रतिगमन देखेर त्यसलाई टार्न, सार्न र त्यसबाट भाग्न खोज्नु सम्भावित पराजयको डरमात्र नभएर प्रतिगामी सोच पनि हो । किनकी संविधानले जनप्रतिनिधिविहीन सत्ताको परिकल्पना गरेको छैन ।

    अहिले सत्ता गठबन्धनका कतिपय दलका आफ्ना बाध्यता होलान् । नेकपा एस भर्खरै फुटेको दल भएकाले वडासम्म उसको संगठन फैलिन फैलिन सकेको छैन । नेकपा एसको बाध्यता वा माओवादीको कष्ट केही पर सार्न संवैधानिक व्यवस्थालाई कुल्चन मिल्छ ?

    वडासम्म एमाले विभाजित नहुनु भनेको कांग्रेसलाई स्थानीय चुनाव अनुकूल नहुनु हो । माओवादी पनि विभाजित भएको छ । वडादेखि केन्द्रसम्मका नेता कार्यकर्ताको ठूलो पंक्ति नेकपाकालमै विभाजित भएर केपी ओली पक्षमा लागेको थियो र त्यो पंक्ति अहिले एमालेमा समाहित भएको छ । यसको अर्थ स्थानीय चुनाव नगरी कर्मचारीबाट चलाउने कुरा संवैधानिक र कानूनीरूपमा प्रतिगमन हो ।

    केपी ओलीले चुनाव गराउन खोज्दा प्रतिगमन भनिएकै कारण अब हुने कुनै पनि तहका चुनाव प्रतिगामी हुनेछन् भन्ने भाष्य स्थापित गर्न खोजिएको हो भने अलग कुरा भयो । नत्र जनप्रतिनिधिमूलक निकायहरूलाई रिक्त गराएर चुनावबाट भाग्ने कुरा कसरी अग्रगमन हुन्छ ? यो प्रश्न जो-जोसँग जे माध्यम छन् ती माध्यमबाट सरकारलाई गरिएन भने वास्तविक प्रतिगमन सुरू हुनेछ ।

    २०७९ जेठ ५ गतेभित्र नयाँ चुनाव भएर स्थानीय तहमा नयाँ जनप्रतिनिधि आउनुपर्छ । यदि कानूनका कुनै छिद्र खोजेर चुनाव टार्न वा सार्न खोजियो भने जेठ ६ गतेबाट ७५३ स्थानीय तह रिक्त हुनेछन् । त्यो भनेको संवैधानिक संकट नै हो ।

    के जनादेशमा जाने कुरालाई प्रतिगमन भनेर परमादेशबाट सत्ता प्राप्त गरेका दलहरू जानीजानी संवैधानिक संकट निम्त्याउन चाहन्छन् ? लोकतन्त्रको कपिराइट दाबी गर्ने नेपाली कांग्रेसले सम्भवतः यस्तो प्रश्न उठ्ने ठाउँ दिने छैन । गठबन्धनको दबाब झेलिरहेका प्रधानमन्त्रीले नै यसबारेमा बोल्ने समय आइसकेको छ ।

    वैशाखमा स्थानीय तह निर्वाचन गर्नका लागि कम्तीमा १२० दिनअघि नै सरकारले मिति घोषणा गर्नुपर्छ । चुनाव गराउने हो भने सरकारले ढिलोमा यही माघ महिनाको दोस्रो सातासम्म निर्णय गर्नुपर्छ । अब देउवाले सत्ता गठबन्धनका आफ्ना सहयात्री दलको दबाब मान्छन् वा संवैधानिक व्यवस्था पालना गर्छन् ? अहिले प्रश्न उनैमाथि छ ।

    नत्र प्रश्न त जनताले गर्ने नै छ- जनादेशमा लिन जाने कुरालाई प्रतिगमन भनेर परमादेश माग्न जानेहरूले के अब तीनै तहमा परमादेशकै शासन चलाउने हुन् ? यो समय त बितेर जानेछ, तर प्रश्नले चाहिँ धेरै समयसम्म लखेट्न छाड्ने छैन ।

  • स्थानीय तह निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक

    स्थानीय तह निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक

    काठमाडौं । निर्वाचन आयोगको आह्वानमा स्थानीय तह निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । बैठक ११ बजेका लागि बोलाइएको छ ।

    ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

    उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

    १२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ । स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन लागेपछि आयोगले निर्वाचनको तयारी थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली संकलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।

  • के सत्ता गठबन्धनले स्थानीय चुनाव सार्न सक्छ ? यस्ता छन् कानूनी बन्देज (सूचीसहित)

    के सत्ता गठबन्धनले स्थानीय चुनाव सार्न सक्छ ? यस्ता छन् कानूनी बन्देज (सूचीसहित)

    काठमाडौं । पछिल्लोपटक निर्वाचन आयोगले (सम्भवतः स्थानीय तह निर्वाचनकै सन्दर्भमा) सर्वदलीय बैठक बोलाएको छ । आयोगले बैठक बोलाउनुभन्दा अघिल्लो दिन अर्थात गत मंगलबार महान्यायाधिवक्ता खम्मबहादुर खाती आयोगमा पुगेर प्रमुख आयुक्त तथा आयुक्तहरूसँग छलफल गरेका थिए ।

    संयोग नै मान्नुपर्छ प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संखुवासभा पुगेर अहिलेको सत्ता गठबन्धन स्थानीय चुनाव नगरी २०५९ साल दोहोर्‍याउने खेलमा लागेको आरोप लगाएकै भोलिपल्ट सरकारका प्रमुख कानूनी सल्लाहकार खाती निर्वाचन आयोगमा गएका थिए ।

    आयोग र महान्यायाधिवक्ताबीच स्थानीय तहको चुनावकै सन्दर्भमा संवैधानिक तथा कानूनी प्रावधानकै बारेमा छलफल भएको बताइएको छ । तर, सरकार स्थानीय चुनाव वैशाखभित्र गर्ने कि असोजलाई ५ वर्ष पुग्ने अवधि मानेर उता सार्ने भन्ने विकल्प चाहिँ खोजिरहेको छ ।

    सत्ता गठबन्धनका पछिल्ला बैठकहरूमा पनि स्थानीय चुनाव एक वर्षसम्म पछि सार्न सकिने उपायको खोजी भएको थियो । संविधानले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको अवधि ५ वर्ष भनेको छ । २०७४ मा भएको स्थानीय चुनाव वैशाखदेखि असोजसम्म गरेर तीन चरणमा सम्पन्न भएको थियो ।

