Tag: नागरिक समाज

  • नागरिक समाजको माग- मन्त्री यादवलाई पदमुक्त गरी कारबाहीको दायरामा ल्याइयाेस्

    नागरिक समाजको माग- मन्त्री यादवलाई पदमुक्त गरी कारबाहीको दायरामा ल्याइयाेस्

    काठमाडौं । नागरिक समाजका अगुवाहरुले व्यक्तिहत्याको धम्की दिने भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । डा. केदारनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनिश्वर आचार्य र कनकमणि दिक्षितले नागरिक अपिल जारी गर्दै सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकोप्रति आपत्ति प्रकट गरेका छन् ।

    मन्त्री यादवले गत माघ ५ गते रौतहटमा आयोजित कार्यक्रममा ‘गौर हत्याकाण्ड’ दोहोरिन सक्ने चेतावनी दिएकी थिइन् । उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई धम्की दिँदै गौर हत्याकाण्ड जस्तै अवस्था भोग्नुपर्ने चेतावनी समेत दिएकी थिइन् ।

    नागरिक अपिलमा गौर हत्याकाण्डको स्वीकारोक्ति र हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति दिने यादव मन्त्री पदमा रहन अयोग्य भएको दाबी गरिएको छ । ‘ बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो ’, अपिलमा भनिएको छ ।

    मन्त्री यादवको अभिव्यक्ति सार्वजनिक भएको ३ दिनसम्म नेपाल सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले सरकारको धारणामाथि नै गम्भीर प्रश्न पैदा भएको बताइएको छ । उनीहरुले मुलुकमा कानूनी शासनको अनूभूति गराउन आवश्यक कदम चाल्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रहसमेत गरेका छन् ।

    मुलुकमा कानूनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफैं लिनु अतिआवश्यक छ । अतः हामी प्रधानमन्त्री देउवासमक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानूनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं’, नागरिक अपिलमा भनिएको छ ।

    नागरिक अपिल, जस्ताको तस्तै

    हत्याकाण्डमा सामेल भएको स्वीकार गर्ने तथा व्यक्तिहत्याको धम्की दिने संघीय मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर ।

    २०७८ माघ ७

    संघीय सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले यही २०७८ माघ ५ गते रौतहट जिल्लाको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्तिहत्या र सामाजिक हिँसा फैलाउने अभिव्यक्ति दिएकोप्रति हामी गम्भीर आपत्ति व्यक्त गर्दछौं ।

    १. चर्चित ुगौर हत्या काण्डु २०६३ चैत ३ गते तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा घटाइएको सामूहिक हत्या थियो, जसमा २८ जना माओवादी समर्थक व्यक्तिहरुले अनाहकमा जीवन गुमाउनुपरेको थियो । वर्वर र पाशविक यस हत्याकाण्डका अभियुक्तलाई न्यायको कठघरामा अझैसम्म उभ्याउन नसकिएको र समाजमा दण्डहीनता कायमै रहेको अवस्थामा मन्त्री रेणु यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा निजको दलको समेत सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक भएको छ ।

    २. मन्त्री रेणु यादवले माघ ५ गते आयोजित सोहीकार्यक्रममा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ९सीके राउत० को नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएको तथ्यसमेत प्रमाणित हुने श्रव्य(दृश्य सामग्री सार्वजनिक भएके छ । मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराध समेत सार्वजनिक रूपमा स्वीकार गर्ने रेणु यादव जनताप्रति उत्तरदायी कुनैपनि पदमा रहन अयोग्य भएको यसबाट स्वतस् स्पष्ट हुन्छ ।

    ३. बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल हो । मन्त्री यादवको हिंसात्मक अभिव्यक्ति सार्वजनिक भएको तीन दिनसम्म नेपाल सरकारबाट कुनै चासो, चिन्ता वा सरोकार व्यक्त नहुनुले यस्तो हिंसात्मक सोच र कार्य संघीय सरकारको धारणा हो कि होइन भन्ने गम्भीर प्रश्न समेत पैदा भएको छ। मुलुकमा कानुनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफैं लिनु अति आवश्यक छ । अतस् हामी प्रधानमन्त्री देउवा समक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।

