Tag: नाडाल

  • जोकोभिचलाई हराउँदै नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा

    जोकोभिचलाई हराउँदै नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा

    काठमाडौं । विश्व नम्बर एक नोभक जोकोभिचलाई हराउँदै २१औं पटकका ग्राण्डस्लाम विजेता राफेल नाडाल फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेशका छन् ।

    पेरिसस्थित फिलिप चार्टियरकोर्टमा सम्पन्न क्वार्टर फाइनल खेलमा जोकोभिचलाई ६–२, ४–६, ६–२, ७–६ (७–४) को सेटमा पराजित गर्दै नाडालले सेमिफाइनल यात्रा तय गरेका हुन् ।

    नाडालले सेमिफाइनलमा शुक्रबार वरीयताको तेस्रो नम्बरका एलेक्जेन्डर जेभरेभको सामना गर्नेछन् ।

    जेभरेभले क्वार्टरफाइनलमा छौटौं वरीयताका कार्लोस अलकाराजलाई ६–४, ६–४, ४–६, ७–६ (९–७) को सेटमा पराजित गर्दै सेमिफाइनलमा नाडालसँगको भेट पक्का गरेका थिए ।

    नाडालसँग हारेसँगै जोकोभिचले ग्राण्डस्लाम कीर्तिमान बराबर गर्ने अवसर गुमाएका छन् । जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्राण्डस्लाम जितेका छन् ।

  • विम्बल्डन र ओलम्पिक नखेल्ने नाडालको घोषणा

    विम्बल्डन र ओलम्पिक नखेल्ने नाडालको घोषणा

    काठमाडौं । विश्व नम्बर तीन राफेल नाडालले वर्षको तेस्रो ग्रान्डस्लाम- विम्बल्डन र टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका छन् ।

    २० पटकका ग्रान्डस्लाम च्याम्पियन नाडालले ट्वीट गर्दै आफूले यो शरीरको अवस्था र टीमसँगको छलफलपछि यो एक कठिन निर्णय लिएको बताएका छन् ।

    ‘मैले यस पटकको विम्बल्डन र ओलम्पिकमा भाग नलिने निर्णय लिएको छु’, उनले लेखेका छन्, ‘यो सजिलो निर्णय दिएन । तर, मैले मेरो शरीरको अवस्था बुझेर आफ्नो टीमसँग सल्लाह गरेर यो निर्णय लिएको हुँ । मलाई विश्वास छ मेरो टीमलाई के उचित निर्णय हो भन्ने थाहा छ ।’