    त्यसलाई आधार मानेर सत्ता गठबन्धनका कतिपय नेताले वैशाखमा चुनाव गर्दा असोजमा निर्वाचित कुनै जनप्रतिनिधिले अदालतमा गएर मुद्दा हाल्न सक्ने भन्दै संवैधानिक प्रावधानअनुसार ५ वर्ष कार्यकाल उसले पूरा गर्न पाउनुपर्ने तर्क गरेका छन् ।

    कतिपयले भने वैशाखमा चुनाव गरेर सपथग्रहण भने असोजमा गरे हुने तर्क पनि गरेका छन् । निर्वाचन आयोगले अनौपचारिकरूपमा वैशाख २० वा २२ मा निर्वाचनको मिति प्रस्ताव पनि गरेको छ । तर, चुनावको मिति घोषणा गर्ने काम सरकारको हो । सरकार भने कानूनी र संवैधानिक छिद्र खोजिरहेको छ ।

    यदि वैशाखको चुनाव असोजलाई ५ वर्ष मानेर सारियो भने त्यसपछि सरकारले संविधानमै टेकेर थप ६ महिना धकेल्न सक्ने र स्थानीय तहको चुनाव एक वर्ष धकेलिन सक्ने अनुमान पनि भइरहेका छन् ।

    के स्थानीय चुनाव वैशाखमै गराउन कानूनी र संवैधानिक जटिलता छन् ? अहिले सरकारले चाहे जसरी चुनाव पछि धकेलिन वा एक वर्ष पर लैजान सक्छ ? एमाले अध्यक्ष ओलीले किन २०५९ मा फर्काउने षड्यन्त्र देखे ? धेरैलाई स्थानीय चुनावको कानूनी र संवैधानिक जटिलताबारे थाहा नहुन सक्छ ।

    यसै सन्दर्भमा पूर्वमहान्यायाधिवक्ता तथा नेकपा एमालेका केन्द्रीय सदस्य र कानून विभागका प्रमुख रमेश बडालले यीनै जटिल प्रश्नको सरल भाषामा बुझिने गरी संवैधानिक र कानूनी प्रावधान बुझाउन खोजेका छन् ।

    कर्मचारीबाट स्थानीय सरकार संचालन असंवैधानिक

    स्थानीय तह निर्वाचन नगरी कर्मचारीवाट स्थानीय सरकार संचालन गर्ने गठबन्धन सरकारको तयारी पुर्णत: संविधान र कानूनविपरीत हुन्छ । के कारणले यो असंवैधानिक र गैरकानूनी हुन्छ भन्ने यसरी बुझौं ।

    संविधानको प्रस्तावना र सार्वभौमसत्ताको प्रयोग

    – नेपालको संविधानको प्रस्तावनाले आवधिक निर्वाचनको व्यवस्था गरेको छ ।

    – धारा २ ले नेपालको सार्वभौमसत्ता र राजकीय सत्ताको प्रयोग यस संविधानबमोजिम हुने भनी व्यवस्था गरेको छ ।

    – संविधानको धारा ५७ ले संघ प्रदेश र स्थानीय तहको साझा सूचीको अनुसुचि ९ वमोजिमको अधिकारको विषयमा र अनुसुचि ८ मा उल्लेखित विषयमा गाऊ सभा र नगर सभाले कानून वनाउने उल्लेख छ ।

    अनुसूचीमा उल्लेखित अधिकारको प्रयोग कार्यकारिणीले मात्र प्रयोग गर्ने

    – धारा २१४ को उपधारा (४) ले गाउँपालिका र नगरपालिकाका कार्यकारिणी कार्य गाउँकार्यपालिका र नगर कार्यपालिकाको नाममा हुनेछ । यसको अर्थ गाउँपालिका र नगरपालिका कर्मचारीले मात्र संचालन गर्न सक्दैन ।

    स्थानीय कार्यकारिणीको पदावधि र पद रिक्त हुने व्यवस्था

    – धारा २१५ को उपधारा (६) ले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने व्यवस्था गरेको छ । र, धारा २१५ को उपधारा (८) को खण्ड (ख) ले पदावधि सकिएमा पद रिक्त हुने व्यहोरा उल्लेख छ ।

    – धारा २१६ को उपधारा (६) ले नगर पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितीले पांच वर्ष हुने व्यवस्था गरेको छ । र धारा २१६ को उपधारा (८) को खण्ड (ख) ले पदावधि सकिएमा पद रिक्त हुने व्यहोरा उल्लेख छ ।

    – धारा २२० को उपधारा (५) ले जिल्ला समन्वय समितीका प्रमुख, उपप्रमुख र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने व्यवस्था गरेको छ । र, धारा २२० को उपधारा (६) को खण्ड (ख) ले पदावधि सकिएमा पद रिक्त हुने व्यहोरा उल्लेख छ ।

    स्थानीय व्यवस्थापिकाको कार्यकाल

    – धारा २२५ ले गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था गरेको छ ।

    – कुनै कारणले निर्वाचन नभएमा समेत सोही धारामा कार्यकाल समाप्त भएको ६ महिना भित्र अर्को गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ ।

    – यस धारामा प्रयोग भएको ६ महिना भित्र भन्ने शब्द रहनुको अर्थ पहिला धेरै वर्ष सम्म स्थानीय तहको स्थानीय निर्वाचन भएको कारण समयमा निर्वाचन नभएमा समेत बढीमा ६ महिनाभित्र गर्नु भन्ने व्यवस्था हो ।

    स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था

    – दफा ३ ले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उप्रमुख, वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुनु भन्दा दुई महिनाअगाडि हुने व्यवस्था गरेको छ ।

    – दफा ४ को उपदफा (१) ले स्थानीय तहको निर्वाचन नेपाल सरकारले तोकेको मितिमा हुने व्यवस्था गरेको छ ।

    – दफा ४ को उपदफा (४) ले अलग-अलग मितिमा निर्वाचन भएकोमा समेत पहिलो पटक तोकिएको मितिलाई निर्वाचन मिति मानिने व्यवस्था गरेको छ ।

    – दफा ५५ ले कार्यकाल सकिनुअगाडि निर्वाचन भएकोमा पाँच वर्षको कार्यकाल सकिएको भोलिपल्टलाई निर्वाचित भएको मानिने व्यवस्था गरेको छ ।

    निर्वाचन सार्न गठबन्धन समर्थकहरूले उठाएको तर्कहरू :

    – नेपाल सरकारले शुरु गरेको छलफलमा मुलत संविधानको धारा २२५ मा भएको कार्यकाल समाप्त भएको ६ महिना भित्र अर्को गाऊ सभा र नगर सभा गर्नु पर्ने भनिएको हुदा सो अगावै निर्वाचन हुनु असम्वैधानिक हुने ।

    – प्रदेश नं २ मा २०७४ असोज २ गते निर्वाचन भएको हुँदा अहिले निर्वाचन भएमा पाँच वर्षको अवधि पूरा नहुने अवस्था देखिएको ।

    गठवन्धन पक्षधरहरूको तर्क गलत र असंवैधानिक छ, किनकि ?