    हस्ताक्षरकर्ता

    १. डा. केदानरनरसिंह केसी

    २. चरण प्रसाई

    ३. गणेशकुमार मण्डल

    ४. सुशील प्याकुरेल

    ५. तारानाथ दाहाल

    ६. इन्द्र अर्याल

    ७. महामुनीश्वर आचार्य

    ८. कनकमणि दीक्षित

     

  • नागरिक हत्या रोक्न म्यानमार सेनालाई नेपाली नागरिक समाजको अपिल

    नागरिक हत्या रोक्न म्यानमार सेनालाई नेपाली नागरिक समाजको अपिल

    काठमाडौं । नेपालस्थित नागरिक समाजले म्यानमारका नागरिकमाथि भैरहेको हत्या रोक्न आग्रह गरेको छ । उसले नेपाल सरकारलाई म्यानमार सेनाको कार्यविरुद्ध उभिन पनि अपिल गरेको छ ।

    नागरिक समाजका तर्फबाट १२ जना विभिन्न क्षेत्रका व्यक्तिहरुले विज्ञप्ती जारी गर्दै नेपालले म्यानमार जनताको पक्षमा उभिनुपर्ने कुरामा जोड दिएका हुन् । उनीहरुले नागरिक हत्या मानवताविरुद्धको अपराध भएकाले अन्तराष्ट्रिय अपराधको मुद्दा चलाउन पनि आग्रह गरेका छन् ।

    म्यानमार सेनाले तत्काल शासन सत्ता जननिर्वाचित नेतृत्वमा सुम्पनुपर्ने र सन् २००८ को संविधानको आधारभूत मूल्य मान्यतालाई पालना गर्नुपर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

    विज्ञप्ती जारी गर्नेहरुमा बिपिन अधिकारी, रेणु अधिकारी, रेम विश्वकर्मा, डम्बर चेम्जोङ, राजेन्द्र दाहाल, कूलचन्द्र गौतम, जयप्रकाश गुप्ता, अर्जुन कार्की, रामेश्वर खनाल, महेश मास्के, सुशिल प्याकुरेल र कनकमणी दीक्षित छन् ।

    चैत ५ गते नेपाल प्रेससँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले म्यानमार हिंसाको निन्दा गर्दै पक्राउ गरिएका जननिर्वाचित नेताहरुलाई रिहाइ गर्न माग गरेका थिए । नेपालले म्यानमारमा शान्ति चाहेको र समस्यालाई शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्ने समेत प्रधानमन्त्रीले बताएका थिए ।

  • शहीद गंगालाल र दशरथलाई सम्झँदै शोभाभगवतीमा नागरिक समाजको प्रदर्शन

    शहीद गंगालाल र दशरथलाई सम्झँदै शोभाभगवतीमा नागरिक समाजको प्रदर्शन

    दुई शहीद गंगालाल र दशरथचन्दलाई सम्झँदै नागरिक समाजले सोमबार शोभाभगवतीमा प्रदर्शन गरेको छ । आजभन्दा ८० वर्षअघि दुई शहीदले राणाशासनविरुद्ध छातीमा गोली थापेर शोभाभगवतीमा सहादत प्राप्त गरेका थिए । त्यस क्षणको दृश्यलाई उतार्दै शिल्पी थिएटरका कलाकारले नाटक प्रदर्शन गरेका थिए ।
    सरकारको प्रतिगमनविरुद्ध खबरदारी गर्दै प्रदीप देवानले जनवादी गीत गाएका थिए । त्यसैगरी उर्मिला गम्वा थारुले थारु भाषाको कविता, अरुणदेव जोशीले डोटेली भाषाको कविता, दुर्गालाल श्रेष्ठले नेपाल भाषाको कविता वाचन गरेका थिए भने सुजन आङदेम्बेले लिम्बू भाषाकाे गीत गाएका थिए ।
    कार्यक्रममा नरेश ताम्राकार, गोविन्द छन्त्याल, कैलाश राई र हिमांशुले प्रतिगमनविरुद्ध बोलेका थिए ।

