Tag: निजामति कर्मचारीको भेला

  • माधव नेपाल पक्षको विरोधपछि निजामति कर्मचारीको भेलामा कडा सुरक्षा (तस्बिरहरु)

    माधव नेपाल पक्षको विरोधपछि निजामति कर्मचारीको भेलामा कडा सुरक्षा (तस्बिरहरु)

    काठमाडौं । माधव नेपाल पक्षधर कर्मचारी नेताहरुको चेतावनी र घुसपैठको सम्भावना देखिएपछि नेपाल निजामित कर्मचारी संगठनको राष्ट्रिय भेलास्थलमा सुरक्षा कडा पारिएको छ ।

    देशकै सबैभन्दा धेरै कर्मचारी आबद्ध संगठन एमाले विभाजनसँगै दुई समूहमा बाँडिएको छ । निजामति कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटासहित कार्य समिति एमालेमै रहेको छ भने चार पूर्वअध्यक्ष र आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलले भेलाको विरोध गरेका छन् ।

    चार वर्षअघि भएको आधिकारिक ट्रेड युयियनको निर्वाचनमा एकल विजय पाएको निजामति कर्मचारी संगठनको आज केन्द्रीय समिति बैठक र राष्ट्रिय भेलाको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।

    भेलालाई एमाले महासचिव ईश्वर पोखरेलसहितका नेताहरुले सम्बोधन गर्दैछन् । भेलामा सहभागी हुन जानेहरुको झोला चेकजाँच र कार्ड अनिवार्य गरिएको छ ।