    – संविधानको धारा २२५ ले धारा २१५ र ११६ को उपधारा (६) र (८), र धारा २२० को उपधारा (५) र (६), २१४ को उपधारा (४), धारा ५७, धारा २ र प्रस्तावनालाई निस्कृय बनाउँन सक्दैन।

    – स्थानीय तहको निर्वाचित पदाधिकारी तथा सदस्यको कार्यकाल पाँच वर्षभन्दा बढी हुने वा कर्मचारीवाट संचालन गर्ने व्यवस्था संविधानमा छैन ।

    – धारा ७५ को उपधारा (१) र (३) मा संघ सरकारको र १८० को उपधारा (१) र (३) मा प्रदेश सरकारको कार्यकारिणी अधिकार मन्त्रिपरिषदमा भएजस्तै धारा २१४ को उपधारा (१) र (४) ले नगर र गाउँपालिकाको कार्यकारी अधिकारको कार्यपालिकामा निहित रहने र कार्यपालिकाको नाममा मात्र संचालन हुने व्यवस्था गरेको छ । धारा २१५ र २१६ को (१) ले अध्यक्ष/प्रमुखको अध्यक्षतामा मात्र गाउँ/नगर कार्यपालिका गठन हुने हुदा यो अविच्छिन्नरूपमा कृयाशिल हुनु पर्दछ । निर्वाचित कार्यकारिणीबाहेक अन्य प्रकारको कार्यकारिणीको परिकल्पना संविधानले गरेको छैन ।

    – यदि २२५ को व्यवस्थालाई आधार मानेर गाउँ वा नगरसभाको निर्वाचन सार्ने हो भने गाउँ र नगरको निर्वाचन रोकेर जिल्ला समन्वय समितिको निर्वाचन पहिला हुनु पर्ने हुन्छ, जुन संविधान र कानूनविपरीत हुन्छ ।

    – २ महिनाअगावै निर्वाचन गरेर र निर्वाचन भइसकेपछि पाँच वर्षको अवधि पूरा हुनासाथ मात्र नयाँ निर्वाचितहरूको कार्यभार सुरू हुने हुँदा तुरुन्त स्थानीय तहको निर्वाचन हुनु अनिवार्य भइसकेको छ ।

    – अहिले स्थानीय तहको निर्वाचन रोक्ने गरी बालुवाटार र संवैधानिक अंगभित्र चलाइएको छलफल नै संविधानविपरीत र दुराशययुक्त रहेको छ ।

  • निर्वाचन आयोगमा सर्वदलीय बैठक हुँदै, स्थानीय चुनावको मिति पनि एजेण्डा

    निर्वाचन आयोगमा सर्वदलीय बैठक हुँदै, स्थानीय चुनावको मिति पनि एजेण्डा

    काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरू हुने बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूलाई निमन्त्रणा गरिएको आयोगले जानकारी दिएको छ ।

    प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार माघ १२ मा तय गरिएको राष्ट्रियसभा निर्वाचन र हाल जारी मतदाता नामावली संकलनबारे दलहरूलाई जानकारी गराइने छ । साथै स्थानीय तहको मिति तय गर्नेबारे पनि बैठकमा छलफल हुनेछ ।

    निर्वाचनको वातावरणका लागि सर्वदलीय बैठक आव्हान गरिएको आयोगले जनाएको छ ।

    आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

    निर्वाचन सार्न सकिने सम्भावना र कानूनी तथा संवैधानिक प्राबधानका विषयमा सरकारले चासो राखेको बताइन्छ । यद्यपि आयोगले चुनाव वैशाखभित्र गर्नैपर्ने अडान लिएको स्रोतले जनाएको छ ।

    सरकारले भने स्थानीय तहको तेस्रो चरणको चुनाव २०७४ असोजमा भएकाले असोजलाई ५ वर्ष मानेर चुनाव गर्न सकिने उपाय खोजेको छ । त्यसो गर्दा स्थानीय चुनाव एक वर्ष धकेलिन सक्छ । आयोगले र नेकपा एमालेले भने वैशाखलाई ५ वर्ष मान्नुपर्ने भनेका छन् ।

    २०७४ को वैशाख र असारमा स्थानीय चुनाव भएको थियो ।

  • विधानबाट साम्यवाद र वर्गसंघर्ष हटाउन निर्वाचन आयोगको निर्देशनप्रति माओवादीको आपत्ति

    विधानबाट साम्यवाद र वर्गसंघर्ष हटाउन निर्वाचन आयोगको निर्देशनप्रति माओवादीको आपत्ति

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टी विधानमा अनधिकृत हस्तक्षेप गरेको भन्दै निर्वाचन आयोगको निर्देशनप्रति आपत्ति जनाएको छ । आयोगले माओवादी विधानमा साम्यवाद र वर्ग संघर्ष राखिनु संविधानविपरीत भएको भन्दै त्यसलाई सच्याउन निर्देशन दिएको थियो ।

    ‘निर्वाचन आयोगले विचारको आधारमा पार्टी गठन गर्ने संविधानको भावनाविपरीत पार्टीको विधानमा केही उल्लेखित विचारमाथि अनधिकृत हस्तक्षेप गरी अनुचित निर्देशन गरेकोमा त्यसप्रति यो महाधिवेशन कडा असहमति र आपति प्रकट गर्दै त्यसबारे आवश्यक कदम चाल्न पार्टी केन्द्रीय समितिलाई निर्देशन दिन्छ,’ महाधिवेशनबाट पारित ४५ बुँदे समसामयिक प्रस्तावमा भनिएको छ ।

    माओवादीले आयोगविरुद्ध कानूनी लडाइँ लड्ने बताएको छ ।

    यो पनि पढ्नुहोस् : माओवादीलाई आयोगले दपेट्दा एमालेको आपत्ति, कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउन खोजिएको हो ?

