Tag: नारायण खड्का

  • विवादमा परराष्ट्रमन्त्री खड्काः एनआरएनए पोल्याण्डले भन्यो– युक्रेनका नेपालीको उद्दारमा भारतको सहयोग छैन

    विवादमा परराष्ट्रमन्त्री खड्काः एनआरएनए पोल्याण्डले भन्यो– युक्रेनका नेपालीको उद्दारमा भारतको सहयोग छैन

    काठमाडौं । युक्रेन र रुसको युद्धबाट विस्थापितको उद्धारमा भारत सरकारको सहयोग रहेको नेपालका परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायले आपत्ति प्रकट गरेको छ ।

    मन्त्री खड्काले सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा युक्रेनमा रुसी आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताएपछि गैरआवासीय नेपाली संघ पोल्याण्डले आलोचना गरेको छ ।

    संघले मंगलबार विज्ञप्ति जारी गर्दै अलपत्र नेपालीको भारत लगायत देशले उद्धार गरी पोल्याण्ड लगायत देशमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको भन्ने भनाइ आफैँमा प्रमाणविहीन, हास्यास्पद र लज्जाबोध भएको जनाएको छ ।

    विज्ञप्तिमा पोल्याण्डको गैरआवासीय नेपाली संघले जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समेत समन्वयमा युक्रेनमा रहेका १५ जनालाई सुरक्षित रुपमा पोल्याण्ड ल्याएको, २९८ जनाभन्दा धेरै नेपालीलाई पोल्याण्डमा खान, बस्न प्रबन्ध मिलाएको,युक्रेनबाट विस्थापित भएका नेपालीलाई सहयोग गर्न टास्क फोर्स गठन गरिएको उल्लेख छ । संघले एक सय जनाभन्दा बढीलाई आफ्नै व्यवस्थापनमा सहयोग गरिएको जनाएको छ ।

    विज्ञप्तिमा युक्रेनमा अलपत्र नेपालीको उत्थानमा नेपाल सरकारले यथोचित ध्यान नदिएको र नेपाली सस्था र समुदायको प्रयासले उद्धार गरिएका नेपालीलाई छिमेकी देशको मद्दतले भएको भन्ने भनाईले सरकारी संयन्त्र नै नेपाली संस्था र गैरआवासीय नेपाली संघमाथि अविश्वास पैदा गरेको उल्लेख छ ।

    यसअघि गैरआवासीय नपाली संघ र जर्मन, रुसस्थित नेपाली राजदूतहरु रहेको एक उच्चस्तीय समितिमार्फत् नेपालीको उद्धारको थियो । नेपालीको उद्धारका लागि नेपाली संघसंस्था, एनआरएनए, र जर्मनका लागि नेपाली राजदूत रामकाजी खड्का सीमा क्षेत्रमा खटिएका थिए ।

  • परराष्ट्रमन्त्री खड्काको सपथविरुद्ध अन्तरिम आदेश आएन, दुवै पक्ष झिकाइयो

    परराष्ट्रमन्त्री खड्काको सपथविरुद्ध अन्तरिम आदेश आएन, दुवै पक्ष झिकाइयो

    काठमाडौं । सर्वोच्च अदालतले परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कात्तिक ८ गते दुवै पक्षलाई झिकाउन आदेश गरेको हो ।

    खड्काले परराष्ट्रमन्त्रीका रूपमा लिएको सपथको संवैधानिक आधार नरहेको भन्दै अधिवक्ता विशाल न्यौपानेले असोज ११ गते रिट दायर गरेका थिए । रिटमा खड्काको सपथ बदर गर्न माग गरिएको थियो ।

  • खड्काले लिए परराष्ट्रमन्त्रीको सपथ

    खड्काले लिए परराष्ट्रमन्त्रीको सपथ

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले सपथ लिएका छन् ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

    नवनियुक्त मन्त्री खड्काले केहीबेरमा सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगी पदभार ग्रहण गर्नेछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का आजै न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

  • परराष्ट्रमन्त्रीमा खड्का नियुक्त, १ बजे सपथ

    परराष्ट्रमन्त्रीमा खड्का नियुक्त, १ बजे सपथ

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयमा खड्काको पद तथा गोपनीयताको सपथ अपरान्ह १ बजे हुने बताइएको छ ।

    नेपाली कांग्रेसको विदेश विभाग प्रमुख रहेका खड्का उदयपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

  • आन्दोलन होइन, चुनावको तयारी गर्नुपर्छः कांग्रेस नेता खड्का

    आन्दोलन होइन, चुनावको तयारी गर्नुपर्छः कांग्रेस नेता खड्का

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले संसद विघटनको विषय न्यायिक निरुपणका लागि छाडेर पार्टीले चुनावको तयारी गर्नुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा धारणा राख्दै नेता खड्काले सडक आन्दोलनमा जाँदा एजेण्डा र परिणामको ख्याल कांग्रेसले गर्नुपर्ने बताए ।

    विगतमा कांग्रेसले पनि बहुमतको सरकार चलाउन नसकेर संसद भंग गरेको उदाहरण पेश गर्दै नेता खड्काले सडकमा जानु सबैभन्दा ‘खतरनाक विकल्प’ रहेको बताए । ‘हाम्रो अगाडि तीन वटा विकल्प छ । पहिलो अदालतमा परेका रिटहरुबारे के फैसला आउँछ त्यो कुर्नुपर्छ । संसदको पक्षमा फैसला आयो भने स्वागत गरेर जानुपर्छ । दोस्रो विकल्प सडक हो । सडक मस्ट डेन्जरस विकल्प हो। आन्दोलनको व्यवस्थापन, उद्देश्य, गन्तव्य र हामीले प्राप्त गर्ने कुरा के हुने र, हामीले आन्दोलन गर्ने फाइदा अरुले लिने हुनसक्छ । त्यसकारण चुनाव हुँदैन भनेर हुँदैन । पार्टीको नेतृत्वले अग्रसरता लिनुपर्छ । चुनाव गराउनका लागि दबाब सिर्जना गरौं । एकताबद्ध भएर चुनावमा जाने र संविधान जोगाउने विकल्प नै उत्तम हो’, खड्काले बैठकमा भने ।

    नेपालका राजनीतिक दलहरुले बहुमतको सरकार सञ्चालन गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै नेता खड्काले पार्टीहरुले बहुमत धान्ने क्षमता नराखेको बताए । ‘हिजो कांग्रेसले पनि बहुमतको सरकार चलाउन नसकेर संसद भंग गरेकै हो । अहिले पनि त्यस्तै भयो अब जनादेशबाटै सबै टुंगो लगाउनुपर्छ, खड्काले भने ।