             
  • धर्मभक्तलाई फाँसी दिइएको स्थानमा नागरिक समाजको प्रदर्शन (भिडियो)

    धर्मभक्तलाई फाँसी दिइएको स्थानमा नागरिक समाजको प्रदर्शन (भिडियो)

    काठमाडौं । सिफलचौरस्थित शहीद धर्मभक्त माथेमालाई फाँसी दिइएको स्थानमा नागरिक समाजले प्रदर्शन गरेको छ ।
    शहीद धर्मभक्तलाई सम्झँदै प्रतिगमनविरुद्ध नागरिक समाजले रचनात्मक कार्यक्रमार्फत् प्रदर्शन गरेको हो । कार्यक्रममा कविता, सांगीतिक प्रस्तुतिसहित नागरिक अगुवा केदारभक्त माथेमा, तुलनारायण शाह र नागरिक अभियन्ता रीता परिवार लगायतले बोलेका थिए ।
    धर्मभक्तलाई विसं १९९७ माघ १२ गते सिफलमा फाँसी दिइएको थियो ।
    नागरिक समाजले यसअघि गत शुक्रबार शहीद शुक्रराज शास्त्रीको सम्झनामा टेकुस्थित खरिबोटमा नाटक प्रस्तुत समेत गरेको थियो ।

  • धर्मभक्तलाई फाँसी दिइएको स्थानमा नागरिक समाजको प्रदर्शन (फोटो फिचर)

    धर्मभक्तलाई फाँसी दिइएको स्थानमा नागरिक समाजको प्रदर्शन (फोटो फिचर)

    काठमाडौं । सिफलचौरस्थित शहीद धर्मभक्त माथेमालाई फाँसी दिइएको स्थानमा नागरिक समाजले प्रदर्शन गरेको छ ।
    शहीद धर्मभक्तलाई सम्झँदै प्रतिगमनविरुद्ध नागरिक समाजले रचनात्मक कार्यक्रमार्फत् प्रदर्शन गरेको हो । कार्यक्रममा कविता, सांगीतिक प्रस्तुतिसहित नागरिक अगुवा केदारभक्त माथेमा, तुलनारायण शाह र नागरिक अभियन्ता रीता परिवार लगायतले बोलेका थिए ।
    धर्मभक्तलाई विसं १९९७ माघ १२ गते सिफलमा फाँसी दिइएको थियो ।
    नागरिक समाजले यसअघि गत शुक्रबार शहीद शुक्रराज शास्त्रीको सम्झनामा टेकुस्थित खरिबोटमा नाटक प्रस्तुत समेत गरेको थियो ।

             
  • प्रचण्ड–माधव पक्षले भन्यो : नागरिक समाजको प्रदर्शनमा हस्तक्षेप खेदजनक

    प्रचण्ड–माधव पक्षले भन्यो : नागरिक समाजको प्रदर्शनमा हस्तक्षेप खेदजनक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)ले प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक समाजले गरेको प्रदर्शनमाथि गरेको हस्तक्षेप्रति आपत्ति जनाएको छ ।

    मंगलबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै त्यसको विरोध गरेका हुन ।

    शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्ने जनताको मौलिक अधिकार भएको भन्दै त्यसको सम्मान गर्न वक्तव्यमा भनिएको छ।

    ‘कमलपोखरीबाट शान्तीपूर्ण ढंगले प्रधानमनन्त्री निवास बालुवाटारतर्फ अघि बढीरहेको नागरिक समाजको प्रदर्शनमाथि जसरी प्रहरीद्वारा अत्यन्त क्रुरतापूर्वक हमला गरियो त्यो अत्यन्त खेदजनक र निन्दनीय छ,’ वक्तव्यमा भनिएको छ,

    ‘ शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्ने जनताको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा यस्ता कार्यक्रममा दमन र हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिन्छौं ।’

    प्रहरीले पानीको फोहोरा प्रयोग गरेर सोमबार प्रधानमन्त्री विनास बालुवाटारअघि प्रदर्शनमा उत्रिएका केही नागरिक अगुवालाई तितरवितर पारेको थियो।