  • स्थानीय तह चुनावका लागि दुई वटा मिति प्रस्ताव, प्रधानमन्त्री भेट्दै आयोगका पदाधिकारी

    स्थानीय तह चुनावका लागि दुई वटा मिति प्रस्ताव, प्रधानमन्त्री भेट्दै आयोगका पदाधिकारी

    काठमाडौं । स्थानीय तहको चुनावको तयारी थालेको निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ । आजको भेटमा प्रधानमन्त्रीसमक्ष आयोगका पदाधिकारीले स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेका हुन् ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले वैशाख तेस्रो सातासम्म चुनाव सक्ने गरी दुईवटा मिति प्रस्ताव गर्न लागिएको जानकारी दिए । ‘निर्वाचन आयोगको टोलीले आज प्रधानमन्त्रीसमक्ष चुनावको तयारीलगायत मिति पनि प्रस्ताव गर्दैछ,’ उनले भने, ‘यसमा क्याविनेटले डिसिजन गर्छ ।’

    आयोगले एक चरणमै निर्वाचन गर्न सरकारलाई सुझाव दिँदै २० गते वा २२ गते मतदान गर्ने मिति तोक्न प्रस्ताव गरेको छ । यसबारेमा आज प्रधानमन्त्रीसँग छलफलपछि टुंगो लाग्नेछ ।

    त्यसैगरी दुई चरणमा गर्ने हो भने पहिलो मतदान वैशाखको १२ वा १४ गते तोक्न सुझाइएको छ । दोस्रो चरणको भने २०/२२ गते नै गर्न सकिने भनिएको छ । कम्तीमा एक साता ग्याप राखेर दुई चरणमा गर्ने आयोगको प्रस्ताव छ ।

    ‘वैशाखको १२ र २२ गतेको बीचमा सक्ने गरी अगाडि बढेका छौं,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।

    -न्यूज कारखाना

  • स्थानीय तहबाटै मतदाता नामावली संकलन हुने, जुनसुकै स्थानबाट फोटो खिचेर नाम समावेश गर्न सकिने

    स्थानीय तहबाटै मतदाता नामावली संकलन हुने, जुनसुकै स्थानबाट फोटो खिचेर नाम समावेश गर्न सकिने

    काठमाडौ । अब देशभरका सबै स्थानीय तहका केन्द्रबाटै मतदाता मतदाता नामावली संकलन हुने भएको छ । जुनसुकै स्थानमा बसेकाले पनि नामावलीमा आफ्नो नाम समावेश गर्न सक्ने भएका छन् ।

    यसअघि आयोगले ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली संकलन गर्दै आएको थियो ।

    निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गरेर मंसिर १५ देखि सबै सबै स्थानीय तहका केन्द्रबाट मतदाता नामावली संकलनसम्बन्धी विशेष कार्यक्रम अभियानको रूपमा सुरू गर्ने बताएको छ ।

    अब आफ्नो स्थायी जिल्लाबाहिर रहेकाले पनि आफू रहेकै स्थानबाट नाम दर्ता गर्न पाउने भएका छन्। ‘विभिन्न रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्ला बाहिर रहेका नागरिकहरूलाई समेत सहज रूपमा मतदाता दर्ता प्रकृयामा सहभागी गराउन मिति २०७८/८/१७ गतेदेखि निरन्तर रूपमा सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत मतदाता नामावली संकलन कार्य शुरू हुने’ आयोगले बताएको छ।

    हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा नामावली संकलन १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेश तथा काठमाण्डौ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।

    मतदाता नामावली संकलनका लागि देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुने पनि आयोगले बताएको छ। । यो कार्यक्रमबाट देशभर करिव १० लाख मतदाता थप हुने अनुमान अयोगको छ ।

  • राष्ट्रियसभा निर्वाचनका लागि सरकारसँग आयोगको दुई मिति प्रस्ताव

    राष्ट्रियसभा निर्वाचनका लागि सरकारसँग आयोगको दुई मिति प्रस्ताव

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन माघ ७ वा १० गते गराउन प्रस्ताव गरेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच कात्तिक ८ गते भएको छलफलमा आयोगले ७ वा १० माघमा राष्ट्रियसभाको रिक्त २० सदस्यको निर्वाचन गराउन मिति प्रस्ताव गरेको हो ।

    तर, हिजोको मन्त्रिपरिषद् बैठकले यसमा केही निर्णय गरेन । राष्ट्रसंघको जलवायु सम्मेलनमा भाग लिन प्रधानमन्त्री बेलायत प्रस्थान गरेकाले उनी फर्किएपछि मितिसम्बन्धी निर्णय हुने बताइएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सरकारलाई ७ वा १० माघमध्ये एउटा मितिमा गराउन उपयुक्त हुने प्रस्ताव गरिएको बताए ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘फागुन २१ गते एकतिहाइ सदस्यको पद रिक्त हुँदैछ । त्यसको ३५ दिन अगाडि निर्वाचन गरिसक्नुपर्ने हुन्छ । ३५ दिन अगाडि निर्वाचन गर्न पनि आयोगलाई तयारीको समय चाहिन्छ ।’

    तयारीका लागि करिब ९० दिन लाग्ने भएकाले सरकारसँग छलफल गरेर मिति घोषणाका लागि प्रस्ताव गरेको पौडेलले बताए ।

    यो पनि पढ्नुहोस् : राष्ट्रियसभा उपाध्यक्षसहित २० सांसद फागुनमा पदमुक्त हुँदै, कुन पार्टीका कति ? (सूचीसहित)

  • एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय जनप्रतिनिधिलाई भदौ २२ सम्मको सीमा

    एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय जनप्रतिनिधिलाई भदौ २२ सम्मको सीमा

    काठमाडौं । निर्वाचन आयोगले नवगठित दल रोज्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि भदौ २२ सम्मको समय दिएको छ ।

    निर्वाचन आयोगको बैठकले राजनीतिक दलसम्बन्धी दोस्रो अध्यादेशअनुसार जनप्रतिनिधिलाई एमाले र जसपा छोड्न २२ भदौसम्मको म्याद दिने निर्णय गरेको हो ।

    अब एमाले र जसपाका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोज्न पाउने भएका छन् र त्यसवापत एमाले र जसपाले कसैलाई कारवाही गर्न पाउने छैन ।

    एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यले नयाँ गठन भएको दलमा प्रवेश गर्न चाहेमा प्रदेशसभा सदस्यले सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा र स्थानीय तहका सदस्यले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र स्वयं उपस्थित भइ सनाखत गर्नुपर्ने उल्लेख गरिएको छ।

    आयोगले भदौ ९ मा एकीकृत समाजवादी र लोसपालाई नयाँ दलको मान्यता दिँदै दर्ता प्रमाणपत्र उपलब्ध गराएको थियो ।

  • निर्वाचन आयोगको निर्णय- १४ सांसदमाथि एमालेको कारवाही ‘नोटिस’ मा

    निर्वाचन आयोगको निर्णय- १४ सांसदमाथि एमालेको कारवाही ‘नोटिस’ मा

    काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई दलको मान्यता दिँदा नेकपा एमालेले माधव नेपालसहित १४ जनामाथि गरेको कारवाहीलाई नोटिसमा लिएको छ ।

    आयोगले गरेको निर्णयमा एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा दिएको सूचनाको बोधार्थ प्राप्त भएको र तीमध्ये ९ जना केन्द्रीय कमिटी सदस्य रहेको विषय उल्लेख गरेको आयोग स्रोतले जनाएको छ ।

    एमालेबाट विद्रोह गरी नयाँ दलमा आवद्ध हुने केन्द्रीय सदस्य २० प्रतिशत पुगेको आधारमा आयोगले नेपालको दललाई मान्यता दिएको हो । बुधबारको सनाखतमा ६० केन्द्रीय सदस्यको साथ हुँदा ३३ संघीय सांसदको साथ थियो ।

    यद्यपि तीमध्ये तीन केन्द्रीय सदस्य र चार सांसदको सनाखत हुन सकेको थिएन । अध्यादेशअनुसार केन्द्रीय समितिमा २० प्रतिशत पुगेको आधारमा एकीकृत समाजवादीलाई नयाँ दलको मान्यता दिएको निर्वाचन अयोगले बताएको छ ।

    छुट्टै दलको मान्यता दिने निर्णय गर्दा एमालेले १४ जनामाथि गरेको कारवाहीलाई पनि उल्लेख गरेको निर्वाचन आयोग स्रोतले नेपाल प्रेसलाई जानकारी दियो ।

    माधव नेपाललले नयाँ दल दर्ताको तयारी गर्दै गर्दा एमालले १ भदौमा माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरीलगायत १४ सांसदलाई पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो ।

    उक्त पत्र संसद सचिवालयमा दर्ता भए पनि सभामुख अग्नि सापकोटाले उनीहरूमाथि कारवाही अघि बढाएका छैनन् । सभामुखले आफूहरूको निर्णय कार्यान्वयन नगरेको भन्दै एमालेले दुईपटक ध्यानाकषर्ण गराइसकेको छ । आयोगलाई पनि एमालेले भदौ १ गते नै जानकारी दिएको थियो ।

    एकीकृत समाजवादी दर्ता नहुँदै गराइएको ध्यानाकर्षणमाथि आयोगले कुनै ‘एक्सन’नलिए पनि माधव नेपालसहित ९ जनाबाहेक नै केन्द्रीय कमिटीको २० प्रतिशत पुग्ने भएकाले दल दर्ता गरेको स्रोतको दावी छ ।

    आयोगको निर्णयमा संघीय संसद सचिवालयले एमालेले गरेको कारवाही विचाराधीन अवस्थामा रहेको भन्ने व्यहोराको पत्र पठाएको उल्लेख गरिएको छ । १४ सांसदमाथि कारवाही नभएको विषयलाई लिएर एमालले सभामुख र आयोगविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरिरहेका बेला आयोगको यो निर्णयको अर्थ हुन सक्छ ।

    सर्वोच्चमा मुद्दा चल्दा आयोगको उक्त निर्णयलाई पनि सन्दर्भमा लिइने छ । आयोगले बुधबार सनाखत गर्न नपाएका एमालेका सांसदहरू सोमप्रसाद पाण्डे, माया ज्ञवाली र शारदा भट्टको निवेदनलाई पनि निर्णयमा संलग्न गरेको छ ।

    उनीहरूले दल विभाजनमा हस्ताक्षर गर्न निवेदन दिए पनि यसअघि पेस भएको निवेदनमा हस्ताक्षर नभएकाले सनाखत भने गर्न पाएनन् । आयोगको यो निर्णयविरुद्ध यी तीन सांसदले अदालतमा रिट दर्ता गर्न सक्छन् । उनीहरूको मुद्दमा पनि पनि आयोगको निर्णयलाई पनि आधार बनाइने छ ।

  • झलनाथसहित ७ नेताको सनाखत नहुने, यी हुन् एमाले फुटाउन सही गर्ने केन्द्रीय सदस्य (सूचीसहित)

    झलनाथसहित ७ नेताको सनाखत नहुने, यी हुन् एमाले फुटाउन सही गर्ने केन्द्रीय सदस्य (सूचीसहित)

    काठमाडौं । नेकपा एमाले विभाजनका लागि निर्वाचन आयोगमा नाम पेस भएका ५८ जनामध्ये ७ जनाको सनाखत नहुने भएको छ । नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा कायम रहेको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम पेस भएको छ ।

    तीमध्ये झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रविन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रविन्द्र बैठाको निवेदनमा हस्ताक्षर छैन । हरि पराजुली र केदार न्यौपानेको नाम अन्तिममा हातले थपिएको छ ।

    यी नेताहरू दल विभाजनकै पक्षमा रहे पनि उनीहरूको हस्ताक्षर नभएकाले सनाखत नहुने भएको हो । निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले दल दर्ताको निवेदनमा ज-जसको हस्ताक्षर उनीहरूले मात्र बुधवार सनाखत गर्न पाउने बताए । ।

    यसअघि झलनाथ खनालले दिल्लीबाटै मन्जुरीनामा पठाउने र प्रदीप नेपाललगायतका नेताले आयोगमा गएर हस्ताक्षर गर्ने भनिएको थियो । तर अब साविक एमालेको २०३ सदस्यीय कमिटीका ५१ जनाकोमात्र सनाखत हुनेछ ।

    दल विभाजनका लागि ४१ जना सदस्य भए माधव नेपाललाई पुग्छ । यद्यपी एमालेले नेपालसहित ९ जना केन्द्रीय सदस्य तथा १४ जना सांसदलाई दल दर्ताको निवेदन दिनुअघि नै निष्कासन गरिएको भन्दै उनीहरूको हस्ताक्षर मान्यता नदिन आयोगलाई आग्रह गरेको छ ।

    एमाले निर्वाचन आयोगका प्रमुख अग्नि खरेलले आयोगमा पुगेर हस्ताक्षर नगरेकाको सनाखत नलिन र कारवाहीमा परेका १४ जनाको समेत हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका छन् ।

    आयोगमा माधव नेपाल पक्षले पेश गरेको आधिकारिक हस्ताक्षरसहितको सूची यसप्रकार छ ।

  • तीन माग लिएर एमाले निर्वाचन आयोगमा, १४ जनाको हस्ताक्षरलाई मान्यता नदिन दबाब (भिडियो)

    तीन माग लिएर एमाले निर्वाचन आयोगमा, १४ जनाको हस्ताक्षरलाई मान्यता नदिन दबाब (भिडियो)

    काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी र संसद सदस्यबाट कारवाही गरिएका १४ जनाको हस्ताक्षर दल विभाजनमा मान्य नहुने भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

    एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलसहितको टोली आज आयोगमा पुगेर दल विभाजनका लागि दिएका निवेदन र हस्ताक्षर गर्नेहरूको विवरण लिएको हो । एमालेले माधव नेपालसहित १४ जनालाई भदौ १ गते नै निष्कासन गरेको विवरण आयोगमा बुझाइसकेको भन्दै उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेको छ ।

    आयोगबाट फर्केपछि एमाले नेता खरेलले सभामुखले एमालेको कारवाहीलाई अघि बढाएनन् भन्दैमा निर्वाचन आयोगले कानूनविपरीत जान नमिल्ने बताए । एमालेले भदौ १ गते १४ सांसदलाई पदमुक्त गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो ।

    उनीहरू पार्टी सदस्यबाट निष्कासनमा परेको पत्र निर्वाचन आयोगमा समेत सोही दिन बुझाइएको थियो । नेपालले भदौ २ गते नेकपा एमाले विभाजनका लागि नयाँ दल दर्ताका निवेदन दिएका थिए ।

    पार्टीले निष्कासन गरिसकेका व्यक्तिले एमाले केन्द्रीय सदस्यको हैसियतमा दल विभाजनमा हस्ताक्षर गरेकोमा त्यो मान्य हुन नसक्ने खरेलले बताए । १४ जना सांसदमध्ये ९ जना केन्द्रीय सदस्य छन् ।

    त्यस्तै एमालेले जसले दल विभाजनको बेला हस्ताक्षर गरेका छन् उनीहरूको मात्र सनाखत हुनुपर्ने र व्यक्ति आफैं उपस्थित भएर गरेको सनाखत मात्र मान्य हुने बताएको छ । एमालेका ५८ केन्द्रीय सदस्यले दल विभाजनमा समर्थन गरेको भनेर पेश गरिएको निवेदनमा ७ जनाको हस्ताक्षर नरहेको आयोग स्रोतले जनाएको छ ।

    दल दर्ताको निवेदन दिने बेला हस्ताक्षर गरेका बाहेक अरु नयाँ थपेर सनाखत नगर्न समेत एमालेले आयोगको ध्यानाकर्षण गराएको छ ।

    आयोगले माधव नेपाल पक्षलाई सनाखतका लागि बुधबार ११ देखि २ बजेको समय तोकेको छ । आयोगले सनाखतका लागि सशरीर उपस्थित हुनुपर्ने बताएको छ ।

  • सनाखतका लागि माधव नेपाल र महन्थ ठाकुरलाई आयोगले बोलायो

    सनाखतका लागि माधव नेपाल र महन्थ ठाकुरलाई आयोगले बोलायो

    काठमाडौं । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई सनाखतका लागि भदौ ९ गते बोलाइएको छ ।

    निर्वाचन आयोगले भदौ ९ गते सम्बन्धित दलको केन्द्रीय समितिमा रहेका नेताहरुलाई नागरिकतासहित सनाखतका लागि उपस्थित हुन निर्देशन दिएको छ । सनाखत सम्पन्न भएपछि आयोगले प्रक्रिया पुर्‍याएर नयाँ दल दर्ताको प्रमाणपत्र दिनेछ ।

    राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेश जारी भएपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल दर्ताको निवदेन आयोगमा दिइएको छ । त्यस्तै जसपा नेपालका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि पनि आयोगमा निवेदन परेको छ ।

  • माधव नेपालले ८ गतेअघि नयाँ पार्टीको प्रमाणपत्र नपाउने, मन्त्रिपरिषद् विस्तारमा थप विलम्ब

    माधव नेपालले ८ गतेअघि नयाँ पार्टीको प्रमाणपत्र नपाउने, मन्त्रिपरिषद् विस्तारमा थप विलम्ब

    काठमाडौं । एमालेबाट विद्रोह गरेका माधवकुमार नेपालले निर्वाचन आयोगबाट ८ गतेअघि नयाँ दलको प्रमाणपत्र नपाउने भएका छन् । शुक्रबार दर्ता सनाखत नटुंगिएपछि त्यो ८ गतेअघि नटुंगिने भएको छ ।

    लगातार सार्वजनिक बिदा परेकाले ८ गतेअघि त्यो टुंगिने अवस्था नभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । भोलि शनिबार हो । ६ गते रक्षा बन्धन र ७ गते गाईजात्रा परेकाले ती दुई दिन पनि निर्वाचन आयोग बन्द हुनेछ ।

    यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले नमिल्ने भन्दै अर्को नाम लिएर आउन भनेपछि माधव नेपालको तर्फबाट राजेन्द्र पाण्डेले आज नयाँ नामसहितको निवेदन निर्वाचन आयोगमा दर्ता गरएका छन् ।

    नयाँ नाम नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको र चुनाव चिन्ह भने टुंगो लाग्न बाँकी रहेको पाण्डेको भनाइ छ। माधव नेपालको नयाँ दल दर्ता नभएकै कारण मन्त्रिपरिषद विस्तार हुन सकेको छैन् ।

    बिहीबार आयोजित एक कार्यक्रममा सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपालको नयाँ दल दर्ता हुनेबित्तिकै एकदिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।

  • माधव नेपालले छाडे एमाले ब्राण्ड- नेकपा एकीकृत समाजवादी प्रस्ताव, चुनाव चिन्ह पछि टुंगो लाग्ने

    माधव नेपालले छाडे एमाले ब्राण्ड- नेकपा एकीकृत समाजवादी प्रस्ताव, चुनाव चिन्ह पछि टुंगो लाग्ने

    काठमाडौं । नेकपा एमालेबाट विभाजित भइ नयाँ दल खोलेका माधवकुमार नेपालले निर्वाचन आयोगसमक्ष दल दर्ताका लागि नयाँ नामसहितको निवेदन दिएका छन् ।

    नेता राजेन्द्र पाण्डेले नयाँ नामसहितको निवेदन निर्वाचन आयोगमा दर्ता गरएका छन् । पाण्डेले नयाँ नाम नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको जानकारी नेपाल प्रेसलाई दिए । चुनाव चिन्ह भने टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ। ‘आयोगले दर्ता प्रमाण पत्र दिँदा चिन्हको टुंगो लाग्छ,’ उनले भने ।

    निर्वाचन आयोगले यसअघि दर्ता कायम रहेका दलको नाम र चुनाव चिह्नसँग मेल खाने अर्को दल दर्ता गर्न कानूनले नमिल्ने भन्दै अर्को नाम लिएर आउन मौखिक आग्रह गरेका थियो ।

    नेपाल पक्षले यसअघि आयोगमा नेकपा (एमाले-समाजवादी) र चिन्ह खुला किताव प्रस्ताव गरेको थियो । एमाले-समाजवादी एमालेसँग मिल्दोजुल्दो भएको र खुल्ला किताब अर्कै पार्टीको रहेको भन्दै आयोगले नयाँ नाम र चिन्हसहित आउन भनेको हो । योसँगै नेपालले एमालेको ब्राण्ड छाडेका छन् ।

  • खुल्ला किताब चुनाव चिन्ह पहिल्यै बुक ! नेपाल समूहलाई दिइए सर्वोच्च जाने चेतावनी (भिडियो)

    खुल्ला किताब चुनाव चिन्ह पहिल्यै बुक ! नेपाल समूहलाई दिइए सर्वोच्च जाने चेतावनी (भिडियो)

    काठमाडौं । माधव नेपाल समूहले प्रस्तावित नयाँ पार्टीका लागि रोजेको चुनाव चिन्ह ‘खुल्ला किताब’ पहिल्यै बुक भएको देखिएको छ । उन्नत लोकतान्त्रिक पार्टीले ‘खुल्ला किताब’ चुनाव चिन्ह आफूहरुले पाइसकेको भन्दै नेपाल समूहलाई नदिन चेतावनी दिएको छ ।

    नेपाल समुहद्वारा प्रस्तावित एमाले समाजवादी पार्टीले खुल्ला किताब चुनाव चिन्ह रोजेको चर्चासँगै उन्नत पार्टीका नेताहरु निर्वाचन आयोगमा पुगेका थिए । पार्टीका केन्द्रिय सदस्य बोधराज न्यौपानेले आफूहरुको दर्ता हुँदाहुँदै किताब चुनाव चिन्ह अरुलाई दिइए आफूहरू सर्वोच्चमा जाने चेतावनी दिए ।

    ‘हाम्रो दल दर्ता भएर किताब चुनाव चिन्ह पाइसकेका छौं, प्रमाणपत्र आउने बेला भएको छ,’ उनले आयोगमा पत्रकारहरुसँग भने, ‘सामाजिक सञ्जालमा फुटेको नेकपा एमालेले किताब चिन्हमा दावी गरेको देखेपछि हामी ध्यानाकर्षण गराउन आएका हौं । यदि उहाँहरूलाई किताब चिन्ह दिइयो भने भोली नै सर्वोच्चको ढोका ढक्ढकाउन जान्छौं ।’

     

  • फुट्यो एमाले, नयाँ दल दर्ताका लागि माधव नेपाल निर्वाचन आयोगमा

    फुट्यो एमाले, नयाँ दल दर्ताका लागि माधव नेपाल निर्वाचन आयोगमा

    काठमाडौं । नेकपा एमाले औपचारिकरूपमा विभाजित भएको छ । राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशका आधारमा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजित भएको हो ।

    नेपालको संयोजकत्वमा नेकपा एमाले (समाजवादी) गठन गर्न लागिएको छ । नयाँ दल दर्ताको निवेदन लिएर नेपालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

    २०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भएर नेकपा माले गठन भएको थियो । २४ वर्षपछि एमालेका पूर्वमहासचिव नेपालकै नेतृत्वमा एमाले विभाजित भएको हो । अध्यक्ष केपी शर्मा ओलीसँगको निरन्तरको राजनीतिक टकरावले अब विभाजनको रूप लिएको छ ।
    यद्यपि नेपालसँगै लामो राजनीतिक सहकार्य गरेका अधिकांश नेताहरूले विभाजनमा भने उनलाई साथ दिएनन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, रघुजी पन्त, घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरूले विभाजनमा साथ दिन नसकिने बताएका छन् ।
  • महन्थ पक्षका नेताहरू निर्वाचन आयोगमा

    महन्थ पक्षका नेताहरू निर्वाचन आयोगमा

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताको तयारीमा रहेका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

    महन्थ ठाकुर, राजेन्द्र महतोसहितका शीर्ष नेताहरु बबरमहलमा छलफल गरिरहँदा केही नेताहरु आयोग पुगेका हुन् । नयाँ दल दर्ता प्रक्रिया सुरु गर्न जसपाको ठाकुर पक्षका नेता चन्दा चौधरी लगायतका नेताहरु आयोग पुगेका हुन् ।

  • अध्यादेश जारी नहुँदै नियमावली संशोधन- निर्वाचन आयोगका पदाधिकारीबीच खटपट

    अध्यादेश जारी नहुँदै नियमावली संशोधन- निर्वाचन आयोगका पदाधिकारीबीच खटपट

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी नहुँदै नियमावली संशोधनको प्रक्रिया अघि बढाएपछि प्रमुख आयुक्त र आयुक्तहरुबीच मै खटपट सिर्जना भएको छ ।

    सरकारले निर्णय गरेर राष्ट्रपति समक्ष पठाएको अध्यादेश साँझसम्म जारी भएको छैन । तर प्रमुख आयुक्त दिनेश कुमार थपलियाले कर्मचारीलाई राजनीतिक दल सम्बन्धी निर्वाचन आयोगको नियमावली संशोधन गर्न निर्देशन दिएपछि आयुक्तहरु अशन्तुष्ट बनेका हुन् ।

    नेकपा (एमाले)को माधव नेपाल पक्षलाई पार्टी फुटाउन सजिलो हुने गरि अध्यादेश जारी गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै थियो । अध्यादेशबारे विभिन्न अड्कल भइरहेका थिए ।

    अध्यादेशमा दल फुटाउन सकिने प्रतिशत कति राखिएला भनेर विभिन्न अड्कल भइरहेका थिए । तर निर्वाचन आयोगमा प्रतिशतबारे भने त्यसको जानकारी पुगिसकेको र सोही बमोजिम नियमावली संशोधन गर्न लागिएको एक आयुक्तले बताए ।

    नियमावलीमा रहेको ४० प्रतिशत हटाएर केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुर्‍याए पार्टी विभाजन गर्न सकिने गरि राजनीतिक दल सम्बन्धी नियमावली संसोधन गर्ने प्रक्रिया अघि बढेको आयोग स्रोतले जनाएको छ ।

    अध्यादेश जारी नहुँदै कसरी नियमावली संशोधन हुन लाग्यो भनेर आयुक्तहरुले कर्मचारीसँग सोधपुछ समेत गरेका छन् । प्रमुख आयुक्तलाई अध्यादेशमा राखिएको थ्रेसहोल्डबारे सरकारले जानकारी गराएको अनुमान छ ।

    त्यसै अनुसार थपलियाले निर्देशन दिएका थिए । अध्यादेश जारी भएर राजपत्रमा प्रकाशित भएपछिमात्र आयोगले नियमावली संशोधन गर्नुपर्छ । नियमावली संशोधन नभई दल दर्ता प्रक्रिया अघि नबढ्ने भएकाले फास्ट ट्र्याकमा गर्न खोजिएको स्रोतले जनाएको छ ।

  • एमालेको केन्द्रीय कमिटी अद्यावधिक, २६० जनाको विवरण निर्वाचन आयोगमा पुग्यो

    एमालेको केन्द्रीय कमिटी अद्यावधिक, २६० जनाको विवरण निर्वाचन आयोगमा पुग्यो

    काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ ।

    आयोग स्रोतका अनुसार एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल र बाबुराम दाहालसहितको टोली आज दिउँसो गएर केन्द्रीय कमिटीको विवरण अद्यावधिक गर्न लिखित आग्रह गरेको हो ।

    यसअघि २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा अब २६० रहने गरी पार्टीको निर्णय पठाइएको छ । २०३ जनामध्ये ४ जनाको निधन भएको र प्रकाश ज्वाला निष्कासनमा परेकाले २६० जनाको विवरण आयोगमा पुगेको छ ।

    एमालेले नेकपा एकीकरणसँगै थपिएका सदस्यसहित २६५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । सो कमिटीलाई हालै सर्वोच्च अदालतले पनि मान्यता दिएको छ ।

    सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए दल विभाजन गर्न पाउनेगरी अध्यादेश पारित गरे लगत्तै एमालेले केन्द्रीय कमिटीको विवरण अद्यावधिक गरेको हो ।

    अब एमाले विभाजनका लागि माधव नेपाललाई कम्तीमा ५२ जना केन्द्रीय सदस्य आवश्यक पर्छ । ज्वालाबाहेक सबै सदस्य यथावत राखेर विवरण पठाइएको छ ।

  • चुरे भावरसहित ४१ दलको दर्ता खारेज, अब निर्वाचन आयोगमा ९५ दलको अस्तित्व (सूचीसहित)

    चुरे भावरसहित ४१ दलको दर्ता खारेज, अब निर्वाचन आयोगमा ९५ दलको अस्तित्व (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगले वार्षिक आय ब्यय विववरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

    आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै कुनै समय संविधानसभामा सांसद र मन्त्री बनाएको चुरे भावर लगायतका ४१ वटा दलको दर्ता खारेज भएको जनाएको छ ।

    खारेज भएका राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूबाट ५० हजार रूपैयाँ जरिवाना भराउने निर्णय समेत आयोगले गरेको छ । जरिवाना नबुझाउनेहरुलाई सरकारी बाँकी सरह असुल उपर गर्न समबन्धित निकायमा लेखेर पठाइएको छ ।

    ती व्यक्तिहरु अब निर्वाचन आयोगमा दर्ता रहेका अरु पार्टीको पदाधिकारी र सदस्यसमेत बन्न नपाउने भएका छन् । ४१ वटा दलको दर्ता खारेज भएसँगै अब निर्वाचन आयोगमा ९५ वटा दल कानूनी अस्तित्वमा रहेका छन् ।

     

  • निर्वाचन आयोगको निर्णयले आफूलाई अपुरणीय क्षति भएकाे भन्दै महन्थ ठाकुर सर्वोच्चमा

    निर्वाचन आयोगको निर्णयले आफूलाई अपुरणीय क्षति भएकाे भन्दै महन्थ ठाकुर सर्वोच्चमा

    काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आयोगको गत ११ साउनको निर्णय कार्यान्वयन नगर्न-नगराउन उनको माग छ ।

    रिटमा ठाकुरले निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने र आफूलगायत सम्पूर्ण सरोकारवालालाई अपूरिणीय क्षति हुने उल्लेख गरेका छन् ।

    ‘सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन नगर्नू नागाउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरी पाउँ,’ रिट निवेदनमा भनिएको छ ।

  • ठाकुर पक्षका सांसदको पद जाने, नजानेबारे आयोगको फैसला मौन (पूर्णपाठसहित)

    ठाकुर पक्षका सांसदको पद जाने, नजानेबारे आयोगको फैसला मौन (पूर्णपाठसहित)

    काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी विवादमा फैसला गर्दै आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने फैसला गरेको छ । ठाकुर पक्षले नयाँ दल दर्ता गर्न आएमा छुट्टै राजनीतिक दलका रुपमा मान्यता दिने ठहर गरेको छ ।

    तर, उपेन्द्र यादव पक्षमा नरहेका सांसदले जसपा छाडेमा उनीहरुलाई कारबाही गर्न राजनीतिक दल सम्बन्धी ऐन आकिर्षत हुने, नहुने बारे भने फैसला मौन छ । आयोगले अन्य कुरामा आफूहरुको धेरै भूमिका नहुने उल्लेख गरेको छ।

  • निर्वाचन आयोगको हेड काउन्टमा उपेन्द्र पक्ष बिजयी, महन्थले अर्को दल दर्ता गर्न सक्ने

    निर्वाचन आयोगको हेड काउन्टमा उपेन्द्र पक्ष बिजयी, महन्थले अर्को दल दर्ता गर्न सक्ने

    काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको छ।

    निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको यादव पक्षमा बहुमत देखिएकाले इजलासले उक्त पक्षलाई आधिकारिकता दिने फैसला गरेको जानकारी दिए ।

    उनले भने, ‘बहुमत सदस्यहरुको समर्थन रहेको उपेन्द्र यादव समूहले आधिकारिकता पाएको छ, आजको इजलासले यही निर्णय गरेको छ।’ श्रेष्ठले ५१ जनाको केन्द्रीय कार्यकारणी सदस्यहरुमध्य ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थ ठाकुरको पक्षमा सनाखत दिएको बताए । १ जना टस्थ बसेको बताए।

    जसपा आधिकारिकता विवाद निरुपणको लागि निर्वाचन आयोगले एकीकरणकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई प्रत्यक्ष उपस्थित गराई सनाखत गरेको थियो ।

    नयाँ दल गठनका लागि ठाकुर पक्षलाई अबसर भएको र बाँकी कुरामा आयोगको कुनै भूमिका नहुने उनले बताए।